Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जर्मनीले उचालेको विश्वकपमुनि के छ, देख्नुभाछ ?

Posted on July 14, 2014July 15, 2014 by Salokya

GER_DT अर्जेन्टिनालाई हराउँदै जर्मनीले आज बिहान यसपालिको विश्वकप उचाल्यो। विपक्षी समर्थकलाई छेउ नपर्न धम्की दिनसमेत पछि नपर्ने नेपालमा रहेका अर्जेन्टिनी फ्यानहरुलाई निराश पार्दै अतिरिक्त समय सकिनै लाग्दा युवा खेलाडी गोत्जेले गरेको एकमात्र गोल खेलमा निर्णायक रह्यो।

अब चार वर्षसम्म जर्मनी विश्व फुटबलको सम्राटका रुपमा चिनिनेछ।

जर्मनीले विश्वकप जितेको यो चौथो पटक हो।

चार वर्षपछि सन् २०१८ मा रुसमा हुने विश्वकप खेल्दा जर्मनीको जर्सीमा चार वटा तारा हुनेछ।

विभिन्न मिडियामा तपाईँले विश्वकप देख्नुभा होला। यसको मुनि चाहिँ के छ, देख्नुभा’छ ?

WorldCup Buttom
यसमा खोपिएका अक्षरहरु विश्वकप भएको वर्ष र ट्रफी जित्ने देशहरुको नाम हो। यसमा तीन वटा जर्मनी (Deutschland) को नाम हुने भो। खासमा तीन पटक प्रतियोगिता जितेपछि ट्रफी पच गर्न पाउनु पर्ने हो, तर आयोजक फिफाले बनाएको नयाँ नियम अनुसार यसो गर्न जर्मनीलाई दिइने छैन।

यो ट्रफी बन्नुअघि अर्थात् १९३० देखि १९७० सम्म जुल्स रिमेट ट्रफी दिइन्थ्यो विश्वकप जित्नेलाई। १९७० मा तेस्रो पटक उपाधि जितेपछि ब्राजिलले ट्रफी पच पार्‍यो (अर्थात् स्थायी रुपमा आफूसितै राख्ने अनुमति पायो)। तर अहिले ब्राजिलसँग ट्रफी छैन। सन् १९८३ मा चोरी भएको यो ट्रफी अझैसम्म भेटिएको छैन। चोरहरुले सुन गालेर बेचेको अनुमान छ।

ब्राजिलले पच पारेपछि यो नयाँ ट्रफी बनाइएको हो। १८ क्यारेटको (७५% सुन भएको) यो ट्रफी ६ किलोको छ। यो ट्रफी जसले जतिसुकै जिते पनि स्थायी रुपमा राख्न नपाउने नियम फिफाले बनाएको छ। जित्ने देशको नाम भने ट्रफीमुनि खोपिनेछ। जर्मनीले यो कप अर्को प्रतियोगिता नभएसम्म राख्न पाउनेछ। त्यसपछि यसको नक्कल जर्मनीले पाउनेछ।

fifa
यो विश्वकप छुने सौभाग्य पाउने एक मात्र नेपाली हुन्- राष्ट्रपति रामवरण यादव। फिफाको साइटमा राखिएको जानकारी अनुसार विश्वकप ८९ देशमा डुलाउने क्रममा गत वर्ष काठमाडौँ आइपुगेको थियो। फिफाको नियम अनुसार राष्ट्रप्रमुखको जस्तो सुरक्षा यो ट्रफीलाई दिनुपर्ने थियो। अनि छुन पनि राष्ट्रप्रमुखले मात्रै पाउँथे।

11 thoughts on “जर्मनीले उचालेको विश्वकपमुनि के छ, देख्नुभाछ ?”

  1. KRIS says:
    July 16, 2014 at 3:51 pm

    कसले छुन पायो भन्ने कुरा ठुलो होइन तर यो पाली को लागि यसको असली हकदार जर्मनी हो .

    Reply
  2. lok sigdel says:
    July 16, 2014 at 1:18 pm

    उहा नेपालको रास्ट्रपति भएको हुनाले छुनु भयो त्यो छुवाई भित्र हाम्रो नि हिस्सा लुकेको छ सबै नेपालीले पालै पालो छुन सम्भव पनि थिएन एस लाइ हामि ले नै छोए सरह मान्दा कस्तो होला …..?

    Reply
  3. suzee says:
    July 16, 2014 at 1:05 pm

    ओरिजिनल ट्रफी चाही switzerland फिर्ता लगेर राखिन्छ, जित्ने देश ले रेप्लिका ट्रफी आफ्नो देश मा ल्याऊछन् !

    Reply
  4. बाबु says:
    July 15, 2014 at 6:20 am

    ट्रफी नेपाल आइपुगेको मिति मिलेन कि ? २१ डिसेम्बर २०१३ शनिबार हुनु पर्ने हैनर?

    Reply
  5. सिर्जने says:
    July 14, 2014 at 10:19 pm

    हुनत आशयले यो बुझियो “रामबरण यादव बाहेक अरु कुनै नेपालीले यो कप छुन पाएका छैनन्”
    तर बाक्य अलि अप्ठ्यारो भा’को ले बुझ्न गारो भो,
    छुने सौभाग्य पाउने “एक मात्र नेपाली” राष्ट्रपति रामवरण यादव
    हो कि
    छुने सौभाग्य पाउने एक मात्र “नेपाली राष्ट्रपति” रामवरण यादव हो?
    हुनत एक मात्र नेपाली रास्ट्रपति रामबरण यादव हुन् अहिले सम्म, तर दुइतै अर्थ मिल्ने हुनाले ……

    Reply
  6. Alikhit says:
    July 14, 2014 at 10:19 pm

    त्यो पिधको गोलो चक्का मा मुस्किलले अरु ५ वटा प्रतियोगीताको बिजयी देशहरुको नाम अट्छ होला | त्यस पछि को अर्थात् अबको चौबिस बर्ष पछिको बिजयी देशको नाम कहा खोप्ने होला हौ ?

    Reply
    1. सौर्य says:
      July 15, 2014 at 3:00 am

      अब अर्को ४ वटा विश्वकप पछि स्वर्ण जयन्ती हुन्छ | त्यसपछि नयाँ कप बनाउने रे फिफाले |

      Reply
    2. sabi says:
      July 15, 2014 at 6:40 am

      गोलो चक्का मा screws छन् नि साथी. ति screws निकालेर अर्को चक्का हाल्ने.

      Reply
  7. Shankar says:
    July 14, 2014 at 10:15 pm

    रामबरण ले ठुलै भाग्य लिएर आएछ , रास्ट्रपति पनि हुन् पायो , ट्रफी पनि छुन पायो |
    ”दाने दाने पे लिखा होताहे खानेवालो का नाम ”

    गिरिजा र भित्ते रास्ट्रपति (?) हेरेको हेरेइ |

    Reply
    1. saroj says:
      July 15, 2014 at 5:09 am

      के को दाने र खाने trophy trophy मे होताहे छुनेवालो का नाम भन्नुस न कसो

      Reply
      1. Shankar says:
        July 15, 2014 at 12:02 pm

        हुन् त् हुन्थ्यो ‘सारंग कराउनु र बाजा बजाउनु ‘ मा फरक छ भन्छन अनि |

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme