घाँटीको हड्डी खिइयो भनेर एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जापान गए पनि वीरको लागि भाँचिएको हड्डीको अपरेसन गर्दा “रियल टाइम” मा हेर्ने एक्सरे मेसिन (सि-आर्म) किन्न कसैले तदारुकता देखाएनन्।
आन्द्राको कालो दागको निदानमा राष्ट्रपतिको जापान भ्रमण सरकारलाई सस्तो लाग्यो तर आम जनताको लागि एउटा एमआरआई गच्छे बाहिरको कुरो भयो!
प्रधानमन्त्री फोक्सोको दागको उपचारको लागि अमेरिका गए पनि रेडियोथेरापी गराउन चाहिने लिनियर एक्सिलेरेटरको जोहो गरेर हजारौं गरीबलाई सुपथ मूल्यमा उपचार सम्भव गराउन कुनै चासो लिएनन्।
भत्ता र अन्य व्यक्तिगत सुविधाका मागसमेत राखेर गरिने पहिलेका आन्दोलन भन्दा यस पटकको आन्दोलन पृथक देखिन्छ। देशकै ‘रिफरल’ अस्पताल भनिने वीर अस्पतालमा सिटी स्क्यान, एमआरआई जस्ता उपकरण छैनन् भन्दा लाज लागेर आउँछ।
बरू मुगु वा डोल्पाका जिल्ला अस्पतालमा एक्स रे छैन भन्नु क्षम्य होला तर वीर अस्पतालमा आजको युगमा रोग निदानका यति आधारभूत उपकरणको जोहो नगरिनु चरम अपराध हो।
वीर अस्पतालका चिकित्सकहरुले राखेका माग यी हुन्
• सिटी स्क्यान, एमआरआई, सि-आर्म, लिनियर एक्सिलेरेटर जस्ता आवश्यक उपकरणहरुको तत्काल व्यवस्था गर
• शैक्षिक गरिमा बढाउन दीक्षान्त समारोहको आयोजना गर्न र सोका लागि तत्काल मिति तोक्न तथा सम्पूर्ण शैक्षिक कार्यक्रमहरु व्यवस्थित गर्न शैक्षिक क्यालेन्डरको स्पष्ट व्याख्या गर
• आवासीय चिकित्सकहरुका लागि आवासको व्यवस्था हालसम्म हुन नसकेकोले रेजिडेन्ट क्वार्टरको व्यवस्था गर
• रिक्त पदाधिकारीहरुको नियुक्त तत्काल गर
सर्सर्ती हेर्दा सामान्य जस्ता लाग्ने यी मागहरु अगाडि सार्दै वीर अस्पतालका आवासीय (एमडी/ एमएस अध्ययन गरिरहेका) चिकित्सकहरुले आन्दोलन सुरु गरेको आज १२ औं दिन भैसकेको छ। क्रममा जे जस्तो भए पनि माथिका तीन वटा माग पूरा गर्न चौथो नम्बरको माग पूरा नभई हुँदैन। पदाधिकारी नै नियुक्त नभएसम्म विद्यार्थीहरुसित कसले वार्ता गर्ने, प्रतिवद्धता कसले गर्ने?
अनि यो पदाधिकारीको कुरा जोडिने रहेछ दलीय भागवण्डामा।
केही दिनअघि उपकुलपतिमा डा. गणेश गुरुङलाई नियुक्त गर्न सहकुलपतिको हैसियतले स्वास्थ्य मन्त्रीले न्याम्सका कुलपति प्रधानमन्त्रीलाई सिफारिस गरिएको भन्ने सुन्नमा आएको थियो, तर खै किन हो त्यो सिफारिस कार्यान्वयन भएन।
दलीय खिचातानीमा एमाले निकट (डा. गुरुङ) लाई भिसी बन्न नदिन काँग्रेसको एउटा समूह लागि परेको छ भनेर अस्पतालकै वरिष्ठ चिकित्सकहरु बताउँछन्।
सुन्नमा आए अनुसार निवर्तमान उपकुलपति डा. दामोदर पोखरेल थप एक कार्यकालका लागि इच्छुक छन् र उनले पनि दौडधुप कायमै राखेका छन्। नियमत: उपकुलपति नियुक्त भैसकेपछि उनको सिफारिसमा रजिस्ट्रार, रेक्टर र डिन नियुक्त गरिन्छ। तर दलीय भागबन्डा मिलाएर “प्याकेज” सहमतिकै खोजीमा सरकारले दिन घर्काइरहेको छ।
वीरको दुरावस्था यत्तिकै भएको होइन। एउटै संस्थामा २६ वटा त ट्रेड युनियन छन् (ती मध्ये सात वटा चैं वैधानिक हुन रे !)। नेपाल सरकार, समिति, करार, ज्यालादारी गरेर विभिन्न श्रोतका कर्मचारी छन।
यस्तो भद्रगोल ठाउँमा पदाधिकारी भने दलीय भागबन्डामा नियुक्त गरिन्छन्। अघिल्लो पटक भिसी काँग्रेसको, रेक्टर र हस्पिटल डाइरेक्टर एमाओवादी र रजिस्ट्रार एमाले कोटामा बनाइएका थिए। अहिले पनि नियति फरक हुने छैन।
दलको सपथ खाएर बनेका पदाधिकारीले कसरी संस्था प्रति वफादार भएर काम गर्लान्? केही कार्यकर्तालाई जागिर खुवाउने, पार्टीका मान्छेको उपचार खर्च मिनाहा र आ-आफ्ना पक्षका ट्रेड युनियन उचालेर अर्को पदाधिकारीलाई पखाल्नमै समय व्यतित भैरहेको छ। वीर अस्पताल यस्तो मत्ता हात्ती भैसकेको छ जसलाई तह लगाउन एक बहादुर माउते चाहिएको छ।
पढ्नुस् चिकित्सक चापागाइँले लेखेको ‘बिरामी वीरको विरक्तलाग्दो व्यथा’ को पूरा भाग।
डाक्टर साप तपाइँ एक सच्चा चिकित्सक कर्मी हो भने पहिला तपाइले काम गर्ने सन्स्थामा राज्नैतिक पार्टीको भत्री सङठन्हरु बन्द गर्नुस अनि राज्नतिक दब्दबालाइ निर्मुल पार्न आन्दोलन गर्नुस । होइन भने समस्या आज सुल्तिन्छ तर फेरि व्भोली फेरि दोहोरिन्छ।
येस्ता नेताहरुका पछि लगेर दौडिने जनताहरु धन्य छन् | केई गरि चेत नखुल्ने |
“मन परे हरियो नपरे रातो” ले काम गरेन, “क्याबात” भन्न पनि पाइएन, लौ न माइसंसार टोलि, एस्लाई फुकाई दिउ /
मागहरु ठिक छन्, मेरो पूर्ण समर्थन छ / नेताहरुले उपचार गर्न विदेश जाने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नु जरुरि छ /
बहुदल आएसँगै हामीले यथेष्ट भुक्न पाएसँगै (ज्ञानेन्द्रले केही दिन फोन समेत बन्देज लगाए बाहेक) हामी नेपालीले पाएको त्यही भुक्न र मननपरे इन्टरनेटको सहायताले लेख्न हो जस्तो लाग्न थाल्यो । उहिले पञ्चेको पालाका “सरकारी”हरू बहुदलका पालामा नेताज्यु र ठूला कर्मचारी ज्युहरूका “तरकारी”को जोहो गर्न प्राइभेटाइजेशन गरिए । प्राइभेटाइजेशन प्रवर्तक हाम्रा होनहार अर्थ मन्त्री डा. रामशरण महत अर्थमन्त्रालयमै बिराजमान छन् । नेपाली प्रजातान्त्रिक मोडल भनेकै राष्ट्रिय ढुकुटी खल्तिमा भर्न सक्नु नै प्राइभेटाइजेशन, विकास र जन्ता द्वारा जन्ताकालागि नेताले हो रहेछ क्यारे । प्राइभेटाइजेशनका कारण च्याउ सरी उम्रेका नीजि अस्पतालले यथेस्ट सामान जोड्न र राज्यको ढुकुटी हजम गरी ठूला भएका ठूला बडालाई “सेवा” दिइ रहेका छन् । त्यसकालागि पनि सरकारी ढुकुटीबाटै तिरो तिरिएकै छ । सानातिना लुतो, दाद, पिलो, कैटे त निको पार्दिहाल्छन् प्राइभेटकाले । ठूला रोगमा पशुपतिनाथले त नसकेको उनीहरूको के जोर चलोस् ।
डाक्टर उत्पादन नै बाग्मतीको छेउछाउ प्लास्टिकका बोतल भरेर बनाइएका “मिनरल वाटर” जस्तै भै सके पछि नेता ज्युहरूलाई यहाँका अस्पतालमा उपचार गर्न विश्वास लाग्ने कुरा पनि भएन । वहाँहरूकै छत्रछायाँमा घाँटी चिर्नु पर्नेलाई पाठेघर झिक्न सामर्थवान विशेषज्ञ “उत्पादन” गरि उठाको हिस्सा वहाँकै कोटका खल्तिमा थुप्रि हाल्छ । तारे होटलमा सहमतिकालागि सहमति गर्दै सहमति गरिरहने प्रण सहमति सहित कृष्णार्पण गरेको साँप्रो र बँदेलको सेकुवाले वायु रोकिएमा विदेशी अस्पताल छदैछन् । विदेशमा हुने अस्पताले जन्ति खर्च राज्यकोषको ढुकुटीले भरिहाल्छ । “नेपाली मोडल” नाम दिएर थालिएको कुहिएको “प्रजातान्त्रिक आँप”मा झुम्मिने हामी झिँगा निचोर्दा निस्केको नौनी ट्याक्सले पनि वहाँहरूलाई नुहाउन पुगिहाल्छ ।
बैदेशिक ऋणको कुलो एकोहोरियाएर वहाँको पेट भरि हाल्छ । नेता ज्युका छाउरा छाउरीहरू विदेशमा पिआर, शरणार्थी बनेर ग्यास स्टेशन र ग्रोसरी स्टोर्स चलाइ बाउको लुटलाई “स्व-आर्जन” गरिरहेकै छन् । हामी कुहिएको प्रजातान्त्रिक आँपमा भन्किने गरिब झिँगाहरूको किड्नी फेल होस् कि दिमाग सड्क्योस् नेताज्युलाई के को फिक्रि ? सधैँ भुक्न तयार छदैछौँ । विदेशी तिर फर्केर भुक्न नसके पनि आ-आफू तिर फर्केर भुक्न पा’कै छौँ । गरिब नेपालीको मुटु फुटे पनि, भुँडी दाप्सिए पनि नाक चेप्टिए पनि हड्डी चोइटिए पनि किन चाहियो अस्पताल किन चाहियो उपचार ? आखिर एक दिन त सबैले मर्नै पर्छ जनता पहिले मर्दा के नै लछारिन्छ र ? हामी वीर हौँ वीर भएरै बाँच्न सक्छौँ छिमेकमा एक अर्कालाई प्रजातान्त्रिक धारे हात लगाएर काट्न सक्छौँ । हाम्रा नेता जिन्दाबाद । प्रजातन्त्र अरम रहोस् । लाइनलागेर जयजयकार गाँउन सक्छौँ । किड्नी निकाल्ने हो कि तालु तछार्ने, मुटु झिक्ने हो कि नलिखुट्टाको किला ठोक्ने त्यसकोलागि किन चाहियो वीर अस्पताल, सिटि, एमआरआइ ……… अनि डाक्टर? “चरी दा – त गैहाल्नु भो क्यारे ” अब महेश, पर्शुराम, बाहुन, कृष्ण महर्जन, अभिषेक, दिपक, चक्र, गणेश , बाघे, घैँटे आदि इत्यादि दा”हरूले तह लगाइ दिन नेताज्युको आदेश पर्खेर बसिरहनु भएको छ । डक्टर्स ग्याङ होस् कि फाइ्टर्स ग्याङ अपरेशन गर्न हाजिर छ हजुर ।
हाम्रो नेता हरु लै Bir Hospital ले refer नगरे सम्म उपचार को लागि विदेश जान नपाउने नियम बनाउन परो | थोरै मा पनि ५-१० दिन Bir मा भर्ना भए पछि मात्र जान दिनु पर्छ, त्यो पनि general ward मा |
त्येहा अहिले सम्म उपचार त गराएको छैन तर एक जना गाउकै मान्छे बिरामी भएर जनरल वार्ड मा भेट्न जादा १ हप्ता सम्म हात ले खाना खानु मन परेन ! त्यो भन्दा सफा त बरु नेपालगंज को भेरी अञ्चल अस्पताल छ !
यो गोपाल को बारेमा पनि केहि लेखौ न होउ सालोक्य जी, सबै लाइ सजग बनाउनु पर्यो | नेपालीलाई ठग्दै बेलीज मा http://www.giuedu.bz/team.php यस्तो गरेर बसेको छ |
बिर अस्पताल जस्तो भ्रस्टचारि अफिस मैले देखेको छैन | जहाँ पिउन ले पनि घुस खाएर घर बनाउन सक्छ \ बाकि आफै अन्दाज गर्नुस \ जय होस्
गणतन्त्र आइसकेपछि पनि , बिर अस्पताल जस्तो आम जनता लाई सरोकार राख्ने अस्पताल को यो विजोग भै रहनु नेपाल सरकार को लागि एउटा अति लाज मर्दो स्थिति हो भन्नुमा अतिसयोक्ति न होला/ उता पदाधिकारी हरु को विदेश मोह अर्को झन् लाज मर्दो कुरा हो/ अनि सम्बन्धित चिकित्सक हरु ले हद्तालै गरि दिशा निर्देश गरि दिदा पनि सो पुरा न हुनु कति सम्म को लाज मर्दो कुरो हो -सब्दै छैन बेक्त गर्न लाई/नकचरो को औसधि छैन भन्थे , हो क्यारे…/