Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : ऊ नेपाल फर्केपछि (भाग २)

Posted on July 26, 2014 by mysansar

– ध्रुव थापा/ क्यालिफोर्निया-

saturday-fiction आजभन्दा १५ वर्षअघि जब ऊ पहिलो पल्ट सन फ्रान्सिस्को विमानस्थलमा उत्रेको थियो तब उसलाई एक प्रकारको डर, त्रास र संकोच थियो। यहाँ त आइपुग्यो अब गर्ने के? कहाँ जाने? कसरी आफ्नो जिविका चलाउने?

जे होस्, केही दिन त बर्कलीमा हुने “हिमालयन फेयर”को रमझममा बित्ला। तर जसले उसलाई यहाँ नेपाली एक्सपोको नाममा ल्याएको थियो, उसले यहीँ छाडेर जाने जानकारी नेपालमा हुँदै दिएको थियो। यो उसको अलिखित सम्झौता नै थियो र त्यसपछिको बन्दोबस्त आफै गर्नु भनेको थियो।

जे होला त्यहीँ गएर भोगिएला भन्दै उसले अमेरिका आउने निर्णय गर्योि र भाग्यले साथ दिएकै हो। कृष्णको भिसा पनि लाग्यो र यहाँ आएर बास र गाँस साथै डलर कमाउने ठाउँ पनि मिल्यो। साथै उसको नयाँ परिचय अचानक कृष्णबाट सबैको प्यारो कृष बन्यो।

त्यही मेलामा एक जना नेपालीले उसको परिचय स्थानीय भारतीय रेस्टुरेन्टको मालिकसित गराइदिएको थियो र जसले उसलाई काम लगाइदिने वचन दिएको थियो, राम्रो काम गरे कोठासमेत दिने कुरा पक्का भएपछि दुई दिनको मेला पछि ऊ आफ्नो सुटकेस लिएर ओकल्याण्डको मोटेलदेखि रेस्टुरेन्ट मालिकले उपलब्ध गराएको डेरामा सरेको थियो।

त्यसपछि चार वर्षसम्म उसैसित काम गरे पनि एक दिन खै के भयो ? उसले त्यहाँ काम छोडेर अर्कैकोमा गर्न थाल्यो, जहाँ उसले अमेरिका नछोडून्जेल गर्यो । र ऊ अहिले अचानक देश फर्कँदै छ।

आज ऊ पुरानो बे ब्रिज (सन फ्रान्सिस्को र ओकल्याण्डलाई जोड्ने पुल) भएर आएको मान्छे नया बे ब्रिज हुँदै आफूलाई समेत त्यही पुरानो भत्किएको बे ब्रिज जस्तै अनुभव गर्दै सन् फ्रान्सिस्को विमानस्थल जाँदै थियो। सायद सदाको लागि हुन सक्छ। हो उसको मनमा एक प्रकारको हर्ष पनि छ र बिस्मात पनि यदि जानुनै थियो त किन म एक हप्ता अघि फर्किएर गइनँ ? कमसेकम मेरो छोरीको कन्यादान त दिन पाउथे, आफनै हातले छोरीको बिहे त गर्न पाउथे। जे होस् उनीहरुले मलाइ माफ गर्ने छन् र मलाइ सहर्ष स्विकार्ने छन् , यहि कल्पना गर्दा गर्दै उ बिमान स्थल पुग्छ र बोर्डिंग पास लिदा उसलाई झल्यास्स सम्झना आउछ उसको नाम त् कृष्ण हो भनेर ।तर सबैले क्रिस भनेर चिन्छन यहाँ, तर आफ्नो पासपोर्टमा कृष्ण देख्दा कता कता परिचय हराएको मान्छे जस्तै लाग्छ उसलाई र एकफेर अचानक उसको मुख बाट निस्कन्छ हरे कृष्ण। कृष र कृष्ण को दोधारमै मन खेलाउदै उ आफ्नो प्लेन तर्फ प्रस्थान गर्छ।

उ अतितमा हराउछ यो बे एरिया जहा उसले जीवनको पन्द्रह बर्ष बिताएको थियो जहा उ आउदा नेपालीहरु कता कता देखिन्थे भने अहिले बीस हजारको हाराहारीमा पुगी सकेका छन् र दर्जनौ नेपाली संघ संस्थाहरु जातीय देखि राजनीतिको नाममा खुली सकेको छ। यदि उसले पनि पेपर बनाउन सकेको भए र परिवारलाई यहा ल्याउन सकेको भए सायद उ यसरि फर्केर जादै गरेको हुदैन थियो होला। उ पनि थुप्रै नेपालीहरु जस्तै आफ्नो छोरीको बिहे यहि गर्दै गरेको हुन्थ्यो होला।

हरेक चाड पर्वमा उ पनि परिवार सित सिरमा ढाका टोपी लाएर दोहोरीको भाकामा नाच्थ्यो होला। तर अफ्सोस उसको पन्द्रह बर्षको अमेरिका बसाइमा त्यस्तो केहि भएन् त्यहि मात्र कहाँ हो र नेपाली कार्यक्रमहरुमा समेत उ त्यति जादैन थियो। उ बिदाको दिनमा समेत एक्लै बस्न मन पराउथ्यो। त्यसैले यतिका बर्षमा थोरै नेपालीहरुले मात्र चिनेको थियो उसलाई र थोरै मात्र परिचित साथी र चिनाजानी थियो उसको।

त्यसैले आज उ लुसुक्क नेपाल फर्केको घटना यहाँ कसैलाई चासोको बिषय नै बनेन न कि कसैले बिदाइको एक गुच्छा फुलमाला र खादा ओडाएर बिदा गरे। तर उसलाई त्यसमा केहि भन्नु वा पछुतो छैन। उसलाई पछुतो छ त आफ्नो छोरीको बिहेमा सरिक हुन् नसकेको र अब गएर आफ्नो परिवार र श्रीमतीलाई कसरि सामना गर्ने। के छोरा, छोरीले बुवा भनेर अंकमाल गर्न र काखमा लुटपुटिन आउलान ? के श्रीमतीले आफ्नो प्राण भन्दा प्यारो श्रीमान भनेर स्विकार्लिन ? यहि संका र उपसंका उसको मनमा खेली रहेको हुन्छ अचनाक उसको फोन को घन्टी बज्छ।

उ काम गर्ने रेस्टुरेन्टको साहु सर्दारजीले फोन गरेर “ क्याबात है क्रिस अन्तिम बक्त पर मिल्ने भी नही आया तु। इतने साल काम किया था, तुम्हारे लिए कुछ खर्चा और एक उपहार लाया था दे भी नही सका तुम्हे। खैर कोइ गल नही फिर आया तो मुझे नही भुलना”, “सरि पाजी” भनेर फोन राखी दिन्छ उ केहि बोल्नै सक्दैन। केहि क्षणमा उ चढेको हवाई जहाज प्रशान्त महासागरको माथि अमेरिकालाई अलबिदा गर्दै उसको मन संगै उडी रहेको हुन्छ।

पट्टाई लाग्दो एघार घन्टे प्रशान्त महासागर माथिको उडाई र त्यतिनै लामो सिंगापुरको ट्रान्जिट सकेर बल्ल उ छाडेको प्लेन नेपालको लागि प्रस्थान गर्यो। अब भने देस , घर परिवार नजिक पुगियो जस्तो लाग्यो उस्लाइ। घरमा फोन गरेर आफु एक बजेर तीस मिनेटमा काठमाडौँ अवतरण गर्ने जानकारी गराउदा उसको श्रीमतीले हप्काएकी थिईन, के हो रक्सीको सुरमा फोन गरेको? भनेर तर बारम्बार आफु आउदै गरेको जानकारी गराउदा भने ल ठिकै छ काठमाडौँ ओर्लिए पछि लोकल नम्बर बाट कल गर्नु अनि मात्र मलाइ विश्वास हुन्छ, भनेर फोन राखी दिईन। तर काठमांडू ओर्लेर अन्तरास्ट्रिय बिमान स्थलबाट घरमा कल गर्दा फोनै उठेन र सोझै ट्याक्सी लिएर उ घर जाने निधो गरेर हिड्छ।

यो सहर उसलाई नया र अनौठो लाग्छ जता ततै फोहोर मैला, ट्याक्सी र गाडीको ताती, हो हल्ला र गाडीको आवाजले उसलाई आफैलाई कहाँ आइपुगे जस्तो लाग्यो। बर्क्ली को त्यो सुन्दर सान्त सहर र यहाको कोलाहल तर एक मनले भन्यो होइन जस्तै भए पनि यो मेरो देश हो राम्रो र सुन्दर छ। अचनाक ट्याक्सीले एउटा गल्लीमा रोकेर सोध्छ, “दाइ कता जाने उभो कि उधो ? उ अलमल्ल पर्छ र भन्छ त्यहाँ पर पुलिस चौकी छनि त्यसको दाहिने तिरको गल्लीमा जाउँ त्यहि हो। ए त्यो त् छुटी सक्यो पहिले भन्नु पर्थ्योनि , बिचरा कसरि भनोस जबकि यो घरमा उ पहिलो पल्ट आउदै थियो, अमेरिका गए पछि किनिएको त्यो एक तले घर अहिले तिन तले बनाइ सकेको जानकारी उसको श्रीमतीले हरेक पल्ट डलर पठाउदा भनेकी थिइन।

“हजुर अहिले आउने होइन है बल्ल घर सिद्धियो छोरा छोरीको कलेज सिधियोस अनि आउनु होला । नत्र त यहाको महंगाईमा बाच्नै गाह्रो हुन्छ नि।” उ पनि, “ ल ल सबै बन्दो बस्त गरेरै आउला”, भन्थ्यो। फोनमा श्रीमतीले भनेकी थिइन् घरको नाम शान्ति निवास राखेको र छेवैको पेट्रोल पम्प बाट समेत देखिने नाम भएको जानकारी गराएकी थिइन् र ट्याक्सीको गुरुजीलाई पेट्रोल पम्प आए पछि ट्याक्सी रोक्न लाएर बाहिर निस्केर नियाल्छ र त्यहि बाट देख्छ शान्ति निवाश । ल त्यहि हो भाइ समान बोक्न मदद गरौ है भन्दै सुटकेस निकाल्छ।

अचानक कल बेलको आवाजले भित्रबाट आवाज आउछ। को हो आउदैछु। कत्ति बेल बजाएको। न भन्दै केहि पलमै सुन्दर चिटिक्क परेको काठको कला कृतिले कुदेको ठुलो ढोका खुल्दा क्रिसको मन ढक्क फुलेर आयो कतै म गलत घरमा त आइ पुगिन? उसलाई त्यो घर एउटा महल भन्दा कम लागेन र मनभित्र कता कता संका पस्छ कतै म गलत घरमा त आइन भनेर ।

आफु भने अमेरिकामा पन्द्र बर्ष सम्म साहुले दिएको एउटा सानो कोठामा अरु तीन जना भारतीयहरुसित कोठा सेर गरेर बिताएको थियो। त्यसैले होला आज आफ्नै रगत र पसिनाले बनाएको आफ्नै घरमा पस्न संकोच लागेर आउछ उसलाई । “ए हजुर आइसियो ? मैले त पत्याएकै थिइन् किन फोन नगरेको भन्दै उल्टा कराउन थालि।” “ल ल समान भित्र राख म गुरुजीलाई ट्याक्सीको भाडा दिएर आउछु भनेर फर्कन्छ।” उ फेरि आएर ढोकामा अलमल्ल पर्दै चारैतिर नियाल्छ। सबै उसलाई अनौठो लाग्छ र आफ्नै श्रीमती पनि निक्कै आधुनिक र सहरिया लाग्छ तर आफु भने पन्द्र बर्ष अघिको त्यहि गाउले मान्छे बिदेशी कपडाले बेरिएको अनुभव गर्छ।

उ श्रीमतीलाई भन्छ हेर अब म नफर्किने निर्णय लिएर आइपुगे तर मैले कमसेकम एकमहिना अघिनै यो निर्णय गरेको भा छोरीलाइ आफ्नै हातले बिहे गर्न पाउथे, यो धोको सदै रहने भो मेरो मनमा। उसको कुरा सुनेर श्रीमती र छोरा मुख मुख गर्छन र भन्छ हजुर साच्चै अब अमेरिका गइसिदैन ? किन र के भो सबै जना यहा आएर केहि महिना बसेर फेरि जान्छन अनि हजुर चाही ? होइन मेरो पेपर बनेन र यतिका बर्ष लुकेरै काम गरियो अब जान पाउदिन त्यसैले त् छोरी को बिहेमा समेत आउन सकिन , ए त्यसो हो भने किन आइसिएको त ? भन्दै श्रीमती गुनासो गर्न थाल्छे। तर उ चुपचाप उनीहरुको कुरा सुनी रहन्छ। त्यसपछि उसलाई घरमा त्यस्तो स्वागत र सत्कार पनि हुदैन , केहि क्षणको मिलन पछि सबै मौन र आफ्नै धुनमा लाग्छन, उसलाई आफ्नै परिवार धेरै बिरानो र अनौठो लागि रहन्छ। आफ्नै घरमा उसलाई कसैले वास्ता गरेको जस्तो लाग्दैन र हरेक पल छोरा र श्रीमती किन एति चाडै फर्केर आएको भनेर गन्थन गरिरहन्छन्।

उसलाई असहाय हुन्छ र अचानक एक दिन बिहानै छोरा र श्रीमतीलाई बोलाएर भन्छ, “ के हो तिमि हरुको पारा ? आज एक्काइस दिन भयो म आएको , तिमीहरु म आएको मा कहिले खुसि देख्दिन त। न तिमि राम्रोसित बोल्छौ न छोरा नै ? यस्तै हो तिमीहरुको पारा कि भन म आएको तिमीहरुलाई मन परेन भनेर ?

अचनाक छोरा र आम दुवै एकै चोटी भन्छ, “ के को हतार थियो आउनु ? कमसेकम छोराको पदाइ सकेपछि … ? भर्खर छोरीको बिहे भयो कत्रो खर्छ भएको छ फेरि हजुर आइसिए पछि कसरि तिर्ने त्यत्रो ऋण ?

ऋण ? के को ऋण मैले पठाएको पैसाले पुगेन तिमीहरुलाई ? भन कति ऋण छ म अब फर्केर जान मिल्दैन भने देखि तिमीहरु म देखि पर पर बसेको कारण त बल्ल बुझे। अचानक छोरा कराउछ हो यो घर पनि ऋणमा छ दिदीको बिहे र मेरो खर्चको कारणले, अब कसरि तिर्ने ? मेरो पदाइ के हुने ? कमसेकम आउनु भन्दा अघि हामीसित सल्लाह त गर्नु पर्छ त्यतिकै टिकट काटेर हिडेर हुन्छ? वाइयत।”

अब उसले बुज्यो उसको अस्तित्व उ त मात्र डलर छाप्ने मेसिन रहेछ , उसको यस घरमा कुनै हैसियत नरहेको अनुभव उसले आएको केहि दिनमै गरि सेको थियो। उनीहरुले छोरीको बिहेमा समेत उसको गाउको घरबाट बुडी आमा र एक्लो दाजुलाई बोलाएको रहेनछ , माइती तिरेको सहयोग र काठमाडौँको रौनकतामा सबै भुलेर बसेका रहेछन , आफ्नो जन्म दिने आमाको घरमा उनीहरु कहिले फर्केर न गएको र आमा र दाजुको लागि समेत भनेर पठाएको खर्च कहिले गाउमा पुगेनछ।

उ बिचलित भएर कराउछ , तिमीहरुलाई मेरो भन्दा मेरो ज्यान, स्वास्थ्य भन्दा मेरो पैसाको लोभ रहेछ। कसरि बिदेशमा पैसा कमाएर , दुख गरेर तिमीहरुकै लागि भनेर यतिका बर्ष बिताएको ब्यर्थै भयो “ तिमीहरुले मलाइ… “

ड्याड ठुलो आवाजमा कराउने होइन मलाइ पनि आउछ कराउन , चुप लागि बसिसियो अब हजुरको जमाना छैन”

“के रे अब त पनि ?”“ हो म पनि भन्दै श्रीमती पनि कराउन थालि।”

कृष्ण जुरुक्क उठेर कोठाबाट बाहिरिन्छ र रात्रि मात्र घरमा फर्कन्छ । घरमा श्रीमती टीबी हेरी रहेकी हुन्छे भने छोरा अंग्रेजी गीतको धुनमा मस्त कोठामा साथीहरुसित सायद पार्टी गरि रहेको हुन्छ, जुन उनीहरुको नित्य कर्मनै बनेको झैँ लाग्छ उसलाई । उ चुपचाप किचेनमा गएर हेर्छ। खाने कुरा केहि देख्दैन, सबै जुठा भाडाहरू किचेंनको सिंकमा थुप्रिएको हुन्छ जसलाई सफा गर्न भोलि कोहि आउनेछ। उ सोझै कोठामा धेरै बेर सम्म के के सोची बस्छ तर उसको श्रीमती आउदिन उसको हाल खबर सोध्न र खाना खायो खाएँ कसैलाई वास्ता हुदैन। उ निक्कै बेर सम्म सुत्न सक्दैन र मनमा केकके कुरा खेलाउद खेलाउदै रातभरी निदाउनै सक्दैन ।

अचानक उसलाई के सुर चड्छ र उ जुरुक्क उठेर घडी हेर्छ बिहानको पाच बजनै लागि सकेको हुन्छ , उ आफ्नो ब्याग मिलाउन थाल्छ र आफूसित भएको केहि पैसा बोकेर घरबाट निस्कन्छ, घरमा कोहि उठेका हुदैनन् र त्यसपछि उ कता गयो कसैलाई थाहा हुदैन। घरमा धेरै दिनको प्रतिक्षा पछि पनि न आउदा उसको श्रीमती र छोराले सयाद उतै फर्किए गएको अनुमान गर्छन। तर उ कहाँ गयो कसैलाई थाहा हुदैन।

पाच बर्ष पछि नेपालको रास्ट्रीय पत्रिकाहरुमा एउटा समाचार सम्प्रेशन हुन्छ जसको हेडलाइनमा अमेरिकामा स्थापना भएको नेपालीहरुको लायन्स क्लबले अमेरिकाबाट आफ्नो देस नेपाल फर्केर केहि उपलब्धि मुलक र उल्लेखनीय काम गर्नेहरुको सम्मानमा धरानमा एउटा सम्मान कार्यक्रम राखेको र त्यसमा अमेरिकाबाट पाच बर्ष अघि फर्केर आएर आफ्नै गाउ र जिल्लाको बिकाशमा रोजगारीमूलक कार्यक्रम चलाएको र सोहि एकल व्यक्तिको प्रयासमा बृध्द र बालबालिकाहरुको लागि आश्रम र स्कुलको समेत संचालन भै रहेको जानकारी प्रकाशित भएको हुन्छ। समाचारमा लेखिएको हुन्छ “कृष्णभक्त”एउटा यस्तो ब्यक्तित्व हो जसले बिदेशमा बसेर सिकेको ज्ञान , सिप र लगनलाई आफ्नै देश र गाउमा आई आफ्नो घर परिवार, संसारिक माया मोह देखि माथि उठेर जनकल्याणको हितमा काम गरेकोले आज उसलाई सम्मान गरिएको जानकारी समाचारमा लेखिएको हुन्छ।

11 thoughts on “कथा : ऊ नेपाल फर्केपछि (भाग २)”

  1. tirtha gurung (uk) says:
    August 4, 2014 at 6:45 pm

    यो कथा भित्र कहिँ कतै म आफु पनि समाहित भएको अनुभूति भए त्येस्तै नियति र परिणाम प्रति सचेत गराएको छ लेखकलाई धेरै धेरै धन्यवाद,,,,,बैदेशिक रोजगारले टुटेको र टुट्न सक्नी सम्बन्ध भावनालाइ थोरै भए पनि समेट्न सकेको र एसले सकारात्मक सचेतनाको पुलको काम गरेको छ भन्नि मेरो विश्वास हो

    Reply
  2. Narayana Hari says:
    July 28, 2014 at 11:34 pm

    यो कथा आम अमेरिका returned हरुको हो. कसैलाई आस्चर्य नभए हुञ्छ. अरुको दुख बुझ्न आफुले पनि दुख गरेको हुनु पर्छ.

    Reply
  3. ajay says:
    July 28, 2014 at 3:28 pm

    felt as if it relates to every individual…..heart touching….love to read next part

    Reply
  4. Dhruva says:
    July 28, 2014 at 5:36 am

    सर्ब प्रथम त मेरो कथाको पहिलो र दोश्रो भाग लगातार सनिबार साहित्यमा पकाशन गरिदिनु भएकोमा माइसंसार डट कम लाइ धन्यबाद दिन चाहान्छु। त्यसपछि मेरो कथाको पहिलो र दोश्रो भाग दुवैलाई यहाहरुले मन पराइदिनु भएको र एति धेरै पेज भिउ ,कमेन्ट र लाइक गरिदिनु भएको मा यहाँ सम्पूर्ण माइसंसारका पाठकहरुलाई बिशेष धन्यबाद दिन चाहान्छु। मेरो दोश्रो भाग पडेपछी धेरैले अन्तिम हरफ न राखेको भएको हुन्थ्यो भनेर प्रतिक्रिया जनाउनु भएकोले अब तेश्रो भागपनि लेख्ने तयारीमा छु।
    साथै यहाहरुलाई यो पनि जानकारी गराउन चाहान्छु कि मेरो पहिलो कविता संग्रह र त्यसपछी अंग्रेजीमा नेपाली भोजनको पुस्तक र धेरै पत्रिकाको सम्पादन गरेपछि एउटा कथा संग्रह नितान्त अमेरिकी पृष्ठ भूमिमा लेखिएको सम्भवत पहिलो कथा संग्रह निकाल्ने प्रयासमा छु जसमा अहिले सम्म यी दुइ कथा लगायत २० वटा कथाहरु लेखि सकेको र बाकि १० वटा कथाको बिषय बस्तुमा कलम चलाउदै गरेको सहर्ष जानकारी गराउन चाहान्छु। कथा संग्रहको नाम ” यस्तै छ अमेरिकी जिन्दगी”मा नेपालबाट अमेरिका आउदा भोगेका दुख सुखका घटना देखि विभिन्न स्तरमा नेपालीहरुले अमेरिकामा गरेको प्रगति उन्नतिको समेत कथाहरु समेटिएको छ। यहारुलाई मनमा लागेका बिषय बस्तु जुन मेरो कथा संग्रहमा समावेस होस् भन्न चाहानु हुन्छ भने वा केहि प्रतिक्रियाहरु दिनु चाहानु हुन्छ बने त्यसको लागि यहाहरु सबैलाई हार्दिक स्वागत छ। मेरो इमेल ठेगानामा समेत लेख्न सक्नु हुनेछ। चाडै यो कथाको तेश्रो भाग लिएर यहाहरु समक्ष अवश्य आउनेछु। अन्तमा सबैलाई एकपल्ट फेरिपनि धेरै धेरै धन्यबाद।

    Reply
  5. laxmi says:
    July 27, 2014 at 12:03 am

    मनै छोयो कथाले , परदेशीको पिडा स्वदेशीले कहा बुझ्नु ,हामी नेपालीले यस्तै नियति भोगेका छौ ./

    Reply
  6. ranu koirala says:
    July 26, 2014 at 11:57 pm

    कथा निक्कै राम्रो अनि वास्तविक पनि ..

    Reply
  7. Ramesh babu says:
    July 26, 2014 at 11:40 pm

    धेरै राम्रो ! अलि काल्पनिक जस्तो लागेपनि संदेसमुलक !

    Reply
  8. Mk says:
    July 26, 2014 at 10:38 pm

    आफ्नो देश ले आफ्नै देशबासी जनताको मूल्य न बुझे पछि , येस्तै दुर्गति हुनु नियेती नै बन्दोछ .

    Reply
  9. suzee says:
    July 26, 2014 at 10:00 pm

    तेस्रो भाग लेखेको भए हुन्थ्यो, धेरै राम्रो लग्यो

    Reply
  10. Narayan says:
    July 26, 2014 at 8:48 pm

    कत्ति राम्रो !!! खास सबै को सोच यसरि नै बद्लिऎ दिए कत्ति राम्रो हुन्थ्यो होला ?

    Reply
  11. Pramesh says:
    July 26, 2014 at 6:19 pm

    राम्रो कथा| तर त्यो अन्तिमको हरफ चाही नराखेको भए हुन्थ्यो| यथार्थ जस्तो लागेको कथालाई सकारात्मक अन्त्य दिन अलि हतार गरेजस्तो लाग्यो| बरु त्यसको सट्टा तेस्रो भाग लेखेको भए हुन्थ्यो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme