Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चरी मर्‍यो पुलिसको गोलीले

Posted on August 6, 2014August 7, 2014 by Salokya

chari_shootout
अन्ततः गुन्डाहरुको अन्त्य हुने नै यसरी हो। जिउँदो हुँदा अनेक थरि गरेर पैसा कमाउँछन्, राजनीतिक शक्तिको आडले थर्काउँछन्, टोले गुन्डाभन्दा अलि बढी हैसियत भएकाहरु डन भनिदिए दङ्ग पर्छन्। तैपनि नराम्रो कामको परिणाम नराम्रै हुने नै भयो। आखिर दिनेश अधिकारी ‘चरी’ पुलिसको गोलीले मरे।

यसअघि पटक-पटक प्रहरी फन्दामा परेका उनी हरेक पटक राजनीतिक दबाबका कारण छुट्थे। एमाले नेता तथा हालका अध्यक्ष केपी ओलीको विशेष कृपा थियो उनमा। धादिङ क्षेत्र नम्बर एकका त उपाध्यक्ष नै हुन् उनी। चरीलाई कहाँ थुनेर राख्‍न सकिन्छ त, उडिहाल्छ नि भुर्रर भनिन्थ्यो। तर यसपालि ‘इन्काउन्टर’ गरेर उडाइयो उनलाई, कहिले नफर्कने गरी।

चरीको जीवनका केही पलहरु

इनकाउन्टर नियोजित थियो कि अर्थात् फेक इन्काउन्टर पो हो कि भन्ने शंका उब्जने केही कुराहरु छन्।

त्यत्रो सुरक्षाको खतरा रहेका ‘चरी’ एक्लै मोटरसाइकलमा त्यो जङ्गलको बाटो किन गए होला ? जबकि उनी यसअघि पनि आक्रमणमा परी जसोतसो ज्यान जोगाउन सफल भएका थिए।

अर्को, प्रहरीले भनेको भन्दै मिडियामा आएका कुरा अनुसार चरीले गोली हान्यो रे अनि त्यसको जवाफमा आत्मरक्षाका लागि गोली हान्दा मरेको रे। यसमा पनि शङ्का गर्नुपर्ने ठाउँ छ। पहिलो त मोटरसाइकलमा एक जना मात्रै थिए। चरीको साथमा अरु कोही थिएन। त्यसको अर्थ उनी आफैले मोटरसाइकल हाँकेका थिए।

अनि उनलाई प्रहरीले पनि पछ्याइरहेको थियो। अब कल्पना गर्नुस्, पुलिसले एउटा मोटरसाइकललाई पछ्याइरहेको छ। भनेपछि तीव्र गति नै होला। के मोटरसाइकल हाँकिरहेको मान्छेले पेस्तोलबाट आफूलाई पछ्याइरहेको गाडीमा गोली हान्न सक्छ? धूम थ्रीको जस्तो मोटरसाइकलबाटै गोली हान्न मिल्ने भए अर्कै कुरा !

यसअघि पनि प्रहरीले अर्का गुन्डा नाइके रमेश बाहुनलाई इन्काउन्टर गर्ने योजना अन्तिममा आएर तुहिएको थियो। भारतको लखनउमै गएर पक्रेर ल्याएर इन्काउन्टरमा मार्ने तयारी भइरहे पनि गोप्य सूचना चुहिएपछि योजना असफल भएको थियो।

उनलाई लगाइने मुद्दामा धरौटीमा निस्कन सक्ने र धरौटीमा रिहा भएपछि पुनः आपराधिक गतिविधिलाई तीब्र बनाउने निष्कर्ष निकाल्दै बाहुनको पक्राउपछि इन्काउन्टर गर्ने योजना थियो।

यता ‘चरी’ले पनि कम्ता दुःख दिएको थिएन। हरेक पटक पक्राउ पर्दा पनि राजनीतिक तहको दबाब आएपछि छाड्न बाध्य हुनुपर्थ्यो प्रहरी।

पछिल्लो पटक गैँडाको खाग तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। तर राजनीतिक दबाबका कारण उनी सफाइ पाउन सफल भए। त्यस्तै नुवाकोटका व्यापारीहरुसँग असुलेको २१ लाख रुपैयाँकाे चेक र हतियारसहित थानकोटमा अर्को पटक प्रहरीले पक्रँदा त उनलाई छाड् भन्दै पार्टी कार्यकर्ताहरुले धादिङ नौबिसे खण्ड चक्काजाम गरेका थिए। राजनीतिक दबाब बढेपछि उनीविरुद्ध सार्वजनिक अपराधको अभियोग मात्र लगाइएको थियो।

जनताको काम गर्न ५ बजेपछि बन्द हुने सिडिओ अफिस त्यतिखेर चरीलाई छाड्न राति साढे आठ बजेसम्म खुलेको थियो। पाँच हजार धरौटी लिएर छाडिएको थियो उनलाई। उनको पक्षमा एमाले नेताहरु खुलेरै लागेका थिए। केपी ओलीले त चरीलाई किन समातेको भनेर सोधेकै हो भनेका थिए। सुन्नुस् उनको बोली-

चरी पटक पटक पक्राउ पर्दै छुट्दै गरेका थिए। विस्तृत यहाँ पढ्नुस्।

अब चरी मारिएपछि कसले के भन्ने हुन्, भोलि थाहा हुनेछ।

चरीको नाम मोडल खुस्बु ओलीसँग पनि जोडिने गरेको थियो। उनी यसो भन्छिन्-

Post by Deepak Dhital.

खुस्बु ओली भन्छिन्, ‘कोइरालाको योजनामा दिनेशको हत्या भयो’
संसदमा धादिङका सभासद् राजेन्द्र पान्डे यसरी कुर्लिए
हुँदाहुँदा चरीलाई सहिद घोषणा गर्न माग गर्दै नारासमेत लागे
प्रहरी ‘थप इन्काउन्टर हुन सक्छ’ भन्दै रहेछ

83 thoughts on “चरी मर्‍यो पुलिसको गोलीले”

  1. bijay says:
    August 11, 2014 at 12:17 pm

    म “चरी, मनाङे , राधे , बहुन , चमेरो , गिरी , कोबरा को
    हुन ? कसैलाई चिन्दैन । म यिनी हरु को समर्थक पनि होइन । बिरोधी पनि होइन । मेरो भनाइ एती मात्र हो कि , नेपालको
    संबिधान अनुसार सबै चल्नु पर्छ । पुलिस लाई फासी दिने
    अधिकार छैन । यो संकट काल पनि होइन ,चरी ज्यानमार पनि होइन । मुट्भेट हो भने , एक जना पुलिस पनि घाइते
    नहुँदै , किन ताकेर छाती मा सात गोली हानियो ? एस्ता
    कैयौ अनुत्तरित प्रश्न हरु छन नेपाली जनतामा । एस्तो गम्भिर
    खाल्को घटना घटाऊने जो सुकै होस , छन्बिन गरी कारबाही
    गर्नु पर्छ । होइन भने मुट्भेट को नाम मा जस्लाई पनि , जहाँ
    पनि नेपाली जनता मर्न सक्छ, मार्न सक्छ । देस संबिधान र
    कानुन ले चलाऊनु पर्छ । गोली ले होइन ।

    Reply
  2. dev says:
    August 10, 2014 at 3:57 pm

    कुनै ठुला टाउके अनुमति बिना यो काम शम्भब छैन.चरी मारेर कुनै ठुलो काम गर्य छैन पुलिस ले हेजो सम्म मार्न नसक्ने ले आज कसरि मार्यो. चरी जस्ता काग कति छन् नेपाल मा तिनी हरु लाइ केहि गर्न साक्य छैन जान्ने बुज्ने गोरु.
    यति भन्दा काफी छ.

    Reply
  3. Gagan says:
    August 10, 2014 at 4:17 am

    नेपाल प्रहरी को सफलता लाई सेलुट गर्दछु. चरी नामको गुण्डालाई जसरी इन्काउन्टर मा मारियो ,त्यस्तै गरेर अन्य गुण्डाहरुलाई मरियोस! चरी को पक्ष्य मा वकालत गर्ने गुण्डा नेताहरुलाई पनि गोली ठोक्नु पर्छ….

    Reply
  4. Sager Thapa says:
    August 10, 2014 at 1:42 am

    एमाले का नेता के. पी. ओली, राजेन्द्र पाण्डे, गंगा तुलाधर लगाएत सम्पूर्ण चरीका समर्थकहरुलाई तुरुन्त कारबाही गरी पदबाट निलम्बन गर्नुपर्छ/ यिनीहरुकै कारणले गर्दा चरीले सबै जनतालाई दुख दिएका हुन/ नेपाल प्रहरीले जे गर्यो राम्रो गर्यो येसरिनै सबै डाँकाहरुलाई मार्न सकेमा नेपाली जनताले खुसीका दिन जिउन पाउने थिए./
    The person who wants to become PM of Nepal MR Oli he gave security to Chari. Everybody knew that Oli got lots of money from chari and some other people. We all the people of Nepal need to be unite and all the politician who support those criminals need to be shoot out. At least the public can feel that no more threatens from Dankas. K.P Oli Murdabad. He need to be hanged as soon as possible. Nepal police please shoot him. thank you. We salute Nepal Police for this brave action.

    Reply
  5. dev says:
    August 9, 2014 at 11:03 pm

    येसरी मार्नु भने को संबिधान बिपरित हो येसरी गोलि को बर्षा गर्न पाइदैन गलत. के अहिले पुरा नेपाल मा चरी को जस्तो काम गर्ने मान्छे चरी मात्र हो त? चरी जस्ता काग कति छन् छन् के सबै लाइ येसरी नै गोलि बर्साउने हो त. औता चरी गए अर्को काग पक्कै जन्मौ छन् सक छस त सबै बलात्कारी सबै गुन्डा हरु लाइ सखाप पार सब्बै लाई चेतना भय.

    Reply
  6. Sujan Lama says:
    August 9, 2014 at 10:35 am

    साला गुण्डाको भरमा पार्टी चलाउने नामर्दहरू
    चरि को ठाउँमा अन्य कुनै नेपाली जनता मरेको भए के
    देश लुट्ने हरामी नेताहरू ले एक शब्द बोल्थे,एउटा मरेर
    हजारौंले सुखको सास फेर्न पाउछन् भने
    यस्ता गुण्डा मरेर देशलाई कुनै फरक पर्दैन .यस्ता डाकालाई सुट गर्दा त नेपालको झण्डाले
    पनी मन मनै सलाम ठोकथ्यो होला ।

    Reply
    1. Suman Bjra. says:
      August 10, 2014 at 8:48 am

      नेपाली को प्रहरी संगठन ले बल्ल रामो काम गर्यो सबै गुन्डा नाइके र यसको पछाडी बस्ने नेता हरुलाई पनि यस्तै गर्नु पर्छ/ अनि मात्र नेपाल बन्छ /

      Reply
  7. shivaraj khadka says:
    August 9, 2014 at 9:27 am

    मलाई त कमेन्ट पढ्न नै मज्जा लाग्यो धेरै कुरा के लेख्नु र ?

    Reply
  8. Basanta Subedi says:
    August 8, 2014 at 6:35 pm

    बलात्कार, हत्या, लुट्पात, चोरी, अपहरण, जबरजस्ती फिरौती जस्ता कुरा ले सर्बसाधारण मा डर त्रास पैदा गर्न हुन्छ भने र कानुनी राज्यको धज्जी उडाउन कुनै गुण्डा राज ले हुन्छ भने उसलाई गोली ठोकी ठोकी खुलेआम जनताले देखिने ठाउमा लगेर मारिदिए हुन्छ । एउटा होइन सबै खोजी खोजी सकिदिए हुन्छ ! ‘आची’ खाएर हिंड्ने बाहेक कुनै पार्टिले नाक फुलाउदै घमन्ड नगरे हुन्छ कुनै गुण्डाको नाम लिएर ! खबर्दार ! तिमीहरु जस्ता कपुत लाई बस्ने ठाउँ छैन !

    Reply
  9. Sam says:
    August 8, 2014 at 4:54 pm

    बाटो फराकिलो बनाउन काठमाडौँ देखि सुरु भयो अनि देश भरि लागु भयो अब चरी मार्न काठमाडौँ ओरिपरि बाट सुरु भयो यो पनि देश भरि लागु हुनु पर्छ होसियार फ़ेउरे हरु.

    Reply
  10. shyam says:
    August 8, 2014 at 3:28 pm

    Nepalese people praise the brave Nepal Police personnel who cleared this “BIRDIE” of Don No.One Mr. K.P.Oli(Type this in QWERTY Key Board, you’ll be surprised that the keyboard developer had also link with Don No.1. of Nepal) If Mr. President of Nepal can read this I request Mr. President to praise,promote and prize this police immediately. KPoli is challenging the Prez to either renew his position or quit at once. Oli has his seniors JN and MKN as waiting prez in his pocket.

    Reply
  11. Pradeep K Pariyar says:
    August 8, 2014 at 8:38 am

    अस्ति चरी मर्यो हिजो चरी का केटा हरु धम्कायर पैसा माग्न आय नयाबजारमा
    नेपाल प्रहरी जिन्दाबा,यस्ता गुन्डा र इनका भरौटेलै यस्तै गर्नु पर्छ जस्तो काम तस्तै परिणाम यसको लागि हाम्रो यहाहरुलाई सधै समर्थन छ,

    Reply
  12. Raj says:
    August 8, 2014 at 8:10 am

    Thanks to all police who destroy the enemy of general people. Nepali people are highly obliged to this movement. Nepal police should continue this movement until they feel safe and secured.You should finish all birds and animals because they don’t deserve to survive after giving hardship to the people. Nepalese leader do not care to the general people. They only care for vote,power, money and their own luxurious life.lf any political party take action against to the police force who did excellent job,Nepalese people should defeat them totally at the time of election.So I kindly request to police who is responsible to enforce the rules and regulations please ase do not hesitate to take actions to all birds and Animals.We all Nepalese people are behind you supporting your noble job with out wearing uniform. If they try to demoralize to you, there would be chances of another big people movement. There would not be any party existed who support these birds and animals.So all parties better to think on time in doing politics in future or not.

    Reply
  13. Bhagwan Raj says:
    August 8, 2014 at 5:07 am

    चरीको वाँच्ने अधिकार थियो भने… उस्ले हत्या गरेको, कुटपिट गरेर हातहतियार प्रयोग गरेर घाइते बनाएकाहरुको चाँही वाँच्ने अधिकार थिएन श्रीमान?

    Reply
  14. Abhyankar says:
    August 8, 2014 at 5:06 am

    कृपया यस्ता गुण्डाहरुको खबर लै येति धेरै मसला हालेर ठुलोकुरा नबनाईयोस ; केवल युवाहरुको मन मस्तिस्कमा “एसो गरेर मरेपनि हिरो, बाचुन्जेल पनि हिरो” भन्ने गलत संदेश मात्र जान्छ जसले भयानक नतिजा मात्र ल्यौनेछ

    Reply
  15. Puja says:
    August 8, 2014 at 4:58 am

    All Gundas should be killed like this encounter. All the leaders don’t have time to investigate for the son killed for parents in Anshan but they want to investigate this Gunda to be investigated for killing What an irony? All the leaders of Nepal should also be killed like this encounter. This is just another episode of curse of Sati to Nepalese politics. Thank God one bad person is dead..More should come..

    Reply
  16. Anup says:
    August 8, 2014 at 1:11 am

    देश र जनता प्रति नेपाल प्रहरी एती इमान्दार भयो कि ? एमाले को सक्रिय कार्यक्रता नै मार्यो ?

    Reply
  17. samrat says:
    August 7, 2014 at 10:45 pm

    अ ओली को ज्वाई रहेछ तेही भएर गुण्डा लाइ काखी च्यापेको रहेछ. ओली पम हुनु भन्दा अगाडी नै incounter गरेको thikai भो. नत्र जनता लाइ दुख दिने सक्ति झन् बढ्ने थियो. कुन दिन ओली लाइ पुलिस को गोलि भनेर सुन्ने हो कि.नेपाल प्रहरी लाइ धन्येबाद. अब दिपक मनांगे र अरु डन bhanaauda हरु लाइ येसरी नै सफाया न भए सम्म जनता ले डर र त्रास मा बच्नु पर्ने थियेन.

    Reply
  18. chatur rai says:
    August 7, 2014 at 10:09 pm

    हामी नेपालीहरुको बुद्दि कहिले आउने….? ईमान्दार सत्जनहरु यिनै डन भनिनेहरूबाट लुटिदा, मारिदा कुम्भकर्ण झैँ सुत्नेहरु ल हेर आज चरीको नाममा |

    Reply
  19. Prakash says:
    August 7, 2014 at 9:11 pm

    अब सायद बल्खु दरबारमा मदन भण्डारी को फोटो संगै चरीको फोटो महान सहिद को उपमादिदै झुन्दाएको देख्न पाईने भयो जस्तो छ .

    Reply
  20. dabal says:
    August 7, 2014 at 9:10 pm

    गुन्डा चोर अनि डाका हरु लै सिधै गोलि ठोक्नु पर्छ एस को अरु कुनै ओखति छैन.

    Reply
  21. nil godar thapa says:
    August 7, 2014 at 9:08 pm

    एमाले सभासदहरु…!!, एउटा कुख्यात अपराधी, डाँका, तस्करलाई पुलिसले समातेर थुन्न खोज्दा पटक पटक साथ दिने अनि जोगाउने तपाईंहरू नै हो । जनतालाई सधैं डर,त्रासमा राखेर तपाईंहरू चाही गुण्डा, तस्कर,अपराधी, डाँकालाई साथ् दिएर पाली राख्ने । आफ्नो सिमित स्वार्थको लागि तपाईंहरू जनताका दुस्मन् हरूलाई किन साथ् दिनु हुन्छ हँ ?? जनता त खुसी छन् फटाहा नेताहरू….!! येस्ता समाजका काडा प्रहरीले हटाएकोमा !! well done Nepal Police…!!! keep it up. अरु don भनाउदाहरू लाई पनि ठीक पार्नु पर्यो….!!!

    Reply
  22. Avinash Paney says:
    August 7, 2014 at 8:26 pm

    गुन्डा क प्रेमिका हरु ले पनि उजुरी गर्ने हाहा| अरु को परिवार ध्वस्त पारेर पैसा कमाउने हरु सबै को येस्तै हालत हुनु पर्छ | राजनीति ले गुन्डा बचाउने यो “trend” बन्द हुनु पर्छ |

    नेपाल प्रहरी जिन्दाबाद |
    जय नेपाल |

    Reply
  23. dipendra says:
    August 7, 2014 at 8:10 pm

    जे गर्यो नेपाल पुलिस ले ठिक गर्यो चोर फटाहा असरिनै मर्नु पर्छ एस्तै गर्दै बिस्तारै सबै चोर फटाहा मास्नु पर्छ सरन दिने नेतालाई पनि अहि गति बनाउनु पर्छ जय होस् नेपाल प्रहरी को

    Reply
  24. Binod Ranabhat says:
    August 7, 2014 at 7:15 pm

    नेपाल पुलिसले यो काम अति नै राम्रो गर्यो , यस्तो राजनीति पहुच हुनी गुन्डा लाइ samaaunu bhaanda सिदा गोलि हानु राम्रो नत्र ओली जस्ता महा गुन्डा ले chutauni cha baru सिदा गोलि हानु टिक अति uttam कम vo dhanyabad नेपाल पुलिस . हासो लाग्दो कुरा गुन्डा हरु पनि एमाले मा सहिद हुनी भए ओली तिमि mahan chu

    Reply
  25. Jay says:
    August 7, 2014 at 6:35 pm

    हरे यो देशको दुर्गति !!! पहिलो कुरा त मान्छे मार्नु अथवा मर्नु दुवै नराम्रो कुरा हो ! र दोश्रो कुरा त्यत्रो मान्छे बाढीले मर्यो कहीं कतै बाट केहि भएन !!! हिजोको इन्काउन्टर काण्ड संसद पुग्यो रे !!! के भन्नु कसलाई भन्नु !!!

    Reply
  26. Moon Gurung says:
    August 7, 2014 at 5:06 pm

    सिपाही पो मोरेको नाइके त जिउदै पो छ पालो आउला नी….
    जुन प्रहरीले त्यो गुन्डालाई ठोक्यो, देशप्रतिको जिम्मेबार लिने जवानलाई देशलेनै पुरस्कार दिनु पर्छ/
    नेपाल पुलिस जिन्दाबाद /
    मोहन( रुकुम)

    Reply
  27. shyam says:
    August 7, 2014 at 4:41 pm

    Fake or real encounter doesn’t make any sense now. Once the done is gone it’s the turn of the Godfather(K.P.Oli) to die. He is in the hands of the Doctors or police. Ordinary people has taken a breath of relief when they heard this news. UML may call bandh, chakkajam, tod-fod. All those activities will make them even more unpopular. Better they capture other so called dons and handover them to police and become popular amongst the ordinary mass.

    Reply
  28. Ram says:
    August 7, 2014 at 4:29 pm

    एस्ता गुन्डा हरु लाई सखाप पार्नु पर्छ. पुलिस लाई मेरो सलाम. येदि नेपाल मा यी चोर नेता हरु को पुलिस मा प्रभाव हुने थिएन भने, अहिले को नेपाल को पुलिस येस्ता गुन्डा हरु लाई तह लगाउन अति सक्षम छ. तर बिडम्बना, जुन पुलिस ले राम्रो काम गर्यो त्येस्लाई चोर नेता ले देख्न सक्दैनन्.

    Reply
  29. राम चन्द्र says:
    August 7, 2014 at 4:00 pm

    चकचके चरीको चुच्चो मात्रै भाच्नु पर्ने, बढीमा पखेटा काटेर पिंजडामा थुन्नु पर्नेमा कलंकीमा समातेर जंगलमा लगेर गोली हानेर मारिएको बर्बर घटना निन्दनीय छ, हाम्रो देशको त संबिधानमा पनि नभएको मृत्युदण्ड आधुनिक समाजको कलंक हो, शक्ति भएपनि मान्छेले अर्को निरीह मान्छेलाई त्यति मात्र सजाय दिनु पर्दछ कि जति उसैले पुरस्कार पनि दिन सकोस, पुनर्जन्म दिन नसक्नेले मार्न पनि हुदैन

    Reply
    1. amrite , doha says:
      August 7, 2014 at 7:13 pm

      रत्नपार्क को मुकुन्देको वाल बाट कपी कमेन्ट

      Reply
  30. Gagan says:
    August 7, 2014 at 3:26 pm

    यो कारवाही एक हदसम्म आवश्यक थियो, अहिले गाउ शहरको टोल टोलमा गुन्डाहरु फ़ैलदैछन चटपटे खोसेर खानेहरु अहिले डन कहलिदैछन, नेपाल प्रहरी अलिक कडा हुन आवश्यक नै छ | राजधानी बाहिर पनि केहीलाई इन्काउन्टर कारवाही गर्ने र बाकिलाई झ्यालखानामा न जाक्ने हो भने, समाजमा कोहि पनि सुरक्षित रहन सक्ने छैनन् | तपाइको टोल छिमेकमा हेर्नु त केहि काम नगर्ने डुली हिडने हरु, विभिन्न ठेक्कामा दादा भट्ट उठाउदै महंगा बाइक र गाडी चढेर हिडेको छन् कि छैनन्

    Reply
  31. डिल्ली says:
    August 7, 2014 at 3:23 pm

    इन्काउन्टर होस् वा हाकाहाकी गुण्डा सक्नै पर्ने थियो । शुरूवात राम्रो छ हेरौँ गुण्डा मुक्त हुन पाए कति आनन्द हुन्थ्यो होला । खड्गाधिश्वर काम्रेडज्यु र राजेन्द्र पाण्डेज्युहरू पार्टीको झण्डा ओडाउन जानुहुन्छ कि ! नेपाल प्रहरीलाई हस्तक्षेप मुक्त राख्ने हो भने यी गुण्डा र गुण्डानायक नेता खोरमा हुने थिए ।

    Reply
  32. Sunil. London says:
    August 7, 2014 at 2:53 pm

    यो घटना को बारेमा धेरै अड्कलबाजी हुदैछ, एक जना खराब मान्छे मरेर १०० जना सिधासादा लाई राहत हुन्छ भने तेस्ता लाई मारेकै बेश !
    राजनीति त अबश्य नै होला, यो घटना बुझ्न चाहने हरुलाई म यो सल्लाह दिन्छु हिन्दि फ्लिम “गुलाम ए मुस्तफा” हेर्नुस , धेरै कुरा स्पष्ट हुन्छ !

    Reply
  33. Sunita Nepal says:
    August 7, 2014 at 2:49 pm

    Nepal police done very well work. I am very proud Kathmandu police; The CPN UML; Oli & Gautam kept Gunda since a year. They want to be a gunda leader like Bihar, India. I pray the god, one day they will be encounter and then our country would be peace. According to our law, Chari name touch Oli; the police can catch Oli and to send him Jail.

    Reply
  34. Nirmal Dahal says:
    August 7, 2014 at 2:26 pm

    देउताको पलामा राक्षेश मारेको दिनलाई सम्झेर अझै पनि दशै जस्ता उत्सब् र पर्बहरु मनाइन्छन् अब कलियुगमा नै भए पनि श्रावन २१ गते चरी पर्ब मनाउनु बेश हुन्छ होला, ती शार्पशूटर राम चाँही को निस्केछन कुन्नी………………..

    Reply
  35. Der says:
    August 7, 2014 at 2:14 pm

    मान्छे मर्नु हुन्थेन तर हिजो अरु मारी हिंड्ने लाई आज पुलिसली मर्यो/ यसलाई पालने एमाले जो राजेन्द्र पाण्डे र के.पी. ओली हो भन्नछन यदि तिनलाई पनि कारबाही गर्ने हो भन्ने जनताले केहि सुख महसुस गर्थे कि? जे होस् ठिकै भयो/ आज बाकि गुण्डालाई प्रहरीले तह लाऔस/ यो राम्रो कामको लागि नेपाल प्रहरीलाइ बधाई!!

    Reply
  36. कृष्णकुमार के सी says:
    August 7, 2014 at 1:52 pm

    जस्तो कर्म त्यस्तै फल पाईन्छ । चरीले उसको कर्म अनुसारको फल पायो । मानिस जती सुकै बलियो र शक्ति मा भए पनि गोली भन्दा बलियो हुने रहेनछ । मान्छे मरेको समाचार सुन्दा खुसी त हुन सकिदैन तर कोहि यस्ता आचरणको मान्छे मर्दा दुख पनि नलाग्नी रहेछ चरीको मृत्युको खबरले सबैलाई यस्तो नलाग्ने पनि धेरैलाई यस्तै लाग्यो होला । जस्तो कर्म गरेर मृत्युलाई अंगालेको भए पनि चरीको आत्माले शान्ती पावस् हार्दिक श्रदानजली ।

    Reply
    1. ramesh says:
      August 7, 2014 at 2:04 pm

      ठिक गर्यो पुलिस ले, एसले मान्छे मार्दा मार्दै, लुट्दा लुट्दै, मान्छे काट्दा काट्दै रंगे हात समातिएको भए पनि २ दिन पछि छुट्ने थियो. आखिर केपी ओली, बामदेव, महेश बस्नेत, राजेन्द्र पाण्डे हरु छदै थिए छुटाउने. प्रहरी ले अपराध खोतल्दै समात्छ अनि यी नेता भनाउदा हरु तेत्तिकै निर्दोष भनेर बर्बराउछन . अब मनांगे, चक्रे, रमेश बाहुन,घाइते, बाघे, गणेश लामा, साजन महर्जन, परशु राम को पालो अझ त्यो भन्दा अगाडी यिनी हरु को नेता महेश बस्नेत को पालो. अब नेपाल प्रहरी को रणनीति नै इन्काउन्टर हुनु पर्दछ.

      Reply
  37. अनोज शाक्य says:
    August 7, 2014 at 1:44 pm

    अन्याय र अत्याचारको प्रतिकार गर्नु गुण्डागर्दी भए असल काम के हो? –दिनेश अधिकारी

    Reply
  38. kumar Gotame says:
    August 7, 2014 at 1:14 pm

    There is politics in this case, but what ever it may be Chari was killed. If someone pick ups weapon, he have to die with the weapon. which came true in this case. Anyway, there is no good thing i hope he has done so far. So no need to make it big and popular in the media coz, he was not done any good job.

    Reply
  39. Jeevan says:
    August 7, 2014 at 12:50 pm

    गज्जब को समाचार , मै हुँ भन्ने र दादागिरी झार्ने हरुलाई तह लगाउनु पर्छ, कुनै पार्टीको खोल ओढेको भरमा दादागिरी गर्ने छुट कसैलाई दिनु हुन्दैन … अझै नाम चलेका केहि छन् चेतना भया !!!

    Reply
  40. Nirajan says:
    August 7, 2014 at 12:18 pm

    चरी मर्यो फलामको गोलीले
    गोली हान्यो प्रहरी टोलीले
    हेर्दै जाउँला
    के गर्लान ओलीले ?
    (दुवै ओली: केपी र खुश्वु)

    Reply
  41. Anil says:
    August 7, 2014 at 12:03 pm

    धेरै राम्रो भयो, हाम्रो देशका एक कुपुत्र कम भयो, येसरी नै अरु कुपुत्रहरु कम पर्न सकियो भने अझै राम्रो हुने थियो |

    Reply
  42. Sisir says:
    August 7, 2014 at 11:53 am

    के पी ओली, महेश बस्नेत, राजेन्द्र पाण्डे हरू पनि रन्थनिएका होलान / अनि खुस्बु ओली जस्ता अपराध पोसित महिलाको व्यर्थमा के कुरा गर्नु / जे हुनु थियो आखिरी तेही भयो / नेपाल प्रहरीले आट भने देखाकै हो र पुरस्कारका हकदार हुन् / इनकाउन्टर नियोजित थियो कि थिएन जनतालाई बालै मतलब भएन , कमसेकम एउटा अपराधीबाट समाज मुक्त भयॊ /
    थाहा भएकै कुरा हो दिनेश चरी, गणेश लामा, चक्रे मिलन, दिपक मनांगे,रमेश बाहुन आदि नेपालका कुख्यात अपराधी हुन् जसलाई उच्चतम राजनीतिक सम्रक्ष्द थियो / यिनीहरुको अपराधको कमाइले थुप्रै नेता प्रहरी पालिएका छन् / अब एमाले भन्ने तेस्रो % ले कुन तान्ड़प मचाउने हो / सके चक्का जाम गर्लान, नेपाल बन्ध गर्लान, बिर सहिद घोसना गर भन्लान / एउटा कुरा चाही पक्का हो यी फ्यौरे गुन्डाहरूको सातो गएको छ र केहि समय गाएब हुने छन् /
    कर्म गुणाको फल भनेको सायद येही होला /

    Reply
  43. Navi says:
    August 7, 2014 at 11:49 am

    नेताहरू ले नै मार्नु लगाएको हो , अरू केही होइन त्यसैले यी नेताहरूको पछी कहीले नलाग्न्ु । चरीले पेस्तोल चलाएको पनी होईन जस्तो छ।

    Reply
  44. saroj says:
    August 7, 2014 at 11:45 am

    सायद यो घटना के .पी ओलीले घटाएको पनि हुन सक्छ | के. पी ओलीले उनको भरपुर फाइदा लिई हाले | सम्भिधान सभामा एमाले ठुलो सफलता पाई हाल्यो, के.पी ओली आफु अध्यक्छ भै हाल्यो, उनलाई अभा चरीको किन जरुरत भयो र | चरीलाई बचाऊ गर्दा के. पी ओली को प्रधानमन्त्री हुने बाटो पनि बन्द हुने बेरु लाग्दैन | तेसैले उनैले अराएको त न होला तर उनको सहयोग भने पक्कै थियो होला येस्मा |

    Reply
  45. Bipin Sharma says:
    August 7, 2014 at 11:33 am

    केपी ओली ३ दिन छाक छोड! अर्की ओलीले पनि दुइ चार दिन छोडे हुनेरछ! एमालेले पनि एकदिन झन्डा झुकाए हुने रछ ! राम्रो योगदान रैछ पार्टीमा / चरीलाई नेपालको भिडभाड कोलाहल मन परेन / शान्त ठाउमा गयो बिचार ! ऐले तिल्मिलौनेले एसले दुनियाको उठिबास परेको पनि सम्झे हुने नि ! Mahesh बस्नेत् भान्छ: कानून अनुसार कर्भाही गर्नु पर्ने रे सहि हो तर के गर्नु कानून नै उनेर्को हातमा छ / अस्पताल बाट पनि चरी उदाउने ( fly) गर्ने नेटवर्क तिमीहरुको अनि के गर्ने ! पुलिस पनि नसकेर यो स्टेप मा पुग्या हो ! Understand the compulsion of police. chari jogauna Ramesh kharel lai hatako aba chari udihalyo, firta garne ho ki Ramesh kharel lai.

    Reply
  46. arjun maharjan says:
    August 7, 2014 at 10:40 am

    चरी मर्यो पुलिसको गोलीले, धोका दियो चरीलाई ओलीले, एमाले हातैमा भएनी मर्योरे

    Reply
  47. devendra says:
    August 7, 2014 at 10:36 am

    चरी भनेको त उड्ने चरो नभएर मान्छेको डन पो रैछ …..

    Reply
  48. सराेज says:
    August 7, 2014 at 10:05 am

    यि भुसुना डन लाइ छाेडेर ठुला डन (नेता भइ टाेपल्ने) का निम्ति लक्षित याेजना बनाउनु जरूरी छ नेपाल प्रहरी । Well Done नेपाल पुलिस .

    Reply
  49. Kiran Chhetri says:
    August 7, 2014 at 9:23 am

    प्रहरीले घुँडामा गोली हान्न सक्थ्यो, इन्काउन्टर भनेर प्रहरीले नाटक गरेको हो । यो घटना लोकतन्त्र र मानवअधिकार विपरीत छ । भोलि यसैगरी नागरिकहरु मारिन सक्छन्, त्यसैले घटनाको छानविन गरी प्रहरीलाई कारवाही गर्नुपर्छ । अपराधीको पनि बाँच्न पाउने अधिकार हुन्छ ।

    Reply
    1. Moon Gurung says:
      August 7, 2014 at 5:32 pm

      हत्यारा,लुटेरालाई सजाई दिनु सत्ता पुलिसलाइ कारबाई गर्ने?
      तिम्रो गुरु हो कि के हो?

      Reply
    2. krishna says:
      August 7, 2014 at 6:45 pm

      पुलिसले त घोडामानै हानेको रे बज्या डाम्ना बसेर मरेछ् रे ! मर्ने बेलामा पनि पुलिस लाई दोस दिएर मरेछ ….

      Reply
  50. Sunil says:
    August 7, 2014 at 8:49 am

    Chari i my opinion, shot dead not because police chase and encounterd. but someone gave order he is a risk factor for political and they give command then police shot.
    if you think police did it with their own effort, then they know the other dons as well why they do not encounter them as well. then can’t because order has to come from TOP.

    Reply
  51. Rajesh rai says:
    August 7, 2014 at 8:46 am

    चरी त् मर्यो नै / मरेको चरी भन्दा बचेका चरी र नक्चाराहरुलाई बढी चिन्ता छ / सलाम छ नेपाल प्रहरीलाई / एस्त डाका चरी अनि चराहरुलाई उड्न नपाउदै गोलि ठोकेर सकाउनु पर्छ/
    नेपाल प्रहरीलाई सफलताको सुभ कामना /

    Reply
  52. bibek dhakal says:
    August 7, 2014 at 7:36 am

    फेक इन्काउन्टर होस् कि नहोस जनतालाई के चासो ?
    गुण्डा मर्यो, राम्रो भो! सक्किगो नि …..thats it !

    Reply
  53. Neeraj says:
    August 7, 2014 at 7:31 am

    धेरै राम्रो काम गरेछ नेपाल प्रहरीले ……….I really respect nepal police for this good job. जब सम्म यस्ता नेता रहिरहनछन तब सम्म सबै डन, गुण्डाहरुलाइ direct encounter नै गर्न पर्छ नत्र त समातेर के गर्ने आज समात्यो भोलि छुतिहाल्छन …… बिचरा पकड्ने पुलिसलाइ नै खतरा…………. कतिबेला हिडेको बेला उल्टै मार्ला भन्ने डर

    Reply
  54. gobinda says:
    August 7, 2014 at 7:28 am

    अचम्म त यो भयो उप प्रधान गृह मन्त्रि पनि , अध्य्छ्य पनि सहयोगी हरु नै भएको बेला के कुरा मिलेन कि अब उनीहरुलाई नै धम्क्याउन सुरु भएको थियो वा बुद्धि मा लागेको बिर्को खुलेको हो , एउटा गुण्डा को अन्त्य भयो |गुण्डा रहित बनोस देश येही कामना |

    Reply
  55. santosh khanal says:
    August 7, 2014 at 6:44 am

    चरी मर्यो सीसैको गोलि ले –चरी मर्यो सीसैको गोलि ले …केइपनि लुतोलाउन सकेन ओली को बोलि ले !!

    Reply
  56. Harke says:
    August 7, 2014 at 6:37 am

    छातीमा गोलि लागेर मर्नु त सम्मानजनक मरण हो ! पुलिश ले पिछा गरेर हानेको गोलि पिठ्यूँमा लाग्नुपर्ने, छातीमा पो लागेछ !

    जे होस, एउटा पर-पीडक मारियो…राम्रो भयो !

    अब बाँकि फरार अभियुक्तहरुको (बालकृष्ण ढुंगेल आदि) पनि येस्तै हालत देख्न पाईयोस !

    Reply
  57. ashok says:
    August 7, 2014 at 6:06 am

    के पी ओली को उखान पर्खि रा को छु.

    Reply
  58. saroj says:
    August 7, 2014 at 5:51 am

    स्याबास नेपाल प्रहरी. खुट्टा नकमायेस.हामी छौ.

    Reply
  59. Shree Basanta says:
    August 7, 2014 at 5:35 am

    “यता ‘चरी’ले पनि कम्ता दुःख दिएको थिएन। हरेक पटक पक्राउ पर्दा पनि राजनीतिक तहको दबाब आएपछि छाड्न बाध्य हुनुपर्थ्यो प्रहरी। ”
    राजनीतक तहको दबाब आएपछि छोड्न बाध्य भएपनि प्रहरी किन फलानो को दबाब आयो, एस्तो गैरकानूनी अनैतिक दबाब दिने को हो कुन पार्टीको कुन नेता हो सार्बजनिक गर्न सक्दैन ? जस्तै ओलीको नाम आउँछ सार्बजनिक ठाउमा उनलाई घेरेर किन सोध्न सक्दैन मेडियाहरु ? ओलीले हो प्रहरीलाई सोधेको हो भन्छन भने ती डन भनाउँदाहरुले दूख दिएकाहरूको मर्कामा वहाको के भनाइ छ ? दिन दहाड़े अर्कालाई लुट्न डकैति गर्न पिट्न मार्न पार्टीको र नेताको सम्रक्क्षनमा छुट छ ?

    Reply
  60. prabesh says:
    August 7, 2014 at 5:29 am

    यस्तो चरी लाई मार्न आदेश दिने प्रहरी जवान लाई धान्ने बाद अब १ जिल्ला बाट चरी मार्न शुरु गरेको काम ७५ जिल्लमालागु भया शर्बसाधारण ले शुख पाउने थियो जय नेपाल जय देश

    Reply
  61. Chandra says:
    August 7, 2014 at 4:39 am

    चरी मर्यो राम्रो भयो तर अब नक्कली मोडेल र समाजसेवीको वास्तबिकताको छनबिन गर्ने अवस्था आए जस्तो छ । काठमाडौंले बिस्तारै बम्बैको रुपधारण गर्नथाले जस्तो छ । अब अण्डरवर्ल्डको पैसाको बलमा समाजसेविको रङ र कलाकारको आवरणको नकाब उतार्न तिर पो नेपाल प्रहरी लाग्ने हो कि ????

    Reply
  62. Sandesh says:
    August 7, 2014 at 4:36 am

    राजनीतिमा नेतालाई के पुगेन, अनि तिनै नेताहरुले नै मार्न लगाए चरीलाई. चरीजस्ता त नेपालमा कति छन् कति. हेर्दै जाउँ… नत्र प्रहरीले चरीलाइ पहिले मारी सक्थ्यो होला.. आज मार्न पर्दैनथ्यो.

    Reply
  63. kedar says:
    August 7, 2014 at 2:40 am

    जस्तालाई तस्तै – ढीडालाइ निस्तै नै हो जहिले पनी | त्यो त सबैलाई थाछ यो कस्तो एनकाउन्टर हो भन्ने कुरा | सबैभन्दा मिठो त ओली लगाएतका नेताहरुको बोलि कस्तो हुने हो भन्ने हो | कुराई लामो हुने भो |

    Reply
  64. suresh kumar says:
    August 7, 2014 at 2:24 am

    He got what he deserved. All criminals, gangsters like him should be eliminated either by real encounter or fake encounter.
    Good job.

    Reply
  65. बादेश says:
    August 7, 2014 at 1:51 am

    अन्ततः प्रहरीले आँट गरेर राम्रो काम गर्यो भन्छु म त | इन्काउन्टर होस् चाहे आत्मरक्षाको बहाना होस्, चरी गयो | समाज र देशको कलंकको रुपमा रहेकाहरुको अन्त यसै गरी हुन्छ भन्ने कुरा अरु डनहरु र तिनका मतियार नेताहरुले समयमै बुझुन् | चरीको मृत्युको अर्थ सँरक्षण दिने नेताहरुलाईपनि घुमाउरो सावधानी हो भन्ने नेताहरुले बुझुन्ने |

    प्रहरी साधुवादको पात्र भएकोमा बधाई |

    Reply
  66. krishna says:
    August 7, 2014 at 1:21 am

    चरी लाइ लागेको गोलि ले स्याल पनि रन्थनिदै छ – कतै छिट्टै ढल्दै त छैनन् ?

    Reply
  67. ashok says:
    August 7, 2014 at 1:15 am

    यो सुरुवात हो – नेपाल प्रहरीलाई धन्यबाद !

    Reply
  68. arjun says:
    August 7, 2014 at 1:04 am

    नियोजित थियो कि थिएन भन’ने कुरा भन्दा पनि यो फटाहा मर्यो, राम्रो खुशी को कुरा भयो…
    दुख को कुरा यस्तो एक मरेर के भयो र , अर्को खोजेर यसको ठाउँ मा राखी हाल्छ नि यी नेता हरु ले .
    आहा यस्तो फटाहाहरुलाई जन्माउने नेता लाई चाही कति धेरै इज्ज़त दिन्छन नेपाली जनता र सिंगो पार्टी ले … अध्यक्ष चुनि दिए….छ र केहि संखा हामी कति बिर नेपाली हो भन’ने मा ?

    Reply
  69. Netra Prasad Paudyal says:
    August 7, 2014 at 12:59 am

    धादिङमा सानो तिनो अपराध गरेर भुर्रर उडने चरि। केहि वर्ष देखि ठूला अपराध गरि राजनितीको अावरणमा बचेका थिए। चरि अहिले समात्नै नसकिने चरो, भनौं काग नै भैसकेका थिए। तर अपराध लुक्दैन भने झै, अाज यिनको पनि इहलिला समाप्त भयो। अरू डनहरूको पनि अन्त यस्तै नै हुन्छ, ढिलो वा चाडो! त्यसैले, अाफ्नो अाफ्नो काम गरौ, डन गिरी बेलैमा छोडौं, र अाफ्नो परिवार सँग हासिखुसि बाचौ/रमाअौं र अरूलाई पनि रमाउन दिअौं। अस्तु!

    Reply
  70. binit says:
    August 7, 2014 at 12:58 am

    ओलीको अन्तर्वार्ता सुने पछि – भुसुना मरेका रहेछ, गब्बरसिंहरु त राज गर्दै छन् भन्ने लाग्यो |

    Reply
  71. rohan vicram singh says:
    August 7, 2014 at 12:29 am

    यो चरी सुन्दर थियन! बदमास थियो! सोझा कृषकहरुले लगाएको बालीनाली जथाभाबी खाइदिने र नोक्सान गर्ने गर्थ्यो र दुख दिन्थ्यो! यो चरीलाई यस्तो काम गर्न सिकाउने र गराउने पालन पोषण गराउने र परेको बेलामा बचाउने यसका मालिकहरु हुन्!
    आज यो दुष्ट चरीलाई समाजका सुरक्षकहरुले मटेङ्ग्रा हानेर ठहरै पारेछन! बडो राम्रो कार्य! यस्ता दुष्ट चरीहरु हाम्रो समाजमा अझै पनि धेरै छन् ! अनि यिनलाई पालन पोषण गर्ने हरुपनि!
    नराम्रो काम गर्ने र गराउनेहरुको पनि अन्त्य नराम्रो संग नै होस्!

    Reply
  72. Lochan (Qatar) says:
    August 7, 2014 at 12:26 am

    आज चरी को नर्क बास भयो आब नेपाल को कान्छो शहिद (अर्को डन नमरुञ्जेल) बनाउनु पर्छ भनेर भोली देखि आन्दोलन, बन्द , हड्ताल हुने पक्का छ.

    Reply
  73. Rohini says:
    August 6, 2014 at 11:49 pm

    गुन्डा मुक्त नेपाल हामी सबैको चाहना |

    Reply
  74. न्यौपाने दिल श्री (पोल्याण्ड बाट) says:
    August 6, 2014 at 11:48 pm

    कहाँ के कुरो मिलेनछ कुन्नि
    बुझ्ने सकिएन बाबै,
    ओली पार्टी अध्यक्ष र संसदीय दलको नेता,
    बामदेव उप प्रम सहित शक्तिशाली गृहमन्त्री भएको बेला
    चरी मारिए!

    Reply
  75. Mk says:
    August 6, 2014 at 11:19 pm

    येसरी नै एक एक गरेर भए पनि सो गुन्डागर्दी को विनाश गराउन पर्छ ; अर्को येस्भंदा राम्रो उपाय न अप्नाउञ्जेल /

    Reply
  76. Shankar says:
    August 6, 2014 at 11:05 pm

    गुण्डा मोरेर गुण्डागर्दी को अन्त होला र ?
    यिनीहरु जन्माउने ,हुर्काउने र राजनीतिक खोल ओडेका ठुला डन हरु अझै छन् नि !
    चरी को ठाउ भंगेरी लेला बस तेत्ति हो |

    Reply
  77. madan bajracharya says:
    August 6, 2014 at 11:02 pm

    ओलीको यमालेले सायद तेस्लाई सहिद घोसना गर्ने र चरीलाई गोलि हान्ने प्रहरी माथि कार्यवाही गर्ने माथि बामदेवले अच्युतलाइ जस्तै त् गर्ने होला नि/

    Reply
  78. mukti says:
    August 6, 2014 at 11:02 pm

    यसै गरि भुट्नु पर्छ सबै चोरहरुलाई जय नेपाल पुलिस

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme