आज असार २९। आदिकवि भानुभक्तको जन्मदिवस। फूलमाला चढाउनेसहितका पुरातन पाराले उनको जन्मदिवस मनाइँदै गर्दा शिरिष विक्रम थापाले भने एउटा नौलो उपहार पस्केका छन्। नयाँ पुस्ताले भानुभक्तलाई बिर्सँदै गएको बेला १०० वर्ष पुरानो उनको कविता ‘रक’ संगीतमा भरिएर गुनगुनाइराखौँ पाराको बनेको छ। त्यही गीतको म्युजिक भिडियो आज माइसंसारमार्फत् पहिलो पटक वेब प्रिमियर हुँदैछ। भिडियो हेर्न भित्र आउनु होला।
आदिकवि भानुभक्त आचार्यले लेखेको गीतको बोल यस्तो छ-
बिन्ती
डिठ्ठा बिचारीसित
म कति गरुँ
चुप रहन्छन् नबोली
बोल्छन् त ख्याल गर्या झैँ
अनि पछि दिन दिन
भन्दछन् भोलि भोलि
कि त सक्तिनँ भन्नु
कि तब छिनिदिनु
क्यान भन्छन् यी भोलि
भोलि भोलि हुँदैमा सब घर बितिगयो
बक्सियोस् आज झोलि
बीबीसी मिडिया एक्सनले गएको वर्ष कविता कन्सर्ट नामको कार्यक्रम गरेको थियो। यसै क्रममा शिरिषले नेपाली चर्चित कविताहरूलाई गीतको रूप दिएका थिए। त्यही बेला भानुभक्तको यो कवितासँगसँगै भुपि शेरचनको ‘मेरो चोक…’ नामक कवितामा पनि उनले संगीत भरेर ‘कविता कन्सर्ट’ मा प्रस्तुत गरेका थिए।
शिल्पी थियटरका कलाकारहरूद्वारा अभिनित यो भिडियो लुनिभा तुलाधरको परिकल्पना र निर्देशनमा तयार भएको हो। यस भिडियोलाई क्यामेरापर्सन प्रमोद कार्कीले खिचेका छन्।
सय वर्ष भन्दा अघि लेखिएको यो कविता नेपालको सन्दर्भमा ऐले पनि उत्तिकै सान्दर्भिक भएका कारण यसलाई गीतको रूप दिएर छायांकन गरिएको हो।
बीबीसी नेपाली सेवामा हाल प्राविधिक पदमा कार्यरत थापाले यस अघि सन् २०१० को अन्त्यमा C’RIS नामक म्युजिक एल्बम पनि बजारमा ल्याइसकेका छन्।
१०० वर्षअघिको कवितामा बनेको यो गीत, म्युजिक भिडियो कस्तो लाग्यो ? कमेन्ट तल लेख्नुहोला है।
पुरानो चिज को जगेर्ना गर्नु ठिकै हो, छन्द मा नै गर्ने त कुरै भएन आजकाल का नानी बाबु हरु ले, नयाँ शैली ल्याउनु ठिकै हो जे होस्… तर video चाही शिशिर बस्थाकोठी ज्यु ले भन्नु भए झैँ अर्थ न बर्थ गोबिन्द गाइ, टाउकाको औषधि नितम्ब मा लाइ भन्या जस्तो भो…
भानु भक्त को पालाको अदालत-प्रसासन र अहिलेको अदालत-प्रसासन जस्ताको तस्तै छ ! घुसखोरी , सामन्ती मानसिकता र चाकरिचाप्लुसी का हस्ती यी न्यायाधिश र कर्मचारीहरुको घिनलाग्दो चरित्र र घृणित व्यवहार कहिले सम्म सहने हामी सर्बसाधारण नेपालीले ?
स्वोर, म्युजिक दामी छ अनि शब्द त झन् पर्फेक्ट नै छ……… तर भिडियो त अलि भएन कि ?
सुपर मन पर्यो हो यो पुरानो गीत लाई नया रुपमा हेर्न पाउदा
गाएर , उठेर ,सुतेर ,दौडेर ,भारि बोक्दै , पहाड चड दै, हिमाल च ड दै , टाटा सुमो चाड दै जे जस्तो अबस्थामा भएपनि आज भानुभक्त लाइ सम्झियुंन| दार्जलिङ्ग ,सिक्किम तिर सबै ले श्रद्दा पुर्बक भानु जयन्ति मनाउछन हाम्रो मा अलि फरक छ |
आज गाइने गीत हरु अथवा भनौ मास्टर मित्र सेन आउनु पुर्ब भाका हालेर सिलक गाइन्थे |
तेस्मा भानु आएपछि उनले भासा मा लेखेको रामायण ले बहुत चर्चा पायो | बिसेस मोति राम ले भानुभक्त लाइ अझ चर्चित बनाए भनिन्छ |
साँचै गजबको video तयार भएछ,नेपाली पनलाइ सरल तरिकाले प्रस्तुत गरिएको यो video मा लुनिवा जी को तारिफ नगरी रहन सकिन्न, teen age को बेलाको जुन प्रभाब catmandu ले दिएको थियो तेस्तै नया नया रचना हरु पस्कनु भएकोमा धन्यबाद !
केटाको कमी भएर होलाकी आइमाई ले जुँगा टासेर डिठा बन्नु परेको .. कन्सरीका रौ ठाडा हुने भन्या
कविता को मर्म र छायांकन आकाश जमिन को फरक छ ! डिठ्ठा बिचारी भनेका अहिलेका न्यायाधिश भनेको जस्तै हो video मा त जिम्माल मुखिया देखाइएको छ ! अनि भानु भक्त ऋण
माग्न गएका होइनन न्याय माग्न गएका हुन् ! अन्तिममा बक्सियोश आज झोली भनेको पैसाको झोली माग्न गएको होइन ! अदालत ( डिठ्ठा- बोचारिकोमा ) मा जाँदा जाँदा मेरो धन सम्पति सकियो अब जोगी जस्तै भंए , मलाई झोला दिनोश म माग्न जान्छु भनेको हो!
संगीत भने ठिकै छ !
सही हो शिशिर जी, गीत मा देखाएको जस्तो ऋण माग्न जादा भोलि भोलि भनेको त पक्कै होइन जस्तो मलाई पनि लाग्छ | तपाईले भन्नु भएको जस्तै डिठ्ठासंग न्याय माग्न जादा वा कुनै सरकारी काम गर्न/गराउन जादा घुस नदिएर वा गर्न मन नलागेर भोलि भोलि भनेको चाहि पक्कै हो | भिज्युलाइजेशनले गर्दा गीतको मर्म नै मर्यो |
शिशिर र अलिखित जी,
मैले पढेको अनुसार भानुभक्तलाइ उनका बुबा जिम्मावाल भा’को हुनाले पैसाको हिसाबकिताब नमिलेर बुबाको शेखपछी झ्यालखानामा थुनेको थियो रे तत्कालिन प्रशासनले / त्यहि सिलसिलामा मुद्दा चाडै टुंगो लगाउन अनुरोध गर्दै यो कविता लेखेको हुनुपर्छ उनले / अर्को पनि छ नि झ्यालखानामा बस्ताखेरको “लामखुट्टेहरु गाउछन ति उपिया नाच्छन म हेर्छु बसी ……..” भन्ने
यहाँ रैछ:
http://sanjaal.com/nepalipoems/79/poem-bhanu-bhakta-acharya/bhanubhakta-acharya-ek-man-chitta-lagai-chakari-garya/
माथिको कविता मै रै’छ नि “लामखुट्टे, उपिया….” पनि, यो पढेपछि चै पक्कै जेलमै लेखेको हो जस्तो लाग्यो –
एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन्
इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ
नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ
चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन्
भन्दछन् भोलि भोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू
क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो
बक्सियोस् आज झोली