-प्रेम गुरागाईं, लस एन्जलस-
“सिएनएन न्युजको बिहान ७ बजेको समाचार सुन्नु हुने सबै श्रोताहरूलाई नमस्कार। आज विश्वको हरेक कुनामा सुख, शान्ति, सद्भावना, भाइचाराका खबरहरू प्राप्त भएका छन्। ह्वाइट हाउसबाट प्राप्त समाचार अनुसार सम्पूर्ण अमेरिकाको कुनाकुनामा पनि शान्ति छाएको छ। कसैलाई पनि कुनै किसिमको समस्या नभएको समाचार प्राप्त हुन आएको छ। अब तपाईँहरू माझ हामी साँझ ७ बजे पुन: समाचार लिएर आउने छौं। त्यतिबेलासम्मका लागि बिदा दिनुहोस्, नमस्कार।”
यी माथिका लाइनहरू कृपया एकपटक फेरि पढ्नोस् र केही क्षण यो समाचारका बारेमा सोच्नुस्। अनि मात्र तलका लाइनहरू पढ्नुभयो भने मैले लेख्न लागेको सन्दर्भको महत्व प्रष्ट हुनेछ।
तपाईंको दिमागले मलाई गाली गर्न थालिसक्यो होला : कस्तो वाहियातको कुरा गरेको भनेर। यसमा तपाईंको कुनै गल्ति छैन, गल्ति छ भने ती सम्पूर्ण विचार जुन् हाम्रो मस्तिस्कमा जम्मा भएर रहेका छन्।
यो अत्यन्त सकारात्मक समाचार सुन्दा हाम्रो मस्तिस्कले सोच्नै सक्दैन कि यस्तो राम्रो कुरा पनि हुन सक्ला र भनेर । बिहान उठे देखि राति सुत्नेबेला सम्म संचारका बिभिन्न माध्यम, परिवारका सदस्यहरु, साथीभाइ इत्यादिबाट सुनेका नकारात्मक कुराहरूले भरिएको मस्तिस्कले अचानक “विश्व शान्ति, “समस्यारहित समाज”, “चौतर्फी आनन्द” सोच्न कसरी सक्ला?
हाम्रो मस्तिस्कले एक सेकेन्डमा २० हजार ट्रिलियन क्याल्कुलेसन गर्न सक्छ । अहिले सम्म त्यस्तो कुनै कम्प्युटरको आविस्कार भएको छैन जसले यति छिटो क्याल्कुलेसन गर्न सकोस्। यस्तो शक्तिशाली मस्तिस्क बोकेर हिँड्ने हामीहरू कतै नकारात्मक कुराहरूमा ब्यर्थको दु:खी जीवन त बिताइरहेका छैनौं? जसरी कम्प्युटरबाट कुनै आउट्पुट पाउन पहिले केही इन्पुट दिनु पर्छ, त्यस्तै यो मस्तिस्कलाई पनि क्याल्कुलेसन गर्न इन्पुट चाहिन्छ। तपाईंले कम्प्युटरको किबोर्ड्मा “एस्” थिच्नु भयो भने “एस्” नै देख्नु हुन्छ स्क्रिनमा न कि “ए” अथवा “डि” ईत्यादि । तपाईं फेरि भन्नु होला: यति साधारण कुरा त जसलाई पनि थाहा छ नि । के तपाईंले यति साधारण कुरालाई दैनिक जीवनमा प्रयोग गर्नु भएको छ त ?
अब कुरा गरौं : मानिस नकारात्मक, बिध्वंशक किन हुन्छ त ? अर्को एक दुई ओटा उदाहरण बाट शुरु गरौं:
१. तपाईंले कुनै ठाउंमा जग्गा किनेर त्यसलाई केही नगरि लामो समय सम्म त्यतिकै छोडिदिनु भयो भने त्यहाँ के देख्नु हुन्छ ? प्रशस्त अनावश्यक झारपातहरू, होईन त ? जस्तोसुकै उर्बर भुमीलाई पनि यदि गोडमेल नगरी त्यत्तिकै छोडिदिने हो भने त्यहाँ अनावस्यक झारपातले आफ्नो हुकुम चलाएको हुन्छ।
२. जोडले बगिरहेको खोलामा मरेको माछा सधैँ खोला जता बग्यो, त्यतै बगिरहेको हुन्छ र यदि खोलाको वहावबाट हुत्तिएर छेउ लाग्यो भने, त्यहिँ रहिरहन्छ ।
माथिको पहिलो उदाहरणमा यदि त्यो उर्बर भुमीलाई जोतेर, असल बिरुवा रोपी त्यसलाई मलजल गरेर दु:ख दिने झारपातलाई हटाउने हो भने कति राम्रो फलफुल तथा अन्न प्राप्त गर्न सकिन्छ। त्यस्तै दोश्रो उदाहरणमा यदि त्यो माछा जिउँदो थियो भने खोला बगेको तीर मात्र नबगी आँफुले चाहेको दिशामा सजिलै जान सक्थ्यो ।
यहाँ अनावस्यक झारपात र मरेको माछालाई “नकारात्मक” विचारसँग तुलना गरिएको छ । दुई जना भेट्ने बित्तिकै वा फोनमा कुरा गर्दा ज्यादा जसो समय नकारात्मक कुराहरुमा बितिरहेको हामीलाई पत्तो नै हुंदैन । जब दुई वा दुई भन्दा बढी व्यक्तिहरू लगातार नकारात्मक तथा अनावस्यक कुराहरुमा समय खेर फाल्ने बानी लाग्छ, यसलाई हटाउन त्यति सजिलो अवस्य पनि हुँदैन र धेरै जसो मानिसहरू आफ्नो जीवनको खास लक्ष्य के हो भन्ने थाहै नपाई यो प्रिथ्वी छोडेर जान्छन्। यस्तो शक्तिशाली मस्तिस्कको धनी मानबको जीवन पशु सरह बन्न जान्छ । “सकारात्मक” विचारको प्रभावलाई जीवनमा उतार्न हामीले मन नलागी नलागी पनि केही त्यस्ता कार्यहरू दैनिक गर्नु पर्छ जसको प्रभाव तुरुन्तै नदेखिए पनि लामो समय पछि देख्न सकिन्छ, तर यसका लागि दैनिक केही न केही गर्नु पर्दछ ।
विश्वको प्रख्यात बिजिनेस स्कुल “हार्वर्ड बिजिनेस स्कुल” मा पढ्ने एम बी ए का बिद्यार्थीहरू लाई १९७९ मा गरिएको एक अनुसन्धानमा यो प्रश्न सोधिएको थियो : “के तपाईंले आफ्नो भविश्यका बारेमा स्पस्ट रुपले आँफुले प्राप्त गर्न चाहेका कुराहरुका बारेमा आफ्ना उद्धेश्यहरूलाई लेख्नु भएको छ र कसरी उक्त उद्धेश्य प्राप्त गर्ने भनेर योजनाहरू बनाउनु भएको छ ?” मात्र ३% ग्र्याजुएट बिद्यार्थीहरूले प्रस्ट सँग आफ्नो उद्देश्य र त्यसलाई कसरी प्राप्त गर्ने भन्ने बारेमा लेखेका थिए, १३% ले उद्देश्य मात्र लेखेका थिए र बाँकी ८४% सँग भविश्यका बारेमा कुनै लक्ष्य नै थिएन । दश बर्ष पछि पु:न तिनै बिद्यार्थीहरूको अन्तर्वार्ता लिँदा के थाहा हुन आयो भने १३% विद्यार्थीहरूको आम्दानी औसत रुपमा ८४% भन्दा दोब्बर थियो र ३% जो सँग भबिश्य प्रतिको लक्ष, सकारात्मक सोच र प्रस्ट रुपमा के गर्नुपर्छ भन्ने योजना थियो, उनीहरूको आम्दानी औसतमा अरु ९७% भन्दा १० गुणा बढी थियो । (साभार: लेखक मार्क म्याककोर्म्याक द्वारा लिखित “तपाईँलाई हार्वर्ड बिजिनेस स्कुलमा के पढाईंदैन”)
जो व्यक्तिहरुसँग दैनिक, मासिक, ५ बर्शे, १० बर्शे, २० बर्शे लक्ष तथा उद्देश्य हुँदैन, उनीहरू माझी नभएको डुँगा झैं हावाको बेगले जता लैजान्छ उतै गैरहेका हुन्छन् । अनि कसैले प्रगति गर्न लाग्यो वा अघि बढ्ने प्रयाश गर्यो भने “एउटा गँगटा माथी जान लाग्दा अर्को गँगटाले खुट्टा ताने झैँ रात रात भरी नसुती बस्छन् ।” लक्ष र उद्देश्य भएको मान्छेलाई कहाँ समय हुन्छ अरुको बारेमा मात्र घन्टौं कुरा गर्न । यति शक्तिशाली मस्तिस्क हुँदाहुँदै पनि यसको सहि सदुपयोग भएको कमै देख्न पाईन्छ ।
कसरी सकारात्मक सोचको विकास गर्ने त ?
यो अत्यन्तै व्यक्तिगत कुरा भएकाले सर्वप्रथम त आँफुले केही क्षण बसेर आफ्ना कमजोरीहरुका बारेमा मुल्यांकन गर्न पर्यो । जब समस्या नै थाहा छैन भने समधान कसरी खोज्ने ? “मेरो जीवनमा सबै कुरा ठिक छ, मलाई सकारात्मक विचारको आवस्यकता छैन” भन्नेहरुका लागि लेखिएको लेख होईन यो । यदि आफ्नो वर्तमान अवस्थालाई चौतर्फी रुपमा परिवर्तन गर्न चाहने हो भने माथी उदाहरण दिएको हार्वर्डका विद्यार्थी झैं भबिश्यका बारेमा योजना बनाएर त्यसतर्फ उन्मुख हुनुपर्यो ।
~ टी भी, समाचारपत्र, इन्टर्नेट इत्यादिमा सकारात्मक भन्दा नकारात्मक कुराहरू बढी भएकाले आवस्यकता भन्दा बढी समय यसमा गुमाउनु भएन ।
~ हामीले बोलेका शब्दहरूको प्रभाव आँफु लगायत अरुलाई पनि पर्ने भएकाले बोल्दा ध्यान दिनुपर्यो: मैले बोलेका शब्दहरू “सकारात्मक” छन् कि “नकारात्मक” ?
~ दैनिक १०-१५ मिनेट “सकारात्मक” पुस्तकहरू पढ्ने बानि बसाल्न पर्यो। यहाँ केही पुस्तकहरूको नाम लेखिएको छ जसले शुरुका दिनहरुमा ठुलो सहयोग पुर्याउनेछन्:
How To Win Friends and Influence People by: Dale Carnegie
Magic Of Thinking Big by: David J Schwartz
Greatest Miracle in the World by: Og Mandino
What To Say When You Talk To Yourself by: Shad Helmstetter
Go-Getter: A Story That Tells You How to Be One by: Peter B. Kyne
धेरैजसो मानिसहरू केही लाइन पढेपछि “यो सब वाहियात हो” भन्दै यो लेखको अन्त सम्ममा आइपुग्दैनन्। तपाईँलाई बधाई छ लेख पूर्ण रुपले पढ्नु भएकोमा। यी माथि लेखिएका पुस्तकहरूबाट शुरुवात गरौं र केही लेख्नु, बोल्नुभन्दा पहिले एक पटक पुनः सोचौं : “म खेतबारीमा पलाउने काम नलाग्ने झारपात” वा “मरेको माछा हुँ” वा एक “सकारात्मक व्यक्ति हुँ” जसको जीवन मा केही लक्ष्य र उद्देश्य छ।
बाँकी निर्णय गर्ने जिम्मा तपाईंको, किनकी यो तपाईंको आफ्नो जीवन हो र तपाईँ एक सेकेन्डमा २०,००० ट्रिलियन क्याल्कुलेसन गर्ने शक्तिशाली मस्तिस्क लिएर हिँडिरहनुभएको छ।
सकारात्मक सोच बनाउनु पर्छ भन्नु जति सजिलो र सुन्दा राम्रो हुन्छ त्यति नै आफ्नो भित्रै देखि सकारात्मक सोच बनाउन सक्यो भने र आफ्नै व्याबारमा उत्तारन सके मात्रै यसको अर्थ हुन्छ .
मा १०० प्रतिशत sahamat छु यो लेख प्रति .मेरो अनुभबमा सकारात्मक बन्नको लागि सुरुका दिन हरु निकै कठिनपूर्ण हुन्छन तर मेहेनेत गर्दै गयो भने पछि गएर सजिलो हुदै जान्छा अनि आफैलाई आनन्द र मज्जा पनि हुदै जान्छा .मैले प्राक्टिस गर्ने केहि निएमहरु
जसरि हामीलाई बिहान बेलुकी खान अझ स्वास्थे खानको आबासेकता हुन्छ तेसरिनै हाम्रो दिमाखलाइ पनि बिहान बेलुकिनै स्वास्थे खानको आबासेकता पर्छ त्यो स्वास्थे खाना मात्र राम्रा रमाइला र पढ्दा पनि आनन्द आउने सकारात्मक किताबहरुबाट मात्रै पाउन सकिन्छ .आर्थात संसार भत्केको भन्दा संसार बनेको खबरबाट मात्रै पाउन सकिन्छ
१ बिहान उठेर सधै सकारात्मक पत्रिका, किताब, रेडियो कार्येक्रम , टेलिभिजन हरु मात्र हेर्ने सुन्ने र पढ्ने गर्नु पर्छ
२ काटे मरेका बिग्रे भत्केका समाचार हरु नसुनी नहुने भए दिउसो ३,४ बजे मात्रै पढ्ने र सुन्ने आदि आदि
First – This is good article. Second- I spend 12 years in USA and always realize this is true for almost 98% nepali who came with DV visa (also a few Student). But majority of DV holder have exact same problem mentioned in article. They never do anything to progress, no dream, no school or study plan, no plan to find better jot other than gasstation and restaurant, no progress in English language so that they are potential for better office job. That is why 90% of DV holder in USA remain in same condition as they were in the first month of arrival. If you remember few weeks ago in this blog many people were giving how much they make in USA. It was surprise that they are still working as labor after coming USA for so many year. Still complaining they don’t make enough money to send one Iphone to Nepal. If they cannot make enough money to send a 500 worth Iphone to Nepal and not enough money for saving in USA what they would do in Nepal. The answer is as this article says – always negative always deprived thinking always lack of interest to progress. I keep telling same things. Dream and plan for progress. Hope people read this article and realize and learn something.
आधा पानी भयको गिलाश सकारात्मक सोंचले आधा भरि देख्छ र नकारात्मक सोंचले आधा खाली | २ बिषयमा SLC फेल भयको बच्चालाई, ६ बिषय त पास भयछौ नि, २ बिषय त सजिलै पास गरिहाल्छौ भनि ढाडस दिनु सकारात्मक सोंच हो | सानो सफलता ले ठुलो सफलता मिल्दै जान्छ | More Resources :
http://www.davidcooperider.com
http://www.imaginenepal.org.np
सबैले यो कुरा बुझ्ने र प्रयोगमा ल्याउन भनेको जस्तै सजिलो हुने भए यो संसार कहाँ बाट कहाँ पुग्थ्यो
कुखुरा बथानमा बस्छ र चिल एक्लै धेरै उचाइमा सयर गर्छ भनेर भन्छन
सकारात्मक बन्ने अठोट लिएमा आफु एक्लै भए पनि हुन्छु भन्ने आट गर्नुपर्ने हुन्छ
तातो तावा मा बसेर चिसै छ भन्नु पर्ने कि सत्य बोल्नु पर्ने ?
अत्यधिक सकारात्मकता पनि आफै मा एउटा नकारात्मकता हो !
Very encouraging and thoughtful article. I really appreciate the relevant material and the illustrations.
यो अति नै सकारात्मक छ. मेरो दिमाग ले एसलाइ पालना गर्ने शक्ति प्रदान गरोस.
लेख अत्यन्तै सान्दर्भिक छ, यदि हामी हाम्रो समाज र देशको दीर्घकालीन सकारात्मक परिवर्तन चाहन्छौं भने आजै आफु बाट शुरु गरौं. मेरो बिचारमापनि यो नै अचुक औषधि हो. देशको, समाजको सम्पन्नता आकाश बाट झर्दैन. लेखकलाई उत्साह बढाई राख्ने काममा निरन्तरता दिन अनुरोधका साथै साधुबाद.
भै परि आए मा तराई, पहाड, हिमाल जता सुकै बस्ने नेपाली ले पनि खुकुरी समात्छ.. जब तेस्ले खुकुरी समात्छ त्यो नेपाली गोर्खाली हुन्छ. जय बीर गोर्खाली …जय नेपाल!!!
भै परि आए मा – खुकुरी समात्छ !
अलि नै बढी भएमा – खुकुरी फाली बिजुली गति मा दौडिन्छ !
त्यो भन्दा चर्को भएमा – मुम्बई तिर दरवान मा भेटिन्छ !
अझै चर्को भएमा – मलेसिया र कतार मा बालुवा बोक्दै भेटिन्छ !
अझै चर्को भएमा – साउदी, इराक र अफगानिस्तान मा गुमनाम मृत्यु को भागि दार बन्छ !
सकारात्मक सोच यसरी बनाउने भन्नु जति सजिलो छ त्यसको अभ्यास उत्तिकै कठीन छ । सकारात्मक कसरी हुने भन्ने एउटा प्रचलित अभ्यास भनेको विपश्यना ध्यान पनि हो । यो हजाराै बर्ष देखि अभ्यासमा छ, जसलाइ सिध्दार्थ गैातमले बुध्दत्व प्राप्तिको मार्ग बनाए ।