Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इबोला भाइरस र नेपाल

Posted on August 3, 2014 by mysansar

-हरि घिमिरे-

आजभोलि नेपाल मोदीमय बनेको छ। सरकार होस् या पत्रकार कसैलाई फुर्सद छैन। नेपाल र भारतले के लिने के दिने, के के माग्ने, कसरी माग्ने सबका सब सरकारलाई सिकाउन ब्यस्त छन्। चियापसल होस् या भट्टी पसल , सबैले मोदी गानमा मात्र तनमन लगाइ रहेको यो बेला नेपाली सञ्चार माध्यमहरुमा प्राथमिकता पाउन नसकेको तर हामी नेपालीहरुले एकदमै होसियार हुनु पर्ने एउटा डरलाग्दो महामारीको खबरबाट हामी धेरै बेखबर छौ।
त्यो डरलाग्दो महामारी पश्चिम अफ्रिकी देशहरु सिएरा लिओन, लाइबेरिया र गिनियामा फैलिएको छ। सबभन्दा पहिले पश्चिम अफ्रीकाको गिनियामा यही वर्षको मार्चमा देखा परेको यो ज्यानमारा भाइरस केही दिनभित्रै सिएरा लिओन र लाइबेरियामा फैलन पुग्यो।

यो भाइरश को संक्रमण ले जुलाइ को अन्त्य सम्म मा ६०० भन्दा धेरै को मृत्यु भैसके को छ। र १२०० भन्दा बढी मा यो भाइरस को संक्रमण देखा परि सके को छ। यो भाइरस ले संक्रमितहरु मध्ये ९० प्रतिसत को मृत्यु हुने गर्छ। शुरुमा मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम गाउँहरुबाट फैलन थालेको यो रोगको भाइरस वन्यजन्तुबाट मानिसमा र मानवबाट मानवमा फैलेको हो भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यो रोग सम्बन्धि विश्व स्वास्थ्य सङ्गठनले राखेका जानकारी :

◾Ebola भाइरस रोग (EVD), मानिसहरू मा एक गंभीर,तथा घातक रोग हो।
◾EVD संक्रमित हरु मध्ये 90 प्रतिशत को मृत्यु हुने गरेको छ।
◾यो भाइरस जङ्गली जनावरहरूबाट मानिसहरुमा र संक्रमित मानवबाट मानवमा फैलिन्छ।
◾यो भाइरस प्राकृत रुपमा चमेराबाट सुरु भएको मानिन्छ

माथि उल्लेख गरिएका भन्दा धेरै जानकारीहरु यो इबोला भाइरस बारेमा विश्व स्वास्थ्य ले प्रदान गर्दै आए को देखिन्छ। यसरि संसार भर अहिले यो रोग को संक्रमण फैलन नदिन सतर्कता अपनाउन थालेको देखिन्छ , तर नेपाली संचार मध्यम र सरकारले यो बिषयलाई चर्चामा ल्याएको देखिँदैन।

नेपालमा यो रोग बारे सतर्कता अपनाउन किन पनि जरुरी छ भने पश्चिम अफ्रिकी देशहरु लाइबेरिया तथा सिएरा लिओनमा शान्ति सेनामा गएका नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीहरुमा यो रोग संक्रमित भयो भने नेपालमा सजिलै यो भाइरसले प्रवेश पाउने देखिन्छ।

तर सयौँको संख्यामा ती देशहरुमा शान्ति सेना पठाए को नेपाल सरकार भने अहिलेसम्म यो बारे माखास चासो दिएको देखिँदैन। मानव फ़्लु र रगतबाट सजिलै फैलने यो भाइरस को बारे मा नेपाल सरकारको ध्यान पुगोस्।

3 thoughts on “इबोला भाइरस र नेपाल”

  1. Kedar says:
    August 6, 2014 at 5:10 am

    हामी लैबेरिया मा बस्ने नेपाली हरु सबै एकदमै सुरक्षित छौ. चिन्ता लिनु पर्दैन. एबोला को बारेमा चासो राखेको मा धन्यवाद.

    Reply
  2. सिर्जने says:
    August 4, 2014 at 10:27 pm

    नेपाल सरकारले इबोला भाइरस देशमा भित्रिन नदिन के गर्दैछ? कसैलाई थाहा छ भने यहाँ जानकारी राखिदिनु होला / स्वास्थ्य मन्त्रालयको वेबपेजमा त इबोला सम्बन्धि केहि देखिन मैले / नेपाल सरकारलाइ मोदीको स्वागत गर्दैमा फुर्सत छैन कि कसो?

    Reply
  3. हृदय says:
    August 4, 2014 at 10:22 pm

    तैले चाहे बोला कि नबोला म हुँ खतरनाक इबोला भन्दै कुनै पनि बेला संक्रमण गर्न सक्ने यो बिषाणु संग समयमै सचेत हुनु जरुरी छ l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme