-ध्रुव थापा/क्यालिफोर्निया-
सन् १९९० पछि मैले विश्वकप फुटबलको सम्पूर्ण खेल हेरेको यसैपालि हो। कस्तो संयोग, २४ वर्ष अघिजस्तै अहिले पनि त्यही जर्मनी र अर्जेन्टिना फाइनलमा पुगेको छ। यसले मेरो कलेजको दिनलाई एक पल्ट फेरि सम्झनाको तरेलीमा ताजा बनाइदिएको छ।
त्यतिखेर पनि मध्यरातमा अर्जेन्टिनाले यस वर्षको जस्तै पेनाल्टी सुटमा आयोजक टिम इटालीलाई जितेर फाइनलमा प्रवेस गरेको थियो। अनि हामी होस्टलका सम्पूर्ण विद्यार्थी अर्जेन्टिनाको समर्थन गर्दै नारा लगाउँदै कलेज र तीन वटै गर्ल्स होस्टलको चक्कर लगाएका थियौँ। त्यसबेला खै कस्तो जोस र उमेर थियो कुन्नि, अर्जेन्टिनाको जर्सी जस्तै प्लास्टिकको सपिंग ब्याग बजारमा पाइन्थ्यो, त्यसैलाई तलबाट काटेर उल्टा पारेर लाउँदा जर्सी जस्तै देखिन्थ्यो। सबैले अर्जेन्टिनाको जस्तै सक्कली जर्सी र नहुनेले त्यस्तै प्लास्टिकको जर्सी लगाएर म्याराडोनाका फ्यान हामी सबै मध्यरातमा जुलुसै निकालेर हिँडेका थियौ।
अमेरिका आएपछि सबैभन्दा धेरै विश्वकप फुटबलको म्याच हेरेको यो वर्ष हो जस्तो लाग्छ। योभन्दा अघिल्ला विश्वकप फुटबल हेर्न मन नलागेर होइन, तर समय र व्यस्तताका कारण सबै म्याच हेर्ने संयोग जुरेन। अहिले नभ्याउँदा पनि र हतारमै हुँदा पनि आफ्नो स्मार्टफोनको कमालले गर्दा कुनै पनि गेम छुटेन र निक्कै रमाइलो पनि लागि रह्यो।
१९९० मा “प्लस टु” सकेर कलेज भर्ना भएको थिएँ। भर्खर ब्ल्याक एण्ड ह्वाइट टिभीबाट रंगीन टिभी चल्दै थियो। हाम्रो होस्टेलमा भने पुरानै टिभी थियो। होस्टेलका सबै विद्यार्थी मिलेर नयाँ कलर टिभी मागेका थियौँ। होस्टेलका सञ्चालक प्राध्यापक, साहित्यकार स्व. रामलाल अधिकारीले नयाँ ठूलो कलर टिभी कलेजलाई सिफारिस गरेर झिकाउनु भएको थियो। विश्व कप प्रतियोगिताको रमझम सुरु नहुँदै कलेजका सबै होस्टेल जसमा एउटा मात्र केटाहरुको होस्टेल र तीन वटा केटीहरुको होस्टेल थियो, सबैले कलर टिभी पाएको थियो।
कलेजमा र होस्टेलमा विश्वकपको रौनक फैलिसकेको थियो र “इटालिया ९०” ले परिचित रोममा आयोजित त्यस वर्षको विश्वकप फुटबल इटालीमा नभई दार्जिलिङमै भएको जस्तो लागेको थियो। अहिले जस्तै समयमा खेल हुने भएकोले रातभर फुटबल हेरिन्थ्यो र दिनभरी कलेज पढ्न गइन्थ्यो। तर यसपालि भने अमेरिकामा भएकोले दिनमै फुटबल “सक्कर” को नाममा हेरिंदैछ।
त्यो विश्वकपका हिरो म्याराडोना अतित बनिसकेका छन् भने मेसी वर्तमान। १९९० को विश्वकपलाई बिश्लेसकहरुले सबैभन्दा कमजोर र विश्वकप कै इतिहासमा सबैभन्दा थोरै गोल गरिएको बर्ष भने। औसत गोल मात्र २.१ मात्र थियो। तर हाम्रो लागि जीवनकै सबैभन्दा रमाइलो र महत्वपूर्ण खेल थियो १९९० को विश्वकप फुटबल। त्यसैले होला यतिका वर्षपछि पनि त्यस वर्षको स्मरण ताजै रहिरहेको छ।
त्यस वर्षको खेल टिभीमा सबैभन्दा धेरै हेरिएको खेल थियो। उतिबेलाको १४ औँ फिफा विश्वकप फुटबल र अहिलेको २० औँ फिफा विश्वकप खेलसम्म आउँदा टिभीको रिमोटदेखि कम्प्युटरको माउस हुँदै हरेकको हातमा हुने स्मार्टफोन र फेसबुक अनि ट्विटरले यसको लोकप्रियता झन्-झन् बढाइरहेको छ। विश्वको कुनै कुनामा बसेर यस खेललाई हेरे पनि हरेक सेकेन्डको जानकारी र साथीभाइको प्रतिक्रिया तुरन्त ट्वीटर , फेसबुक लगायतका सामाजिक संजालहरुमा पोखिरहेको छ। हेरौँ यस वर्षको विश्वकपको फाइनल खेलले पनि त्यही १९९० को इतिहास दोहोराउँछ कि दोहोराउँदैन?
[विश्वकपसित जोडिएका तपाईँका पनि यस्तै रमाइला स्मरणहरु छन्? पहिलो पटक विश्वकप कहिले हेर्नुभएको थियो। यसपालिको विश्वकप कसरी, कहाँ बसेर हेर्दै हुनुहुन्छ ? आफ्नो अनुभूति तल कमेन्टमा बाँड्नुहोस् ]
पहिलो पल्ट बिस्वकाप महिले १९९८ मा हेरेको थिय / त्यो समयमा फईनलमा फ्रंच र ब्राजिल पुगेको थियो/ ब्राजिल कुन कुनामा छ / फ्रंश कुन कुनामा छ थाहा थियन तर पनि स्यामस्वेत ती भी साथी भाई बसेर हेर्दा खुबै रमाएलो भाको थियो / यो पटक भने फाईनल गेम अर्जेन्टिना अनि जर्मनी बीच को अत्तिम्म खेल मात्र हेरे / जसमा जर्मनीले जित्यो /
My world cup journey starts from 1990 when was in merely in 4th standard. That time i was in my big sister house in Gorkha, Nepal for some days to celebrate my summer vacation. As far as i remember the first match i saw was between Italy and Argentina, i think that was the semi-final match. I was really impressed by Argentina’s game, specially the Great Maradona and Claudio Caniggia (the long hair i still remember). wow how the Maradona used to dribbled the ball and crossed through 4 ~ 5 players, that was amazing. Then i became the fan of Argentina. But at 1990, in final it was so bad luck that in spite of good game and good Goal Keeper, they lost. And how could i forgot that one name Sergio Goycoechea, he was a great keeper who guessed the correct direction of penalty, only 1 inch. Since then i haven’t missed the Argentina match. In 1998 when i was studying +2 KTM and used to stay in Hostel, i did not missed the Argentina match and Germany with Hollad. We used to be a good boy though we are, in front of Hostel Principal and lure him to show us the match after Dinner. and then what we need more than that…… This time i m in Macau but thankfully i watched much of the game even working 12hours shift.
May this year best team win… But i go for Argentina…..How about you?
यो लेखले एक पल्ट फेरि कलेजको त्यो होस्टेल को याद आयो। हामि होस्टलमा रातभरी फुटबल हेर्थेउ र फुटबल सुरु हुन् अघि टेबल टेनिस खेलेको याद झल् झलति आइ रहेको छ, धन्यबाद बितेका ति सुनौलो दिनको झाम्झाना यस लेखमा समेटेको मा। अब चाहेर पनि त्यो दिन फर्की आउदैन। खेल त् एउटा मध्यम थियो तर साथि भाइहरु सितको रमाइलो पल अविस्मरणीय थियो …. चौरास्ता सम्म जुलुस लिएर हिडेको त्यो दिन हिज जस्तो लाग्छ।
यो लेख पढेर मैले पनि १९९० को त्यो final game सम्झे, जर्मनी को supporter म ब्रेह्मे को पेनाल्टी ले जर्मनी ले जित्दा world war नै जिते जस्तो लाग्थ्यो. फेरी पनि २४ वर्ष पछि तेही खुसि दोहारौने मौका मिलेको छ, all the best to the GERMAN TEAM once again .
कस्तो सन्जोग– त्यो गेम मैलेपनि +२ पढ्दा हेरेको थिए, तर आर्मीस्कूलको डोर्मिटरिमा ! म चाहि जर्मनीको फ्यान थिए. त्यो बेलाका खेलाडी अहिले कोच भै सकेछन, आफ्नो केहि प्रगति भए जस्तो लागेको छैन. साथी-भाईहरु उच्च ओहोदामा पुगेको देखेर आफै दङ्ग छु. यसपालीको बिस्वकप भने छुटाएको छैन, मेरो मनपर्ने टिम जर्मनी फेरि अगाडी आएको छ, हेरौ कस्तो गर्छ.
My first one was 1986 where Maradona started Ger vs Arg. It was 14 inch TV with 20 vieweres. No loadsheeding though! What a change. In USA they did not know what FIFA was I had to explain people here. Now FIFA rated number one TV show in USA and Canada.