-लक्ष्मी ज्ञवाली-
दया, माया र सहनशिलता जस्ता कुराहरुमा महिलाहरुको अति नै प्रशंसा हुने गर्दछ । अझ भन्नुपर्दा हाम्रो नेपाली समाजमा महिलाहरुलाई घरकै देवी लक्ष्मी भन्ने पनि गरिन्छ तर व्यावहारिक रुपमा महिलाहरुको स्थान देवी लक्ष्मीको जस्तो छ वा धेरै टाढा छ यो विषयमा अन्य लेखमा चर्चा गरुँला । महिलाहरु एक पक्षबाट जति प्रशंसित छन् त्यति नै कतिपय महिलाहरु अर्को पक्षबाट आलोचित पनि छन् । हुन त सर्वगुण सम्पन्न कोही पनि हुन सक्दैन तर महिलाहरुले महान् बनेर भूमिका निर्वाह गर्छन् आमाको रुपमा, सर्वस्व खुसी रित्याउँछन् सन्तानको नाममा । त्यसैले त आमालाई महान् भनिएको छ र व्यवहारमै पनि मानिएको छ । यति धेरै महान् बन्न सक्ने महिलाहरु फेरि किन आलोचित हुन्छन् त ?
कतिपय महिलाहरु आफ्ना सन्तानप्रति र आफ्ना सन्तानका लागि मात्र उदार छन् । जसरी कुनै कसर पनि बाँकी राख्दैनन् सन्तानको खुसीका लागि तर अन्य भूमिकामा भने तिनैमध्ये कतिपय महिलाहरु उदार बन्न नसक्दा र आफू कुन स्थानमा रहने भन्ने निर्धारण गर्न नसक्दा नै उनीहरुका कारण सबै महिलाहरु आलोचित बन्न पुग्छन् ।
पहिलो कुरा त कुनै कुनै महिलाहरुले महिलाहरुकै पिरमर्का बुझ्दैनन् । शिक्षित महिलाहरु जो आफ्नो योग्यताअनुसारको पद सम्हालेका हुन्छन्, उनीहरुको घमन्ड हामीले धेरै ठाँउमा देखेका अनि भोगेका पनि छौँ । पहिलो कुरा उनीहरुमध्ये धेरैको बोली नै महँगो हुन्छ । आफ्नो स्तरभन्दा अलिक तल्लो तहका महिलासँग त्यस्ता महिलाहरु सम्पर्क नै गर्न चाहँदैनन् । सहयोगको त कुरै छोडौँ । लिखित जिज्ञासा राख्दा पनि सिधै फोहोरको टोकरीमा पुर्याएको पनि कैयौँ ठाउँमा देखिएको छ भोगिएको पनि छ र सुनिएको पनि छ ।
कार्यक्षेत्रमा पुरुष हाकिमभन्दा महिला हाकिमसँग त्रसित हुन्छन् महिला नै । दुःखको कुरा पुरुषपुरुषका बीचमा जति सहयोगी भावनाको आदानप्रदान हुन्छ त्यसको तुलनामा कतिपय ठाउँमा महिलाहरुबीच निकै कम हुने गर्छ । यदि कुनै पुरुषले सामान्य कामका लागि सोधपुछ गरे भने नजानेको पनि हुन सक्छ भन्दै सहयोगी भावनाले सहयोग बढाउँछन् तर महिलालाई भने यति सानो काम पनि नजान्ने भन्दै उल्टै हकार्न पछि पर्दैनन् कैयौँ महिलाहरु नै । के हरेक महिलाले सबै कुरा जानेकै छ भन्ने हुन्छ र ? नजान्नु कुनै दोष होइन । नजान्नेलाई सिकाउनु महानता हो ।
आफ्नै सहकक्षी महिला साथीलाई गालीगलौज जस्ता अपशब्द प्रयोग गर्न पछि पर्दैनन् कुर्सीमा बसी पदीय स्थान ओगट्ने कैयौँ महिलाहरु । महिला भएर महिलामाथि नै सहानुभूति प्रकट नगर्नुले उनीहरुकै उपहास गरिरहेको हुन्छ ।
आधारबिनाको अहंकारले पनि त्यस्ता महिलाहरु आलोचित छन् र उनीहरुका व्यवहारले अन्य असल महिलाहरुले पनि आरोप पाउँछन् । आफ्नो व्यक्तित्वले कुन हैसियत राख्छ उनीहरु लेखाजोखा नै गर्दैनन् । आफ्नो परिचय आफैँ बनाउनतिर भन्दा श्रीमान् र उनकै परिवारको पहिचानबाट आफू ठुलो मानिस कहलिएको सम्झन्छन् त्यस किसिमका कैयौँ महिलाहरु। महिलाहरुको अति नराम्रो अर्को पक्ष धनको घमन्ड हो ।
कैयौँ परिवारमा पैसा कमाउने श्रीमानभन्दा उनकी एक पैसा पनि आर्थिक आयआर्जन नगरेकी श्रीमतीको चुरिफेरी हेर्नलायक हुन्छ । धनको घमन्डले त्यस्ता महिलाहरुलाई यतिसम्म अन्धो बनाएको भेटिन्छ कि उनीहरु आफू नै त्यो समाजको सर्वमान्य व्यक्ति भन्ने सम्झी आफूभन्दा आर्थिक रुपमा अलिक कमजोर देखिनेलाई होच्याउने, मान्छे नै नगन्ने, अभद्र व्यवहार गर्ने जस्ता असभ्यता र अहंकार प्रदर्शन गर्दछन् । त्यस्ता स्वभावले नै सबै महिलाहरु पुरुषको नजरमा आलोचित हुन्छन् । उनीहरु मुख्य रुपमा अरुकै चियोचर्चा बढी गर्दछन् । सामान्य विषय जुन उठान गर्नु आवश्यक नै हुँदैन त्यस्तै कुराहरुको खोजिनिती त्यस्तै महिलाहरुबाट बढी हुने गर्छ ।
त्यसैले त कुनै पुरुषले अरुको सामान्य व्यक्तिगत विषयमा कुरा गर्न थाल्दा आइमाईका जस्ता कुरा भनी पुरुषहरुबीचमा व्यङ्ग्य गर्ने गर्छन् । धनको घमन्डले त्यस्ता महिलाहरुलाई यतिसम्म अन्धो बनाएको भेटिन्छ कि उनीहरु आफू नै त्यो समाजको सर्वमान्य व्यक्ति भन्ने सम्झी आफूभन्दा आर्थिक रुपमा अलिक कमजोर देखिनेलाई होच्याउने, मान्छे नै नगन्ने, अभद्र व्यवहार गर्ने जस्ता असभ्यता र अहंकार प्रदर्शन गर्दछन् । त्यस्ता स्वभावले नै सबै महिलाहरु पुरुषको नजरमा आलोचित हुन्छन् ।
उनीहरु मुख्य रुपमा अरुकै चियोचर्चा बढी गर्दछन् । सामान्य विषय जुन उठान गर्नु आवश्यक नै हुँदैन त्यस्तै कुराहरुको खोजिनिती त्यस्तै महिलाहरुबाट बढी हुने गर्छ । त्यसैले त कुनै पुरुषले अरुको सामान्य व्यक्तिगत विषयमा कुरा गर्न थाल्दा आइमाईका जस्ता कुरा भनी पुरुषहरुबीचमा व्यङ्ग्य गर्ने गर्छन् । आवश्यकता नै नभएको अरुको देखासिकीले पनि कतिपय महिलाहरुका कारण सबै महिलाहरु आलोचित बन्नबाट अछुतो रहँदैनन् । आफ्नो आर्थिक स्थिति बिर्सिएर महँगा गरगहना र पोसाकमा आफूलाई सजाउनै पर्ने प्रायः त्यस्ता महिलाहरुको प्रचलन अति नै अव्यावहारिक र पछौटे नै देखिन्छ ।
महँगै पोसाकले आफूलाई राम्रो बनाउँछ भन्ने गलत भ्रम पनि त्यस्ता महिलाहरुमा बढी रहन्छ । समयको मागसँगै आधुनिकता छाइसकेको हाम्रो समाजमा महिलाहरु पनि आफ्नै परिचयबाट परिचित हुनुपर्छ । आत्मनिर्भर बनी स्वावलम्बी हुनुपर्छ । सकारात्मक र सहयोगी भावनाका साथमा सरल, सहज र शिष्ट व्यवहारबाट व्यक्तित्व विकास गर्नुपर्छ । आफ्नै कारणले आफैँ आलोचित बन्ने मार्ग बन्द गरी सुसभ्य महिला बन्नुपर्छ !!
हुन त पुरुष पनि तेस्तै हुन्छन | महिला को एक रोचक कुरा चै यदि उनि श्रीमान को भन्दा बढी पैसा कमाउने छिन भने त्यो घर ठुलै तमासा हुन्छ | अनि या त मात्रिसत्ता सुरु हुन्छ या घर भादिन्छ (धेरै जसो घर मा देख्या आधार)
It is “Queen Bee Syndrome” which can be described as:
It describes a woman in a position of authority who views or treats subordinates more critically if they are female. This phenomenon has been documented by several studies.” The definition and details can be found in Wikipedia in the following link:
http://en.wikipedia.org/wiki/Queen_bee_syndrome
साथि हो !!! आज पछि समाचार पढ्दा / सुन्दा अब बाट विचार गर्नु होस् ,
कहिँ कतै महिला माथि घर मा हेप्नु कुट्ने भएको छ भने त्यसमा कुनै महिला पनि सामेल भएको छ कि छैन….अवस्य हुन्छन !!!!
थानकोट checkpost / Raxaul मा समातिएका दलाल र नारि बेचबिखन कार्य भएको छ भने त्यसमा पनि पुरुष साथ् साथै महिला दलाल पनि संग्लन हुन्छ (अथवा भनौ महिला को साथ मा पुरुष पनि संग्लन हुन्छन ) Bombay को बेस्यालय (अथवा ठमेल को ) कसले चलाउदछन् …अधिकांसमा महिला ले !!!
तराई मा दाइजो / दहेज काण्ड मा महिला माथि हातपात/कुटपिट/आगजनी भएको छ भने सासु/आमाजू पनि संग्लन हुन्छन पति संगसंगै…..
आफु वरीपरि का नातेदार महिलाहरु को भनाइ सुननु होस् सुत्केरी बाट के आशा गर्छन पक्कै पनि छोरी भन्दा पनि छोरा चाहनछन् !!!
महिला भएर महिला माथि अन्याय गर्छन , नेपालका महिला अधिकारबादीहरुले आफु भित्र को भेदभाव गर्ने तिर ध्यान दिए नेपाल मा महिला बाट महिला ले आगो लागेर जल्नु पर्दैन थियो होला/ Prostitution तिर धकेलिनु पर्दैन थियो होला .
Like /Dislike चाहिंदैन , अब पछि समाचार सुन्दा/पढ्दा विचार गर्नु होला माथि भन्या कुरा हरु
जय नेपाल
लेखको शिर्षक राम्रो भए पनि यो लेखमा सबै महिलाहरुलाई सामान्यीकरण (‘जनरलाइज्ड’) गर्न खोजेको जस्तो लाग्यो (भलै लेखिकाको तात्पर्य यो होइन) / मुख्यत: महिलालाई एक ‘असल नारी’ र ‘असल मानिस’ कसरी बन्ने भन्ने भन्ने शिक्षा-ज्ञान एक महिला (आमा) बाट नै शुरु हुन्छ / आफ्नो सन्तानको १२-१३ बर्षको उमेरभित्र आमाले दिने शिक्षा-ज्ञान र उनले गर्ने मार्ग निर्देशनले छोरी (वा छोरा) को जीबनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ / यो सधैको लागी नबिर्सने गरी दिमागमा बसेको हुन्छ / अब कुरा रह्यो यस्ता ‘शिक्षा-ज्ञान’ दिने आमा आफै कस्तो गुण र कुन योग्यताकी (शैक्षिक मात्रै नभई अरु योग्यता पनि) छन् भन्ने / मेरो बुझाइमा (यो लेख नेपालको सन्दर्भमा भएकोले) नेपालको बेरोजगारी, अशिक्षा (कम शैक्षिक दर), महंगी, भ्रष्ट परिस्थिति, बाह्य प्रभाव र प्रविधिको द्रुत बिकास/असरले गर्दा एक आमालाई (र बाबालाई पनि) आफ्नो छोरा वा छोरीको सुखद भविष्यको लागी शिस्टता, नैतिकता, आध्यात्मिक ज्ञान, र आधारहरु टेकेर गर्ने ब्यक्तिगत बिकासको बारेमा शिक्षा-ज्ञान दिन पनि हिम्मत बटूल्नपर्ने जस्तो भैसकेको छ / अन्तरराष्ट्रिय प्रविधिको द्रुत बिकास (बिशेष गरी IT क्षेत्रमा) र यसको असरले गर्दा नेपाली समाज नचाहेरै पनि यति छिटो अगाडी बढ्न बाध्य भैरहेछ की हाम्रा अमूल्य मूल्य-मान्यताहरु पैसाको अगाडी फिक्का हुँदै गैरहेका छन् / महिला होस् वा पुरुष पैसाको लागी दौडिन बाध्य भैरहको छ / हामीहरु आफन्तहरु छोडेर बाहिरिन बाध्य भैरहेका छौ / आत्मियता र सम्बेदंशीलता हराउदो छ / पारिवारीक बिखण्डन बढ्दो छ / मानिसलाई मूल्यांकन गर्ने आधार ऊ भित्र लुकेर रहेका गुणहरु हुनु पर्ने हो, तर फोस्रो धाक-रवाफ, पैसा, पोजिसन बाहेक केही रहेन / यस्तो विषम परिस्थितिमा महिलाहरुले भूमिका अमूल्य हुन्छ र उनीहरुले आफ्ना सन्तान वा आउदो पुस्ताको लागि दिने शिक्षा-ज्ञान भनेको साधा जीबन बिताएर वा जीबनका आवस्यकताहरुलाई सिमित राखेर आफ्नो ब्यतिगत जीवनको गुणात्मक बिकास गरी कसरी ‘सुखी जीबन’ ब्यतित गर्न सकिन्छ भन्ने हो / यस्ता शिक्षाले एक महिला (वा पुरुष) को जीबन सुखी बनाउने मात्र नभई सिंगो समाजका गतिविधिहरुमा ठुलो सकारात्मक प्रभाव पार्न सक्छ / हाम्रो जीवनको मूख्य/अन्तिम लक्ष (चाहे कोही अरबपती होस् वा संसारकै सबैभन्दा ठूलो सफलता प्राप्त गरेको व्यक्ति होस्) भनेको “सुखी/खुशी र मानसिक शान्ति सहितको जीवन कसरी ब्यतित गर्ने” भन्ने भएकोले आमाहरु र महिलाहरुले पनि प्रत्येक पाइलामा सकारात्मक सोच लिएर एक ‘असल व्यक्ति’ (असल नारी मात्र नभई) कसरी बन्ने भन्ने तर्फ सोची आफ्ना सन्तानहरुलाई यस्तै सकारत्मक शिक्षा दिने हो की ? यस्तो सोचाइलाइ जतिसक्दो छिटो ब्यबहारमा परिणत गरेमा समग्र समाजको गुणात्मक बिकास हुनेछ /
तपाई महिला भएरै महिला हरु लाइ बाहिर मर्का परेको देख्नु भयो
पुरुष हरुमा पनि तेस्तै व्यवाहर हुन्छन् जस्तो की तपाईले ऑफिस को कुरा लेख्नु भयो पुरुष हरु पनि कहाँ कम छन र घुश नपाए डेग चल्दैनन् , पुरुष हरु पनि पुरुष हरु बाट पीड़ित छन यहाँ पीड़ित को छैन र ?
मेरो विचार माँ महिलाको समस्या महिला भन्दा पनि
1. शिक्षा र रोजगार
2. सुरक्षा – ( कार्य क्षेत्र र बाटामा हुने हिंसा र यौनजन्य अपराध )
3. घरेलु हिंसा
4. महिला प्रतिको सामाजिक जागरूकता र सोच
ई चारकुरा ठीक छन भने महिला हाकिम ले वा पुरष हकिमले कागज फालदैमा र न बोलदैमा केहि लछारदैनन्
“यत्र पुजयन्ते नारिणाम ,रमन्ते तत्र देवता ”
जहाँ नारीको सम्मान हुन्छ त्यहा देवता को बाश हुन्छ
( भन्नुको अर्थ जहाँ नारी हरु सम्मानीय र सुरक्ष्हित छन् त्यहाँ प्रगतीका पाइला हुन्छन )
१०० % सत्य कुरा गर्दिनु भो लक्ष्मी जी ले…….. महिला जागिर खाएर वा अलि राम्रो पढेको भएर मात्र हैन उनेको पोइ राम्रो ठाउमा जागिर खादैछ राम्रो कमौदै छ भने पनि उनेर्को चुरीफुरी हेर्न लाएक हुन्छ तिनेर्ले घर भाडेको देरै ठाउमा देखिएको छ दाजु भाई बिचा फाटो कैले हुन्छ भने जब बिहे हुन्छ कारण केहो भन्दा …….तेइ हो
धन्यवाद माइसन्सार ,
यो प्याराग्राफ लेखमा दोहोरियको छ , दोहोरियको लाइ हटाउनु हुन् अनुरोध !—–“धनको घमन्डले त्यस्ता महिलाहरुलाई यतिसम्म अन्धो बनायको भेटिन्छ कि उनीहरु आफू नै त्यो समाजको सर्वमान्य व्यक्ति भन्ने सम्झी आफूभन्दा आर्थिक रुपमा अलिक कमजोर देखिनेलाई होच्याउने, मान्छे नै नगन्ने, अभद्र व्यवहार गर्ने जस्ता असभ्यता र अहंकार प्रदर्शन गर्दछन् । त्यस्ता स्वभावले नै सबै महिलाहरु पुरुषको नजरमा आलोचित हुन्छन् ।
उनीहरु मुख्य रुपमा अरुकै चियोचर्चा बढी गर्दछन् । सामान्य विषय जुन उठान गर्नु आवश्यक नै हुँदैन त्यस्तै कुराहरुको खोजिनिती त्यस्तै महिलाहरुबाट बढी हुने गर्छ । त्यसैले त कुनै पुरुषले अरुको सामान्य व्यक्तिगत विषयमा कुरा गर्न थाल्दा आइमाईका जस्ता कुरा भनी पुरुषहरुबीचमा व्यङ्ग्य गर्ने गर्छन् “
Because of “queen bee” concept in operation there is extreme hateredness between women.
सहि हो!!! नमचिने पिङ्ग को सय झड्का भन्छन नि ठ्याक्कै येनिरु संग मेल खान्छ
लेखकले जत्ति पनि कुराहरु महिलामा हुनु न पर्ने भनेर उल्लेख गर्नु भयो, महिला को महिला पन त्यसैमा झल्किन्छ |
फरक फरक ठाउमा काम गर्ने अवसर पाइयो अहिले सम्म र येदि महिला सिनियर भए त्यो अफिसको बातावरण अल्लि काम गर्न लायक न हुने मेरो पनि आफ्नो अनुभव छ |
महिलाहरुको बुद्धि कस्तो भनेर बुझ्नको लागि त , आइमाई भन्न न हुने कानुन महिलाहरु को पहल बाट नेपालमा पारित गरियो , लोग्ने मान्छे लाइ लोग्ने र आइमाइलाइ आइमाई भन्दा के न राम्रो हुने हो ?
अब आइमाई न भनि महिला भनेपछि के आमुल परिवर्तन आउने हो नेपालका महिलाहरुमा ?
हरेक घरमा बुहारी पिडित हुने भनेको सासु, जेठानी दिदि , अमाजु , नन्द , देउरानी आदि अन्य महिला बाट हो है …………:)
कार्यालयहरुमा कुनै काम गराउन सहयोग खोज्नु पारो भने महिलाहरुले पुरुष कर्मचारिमै विश्वास गरेको धेरै देखेको र आफु पनी महिला भन्दा पुरुषलाइ नै समस्या बुझाउन सजिलो अनुभब छ
काठमान्डू मा हाकिम का श्रीमती हरु को फुर्ति हेर्न लायक हुन्छ ,आफु हरु ४ पास हुन्छन ,
घर मा काम गर्ने लाइ तँ भन्ने , जथाभाबी लुगा धुन लगाउने ( पेटिकोट र पेन्टी समेत , बिसेस गरेर आर्मी का श्रीमती हाकिमनि हरु अर्धलिको ब्यापक सोसन गर्छन ) , छिमिकिलाई फुर्ति देखाउने , मेक अप गरेर झ्याल मा बसेर टोल का तन्नेरी हरुको रात को निद हराम पार्ने उफ कति मात्र बयान गर्नु यिका क्रियाकलाप |
लक्ष्मी ज्ञवाली जी ले साह्रै राम्रो लेख लुख्नु भयो साह्रै मन पर्यो
समाज मा भएको वास्तविकता उदांगो बनाइदिनु भएको छ
हो महिलाहरुले समाजमा जति सम्मान पाएका छन
ती सबै आद्रशका कुराहरु भए
जति आलोचनाहरु भएका छन ती सबै नै प्रितिसतात्मक समाजले हेर्ने नजर हुन् जस्तो लाग्छ मलाई त