Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीले चलाउने भए एमाले

Posted on July 15, 2014July 15, 2014 by Salokya

kp
दुई हजार चानचुन मत गन्न तीन दिन लगाएको एमालेको हाइटेक महाधिवेशनले केपी ओलीलाई अध्यक्ष चुनेको छ। माधव नेपाललाई ४३ मतले हराउँदै ओलीले एमालेको नेतृत्व लिने भएका हुन्। अघिल्लो महाधिवेशनमा ओलीलाई १ सय १७ मतले पराजित गर्दै कूल खसेको मत १७९३ मध्ये ९१३ मत ल्याएर झलनाथ खनाल एमालेको पहिलो प्रत्यक्ष रुपमा निर्वाचित अध्यक्ष बनेका थिए। प्यानलै बनाएर निर्वाचन लडेका भए पनि पदाधिकारी मतदानको नतिजा भने मिश्रित आएको छ। भर्खरै सकिएको विश्वकपको ह्याङओभर नसकिएकाहरुले ७-७ गोलको बराबरी भएको सम्झिए हुन्छ।

एमाले पदाधिकारी निर्वाचन नतिजा
अध्यक्ष
केपी ओली 1047
पराजित
माधव नेपाल 1003

उपाध्यक्षमा माधव समूह ३-२ को अग्रता
भीम रावल 1082 (माधव पक्ष)
वामदेव गौतम 1124 (ओली पक्ष)
विद्या भण्डारी 1100 (ओली पक्ष)
युवराज ज्ञवाली 1062 (माधव पक्ष)
अष्टलक्ष्मी शाक्य 1047 (माधव पक्ष)

पराजित
राजेन्द्र पान्डे 1031
लालबाबु पन्डित 998
प्रदीप नेपाल 1008
किरण गुरुङ 995
धर्मनाथ साह 900

महासचिव
ईश्वर पोखरेल 1036 (ओली पक्ष)

पराजित
सुरेन्द्र पान्डे 1030

उपमहासचिवमा १-१ को बराबरी भएको छ
घनश्याम भुसाल 1097 (माधव पक्ष)
विष्णु पौडेल 1082 (ओली पक्ष)

पराजित
शंकर पोखरेल 1037
रघु पन्त 969

सचिवमा माधव पक्षले ३-२ को अग्रता लिएको छ
गोकर्ण विष्ट 1270 (माधव पक्ष)
प्रदीप ज्ञवाली 1155 (ओली पक्ष)
योगेश भट्टराई 1085 (माधव पक्ष)
पृथ्वी सुब्बा गुरुङ 1029 (ओली पक्ष)
भीम आचार्य 1035 (माधव पक्ष)

पराजित
परशु मेघी 1015
विष्णु रिमाल 997
वेदुराम भुसाल 997
केशवलाल श्रेष्ठ 922
रघुवीर महासेठ 928

यस्तो थियो भृकुटीमन्डपमा महाधिवेशनको चहलपहल। भिडियो हेर्नुस्-

33 thoughts on “ओलीले चलाउने भए एमाले”

  1. Janak says:
    July 19, 2014 at 3:59 pm

    Goondaagiri is on the rise now in Nepal. Victory of Oli is the victory of the Goondaas.

    Reply
  2. Manorth parajuli says:
    July 19, 2014 at 7:20 am

    जसले जिते नि एमाले ले नै जित्ने हो तर केपी ले जित्दा गुन्डा हरुको ठाडै मनोबल बढछ किन कि केपी ले गुन्डा पाल्छन

    Reply
  3. shantdil says:
    July 19, 2014 at 7:18 am

    नेपालमा सब भन्दा फस्टाउने खेति भनेको गुण्डा खेति र राजनीतिक खेतिमात्र हो.

    Reply
  4. jeevan verma says:
    July 17, 2014 at 5:19 pm

    जे नहुनु पर्थ्यो त्यो भयो, अब भने नेपाल formally नै गुण्ड राज मा प्रवेश गरेको छ ? के पी ओली भनेको गुन्डा र फटाहा क नाइके हुन् | साथी जाली, पैसा कमौना कुख्यात उनि रत्न पार्क मा बस्ने चटके जस्ता मात्रै हुन् केबल गुन्डा क पैसा र बमको गृह मन्त्रि हो बलले जितेको हुन् |

    Reply
  5. Sisir says:
    July 17, 2014 at 11:18 am

    आफ्नो प्रभुको जितमा गुण्डहरु कति खुसि होलान ???

    Reply
  6. kishor says:
    July 17, 2014 at 5:54 am

    राम्रो सुरुवात होस्, नया नेताहरु घनश्याम र गोकर्णजीलाई बधाई र सुभकामना |

    Reply
  7. Shankar says:
    July 17, 2014 at 5:09 am

    नेपाल मा कसैले केहि चलाउदैन हाउ आफै चल्छ | स्वचालित ब्याट्री छ | बागमतीको पानि ब्याट्रीको झोल , पशुपति नाथ ब्याट्रीको पोजितिब , चोभार गणेश ब्याट्रीको नेगेतिब |

    भरे सब ले ”उनी पसुपतिले रक्ष्या गरुन भन्नेछन र जोड्ने छन् , गणेश ले काम सिद्द गर्छन |पद मा हुनेको काम र क्ष्यमता भनेको सरकारी सुबिधाको दुरुपयोग , ब्यापारी सग साठ गाठ
    भारतीय सग लुप्रे कान , गरिब को थाप्लोमा हान , रुघा खोकी लागे विदेश जा , देश को बजेट भत्ता र खाजा , सबै टि बि च्यानल लाइ पालै पालो अन्तर्वार्ता दे , टुटे फुटेको इन्ग्लिश सब्द बीच बीच मा जोड यहि त् हो | पार्टी भित्र तल्लो स्तर को छल कपट गर्छन , तेसैको नाउ राजनीति भन्छन |

    Reply
  8. chitrab s says:
    July 17, 2014 at 3:37 am

    ओहो बधाई छ है कमरेड ,अब केहि गर्नु पर्छ है ,देश को लागि पनि ,

    Reply
    1. jeevan verma says:
      July 17, 2014 at 5:03 pm

      देश को लागि त थाहा छैन तर गुण्ड र उनका लागि चाही केहि गर्छ काजु कान्छा ले |

      Reply
  9. कृष्णकुमार के सी says:
    July 17, 2014 at 12:21 am

    सहर फोहोर हुन्छ भनेर पोस्टर र वाल पेन्टिगं नगर्ने भनेको थिए तर पर्चा च्यातेर फ्याकेर कती धेरै फोहोर गरेको देखियो भिडीयोमा । ति नाच्नी र पर्चा त्यसरी च्यातेर फ्याक्नेहरुले बरु वरीपरीका फोहोरहरु आफ्नैले सफा गरेर देखाउन सकेको भए राम्रो सन्देश जानी थियो जनतामा त्यस्तो बुद्धी कहिले आउला खै यिनीहरुमा अधिबेसनको नाममा कुन्ताको फोहोर सहर झन धेरै फोहोर बनाएछन् ।

    Reply
  10. roman says:
    July 16, 2014 at 9:23 pm

    सबैको पदाई त्यही स्कुल बाट भएकोले कहिँ फरक छैन जो आए पनि रामे ,शामे !!!!!!!!!!!!!!

    Reply
  11. Kishor says:
    July 16, 2014 at 9:01 pm

    काजु कान्छा अर्थात् के पी ओली को जय होस्. रोग निको होस् र छिट्टै प्रधानमन्त्री पनि बनुन . विकास सिकास त भांड मै जावोस . बालकोट मा विकास होस् बल्खु मा विकास होस् नेपालमा किन हुनु पर्यो? नेपाल मा विकास भए त कम्युनिष्ट खत्तम भै हाल्छ .

    Reply
  12. अनोज शाक्य says:
    July 16, 2014 at 7:51 pm

    अरु नेता भन्दा ओलीज्यु फ्रान्क हुनुहुन्छ जस्तो लाग्छ / उहाको उख्खान टुक्का प्रयोग गर्ने शैली हेर्दा उहामा देश बिकासको लागि कुनै नया भिजन छ जस्तो लाग्छ / सबिधान बन्ने आसा त कम नै छ तर पनि अहिलेको अवस्थामा ओलीज्युले सरकार गठन गरियो भने केहि अग्रगामी कदमहरु चाल्ने छ भन्ने आसा गरेको छु /

    Reply
    1. Lochan Gautam (Qatar) says:
      July 17, 2014 at 1:20 pm

      उखान टुक्का हान्दै मा भिजन हुने भए मा पनि केइ गर्ने खालकै मा पर्छु होला :p अनोज जी बोलीले केइ हुनेवाला छैन कम कस्तो गर्छ कस्तो गरेको छ भन्ने मा भर पर्छ होला

      Reply
  13. nain says:
    July 16, 2014 at 7:00 pm

    फोहोरी नेता फोहोर को थुप्रो ….अनि बिरोजगारी जनता …..यो देशको पिडा हेर्दा पनि दिक्क लाग्क्ष .. के आसा गर्नु ई महान फोहोरी नेताहरु बाट ……

    Reply
  14. Anil says:
    July 16, 2014 at 3:54 pm

    एमालेमा जो आएपनि कुरा आखिर तेहि हो , देश को लागि यी नेताहरुले गर्ने केही होइन,

    Reply
  15. Simit gauchan says:
    July 16, 2014 at 2:42 pm

    के भन्नु र खै
    गुण्डाको दामन छ अझै
    ओली को बोलि
    कोहि छैन भन्छन म झैँ

    Reply
  16. shisir says:
    July 16, 2014 at 8:49 am

    अब बाम दाइ ले ताङ् फटाएर, जिब्रो पटकाएर भन्ने छन् , ट्राफिक नियम हजम , गुण्डा उजुरी हजम …

    Reply
  17. purna nepali says:
    July 16, 2014 at 8:38 am

    गोकर्ण बिष्ट, घनश्याम भुसाल र प्रदिप ज्ञवालीले जितेकोले आशा गर्ने ठाउँ छ…. सुरेन्द्र पाण्डेले पनि जित्नु पर्ने हो

    Reply
  18. लौटन अवधि says:
    July 16, 2014 at 8:17 am

    अब उपचार खर्च टन्नै पाउने भए ! बधाई छ ओली ज्यु – कुन कुन देश को अस्पताल राम्रो छ छान्दै गर्नु होला ! नभए हामि नि भन्दिउला !

    Reply
  19. BRana says:
    July 16, 2014 at 7:29 am

    Who is responsible for that shit in the public road ? Will Mr. Oli clean that road now ?

    Reply
  20. Santosh Nyaupane says:
    July 16, 2014 at 6:45 am

    दुइटा रोगि को जिम्मा मा भाको हो देश अब? सुशील र ओली ? सिंघदरबार र बल्खु दरबार लाई अमेरिका र बंग्कक तिर पो सर्ने हो कि ? कि डाक्टर बा. र बैध्य जी ले रोगि को उपचार पो गर्ने हो कि?

    Reply
  21. Pankaj says:
    July 16, 2014 at 4:59 am

    यी नाच्ने मुर्खहरुलाई के भन्ने होला ….नेपाल ले विश्वकप नै जिते जस्तो …या कुनै आर्थिक फडको नै मार्य जस्तो …देश जर्जर अवस्था मा छ ….एमाले को नेतृत्वमा ओली आएनी गोलि एनी आएनी कुरो वाहि त हो नि …..

    Reply
  22. डिल्ली says:
    July 16, 2014 at 4:27 am

    अपराध शिरोमणी, महेश-पर्शुराम अधिनायक, बाहुन डन महानायक खड्गाधिष ओलीज्यु विराजमान हुनुभा’छ । रमेश खरेल पनि खोरसारा भा’छन्, चक्रदाई पनि खोर मुक्त भा’छन् । अब अपराधि दुनियाँमा दिपावली पनि आ’छ । सर्वोच्च तिर पनि भ्रष्टाचाराधिषहरू विराजमान हुनभा’छ । नयाँ नेपाल त पक्कै बन्ने भो भन्ने हाम्लाई लाइरा’छ ।

    Reply
    1. jeevan verma says:
      July 17, 2014 at 5:08 pm

      यो भन्दा सटिक के भन्ने र अरु ?

      Reply
  23. Basant says:
    July 16, 2014 at 1:24 am

    यिनी हरुको घैटोमा घाम कहिले लाग्ने होला लौन कमरेड नेताजिउ विदेश भ्रमण बेला बेलामा गरिन्छ त्यो आफ्नै गाऊठाउँ टोल शहर फोहर किन गरया होलान ? हामी विदेश मा भने आफुले खाएको चकलेटको खोल पनि फाल्नु लाजले पकेटमा हाली हिड्छौ … एस्त कार्यकर्ताका नेता ले कस्ता देश बनाउलान

    Reply
  24. बाबुराम says:
    July 15, 2014 at 11:28 pm

    गोकर्ण विष्ठले सबैभन्दा बढि १२७० मत ल्याएछन्! राम्रो मान्छेको कदर गरेछन् एमाले कार्जेकर्ताले!!

    Reply
    1. Gagan says:
      July 16, 2014 at 8:30 am

      कांग्रेस अधिबेशनमा नि गगन थापाले मनग्गै मत बटुलेका थिए, राम्रा मान्छेको कदर हुनु राम्रो हो | मैले चाहि उनको (गोकर्ण बिष्ट) उर्जा मन्त्रीमा नै पुनरावृतिको अपेक्षा गरेको थिए, मन्त्रिमण्डल गठन ताका

      Reply
  25. diwas says:
    July 15, 2014 at 11:05 pm

    बल्ल पर्यो माकुने ओली को जालैमा !!! बधाई छ कामरेड !!

    Reply
  26. dharmendra says:
    July 15, 2014 at 9:06 pm

    ओली को बोलि मा छ बन्दुकको गोलि
    अब अधक्ष्य भएपछी भर्ने छन् गुन्डा र आफ्नो प्यानलको झोली

    Reply
  27. Bhim says:
    July 15, 2014 at 8:39 pm

    मलाई मन पर्ने नेताहरु गोकर्ण विष्ट र घनश्याम भुसालले पनि जितेछन, खुसी लाग्यो /

    Reply
  28. Surendra Rai says:
    July 15, 2014 at 8:31 pm

    जुन जोगी आयानी कानै चिरेको .

    Reply
  29. sanjeev adhikari says:
    July 15, 2014 at 7:56 pm

    हामीलाई जो आयनी बालै भयन तर माकुने भन्दा ओली नै बेश होला नेपालीको नाताले
    जय नेपाल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme