Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले जित्ला कप – अर्जेन्टिना कि जर्मनी? केही (कू)तर्क

Posted on July 12, 2014July 14, 2014 by Salokya

final111
विश्वकप फाइनल आइतबार मध्यरातपछि हुँदैछ। फ्यानहरु अन्धभक्त हुन्छन्, हारे पनि जिते पनि, जस्तो खेले पनि उनीहरु एउटै टिमको पक्षमा हुन्छन् र अर्को टिमको विपक्षमा। खेललाई खेलकै रुपमा हेर्दै विश्लेषण गर्ने दर्शक पनि हुन्छन्। अनि हुन्छन् केही हचुवा, केही तर्कपूर्ण, केही अनौठा भविष्यवाणी पनि। एक महिनासम्म चल्ने यो विश्वकप मेलाको रमाइलो यही नै त हो। नेपालमा पनि अन्धभक्त फ्यानहरु धेरै छन्। कुनै टिमलाई समर्थन गर्नुपछाडिका उनीहरु तर्क र कूतर्क धेरै हुन्छन्। सुनेका केही (कू)तर्कको संगालो यहाँभित्र छ। (कू) तर्क भन्नुको अर्थात् (कू)लाई ब्राकेटभित्र राख्नुको कारण के हो भने कसैलाई यो तर्क लाग्न सक्छ, कसैलाई कूतर्क।
arg

अर्जेन्टिनाको पक्षमा

      messi

    • अर्जेन्टिनाको टिममा मेस्सी छ। मेस्सी फुटबलको भगवान हो। भगवानले नजितेर राक्षसले जित्छन्?
    • अहिलेसम्म अमेरिका महादेशमा भएको विश्वकप युरोपेली टिमले जितेको छैन। त्यसैले अर्जेन्टिनाले नै जित्छ।
    • maradona

    • मैले विश्वकप हेर्दा म्याराडोना खेल्थे, म त्यतिबेलादेखि अर्जेन्टिना मन पराउँथेँ, त्यसैले म्याराडोनाकै देशले जित्नुपर्छ।
    • अर्जेन्टिनाको आकाशे र सेतो धर्के जर्सी राम्रो छ, त्यसैले अर्जेन्टिनाले नै जित्नुपर्छ।
    • basanta

    • अर्जेन्टिनाको टिममा एउटा पुरेत बाजेजस्तो टुप्पी भएका खेलाडी र एउटा वसन्त नामको नेपाली झैँ सुनिने खेलाडी छ, त्यसैले अर्जेन्टिनाले नै जित्नुपर्छ।
    • che

    • अर्जेन्टिना चे ग्वेभारा जन्मिएको देश हो, त्यसैले अर्जेन्टिनाले नै जित्नुपर्छ।

kaag

  • कागले अर्जेन्टिना जित्छ भनेको छ, त्यही भएर अर्जेन्टिनाले जित्छ। (न्यु क्यालेडोनियाका स्मार्ट कागहरुसँग अहिले अकल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले रिसर्च गर्दैछ। सेमिफाइनलको रिजल्ट मिलाएछन् रे)

अर्जेन्टिनाको विपक्षमा

  • अर्जेन्टिनाबारे फेसबुकमा यस्तो कुरा भाइरल बनेको छ, त्यसैले अर्जेन्टिनाले जित्नु हुँदैन
  • facebook_viral

  • अर्जेन्टिना समूह एफमा परेको छ, समूह एफमा परेको टिमले अहिलेसम्म विश्वकप जितेको इतिहास छैन।
  • ger

    जर्मनीको पक्षमा

    brazil-bijog

      • ब्राजिलको बिजोग हेर्नुभएन ? अझै केही भनिरहनु पर्छ ?
      • जर्मनी यो विश्वकपमा सबैभन्दा सशक्त र टिम भावना भएको टिम हो, अर्जेन्टिना जस्तो एउटा खेलाडीमा धेरै भर परेको टिम होइन।
      • आयोजक राष्ट्रलाई बिजोग पाराले हराएको जर्मनीभन्दा एक दिन कम आराम पाएको अर्जेन्टिना, त्यो पनि नेदरल्यान्ड्ससँग १२० मिनेट खेलेर पनि गोल नभएर पेनाल्टीमा जितेको हुनाले जर्मनीले जित्छ।
      • marx

      • कार्ल मार्क्स जन्मेको देश भएर जर्मनीले जित्नुपर्छ।
      • gtz

      • जर्मनीले नेपालमा धेरै सहयोग गरेको छ, त्यही भएर त्यसैको समर्थन गर्नुपर्छ।

    cortana-predicts-germany-vs-argentina-results-2014-fifa-world-cup-final

    • १४ वटा खेलका भविष्यवाणी ठ्याम्मै मिलाउने माइक्रोसफ्टको कोर्टानाले जर्मनीले जित्छ भनेको छ, त्यसैले जर्मनीले जित्छ।

    जर्मनीको विपक्षमा

      hitler

    • जर्मनी हिटलर र नाजीको देश हो, त्यही भएर हार्नुपर्छ।
    • अमेरिकामा भएको विश्वकप किन युरोपेलीलाई लान दिने, त्यही भएर जर्मनी हार्नुपर्छ।
    • त्यो जर्मनीले हाम्रो ब्राजिलको बेइज्जत गरेको थियो, त्यही भएर जर्मनी हार्नुपर्छ।

    [तपाईँसित पनि यस्ता तर्क, कूतर्क छन् भने तल कमेन्टमा लेख्नुस् है।]

    42 thoughts on “कसले जित्ला कप – अर्जेन्टिना कि जर्मनी? केही (कू)तर्क”

    1. shyam says:
      July 14, 2014 at 3:55 pm

      By the time I write this comment the result is out. Germans have lifted the cup. This is another record that the European Nation won the World Cup in the Americas for the first time just like the conquistadores conquerred the Americas 520 years ago!!! Don’t mess with the Germans. The United Germany is far more powerfull in any aspects compared with any other European nations only they don’t have Atomic Bombs. The aniti-colonialist Indians should be thankful to Hitler who played main role to eject the British-Colonialists out of Indian Sub-continent earlier than expected. The British only exploited Nepal by sucking out Nepalese blood, tears and sweat to fight for them to colonise, enslave and exploit others all over the world even in Argentina. Why? I

      Reply
    2. rewita says:
      July 14, 2014 at 12:18 pm

      यो लेख सारै ज्ञानबर्द्धक ,रोचक र मनोरंजन्मुलक लाग्यो / म युरोपको नेदरल्यान्ड्समा प्रवासी नेपाली अनि भौगोलिक हिसाबले मेरो छिमेकी र नजिकको नाता जर्मनसग अनि यस लेखको बुदाहरुमा घोत्लिदा मलाई जर्मनको लागि समर्थन गर्न प्रेरित गर्यो / यस लेखले मलाई अन्तर्दृष्टि प्रदान गर्यो / मेस्सिको लागि भने म सकारात्मक नै छु / त्यसैले म साच्चै तपाइको प्रशंसक हुँ सालोक्यजि/

      Reply
    3. B R Thapa says:
      July 13, 2014 at 8:28 pm

      ममा घोडी मेरो ही ..ही ..,भनेको यही हो | यहाँ तर्क बितर्क ” कु ” तर्क गर्नु को कुनै सार्थकता छैन | आफ्नो देशको खेलाडीले खेलेको हो भने यस सम्बन्धमा ठुलो अर्थ रहन्छ ,कुनै दुबिधा छैन | आफ्नो देश र आफ्नो निकटतम नभैसकेपछि मानव प्राणी ले निस्वार्थ रुपमा खेलमैदान मा उत्रेका खेलाडी हरु मध्ये कुन टिम ले राम्रो खेल प्रदर्शन गर्न सक्छ तेसैले जितोष भन्ने भवना राख्दा कुनै टिम को हार जित ले उसको मस्तिष्कमा तनाव उब्जन पाउदैन र कसैको हार जित मा उसले सहज लिन सक्छ | हो ! कुनै पनि खेलमा पक्ष्य विपक्ष्य भयन वा नलिने हो भने खेल हेर्न तेती रमाइलो ,उत्तेजित वा मनमोहक त हुदैन | तर पनि खेलमा बाजी राख्नु वा टिम मा कुनै टिम प्रति ” फोब्यजिम ” हुनु राम्रो हैन | यो पनि एक किसिमको रोग हो | तेस्ले उब्जाउने तत्कालिन बेहोस त क कारण कसै कसैको तत्कालै ज्यान सद्मेत जान्छ ,जुनकुरा सुनसरी को घटनाले देखिसकेको छ |

      Reply
    4. c_pant says:
      July 13, 2014 at 6:13 pm

      जर्मनी ४ -१ अर्जेन्टिना ! ६,७ गोल हुने सम्भावना छैन किनकि अर्जेन्टिनाका खेलाडीहरु ब्राजिलका भन्दा छिटो दौडिन सक्छन !

      Reply
    5. bishnu pd subedi says:
      July 13, 2014 at 1:03 pm

      अर्जेन्टिना संग मेसि होस् वा जर्मनी संग मुलर…………आखिर फुटबलमा राम्रो खेलेर मात्र हुँदैन जित्न लाई गोल हान्नै पर्छ, गोल हान्न नसक्नेले हार्नु पर्छ ! अहिले सम्मको खेल हेर्दा जर्मनी ले सबै खेलमा राम्रो गोल गरेको छ……………….तेसैले येसपालीको विश्व कप जर्मनी ले जित्छ !

      Reply
    6. Mohan Subba says:
      July 13, 2014 at 12:36 pm

      मेरो आत्माले अर्जेन्टिनाले जितेको चाहनछ तर मेरो दिमागले भनछ जर्मनी ले जित्छ …..खोइ के खोइ के ?

      Reply
    7. KRIS says:
      July 13, 2014 at 11:29 am

      कसले जित्छ भनेर यसरि तर्क गर्नु भन्दा बरु गेम हेरेर गेम को मज्जा लिनुस हजुर . किनकि गेम मा जित र हर त हुन्छा नै आज एक आर्क को बिरुद्ध मा खेलेका खेलाडी हरु भोलि देखि क्लब मा एउतै टिम बाट खेल्छन अनि हामी चाही यहाँ लडेर बस्छौ. एक आर्का लै दुस्मन झैँ ठान्छौ. बाटो मा एक आर्का लाई कु दृस्टी ले हेरेर के फाइदा .आफै सोचौ के हामी सहि गर्दै छौ त . सपोर्ट गरौ मन पर्ने टिम को तर एक आर्का संग रिस को भावना चाही नाराखौ नेपाल आमा ले सबै लै सद बुद्धि प्रदान गरुन जय नेपाल.

      Reply
    8. khemraj dahal says:
      July 13, 2014 at 10:09 am

      ब्राजिललाई जर्मनीले जित्दा रमाउने म एक्लै थिएँ अरु सब निरास । जर्मनीले जित्नु पर्छ, नत्र हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ । हारे पनि म जर्मन कै पक्षमा । जर्मनले नेपाललाई सपाेर्ट गर्छ भने नेपालले पनि जर्मनको सपोर्ट गर्नु पर्छ ।

      Reply
    9. तेज प्रसाद अधिकारी says:
      July 13, 2014 at 6:12 am

      मा मेस्सिको फ्यान हुँ तर मलाई बिश्वास छ फाइनल जर्मनी ले नै जित्छ…

      Reply
    10. shailen says:
      July 13, 2014 at 5:54 am

      कसले जित्छ भन्नु? मलाई त् जहिले निन्द्राले जित्छ 😀 भोलि पल्ट फेसबुकमा कसकसले प्रोफाइल पिक्चर हटाए तेस्ले हार्यो भनेर थाहा भै हाल्छ.धन्न ब्राजिलले हारेर ७५% ब्रेकिङ्ग निउजहरु कम भयो. नत्र त जता हेरे पहेलो मात्र. जर्मनले ९ गॉल हान्ने सम्भावना छ रे ब्राजिल समर्थकहरु अर्जेन्टिनाले कम्तिमा ८ गॉल खाको पोस्ट गर्न आतुर छन् रे! गमे सके पछि फेबुकमा आउने स्टाटस अपडेट हेर्न हो. जसले जिते पनि हसाउनेहरु दुवै पटी छन् हसाउछन् बुढाहरुले खित खित खित 😀

      Reply
    11. Raju says:
      July 13, 2014 at 5:51 am

      It’s not the final many expected, but Germany definitely deserve to be there. They’ve been the best team in the tournament, and they’ve been positive in attacking teams with their 7-1 win over Brazil in the semi-finals. Not many teams would have been able to stop Germany in that sort of form. Germany will definitely be favourites for the World Cup now, but the real question will be whether they can break down Argentina’s defence. Argentina have scored 1 goal in 90 minutes in their past 3 games, drawing 0-0 with Switzerland, beating Belgium 1-0 and drawing 0-0 with Holland. Expect them to play another defensive game here against Germany and expect Argentina to try kill this game and stop the German attack getting anywhere near their penalty box. Argentina will have chances – they can always snatch a goal from a Messi free kick, and if Germany can hit Argentina quickly on the counter attack they may well have their chances to win this in 90 minutes too. We’re not expecting goals, but we think that Germany may just have the speed in their counter attack to catch Argentina out and win this 1-0. From past performances it wouldn’t be surprising if Argentina try to take this game all the way to penalties.

      Reply
    12. Shree Basanta says:
      July 13, 2014 at 1:56 am

      खेलमा बिशिस्टता, टिम वर्क र सबैको उत्तिनै मेहेनत छ जर्मनीको | अर्जेन्टिनाको खेलमा चुस्तीपन बढेको छ पछि आएर | तर जर्मनीलाई भ्याउने कला र ताकत छैन अर्जेन्टिना को | खेल राम्रो हुनुपर्छ | अर्जेन्टिनाले राम्रो खेलेर जित्छ भने पनि मन अंध्यारो हुनेछैन मेरो | आखिर खेल खेल्नै हो, कसैको हार र कसैको जित त हुन्छ नै |

      Reply
    13. Chris says:
      July 13, 2014 at 1:13 am

      I am sure many people will definitely go against my prediction which is Argentina. But at the same time German players are like knife sharp. Lets see what will happen with my prediction.

      Reply
    14. Ramanand says:
      July 12, 2014 at 11:16 pm

      खेल राम्रोहुनु पर्‍यो, आँखालाई मज आउनु परो , मन ले खोजेजस्तै खेल हुनु परो । सबै खेल हार र जीत को हुन्छ । कुनै एउटा तीम ले त हर्नै परो । त्यसैले म खेल को पक्छ मा ।

      Reply
    15. mahesh says:
      July 12, 2014 at 9:50 pm

      हुन त world cup अर्जेन्टिना वा जर्मन जसले जिते पनि मलाई केहि हुन्दैन. तर पनि कुनै एउटा देश को सपोर्ट गर्नु पर्दा कुनै आधार त चाहियो. नेपाल लाई कुन देश ले सहयोग गरेको छ ? नेपाल को लागि कुन देश ठिक हुञ्छ? नेपाल को बिकाश मा कुन देश को भूमिका हुञ्छ ? कुन देश नेपाल र नेपाली को हितमा छ ? यो सबै कुरा हेर्दा पक्कै पनि जर्मन लाई नै सपोर्ट गर्नु पर्ने रहेछ . तेसैले world cup जर्मन ले नै जितोस .

      Reply
    16. chatur rai says:
      July 12, 2014 at 9:28 pm

      म बिगतको वल्डकपमा फिगो, र रोनाल्डोलाई देखेर सधै पोर्चुगलको सपोर्ट गर्थे, जहिले पनि हार्ने टिमको पछि लाग्न छोडेर खेलशुरुहुन अगावैदेखि यसपाली जर्मनीलाई सपोर्ट गर्दै आएको छु, यसपाली जित्ने पनि जर्मनी नै हो |

      Reply
    17. rajbhanu says:
      July 12, 2014 at 8:49 pm

      यो पालको जस्तो पत्तुर फुटबल टोलि ब्राजिलको ईतिहासमै छैन |
      जर्मनी पक्कै पनि बलियो टोलि हो किनकि जर्मनीलाई कुनै एक खेलाडीमा भर पर्नु पर्दैन |
      ब्राजिललाई ७ गोल हान्ने टोलीले अमेरिका र घानासंग खेलेको खेल चाहिं बिर्सिनु भएन नि ! जर्मनीलै रोक्न उनीहरुलाई पहिलो २५ मिनेट गोल गर्न दिन हुदैन र अर्जेन्टिनाले नेदरल्याण्डलाई रोक्न सकेको देखेर उनीहरुमा त्यो क्षमता छ जस्तो लग्छ | जर्मनी त्यसपछि आफैं बहुलाउँछन् | २०१० मा खाएको ४ गोल बाट पनि केहि सीख र रणनीति पक्कै होला अर्जेन्टिनाको टोलीसंग |
      अर्जेन्टिनाको टोलि मा केहि कसैले भेटेका छैनन्, आस पनि गरेका छैनन् र नेपाली उखान “नपत्त्याउने खोला ले बगाउँछ” भने जस्तै यो पाल विश्वकप अर्जेन्टिनाकै हो |
      चेतना भया |

      Reply
    18. Mahendra says:
      July 12, 2014 at 8:27 pm

      फेसबुकमा आज भेटिएको तर्क

      “तपाइंको छोरा छोरीहरु अर्जेन्टिनाको सपोर्टर छन् भने:
      फाइनलको दिन डोरी, चक्कु, मुसा मार्ने विष आदि, लुकाएर राख्नु होला, सुइसाइडको प्रबल सम्भावना छ…..”

      Reply
    19. Shankar says:
      July 12, 2014 at 7:42 pm

      म चै ब्राउन फेस भएको ले अर्जेन्टिना ले नै जितोस भन्छु | युरोप ,अमेरिका तिर फ़्याउरि ,र फ़्याउरा हरुले ले ”ब्राउन फेस नो ब्रेन ”भन्ने गर्छन | कोइ कोइ ब्राउन फेस भन्ना साथ् लादेन को भतिजा सम्झने पनि छन् | ते सैले उनीहरुलाई हामि जस्ता अनुहार को ब्रेक जरुरि छ |
      अनि सहयोग को जुन कुरा छ त्यो निस्वार्थ सहयोग किमार्थ हैन | हाम्रो देश मा गाउ गाउमा भ्याक्सिन को पहिलो प्रयोग गर्न ( जस्तो कि तीनमहिने सुइ ), येन जी वो को नाउमा बिभिन्न गलत क्रिया कालाप मचाउने आदि सोच्दै जादा धेरै कुरा निसक्न्छां |

      मागेर को धनि भएको छ ? हड्डी फाल्दियो , दंग पर्यो यो हाम्रो स्वाभाब पनि त् हैन |

      तेसैले भाइ बन्धु हरु , ”गोरा जति राम्रा , राम्रा जति सबै हाम्रा ” ( उनीहरुले हेपे पनि )
      यो सब कुराले कुनै साइनो र नाता न भएको अर्जेन्टिना को समर्थन गर्छु म |

      Reply
    20. pradeep says:
      July 12, 2014 at 6:19 pm

      “जो जिता वाहि सिकन्दर” , जसले जिते पनि फरक छैन , तर खेल झुर भयो भने हामीहरु (दर्सक) ले हरछौ |

      Reply
    21. गगने says:
      July 12, 2014 at 6:13 pm

      हुन त् खेल हो अनाशातित नतिजा आउनसक्ने कुरा सदा सम्भावना रहन्छ तर पनि कुरो त गर्ने परोक्यारे!
      खेलमा सदा समर्थन र हौसला दिने पक्ष र विपक्ष भन्नेकुरा हुन्छ जहा प्रतिस्पर्धाको कुरा रहन्छ अब जहासम्म बिश्वोकपको कुरा छ यसमा दिने र गर्ने समर्थनले सो खेल र खेलाडिको लागि हौसला भन्ने कुरा तेती रहदैन किनकि यो अन्तरदेशी अन्तरास्ट्रिए खेल हुदा सोहि देशका जनताले दिने समर्थनले जत्ति अरु हामीले दिएको समर्थनले वा पक्षले खेलाडीलाई हौसला दिने तेस्तो केहि गर्छ भन्नेकुरामा मा सहमत छैन!
      समर्थन गर्ने कुरा विभिन्न परिस्थिति र कुराले निर्धारण गर्दछ!
      राम्रो खेल र खेलाडि लाई समर्थन गर्ने भन्नेकुरा पनि एउटा बात त हो तर समर्थन गर्ने कुरामा राम्रो खेल र खेलाडि भन्दा पनि अरुकुरा ले बढी निर्धारण गर्दछ अझै दुवै टिम वा खेलाडि बराबरीको हैसिएतमा छ भने त् झनै बात अलग!
      तेसैले यहा मा जर्मनीको समर्थन गर्दछु र जर्मनीले जितेको जित लाइ आफ्नो जित जसरि मान्दछु! किनकि हामि जर्मनीको जत्ति नजिक छौ अर्जेन्टिना संग तेत्तिनै टाडा!
      जर्मनीले जितेको जस्तो अर्जेन्टिनाको जित हामीसंग कुनै हालतमा हुने छैन!
      फेरी जर्मनी अर्जेन्टिना भन्दा शशक्त टिम पनि हो बिश्वोकपको इतिहाशमा अर्जेन्टिनाको भन्दा जर्मनीको खेल र इतिहाश उत्क्रिस्ट छ जस्तो मलाइ लाग्दछ!
      जहिले पनि अर्जेन्टिनाको जितमा उसको भाग्य र अझै उसको भाग्य भन्दापनि उसंग प्रतिस्पर्धा गर्ने विपक्षीको दुर्भाग्य बढी भुमिकादायक हुन्छ, छलकपट बढी हुन्छ!
      साथीले फुटबललाई भलिबल जसरि सात हानेर गोल गर्छ र ‘त्यो भगवानको हात थियो’ भन्दिन्छ मतलब भाग्य थियो!
      जर्मन बिशुद्द खेल्छ पुर्ण खेल्छ आफ्नो बुतामा खेल्छ!
      तेसैले जर्मनको समर्थन गर्दछु र भन्दछु जर्मनीले जित्नु पर्छ तेसैले यसपाली जर्मनी ले नै जित्दछ!
      जर्मनी र अर्जेन्टिना,
      कहाको राजा राम कता गाडें भडारि!

      Reply
    22. ram chandra gnyawali says:
      July 12, 2014 at 5:49 pm

      झिगा ले सरापेर डीगा मर्दैन भन्छन नि मित्र हरुहो त्यस्तै हो जसलाई जसको सपोर्ट गर्नु छ गर्नुहोस तर त्यही कुरा लाइ आफ्नो मान पर्तिस्ठा को बिसय नबनाउनुहोला नत्र फेरी भोलि को समाचार पत्र मा मेसि ,मुरार संगै तपाइको पनि फोटो औलानी उनि हरु खेल्ने जीवित तपाइँ हेर्ने चाहि …….????????

      Reply
    23. dev says:
      July 12, 2014 at 5:26 pm

      अर्जेन्टिना विरुद्धका (कु)तर्कहरु :

      १. अर्जेन्टिनाले आजसम्म विश्वकपमा खाएको गोलहरू मध्ये जर्मनीसंग जति धेरै गोल अरु कुनै देशसंग खाएको छैन |
      २. अर्जेन्टिनाले चालु विश्वकपमा knock out चरणमा प्रवेश गरेपछि निर्धारित ९० मिनेट भित्र गोल गरेर कुनै पनि देशलाइ जितेको छैन ( Switzerland विरुद्ध १:० थप समयमा, बेल्जियम विरुद्ध १:० थप समयमा, Netherlands विरुद्ध ४:२ पेनाल्टीमा ) |
      ३. मिरोस्लाभ क्लोजे त्यति नै राम्रा छन् , जति पुरा अर्जेन्टिनियन टिम छ |
      ४. २०१४ जर्मनीको पालो हो | जर्मनी भन्दा बढी विश्व कप जितेका २ देशले आफ्नो चौथो कप २४ वर्ष पछि जितेका छन् (ब्राजिल १९७० – १९९४, इटाली १९८२ – २००६) |
      ५. विश्व कपमा खेल जित्नको लागि अर्जेन्टिनाले जति पेनाल्टी चरणमा अरु कुनै देशले प्रवेश गर्न परेको छैन | पेनाल्टीमा जर्मनीले आजसम्म कसैसंग पनि हरेको छैन (२००६ मा जर्मनीसंग अर्जेन्टिना पेनाल्टीमा नै हारेको थियो ) Football is a simple game; 22 men chase a ball for 90 minutes and at the end. the Germans always win. – Gary Lineker
      साभार : Frankfurter Algemeine Zeitung

      Reply
    24. bishnu says:
      July 12, 2014 at 4:56 pm

      गोरु बेचेको सिनो पनि नभयको देशलाइ के समर्थन गर्दछौ साथीहरु , जर्मनीमा त हजारौ नेपालीहरु काम गर्छन, पढाई गर्छन , राम्रो सीप र ज्ञान भयाकोलाई ठाउँ दिन्छ , हाम्रो देशको बिकाशमा सहभागी छ ,नेपालमा घुम्न जान्छन र नेपालीलाई माया गर्छन एस्तो देशलाई छोडी छोडी एउटा गोरुबेचेको पनि सिनो नभयको देशलाई किन support गर्दछौ ? हामी मध्ये 95% लाइ त अर्जेन्टिना कुन महादेश मा पर्छ र अर्जेन्टिना को राजधानी कहाँ छ भनेर पनि थाहा छैन होला ….अब खेलको कुरा गरौ पक्कै पनि सहि होकी अर्जेन्टिना मा मेस्सी छ तर जर्मन टिम मा पनि त विश्वकप को इतिहास मै सबै भन्दा धेरै गोल गर्ने कोलोस छ अनि यो विश्वकपको सबै भन्दा धेरै गोल गर्ने मुल्लर छ , सबै भन्दा ठुलो कुरा त जर्मन टिम छ !!!
      तेसैले सथिहो जर्मनी लाइ support गरौ 🙂 !

      Reply
      1. Ketebus says:
        July 12, 2014 at 5:39 pm

        हामीलाई कसैले बहादुर भनिदिनु पर्ने! कसैले सम्मान गरिदुनुपर्ने! कसैले भिख दिनुपर्ने! हामीलाई हाम्रो दुष्कर्महरुको बदलामा कसैले घृणा गर्न नपाउने ! होइन भने हामि उनीहरुको बिरोधि भइदिहालने /
        यति गएगुज्रेको खोक्रो राष्ट्रियता मैले यो दुनियामा कतै देखेको छैन / कम्तिमा नेपालले विश्वकप नखेले सम्म यसलाई राष्ट्रियता नजरले हेर्नु पागलपन सिवाय अरुकेही होइन /
        विश्वकपमा सबैभन्दा बढी गोल गरेर किर्तिमान बनाउने जर्मन खेलाडी क्लोज आफुलाई समग्र युरोपको नागरिक भन्न रुचाउछन रे / हामि चै जर्मनहरु नेपाल घुम्न आउछन भन्ने कुरोको लागि अर्जेन्टिनाको बिरोध गर्छौ /

        Reply
        1. rishi says:
          July 13, 2014 at 7:16 pm

          अर्जेन्टिना को बिरोध हैन, जर्मनी को support गर्ने कुरा मात्र हो.

          Reply
    25. neerose says:
      July 12, 2014 at 4:31 pm

      चौबिस बर्षमा कनिकुती बल्ल तल्ल सेमिफ़ाइनलमा पुगेको अनि नेदरल्याण्डको दुर्भाग्यले गर्दा फाइनल खेल्न पायको अर्जेन्टिनाले फाइनल जित्ने आशा गर्नु भनेको कुनी केले कुनी के गरेर कुनी के पाउछ भन्या जस्तै हो!
      म्याराडोनाको बास्ना मन पर्यो भनेर अर्जेन्टिना कुहिदा पनि सुन्घिरहनेहरु देख्दा पो घिन लाग्छ बा मलाइ त्!
      जर्मनी टिम मा टिम वोर्क छ!
      प्रायजसो खेल फुल टाइममै सक्याउदछ पेनाल्टि सुट आउटमा पुग्नै पर्दैन अझै एक्स्ट्रा टाइमपनि थप्न परोंन!
      मेसि जस्तो एउटा छुसिले जर्मनीलाई हराउन सक्ने हैसियत राख्दोइन हो! म्याराडोना र छे ग्वाभाराइलै ल्यायर खेलायापानी खुल्किने वाला छैन!
      बिकज देर इज जर्मन!

      Reply
    26. Pushpa says:
      July 12, 2014 at 3:25 pm

      मरेर पेनाल्टी शुटआउट बाट पुगेको अर्जेन्टिना को भन्दा त शानदार जित सहित पुगेको जर्मनी ले नै जितोस भन्छु म त …तर यो खेल मा जे पनि हुन सक्छ ..हुन त कानो गोरु लै औशी न पुर्णिमा ..जसले जिते नि नेपाल र नेपाली लाइ की फाइदा हुने हैन क्यारे !!

      Reply
    27. kedar says:
      July 12, 2014 at 3:23 pm

      चाहेर मात्र हुने भए अर्जेन्टिनाले जितोस
      तर
      खेलेर त जर्मनीले नै जित्ला जस्तो छ |

      Reply
    28. अज्ञात श्रेष्ठ says:
      July 12, 2014 at 3:21 pm

      जर्मनीले जित्ने सम्भावना प्रवल छ, तर जो सुकैले जिते पनि तपाई हाम्रो निन्द्राले हार्ने कुरा चाहिँ पक्का छ :).

      Reply
    29. ashok pun says:
      July 12, 2014 at 2:47 pm

      माथिनै उल्लेख गरिएको छ अर्जेन्टिनामा हामि नेपालीले कुनै काम को लागी वीसा स्टुडेन्ट वीसा पनि पाइन्दैन र हामीलाई सत्रु ठान्ने र राष्ट्रिय झण्डा जलाउने नेपालि र नेपाल भन्ने पनि तिनीहरुलाई थाहा छैन …(गोरु बेचेको साइनो पनि छैन न बातिरको न आमातिरको )कुनै मतलबै छैन …तेसैले किन अर्जेन्टिना ???? नेपालि साथीभाई हरु……?? जर्मनी एउटा देश हो जहाँ हज्जारौ नेपालिहरु विभिन्नकाम र बिद्यार्थी पेसा गरेर जीवन चलाइरहेका छन् तपाइँ सक्छम हुनुहुञ्छभने हरेक छेत्रमा तपाइलाइ स्वागत गरेर स्थान दिञ्छ…र नेपालको जुनसुकै समय कालखण्डमा जुनसुकै छेत्रमा पनि सहयोग गर्दै आइरहेको दात्री राष्ट्र हो नेपाल र नेपालि लाइ मायागर्ने सहयोग गर्ने मित्र राष्ट्र हो ……अब किन जर्मनीको सप्पोर्ट नगर्ने ?????? THE WORLDCUP WINNER IS GERMANY …

      Reply
      1. Ketebus says:
        July 12, 2014 at 5:18 pm

        वाह रे खोक्रो राष्ट्रबादी ज्यु !
        एउटा कुरा सोध्न मन लाग्यो, सुस्ता र कालापानीमा दिन दहाडै नेपालि भुमि मिच्ने, हज्जारौ नेपालिलाइ घरवार बिहिन बनाउने भारतीयहरुलाई तपाइँ सम्मान गर्नुहुञ्छ? फूलमाला लगाउनुहुन्छ? होइन भने यसैगरी सोच्नुस त अर्जेन्टिनीहरुले गोर्खालीको के बिगारेका थिए? गोर्खालीहरुले उनीहरुको भुमि किन कब्जा गरे ? किन मारे उनीहरुका निर्दोस बाजेबजै हरुलाई अनहाकमा?
        हो उनीहरु गोर्खालीहरुलाई घृणा गर्छन र मलाइ लग्छ त्यो जायज हो / उनीहरुले हामीलाई किन सम्मान/माया गर्नुपर्ने? हामि बहादुर छौ यसअर्थ? हामीले उनीहरुका पुर्खाहरुलाई मार्यौ, उनीहरुको भुमि कब्जा गर्यौ यसर्थ? उनीहरुले हामीलाई किन माया गर्नुपर्ने?

        Reply
    30. dharmendra says:
      July 12, 2014 at 2:46 pm

      जसले धेरै गोल हान्छ तेस्ले जितोस ! दुवै टिम लै शुवकमाना

      Reply
    31. Ketebus says:
      July 12, 2014 at 2:03 pm

      केहि (सु)तर्कहरु:
      १) फुटबलको एकमात्र Undeniable Truth भनेको के हो भने बिपक्षीले भन्दाबढी गोल गर्ने टिमले विश्वकप जित्छ / यसमा कुनै संका छैन /
      २) मैदानमा बिपक्षीले भन्दा राम्रो खेल्ने टिमले जित्छ तर कहिलेकाही यस्तो नहुन पनि सक्छ /
      ३) अर्जेन्टिनासंग सुपरस्टार मेस्सी छन् र उनीहरुलाई भगवान (Luck) को साथ छ, जर्मनीसंग उत्कृष्ट टिम छ र गोल मेसिन मुलर छन/ त्यसैले भगवानले गडबढी गरेनन भने मुलर चम्कदा मेस्सी रोकिन्छन, मेस्सी चम्कदा मुलर /
      ४) एकाध ग्यामलाइ छाड्ने हो भने यो ६२ वटा म्याचबाट मैले बुझेको सत्य चाही फुत्बलमा के हुनसक्छ भन्ने कुरो ९० मिनेट अघिसम्म कि हाम्रा पशुपतिनाथलाइ थाहा हुन्छ कि उनीहरुको क्राइस्टलाइ / अरु सबैखाले अनुमान हावा हुन् / मेरो चै अलि तथ्यपरक हो कि ? लोल 😀

      Reply
    32. bishnu says:
      July 12, 2014 at 2:01 pm

      जर्मनी ले जित्छ. अर्जेन्टिना संग मेस्सी छ, जर्मनी संग पुरा टिम छ. टिम बेक्ती भन्दा पावरफुल हुन्छा.

      Reply
    33. sujan says:
      July 12, 2014 at 1:47 pm

      अर्जेन्टिनाले जित्यो भने त नेपालमा तहल्का नै मचिनछ होला, बिसेस गरि धादिंग बजारमा.
      अर्जेन्टिनाक फ्यानहरुले नारा जुलुस गरएर आमसभा नै गर्ने भए. लौ जे जे गर्न मन लाग्छ तेइ गर्र्नु. खेलमा पक्ष्य र बिपक्ष्य भैहल्छन. जस्ले जित्ये पनि जितोस हाम्ले पाउने मनोरनजन हो, खेल हेर्दा निन्द्रा भागोस तेसैमा छ आनन्द.

      Reply
    34. Iku says:
      July 12, 2014 at 1:33 pm

      सुरुमा म कुनै एसियन देशले जितोस भन्छु , तेस्पछि कुनै नया देशले , यो पनि भएन भने चाहि दामी खेल्ने देशलाई सपोर्ट गरिन्छ , म चाहन्छु जर्मनीले जितोस !

      Reply
    35. budharaj kambang says:
      July 12, 2014 at 1:07 pm

      मेरो िटम जरमिन हो िजत पकका हो मेससी ले रोकनु सकदैना

      Reply
      1. Himal says:
        July 12, 2014 at 7:25 pm

        Messy is playing forward and he cannot stop German forwarders. They will be stopped by defenders

        Reply
    36. xyz says:
      July 12, 2014 at 1:01 pm

      When a team that is confident, flair but unconvincing (Argentina) is expected to compete with a team that is powerful, focused and committed (Germany) – the result is obvious – the die is in favour of Germany. It is predicted that Argentina will play defensive, waiting for penalty shoot-outs but German’s have a history of never missing penalty shoot-outs.

      Reply
    37. surajpratap says:
      July 12, 2014 at 12:22 pm

      गणितीय अनुमान हेरम
      http://www.r-bloggers.com/who-will-win-the-world-cup-and-which-prediction-model
      र
      http://www.r-bloggers.com/prediction-model-for-the-fifa-world-cup-2014

      Reply
    38. अनिल says:
      July 12, 2014 at 12:22 pm

      अर्जेन्टिना संग मेस्सी छ जर्मनीसंग राम्रो टिम छ तेसैले म जर्मनी को पक्षमा छु

      Reply

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    माइसंसारलाई सहयोग गर्नुस्

    माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

    Links

    • गृहपृष्ठ (Home)
    • मेरो बारेमा (About me)
    • पुरानो ब्लग (Archives)
    • माइसंसार इमेल

    यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
    © 2023 MySansar | Powered by Superbs Personal Blog theme