Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्राजिलको ऐतिहासिक लज्जास्पद पराजय

Posted on July 9, 2014July 9, 2014 by Salokya

cry1
जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७-१ ले पराजित गर्‍यो। सन् १९७५ देखि गृहमैदानमा नहारेको ब्राजिल विश्वकपको इतिहासमै सबैभन्दा ठूलो अन्तरले पराजित हुने आयोजक राष्ट्र बन्न पुग्यो। यसअघि सन् २०१० मा दक्षिण अफ्रिकालाई उरुग्वेले ३-० ले पराजित गरेको थियो। सन् १९५८ मा मेक्सिकोलाई इटालीले ४-१ ले पराजित गरेको थियो भने स्विडेनलाई ब्राजिलले ५-२ ले पराजित गरेको थियो १९५८ कै फाइनलमा। यस पटक मध्यान्तरसम्म नै ब्राजिललाई जर्मनीले ५-० ले पछाडि पारिसकेको थियो।

cup

cry

cry2
विश्वकपमा सबैभन्दा बढी गोल भएको खेल भने १९८२ मा हङ्गेरीले साल्भाडोरलाई १०-१ ले हराउँदाको हो।

विश्वकपमा ठूलो (लज्जास्पद) पराजयको इतिहास

२००२- जर्मनी ८-० साउदी अरेबिया
२०१०- पोर्चुगल ७-० उत्तर कोरिया
१९७४- युगोलस्लाभिया ९-० जायर; पोल्यान्ड ७-० हाइटी
१९५४- हङ्गेरी ९-० दक्षिण कोरिया; टर्की ७-० दक्षिण कोरिया; उरुग्वे ७-० स्कटल्यान्ड
१९५० उरुग्वे ८-० बोलिभिया
१९३८ स्विडेन ८-० क्युबा

३१ गोल पनि भएको थियो

विश्वकप छनौट खेलमा सबैभन्दा बढी गोल भएको भने सन् २००१ मा अस्ट्रेलिया र अमेरिकन समोआबीचको खेल हो। यो खेल अस्ट्रेलियाले ३१-० ले जितेको थियो।

भिडियो हेर्नुस्-

नेपालले खाएको थियो १६ गोल

त्यस्तै नेपालले २००३ को सेप्टेम्बर २९ मा एएफसी छनौट चरणको खेलमा दक्षिण कोरियाबाट १६-० को लज्जास्पद पराजय भोग्नु परेको थियो। त्यतिबेलाको काठमाडौँ पोस्ट सम्पादकीय

भिडियो हेर्नुस्

सबभन्दा ठूलो पराजय १४९-०

फुटबलको इतिहासमा नै सबैभन्दा ठूलो पराजयको एउटा रेकर्ड चाहिँ AS Adema र SO l’Emyrne बीच २००२ को अक्टोबर ३१ मा भएको खेलको छ। यो खेल AS Adema ले १४९-० ले जितेको थियो। खेलका सबै गोल आत्मघाती थिए। किनभने खेलाडीहरु रेफ्रीको पक्षपातपूर्ण निर्णयको विरोधमा उत्रिएका थिए।

उडायो सपना सबै जर्मन हुरीले- ब्राजिलका कोच pic.twitter.com/b5zXnlGmoY

— salokya (@salokya) July 8, 2014

श्री/श्रीमति/सुश्री ब्राजिली फ्यानहरु, महोदय, तपाईँहरुको जर्सी नफ्याँक्नुहोला, साउनमा बोलबम जान काम लाग्छ। भवदीय, ब्रा.अ.विरोधी मोर्चा

— salokya (@salokya) July 8, 2014

***********
यी सब इतिहास नेपालमा रहेका ब्राजिली फ्यानहरुलाई सान्त्वना दिन सम्झाइएका हुन्। बिचरा, यसरी मोटरसाइकल र्‍याली गर्नेहरुलाई कति चोट पुग्या होला!
brazil111

42 thoughts on “ब्राजिलको ऐतिहासिक लज्जास्पद पराजय”

  1. Samratrana says:
    July 11, 2014 at 3:22 am

    हाम्रो नेपालले दक्षिण कोरिया संग खेल्या भए तेस्तै ५०-० हुनेथियो होला हगि? अनि अझै त्यो जर्मनी संग खेल्ने सौभाग्य पाएम भने … !!?? ओ हो कल्पना गर्दा नै लाज लाग्छ

    Reply
  2. Lochan Gautam (Qatar) says:
    July 9, 2014 at 4:29 pm

    कोइ कोइ बोका केटाहरुलाई जन्डिस लागेको थियो हिजो जर्मनी मनुवाले चट पारिदियो अहिले ठिक भइसको 😀

    Reply
  3. Ratna says:
    July 9, 2014 at 4:01 pm

    कृपया ब्राजिल हारेको मा चक्का जाम वा नेपाल बन्द चै नगर्नु होला.
    धन्यवाद!!!

    Reply
  4. राम शाही says:
    July 9, 2014 at 3:52 pm

    This is a massacre not just a win … I feel sorry for ब्राजिल

    Reply
  5. गगने says:
    July 9, 2014 at 3:30 pm

    वोर्ल्ड कप को सेमी फ़ाइनलमा एइतिहाशिक लज्जास्पद हार त्यो पनि आयोजक रास्ट्र र फुटबलको पर्यायबाची पेलेको देश, फुटबललाई आफ्नो धर्म र कर्म मान्ने देश, फुटबल मेरो हो र मेरै लागि बनेको हो भन्ने देश! पांच पटक वोर्ल्ड कप जितेर छिटै तोडिने इतिहाश बनायको देश!
    तर बास्तबिकता के हो भने,
    ब्राजिलिएन हरु उन्नाइशौ र बिशौ शताब्दीको फुटबल प्रशिक्षण दिन्छन र मध्ययुगिन फुटबल खेल्छन जसमा एउटा व्यक्तिको अधिनायाकत्वो हुन्छ! यो खासमा ब्राजिल मात्र नभयर दक्षिण अमेरिकी सोच हो!
    दक्षिण अमेरिकी हरु एक जनालाई काधमा उचाल्दछन र बिश्वोमाझ प्रदर्शन गरि बिश्वोलाई फुटबल र आफ्नो देशको हिप्नोटाइज गर्ने नकाम कोशिस गर्छन! हुनपनि कति हामीहरु त्यो भ्रममा छौ!
    ब्राजिलको सम्पुर्ण फुटबल तेही एक व्यक्तिमा टिकेको हुन्छ र तेही एक व्यक्तिको भाग्य संगै स्खलित हुन्छ ब्राजिलको फुटबल!
    यसपाली ब्राजिलले नेइमार उचालेको थियो! तर खासमा नेइमार नाम उचालेको जस्तो खास्सै केहि थिएन र उस्लालाई भाग्यले बचायाको छ ब्राजिलको शर्मनाक हार थाप्लोमालिन बाट अझै यति मात्र नभयर कतिपय भ्रममा रहेकाहरुको लागि त नेइमार झनै भगवान बन्न पुगेको छ किनकि नेइमारको अनुपस्थितिमा नै ब्राजिलले वोर्ल्डकप सेमी फ़ाइनलमा आफ्नै आयोजनामा आफ्नै देशमा आफ्नै फुटबल ग्राउण्डमा शर्मनाक हार व्यहोर्नु परेको छ!
    हो एकदुइ राम्रा खेलाडी त चाहिन्चानै तर फुटबल भनेको टिम वोर्क हो भन्नेकुरा यूरोपले र खासगरी जर्मनी र नेदरल्याण्डले बुझेको छ देखायको छ!
    वोर्ल्डकप फुटबल खासगरी यूरोप भर्सेस साउथ अमेरिका बीच हुने गर्दछ र यो वोर्ल्ड्कप ठ्याक्कै तेस्तै भयको छ साउथ अमेरिकाको दुइ ठुला कहलिएका फुटबल महारथी र यूरोपका दुइ मुख्य फुटबल महारथी बीच यो युद्द चलेको छ र तेस्मा निकै बजाइएका र निकै चम्चामायर उचालिएका एउटा फुटबलको पर्यायबाची भन्न चाहने रास्ट्रले शर्मनाक हार व्यहोरी सकेको छ र अर्को चाहि पालो कुरेर बसेको छ!
    यूरोप र साउथ अमेरिकाको यो फुटबल प्रतिस्पर्धा लाइ यसरी पनि हेर्न सकिन्छ,
    लोकतान्त्रिक समाजबादी (सामुहिक) शक्ति बिरुद्द एकाधिकार वा अधिनायकी को प्रतिस्पर्धा!
    अर्जेन्टिनाको टिम भनेको मेस्सी हो मेस्सिको अधिन र अधिनायाकिमा अर्जेन्टिनाले आफ्नो फुटबल अगाडि ल्यायको छ मेस्सिलाई देखायर डिक्टेशन गर्दै अर्को लाइ थर्काउने दुश्शाहाश गरेको छ अर्जेन्टिनाले तेसरिनै जसरि ब्राजिलले नेइमार प्रयोग गरेको थियो!
    तर जर्मनी र नेदरल्याण्डको भने सबै खेलाडीको नाम बराबर हैसियतमा लिइन्छ र बराबरी बाडिन्छ! गोल गर्नको लागि एउटै खेलाडीको मात्र आबस्यकता पर्दैन उस्तै परे गोल किपरले आयर गोल हानिदिन्छ यहा!
    एउटा इन्डियन साथि भन्दैथ्यो,
    ‘ ब्राजिल तु तो गया, मगर थोडि देर ठहर्जा अर्जेन्टिना भी साथ् आराहाहै! साथ् साथ् गाते बजाते जाना ओ के!’
    मजा आयो हाहा!

    Reply
    1. Rabin says:
      July 9, 2014 at 3:57 pm

      फूटबल कुन देश ले कस्तो खेल्छ थाहा छ? सारा लटिन अमेरिका रे ?? कोस्ता रिका कता पर्छ होला, अनि चिली, मेक्सिको, कोलोम्बिया ….
      फूटबल को फ थाहा नहुनेले किन कमेन्ट लेख्नु अचम्म लाग्छ बा |

      Reply
      1. bhakta says:
        July 9, 2014 at 4:28 pm

        कोस्टारिका दक्षिण अमेरिकाकै सुन्दर देस हो , नेपाल भन्दा डबल ठुलो , मात्र ४० लाख जनसंख्या बस्ने देस मा नेपाल जत्रो भागमा केरा खेति गरेर अम्रिका यूरोप निर्यात गरि भक्कु डलर यूरो कमाउछन / त्यहाका जनता आफ्नो देस र सरकार संग असाद्धै खुसि छन् , संग संगै फुटबल खेल राम्रो थियो र पनि भाग्यले साथ् दिएँन , लाग्थ्यो कोस्टारिकाले यसपटक को वोर्ल्ड कप जितोस ….खैर जर्मन पनि ठिकै छ !

        Reply
      2. गगने says:
        July 9, 2014 at 10:59 pm

        हाम्लाई पनि थाहा छ साथि फुटबल कसले कस्तो खेल्छ कसरि रन बतुलिन्छ छक्का कसरि हानिन्छ चौका केहो र रन के हो भनेर फुर्ति नगरौ भो!
        अनि यो ल्याटिन अमेरिकाको कुरा काहाटि घुसपैठ भयो नि?
        हाम्लाई पनि थाहा छ कोस्टारिका यूरोपमा पर्छ भनेर अनि मेक्सिको अस्ट्रेलियामा पर्छ, चिली क्यानडामा पर्छ, कोलम्बिया भारतमा पर्छ भनेर, आफुलाई मात्र थाभा जसरि धेरै जान्ने नहुदा हुन्छ
        जर्मनीले एक छक्का हान्दा ब्राजिलले एक रन पनि लिन सकेको थिएन क्यारे!
        बोल्ड गर्दियो नाथे ब्राजिललाई! त्यो आलोकाचो संग मात्रै हो रन बटुल्ने ब्राजिलले!

        बरु जान्ने Rabin जी ले भनौ त ल,
        बल गुडेर छिर्यो भने छक्का हुन्छ कि उडॆर छिर्यो भने?
        फुटबल खेलमा कतिजना ब्याट्स्मान हुन्छ? कतिजना बलर?
        थाछ साथीलाई!
        बेकार आफूमात्र जान्नेसुन्ने नबनौ ओ के!

        Reply
        1. Aryab Man Singh Basnyat says:
          July 10, 2014 at 12:27 am

          फुटबल गोलो हुन्छ …… तपाइको अग्रगामी छलांग का दुइचार सब्द को लागि धन्यबाद !!
          कुरा को चुरो बुजियो !!

          Reply
    2. Pawan says:
      July 10, 2014 at 11:01 am

      I guess you actually dont know about football and playing style of South American. Actual playing style of is more more pass and holding football.Have you heard about Titi taka thats actually the Brazilian Samba style and imitated by Spain and they won was World cup and 2 euro. As you say about the one dominating player in south American teams. Lets see in Brazil team actually its like all star team …Apart from Neymar there is David Luiz(Chelsea noe PSG Rate : 50M) ,Marcello (Real Madrid Rate : > 30m), Thiago Silva, Micon, Oscar, Willian, Fernandino,Hulk etc all these player are start in their respective league. Yaa they loose with Germany and these types of shit happens sometime. If you have watched Game carefully you might come to know that playing approach was a mistake.Coach doesn’t have any Paln B if the goal is conceded first. So please dont make yourself a football pundit.Rather you are good in Political talks that might be your business.

      Reply
      1. गगने says:
        July 10, 2014 at 3:02 pm

        Thanks for your advice. I like to give you the same back and would like to tell you on top of it.
        ‘you should implement your self first rather advising other,
        we all express own vision and thinking so it is not necessary that match each other exactly.
        Anyway Thanks, lets keep the soft discussion not debate and blame.

        Reply
  6. kedar says:
    July 9, 2014 at 3:13 pm

    आज नेदरल्याण्डले कती धुलो चटाउने हो मेस्सीलाइ ? दुबैको बाजा बजे पछि मात्रै नखरे नेपाली फ्यानहरुका आँखा खुल्थे

    Reply
  7. ramesh says:
    July 9, 2014 at 3:00 pm

    जर्मन ले ओल्ड कप जितेको हेर्न उत्सुक छौ.

    Reply
  8. Bikash says:
    July 9, 2014 at 2:46 pm

    मुख्य लेख र कमेन्टहरु हेर्दा के लाग्छ भने खाली ब्राजिलले मात्र हार्यो जर्मनीले चै जितेन. जर्मनीको राम्रो खेलको पनि तारिफ गरौन साथी हो.

    Reply
    1. KRIS says:
      July 9, 2014 at 3:59 pm

      YA WHY NO ONE WANTS TO TALK ABOUT THE EXTRAORDINARY GAME OF GERMANY.

      Reply
  9. Shishir Bastakoti says:
    July 9, 2014 at 2:44 pm

    बिगत १ महिना देखि संसारभरी फैलिएको पंहेलो जन्डिसको महामारी रोगलाई हिजो जर्मनी ले गोलको बुटीले निर्मुल पारिदिएको छ /

    अरुको Status बाट सापटी लिएको /

    Reply
  10. Rajendra Giri says:
    July 9, 2014 at 2:34 pm

    हि हि हि.. त्यो अस्ति को मोटरसाइकल रैलि गर्ने हरु को चाही के भयो होला कुनी ????

    Reply
  11. govind thapa says:
    July 9, 2014 at 2:07 pm

    ब्राजिल हार्नुमा कसको दोष छ भन्ने बारेमा बिशेष अनुसन्धान बाट पत्ता लागेको छ मुख्य योजनाकार जर्मनका मुख्य प्रशिक्षक JOACHIM LOW बिशेष साथ दिने खेलाडीहरुमा MULLER, KLOSE, KROOS, KHEDIRA, SCHURRLE साथै सहयोगीहरु सम्पूर्ण जर्मनी खेलाडीहरु…कारबाही स्वरुप ब्राजिलले आगामी २०१८ को विश्वकपमा छानिन सक्यो भने बदला लिने निर्णय भएको छ …
    …………….ब्राजिल टोलि ………..

    Reply
  12. raju khanal says:
    July 9, 2014 at 1:58 pm

    अ जर्मनीले ल्याइदियको सुनामीले गर्दा आज बल्ल मन हलुका भयको छ, जो ब्राजिलका समर्थक थिय नि झन् उनीहरुलाई हेर्दाको मज्जा त झन् छुटै हुदो रहेछ ……

    Reply
  13. Ayush says:
    July 9, 2014 at 12:50 pm

    बुढो कोच अनि बच्चा खेलाडी ……………………….यो त नेपाल को भन्दा पनि तल्लोस्तर को ब्यबस्तापन भयो, त्यो एउटा नेमार कै भर रैछ

    Reply
  14. Aprisha Lama says:
    July 9, 2014 at 12:44 pm

    धन्न नमार घाईते भएर भाग्यमानी ठहरिए नत्र ७ गोलको साख खान पाइन्थ्यो…

    Reply
  15. achut says:
    July 9, 2014 at 11:35 am

    खेल हो त्यो नि टिम वोर्क हुने पर्ने…आज को खेल मा जे देखियो ब्राजिल को हालत एसको सम्पूर्ण जिम्मा कोच को हो/एस अगाडी का खेल मा नि ब्राजिल लड़खडाएकै हो/ अनुभबि खेलाडी बिना उरन्ठेउला केटा को भर मा विश्वकप जित्ने सपना पाल्नु भनेको त यो दिन देख्न को लागि पर्याप्त नै हो नि….

    Reply
  16. JeevanB says:
    July 9, 2014 at 10:50 am

    I expected Brazil to loose, but feel very sorry to see them go that humiliating way.

    Reply
  17. Ramesh says:
    July 9, 2014 at 9:37 am

    समय कहिले आउछ जब नेपाली हरु भावना मा भन्दा पनि बास्तबिकता मा रमाउने छन् . मलाई अचम्म लाग्छ नेपाली लाई खराब भन्ने अर्जेन्टिना देश को फूटबल टीम लाई समर्थन गर्दा. हामि सबै ले येश पाली कहिल्लै नजितेको Netherland लाई समर्थन गरौ र आगामी विश्व कप लाई अझ प्रतिस्पर्धात्मक बनाउने अभियान मा जुटौ .

    Reply
    1. KRIS says:
      July 9, 2014 at 10:16 am

      YES I AM AGREE WITH YOU. I DON’T KNOW WHY NEPALESE PEOPLE ARE SUPPORTING ARGENTINA. ALMOST ALL THE FOOTBALL FANS OF NEPAL KNOW THAT ARGENTINA HATES NEPALESE. UFFFFFF OUR THINKING.

      Reply
    2. Rajiv says:
      July 9, 2014 at 12:09 pm

      Please Correct me If i am wrong.Why don’t we see the logical facts that the Falkland war had given Argentinians the biggest shock in 80’s? Its not the Nepali they hate, they hate the Gurkha Armies. Why don’t they? Even after the establishment of UN they wore supposed to fight for their land with English people. Though they wore at developing stage at that moment. Why are we arguing about this things why do we hate Indians because of ’56 agreements, its not the Indians its the English people who did that. Sorry if i am offending anyone. Its not the nationality that matters its the policy,politics and war that makes people hate each other.

      Reply
    3. Rabin says:
      July 9, 2014 at 3:53 pm

      कस्तो पागल मुर्ख होला अरु ले जे भन्यो तेसै को पछि लगेर हिड्ने | अर्जेन्टिना ले कहिले भनेको छ नेपाल लाइ खराब? बिरोधि ले मिडिया मा share गर्यो भन्दैमा तेही पत्याएर येस्ता कमेन्ट लेख्ने पट्मुर्ख लाइ के भन्ने होला ? बेलायेती ले त अर्जेन्टिना को खेल लाइ राम्रो भन्छन भने नेपाली ले भन्दा के हुने?
      अरु की हैन सात गोल को रन्को जस्तो लग्दैछ मलाई त

      Reply
  18. nishan says:
    July 9, 2014 at 9:29 am

    यो खेलबाट के बुझिन्छ भने ……फूटबल खेल एस्तो खेल हो….त्यहाँ टिमवर्क चाहिन्छ |
    यदी फूटबलमा एक वा दुई खेलाडीमा मात्र निर्भर भयो भने खेलमा एस्तो नतिजा आउनु सामान्य हुन्छ |

    तर , ब्राजिल फ्यानको नेपालमा अली बढी नै उम्लिएको थियो .आज पोखियो ..अनि सकियो……….दुध पानी बढी उम्लिए पछि पोखिन्छ

    Reply
  19. diwakar says:
    July 9, 2014 at 9:27 am

    !रोएर रोयै छन् बिचार हरु !! फुटबल मा साउथ अमेरिका को दबदबा १९९०को दसक मै सकिएको हो !! तर नेपाल मा ,मनांग मर्स्याङ्दी क्लब मा अज अर्जेन्टिना को भुत सवार छ ! खेल हो जित हार हुन्छ ,एस्लाई स्वाभाविक मान्नु पर्छ ! तर जुलुस निकालेर आफु एक नम्बर को पंखा हु भन्दै प्रचार गर्नु एक किसिम को मानसिक रोग हो !

    Reply
  20. Nischal says:
    July 9, 2014 at 8:49 am

    यदि थियागो सिल्भा ले खेलेको भए पनि ब्राजिल ले हार्ने नै थियो होला (नेमार बिना), तर १-० अथवा २-१, तर यसरि ७-१ हुनेगरी बेइजतै भएर हार्न पर्दैन थियो होला.

    Reply
  21. biraj kafle says:
    July 9, 2014 at 8:14 am

    ब्राजिलको खेल नै नहेरी पेले र रोनाल्डो कै आधारमा सपोर्ट गर्ने नेपाली फ्यानको के कुरा गर्नु |
    यो बिश्वकप मा सबै भन्दा फर्ममा भएको टिम नै जर्मन र नेदरल्याण्ड हो भन्ने जान्दा जान्दै पनि मेरै गोरुको बार टक्का गरेर ब्राजिल र अर्जेन्टिनाको समर्थन गर्ने छन |
    मेरो बिचारमा यो बिश्वकप नेदरल्याण्ड ले जित्छ |

    Reply
    1. Sailendra Thapa says:
      July 9, 2014 at 10:23 am

      सबै समर्थक तेस्तो हुन्नन्, जति बेला फुटबल को बारेमा बुज्न थाले, तेतिखेर रोमारियो, बेबेटो, लिओनार्डो, ताफरेल जस्ता खेलाडीहरु को खेल मन पर्यो. तेस्पछि रोनाल्डो, रिभाल्डो, कार्लोस, जुनिन्हो, रोनाल्डिन्हो, काका, डुंगा, काफु जस्ता महान हस्तीहरु को खेल हेर्दा मन आनन्दित हुन्थ्यो र ब्राजिल को कट्टर समर्थक बनियो. यो समर्थन जारी रहन्छ.

      Reply
    2. suroj says:
      July 10, 2014 at 1:38 pm

      समर्थक भनेको टीम को फर्म हेरेर समर्थन गर्ने होइन है……म अर्जेन्टिना को फेन हो र सधै नै रहन्छु चाहे लीग चरण मै बाहिर जाओस या फैनल मा पुगोस…..टीम को फर्म हेरेर समर्थन गरिन्न…..

      Reply
  22. Buddha says:
    July 9, 2014 at 8:01 am

    आज आचम्म को खेल भयो !!! हेर्दा हेर्दै सपना जस्तो लाई राखेको थिओ . २० देखि ३० मिनेट को समए त पुरै ब्राजिल पैरो ले बगेको अनुभव भयो
    आज को यो दिन ब्राजिल ले कालो दिन को रुपमा इतिहास को पानामा लेख्ने छ ..

    Reply
  23. bimal says:
    July 9, 2014 at 7:56 am

    खेलहो साथि हारजित भैरहन्छ नेपालीलाई केमत्लब जसले जितेनी हारेनी खेल हेर्नेहो मझालिनेहो जसले जितेनी नेपालीले सुनकोतक्मा पाउनेहोईन V C R ( भटामास चिउरा रक्सि ) खायो खेलहेरो V C R नभए चि चु पा( चिया चुरोट पानि ) खाए पनि हुन्छ

    Reply
  24. Rajesh rai says:
    July 9, 2014 at 7:38 am

    नेपालमा ब्राजिलको समर्थनमा जुलुस गर्नेहरु सबै अब बोल बम तिर लागे हुन्छ /
    किनकि जर्मनीले ब्राजिललाई ७ वटा गोल बम उपहार दियको छ /सायद फुटबल इतिहासको यो नै ब्राजिलको लज्जास्पद हार होला /

    Reply
  25. Milan says:
    July 9, 2014 at 7:31 am

    एक जना main striker र एक जना main defender नभए पछि ब्राजिल जस्तो team पनि कस्तो धरासाही हुने रहेछ ! आज एकदम अचम्म लाग्यो/

    Reply
  26. rajbhanu says:
    July 9, 2014 at 7:31 am

    यस्तो पत्तुर ब्राजिलको फुटबल टिम अहिले सम्म देखेको थिन भन्दा ब्राजिलियन पंखाहरुले झन्डै मारे ! अहिले था भैगो नि ! फूटबल नबुझ्ने, टिसर्ट लागको भरमा आफुलाई खुंखार फुटबलको दक्खलि ठान्ने उपबुज्रुक ब्राजिलियन पंखाहरुलाई धरातलमा झार्दिने जर्मनीको फुटबल टोलि लाई धेरै धेरै धन्यवाद !

    Reply
  27. Jay says:
    July 9, 2014 at 7:18 am

    नेदरलेन्ड vs जर्मनी wow मज्जा आउने भयो फाइनल हेर्न त .

    Reply
  28. bibek dhakal says:
    July 9, 2014 at 6:08 am

    यस्स्स्स! बल्ल मज्जा आयो…..ब्राजिल को ओभर्हाइप सकियो
    अब आज हल्याण्ड्ले अर्को ओभर्हाइपड टिमलाई हराए अनि फाइनलमा जर्मनीलाई पनि हराए जस्तो मजा केहि आउदैन थ्यो!

    Reply
  29. eklavya says:
    July 9, 2014 at 6:05 am

    अहिले ब्राजिललाइ नेमार भन्दा नि कप्तान थियागो सिल्भाको याद आयो होला one of the best defender in the world -PSG club , France.

    Reply
  30. Ajaya says:
    July 9, 2014 at 5:40 am

    उता जर्मनी ले भने आजको खेलमा गोल गर्न नसक्ने खेलाडीहरुलाई कारण देखाऊ आदेश जारी गर्यो अरे 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme