Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केटी कान्डमा किताब जलाउने कपुतहरु

Posted on July 20, 2014July 20, 2014 by Salokya

aagjani
आज काठमाडौँमा ज्यादै नरमाइलो घटना भयो। आज एउटा पुस्तकालय जलाइयो। हामी यस्तो समाजमा हुर्केका हौँ, जहाँ किताब जलाउने त कुरै छाडौँ, यसो खुट्टाले गल्तीले छुँदामात्र पनि ढोगेर क्षमा माग्छौँ। तर किताबहरुले भरिएको एउटा पुस्तकालयमा आज दनदनी आगो बल्यो। निहुँ खासमा केटीको रहेछ। केटीको निहुँमा भएको झगडामा किताबमा आगो झोसेछन् कपुतहरुले। सब किताब खरानी!

aagjani1

aagjani2
पुस्तकालयको नाम वीपी पुस्तकालय। प्रवेश द्वारमै उनको विचार – ‘शैक्षिकस्थल बाहुबल प्रयोग गर्ने ठाउँ हैन, त्यो त विचारको द्वन्द्वात्मक भूमि हो’ लेखिएको छ। हेर्नुस् त बायाँ छेउको माथिल्लो पट्टी केही अंश देखिन्छ। तर स्वर्गीय वीपीको विचार स्वर्गैतिर पुगेछ। अहिले शैक्षिक स्थल बाहुबल प्रयोग गर्ने द्वन्द्वात्मक भूमि पो बनेछ कठै !

aagjani3

aagjani4

aagjani5

aagjani6

aagjani7

aagjani8

kitab
यसरी खरानी भए पुस्तकालयका सबै पुस्तक।

खासमा भएको के रहेछ त ? जानकारहरु भन्छन्- खासमा खुकरी हान्ने झगडा केटीका कारण भएको हो। घटनाका एक प्रत्यक्षदर्शी यसो भन्छन्- कोही नेविसंघ र अखिलको विवादका कारण पुस्तकालयमा अखिलले आगो लगाएको भन्छन्। अनेरास्ववियुचाहिँ नेविसंघले आफ्नो संगठनलाई बदनाम गराउन यसैले आगो लगाएको बताउँछ। यो क्याम्पसमा हुने जुनसुकै घटनालाई पनि राजनीतिक बनाइन्छ। अनि मुठभेडको रुप लिन्छ। प्रत्यक्षदर्शीको विवरण पढ्नुस्- त्रिचन्द्र क्याम्पसमा मैले जे देखेँ

आगलागीको भिडियो इमेज च्यानलबाट हेर्नुस्-

74 thoughts on “केटी कान्डमा किताब जलाउने कपुतहरु”

  1. chandra says:
    July 25, 2014 at 8:24 am

    कलेज मा पोलिटिक्स गर्ने/गराउने कु-प्रथा को परिणाम हो यो! राजनैतिक पार्टी भनौदा हरुले नै गुन्डा, डोन, डाका र हत्यारा हरुको संरक्षण गरेको ज्वलन्त उदाहरण हो यो!

    नत्र, राजनैतिक संरक्षण नभए, दिन दहाडै काठमान्डू (जो देसको राजधानी हो र त्रिचन्द्र कलेज काठमाडौँ को पनि राजधानी हो) को मुटु मा एस्तो जघन्य अपराध गर्ने व्यक्ति लाइ पक्रिएर कानुनी कारबाही गर्न किन सकिन्न????

    देशमा कानुनी राज, नैतिक मूल्य मान्यता, जिम्मेवारी र कर्तव्यबोध भए दोषी पत्ता लगाउन नसके, निश्चित रुपमा गृह मन्त्रिले राजिनामा दिनु पर्छ!!!!!!!!

    Reply
  2. KRIS says:
    July 23, 2014 at 2:37 pm

    हेर्नु होला यहि किताब जलाउने मधे कोइ न कोइ भोलिका दिन मा मन्त्रि वा प्रधानमन्त्री बन्नेछन अनि यिनी हरु को बायो दाता मा वहा ले आवस्यक परेको बेला मा पुस्तकालय जलौना पनि पछी पर्नु भएन भनेर महान नेता को सुची मा नाम औछा . अनि भोलि का पुस्ता ले पनि कस्तो महान मान्छे भनेर पुज्छ . वा रे हाम्रो देश

    Reply
  3. santosh thapa chhetri says:
    July 23, 2014 at 4:25 am

    This is insane. Get some education or goto Arab to work.

    Reply
    1. prakash says:
      July 23, 2014 at 2:08 pm

      सन्तोष जी,

      जुन घटना हुनु सरासर गलत हो | सिर्षकमा लेखिएको शब्द “कपुत” एकदम सुहाउदो छ | जो जसले यी कार्य गरे तिनीहरु कपुतनै हुन् | अझै छ भने कपुत भन्दा तल्लो दर्जाले अलंकृत गरेपनि हुन्छ |

      तर देश बिग्रिएको तपाई जस्ता शिक्षित अहंकारिले गर्दा हो | अरब राष्ट्रमा किताब जलाउने कपुन होइनन आफ्नो दायित्व निर्वाह गर्ने कर्मयोगी आएका हुन्छन | अरब रास्ट्रहरुमा अनपढ मात्र होइनन सायद तपाई भन्दा शिक्षित व्यक्तिहरु पनि छन् |

      Reply
      1. HARI PRASAD LAMICHHANE-SAUDI says:
        July 24, 2014 at 10:57 am

        प्रकाश जी , अरबमा काम गर्न जाउ भन्ने सन्तोष जी को कमेन्ट मा गुनासो गर्नु पर्ने देखिएन है |

        म पनि अरबमै छु र अलि अलि पढेको पनि छु, तर मलाई सन्तोष जी को कमेन्ट गुनासो गर्नु पर्ने खालको लागेन है |

        Reply
  4. Navaraj Sharma says:
    July 22, 2014 at 9:31 pm

    पुस्तक र पुस्तकालयमा आगो लगाउने विद्यार्थी हुनै सक्तैनन् , ति त विद्याको अर्थी बोक्ने सैतान मलामी हुन् I

    Reply
  5. बाबुराम लामिछाने says:
    July 22, 2014 at 2:35 am

    पुस्तकालय भित्र झगडा हुनु र सम्पूर्ण मानव मस्तिस्कहरुमा ज्ञान भर्नसक्ने क्षमता भयका शक्तिशाली किताबहरु नस्ट हुनु अत्यन्तै निन्दनीय घटना हो l जसले गरे पनि यहाँ घोर अपराध भएको छ सिंगो नेपाली समाजलाइ मुछ्नु र हल्लाको भरमा राजनीतिक पक्ष विपक्ष बीच आरोप प्रत्यारोपले फाइदा लुट्न काइदाको बल्छी खेल्नु ब्यार्थ छ ( बाबुराम लामिछाने , तान्द्राङ – १ गोर्खा

    Reply
  6. बेखालाल नेपाल says:
    July 21, 2014 at 9:04 pm

    काठमाडौँका सरकारी कलेजमा हुने देखिने यस्ता दैनिक जसो गुण्डागर्दीबाट वाक्क लागि सक्यो| अब त यहाँका सबै सरकारी कलेज देशको बिकट से बिकट जिल्लामा सारे मात्रै काठमाडौँवासीले शान्तिको शास लिन पौने छ|

    Reply
  7. ekraj says:
    July 21, 2014 at 8:04 pm

    हाल पार्टी हरुले राज गर्दै गए भने आउने १० -१५ बर्समा यी पुस्तकालाए जलाउने चंदाल्हारू तेशबेलाका केपी ओली र बामदेव र खुम बहादुर भएर निस्कने छन्| तिनीहरुका पिछलग्गु कर्म चण्डाल त होलान नि |

    Reply
  8. Raithane says:
    July 21, 2014 at 7:53 pm

    तेस्काबाउ,
    ‘प्रेम र युद्दमा जे पनि हुन्छ’ भंथ्या तेस्तै होकी क्याहो!
    ह्या त् यो उखान भन्दापनि दशहात उफ्रेर प्रेम हुनु कताहो कता कतिको पछि को लाग्ने, म पछिलाग्या कतिको पछि त किन भनेर पो यस्तो भयछ लौ!
    पढ्नेहरु भा भे पो पुस्तकालयको महत्वो र आबस्यकता था हुन्थ्यो र जलाउने कुआंट गर्ने थियन!
    पढ्ने सड्ने होइन किताब देखेसी जलेर जर्दी हुने केटीको पछाडि लागेर बाउको धन सक्याउने हरुले गर्ने हर्कत यस्तै त हुन्छ!
    अनि आफ्नो जमातमा गयर हिरो बनेर स्टाइल मार्दो हो!
    थुक्क तेस्का आमाकोख!

    Reply
  9. Dhital says:
    July 21, 2014 at 7:17 pm

    त्यो आमाको गर्भ जसले यी र येस्तै कुपुत्र जन्माए आज कति सरापेकी होलिन / त्यो गर्भ जन्मिनु अघि नै तुहिनु पर्ने नरपशुहरु जन्मेर आज यस्तो सुन्न र देख्नु पर्यो/
    सारै दुख अनि मुटु खाने समाचारको घोर बिरोध गर्दै, ति कुपुत्रलाइ जतिसक्दो कडा सजाए दिएको र अब आइन्दा अरुले यस्तो घृणित दुस्साहसपूर्ण काम गर्ने सोच सम्म नबनोस भन्ने कामना /
    नेपालमा साच्चै पुलिस र कानुन छ भन्ने कुराको ज्ञान हुनेगरी कारवाही होस्/ सकिन्छ भने अलिकति जनसंख्या कम गरेको राम्रो, साएद अरुले यसैबाट पो ज्ञान पाउथेकि /

    Reply
  10. rabin chitrakar says:
    July 21, 2014 at 6:30 pm

    देशका नेताहरुको मुख सम्झे पछि यो घटना सामान्य नै ठान्नु पर्छ र कुनै पनि सच्चा बिध्यर्थिले यस्तो हर्कत गर्ने सक्दैन

    Reply
  11. Nir Bikram Limbu says:
    July 21, 2014 at 5:37 pm

    आज कार्यालय प्रबेश सङ्गै हात मा कान्तिपुर पर्‍यो मुख पृस्ट मा नै त्री-चन्द्र कलेजको लाईब्रेरी जलाईएको खबर पढे मनै अमिलो भएर आयो, सायद पुस्तक र म बिचको समिप्यता ले होला । कारण बुज्दा केटी रहेछ । हास्न मन लाग्यो कारण सुनेर, फेरी मन दुख्यो हाम्रो देश को भबिस्यका नेता भनाउदाको हाल देखेर । सायद बि पि ले कोरेको नेपाली काङ्रेसको भबिस्य यस्तो थिएन होला, उस्लाई पनि पक्कै आत्मग्लानी त भयो होला उस्को पार्टीका भबिस्यको धरोहर हरु को चाल देखेर । कम्रेड मदन पनि मुख छोप्न बाध्य भए होलान तीनका युवा नेता को हाल देखेर । सायद गणतन्त्रमा सबै जायज छ । यो घटनामा मन्डेलाका तमाम बिचार जलाईए होलान्, गान्धिबाद डढाईए होलान्, परिजात का पङ्ती हरु रुवायिए होलान ।

    तर होसियार, बिचार अनि ज्ञान आगो लगाउदै मा कहिले जल्दैन्, खुकुरी रेट्दै मा यो कहिले मर्दैन्, मुर्ख हो सक्छौ भने भ्रस्ट चा रि लाई जलाउ देश द्रोही लाई रेट, तब म मान्ने छु तिमीहरु लाई भबिस्यका का देश हाक्ने नेता हरु,
    तर हिजो को जस्तो कर्तुतले तिम्रो जन्म दिने आमा, बाबा को शिर पनि झुक्यो होला, सायदै अब तिमीहरु लाई जन्म दिएको मा गौरब गर्ने छन । सयद अब तिमी हरु लाई छोरा भनेए बोलाउद दुइ पटक सोच्ने छन । तिमी हरु जस्ता कपुत हरु लाई मेरो भुइ टेक्ने हात को सलाम्!
    इती ।

    Reply
  12. Sadip says:
    July 21, 2014 at 5:36 pm

    A country without law and order. I am sure they will escape without any severe punishment. Jay hos des ko.

    Reply
  13. nischal says:
    July 21, 2014 at 4:57 pm

    कतिपय यूरोपेली राष्ट्र हरु भन्दा धनि थियॊ तिनी हरु का पुगी सके तर नेपाल झन् झन् दुर्गति को बाटो मा गैरहेको छ….. यो देश लै काँग्रेस ले धेरै घाटा
    पुराएको छ कुनै असल नेता छैन बुद्धिमानी छैनन् एलए का युवा नेता भनिएका को गति एस्तो छ
    कसरि हुन्छा देश को प्रगति..

    Reply
  14. Subarna says:
    July 21, 2014 at 4:28 pm

    नेपाल मा अराजकता को सिमा नाघेको धेरै पहिले bata हो padhne उमेरमा rajnitik पार्टीमा लाग्छन. तर नाम मात्र पार्टी हो जहाँ नैतिकता नसिकी दादागिरी देखाउने थलो हुन पुगेको छ. Yasto घटना घट्नु मा केहि हद सम्म बाबुआमा पनि jimmewar हुन्छ जस्तो मलाई लाग्छ . उचित सामाजिक तथा नैतिक ज्ञान नपाईकन हुर्केकाहरु ले यस्ता दुखद घटना गर्छ. देश लाई असल नागरिक दिनु पनि अविभावक को जिम्मेवारी हो.

    Reply
  15. Subash Pyakurel says:
    July 21, 2014 at 4:06 pm

    बिद्यार्थीका नाममा राजनीति गर्ने संगठनलाई केही प्रश्न :

    प्रश्न १ : तपाईंहरु बिद्यार्थीका लागि राजनीति गर्नुहुन्छ या बिद्यार्थीका नाममा राजनीति गर्नुहुन्छ ?

    प्रश्न २ : त्रिचन्द्रमा पुस्तकालय जलाउनुभो तर कंहि-कतै आजसम्म पुस्तकालय चलाउनुभो ?

    प्रश्न ३ : आजसम्म नेपालको शिक्षा क्षेत्रका कमि-कमजोरी के हुन् भनी बहश चलाउनुभएको छ ?

    प्रश्न ४ : एसएलसीमा किन धेरै फेल हुन्छन भनी विश्लेषण गर्ने कुनै कार्यक्रम गर्नुभएको छ ?

    अन्तिम प्रश्न :

    पुस्तकालय जलाउन सकेकोमा खुशी हुनुहुन्छ ???….या बिश्वमा कसैले नगरेको काम गरी गिनिज रेकर्ड राखेँ भनी सन्तुष्ट हुनुहुन्छ ???

    Reply
  16. Rajan Upriti says:
    July 21, 2014 at 4:03 pm

    पढेर को ठुलो भा’छ र ? बरु
    सडेर पो नेता/ब्यापारी भा’छन् |

    Reply
  17. Rajan Upriti says:
    July 21, 2014 at 4:00 pm

    सडेका अण्डा र ओलीका गुण्डा एकै हुन् |
    कानुन नभएको देशमा जे गरे पनि छुट, होइन भने यि गुण्डाहरु जेल चलान भएको देख्न पाउ |

    Reply
  18. gomesh says:
    July 21, 2014 at 3:18 pm

    यस्तै किताब जलाउनेहरु टायर बाल्नेहरु भोलि मन्त्रि बन्छन
    आम नेपालीहरु अनेकन कुरा गर्छन
    चिया पसलमा आदर्श अनि सौम्यता हाँक्छन
    घर फर्की छिमेकीकी छोरी ताक्छन
    घरको फोहर पब्लिक सडकमा फ़्याक्छन

    ए नेपालीहरु विदेशीले भन्दा
    “you are backward” ..तिमीहरु पिछडिएका छौ
    उग्र हुन्छौ, नारा लेख्छौ
    “नेपाल नेपाली” नारा छाँटछौ
    रगत उमाल्छौ चक्का जाम्छौ
    अनि सुटुक्क “डिभी फारम ” भर्छौ
    …..so you deserve this dear Nepalis
    सतिले सरापेको मुलुकका अल्छी सुतालु जनता
    …you deserve this…
    तिमीहरुको नियति यहि हो

    YES…YOU ARE BACKWARD,,,,,
    YOU DESERVE THIS

    Reply
  19. lok says:
    July 21, 2014 at 2:54 pm

    जबसम्म येस्ता तोरी लाउरेहरुलै उचित सजाय हुदैन तबसम्म येस्ता क्रियाकलाप रोकिदैन.

    Reply
  20. prabhat marasini says:
    July 21, 2014 at 2:32 pm

    नेपाली राजनीतिले सिकायको पाठ, छि अब त नेपाली भन्न पनि लाज लाग्ला जस्तो छ .

    Reply
  21. सूर्यराज गिरी says:
    July 21, 2014 at 2:22 pm

    दिमाग मा भुस भरिएका हरुको बुद्दि यस्तै हो !

    Reply
  22. anita magar says:
    July 21, 2014 at 2:15 pm

    जलाउने जो भय पनि तेस्लाइ तेस लाइ कारबाही हुनुपर्छ र तिनीहरु लाइ नै जलाउनु पर्छ साले कुकुर हरु लाइ

    Reply
  23. लोर्के says:
    July 21, 2014 at 2:06 pm

    मारी किताब पोले पछि पढ्न पर्दैन/ पढ्न नपरे पछि केटि जिस्काउन , खुकुरी हानाहान गर्न टाइम पाइञ्छ नि होइन?
    अब मारी यो देश का सबै पुस्तकालय पोलिञ्छ अनि यी डाम्ना बिद्यार्थी हरु लाइ हली बनाइञ्छ / हाम्रा सबै पढेका डाम्ना हरु विदेश गए पछि मारी यो देश मा क्याम्पस किन चाहियो होइन ? मारी नपढेका ले देश चल्ने भए पछि किन खर्च बढाउनु होइन ?

    लोर्के

    Reply
  24. Biplav says:
    July 21, 2014 at 2:04 pm

    गाउमा एक जना बाबैले कुकुरलाई खसी र फलानो लाइ मान्छे चै भन्दिन भन्थे / तेस्तै कुकुरलाई खसी र यी मति भ्रस्ट लाइ मान्छे चै मैले पनि भनिन लु जा !!!!!!!!!

    Reply
  25. srijan bhattarai says:
    July 21, 2014 at 1:41 pm

    आगो लगाउने आमाले पाको सुपुत्र त हुदै होइन । केटीको भोक थियो त , नजिक रत्नपार्क छदै थियो नि ।

    Reply
  26. PraBeen says:
    July 21, 2014 at 12:18 pm

    SSP रमेश खरेल को सरुवाका लागि निक्कै प्राथमिकता दिने हाम्रो देशका राज्नितीग्यहरु येसो सचेत भए अनैतीक शक्ति प्रदर्शन मा ध्यान दिनुको साटो देश सपार्ने काम मा बुद्धि चलाइदीयेका भए आज हाम्रो देश किन पछि पड्थ्यो र किन खुकुरी चल्थ्यो र किन पुस्तकालय जल्थ्यो र . आज मलाई BBC का भूतपूर्व कार्यक्रम प्रस्तोता Narayan Shrestha जी को बचन याद आउँछ – “हाम्रो देश पशुपतिनाथ ले चलाउँदै छन् . नेताहरुले त सित्तैको पैसा मात्र खाँदै छन् .” बरु नेताहरु नहुँदो हो भने SSP Ramesh Kharel तथा ऊनी जस्ता देशका बास्तबिक सपूतहरुले नीक्कै नै राम्रो ढंगले देश हाक्ने थिए कि ? प्रहरी प्रशाशन बलियो भाको भए , न्याय कानून दरीलो भरपर्दो भएको भए कसलाई के थाहा हिजो को दिन टर्थ्यो कि . होइन अब त कोइ तानाशाह आऊ हाम्रो देशलाई बचाउ .

    Reply
  27. Binod Shrestha says:
    July 21, 2014 at 12:17 pm

    यस्ता कपुतहरुलाई मसँग सजाय दिने सजिलो उपाए छः
    काठमाडौंबाट ढाकरमा किताव बोकाएर
    जुम्लाको विकट विद्यालयको लागि
    किताव ओसार्नु लगाउनु पर्छ । (फेरि किताव वोके भनेर सोवियूको प्रचार सामाग्रि बोक्लान् नि !! यसो हुन नदिनको लागि २ जना प्रहरी सँगसँगै पठाउनु पर्छ )
    अनि थाहा पाउँछन् ।

    Reply
  28. Ramkumar dahal says:
    July 21, 2014 at 11:26 am

    एस्लाई नै अजै महानता ठान्छन कमरेडहरु छि छि म बिधार्थी भयर पनि म बिधाथी हु भन्न पनि घिन लाग्ने …..

    Reply
    1. ramesh says:
      July 21, 2014 at 12:42 pm

      आगो लगाउने र खुकुरी हान्ने दुवै किताब नचाहिने, पढ्न नपर्ने बिद्यार्थी हुन्,

      Reply
  29. yatribhandari says:
    July 21, 2014 at 10:52 am

    प्रेमिकाका विषयमा दुई विद्यार्थीबीच उत्पन्न विवादले आइतबार उग्र रूपलिँदा त्रिचन्द्र क्याम्पसमा रहेको बीपी पुस्तकालयमा आगलागी भएको छ।आगलागीबाट पुस्तकालयका पुस्तक, टेबुल, कुर्सी, सोफालगायतका भौतिक सामग्रीमात्र जलेर नष्ट भएनन् हजारौं विद्यार्थी हरुको शिक्षाको श्रोतपनि ध्वस्त भएको अबस्थामा यस्तो गम्भिर प्रक्रितिको घटनालाइ कुनै राजनैतिक पार्टिको झण्डाको आबरणमा गौण नबनाई कलम बोकेर हिँड्नुपर्ने क्‍याम्‍पसमा हरितयार बोकेर क्याम्पस छिर्ने र आफैंले पढ्नेपुस्तकालयमा आगो लगाउने जो कोहिलाइ पनि उचित कारबाहि हुनुपर्छ जस्तो लाग्छ मलाई ,,,,,

    Reply
  30. Paru says:
    July 21, 2014 at 10:09 am

    जिन्दगि मा किताब को उपयोग नगर्ने महान विद्यार्थी नेता हरु ले पुस्तकालय जलाउनु कुन चाही ठुलो कुरो भयो र? किताब पड्ने गरेका भए पो बुद्धि आउथ्यो अनि एस्तो लज्जास्पद कुकार्य गर्न त के सोच्न सम्म पनि पाप ठान्थे . हैन भनेको campus मा राजनीति अनि चुनाब सूनाब completely बन गर्न मिल्दैन र भन्या ? विदेश को university मा Student Union हुन्छ, विद्यार्थी ले नै प्रतिनिधि चुन्छन तर यो बिसुद्ध बिद्यार्थी को पढाई तथा आवास र अन्य सुबिधा को लागि काम गर्छ. हाम्रो मा चाही बिद्यार्थी को खोल ओडेर राजनैतिक पार्टी को आड मा गुन्डागर्दी गर्छन. अनि CAMPUS मा पढाई बायेक अरु सब थोक हुन्छ

    Reply
  31. max says:
    July 21, 2014 at 10:03 am

    अहो कस्तो महान हामी कस्तो राम्रो बुद्धि लगाको पासा ले त?

    यो पकै शिक्छा ले दिएको पाठ होइन होला न गुरु जन ले?

    मदिरा पिउने मान्छे पनि मरिन्छा कि भनेर भिता चय्प्दै हिन्द्छा

    तर
    इ पढेका तर पठ मुर्ख हरु किन येति सारो ?

    किन इनि हरु फेरि पद्नु पर्दैन र????????????????

    आज किताब जलाउने ले भोलि देश जलौछा पकै पनि.

    the person has to sent a lifetime sentence and he will see what does that mean?

    Please don’t save him by any political leaders.

    Reply
  32. bibek dhakal says:
    July 21, 2014 at 9:51 am

    अझै पनि यी नालायक भात्री संगठनमा लागेर देशमा परिवर्तन लेराउछु भनेर कसैले सोच्छ भने आकाश तिर फर्केर थुके पनि हुन्छ. किनकि यस्ता संगठन हरुमा लाग्ने हरु मुखमा अरुबाट थुकिन योग्य पनि छैनन् . यस्तो घटना अहिले मात्र हैन पहिले देखि दोहोरिरहेको हो. गल्ति इनको हैन यस्ता असामाजिक तत्व हरुलाई संरक्षण दिने राजनैतिक दल भनाउदा डाँकाहरुको समुहलाई साहनाभुती प्रदान गर्ने हाम्रो हो. यस्तो बेला हामी एकजुट भए जस्तो गर्छम तर चुनाब आउनुपर्छ हामि कसै न कसैको हुन्छ्म. अरुबेला नेता एस्तो उस्तो भनेर गालि गरेपनि चुनाबको बेला त्यै नेता प्यारो लाग्छ; तेइ खिया लागिसकेको दलहरु प्रिय हुन्छ.

    मलाइ लाग्दैन यो घटनाको बारेमा रामकुमारी झाक्री, योगेश भट्टराई, गगन थापा वा कुनै युवा नेताले दोषीलाइ कारवाही को लागि पहल वा आफ्नो पार्टीको ध्यान आकर्षण गराउछन भन्ने. यिनीहरु सब अवसरवादी हुन्. त्यसैले अहिलेको दल र तिनका भात्री संगठनलाइ पूर्ण रूपमा बहिस्कार नगरेसम्म देशमा परिवर्तन आउदैन. यस्ता जनावरहरुको झुण्डमा छिरेर देश परिवर्तन गर्छु भन्नेले आफु जनावर भएर परिवर्तन हुने बाहेक अरु केहि नसोचे हुन्छ… आजै देखि यी सबलाई बहिस्कार गरम र उस्तै परे प्रतिकार गर्न पछि नहटम…नत्र भने यी मैले, तपाइले गर्या जस्तो कमेन्ट गरेर चित्त बुझाउने मात्र हुन्छ

    Reply
  33. Yajna says:
    July 21, 2014 at 9:27 am

    के गर्ने भोलिका होनाहार, हामीले मान्नु पर्ने, करजोडी विन्ती गर्नु पर्ने यिनै हुन । यिनलाई नै संसदमा जिताउन, देशको विधि विधान कोर्ने ठाउँमा पु्र्याउन हामी नै लाग्छौँ । म भन्छु हामी खराब छौँ र त खराब प्रवृत्तिले प्रश्रय पाइरहेको छ, हामी ठिक होऔँ त, यिनी र यिनले प्रदर्शन गर्ने असामाजिक व्यवहार स्वतः ठीक हुन्छ ।

    Reply
  34. श्याम says:
    July 21, 2014 at 8:33 am

    केटी कंदा
    त्रेता यूगमा लंका जल्यो (सीता अपरहण)
    दौप्यर यूगमा कुरु डढयो (द्रौपती चीर हरण)
    काली यूगमा बी.पी. पुस्तकालय खरानी भयो (केटी जिस्क्या कंदा)
    यसेई नारीलाई शक्ति स्वरूपी भन्य हो रा ?
    जय जय काली ,जय जय गोरी :p

    Reply
  35. Buddha mishra (dhangadhi ) says:
    July 21, 2014 at 8:32 am

    मलाई त खासै अचच्मै हूने खालको घट्ना भए जस्तो लागेको छैन किनकि यो नेपाल हो ।यहाँ जसले जे गरे पनि हून्छ र यहाका जनता यतिको घट्नालाई पचाउन सक्ने भई सकेका छन ।

    Reply
  36. chandra says:
    July 21, 2014 at 8:27 am

    येस्ता पुस्तकालयमा आगो झोस्ने जंगली जनावरलाई त आजिबन जेलमा सडाउनु पर्छ ! बुबा आमाले छोरा छोरी ढुलो र सिक्षित सभ्यताताशील होस् भनि कलेज पढाएको मान्छे जंगली जनावर भएर निस्केछ को होइन र !

    Reply
  37. बिनोद तिमिल्सिना says:
    July 21, 2014 at 8:24 am

    भविष्यमा मानपदवी पाउने योग्यता बनाएका हुन नि यिनीहरुले,हाम्रो नयाँ नेपालमा!!

    Reply
  38. Navin says:
    July 21, 2014 at 8:13 am

    जो सामेल छन् सबै १ no . मुर्ख हरुहुन.!

    Reply
  39. KEDAR KHATIWADA says:
    July 21, 2014 at 7:50 am

    विद्या + अर्थ + ई = विद्यार्थीको बहादुरी देखेरे अत्यन्तै पीडा भयो
    विद्याको प्रतीक पुस्तकभित्रको ज्ञान बिचराहरुलाई भए नछ
    लाज लग्न थाल्यो म पनि विद्यार्थी हु I

    Reply
  40. govind shakya says:
    July 21, 2014 at 6:57 am

    पंचात कालमा शिक्षा क्षेत्रमा राजनीति गर्न तेसै रोक लगाएको होइन ! बहुदलिये व्यवस्था संगै हरेक शिक्षा क्षेत्रको कोठा कोठामा राजनीति घुश्यो ! राजनीति पनि यस्तो घुश्यो कि कोहि भन्दा कोहि सानो त हुनै पो नमिल्ने भो , शिक्षकहरु त झन् खुलेआम भाषण ठोक्दै हिड्न थाले ! त्यस कारण २०४६ साल पछिको शिक्षाको गति उकाली लाग्नको साटो ओरालिदै गयो भने अर्कोतिर मुखमा बि .पी. को नाम जपेर बगलीमा खुकुरी भिर्ने हरु बग्रेल्ती जन्माउन थाल्यो ! अनि स्कूल देखि कलेज सम्म , सडक देखि सदन सम्म गुण्डगर्दी र दादा गिरि गर्नेहरु त मौलाउने भयो ! त्यसैको प्रतिफल हो आज को हाम्रो सम्पूर्ण नेपालको नतिजा !

    Reply
  41. दीदब श्रेश्ठ says:
    July 21, 2014 at 6:44 am

    विद्यालयमा राजनिती गर्नु नै देशको लागि अभिशाप हो । हो विद्यार्थीको हकहितका लागि एउटा युनियन चाहिन्छ तर हरेक पार्टीको भात्री संगठन खोल्नु भन्नु नै बिकृती हो ।

    Reply
  42. Ajay Shrestha says:
    July 21, 2014 at 5:51 am

    यो सबै केटि हरुलाई प्धौनाले भएको हो केटीहरुलाई कलेज नपथायेकै ठिक . भाग्ने डर वा अबैध गर्भ धारण गरे पिर र यस्तै झगडा हुने डर त्यसकारण केटि हरुलाई कलेज नापथौँ

    Reply
    1. Paru says:
      July 21, 2014 at 3:04 pm

      सालोक्य जी, एस्तो पतित विचार भएको मान्छे नि my संसार को पाठक ? यिन लाई तालिबान समूह मा छोडेर आवौ न हो साथी हरु. एस्ले त पुस्तक मात्रै हैन नारी लाई नै जलाउन बेर लागौदैना .

      Reply
  43. डिल्ली says:
    July 21, 2014 at 5:27 am

    देउताको पालादेखि चलिआएको यो केटी युद्धले कहिले रावण मार्यो सुनको लङ्का जलायो भन्ने पढिन्छ कहिले महाभारत युद्ध गरी करोडौँ मानिस मरायो भनिन्छ । त्रिचन्द्रमा त केटी युद्धले आगो र खुकुरीमात्र चलेछ उहिले देउताका पालामा ब्रह्मास्त्र नै चल्थ्यो रे । तर देउताको पालाको युद्धमा किताबखानामा आगो झोसेको सुनिएको थिएन त्यो पनि यो कलिमा बाँच्न पाइयो भने सुन्न र देख्न पाइने रहेछ । तर बाँच्नचाहीँ कुन पार्टीका कार्यकर्ताको मूड र हात नचिप्लिएसम्मलाई होला भन्नेमात्रै न फिक्रि हो । आखिर अजम्बरी को छ र नेता कार्यकर्ताले घिच्रो मठार्न र खुट्टो तिखार्न भ्याएनन् भने यमराजले भ्याइ हाल्छन् खासै चिन्ता मानिरहनु पर्ने पनि भएन । यी कार्यकर्ता एनजिओ, संस्थानका जिएम, जाँचबुझ आयोग(यो)का अदक्षे मात्र किन प्राद्यापक मै नियुक्ति दिनु पर्छ । पढ्न लेख्न पाए भने हामी मूर्ख जनताको लोकतान्त्रिक टेप टाँसेर टालेको आँखा खुल्ला भन्ने ल्याप्चे नेतालाई सधैँ पीर भै रहने । कलेज बन्द गर्दा निरङ्कुश भन्ने बिङ्गो पनि थापिने बरु कलेज पनि खुल्ला, भाला, चुप्पी, चेन, खुकुरी, कर्द, तरवार, खुँडा, कत्ति सबै छुट दिनु पर्छ । किताब पढ्न हैन हतियार चलाउन सिकाउनु पर्छ । सबै होनहार कार्यकर्तालाई पासमात्र हैन डिस्टिङ्सन नै दिनु पर्छ । विश्वविद्यालय कलेजहरूमा गाँजा भाङ् धतुरो, रक्सी जुवा, तास, म्वाँइ खान र रास लिला देखाउन सबै छुट दिनु पर्छ । स्वतन्त्रता हो चाहेमा सबै थोक खु्ला पार्न दिनुपर्छ । २१ औँ शताव्दीको नेपाल पो त सबै छुट हुनुपर्छ । रक्सी बियरसँग केटी काखमा राखेर जाडोमा यो किताबखाना पोलेको भए आहा झन कति मज्जा हुन्थ्यो होला गर्मीमा पोलेर पो बैँसको तापसँगै आगो ताप्न पाइएन त । धन्य छौ विद्यार्थी नेता कितव पढेर त सबै जान्ने हुन्छन् नि नपढी जान्ने पो जान्ने । दाम्लोमा बाँधेको राँगो त सबैले मार हान्न सक्छन् फुक्का दुईखुट्टे राँगो मार हान्ने पो हान्ने कि कसो ?

    Reply
  44. sanu sharma says:
    July 21, 2014 at 5:27 am

    सत्य कुरा पत्ता लगाएर कारबाही गर्नुस जे हुदा पनि नेपाल को राजनीति लाई ठोसेर हुन्छ? कि सके देखि नेता जति सबैलाई तेही दान दानी बलेको आगो भित्र घुचाटना सक्नुपर्यो

    Reply
  45. Bayan says:
    July 21, 2014 at 5:23 am

    खुकुरी हानेर मान्छे मारे पनि, पुस्तकालयका किताब जलाए पनि त्यस्तालाई संरक्षण दिने नेताहरु भएपछि के फरक पर्छ र/

    Reply
  46. srijan says:
    July 21, 2014 at 4:34 am

    ल है अब कुन चाही बिधार्थी नेता ले Tender हात पार्ने भयो पुस्तकालय पुन:निर्माण गर्न खुल्ने शिलबन्दी आबेदन को .. सुन्या कुरा हो ..पैले पैले पनि सडक मा आन्दोलन हुदा त्रिचन्द्र को बिज्ञान को Laboratory का सामान फुटाइन्थ्यो रे ..आन्दोलन दौरान फुट्यो भन्ने …अनि पछि Tender पनि आफैलाई पर्ने गरि मिलाउन …

    Reply
  47. madan bajracharya says:
    July 21, 2014 at 4:33 am

    स्कुल कलेजमा विद्यार्थी युनियनको नाममा खोलिने पार्टीका गुण्डाहरुको अखडा बन्द नगरुन्जेल यस्तै गर्दै रहने छन्/ यो घटनामा सरकारले कडा छानबिन गरेर दोसिलाई हदै सम्म को कार्यवाही गर्नु पर्छ/ तर ई पुस्तकालय जलाउने गुण्डाहरु बिना चल्ने नसक्ने इनिहरुको माउ पार्टीहरुले इनिहरुलाई कार्यवाही गर्न दिंदैन/ लोकतन्त्रको नाममा अपराधीहरुको गुण्डातन्त्र चलिरहेकोछ देसमा/

    Reply
  48. ashok says:
    July 21, 2014 at 4:29 am

    राजनैतिक दल संग सम्बन्धित सबै बिद्यार्थी संगठनलाई निश्चित समयसम्मको लागि प्रतिबन्ध लगाउनु पर्ने बेला आयो. मिल्छ भने त सधै भरिलाइ प्रतिबन्ध गरे नि हुन्छ.

    Reply
  49. Anil Thapa says:
    July 21, 2014 at 4:20 am

    बिद्यार्थीहरु पढ्ने कि राजनीति गर्ने ? बिद्यार्थी हरुलाई राजनीति प्रतिबन्ध गर्नु पर्छ . मुलाहरु !!

    Reply
  50. ashok says:
    July 21, 2014 at 4:19 am

    भांग धतुरो खाएको बेला बसेको गर्भ येस्तै त हुन्छ नि ! पछी यिनीहरुलाई नै पार्टीहरुले संरक्षण दिएर राख्छन – हेरी राख्नु होला !

    Reply
  51. Bishnu Pantha says:
    July 21, 2014 at 3:38 am

    ओह हो ,येति सम्म पनि गिर्न सक्दोरहेछ मान्छे? गर्न त के नै सकिन्छा र अब ,किताबहरु त जली नै सके ,प्रहरीले कारबाही गर्ने त त्येस्तै हो, तिनीहरु आफै भ्रस्ट छन्/ तिनीहरुलाई ति किताबहरुको श्राप लागोस /
    तर यो सबै शैक्षिक सस्थाहरुमा राजनीति गरेर सबै (राजनीतिमा लग्न नचाहनेहरु )लाई समेत घात गरिरहनु भन्दा ,एउटा छुटै राजनीति मात्र गर्ने कलेज भए केहि शान्ति मिल्थ्यो की ??

    Reply
  52. rabin rai kirati says:
    July 21, 2014 at 3:14 am

    यिनीहरु विद्यार्थीको पोसाकमा लुकेका गुण्डा हुन् यिनीहरुलाई चाडो भन्दा चाडो पक्राउ गरि कडा कारबाई गर्न आवश्यक छ .

    Reply
  53. Shankar says:
    July 21, 2014 at 2:29 am

    गुरुहरुले देसै जलाए
    चेला हरुले किताब
    रिहर्सल

    Reply
  54. Subba Vishwakarma says:
    July 21, 2014 at 1:21 am

    विद्यार्थी ले पुस्तकालय मा आगो लगाउने, कस्तो खालको विद्यार्थी हो यो ?

    Reply
  55. Lochan Gautam (Qatar) says:
    July 21, 2014 at 12:56 am

    विद्यार्थीको मन्दिरमा अचेल गुन्डा उत्पादन हुन थाले सब राजनीतिक दल को कीर्पा हो
    ति कपुतहरुलाई हामीले कामगर्ने खाडी तिर ल्याएर ५० डिग्री को घाममा बोसो पगाल्न पाए बल्ल चेत खुल्ने थियो.

    Reply
  56. kedar says:
    July 21, 2014 at 12:44 am

    २०४७ साल तिर भर्खर बहुदल आएको बेला तेस्तै केटी काण्डमा अखिलको केटो लाइ मण्डले भनेर हौवा फैलाएर केटीको अर्को One Side लभरले भकुर्नु सम्म भाकुराएको थियो सरस्वती क्याम्पसमा | तेतिखेर ये यो मण्डले भने पछि कसैले आँखै नहेर्ने, सुन्दै नसुन्ने, भकुर्न मात्रै तम्सिन्थे |

    Reply
  57. Vishnu Pyakurel says:
    July 21, 2014 at 12:02 am

    पागलहुनुको पनि एउटा सिमा हुन्छ । यी त महापागल भएछन् । क्याम्पसहरूबाट स्ववियु भन्ने जन्तु हटाउनु परो ।

    Reply
  58. आनन्द says:
    July 20, 2014 at 11:57 pm

    त्यहि कपुतले पछि गएर एन. जी. ओ. चलाउने छ र त्यो एन. जी. ओ. को उद्देश्य हुनेछ “हरेक बिद्दालयका लागि पुस्तकालय” !!

    Reply
  59. ar shrestha says:
    July 20, 2014 at 11:54 pm

    This is the height of lawlessness! Whoever did this knew deep inside that he/she would get out of this crime without being punished. This is public property & pride. This is your property & equally mine. If I were in the position to punish those rascals I would have ordered to re-establish the library in even better way by confiscating all the properties of those who are involved. But I wonder if those holigans have a penny with them…in that case I would have ordered them to north korea style labor camps for life with only a single meal until they die. If they refuse, I would have asked the authority to sell their kidneys, eyes, lungs & whatever can be sold to get the required funds.

    Oh yeah…forgot to mention..in the process of bringing them to justice we would have definitely seen some netas vasan in their bachau & some nara julus. To serve the justice I would have ordered the authorities to treat everyone who would have spoken in those bastards favor to be treated the same way…including those manaab adhikar badi ko mukhauta lagayeka bastards!

    Reply
  60. गगने says:
    July 20, 2014 at 11:46 pm

    खै के भन्ने के भन्ने भो!
    हामीकहा प्राइमरी र निम्न माध्यामिक विद्यालयको शिक्षा नै गलत भयको लाग्छ!
    एउटा बिध्यार्थिलाई पुस्तकालयको महत्वो र आबस्यकता अनि गरिमा र प्रयोग आदिकुराको ज्ञान दिन नसक्नु भनेको हाम्रो शिक्षानीति खोरनडो छ!
    अर्को कोणबाट हेर्दा त्रिचन्द्र कलेज नेपालको सबैभन्दा बखेडा बढी हुने कलेजमा पर्दछ किनकि त्यो काथमाण्डुको मुटुको पनि मध्यभागमा र अझै काथ्मंदुलाई सुरक्षा दिने प्रहरी कार्यालयको आडमा छ मतलब बत्तिमुनी अध्यारो!
    अब यस्तो बखेडा हुने कलेजमा बिपी पुस्तकालय खोलेर बखेडा र झगडाको निहु त उहिल्यै रोपिसकेको रहेछ!
    त्रिचनडा कलेज कत्रोन छ र दुइ दुइ ओटा पुस्तकालय राख्नुपरेको तेही भयको पुस्तकालयमा साधन र सामर्थ्य थपेको भय हुनेनी नया बिपी पुस्तकालय भनेर खोल्नु भन्दा, बिपी नामाकरण गर्नु नै थियो त त्रिचन्द्र पुस्ताकालायाकै एउटा हिस्सा लाइ बिपी अध्यायन कोठा आदि नामाकरण गरिदिएको भय हुने! यस्तो भयको भय सायद यो पुस्तकालय यसरि जल्दैनाथ्यो होला!
    यस्तो बखेडाको बिउ रोपिदिएको रहेछ झगडा गर्नेलाई पनि सजिलो गराउनेलाई पनि सजिलो!
    खैर यो घोर निन्दनीय निंच र चेतनाहिन कुहर्कत हर्ने को हो तेसलाई पक्रिएमा जेल घिसार्नु अघि एकपटक रत्नपार्क रानीपोखरीको बिचमा ठड्यायर जन-अभिनन्दन गराउनुपर्यो बिर अस्पतालको बिरामीको र रत्नपार्कको सार्बजनिक चर्पीको आची खुवायर अनुहार र मुखभरि दलिदिएर के!

    Reply
    1. cRIS says:
      July 21, 2014 at 11:45 am

      ए कुरो त त्यसो पो रहेछ?!! क्याम्पसमा बीपीको पुस्ताकालय खोलेर राजनीति घुसाउने त कांग्रेसी नै निस्किए नि! पहिले जति संबेदनशील भएको थिए, पुस्तकालय जल्दा, म अब त्यति भईन! बिचरा किताबहरु पो पेलानमा डढिए! यीनिहारुले किताबलाई पनि मोहरा बनाउन छाडेनन!

      Reply
  61. Raju Kumal says:
    July 20, 2014 at 11:35 pm

    STOP Politics in University and Campus!

    Reply
  62. taraman limbu says:
    July 20, 2014 at 11:28 pm

    बी.पी संगै जलेर गए उनका विचार अनि किताब हरु,हाम्रो समाज को दुर्भायाग्य . सायद नया पुस्ता ले किताब जलाएर हाम्रो यथार्थ झल्काएका छन् , लज्जासपद

    Reply
  63. hari says:
    July 20, 2014 at 11:06 pm

    त्रि चन्द्र क्याम्पस बन्द गरेर त्यहाँ गरिएको सरकारी खर्चमा कर्णालीमा २-४ वटा प्राथमिक बिद्यालय खोल्नु पर्छ.
    बहुला, बेलगाम साढे हरुको सिघौरी खेल्ने ठाउँ भएको छ क्याम्पस.

    Reply
  64. Narayan says:
    July 20, 2014 at 10:57 pm

    पढेर बढेका नेपाली दाजु भै हरुको चर्तिकला अनि सभ्यता को कुरा गर्छन मुलान्खारे हरु … K भन्नु र…

    Reply
  65. Tulasi Ram Wosti says:
    July 20, 2014 at 10:38 pm

    तपाईले कुनै उदाहरण दिन सक्नु हुन्छ, जहाँ राजनीति छिरेको छ अनि त्यहाँ राम्रो भएको छ, पक्कै पनि दिन सक्नु हुदैन, जहाँ जहाँ राजनीति भन्ने कुरा छिर्यो अनि त्यो धोस्त भयो भनेर जाने हुन्छ यो देश मा, राजनीति गर्छु भनाउदा हरु नै तेस्तै भय पछि के नै गर्न सकिन्छ र हामीले !!!

    Reply
  66. prashant says:
    July 20, 2014 at 10:32 pm

    त्रि-चन्द्र क्याम्पस मा यस्तो हुनु स्वभाविक हो | खुब ठुलो कम गरे भनि रा’का होला तिनीहरु |

    Reply
  67. Shekhar Acharya says:
    July 20, 2014 at 10:27 pm

    किताब को मूल्य बुझ्ने समाज भएको भए नेपाल को यो दुर्द्सा हुन्नाथियो.

    चाहे ज निहु मा हॉस यो कुकृत्य गर्ने अपराधी लाई हदै सम्म को सजाय चाही पक्कै हुनु पर्ने हो तर नेपाल हो, भोलि उ नै नेता बन्छ…

    Reply
  68. राम चन्द्र says:
    July 20, 2014 at 10:26 pm

    पढेर नेता होइन लडेर नेता हुने देस भनेकै नेपाल . यस्ता कपुत लाइ पशुपति मा किताब डडाये झैँ डडाये पनि कठै भन्दिन म

    Reply
    1. sam says:
      July 21, 2014 at 7:47 am

      नेपाल मा पढ्ने ले नेता पनि हुन सक्दैन र काम पनि पौदैना… त्यहि भएर देशका पढ्ने, इमान्दार मिहिनेती जति विदेशिए र बाकी भएका युवा राजनीति गरेर देश बिगारेका.
      पार्टी कोटा मा त्यहि युवा हाकिम पनि भएका, मन्त्रि पनि भएका, सरकारी कर्मचारी पनि भएका… अनि कसरि हुन्छ देश बिकाश…

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme