Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अवैध रुपमा अमेरिका छिर्न खोज्दा पक्राउ

Posted on July 30, 2014 by Salokya

immigrants
मेक्सिकोको सीमाबाट अमेरिका छिर्न कति लामो यात्रा गर्नुपर्छ, कति दुःख गर्नुपर्छ र कति खर्च गर्नुपर्छ भन्नेबारे ब्लग तपाईँहरुले माइसंसारमा यसअघि पढिसक्नुभएको छ। छुटाउनु भएको भए अमेरिका पुग्ने चोर बाटोको व्यथा, अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख। अझै पनि यो जोखिमपूर्ण बाटोबाट अमेरिका छिर्ने क्रम रोकिएको रहेनछ। माथिको फोटोका केही नेपालीहरु मेक्सिकोबाट छिर्ने क्रममा नै पक्राउ परेकाहरु हुन्।

immigrants1
नेपालीहरु मात्र हैनन्, श्रीलंका र बंगलादेशकाहरु पनि यो समूहमा थिए। टेक्सासको रियो ग्रान्डे भ्याली पार गर्दै गर्दा उनीहरुलाई नेसनल बोर्डर प्याट्रोल काउन्सिलले पक्रेको एसियन ट्रिब्युनले जनाएको छ।

12 thoughts on “अवैध रुपमा अमेरिका छिर्न खोज्दा पक्राउ”

  1. Sandesh says:
    August 1, 2014 at 3:29 am

    हाम्रो देश बिकाश को बाटो तिर लम्किदै छ, अहिले आफ्नै देशमा बसेर केहि रोजगारी मुलक कम गरेमा भविस्य उज्यालो छ, तर अमेरिका र युरोप भन्दै हिड्यो भने दुख पाइञ्छ है साथी हो! तरकारी खेति गरेर महिनामा ५०-६० हजार कमाएका उदाहारण धेरै छन्, केहि गर्नु पर्यो केहि..

    Reply
  2. dev. dubai says:
    August 1, 2014 at 3:27 am

    मलाई नि मकाउ मा काम लाइ दिन्छु भनेर भिजिट विशा मा सिंगापुर बाट मकाउ लिएर दलाल टाप ठोकोयो मेरो अनि साथी हरु को हरि बिजोग भो मकाउ मा डुब्यो ५-७ लाख तेस्पची घर नगई सिधै कतार तेर हानिए. भो अब भो मलाई अमेरिका यहि मलाई लण्डन पनि यहि मलाई जापान पनि येही भन्ने गीत सुन्छु नेपाली दोहोरि बार मा चट्ट विसकी तान्दै .कतार दोहा. मा

    Reply
  3. shristi shah says:
    August 1, 2014 at 1:33 am

    मैले देखेको नेपाली मा ५ % मात्त्र आफ्नो पढाई र शौख ले बिदेशिन्चन/ बाकि ९५ % बद्देताले/ गाउमा दुध घ्यु बेचेर त्रिभुवन उनिवर्सिटी को मास्टर्स को सर्टिफिकेट सिरानीमा राखेर दुबाई को गार्ड को काम मा फारम भरेको मैले देखेको छु/ नेपालको आकासिदो महंगी र शिक्षित बेरोजगारीले गर्दा जानेर होस् वा नजानेर दलाल को फन्दा मा परि दुख पाउने लै गालि नगरौ/बरु अब येति वर्ष उति वर्ष मा नेपाल सोर्ग बनौछु भन्दै देश दुबौनेलाई गलामा झापड मात्त्र हैन सर्बस्वो हरण गरि देश निकाला गरौ/ ताकि हाम्रा सन्ततिले सुख पाउन/ म सानो छदा कमसे कम नेपाल मा गलैचा,पस्मिना,गार्मेन्ट को उद्द्योग प्रसस्त थिए/विदेश मा निर्यात हुन्थ्यो कतिले काम पाएका थिए/ अहिले त उद्द्योग भन्नु नै राजनीति त पार्टी खोल्ने भो/ पार्टी मा लाग्ने २-४ जना चोर फटाहाले मात्त्र बाच्ने अरु चाही नाबाचने??? जय होस् नेपाल को जरो मुरो नरहोस् देश लुटाहको 🙁

    Reply
  4. nil bahadur godar (Immigartion section Doha Qatar says:
    July 31, 2014 at 6:11 pm

    युरोप अमेरिका भन्दा गुफ्फ़ मा पैसा छ कमै राम्रो हुन्छ , तर केहि काम सिकेर आउनु पर्छ, जीवनमा राम्रोसंग सोच विचार गरेर निर्यण लिनुपर्छ, हतारमा कुनै पनि कार्य गर्नु हुदैन,

    Reply
  5. Dil Shree says:
    July 31, 2014 at 6:04 pm

    यो त एउटा उदाहरण मात्र हो!
    पैसा कमाउने र कागज बनाउने धुनमा धेरैको बिचल्ली भएको छ युरोप अमेरिकामा
    पहिला जस्तो सजिलो छैन, नेपालमै केहि गर्नुस भन्दा साथी र आफन्त सुन्दै सुन्दैनन् !
    फेरी सुनुन पो कसरि, आधार पनि त के छ र नेपालमा गरि खानेका लागि?
    राजनैतिक अस्थिरता, महंगी, आन्दोलन र हडताल जस्ता कुराहरुले गर्दा केहि गर्न सकिने अबस्था पनि छैन ! श्रम गरेर देशकै लागि देश मा केहि गर्छु भन्ने युवाहरुलाई कुनै प्रोत्सहान छैन, नेता र मन्त्रि हरु आफ्नो र आफ्नालाई बनाउदै ठिक्क छ, कर्मचारीहरु पनि जनताको काम प्रति उत्तर दाई छैनन् ; भ्रस्टाचार र घुसखोरी ले साम्राज्य जमाएको छ !
    जबसम्म देशमा राजनैतिक स्थिरता आउदैन तब सम्म यो हाम्रा लाई एउटा नियति बनिरहनेछ !

    Reply
  6. Shankar says:
    July 31, 2014 at 8:57 am

    अलि अलि पखेटा पलाएका हरु येसरी पक्राउ पर्छन
    पखेटा नै न उम्रेका चै ”म लाइ अमेरिका ,यहि ,हन्क्कंग पनि यहि ” भनि गीत गाएर बस्छन |–अंगुर अमिलो !!
    जहा जान देश को प्रधान मन्त्रि र मंत्रिहरु समेत समेत उपचार को बहाना मा ,सेमिनार को बहाना मा बा अरु बहाना मा लालायित रहन्छन |

    Reply
  7. Nischal says:
    July 31, 2014 at 1:24 am

    यहाँ अमेरिकामा हुनेगरुले यहाँ धेरै दुख हुन्छ , पैसा कमाउन धेरै गारो हुन्छ भन्दा नेपाल मा कसैले विश्वास गर्दैनन् . “आफु चै गएर हामीलाई खुब पाठ दिन्छ” भनेर सोच्छन अनि झन् भएभरको पैसा खर्च गरेर आउने कोशिस गर्छन. अब चै “यहाँ पैसाको रुख छ, सबै जना टिप्न आउनु चाडो !” भनेर भन्नु पर्ला.

    Reply
    1. deepak says:
      July 31, 2014 at 7:35 am

      हाम्रो देशमा अमेरिका जति दुख गरेर त्यहि अनुसारको ज्याला पाएमा को जान्छ अमेरिका ?
      बरु अमेरिका क सबै नेपाली नेपालनै फर्कन्थे / अहिले कोहि छ अमेरिकामा दुख भयो त्यसैले नेपाल फर्केको भन्ने ? तपाईचै सुख छोडेर दुख खेपन किन बसिराको ?

      Reply
      1. Nischal says:
        August 3, 2014 at 3:28 am

        दीपक जी तपाइको तर्क एकदम सहि हो, मा यसको कदर गर्छु. तर ..
        अमेरिका यस्तो देश होइन जसरि हामि नेपालमा बसेर कल्पना गर्छौ. हो यहाँ काम गर्ने अवसर हरु छन , तर तेती सजिलो छैन जसरि हामि नेपाल बाट सोच्छौ. यहाँ केहि नेपाली हरु छन् जसले राम्रो काम गरेर राम्रो जिबन पनि बिताइरहेका पनि छन् तर धेरै थोरै. धेरै नेपाली हरुको जिबन श्रमि को रुप मा बितिरहेको छ. यहाँ धेरै कथा हरु छन् जुन शब्दले ब्यक्त गर्न सकिन्न, अनि विश्वास पनि कसले गर्ला र ?

        “तपाईचै सुख छोडेर दुख खेपन किन बसिराको ?” – नेपाल मा पनि दुख छ, यहाँ झन् धेरै दुख छ.

        दीपक जी, तपाई अमेरिका आउन चाहनुहुन्छा भने पनि म तपाइलाई निरुत्साहित गर्न चाहन्न. तपाइलाई स्वागत छ! सायद तपाई आउनुहुनेछ, यहाको परिवेश भोग्नुहुनेछ, अनि कसैले यहाँ तपाइले जस्तै कमेन्ट पोस्ट गर्नेछ, अनि मलाई विश्वास छ तपाइले पनि मैले जस्तै फेरि जवाफ दिनुहुनेछ, अनि यो क्रम जारी रहनेछ …………………..

        Reply
    2. Sayad Shrawan says:
      July 31, 2014 at 10:15 pm

      खोइ के भन्ने के ? अमेरिकामा गएकाहरुको नराम्रो भएको भन्ने कसैको सुनेको छैन ! सबैको राम्रो भएकै देखेको हो ! म पनि यही फल सेमेस्टरको लागि बिद्यार्थी भिषामा अमेरिका जाँदैछु ! यस्तो कम्मेन्ट हरु हेर्दा हल्का डर पनि लाग्छ, संघर्षको लागि उत्साह पनि आउँछ !
      अर्को कुरा, अमेरिकामा बस्नेहरुले सायद उता पुगेपछि नेपाल बिर्सिदारहेछन क्यारे, अमेरिकामा कमाउन गाह्रो हुन्छ भन्छन मानौ कि नेपालमा चाही कमाउन सार्है सजिलो छ !

      Reply
      1. Nischal says:
        August 3, 2014 at 3:44 am

        सायद जी, देख्नु र भोग्नु दुइटा फरक कुरा हरु हुन्. तपाई अमेरिका आउनु हुदैछ पढ्न को लागि, तपाइलाई स्वागत छ. सायद तपाईलेअमेरिका आफुले सोचे जस्तो र कल्पना गरे जस्तो पाउनुहुनेछैन. यदि तपाइलाई घरबाट प्रतेक्ष्य आर्थिक सहयोग मिल्दैन भने तपाइले यहाँ धेरै संघर्स गर्नु पर्नेछ, जुन सायद कल्पना गर्नु भएको छैन होला. तर निरस नहुन्हुहोस, यहाको चलन यस्तै छ, हजारौ नेपाली हरुले संघर्स गरि रहेका छन्, जसमा तपाई एक थापिनुहुनेछ.
        “अमेरिकामा कमाउन गाह्रो हुन्छ भन्छन मानौ कि नेपालमा चाही कमाउन सार्है सजिलो छ !” – अमेरिकामा कमाउन गाह्रो हुन्छ भन्दा नेपाल मा चै सजिले छ भन्ने अर्थ लगाउन मिल्दैन.

        अन्तत: अमेरिका सपना होइन, साहस र अठोट लिएर आउनु होला !
        Best of luck!

        Reply
  8. बशन्त राज says:
    July 31, 2014 at 1:24 am

    मेरो एकजना आफन्त साउदी अरेबियाको एक दुध फर्ममा कम गर्नुहुन्छ / केहि दिन अगाडी मलाई फोन गरेर यूरोप जाने हो भन्दै मलाई सोधे? मैले राम्रो तलब आउने काम भय जाने भने तर उहाले काम त त्यहा गए पछि कत्ति हो कत्ति भने / मैले हुन्छ नि ल भन के गर्नु पर्छ भन्दा पानि जाहाज वालालाई पैसा दिने अनि त्यहाबाट लिबीयाजाने त्यहा बाट अनि इटालीको एक टापुमा जाने अनि पासपोर्ट फाकेर सरनार्निको निबेदन हाल्ने भन्दै मलाई जाने कि नजाने भनेर सोधे / मैले त्यो कुरा मानिन / किन भने मा नियमित बी बी सी सुन्ने गर्छु / बी बी सी बारम्बार अफ्रीकाबाट यूरोप जाने कोसिश गर्ने क्रममा इटालीको लम्पदुसमा अनेक डुंगा डुबेर मान्छे मरेको समाचार सुन्दै अको छु / तसर्थ उहालाई पनि तेस्तो नगर्न सल्लहा दीय/ माने कि मानेनन थाहा छैन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme