– डा. विजय ज्ञवाली-
क्लिनिकल मनोविज्ञ
असल बुहारी बन्न केही गुण अपनाउनुस् शीर्षकमा एउटा पत्रिकामा महिला लेखिकाको लेख आएपछि एकजना समाजशास्त्रीले सामाजिक सञ्जालमा छलफलको विषय बनाउनु भयो। छलफलमा भाग लिएका कतिपयले यसलाई पुरुष खराब भएकाले असल बुहारीको बारेमा लेखियो भन्ने मोड दिए भने कतिपयले ती महिला लेखिकालाई निरीह सोच भएकी भनेर टिप्पणी गरे। तर ती समाजशास्त्रीले उठाउन खोजेको विषय निकै गम्भीर थियो। उनको आशय थियो, असल बुहारीको गुणको बारेमा पत्रिकामा लेख आउने गरी हाम्रो समाजमा छलफल हुन्छ। तर असल श्रीमान, असल ज्वाईं बन्ने तरिका बारे किन खासै चर्चा हुँदैन? वास्तवमै उनले भने जस्तै असल ज्वाईं बन्ने तरिकाको बारेमा हामी कहाँ छलफल हुँदैन।
विवाह भएको १ वर्ष पनि नपुगेको र आफ्ना सासुससुरालाई दुई पटकभन्दा बढी नभेटेको मेरो लागि यो विषय कौतुहलताको विषय बन्न गयो। मेरी श्रीमती बिहे भएको एक वर्ष नबित्दै परिवारमा सबैको प्रिय भएकी छन्। यो उनको व्यक्तिगत गुणको कारणले पनि सम्भव भएको होला। तर यो छलफलले एउटा विचारणीय प्रश्न ल्याएको छ, के यो ६ महिनामा म असल ज्वाईं भएको छु त? असल ज्वाईं बन्ने तरिका के होला? यी प्रश्न कसैको निम्ति अर्थहीन हुन सक्छ तर हामी लैँगिक समानताको कुरा गर्छौ भने यसले अर्थ राख्न सक्छ।
श्रीमानको हिंसाबाट पीडित महिला र दाइजो जस्ता विविध सामाजिक विकृतिको कारण श्रीमानबाट मारिएका, जलाइएका समाचार दिनहुँ जस्तो आउने हाम्रो समाजमा हामीले धेरै खराब ज्वाईंहरु देखिसकेका छौं। यो अवस्थामा एउटा बाबु र आमाको निम्ति असल ज्वाई खोज्नु कम्ति चुनौतिपूर्ण छैन होला। अनि यी खराब ज्वाईंहरुको बीचमा आफूलाई असल ज्वाईँ प्रमाणित गर्नु ज्वाईँहरुको निम्ति पनि चुनौती हुनसक्छ।
असल बुहारी हुनको निम्ति हामी हाम्रा छोरीहरुलाई सानैदेखि पकाउनेदेखि लुगा धुनेसम्म सिकाउँछौँ। तर छोराहरु बिहे गर्ने हुँदासम्म पनि मुस्किलले चिया बनाउन सक्ने भएका हुन्छन्। जसरी असल बुहारी बन्नको निम्ति हामी आफ्नी छोरीलाई तालिम दिन्छौं, त्यसरी असल ज्वाईंको आचरण यदि हामीले हाम्रा छोराहरुलाई सिकाउने हो भने वर्षेनी ज्वाईँको हातबाट हुने छोरी हिंसाका खबर कम हुने थिए। ज्वाईंको हातबाट असुरक्षित भएका छोरीहरु सुरक्षित हुने थिए।
हामीले समाजमा धेरै राम्रा ज्वाईँ पनि देखेका छौ जसलाई हामी जोइटिङ्ग्रे भन्न बाँकी राख्दैनौ। श्रीमानको झोला बोकेर हिँड्ने हाम्रा छोरी हामीले सजिलै पचाएका छौं तर छोरीको झोला बोकेर हिँडेको ज्वाई हाम्रो निम्ति जोइटिङ्ग्रे हुन जान्छ। छोरीलाई दिनभर तीजको ब्रत बसालेर आफु म्यारिज खेल्न बसेको ज्वाईँलाई हामी बहादुर मान्छौँ भने हामीले असल ज्वाईको अपेक्षा नगर्दा नै हुन्छ।
लैङ्गिक समानताको अर्थ पुरुषले महिलालाई अनि महिलाले पुरुषलाई गाली गर्नु होइन। जबसम्म हामीले आफ्ना छोरालाई असल ज्वाईं हुन सिकाउँदैनौ, तबसम्म हामीले लैंङ्गिक समानताको सही अपेक्षा नगर्दा नै हुन्छ। तसर्थ ती समाजशास्त्रीले भने जस्तै असल ज्वाईँ असल श्रीमान् र असल छोरा बन्ने तरिकाको बारेमा पनि लेख लेखियोस्।
असल छोरो व़ा ज्वाई हुन सर्ब प्रथम जन्मदिने आमा र बाबुले आफ्ना छोरालाई कुसस्कारबाट हटाई असल सस्कारको शिक्षा दिनु पर्यो । घरेलु काम होस या बाहिय काम सबै छोरा र छोरी कुनैमा भेदभाब नगरी गराए सिकाए असल छोरा व़ा ज्वाई तेसै बन्छ ।
असल बुहारी ले आफ्नो सासु ससुरा लै आफ्नो आमा बुवा सरह सेवा र सत्कार गर्छिन तेसरी नै असल ज्वाई ले पनि आफ्नो सासु ससुरा लै आफ्नो आमा बुवा सरह सेवा सत्कार गर्न जान्नु पर्छ.
ढिलो भए पनि हाम्रो समाजमा महिलाहरु मात्र आदर्श का भागिदार होइनन भनि बुझिन थालेकोमा खुशी लाग्यो !!
भर्खर बिहे गरेको डाक्टर लाइ असल ज्वाई बन्ने इच्छा रे छ , छोटो र सरल उपाय |
ससुरा र सासुको छोरीलाई बेस्करी माया गर्नुस |
असल बुहारी बन्नु र असल ज्वाई बन्नु एउटै कुरा हो, फरक त् केवल हेराईमा मात्र छ.
तेस्को लागि सबै भन्दा पहिला असल मान्छे बन्न जरुरी छ , तेस्पची असल छोरा बन्नु जरुरी छ…..असल छोरा भए पछि असल श्रीमान हुन्छ र असल श्रीमान भए पछि असल ज्वाई न हुने कुरै छैन …कि कसो त ??
ज्वाई नै नबने के असल के खराब!
नो ज्वाई, नो च्वाइ एण्ड नो झ्वाई
असल बुहारी कसरी भन्ने जस्तै असल ज्वाइ कसरी बन्ने भन्ने बहसको बिषय हुन सक्दैन । बरू असल श्रीमान कसरी बन्ने भन्ने चाही छलफलको बिषय हुन् सक्छ । अहिले सम्मको सामाजिक संरचनामा ज्वाइको सामाजिक र आर्थिक दायित्व छैन । एउटै घरपरिवारमा बस्ने संरचना पनि छैन । जसरी बुहारी अर्को घरमा बस्छिन ज्वाइ त्यसरी ससुरालमा गएर बस्दैन । जो असल श्रीमान बन्छ माइतीका लागि त्यही नै असल ज्वाइ हो मेरो बिचारमा ।
डाक्टर साब ले भने जस्तो श्रीमती ब्रत बस्दा जुवा खेल्ने ज्वाई लाइ बहादुर नै भनेको चाही नेपाल मा देखिन्न मुद्दा लाइ जबर्जस्त गम्भीर नबनाउन हो . बाँकि असल ज्वाई को कुरा सहि नै हो.
असल ज्वाईं बन्न मन छ भने केवल सासु – ससुरा कि छोरी अर्थात् आफ्नी श्रीमतीलाई उसको स्वाभिमानको, पहिचानको रक्षा गर्दै उसलाई प्रगतिगर्न उत्प्रेरित तथा सहयोग गर्नुस अथवा समग्रमा भन्नु पर्दा आफ्नी श्रीमतीलाइ खुसि बनाएर राख्नुस, ज्वाईं-छोरी मिलेर बस्नुस . येदि ससुराली असल छन भने तपाईंलाइ पक्कै पनि असल ज्वाईं भन्ने छन्.
येदि ससुरालीको छोरा छैनन भने एउटा असल छोराले गर्नु पर्ने र भ्याए सम्मको सहयोग गर्नुस तपाईं असल ज्वाईं बन्नु हुनेछ, शुभकामना ………
आहा कति राम्रो प्रसङ्ग उठाउनु भएको. सोचनीय छ एक अमेरिकी समाज्शात्री ले भनेको कुरा we have begun to raise our daughters more like sons……..but few have the courage to raise our sons more like daughters
असल ज्वाईँ बन्नचाहिँ श्रीमतिलाई राम्रो मीठो खुवाउने घुमाउने, टन्ट पैसा दिने, नकुट्ने, माया गर्ने अनि असल बुहारी बन्न चाहिँ घरको कामहरू सबै गर्ने, श्रीमानलाई आदर गर्ने, सासु ससुरालाई सम्मान गर्ने आदि हुन् भन्यो भने फेरि भेदभाव हुन्छ ।
वास्तवमा सबै जना एकले अर्कालाई सययोग र सम्मान गर्ने हो भने सबै जना असल व्यक्ति हुन्छ, बढी कुरा गर्नै पर्दैन ।
ताइ न तुइ को लेख , केटिहरु बिहे गरेर ससुराल जान्छन र नया घरमा कसरि घुलमिल हुने भन्ने समस्या केटीहरुलाइ पर्छ तर त्यो समस्या केटा हरुलाई पर्दैन |
सजिलो कुरा,, “behind every successful man there is a great women” छोरि/बुहारी गतिला भए जुवाई/छोरो जस्तो भए पनि ठिक पारी हाल्छन नि !!
असल त छोरी जुवाई होइन ! असल त पहिला छोरा छोरी बन्नु पर्छ | तेसपछी ……….
धर्म को आडम्बर मा गरिने कुकृत्य लाइ त्याग्ने हो भने छोरी वा ज्वाई लाइ राम्रो बनिरहनु पर्दैन ! भित्रि जिबन मा व्यभिचारी र बाहिरि आडम्बर मा टिका लाएर हरि हरि गर्ने बनारसी पण्डा हरु को पुस्ता सकियेपक्षि धेरै हद सम्म येश को निराकरण हुनेछ ! १८ बर्ष पुगेका हरेक नागरिक लाइ काम को ग्यारेन्टी, व्यक्तिगत स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, हरेक काम को सम्मान, राजनैतिक स्थिरता आदि ले महत्वपुर्ण भूमिका निभाउन सक्छन ! हाम्रो राजनीतिक, सामाजिक, धार्मिक, सस्कारिक रुप मा अपराधिक पण्डा सस्कार ले जरो गाडेर बसेको छ ! आफुलाई उच्चतह का आफै ले आफैलाई क्रान्तिकारी घोसित गर्ने हरु समेत कहिले भैसी पुजा गर्छन, बालुवाटार जादा रुद्री लाएर छिर्छन, कोहि पाप पखाल्न कैलास तिर जान्छन भने अरु को त् कुरै छाडोउ ! यहि नै त्यो अपराधिक पण्डा गिरि को उत्कर्स हो ! राजनैतिक रुप मा उच्चतह मा बस्ने हरु को यो हबिगत छ भने – आउदो ७०-८० वर्ष लाइ लैंगिक समानता या राम्रो ज्वाई को कल्पना विजय जी को टाइम पास या मजाक मात्रै हो जस्तो लाग्छ !!!
send those guys abroad before marriage, they will be trained in any household activities you name it .
यदि साच्चै लैंगिक समानता खोज्ने हो भने असल ज्वाई वा असल बुहारी हैन, बरु असल मान्छे कसरि बन्ने भनेर सिकाऔ |