Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो लोगो कसको हो, थाहा छ ?

Posted on July 21, 2014July 21, 2014 by Salokya

logo छेउको लोगो केको हो थाहा छ तपाईँलाई?
कुन कम्पनीको, कुन उत्पादनको हो ? ल भन्नुस्।
पक्कै पनि तपाईँले यो लोगो कता देखेको, कता देखेको जस्तो लाग्यो भनेर सोच्नुभएको होला। हैन र ?
त्यसो भए अब यसो तपाईँको कम्प्युटरको डेस्कटपतिर नजर लगाउनुस् त।
logo1
डेस्कटपका लोगोहरु हेरिसकेपछि तपाईँ भन्नुहोला- त्यति पनि थाहा नपाउनु, यो त माइक्रोसफ्ट कम्पनीको इन्टरनेट एक्सप्लोररको लोगो हो नि। कतिलाई त अझ डेस्कटप पनि हेर्नु परेन होला।

तर तपाईँ गलत हुनुहुन्छ।

के ? गलत ??

हो, गलत। यो इन्टरनेट एक्सप्लोररको लोगो हैन। यो त भारतीय कम्पनी एक्साइड इन्डस्ट्रिजको हो।

इन्टरनेट एक्सप्लोररसँग मिले पनि कम्पनीले नेपालको उद्योग विभागमा यो लोगो र डिजाइनसहितको ट्रेडमार्क दर्ताका लागि निवेदन दिएको हो।

विभागले असार ९ गते सूचना प्रकाशित गरी यस्तो डिजाइन र ट्रेडमार्क दर्ता गर्न निवेदन आएको छ, कसैको दावी विरोध भए प्रमाण राखेर ९० दिनभित्र उजुरी दिन आउन भनेको छ।

९० दिनभित्र कसैले उजुरी दिएन भने यो लोगो भारतीय कम्पनीको हुन जानेछ।

माइक्रोसफ्ट चुप बस्ला कि उजुरी देला त ?

विदेशी कम्पनीहरु पनि अहिले निकै चनाखो हुन थालेको देखिएको छ। तल हेर्नुस् दुई सूचना।
pizzahut
नेपालमा एक जनाले पिज्जा हट रेस्टुरेन्ट भनेर खोल्दा यसरी अमेरिकाको पिज्जा हटले ट्रेडमार्क उजुरी गरेको थियो।
oscar
त्यसैगरी पाल्पाको कम्पनीलाई अमेरिकाको अस्करले ट्रेडमार्क दावी गरेछ। बिचरालाई नेपालमा अस्कर फिल्म इन्स्टिच्युट पनि छ भन्ने थाहा छ कि छैन कुन्नि।

अब भविष्यमा फेसबुक रेस्टुरेन्ट, गुगल रेस्टुरेन्ट खोल्नेहरुलाई पनि अप्ठेरो पर्ने देखियो त।
fbrestaurant

8 thoughts on “यो लोगो कसको हो, थाहा छ ?”

  1. manish says:
    July 22, 2014 at 2:57 pm

    अमेरिका भन्दा इंडिया नजिक को देश भएको नाता ले यो लोगो इन्डियन कम्पनी को नाम मा दर्ता गर्दा फरक पर्ला जस्तो लाग्दैन………

    Reply
  2. shiva says:
    July 22, 2014 at 12:09 pm

    मलाई लाग्दैन यो ट्यकै मिल्छ .
    अक्छेर क देखि ज्ञ होस् वा A देखि Z मा कसैको दाबी लाग्दैन .
    बाँकि रंग पनि फरक छ .
    घुमेको भाग पनि भिन्न छ .
    हेर्दा उस्तै लग्न सक्छ तर दुरुस्तै चाहिं छैन है .
    मेरो विचार मा .

    Reply
  3. pratik says:
    July 22, 2014 at 12:41 am

    In other to serve public interest it is important for govt. to be careful before registering the highly reputable marks such as KFC, Pizza Hutt etc or something that is same or confusingly similar to other people’s mark . Most countries have Trade Mark and Patent Office which hire Examiners who substantively search the Patent and Trade Mark databases to see what already exists and properly examine each application before deciding on the case. nepal should also establish a proper Patent and Trade Mark Office. This not only stops someone from getting monopoly on something that they are not entitled to but also encourages innovation within the country.

    Reply
  4. सिर्जने says:
    July 21, 2014 at 8:49 pm

    exide industries को motto (नारा?) “India moves on exide” र “America runs on Dunkin” उस्तै उस्तै छ / यिनको Research and development (R&D) बिभागको कामै Receive and Duplicate (R&D) हो कि के हो?

    Reply
  5. सिर्जने says:
    July 21, 2014 at 8:43 pm

    भारतीय कम्पनीले नेपालमा फेरि लोगो दर्ता गर्नुपर्छ?
    Exide Industries को वेबसाइटमा हेर्दा अर्कै लोगो छ त, इनले त्यै लोगो नेपालमा किन प्रयोग गर्न सक्दैनन्?
    कि नेपालीलाइ कत्ति को थाहा छ भनेर उल्लु बनाउन खोजेको त होइन?
    मलाई अलि शंका लगिरा’को छ है /
    अनि नेपालको उद्योग विभागले पनि “यो लोगो माइक्रोसफ्टको लोगोसंग मिल्ने हुनाले दर्ता गर्न नमिल्ने जानकारी गराइन्छ” भन्न पनि सकिहल्छ नि होइन र? कि नेपालमा माइक्रोसफ्टले लोगो दर्ता नगरेको हुनाले नेपालको उद्योग बिभागको क्षेत्राधिकारभित्र पर्दैन?

    Reply
  6. kedar says:
    July 21, 2014 at 8:41 pm

    माइक्रोसफ्टले मलाई त हुनु न खानुको Intellectual Property मुद्धा हालेर दुइ चार दिन कस्तो टेन्सन दियो, धन्न अदालतले गोर्खे लौरी लायो र मात्रै माइक्रोसफ्टलाइ | एस्लाई पनी किन छोड्थ्यो नि माइक्रोसफ्टले, windows र windows phone लाइ Google र Android धुलो चटाई राखेको रिस येहीं ल्याएर पोख्छ माइक्रोसफ्टले, हेरी राख्नुस |

    Reply
  7. Rabin Subedi says:
    July 21, 2014 at 8:27 pm

    तर यसरी ठाक्कै मिल्ने लोगो चै सरकारले दर्ता गर्न नहुने हो किनभने माइक्रोसफ्टको लोगो संग ठाक्कै मिल्छ भन्ने थाहा हुदाहुदै किन दर्ता गरेको होला.

    Reply
    1. सिर्जने says:
      July 22, 2014 at 1:21 am

      रबिन जी,
      दर्ता गरिसकेको छैन, दर्ता गर्न निबेदन परेकोले सूचना निकालेको हो जस्तो बुझिन्छ /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme