Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ

Posted on July 15, 2014July 15, 2014 by Salokya

tv यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे न‌याँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा यस पटक ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा चाहिँ परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?

आर्थिक विधेयक २०७१ मा यस्तो व्यवस्था छ-
TV-Tax

मानौँ तपाईँले ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी विदेशमा बस्नेले ६०X१२०० = ७२ हजार भन्सार महसूल तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ६०X१२५० = ७५ हजार तिर्नुपर्‍यो।

यसमा ध्यान दिनु पर्ने कुरा के हो भने ३२ इन्चसम्मको टिभीको भन्सार लाग्दैन, त्योभन्दा बढीको लाग्छ भन्ठान्नु हुँदैन। यसअघि माइसंसारको ब्लगमा आएका कमेन्टमा यसैमा धेरै पाठक झुक्किएको देखियो। माथि विधेयकमा प्रष्ट लेखिएको छ- सोभन्दा बढी इन्चको टिभी ल्याएमा उक्त छुट सुविधा दिइने छैन। अर्थात्, ३६ इन्चको टिभी ल्याएर ३२ सम्मको त भन्सार लाग्दैन, बाँकी ४ इन्चको मात्र तिर्छु भन्न पाइँदैन, पूरै ३६ इन्चको तिर्नुपर्छ।

अरु के के ल्याउन पाइन्छ ?

सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई
उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको
सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई
जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना
समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा
वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार
महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न
सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित
भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका
सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल
छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार
रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात
हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश
ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान
दिइनेछ ।
******************

यो अनुसार टिभीको साटो एलइडी कम्प्युटर स्क्रिन र सिपियु ल्याउनु भयो भने चाहिँ भन्सार शुल्क नलाग्ने देखिन्छ। किनभने भनिएको छ- भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

14 thoughts on “विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ”

  1. Ramesh Adhikari says:
    July 20, 2014 at 5:20 am

    तेत्रो दुख गरेर कमाएको पैसा ले किनेको समान को के वन्सार लिने, एस्लाई त सात प्रतिसत छुट दिन पर्छ बरू लगुअन tax टन्न लाएर १००-२०० वटा tv लिएर आउने र व्यापार गर्ने हरू लाई.

    Reply
  2. शिवानि पन्त says:
    July 18, 2014 at 6:35 pm

    ठूला टीभीका शौखिनहरुका लागि सवैभन्दा सस्तो उपाय भनेको डिस्प्ले प्रोजेक्टर हो । बोक्न पनि सजिलो अनि चाहिएको साइजमा हेर्न मिल्ने !

    Reply
  3. किशोर अधिकारी says:
    July 17, 2014 at 10:47 pm

    लाै बल्ल थोरै राम्रो कुरा सुन्न पाइयो।

    Reply
  4. bishal shrestha says:
    July 16, 2014 at 2:43 pm

    दुइ हजार खल्ती मा राख्दे पछि के को इन्च न सिंच

    Reply
  5. prem katwal says:
    July 16, 2014 at 3:08 am

    good new for us

    Reply
  6. Avshesh says:
    July 15, 2014 at 12:35 pm

    UN मा काम गरि आफ्नो देश फर्केको ले चाही कति तिर्नु पर्ने हो. त्यो पनि प्रस्ट पारे देखि हुन्थियो.

    Reply
    1. शिवानि पन्त says:
      July 18, 2014 at 6:40 pm

      UN मा काम गर्नु भनेको पनि वैदेशिक रोजगारनै हो भैया ।

      Reply
  7. Mahesh says:
    July 15, 2014 at 9:53 am

    विदेश बाट कत्रो टी. भी. ल्याउन पाइन्छ भन्नेमा अल्झेर बस्छ सरकार, सक्ने नेपालीले ल्याएर हेर्छन, के को खासखास सरकारलाई | एउटा मात्र ल्याउन पाउनि भन्दे भै हाल्यो नी | एउटा संबिधान बनाओ भनेर पठाको बर्सौं भो केहि लछारपाटो लाको हैनन्, कत्रो टी. भी. ल्याउन पाउनि भन्नि चिन्ता | सब कानून फेरी जनतालाइ मात्र लग्नी त हो |

    Reply
  8. लौटन अवधि says:
    July 15, 2014 at 9:21 am

    कानुन को लुप होल मा खेलेर विदेश बाट तस्कर हरु ले हरेक यात्रु संग एउटा एउटा मोबाइल – कम्प्युटर – सुन आदि पठाई रहेका हुन्छन ! हामि आफ्नो इमान बेचेर, उनीहरु को समान बोकेर, राष्ट्र लाइ धोका दिएर मात्र केहि सय को लागि आफै ले आफै लाइ बेची रहेका हुञ्छोउ !

    त्यो घटना को याद आइ रहन्छ :

    आज भन्दा १२-१३ वर्ष अगाडी एउटा दाई मलेसिया काम गर्न गएको थियो ! २ वर्ष सम्म काम गर्यो खोइ कति कमायो थाहा भएन काठमाडौँ मा उस को परिवार डेरा लिएर बसेको थियो ! फर्किने बेला टि. भी. किनेर ल्याको थियो ! त्यो बेला कम्ता लफडा भएन भन्सार मा ! बिचरा राजस्व कि हाजस्व(हजम हुने पैसा ) तिरेर बल्ल बल्ल एयरपोर्ट बाट बाहिर निस्केको थियो ! चिनजान को हुना ले हामि नि गएका थियोउ उस लाइ रिसिभ गर्न ! टि भी त बडेमान को थियो ! अहिले को जस्तो एल सी डी होइन ! ट्याक्सी को माथि राखेको थियो ! बाधेको नबाधेको ख्याल गरिएन ! नेपाल बंध को दिन थियो ! ट्याक्सी वाला ले भित्रि गल्लि बाट छिराउदै गन्तब्य तिर लगिरहेको बेला कुन चाही बंधकर्ता ले इटा टुक्रो बजार्यो !ट्याक्सी वाल त्यो बचाउन खोज्दा ल्याएको टि भी हुत्तियो ! टिभी बाटो मा बजारियो ! घर पुगेर खोलेर हेर्दा दाया पट्टि को माथि को स्क्रिन चर्किएको थियो !
    दाइ टाउको छामेर बसे ! त्यो बेला मै २८ कि ३० हजार परेको भन्थ्ये ! यो तथ्य र मेरो भनाइ को मतलब के हो भने नेपाल मै टि भी जस्तो भन्यो त्येस्तै पाइन्क्ष ! होम डेलिभरी, जडान देखि लिएर १ – २ वर्ष को ग्यारेन्टी वारेन्टी समेत पाइन्क्ष ! बिग्रे मा केहि भएमा सल्लाह सुझाब पाइन्छ ! भने बिदेस बाट विभिन्न रिस्क मा किन घाडो बोकेर जाने ? विदेश कमाउन गएका दाजु भाइ हरु ले केहि पैसा सस्तो को लोभ मा टि भी किनेर ल्याउलान – तर दुबई मा दिएको वारेन्टी कार्ड ले नेपाल मा के गर्ने ? ल्याउदा कि लगेज मा ल्याउनु पर्यो कि कार्गो गर्नु पर्यो लगेज मा ल्याउदा टुट्ने फुट्ने डर हुन्छ कार्गो गर्दा कार्गो सुल्क लाग्छ, त्येहा नि टुट फुट भएमा इन्स्योरेन्स गर्या भे मात्रै क्लेम गर्न पाइन्छ ! त्येही पैसा मा बरु नेपाल मै खरिद गरेर ढुक्क संग टि भी हेर्दा, देश लाइ राजस्व को फाइदा हुन्छ, केहि भाईबहिनि ले रोजगारी पाइरहेका हुन्छन ! बिग्रे भत्के मा वारेन्टी या ग्यारेन्टी को फाइदा पाइरहने हुन्छ !

    Reply
  9. राम चन्द्र says:
    July 15, 2014 at 9:10 am

    बिदेसमा रगत पसिना चुहाई काम गर्ने लाइ ३२” सम्म को टि भी मा भन्सार छुट ….. कर्मचारी लाइ भने ब्रम्ह लुट

    Reply
  10. devraj says:
    July 15, 2014 at 8:09 am

    I am here in qatar just for 5 months and i am going in vacation to nepal..and If I want to take 30″ LED then what is the Tax?

    Reply
    1. Ramesh Shrestha says:
      July 15, 2014 at 8:59 pm

      Mr Smartypants, your tax will be 30×300-150+(50×1500) squared. you do the math now!

      Reply
  11. rosi says:
    July 15, 2014 at 7:57 am

    यो इन्ची हेरेर भन्सार लागउने ३० बर्से पुरानो नीति हटाउनु पर्यो,

    Reply
  12. तेज प्रसाद अधिकारी says:
    July 15, 2014 at 7:36 am

    पहिले ३० इन्च छुट दिएको थियो तर ३० इन्च को टि वि नै पाइन्न थियो सो मानिस हरु २४ इन्च को टि वि भन्सार महसुल न तिरी लिएर गए, के उनीहरुले अब ३२ इन्च को टि वि भन्सार महसुल नतिरी ल्याउन पाउछन त ? यदि पाउन्नन भने त उनीहरु माथि अन्याय भएन र ? उमेश जी कृपया यो पनि जानकारी गराई दिनु भए आभारी हुने थियौ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme