Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युके लाहुरेको सपना बोकेर दौडनेलाई यो कुरा थाहा छ?

Posted on July 11, 2014July 11, 2014 by mysansar

-तेज राई-

UK_Lahure हुनत, भनिन्छ, ‘सपना नदेख्नु आफुले आफैलाई गरिने ठुलो अपराध हो।’

अमेरिकी लेखक तथा कवि ह्यारी केम्प (1983-960) ले भनेका थिए, ‘त्यो गरीब होइन जोसँग एकै पैसा छैन, तर जोसँग सपना छैन, त्यो महा-गरीब हो।”

सपना (Dream) को बारेमा धेरैले थुप्रै लेखेका छन् र बेस्ट सेलर पनि बनाएका छन्। तर आज “युके लाहुरे”को ठुलो “सपना” पालेर एक्का-बिहानै तालिम केन्द्र पुगेर दौडिन निस्किएका भाइहरुको यो लाम देखेर ‘नोस्टाल्जिक’ भएको छु म। सोच्दैछु, ‘अरुलाई सपना देखाएर टुटाउनु चाँही झन ठूलो अपराध हो कि ?’

कोही आँफैँ र कोही परिवार वा आफन्त वा साथीभाइ वा तालिम केन्द्रको विज्ञापनको बहकाउमा लागेर “ब्रिटिश गुर्खा आर्मी” बन्ने सपना पालेका यी अल्लारे उमेरका भाइहरु मध्ये मुस्किलले नेपालभरबाट २-३ सय जना लाहुरे बन्नेछन्, बाँकी निकम्मा ठहरिनेछन्, आत्मबल गिराउने छन्, डिप्रेसनको सिकार बन्नेछन र शायद् लागू पदार्थ सेवनको लतमा फँस्नेछन्।

यो संक्रमण पहिले राई-लिम्बु र गुरुङ-मगर समुदायमा सीमित थियो। अहिले ‘जातीय भेदभाव गर्न नपाइने’ भएकोले सबै जातिमा सरेको छ।

नारायणगढमा देखिएको यस्तो लस्कर धरान, दमक, पोखरा, बुटवल र काठमाडौंमा अझै सयौं गुणा ठूलो छ। अर्थात् सूर्योदयसँगै हजारौँ (शायद लाख नै नाघ्ला) युवाहरु दौडिरहेका हुन्छन् र अन्तिममा ०.१ प्रतिशतको सपना पूरा होला तर ९९.९ प्रतिशत युवा फेल हुन्छन्। देशका कर्णधार युवाहरुलाई सपना देखाएर दौडाउने तालिम केन्द्रहरुको कुम्ल्याउने सपना चाँही पूरा हुन्छ।

अधिकांस युवाको मनोविज्ञानसँगै सपना र भविष्य चकनाचुर हुनेछ, सँगै देशको भविश्य पनि। फेल बनाइएका युवाहरुको पढाइ चौपट हुन्छ र अन्तिममा खाडी मुलुक र मलेसियातिर सस्तो लेबरको लागि पराजित मानसिकता बोकेर बाटो लाग्नेछन्। यसरी कहिलेसम्म चल्ला?

लाहुरे बनेर सबैभन्दा धनी हुन सकिने भए आज नेपालको सबैभन्दा धनी राई-लिम्बु या गुरुङ-मगर हुन्थे होलान्।

लाहुरे बनेर सबैभन्दा सुखी हुन सकिने भए आज सबैभन्दा सुखी पनि उनीहरु नै हुने थिए होलान्।

VC पाएर सबैभन्दा शक्तिशाली हुने भए आज देशको राष्ट्रपति वा प्रधानमन्त्री उनीहरु नै हुने थिए होलान्।

तर किन त्यस्तो छैन ?

न उनीहरुसँग सात पुस्ता पुग्ने सम्पत्ति छ, न शारीरिक वा आत्मिक सुख छ, न राजनैतिक पावर छ। किन राई-लिम्बु, गुरुङ-मगरहरु नै पिछडा वर्गमा छन्? कि मैले कुरो बुझिनँ?

राईको फेसबुकबाट साभार

Post by Tej Rai तेज राई.

ब्रिटिस गुर्खाबारे एउटा डकुमेन्ट्री बनेको छ- हु विल बि अ गुर्खा। अर्को देशका लागि ज्यान जोखिममा राखेर लड्न तयार किन हुन्छन् त नेपाली युवा ? तिमीसँग बेच्नका लागि के खास कुरा छ त भन्ने प्रश्न सोधिन्छ छातीमा नम्बर लेखिएका भुस्तिघ्रेहरुलाई। सार्वभौम भनेर गर्व गर्ने हामी नेपालीले हाम्रै देशमा अर्काको देशका सैनिकहरु आएर हाम्रै युवकहरुलाई आफ्नो देशको सेनामा भर्ती गर्न छाती नाप्दै हाम्रै भूमिमा युनियन ज्याक र बेलायती महारानीप्रति इमान्दार हुने शपथ कसरी खुवाउँछन्, त्यो पनि यसमा देखाइएको छ। प्रोमो हेर्नुस्-

डकुमेन्ट्रीबारे ब्लग पढ्न क्लिक गर्नुस्

36 thoughts on “युके लाहुरेको सपना बोकेर दौडनेलाई यो कुरा थाहा छ?”

  1. Tej Rai says:
    August 29, 2014 at 3:01 pm

    नागरिक दैनिक : ताप्लेजुङको सोबुवा हाम्पाङमा जन्मिएका राजीव सुब्बा एक दशकअघि धरानमा स्नातक पढ्दै थिए। पढाइ अब्बल थियो। सँगैका केही साथीभाइ भने ब्रिटिस आर्मीमा भर्ती लागेर जाँदै थिए। उनलाई पनि ‘ट्राई’ गर्न मन लाग्यो। त्यसपछि बिहान–बेलुकी दौडनु, कसरत गर्नु उनको दिनचर्या बन्यो।

    पूर्वी क्षेत्रको गल्ला, इ–यारो छनोट पार गर्दै उनी पहिलो प्रयासमा नै ‘सेन्ट्रल सेलेक्सन’ का लागि पोखरा पुगे। यो सन् २००३ को कुरा हो।
    पोखरा पुगेपछि ब्रिटिस आर्मीमा भर्ती भएर जाने उनको आशा थप बलियो बन्यो। तर, २५ किलो भारीको डोको बोकेर उकालो दौडनुपर्ने छनोटमा उनी असफल भए। घरबाट मनभरि आशा र उत्साह बोकेर हिँडेका उनीसँग फर्कंदा असफलता र निराशा मात्रै थियो, दिमाग शून्य। यो अवधिसम्म उनको ५ महिनाको पढाइ छुटिसकेको थियो। त्यसपछि पढ्न मनै लागेन, त्यस साल परीक्षा नै दिएनन्। ‘उमेर छँदै थियो, पोखरा पुगेको अनुभव पनि भयो। अर्को वर्ष त जसरी पनि छानिन्छु भन्ने लाग्यो। त्यसैले पढाइ छाडियो,’ एक दशकअघिको घटना स्मरण गर्दै ३० वर्षीय सुब्बाले भने–’दिमागमा ब्रिटिस आर्मी हुनेबाहेक केही सोच आएन तर लाहुरे हुन पनि सकिएन।’
    उमेर छउन्जेल उनले तीनचोटि प्रयास गरे तर सधैं असफल। त्यति बेलासम्म पढाइ चौपट भइसकेको थियो। भर्ती छनोटमा फेल हुँदाको हीनताबोधले मन पिरोल्थ्यो। धन्न उनी तारतम्मे मिलाएर २०१० मा हङकङ जान सफल भए। दुई बर्ष बसेर धरान फिरेका छन् र पुतलीलाइनमा एक रेस्टुरेन्ट चलाइरहेका छन्। तर, अरू थुप्रै युवकले ब्रिटिस आर्मी हुने ध्याउन्नमा पढाइ छाडेर भविष्य बिगारिसकेका छन्। अनि अरू थुप्रै युवक अहिले त्यही लाइनमा छन्। अचेल उनकै पसलअघिबाट दशकअघिझैं बिहान बेलुकी सयौं युवा दौडन्छन्, मात्रै अनुहार फरक छ। ‘कोटा सीमित हुन्छ, भिड्ने हजारौं हुन्छन्। पास हुनेको त जिन्दगी बन्छ तर फेल हुनेको भविष्य अन्धकार हुन्छ,’ अहिले उनी चुकचुकाउँदै भन्छन्, ‘लाहुरे भिडे पनि पढाइ छोड्न नहुने रैछ। त्यहाँ असफल भएपनि अरू क्षेत्रमा केही गर्न सकिन्छ।’
    मोरङ, पथरीका २० वर्षीय रमेश राई (नाम परिवर्तन) को पनि लाहुरे हुने सपनाले पढाइ बिग्रिए। एकपटक छाती नपुगेर गल्ला फर्म भर्न नपाएका उनी दोस्रोपटक (गत वर्ष) सेन्ट्रल सेलेक्सनको फिल्टरमा पुगेर फालिए। फुटबलका राम्रो खेलाडी उनलाई विराटनगरस्थित एक कलेजले खेलकौशलकै कारण छात्रवृत्तिमा पढाउदै थियो। अहिले पनि उनी पढाइ र खेल माया मारेर ब्रिटिस आर्मी हुने ध्याउन्नमा छन्। लाहुरे नबने के गर्ने? जवाफमा उनी भन्छन्–’जसरी पनि पैसा कमाउने हो, भाग्यले साथ दियो भने केही सिक्छु। नत्र खाडीतिरै भए पनि जानुपर्ला।’ उनीसँगै गत वर्ष फालिएका धरान–८ का अमर राई (नाम परिवर्तन) ले पनि १२ पढ्दापढ्दै अध्ययन टुटाइसकेका छन्। उनी पनि यसपालि अन्तिम पटक प्रयास गर्दैछन्। ‘यसपालि त छानिन्छु कि भन्ने छ, त्यसैले पढाई माया मारेको हुँ। कलेज जाने समय नै हुँदैन,’ एसएलसी फस्ट डिभिजनमा उत्तीर्ण गरेका उनी भन्छन्। छनोट प्रक्रियामा फिल्टर भनेको सबै परीक्षा पास भएर पनि अन्तिममा बिनाकारण फालिन सक्ने चरण हो। जहाँबाट युवालाई गोराले अन्तिममा ‘ब्याडलक’ भन्दै घर फकाईदिन्छन्।
    बर्सेनि हजारौं युवा ब्रिटिस आर्मीको छनोट प्रक्रियामा भाग लिन्छन्। तर, सीमित कोटा भएकाले अवसर पनि सीमितले मात्रै पाउँछन्। सफल भएकाहरुको भाग्यको ढोका खुल्छ। तर, बाँकीको भविष्य भने डामाडोल हुन्छ। एसएलसी उत्तीर्ण र साढे १७ वर्षदेखि साढे २१ वर्ष नकटेका युवाले छनोटमा भाग लिन पाउँछन्। त्यसैले एसएलसी दिएलगत्तै युवा भर्तीको तयारीमा जुटिहाल्छन्, पढाइ प्राथमिकतामा नै पर्दैन। मासिक १ लाखबढी तलब, अवकाशपछिको आकर्षक पेन्सन र आवासीय भिसाले गर्दा युवामा ब्रिटिस आर्मीको आकर्षण बढ्दो छ। सामान्य सिपाहीको पेन्सन ३० हजार र गोर्खा मेजरको १ लाख पुग्छ।
    ‘भर्खर एसएलसी पास गरेकाहरू लाहुरे हुने जोसमा पढाइ वास्तै गर्दैनन्, वास्तवमा उनीहरूको भविष्य सुरक्षित भने छैन,’ एक टे्रनिङ सेन्टरका पूर्वसञ्चालक राजेन्द्र राई भन्छन्, ‘एकदमै प्रतिस्पर्धा हुन्छ, अन्तिममा जो विशेष जेहेनदार र क्षमतावान् छ, ऊ मात्रै छानिन्छ। जो फेल हुन्छ, उसले केही सिक्ने समय गुमाइसकेको हुन्छ। उसमा निराशा, डिप्रेसनबाहेक केही हुँदैन।’ अन्तिममा खाडीमा गएर मजदुरी गर्नुको विकल्प नहुने उनको भनाइ छ। राईले ०५९ देखि ०६५ सालसम्म धरानमा चलाएको ट्रेनिङ सेन्टरमा २ हजार ५ सय युवाले प्रशिक्षण लिएका थिए। यो सात वर्षको अवधिमा १ सय ५० जना मात्रै लाहुरे छानिए। उनी भन्छन्–’जोजो छानिए, उनीहरूको भविष्य त सप्रियो। तर, नछानिनेहरू धेरै योग्यता अभावले बेरोजगारै छन्। कति खाडी मुलुकमा श्रम गर्दैछन्।’ ब्रिटिस आर्मीमा असफल कति युवा भारतीय सेनासँगै नेपाल आर्मी र पुलिसमा पनि भिड्छन्। तर, उमेर उमेर घर्किसकेकाले यता पनि अवसरको ढोका बन्द भइसकेको हुन्छ।
    धरानमा हाल सञ्चालनमा रहेका १८ टे्रनिङ सेन्टरमा २५ सयबढी युवा अभ्यासमा रहेको अनुमान छ। घरमै अभ्यास गर्नेको संख्या पनि उत्तिकै हुन्छ। उपत्यकापूर्वका २६ जिल्लाको गल्ला छनोट धरानमा र पश्चिम क्षेत्रको पोखरामा हुन्छ। पूर्वको गल्ला फारम सम्पन्न भइसकेको छ भने पश्चिमको पोखरामा जारी छ। ब्रिटिस क्याम्पका एक अधिकारीका अनुसार यो वर्ष पूर्वमा ब्रिटिस आर्मीका लागि १ हजार ४ सय ४ जना र सिंगापुर पुलिसका लागि १ हजार १ सय ११ जनाले मात्रै फारम दर्ता गरेका छन्। गत वर्ष भने ब्रिटिस आर्मीमा १ हजार ४ सय १४ र सिंगापुरमा १ हजार २ सय ३४ जनाले फारम भर्न पाएका थिए। फारम भर्न आउनेको संख्या ६–७ हजार पुग्ने भए पनि त्यही बेला डकुमेन्ट र शारीरिक कसरतमा नै धेरै ‘रिजेक्ट’ हुने ती अधिकारी बताउछन्। उनी पनि लाहुरे हुने धुनमा युवाले पढाइ बिगारेकोमा चिन्ता व्यक्त गर्छन्। ‘उमेर भइन्जेल प्रयास गछनर््, कति भारतीय सेनामा र कोरियातिर जाँदा रहेछन। हामी पढाइ नबिगार भनेर सम्झाउँछांै,’ ती अधिकारीले भने। उनका अनुसार यो वर्ष पूर्व र पश्चिम क्षेत्रबाट गल्ला र इ–यारो पार गरेका ५ सय युवा सेन्ट्रल सेलेक्सनका लागि पोखरा पुग्छन्। तीमध्ये ब्रिटिस आर्मीमा २ सय र सिंगापुर पुलिसमा जम्मा ६० जना मात्रै भर्ती हुनेछन्।
    ब्रिटिस गोर्खा भूपू सैनिक संघका सुनसरी अध्यक्ष एवं नेपाल च्याप्टर संगठन प्रमुख गजेन्द्र इस्पो अहिले लाहुरे बन्ने युवाको चाहना समाज र अभिभावकको चिन्ताको विषय बनेको स्विकार्छन्। ‘बेरोजगारी समस्याले भर्ती बाध्य हो भनिन्छ तर कोटा एकदमै सीमित छ, भर्तीका नाममा युवा पढ्नै छोड्छन्,’ उनी भन्छन्, ‘भर्ती नै सबथोक होइन,पढाइ नछाड्ने सोच बनाउन जरुरी छ।’
    गोर्खा भर्ती सुरु भएको सन् २०१५ मा २ सय वर्ष पुग्दै छ। पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट ६० हजारबढी नेपाली युवाले ज्यान गुमाएको अनुमान छ। त्यति बेला अहिलेजस्तो प्रतिस्पर्धा गरेर होइन, खोजीखोजी युवा भर्ती गराइन्थ्यो। गणतन्त्र स्थापनापछि गोर्खा भर्ती बन्द गर्नुपर्ने आवाज राजनीतिक वृत्तमा पनि उठे पनि यसको आलोचना भएको थियो। समाजसेवी एवं पूर्वगोर्खा सैनिक ७० वर्षीय रमेश राई गोर्खा भर्ती बन्द गर्नु आवश्यक भए पनि तत्काल बन्द गर्न नहुने तर्क राख्छन्। ‘सीमितको भविष्य बन्छ र हजारौंको बिग्रन्छ। तर पनि यसलाई तत्काल बन्द गर्नु हुदैन, २० या २५ वर्ष तोकिनुपर्छ। यसरी अवधि तोकिँदा पछिल्लो पुस्ताका युवाले यतातिर ध्यान दिन छाडिसकेका हुन्छन्।’
    – See more at: http://nagariknews.com/society/nation/story/22885.html#sthash.5SYdgore.dpuf

    Reply
  2. Prem Tamang says:
    August 25, 2014 at 3:37 pm

    लाहुरे हुनु आफ्नै देश को लागि हो भने बहादुरी नै ठान्छन मेरो व्यक्तिगत बिचार ले,तर बिदेशी को लाहुरे हुनु चाही भाडा को टट्टू हो भन्छु.नेपाल को जनसंख्या को अनुपातमा ९९.९% प्रतिसत नेपाली आफ्नै भुमिमा बसेर बाचेको देख्दा बिदेशी को सेना मा भर्ना भएको ०.१% प्रतिसत मान्छे हरु ले बाच्ने उपाय नपाएको हो?

    Reply
  3. Jaibahadur Dura says:
    July 18, 2014 at 12:04 pm

    देश को सेवा गर्न देशमै बस्न पर्छ र ? मलाई लाग्छ प्रिथिविको कुनै पनि कुनामा बसेर आफ्नो मात्रीभूमिको सेवा गर्न सकिन्छ हो पापी पेटको लागि अर्काको देशमा गएर काम गर्न थालेको २०० वर्ष भैसक्यो तर अझै हामीले बुझेका छैनौ र बुझ्न अझै १०० वर्ष लाग्छ. तर एउटै अनुरोध छ देशको माया नमार है नेपाली बन्धु हो .

    Reply
  4. tulsi rana says:
    July 17, 2014 at 12:25 pm

    भर्ति एउटा बाध्येता र गरिबी को उपच हो जस्तो लाग्दक्ष मलाई एदी देश भित्र रोजगार मिल्क्ष भने किन गुलामी बन्ने कसको रहर हुन्क्ष र देश मा उठेको थियो १८ वर्ष माथि का लाई अनिबार्य आर्मी तालिम सिकाउनु पर्क्ष यो देश ले गर्नु सकेमा युवा हरु रोजगार पनि पाए बस्नु चाहने बस्क्षन अर्मिमै अरु उच्च हासिल तिर लाग्क्षन बिर्टिश र इंडिया खाडी तिर पनि जान्नन, विदेश गएर एक लाख तलब खाएर काम गर्नु भन्दा आफनै देश भित्र १५ हजार को तलब खाएर बस्नु राम्रो हुन्क्ष .

    Reply
  5. K B RANA says:
    July 17, 2014 at 11:48 am

    तेज जी तपाइले लाउरे हुने बिषयेमा जुन कुरा लेखनु भयो यो एकदमै सन्द्रविक लग्यो मलाई ! मा पनि एउटा लाहुरे भए को नाताले तपाई ले भनेजै लाहुरे भएर धनि ठुलो मान्छे हुने भए मा पनि हुने थिए होला २५ वर्षा लाहुरे जागिर गरेर पनि आज मलाई हात मुख जोड्न ठिक छ ! सुन्छु नेपाल मा एउटा पिउअन जागिर खाने को पनि बास कपास को राम्रो बन्दोबस्त कसैको त काठमाडौँ मा नै १/२ वटा घर पनि हुन्छा भन्ने ! यो सत्य कुरा हो आफ्नो देशमा गास ,बास कपास को राम्रो बन्दोबस्त हुन्छा भने आखा भरि आशु ,मनभरी पिर लिएर कोहि पनि अर्काको देशमा जान इच्छुक हुदैन! यो देश चलाउने यो देश निर्माण गर्छु भन्ने शासक हरुले न्यूनतम जनता को लागि गास,बास कपास को योजना बनाउनु पर्ने हो ! तर उनीहरुलाई कशारी सत्ता मा पुग्ने कसरि सत्ता गिराउने गुट उपगुड़ को राजनेतिक गर्न मा नै बेस्ट छन् ! १२ महिना मा ३ महिना मात्र घाम लाग्ने जसको जमिन मा केहि उत्पादन हुदैन तेस्ता देश हरुले पनि कति बिकाश गरिसके! हाम्रो जस्तो १२ महिना घमलागने, मल्टि हावापानी भएको, धेरै खोला नाला पानी पानी भए को देश मा खानी पानी को बन्धोबस्ता गर्न नसकेर हामी बिहल मा छौ के गर्ने यस्तै छ हाम्रो देश को चाला माला !

    Reply
  6. Limbu HarataraH says:
    July 15, 2014 at 1:08 pm

    तेज जी को कुरामा ह्याप्पी छुइन ! हरेक कुराका २ पक्ष हुदा हुन्, होइन र ? ति दुवैका कथा भित्र व्यथा हुन्छन, जुन तपाइले भने झैँ सजिलो हुने कुरामा सहमत कसरि हुँ ! उठाइएका कुराहरुका विवेक-आलोचना थुप्रै सरहरुले भोगेका, बुझेका कमेन्ट गरिसक्नु भएका छन् I बिदेसिनुको कारणहरु राजनैतिक, आफ्नै परम्परा, गरिबी, रहर, जातीय भेदभाव आदि-आदि नै प्रमुख हुन् भन्ने कुरामा शंका अझै छर? फेरी यी छोराहरु नेपाल मै बसेका भए ‘लाहुरे’ भएर गरेका सेवा जति गर्दैनन् थिए I

    Reply
  7. Yam says:
    July 14, 2014 at 12:39 pm

    हाम्रो देस मा सुधार गर्नु पर्ने कुरा धेरै छन्, जश मध्ये गुर्खा भर्ति पनि एक हो, तर हम्रो देश मा प्रथ्मकता को आधार मा हर्ने हो भने गुर्खा भर्ति धरै पछि पर्छ जस्तो मलाई लाघ्चा. सुधार गर्नु पर्ने प्रथ्मेक कुरा भेनेको व्रस्ताचार, सुशासन, पुलिस आदि हुन. यदी प्रथामेकता को आधार मा सुधार गर्दै गयमा गुर्खा भर्ति आफई बन्ध हुने छ. अहेलालाई एस लै ओउता रोग्गारी को रुप मा हेर्दा बेश होला.

    Reply
  8. धर्म गुरुड्ग० says:
    July 13, 2014 at 9:48 am

    आय आर्जनको नाउमा बिदेस तिर पलायन हुनु कसैको रहरले जाने कुरा होईन, बाध्यताले जानु पर्ने हुन्छ र जान्छन । यि सब कुराहरु तल देखी माथिल्लो तह तप्का सम्मका ब्रम्हलुट मच्चाउने विशेष गरी आफैले आफैलाई उच्च/माथिल्लो वर्ग समुदायका भन्न रुचाउनेहरुलाई पनि थाहा भएको कुरो हो । मित्रहरु, वास्तबमा गहिराईमा गएर बुझ्ने जमर्को र दुर दर्सी भएर बुझ्ने हो भने तल्लो वर्ग समुदायहरु पशु झै एक ढिका नुनमा फसीरहेको र फसाई रहेका छन माथिल्लो समुदायहरुबाट ।
    बिदेस नजानका निमीत राष्ट्रीय निती सर्व प्रथम कुरा हो । तर किन मंगोल मुलका समुदायहरु मात्र ब्रिटीस आर्मीमा भर्ती गरिन्थियो ? यस बारेमा अध्यान र अनुसन्धान गरी बुझ्न अत्याआवश्यक छ । भन्नु नै पर्दा, बिगतका दिनहरुमा माथिल्लो वर्ग समुदाय (राज्य शासन हातमा लिई सकेका) हरुले मुख्य गरी दुई कारणले गर्दा बिदेसी सेनामा भर्ती हुने सडयन्त्र गरी बाटो खोली दिएका थिए, गरी खाओस भनेर थिएन । ती सडयन्त्रहरु हुन १. तल्लो तह देखी माथिल्लो तह सम्म सम्पुर्ण सक्ति, स्रोत साधान आदि ईत्यादी आफ्नो वर्ग समुदायहरुलाई सुम्पिएर/हातमा परी एक लौटी शासन चलाउन निमीत । त्यसैको उपज हो, हाल नेपाल र नेपालीहरुले बेहोर्नु परेको दु:ख, पिडा र बिदेसिनु कारण । २. मंगोल मुलका जनसंख्या घटाउन गायत्री मन्त्र अन्तर्गत साम,दाम,दण्ड र भेद निती स्वरुप लडाईका निमीत आर्थात मार्नका निमीत ब्रिटीस आर्मीमा भर्ती ब्यबस्थापन सुरुवात गरिएका थिए । जुन लाडाईमा अघोसीत झन्डै एक लाख भन्दा बढी ब्यक्तीत्वहरुले ज्यान गुमाउनु पर्यो ।

    Reply
  9. Ram Thapa says:
    July 13, 2014 at 9:25 am

    अब यो तालिम केन्द्र खोलेर नेपालमै करोडौ कमाउने पनि स्वोदेश मै बसेर केहि ब्यबासये नै मान्नु पर्यो नि ,के गर्ने दुखिया खप्पर जहाँ गए पनि ठक्करै ठक्कर

    Reply
  10. Tej Rai says:
    July 12, 2014 at 10:58 pm

    हिँजो “लाहुरेको तैयारीमा रहेका युवाहरु” को बारेमा लेखेको फेसबुक स्टाटसले राम्रै बहस सुरु गर्‍यो । Umesh Shrestha जीले आफ्नो प्रख्यात नेपाली भाषाको पहिलो ब्लग “माइसन्सार” मा पनि स्थान दिनु भयो र त्यहाँ अहिले सम्म ११ हजार भन्दा बढीले पढि सक्नु भएको साथै २४ जनाले प्रतिकृया दिईसक्नु भएको छ । यता १५० भन्दा बढीले शेयर गर्नु भएको छ भने २०० भन्दा बढी गहन कमेन्टहरु र ७०० भन्दा बढी लाइकहरु पाईसकेको छ । सबै कमेन्टहरुको जवाफ दिन आतुर हुँदा-हुँदै पनि असमर्थ भएँ, त्यसैले एक मुस्ठ सबैको जवाफ छोटकरीमा यहाँ लेख्ने जमर्को गरेको छु, आशा छ, झर्को नमानी हेरिदिनु हुनेछ ।

    मित्रहरुको अंमुल्य प्रतिकृयाको लागि धेरै-धेरै धन्यवाद । आ-आफ्नो दृष्‍टिकोणको कुरा हो, जुन आफु रहेको धरातल अनुसार फरक पर्न सक्छ । मेरो मनसाय “ब्रिटिश आर्मी” प्रती बित्रिस्णा पैदा गर्नु भन्दा पनि फेल हुने ९९.९ % युवाहरुको भविष्यको बारेमा चिन्ता हो । युवा जनशक्तीलाई “यसरी विदेशी सपना देखाउनु भन्दा पनि देशमै सम्भावना देखाउनु पर्छ” भन्ने मेरो धारणा हो । भर्खरै हाई-स्कूल लेभलको पढाई गर्दै गरेका कलीला युवाहरुकोलाई मानसिक रुपमा आफ्नै देशमा ब्याप्त सम्भावनाहरुको बारेमा शिक्षा दिनुको सट्टा विदेशमा गुलामी गर्न सिकाउनुले भोली हाम्रो देशको भविश्य कहाँ जाला ?

    तर पनि झट्ट हेर्दा कच्चा उमेरको लागे पनि गहन र बिष्लेषणात्मक प्रतिकृया दिनु हुने Chamlingnee Rai बहिनीको चेतनालाई हेर्दा युवा जगतमा यो सचेतना फैल्याउन अब त्यत्ती धेरै गाह्रो छैन भन्ने लाग्छ ।

    धेरै जसो मित्रहरुले बेरोजगारी समस्या अनि राजनीति र देशको परिस्थितीलाई दोस दिनु भएको रहेछ, यस् प्रती भने मलाई केही आफ्नो व्यक्तिगत धारणा व्यक्त गर्न मन लाग्यो ।

    बेरोजगारी समस्याको बारेमा हिँजो राती आदरणिय लेखक तथा उध्द्यमी कर्ण शाक्यज्यूलाई ट्विटरमा सोधेको थिएँ, उहाँले भन्नु भयो, “साँच्चै भन्ने हो भने काम गर्ने मान्छेको त खडेरी नै परेको छ हाम्रो देशमा ।”

    म पनि सानो व्यवसायी (आल्मुनियम फेब्रिकेसन) नै भएको हुनाले मैले सँधै महसुस गरेको पनि यही हो । बिशेष गरी हरेक क्षेत्रमा दक्ष जनशक्तीको त ठुलो भ्याकुम छ देशमा । केही भने भारतीय कामदारले पुर्ती गरेका छन । अहिले काम जान्ने-नजान्ने, शिक्षित-अशिक्षित सबै विदेश गए पछि देशमा कस्ले गर्ला ? सक्षम र पढेकाले सानो तिनो व्यवशाय गर्ने र रोजगारी सिर्जना गर्ने हो भने यहाँ मालिक होइन्छ, जब की जत्ती नै धेरै कमाउने भए पनि विदेशमा गरिने भनेको नोकारी नै हो । सफलता पाउन लामो समय लाग्ला तर एउटा व्यवशाय सफल भए पछि आफ्नो सन्तानले समेत् यो नियती भोग्नु पर्दैन । उदाहरणको लागि सडकको पेटीबाट सुरु भएको “बाजेको सेकुवा” अहिले नेपाल भरी चेन रेस्टुरेन्टको रुपमा विकसित भएको छ र सैयौँ युवाहरुलाई रोजगारी दिन सफल छ । भोलिका दिनहरुमा #McDonalds वा #KFC जस्तै तपाईं बसेको देशमा नआईपुग्ला भन्न सकिन्न । यस्तै अर्को उदाहरण #NANGLO पनि हो ।

    हाम्रो देश प्राकृतिक रुपले “भर्जिन” छ । यहाँ पर्यटन, कृषि, जलस्रोत, जडिबुटी आदीमा अपार सम्भावनाहरु जिवित छन । उदाहरणको लागि आज विश्व बजारमा करोडौँ रुपैयाँ प्रती किलो बिक्री हुने यार्चागुम्बा जस्तो जडिबुटीहरुको प्रसोधन गर्न र उत्पादन गर्न सके देशलाई पनि फाईदा पुग्ने थियो र बेरोजगारी समस्या पनि समाधान हुने थियो । यता तिर युवाहरुलाई डोर्‍याउन सके राम्रो हुने थियो की ?

    अर्को कुरो राजनीति र देशको परिस्थितीको । मुख्य कुरो त देशले अर्थात राज्यले स्वयम हामीलाई केही गरेर दिने होइन, हामी आँफैँले केही गर्ने हो । राम्रो रहे राज्यले बातावरण बनाई दिने हो नत्र राज्यले कामै नगरी कुनै पनि देशमा खान, बस्न र सुख सुबिधाको दिन्छ जस्तो मलाई लाग्दैन ।

    एक जना जापानमा रहेका साथी भन्दै थिए, “जापानमा काम नगरी कसैले खान पाउँदैन । काम गर्न अनिवार्य छ । अल्छिहरु काम गर्न नपरोस भनेर भागेर पुल मुनी या कुना-काप्चामा गएर लुक्छन, पुलिसले समातेर काममा लगाउँछ ।” हामी पनि विदेशमा खाडीको गर्मी होस् या कोरियाको हिउँमा, जे काम गर्न पनि तैयार छौँ, तर आफ्नो देशमा जे गर्न पनि की त लाज लाग्छ या अल्छि लाग्छ ।

    उध्द्योगपती विनोद चौधरी मात्रै होइन, माड्वाडी समुदायले यही राजनैतिक् परिस्थितीमा गरेको प्रगतीलाई उदाहरणको लागि हेर्न सकिन्छ । कुनै जादुले देश बन्ने होइन । जनता जागरुक हुने हो भने देशको रुप फेरिनको लागि धेरै समय लाग्दैन । दोस्रो विश्वयुद्धमा तहस नहस भएको जापानले अहिलेको प्रगती 40 बर्षको अवधीमा प्राप्त गरेको हो र 1988 मा भोकमरीको कारण नेपाल सँग मकै सहयोग मागेको दक्षिण कोरिया अहिले हामीलाई आकर्शक रोजगारी दिने देश बनेको छ ।

    बगेको पानीमा तल तिर बग्नु ठुलो कुरो होइन, तर धारलाई चिरेर मास्तिर पौडिनु नै वास्तविक बहादुरी हो । अब विदेशमा बसेर फेसबुकमा वा ट्विटरमा “नेताले देश बिगारे” भन्दै गाली गर्दैमा वा सराप्दैमा केही हुनेवाला छैन भन्ने कुरा प्रस्ट भैसकेको छ । न नेता सुध्रिन्छ, न आँफैँ केही गर्न सकिन्छ ।

    सबैको खुबी बराबर नहुन सक्छ तर पनि हामी एक अर्काको लागि परिपुरक् हुन सक्छौँ । आउनुस्, मिलेर केही गरौँ !!!

    Reply
    1. Nischal says:
      July 13, 2014 at 10:02 am

      तेज जी तपाइले लेख्न्नु भएको बिध्यमान हामी नेपाली समाजमा भैरहेको समस्याको बिषय सबै नेपाली हरुले गहन रुपले सोच्नु पर्ने बिषय हो. यो समस्याको दोष कुनै निश्चित मानिस अथवा झुण्डलाई दिन मिल्दैन. अनि तपाइको तर्क सहि छ ताकि धेरै युवा हरुको सपना पुरा नहुने सपना बेचेर आफ्नो खल्ती भर्ने तालिम केन्द्र हरु नैतिक रूपमा त्यति असल होइनन, यसले धेरै युवा हरुको सपना धोस्त हुन्छ, पढाई चौपट हुन्छ अनि लागुपदार्थ अनि दुर्व्यसन मा फस्ने सम्भावना हुन्छ. यसको सत्ता मा रोजगारी मुलक काम हरु सिर्जना गरे युवाहरुको लागि धेरै राम्रो हुन्थ्यो – तपाइले यसको “बाजेको सेकुवा” र #NANGLO जस्तो उदाहरण पनि दिनुभएको छ.

      तर मा यहाँ मेरो आफ्नो कुरा राख्न चाहन्छु. सबै युवाहरु संग आफ्नो आफ्नो प्रतिभा अनि क्षमता हुन्छ. तर यस्ता थोरै हुन्छन जो आफ्नो प्रतिभा आफै देखाएर स्वाभिमान बन्छन, जहाकी धेरै को लागि आफ्नो प्रतिभा देखाएर स्वाभिमान बन्न कसैले अवसर दिनुपर्छ अथवा अवसर को बाताबरण बनैदिनुपर्छ. तर तेस्तो अवसर सिर्जना गरिदिने जिम्मेवार को ? जसलाई देश चलाउने शक्ति जनताले दिएको छ, होइन र ?.

      थोरै संग “बाजेको सेकुवा” घर चलाउने सिप हुन्छा, अनि धेरै संग त्यो “बाजेको सेकुवा” घर भित्र मिठो सेकुवा बनाउने मात्र सिप हुन्छ. “बाजेको सेकुवा” घर नबनी सेकुवा घरमा काम गर्ने सिप भएको ले काम पाउदैन. “बाजेको सेकुवा” घर बनाने खुबी भएको लाई तेस्तो अवसर दिइनु पर्छ, अवसर दिने को ?.

      पहाड र भत्ता फोडेर सडक निर्माण गर्न सक्ने क्षमता भएको नेपाली सिविल इञ्जीनिअर हरुलाई अवसर दिने को ? गूगल र माइक्रोसफ्ट जस्ता ठुला कम्पनीको लागि सफ़्त्वेअर बनौन सक्ने दक्ष नेपाली सफ़्त्वेअर इञ्जीनिअर हरुलाई अवसर कसले दिने ? अवसर बिना उनीहरुले के गर्ने ?

      यो हाम्रो आदर्शोंमुख सोच हो ता कि हामी जनता आफै सजक भएर अगाडी बढ्नु पर्छ, आफ्नो लागि आफै गर्नुपर्छ, यो कुरा हामि हरेक नेपाली लाई थाहा छ, तर पनि हामि किन पछाडी परिरहेका छौ, किनकि ब्यबहारमा उतार्न यो सजिलो छैन. जबसम्म अबसरको बाटोमा जिम्मेवार हरुले तगारो राखिरन्ह्छ्न तबसम्म २-४ जना अगाडी बढे पनि धेरै जसो हामि पछि परिरह्नछौ. नेता हरुको महंगा महंगा गाडी अनि अग्ला अग्ला महल को सत्ता मा सुदुर पश्चिम को बिकट गाउहरु मा बाटो र बिजुली पुगेको भए, धेरै नेपाली हरु को लागि अवसर को बाटो खुल्न सक्थ्यो, धेरै नेपाली खाडी मुलुक मोमिनु पर्दैन थ्यो ! अबत हाम्रो नेपाली समाजमा बिदेसिनु त एउटा संस्कार बनेको छ.

      जबसम्म सच्चा देसभक्त नागरिकहरु ले सरकारको जिम्मेवारी बहन गरेर यी सबै समस्या समाधान को बाटो खोज्दैनन् गर्दैनन्, तबसम्म यस्ता तालिम केन्द्र हरु बनिरहनेछन, नेपाली युवाहरुको सपना अधुरो रहिरहनेछन.

      तथापी बिषय प्रस्तुत गर्नु भएको लागि तेज जी लाई धेरै धेरै धन्यबाद.

      Reply
  11. narash rai says:
    July 12, 2014 at 10:17 pm

    तेज रे को लेखी अत्यन्त राम्रो र सटिक छ. अर्का को देश को नोकर बनेर लाहुरे ले के गरेकाछन त- न त देश को नाम नाता राम्रो दाम? अहिले यी गुरुङ, मगर, राइ , लिम्बु हरुले राम्रो संग नेपाल मै भा पनि पढेको भए कमसे कम नेपाल मा के योगदान त गर्न सक्थे. जिबन भर बेलायतको सैनिक भएर बिधेसी संग लड्दै हिडे. आफ्ना छोरा छोरी ड्राग को लत मा फसे अनि अहिले फेरि के हुर्दुन्गा हरु को पछि लगेर देश नै छुट्टै चाहियो भने.
    यो भन्दा लाज लाग्दो केहि छैन,.

    नेपालको सेवा गर. नेपाल मा योगदान गर. पढ र संसार बुझा भै हरु हो . अर्का को देश को बंगुर नबन. धन्यवाद तेज जी.

    Reply
  12. Avinash Pandey says:
    July 12, 2014 at 10:31 am

    विदेश भने पछि हुरुक्कै हुने हामी नेपाली को बानी छ | नहोस पनि किन, देश को अवस्था यस्तो छ |

    लाहुरे गको र ब्रिटिश को लागि लडेको भनेर हामी फुर्ति लागौचौ तर खैर्रए हरु ले त्यो देख्दैनन, उनिह अरु को लागि नेपाली लडेको पैसा को लागि मात्र हो, कुर्बानी को गुफ दिनु बेकार छ |

    उनि हरु को देश मा IMMIGRATION ले समस्या निकाली रहेको छ | third world देश मा मान्छे हरु America मा सरि रहेका छन्, र इनि हरु सस्तो मा काम गर्छन, American हरु ले जागिर गुमाई रहेको छन्, अरु समस्या मध्ये मा | DV र PR को भोक ले ग्रसित छौ हामी, उनिहरु लाई यो मन पर्दैअन |

    आफ्नो देश मा बसम, आफ्नो देश को लागि गरौं, यो अमेरिका को DV र PR, र ब्रिटिश को PR को चक्कर मा नाफस्दिनु होस् |

    देश जादु ले बन्दैन | बनाउने काम हाम्रो हो | र पार्टी स्वार्थ हैन देश को स्वार्थ हेरौं |

    धन्यवाद
    जय नेपाल

    Reply
  13. Ramesh babu says:
    July 12, 2014 at 7:00 am

    धेरै सान्दर्बिक लेख , तर बाद्ध्येता पनि ! तेज जी को भनाइ जानै हुन्न भन्ने मात्र हैनकि भर्ति लाग्ने भनेर आन्तिममा नलाग्ने ९९%९ युबाहरु चै भद्दकिएर कुबाटो तिर लाग्ने भन्नेहो त्योनै सहि हो ! तेस्मा सुधारको आबस्येक छ !

    Reply
  14. Suman Gurung(UK) says:
    July 12, 2014 at 6:00 am

    येही कुरा मा सपना बेच्नु अवस्य राम्रो होइन, तर बिषय आफै मा नराम्रो होइन अथवा लाहुरे हुनु नराम्रो होइन, पहिले पहिले यी तालिम केन्द्र हरु नहुदा पनि भर्ति हुने उति नै हुन् अहिले हुदा पनि उति नै हुन्, उहिले पनि उत्तिकै गाह्रो थियो छानिन अहिले पनि उत्तिकै गारो छ,केवल तालिम केन्द्र ले फाइदा लिएको छ बेरोजगार युवा बाट अझ भनौ शिक्षा को कमि भाको युवाहरु बाट. हाम्रो शिक्षा पद्दति उस्तै कम्जोर छ, हाम्रो सबै भन्दा नराम्रो पक्ष्य भनेको राजनीति जसले युवाहरु को पक्ष्य मा कहिले नि उभिएन जबकी जहिले पनि युवाहरु चाहि राजनीति को पछि लागिरहे, देश को कानुन पालना कहिँ कसै बाट गरिदैन, धन हुने र पावर हुने ले जे गरे पनि हुने, गरिब गुरुवाहरु लाइ मात्र कानुन ले अधिन मा राखेको अवस्था छ अहिले पनि.९९% राजनीतिज्ञ हरु भ्रस्ताचारी छन्, कोहि त अवस्य छन् जसले राम्रो काम गर्दा र गर्न खोज्दा दियिदैना, कोहि येस्ता कर्मचारी छन् जसलाई इमान्दार हुन् बाट स्वयम् राजनीतिज्ञ हरु र तेस्का पालान्हारी हरु नै घुस्याहा बनाउन चाहनछ.
    रहयो गोर्खा पल्टन को कुरा यो त एउटा सिंगो इतिहास बोकेको बिषय हो जसले गोर्खा पल्टन संग सम्बन्धित नरहेर पनि संसार को हरेक कुना मा हरेक नेपाली ले बिर गोर्खाली भनि चिनिने ठाउ छ चाहे जसले जे सोचोस्, देश को माया हुने ले देश को पो सेवा गर्नु पर्छ देश मै पसिना बगाउनु पर्छ भन्ने सोचेर देश नछोडेको भए युवाहरुले बिस्व मा येत्रो बिधि आर्थिक मन्दी हुदा देश को अर्थतन्त्र धान्ने को त?? येति कुरा ले चित्त बुझाउने बाटो पनि कहाँ छ र!! देश को हरेक देश अथवा विदेश मा पसिना बगौडा देश नसम्झने को नेपाली होला र ?? तेस्रो दर्जा को मानिस हुन् कसलाई पो मन होला र फेरी पनि बध्येता येस्तै छ अझ कति पुस्ता ले एस्तो बाध्येता झेल्नु पर्ने हो. चाडै देश को बिकाश होस् नया शासन पद्दति को बिकास होस् सबै ले देश को माया गरुन नियम कानुन को पालना गरुन गराउन, जय नेपाल.

    Reply
  15. Biwek Bal says:
    July 12, 2014 at 5:34 am

    यस्तै हो साथी| जबसम्म हामी जनजाति सजग र सचेत बनेर मुलुकको मूल प्रवाहमा सम्मिलित भएर देश निर्माण वा नीति निर्माणमा सहभागी बन्न सक्दैनौ तब सम्म यस्तै हो| बाजेहरुले यतिका बर्ष, दशक र शताब्दीमा गरेनन र अब गर्ने होइनन| खालि आफै र आफ्नै परिवार नातागोतालाई मात्र पोषण गर्दै हामीलाई शोषण र सीमान्तकृत गर्दै आएका छन्|
    अस्ति माईसंसारमा एकजना शिक्षित तामांग युवकले (अंग्रेजीमा स्नातकोत्तर) सरकारी पहुँच ठाउँमा जताततै जातपात र नातागोता कोटा मात्र अघि सारेकोले जागिर नपाएर फ़्रस्ट्रेटेड भएर अरब जान सोच राखेको पढेको थिए, मेरो आफ्नै संग मिल्दो जुल्दो थियो| हिज माओवादीले जनजातिलाई सपना बेचेर बन्दुक उठाउन अग्रसर गराए तर अहिले आएर छर्लंग भएको छ त्यसको फायदा पनि शीर्ष स्थानमा रहेका बाजेहरूले नै पाए| मह कसले खाएका छन् र चाका कसलाई चाट्न फालिदिए त्यो पनि उदाङ्गै छ|
    दुख लाग्छ यो भन्न पर्दा| हामी नेपालीलाई आफ्नै मुलुकमा किन वास्तविक रुपमा समान अवसर छैन| हाम्रो देशको राजनीति र प्रशासनमा सम्पूर्ण डाडु पन्यु दुइतै बाजेहरुको हातमा भए पछि देशको हालत सुध्रिदो होइन बिग्रदो भएपछी दोष बाजेहरुलाई दिन पर्ने होइन? तर त्यतिले मात्र पुग्दैन, हामीले यो यथास्थितिलाई निरन्तरता दिने क्रम कसरि हो तोडनै पर्छ चाहे अर्का पार्टीले जतिसुकै रेसिस्ट गरुन|

    Reply
  16. कृष्ण भारद्वाज says:
    July 12, 2014 at 4:54 am

    गरिबीलाई दोष दिएर हुन्छ ?? आफ्नै देशमा गर्नु पर्छ……अर्काको नोकर बन्न भन्दा नेपालमै पाउरोटी र पानी खाएर जिबन धाने हुन्छ !

    Reply
  17. Kishor says:
    July 12, 2014 at 1:44 am

    धेरै वर्ष पहिले एकजना पोखरेली गुरुङ दाई मेरो डेरा मा आए लण्डन मा . उनि भन्दै थिए कि लाहुरे आउने देशमा नक्कली पास पोर्ट बोकेर आएँ . अब सरनार्थी आबेदन पास भए लाहुरे बराबर हुने थिएँ र नेपाल मा गएर बिहे गर्ने थिएँ. किन भने लाहुरे मा भर्ति नपाए मन परेको केटि पाउन पनि मुस्किल हुन्छ रे पोखरा मा. पाए ब्रिटिश लाहुरे नपाए इन्डियन लाहुरे र त्यो पनि नपाए नेपाली आर्मी र त्यो पनि नहुँदा नेपाली पुलिस मा गा को हुनु पर्ने रे पोखरेली गुरुङ नि हरु लाई. ति कुनै मा भर्ति नभका लाई छोरी दिन्नन रे . मा त जिल्ल भा को यो कुरा सुनेर . अब नेपाल मा ब्रिटिश भर्ति बन्द गर्नु अघि गुरुन्ग्सेनी हरुलाई ब्रेन वाश गर्नु पर्छ. लाहुरे को र चाहुरे को …… उस्तै हो भनेर.

    Reply
  18. Sam Sharma says:
    July 12, 2014 at 12:29 am

    लेखको आशय राम्रो लाग्यो / देशमा जनताको लागि आर्थिक क्रान्ति गरी प्रजातान्त्रिक समाजबाद, जनबाद, नौलो जनबाद, गणतान्त्रिक जनबाद र अर्को के के बाद हो ल्याउन ठुला-ठुला भाषण गर्ने नेताहरु मार्ग दर्शक र उदाहरणीय बन्नुको सट्टा दिन-रात व्यक्तिगत (क्षणिक) शक्ति संघर्षको लागि बाद-बिबादमा फसेर साघुरो घेरा भित्र (कहिल्यै मुक्ति नपाउने गरी) परी नशाले चुर्लुम्म डुबेका छन् / यस्तो गोर्खा सैनिक भर्ति लगायत अन्य देशनै डुबाउने (नैतिक, सामाजिक तथा आर्थिक रुपमा) प्रोजेक्टहरु वा बैदेशिक रोजगारको ‘रिप्लेस्मेण्ट’ युबा (युवती) हरुलाई देशमै यथोचित तालिम दिएर (आर्थिक) उत्पादनमूलक प्रोजेक्टहरु मार्फत अवसर दिनुपर्छ / सरकार, नेता-कार्यकर्ता, बिधि-निर्माणकर्ता (policy makers), नागरिक समाज, बुद्दिजिबि र अन्य क्षमतावान व्यक्तिहरुले आफ्नो साँघुरो स्वार्थको घेरा बाट बाहिर निस्केर, जान्ने (बिज्ञ) हरुबाट सिकेर आत्मनिर्भर योजना तयार गरी देशमै साना-ठुला उद्दोग वा कृषि ब्यापार-ब्यबसायहरु स्थापना गरी युवाहरुलाइ तालिम दिइ रोजगारी प्रदान गर्नु पर्ने बेला आएको छ / कुरा र योजना भाषण र कागजमा मात्र सिमित नगरी ‘एक्सन’ मा ल्याई ‘इम्प्लिमेण्ट’ गर्नुपर्छ / राजनीतिको रंग लाइ बिर्सेर स्वस्थ प्रतिस्पर्धा गराई सरकार र पार्टीका मानब (दानब???) हरुले आगामी दश बर्ष भित्र पनि केही गरेनन भने देश या त ब्रिद्दाश्रममा परिणत हुनेछ या त संसारको सबैभन्दा गरीब मुलुकको रुपमा चिनिने छ / तर नेताहरु (दुइ चार जना बाहेक) यसमा गम्भिर देखिदैनन / नेताहरुको ध्याउन्न कसरी शक्ति हातमा लिने बाहेक अन्य सिर्जनात्मक कार्यमा गएको देखिन्न र उनीहरुको हर्कत यस्तै रही रहेमा इतिहासले उनिहरुला माफी गर्ने छैन / BTW, अर्थमन्त्रीले आज पेश गरेको ५% आर्थिक ब्रिद्दि दर (GDP) fabricated कागजी घोडा जस्तो लाग्यो /

    Reply
  19. Nischal says:
    July 11, 2014 at 9:26 pm

    तेज जी , तपाइको तर्क सहि हो.

    मेरो पनि अनुभब छ कुनै समय म पनि डलर को कल्पना गर्दै धरानको गल्लि र रोड हरुम बिहान बिहान दौडेको. अनि मा संग छनौट मा असफल हुनुको पिडा पनि छ. तर त्यो मेरो रहर थिएन, मेरो परिवारको जिर्ण आर्थिक अवस्था र मेरो अस्पस्ट भबिस्यले निम्ताएको बिबसता. मैले थुप्रै राम्रो पदने साथी हरुले पनि आफ्नो पढाई चौपट बनाएको देखेको छु.

    तर यसको दोष तालिम केन्द लाई मात्र दिन मिल्दैन किनकि यो हुनुको मुख्य जड देशको बद्र गोल अवस्था हो. युवाहरुले न त गुणस्तरीय शिक्षा पाउछन न त रोजगारी. अधिकांस युवा हरुले आफ्नो भबिष्य अध्यारो देक्छन, तेस्को परिणाम स्वरुप युवाहरु पुरा नहुने सपनाको लागि तेस्त तालिम केन्द्र को शरन लिन पुग्छन. यदि युवा हरुलाई अरु अवसर मिल्ने भए ति तालिम केन्द्र हरु स्वत कम भएर जान्छन.

    Reply
  20. तेज प्रसाद अधिकारी says:
    July 11, 2014 at 7:30 pm

    तेज जी,
    एउटा दृष्टिकोण तपाइको पनि सहि हो तर म के भन्छु भने आखिर स्वाभिमान नबेची सुखै छैन हामी नेपाली लाइ, ०.०१% नै सहि कमसेकम डलरमा स्वाभिमान बेच्दै छन् / नेपाली स्वाभिमान कौडीको दाममा बिकिरहेको बेला यो पनि उपलब्धि मान्नु पर्छ, किनकि यो नै हाम्रो नियति हो, नेपाली हुनुको पुरस्कार हो, हाम्रा नेताले हामीलाई दिएको सौगात हो / हो दुइ चार जना नेपालीले स्वदेशमै स्वरोजगार भएर उदाहरनिय काम गरेका पनि छन् तर सबैमा त्यो हुनर हुनु पनि पर्यो नि / हाम्रो शिक्षा प्रणाली बाठो बनाउछ तर उधमी बनाउदैन / संसारको सबै कुरा सिकाउछ तर राष्ट्रियता सिकाउदैन / सपना देखाउछ तर सपना पुरा गर्ने कुनै आधार दिदैन / अनि सपना न टुटेर के टुट्छ त ? हो भन्न त भनिन्छ कि राष्ट्रले आफुलाई के दियो त्यो नसोच, राष्ट्र लाइ आफुले के दियौ त्यो सोच/ तर राष्ट्रलाई दिने ‘लायक’ बन्न को निम्ति कमसेकम राष्ट्रले मौका त दिनु पर्ने होइन र ?

    Reply
  21. Dabin rai, south korea says:
    July 11, 2014 at 7:21 pm

    लाहुरे हुने त भैहाल्छ ! नहुनेहरु को त जिन्दगी नै डामाडोल हुनछ ! किन कि यसको एक उदाहरन म नै हो ! मैले पनि आफ्नो युवा अबस्था को महत्वपूर्ण चार बर्ष लाहुरे बन्ने सपना लियर बिताए तर सफल हुन् सकिन ! त्येस पछि पढाई पनि बिग्रियो ,उमेर ले पनि डाँडा काट्यो ! अनि गर्ने के भन्दा वैदेशिक रोजगारि मा जाने ! तेसैको सिलसिलामा मा आज कोरिया सस्तो लेबर को रूप मा काम गर्दैछु ! तेसैले अहिले को युवा साथीहरु भन्न चाहन्छु कि लाहुरे बन्न कोसिस गर्नु होस् तर आफ्नो पढाई लाई पनि निरन्तरता दिनुहोस नत्र म जस्तै सस्तो लेबर को रुप मा विदेशीनु पर्ला है !

    Reply
  22. sam says:
    July 11, 2014 at 7:07 pm

    लेख समय सान्दर्भिक छन् जसले जे भन्ने पनि हरेक मान्छेको स्वार्थ लुकेको छ तालिम दिने केन्द्रको गुरूहरूले मज्जाले ठगेर खान्छन अनि भर्ति भए पछि बेलायत सरकारले राम्रो संग हुम्लाको यार्सागोम्बा सरि बनाएर बेच्छन यो जसले भोगेको छ तिनलाई थाहा छ !

    Reply
  23. derwent says:
    July 11, 2014 at 5:56 pm

    हिजो एक बाध्यताले वा चहानाले एक दुई वर्ग देश बाहिर रहे, त्यो नै मुलुकको निम्ति एक अभिशाप आज भएको छ, त्यी बर्ग अरु नेपाली भन्दा अर्थिक रुपमा संम्पन भए पनि उनका छोरा नातिहरुको प्रगतिको मुल्याकन सामाजिक रुपमा उल्लेखनीय छैन, तुलनात्मक रुपमा/
    आजको नेपाली समाज त्यो भदा एक भयाभय रुपमा अघि बढी रहेको छ, आज नेपाल एक भर्ति केन्द्रको रुपमा विस्तापित हुदैछ/ नेपाली प्रजातन्त्रको भाग २ पछि जति नेपाली विदेशिने क्रम छ, तेस्को सापेछिक मुल्याकन हुनु गरुरी छ/ नेपाली युवा आज एक अमानबिय कामको निम्ति खाडी र अन्य मुलुक पलायन हुने क्रम उच्च छ, यदि यो नरोकिएमा एसको परिणाम अबको २०-४० बर्षमा कस्तो आउछ कल्पना पनि गर्न नसकिने हुञ्छ/ रेमित्तंसले देश विकास हुदैन, यदि हुने भाको भए फिलिफिन्स मलेसिया कोरिया, ताईवान भन्दा संम्पन हुन्थियो होला!!!
    नेपालमा सबैलाई एक अच्चमको रोग लागेको छ, त्यो रोग सबै बर्गमा समान छ/ उच्च सिक्षितहरु अमेरिका, यूर्पोर, क्यानाडा जानै पर्ने/ कम आय भएका खाडी मुलुक र अन्य देस जानु पर्ने बाध्यता सामाजिक र पारिवारिक दबाबले पनि सिर्जना गराएको छ/ बिदेस जाने एक status symbol जस्तो हुदै गएको छ/ आजभोली गाउ घरमा कोहि खेति किसानी गर्न मान्दैनन किनकी छोरा छोरी र नातिले खाडी बाट पैसा आउछ, र तेही पैसा पसलबाट coca cola र Instant Noodle किनेको घटना चरिकोटको गाउ तिर देखिएको थियो केहि समय अगाडि/ यो कस्तो बिकृति भित्रायो रेमित्तंसले नेपालमा?
    नेपालमा कामदारको कमी भएर इन्डियनहरुले ठुला देखि साना साना काम गरिरहेका छन्/ नेपालमा तरकारी बेच्ने, कपाल काट्ने र ठुला ठुला बैंकका मानेजर भारतीयले नै भरेका छन, नेपालीलाई आफुनो देसको घिऊ भात नपचेको मात्रै हो, अरब र गोराको देक्ची माझ्दा मात्रै नेपालको माया र रस्तियताको झझल्को आउने!!
    १००-२०० बर्ष अघिको गोर्खे हुने चलनले आज एक बर्ग पिछडियो, यदी नेपाली बिदेसिने क्रम नरोकिने हो भन्ने अबको ३०-४० बर्ष को नेपाल को अवस्था के हुने होला?

    Reply
  24. Bindu says:
    July 11, 2014 at 5:12 pm

    लाहुरे हुन गएका राई गुरुङ तामाङ्ग — आदिसंग न सात पुस्ता पुग्ने सम्पति छ —
    न — न ——— न राज्यमा पावर छ —
    सधै किन पिछडा बर्गमा ? मैले कुरा बुझ्न सकिन ——– तेज राई

    तेज जी !
    थोरै समयमा नै सात पुस्ता सम्म पुग्ने सम्पति कमाउन राजनीतिमा लाग्नु पर्छ .
    देशको सम्पतिमा रजाई गर्न पाईन्छ — काला व्यापारीले महल किनीदिन्छन् —
    उत्तर दक्षिणबाट सुटकेशका सुटकेश पैसा आउछ —
    नेपालका धनाड्य ब्यापारी संग साझेदार हुन्छ —

    ठ्याक्क जबाफ त यै हो तर यो गलत सिस्टम अन्तर्गत परेको छ ——-

    Reply
  25. Nir bikram limbu says:
    July 11, 2014 at 5:10 pm

    तेज राई ज्युले,
    लेख्नु भएको कुरा अति नै सुन्दर लाग्यो साथै वहाँको लेखन सैली को म त नत्मस्तक नै भए । कलम चलाउनु माहान कुरा हो तर त्यसलाई न्याय दिनु त्यो भन्दा पृथक ठन्दछु । वहाँको कुरा चित्त बुज्दो छ तर मेरो यो कुरामा बिमती छ कि वहाँले भने जस्तै भर्तिमा असफल हुने हरुको पढाई चौपट हुन्छ, पराजित मनसिकता लिएर हिड्छन र अन्तिम मा खडी मुलुकमा सस्तो लेबरमा जान्छन, यसमा मलाई लेखकको लेखले वहाँको छोटो सोच, कमजोर मानसिकता, बिगतको असफलता र केहि डाहा महसुस भएको छ, र त्यस्कै उपज यो लेख हो कि भन्ने भान भएको छ । यदी सबै असफल भएकाहरु लेखकले भने जस्तै हुने भए हाल सम्म सयद यो देशको स्वरुप नै बेग्लई हुन्थियो होला । हरेक कुराको दुइवटा पाटो हुन्छ । लेखक ले भने झै पनि केहि असफल प्रतिस्पर्धी हरु हुन सक्छन तर यस प्रतिस्पर्धाले एउटा युवा लाई परिपक्व हुन सिकाउछ, तालिमले कुलत म लाग्न बाट जोगाउछ, एउटा जिम्बेबारी बोध गराउछ आदी इत्यदी यस्ता थुप्रै फाइदा छन भन्नेको कुराको जानकारी लेखक लाई हुनु पर्छ ।भनिन्छ “नमरी स्वर्ग देखिदैन” त्यसरी नै लेखक ले अरुको कुरा सुनेकोको भरमा लेख्नु भन्दा आफैले भोगेर लेख्दा युक्ती सँगत हुन्थियो कि ?
    पैसा मात्र सबै थोक हैन, लेखकले सबै लाहुरे लाई नेपाल कै धनी हुनु पर्छ भनेका छन । तर यो कुरा सुन्द लेखक मा अपरिपक्वता प्रस्टै महसुस हुन्छ । हो लाहुरे हरु सपना देखे झै नेपाल कै धनी हुँदैन तर दुइ छाक खान र राम्रो लगाउन कसैको आगाडी हात जोर्नु पर्दैन न त नेता हरुले झै भ्रस्टचार नै गर्नु पर्छ । अनि लेखकले VC लाई प्रधानमन्त्रीको दर्जा र पावरसँग दज्नु पहिले यस बारे ज्ञान लिए तपाईं को कमजोर मान्सिकता को उपचार पो हुन्थियो कि ?
    लेखक को कलम को सम्मान गर्दै अब उप्रान्त लेख्दा बिषय प्रती राम्रो ज्ञान लिएर लेखे तपाईंको कलमले न्याय पाउने थियो । इति

    Reply
  26. abhinav says:
    July 11, 2014 at 4:54 pm

    रोजगारी ,सिपमुलक शिक्षा , क्षिक्षा प्रतिको जागरुकता त्यो केहि छैन
    गरिबीले ढाड सेकेकोछ अनि के गरुन त ?

    Reply
  27. ramesh says:
    July 11, 2014 at 2:19 pm

    यो गोर्खा भर्ति तेती ठिक चाहि होइन तर खाडी र मलेशिया अनि इंडिया को नारकीय जीवन भन्दा यो १००% राम्रो छ, तेसकारण निशाना गोर्खा भर्ति होइन, देश को लाथालिंगीय अबस्था तिर सोझ्याउने पर्छ.

    Reply
  28. राजू शाह says:
    July 11, 2014 at 1:36 pm

    खोई यसलाई के भनु नेपाली युबा जगत को बाध्यता या रहर ,जे भनेता पनि म आफ्नै देशको आर्थिक स्थिति र उद्योग धंदा को लागी नभयको सहज बाताबरण र नेपाली राजनीति मा पटक पटक देखि रहने अस्थिरता लाइ जिम्मेवार मान्छु ,यो मेरो आफ्नो ब्यक्तिगत बिचार हो ।

    Reply
  29. Resham says:
    July 11, 2014 at 1:21 pm

    यो बिषयमा मैले पनि येसो सोंच्द्छु हामी नेपालीहरु किन यसरि भाडाको सैनिक बन्न मरिहत्ते गर्दछौ , मैले सुने अनुसार जुन देशको भाडाको सैनिक बन्न हामी यति आतुर छौं जस्तै ब्रिटेन ,इंडिया त्यहाँ कै नागरिक को लागि सैनिक सेवा अन्तिम बिकल्पमा औंछ रे ,तर हामी भने अरुको देशको सार्बभौम को लागि रगत दिन तम्तयार छौं . सायद हाम्रो देशको गरिबीले होला साथै हामीले भन्ने गरेको बिर बलभद्र जो कि पहिलो नेपाली हुन् जो अंग्रेज हरु संग हार् खायपछी उनीहरुकै सेना मा भर्ति भय र तेही परम्परा बस्यो .

    Reply
  30. SR Bista says:
    July 11, 2014 at 1:19 pm

    तेज राई को लेख बडा समय सान्धर्विक लाग्यो. बास्तव मा २१ औ सताब्दी मा देश का कर्णधार युवा लाई येसरी आर्को देश को सैन्य सस्था मा भर्ना गर्नु दिनु हुदैन. १८ औ सताब्दी मा जे भयो जस्तो परिस्थिति थियो आइले छैन…दुवै गोर्खा (भारत र बेलायत) र अरु कुनै देश पनि भए वन्ध गर्नु पर्छ…अनि पढ्ने आवसर दिनु पर्छ … आरु को देश को सैन्य गरसि भन्दा पनि आफु योग्य भए स्वर्णिम अवसर चारै तिर छ भन्ने सिकाउनु पर्छ…मेरो 1 जना साथी को ३ पुस्ता भारत र बेलायेत को भर्ति केन्द मा जागिरे भए तर 1 जना छोरा ले आब समय बदलियो भनी MBA गरे र आइले नेपाल कै एउटा ठुलो बैंक मा मनेजेर छन्…..निदाए को सरकार लाई त के मतलब र..आफु र आफ्ना सम्पन्न पार्न पाए भैगो !!!

    Reply
  31. लौटन अवधि says:
    July 11, 2014 at 12:45 pm

    अब आफै बंध हुनेवाला छ किन भने ब्रिटिस ले लिनु र लानु पर्ने सबै लाइ लगी सक्यो ! अहिले यु के का अल्टरसड, रिडिंग, साउथल तिर धेरै नेपालि बाजे ढाका टोपी लाएर – बज्येयी लुंगी लाएर बाजे अघि अघि बज्येयी पक्षि पक्षि छ्याप्छ्याप्ती देख्न पाइन्छ ! आज भन्दा १० – १२ वर्ष पहिला एस्तो थिएन ! पार्क, पब, बाटो जता ततै बाजे बोजु को घुइचो छ ! छोरा छोरी कोहि रेस्टुरेन्ट, कोहि सेक्युरिटी, कोहि अलि अफिसियल जागिर तिरै भिडेका छन् ! युके मा अहिले त सानो तिनो थुप्रै गाउ हरु नै नेपाली का छन् ! गुर्खा भर्ति अब उतै बाट हुनेछ !

    Reply
  32. Syanu Paija says:
    July 11, 2014 at 11:56 am

    एका तिर हरेक बर्ष घट्ने कोटा छ भने अर्को तिर भर्ति फार्म भर्नको लागी पासपोर्ट अनिबार्य छ। यस्ले सरकारले सरासर आफ्नो नागरिकलाई बिदेशी भुमीमा जानै पर्ने दवाव दिएको छ। कम्तीमा पनि अन्तिम छनौटमा परेका हरुलाई मात्रै सरकारले पासपोर्ट बनाईदिएर बिदेशी शैनिक को लागी जिम्मा लगाएको भए पनि हुने। लाखौ युवालाई हरेक बर्ष जब्बरजस्ती पासपोर्ट भिडाएर बिदेश जा भन्ने बातवरण को सृजना सरकारले नै बनाएको छ।

    Reply
  33. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    July 11, 2014 at 11:38 am

    यसरि देशले युबाहरु बेच्न बन्द गर्नु पर्छ…….. अझ कति साथी भाइले गुर्खा सैनिक भन्दै फुर्ति लगाएको देख्छु कठै बिचरा !

    Reply
    1. Dhan says:
      July 12, 2014 at 1:19 am

      भारद्वाज जी,
      गोर्खा भएर विदेशिनेहरुले लगाउने फुर्ति र अस्ट्रेलिया र अमेरिकामा cleaning र kitchen hand ले देखाउने रवाफमा तेती अन्तर छैन भन्ने हाम्लाई लाइराछ !

      Reply
      1. Lochan Gautam (Qatar) says:
        July 12, 2014 at 1:37 pm

        बिक्नु र टिक्नु मा धेरै फरक कुरा हो, एसको मूल जड भनेको नेपालको राजनीतिक अस्थिरता हो, अर्को कुरा UK लाहुरे भैसके पछि तिनीहरु ले आर्थिक हैसियत देखाउने र अरुले नक्कल गर्ने तथापी लाहुरे हुनु मा कसैको रहर कसैको बाध्यता होला, कमेन्ट गर्नेहरु मा खुब रास्त्रियता जल्केको देखछु येही जमात राजनीतिमा प्रबेस गरेर देस र जनताको लागि राम्रो कम गरे कसो होला ??????

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme