Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन जिते मोदीले

Posted on August 3, 2014August 4, 2014 by Salokya

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा गरेको सम्बोधनले धेरै नेपालीको मन जिते झैँ देखिएको छ। हुनत मोदी भाषणमा जादू नै गर्छन्। त्यही जादूले भारतीय जनता पार्टीले बहुमत सरकार बनाउन सफल भयो। सुरुमै नेपाली भाषामा भाषण गरेर नेपालीलाई मख्ख पारे। अझ जितबहादुरको इमोसनल कुरा अर्कै। जितबहादुरको संरक्षकको भूमिका निभाएका मोदीले यस पटक परिवार भेटाइदिए। भारतप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउने प्रयासलाई उनको यो भाषणले धेरै सहयोग गर्नेछ पक्कै। तर कुरा हैन काम हेर्न बाँकी छ। जे होस् उनको भाषण भने सुन्न लायक छ।

उनको भाषणको भिडियो हेर्नुस्-

त्यतिमात्र हैन, हाम्रै नेताहरुले समेत गर्न हिच्किचाउने कुरा उनले गरे। संसदमा सम्बोधनका लागि आउँदा र फर्कँदा नयाँ बानेश्वरमा गाडी रोक्न लगाएर सर्वसाधारणलाई हात हल्लाउँदै अभिभावदन र हात मिलाउने काम गर्दा धेरै जना अचम्ममा परे। भिडियो हेर्नुस्-

25 thoughts on “मन जिते मोदीले”

  1. Shankar says:
    August 7, 2014 at 1:10 am

    ग्रयाण्ड डिजाइन कर्ता ”र ” र अमरेश सिंह हरु नेपाल मा नेपालि सासक हटाएर बिहारी राज स्तापना गर्न उद्दत यो क्ष्याँण मा मोदीको सितल बोलीले नेपालि हरु त्रास मुक्त हुन् पाए |
    तर बिचार गरम , सबै पार्टीहरु उत्तर ,दक्षिण ,पुर्ब ,पश्चिम फर्के का बेला र नेपालि नेताहरु देश लुट्न तँ छाड म छाड गरिरहेको बेला देश ले के सहि निर्णय गर्ला ?

    माउबादी भित्रको अन्तर्द्वन्द , एमाले भित्र को माकु ओली को जुँगा को झगडा, कांग्रेस को प्रजातान्त्रिक अहम र साना पार्टीहरु कसरि देश मा आगो लगाम र तापम भनि रा बेला मोदीको को सिक्किम जस्तो ( गलत अर्थ मा हैन ) बन भन्ने उद्गार लाइ कसरि ले ला यिनले ?

    Reply
  2. रैथाने says:
    August 5, 2014 at 11:45 pm

    इन्डियाको प्रम एउटा छिमेकी देशको अफिसियल भ्रमणमा आउदा यत्ति पनि नबोले उसलाई के इण्डियाको प्रम भन्ने हो?
    यत्तिधेरै नतमस्तक पनि नहुदाहोला!
    यी मान्छेहरुले के कस्तो सोच र अनुमान गरेको थियो होला मोदिबाट र यत्तिसाह्रो हरहर भयका हुन् कुन्नि?
    नेपालीमा दुइ लाइन कनिकानी बोल्दिएको थियो धैर्य गरेर सुन्ने छेउका तिन जना बेहोस, माथिको सात आठ जना हक्लाहक्ला गर्दै रोयाका छन्! उतापट्तिका दश बाह्रजना मुख आँ गरेको अहिले सम्म बन्द नै गर्न सक्याछें!
    सबैलाई नतमस्तक गरिदियो!
    मोदी माइ बापले पुरै भाषण नेपालीमा गरिदिएको भय पन्ध्र बिष जना त ठहरै हुन्थ्यो जस्तो लाग्यो हो मलाइ त्!
    तर मैले मोदीको यी सबै कुराहरु बुझी ल्याउदा साधारण र अनुमानित संगै पाय! खास तेस्तो नतमस्तक हुनुपर्ने केहि भ्हेटादिन है म!

    एउटा छिमेकी शक्तिशाली देशको सरकार प्रमुख अर्को छिमेकी को आधिकारिक भ्रमण मा आइ बिश्वोले हेरिरहेको र एउटा देशको संसदमा झुर र बकवास गरेर जान्छ भनेर सोच्ने र अनुमान गर्ने व्यक्ति मुर्ख हुन्छ!
    तेसैले मोदीको यी कुरा भाषण र कार्यहरुले नतमस्तक भै जयजयकार गरि चरणमै ढल्नु पर्ने केहि छैन हो!
    अब उसको काम र क्रिया प्रतिक्रिया कस्तो हुन्छ त्यो कुरौ!
    जे होस् मोदी नराम्रो छैन र नेपाल प्रति सह्रिदयिनै हुन्छा कि भन्ने लाग्छ!

    Reply
  3. Dambar says:
    August 5, 2014 at 12:57 pm

    मोदी ले सारा दुनिया को मन जिते यसमा कुनै शंकै छैन, तर देश मा देश को भलो सोच्ने राजनेता को खरेडी परेकै रछ .. नत्र छिमेकी देशका प्रधानमन्त्रिले दुइ चार शब्द मिठो बोल्दैमा के के नै पाए जस्तो हुन पर्दैनथे नेपाली जनताले..

    Reply
  4. Durga Adhikari says:
    August 5, 2014 at 7:48 am

    “१२ वर्ष रामायन पढायो, सिता कसको जोइ?” भन्य उखान झैँ, जसले जति नै अर्ति बुद्धि दिय पनि यिनीहरुले केहि गर्नेवाला छैनन्/ संबिधान जनतालाई मात्र चाहियको हो/ यी नेपाली नेताहरुलाई चाहियको होयिन/ यिनीहरुलाई देश र जनताको प्रगतिको केहि मतलब छैन/ सिर्फ आफ्नो बक्तिगत प्रगतिको मात्र मतलब छ/ हामी जनता सिर्फ आस गरु तर यिनको भर नपरु/

    Reply
  5. sam says:
    August 5, 2014 at 7:11 am

    जाबो नेपाल को. गँवार नेता ले बोल्दा त बिश्वास गरेर नेपाली हरु ले tauka मा हल्चन भने,,, यो त भारत जस्तो सिङ्ग देश क जनता खाने मान्छे… यसले त, नेपाली जनता लै सिधै आकाश मा पुर्याएर भुइमा यसरि बजरिदिनेचा कि,,,, हाम्रो सात पुस्त ले पुर्पुरो मा हात हाल्नु पर्नेछ….

    Reply
  6. शशांक लामा, न्युयोर्क says:
    August 5, 2014 at 2:56 am

    मोदिले चिप्लो घसेर हामी नेपालीलाई लट्ट्याउनु खोजेको भनेर एकथरी जहिले पनि नकारात्मक कुरो गरिरहन्छ| लट्टिनु र न लट्टिनु त आफ्नै हातको कुरो हो नि ! त्यसमाथि बाठै बाठाले चलाएको देश पो हो त नेपाल! भारतले ठग्छ भनेर उसंग बन्द ब्यापार नै नगर्ने ? आफु ठगिनु भएन| भारत मात्र होइन, ब्यापार गर्दा जुन देशले पनि बढी मुनाफा खान खोजिहाल्छ नै! भाउ आफुले पो कस्ने त ! पानी पेलेर पैसो कमाउने यस्तो मौकालाई बेलैमा तातो लगाएन भने कुनदिन बैकल्पिक उर्जा निस्कन्छ, अनि पाहा झैँ पछारिन्छौ |

    Reply
  7. ashok says:
    August 4, 2014 at 11:50 pm

    This is what we call political Nautangki – he did it after long consultation.

    Reply
  8. सिर्जने says:
    August 4, 2014 at 10:41 pm

    मोदीको भासन राम्रो छ, तर भारतको नेपाललाइ हेर्ने दृस्टीकोण परिवर्तन गर्न एउटा प्रधानमंत्रीको कार्यकालले पुग्दैन, त्यहाका ब्युरोक्र्याट हरुको सोचाइ परिवर्तन हुनुपर्छ, हेर्दै जाउ कसरि त्यो परिवार्तान आउछ, हामि सकारात्मक तर होसियार हुनुपर्छ /

    नेपाली नेताहरुले टेबल ठटाउने “असभ्य” चलन तु बन्द गर्नुपरो / अर्को हातले के समातेर बसेका छौ? “दुइ हातले तालि बजाउने हो” भनेर यी नेतालाइ कसले सिकाउने?

    Reply
    1. Harsit (germany) says:
      August 6, 2014 at 6:59 pm

      टेबल ठटाउने आसभ्य चलन होइन, यो त ठुलो कोन्फेरेंस मा सहमति जनाउने सभ्य तरिका हो|

      Reply
  9. sanu nepali says:
    August 4, 2014 at 8:25 pm

    मोदी जी ले सबै लाइ मोहनी लगाएर गयो , मलाई पनि क्या फसाद .

    Reply
  10. Sajan says:
    August 4, 2014 at 7:59 pm

    हिन्दूस्तान नेपालको पानी लैजान चाहन्छ तर सित्तैमा होइन किनेर, त्यसको लागि पनी india नेपाललाई सहयोग गर्न तयार छ!!! वाह भाई वाह

    Reply
  11. गगने says:
    August 4, 2014 at 4:51 pm

    वह्ह गज्जब, सबैलाई लठ्ठ बनाइद्यो!
    सापले बिस्तारै
    ‘पशुपतिमा इन्डियाको पुजारी छ, इन्डियामा पनि नेपालि पुजारी छ’
    भन्दियो!
    पशुपति करोडौ भारतीयहरुको एउटा मुख्य तिर्थस्थल हो! तेहा भारतीय पुजारी छ! तेसैले त्याहा नेपालीको भन्दा भारतीयहरुको हक बढी छ किनकि पशुपतिमा भारतीय पुजारी छ र तिर्थालुपानी नेपालि भन्दा भारतीय बढी छन्!
    सापले नभनिकन तेसो भन्दियो!
    सापले काखी च्याप्यो हाम्लाई!
    हामि सापको काखीमा च्यापियौ!
    तरपनि मोदीको प्रवचन सौहार्दपूर्ण छ! आत्मिय छ!

    Reply
  12. kedar says:
    August 4, 2014 at 4:06 pm

    भाषणले जस्तै साँच्चै कर्मले नै गरेर देखाए भने राष्ट्रियता बेच्ने अनेक खालका …..बादी नै ….बादीको दोकान खोलेर बसेकाहरुको दोकान बन्द हुने चिन्ता बढो | दोकानमा बेच्ने सामान फेर्नु परो दोकानदार साहुहरुले | येसैमा तिमीहरुको भलाइ छ |

    Reply
  13. Prabin says:
    August 4, 2014 at 3:58 pm

    मोदी चढेको बिमानमा नेपाल समेत झन्डा राख्नु, संबिधान सभामा नेपाली भाषामा आफ्नो बक्तव्यको सुरुवात गर्नु, बुद्ध नेपाली हुन् भनी नेपालीले चिच्च्याइरहेको बेलामा नेपाल लाई बुद्ध भुमि भनेर सम्बोधन गर्नु, आर्थिक सहयोग त छदैछ तेस माथि नेपालबाट आउने हरेक प्रस्तावको स्वागत गर्ने भनाइ ब्यक्त गर्नु, सिमानालाई बोर्देर होइन मितेरी पूल बनाउनुपर्छ भन्ने भनाइ ब्यक्त गर्नु, सर्बसाधारण जनता संग सेमत हात मिलाउनु मोदी का भ्रमण का राम्रा कुरा मा पर्दछन र उनलाई मान्छे रिझाउन आउछ भन्ने कुरा को प्रमाण पनि हो जुन नेपालले नेपाली जनताले भारतीय प्रधानमन्त्री बाट कहिले आशा गरेका थिएन!वहाँ को कार्यकाल मा नेपाल र नेपाली को भारत र भारतीय संग सम्बन्ध सुधार होस् येही आशा गरौ!

    Reply
  14. Zan rii says:
    August 4, 2014 at 3:53 pm

    गान्धी परिवारले एक दशकमा गर्न नसकेको मोदीले एक घन्टामा गरेर देखाए ! नेपालीको मन जितेर देखाए !

    Reply
  15. eklavya says:
    August 4, 2014 at 3:41 pm

    चमत्कार देखाउन खोज्ने प्रचण्ड जिब्रो पड्काउने शेरे कता कताको कुरा गर्ने माकुने पुराण सुनाउने खनाल गुडीभित्र को पनि गुडी लाउन खोज्ने भट्टराई यी सबै ब्राह्मणहरुलाई ऋषिको जस्तो मन बनाउन भनेका मोदी सरकार ….त्यो पनि सम्भिधान को लागि ….ताज्जुब लाग्छ जब यी सबैले तालि बजाउछ हर्षले हो कि अब त बन्ने पो हो कि भन्ने बिस्मातले ??? मोदी आफैमा पूर्ण नेता हुन् उनलाई प्रत्यक शब्दको ज्ञान छ .के भन्नुपर्छ कहाँ भन्नुपर्छ देखि लिएर नेपालको भविष्यको खाका सम्मन चाणक्यको पूर्ण प्रतिलिपि जसका हरेक वचन नेपालको लागि बाणी बन्न पुगेको छ जसरि मरुभूमिमा पानीको मुहान देखा परे झैँ …आशा गरौ कि यी सबै कुराहरु साकार होस् !हाम्रा बुढो घोडाहरुलाइ कुनै बोझ नदिकनै मोदी सरकारकै निगरानीमा भएपनि यी सब पुरा होस्…अरु विकल्प नै देखिन गार्हो छ सबैको खल्ती खाली देखाउछन कति घिचने हो बुढोहरु …

    Reply
  16. Sisir says:
    August 4, 2014 at 3:26 pm

    बास्तबमा हिजोको दिन देखि म मोदीको फ्यान भए / उनको बोलि र ब्यबहारले निक्कै प्रभाभित पर्यो / सायद धेरै नेपालीलाई पनि पर्यो होला / उनले बोलेका कुरा गरेर देखौन सके यो क्षेत्रको मुहार नै फेरिने छ र उनि यो क्षेत्र कै प्रिय नेता बन्ने छन् (ठुल्दाई होइन) / एउटा नेताले कति प्रभाब पार्न सक्छ भन्ने कुराको साक्षात उदाहरण मोदी बनेका छन् / मोदीको मुहारमा बिसेस चमक छ , मान्छे प्रभाभित पार्न सक्ने कला छ , बिकाशको लागि योजनाहरु छन् , अद्भुत निर्णय क्षमता छ र मुख्य कुरा छिमेकलाई रुवाएर भारत सम्पन्न हुन सक्दैन भन्ने दिब्य ज्ञान पनि रहेछ / कमसेकम छिमेकमा आगो सल्काएर आफुलाई ठालु ठान्ने गान्धी परिवारको कपटी नीतिबाट नेपालले केहि राहत पौने आशा गर्न सकिन्छा र नेपाल र भारत बीच सकारात्मक आयामको प्रादुरभाव हुने छ / आशा गर्ने ठाउँ प्रसस्त छ तथापी इतिहासमा नेपाली सधै हेपिएको / ठगिएको हुनाले बाकी कुरा भबिस्यले बताउने छ /
    हाम्रा स्वनाम धन्य नेताहरुले उनिबाट धेरै सिक्न सक्छन /

    Reply
  17. Resham says:
    August 4, 2014 at 3:16 pm

    वास्तवमा भारतमा भा ज पा ले जितेको नभई नरेन्द्र मोदीलाई प्रतेक्ष चुनाबमा जस्तै प्रधान मन्त्री को रुपमा अघि सारेकै कारणले स्पष्ट बहुमतले जितेको हो जस्तो लाग्छ .
    अहिले उनी विश्व कै आकर्षण को केन्द्र बनेको देखिन्छ .बहुआयामिक व्यक्तित्व को धनी उनी हरेक कुरामा अगाडी रहेको देखियो, साधारण पैदल हिड़ने तरिका र आम मानिसलाई अभिवादन गर्ने पनि उत्तिकै सराहनीय रहेछ .

    Reply
  18. xyz says:
    August 4, 2014 at 12:48 pm

    There is a saying: you kill two birds with a single throw. Modi has killed many birds with a single throw. Here are some examples:

    1. By acknowledging that Buddha was born in Nepal, he has literally killed the so called stupid movement called “Buddha Was Born in Nepal”.

    2. By opening his speech in Nepali he has shamed Hindi speaking Madhesibadi political leaders.

    3. By referring Buddha and his preaching on peace he has literally killed Hindu fanatic monarchists.

    4. By the same logic he has also killed gun loving Maoists, in fact, Vaidya faction saved face by pulling out his opposition to Modi visit.

    5. By referring, again and again, over the need for drafting constitution, CA members are now all cornered – if they do not deliver constitution, it is not just Nepali people, even Modi is there to thrash them.

    6. I think this is also the end of “olitics” poor Oli will never become the PM of Nepal because Modi’s visit has increased the tenure of Suhsil Koirala. La, La Moj Gara jhushil kira.

    7. By referring that India is going to buy power from Nepal, not expecting to get at free of cost, pro-Nepali nationalists and anti-India campaigners must have gone into hiding now.

    8.Former King Gyanendra must be watching the copters from Nagarjuna resort.

    9. Hopefully, he will thrash Nepal’s business community today. Modi must be aware of smuggling based Nepal’s business community.

    Reply
  19. Sanjay says:
    August 4, 2014 at 9:57 am

    Everybody wants to hear pleasant things- that’s exactly where he hit ! He was well prepared to address all those issues which Nepalese wanted to hear. Whatever will be the actions, he has won the hearts, undoubtedly.

    Reply
  20. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    August 4, 2014 at 9:47 am

    भासणले अब चाही केहि हुन्छ है भन्ने पार्न सक्नु नेताको कला हो, नेपाली नेतामा पनि तेस्तो गुण धेरै मा थियो अझै छ,
    लौ अब भारतले सब गर्दिने भो हाम्लाई केको टेन्सन भन्ने चाही होइन तर मोदीले भारतको तर्फ़ बाट एउटा सकारात्मक कदम चलेको छन्

    Reply
  21. Gautam says:
    August 4, 2014 at 9:20 am

    We are lacking leader like Mr Modi ,, now Nepalese should also change mindset about India. After all harted politics gives you only a status of being backwards.

    Reply
  22. रबिन्द्र घिमिरे says:
    August 4, 2014 at 9:16 am

    प्रेरणादाई, उर्जावान एउटा असल नेताले गर्नुपर्ने भासन मोदीले गरे , जुन गुण उनीमा रहेछ हाम्रो बारेमा स-सानो कुराको अध्यन गरेको, तेस्तै गुण हाम्रा नेतामा कहिले हुने ? एउटा सकारात्मक सोचाई भएका छिमेकी…..हामीले सकारात्मक सोचका साथ काम किन नगर्ने ?

    Reply
  23. Gopal says:
    August 3, 2014 at 11:46 pm

    मोदी को भासन साचै सुन्न लायक छ / मोदी ले तेइ भने जो नेपाली सुन्न चाहन्चन / र मोदी ले त्यो पनि भने जो नेपाली ले सुन्नै पर्छ / बिजुली , सडक र अन्य विकास आफ्नु ठाउँ मा छ तर आइले को सबैभन्दा आबस्यकता देस को संबिधान हो / तेसै ले संबिधान सब को तलब खाने र संबिधान निर्माण मा संबेदनसिल नहुने नेता हरु यो भासन सुने र ताली बजाउनु को आर्थ छैन / यदि साचै नेपाल को आबस्था बदल्ने हो भने पैला संबिधान निर्माण हुनु पर्छ .. संबिधान को कुनै विकल्प छैन …….

    Reply
  24. keshav says:
    August 3, 2014 at 10:11 pm

    fantastic job Narendra ji. you are the real hero. There are no words to express on your personality. I request Nepali khate leaders to learn from Narendra ji, a charismatic leader.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme