Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा आइफोन रुखैमा फल्ने जस्तो त नगरौँ न हो

Posted on July 9, 2014 by रामचन्द्र भट्ट

-रामचन्द्र भट्ट-

iphone-christmas-tree केही वर्ष अघिसम्म नेपालमा एउटा छाप थियो–’डलर त अमेरिकामा कति कमाइन्छ, कति। रुखमा टिपे जसरी डलर टिप्न पाइन्छ होला त्यहाँ छ।’ अहिले यो छाप अलिकति फेरिएको छ। अहिले चाँही अमेरिकामा आइफोनको रुख हुन्छ। अनि आइफोन बोटमा टिप्न पाइन्छ।

म जुन ठाउँमा बस्छु (सिलिकन भ्याली) मै छ आइफोनको मुख्यालय। भ्यालीका विभिन्न काउन्टीमध्य कुपरटिनोमा छ एप्पलको प्रधान कार्यालय। यद्यपि एप्पलका सबै खालका प्रविधिको विकासमात्र यहाँ गरिन्छ। उत्पादन भनेको नेपालकै उत्तरी छिमेकी चीनमा हो। बरु सामसङले कोरियाका अलावा भियतनाम, चीन लगायतका देशहरुमा आफ्नो उत्पादनको युनिटलाई बाँडेको छ। एप्पल अहिलेसम्म चीनबाट बाहिरिएको छैन। किनकी एप्पलका लागि चीन जस्तो सस्तो र छिटो डेलिभरी दिनसक्ने अर्को मुलुक यो ब्रह्माण्डमा छैन।

चीननै किन एप्पलका लागि रोजाइको मुलुक बन्यो? यसबारेमा पछिल्ला ब्लगहरुमा उल्लेख गर्दै जाउँला। यसपटक भने नेपालबाट अमेरिकामा अनुमान गरिने आइफोनका बोटकै बारेमा केही उल्लेख गर्दैछु।

हो, यहाँ आइफोन बोक्न कुनै आइतबार छैन। तपाइसँग राम्रो क्रेडिट हिस्ट्री छ भने सय डलर साथमा छैन भनेपनि आइफोन लिनसक्नुहुन्छ। दुई वर्षे सम्झौतामा लिने हो भने नेपाली रुपैयाँ २०/२५ हजार (डलरमा भन्नुपर्दा दुई सय ४० जति) भए तपाईले सबैभन्दा पछिल्लो भर्सनको आइफोन फाइभ–एस वा सामसुङको ग्यालेक्सी एस–फाइभ पाउनुहुन्छ। कर बाहेक भन्ने हो भने १ सय ९९ डलर ९९ सेन्टमा तपाइले कुनैपनि नयाँ स्मार्टफोन पाउनुहुनेछ। महिनाको कति तिर्ने भन्ने कुरा तपाईले लिने सेवा अनि इन्टरनेटमा भर पर्छ।

अमेरिकाको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एटिएनटीको कुरा गर्ने हो भने अमेरिकाभरि जतिपनि कुराकानी, एसएमएस गर्न पाइने अर्थात बोलीचालीको भाषामा ‘अनलिमिटेड’ सेवाका लागि मासिक ४० डलर तिर्नुपर्छ। दुई बर्षे सम्झौता नगरि मोबाइल सेटको पुरै रकम चुक्ता गरेर लिने हो भने मासिक २५ डलर तिरे पुग्छ। अनि दुई गिगाबाइट इन्टरनेटका लागि अर्को ४० डलर।

कम्पनीपिच्छे फोन लिँदाको शर्त अलग अलग हुन्छ। यद्यपी एकसय ९९ डलर डाउन पेमेन्ट गरेर बाँकी किस्तावन्दीमा दुईबर्षभित्र तिर्ने प्रावधान अधिकांशको साझा जस्तै हो। यस वाहेक बीचमा नयाँ मोडलको सेट आउँदा साट्न मिल्ने जस्ता प्रावधान समेत कतिपय कम्पनीसँग सेवा लिँदा हुन्छ।

एटीएण्डटी, टी–मोबाइल, भेराइजन, स्पि्रन्टमध्य अधिकांशले दुई बर्षसम्म आफ्नो सेवा चलाउने शर्तमा आइफोन वा सबैभन्दा नयाँ सेट दिन्छन्। त्यसका लागि सुरुमा माथि उल्लेख भएझैं एकसय ९९ डलर ९९ सेन्ट तिर्नुपर्छ। अनि कुराकानी र डाटाको शुल्क समेत जोडेर मासिक नियमित रुपमा ८० देखि लिएर एकसय डलरको हाराहारीमा बिल आउँछ। दुई बर्षसम्म मोबाइल चलाउनै पर्छ। सम्झौता रद्ध गरेर अर्को स्किम वा अर्को कम्पनीको सेवा लिनका लागि सेटको पुरै मूल्य चुक्ता गर्नुपर्छ।

नयाँ स्मार्टफोन लिने बिभिन्न स्किमहरु हुन्छन् कम्पनीपिच्छे। तर सबै कम्पनीका केही स्किम भने समान पनि छन्। जस्तो कि, माथि उल्लेख भएजस्तै सुरुमा एकसय ९९ डलर ९९ सेन्ट तिरेर दुई बर्षे कन्ट्रयाक्ट (सम्झौता)मा लिने र मासिक भ्वाइस र डाटाको मूल्य तिर्दै जाने। अर्को, राम्रो क्रेडिट हिस्ट्री हुनेका लागि सुरुमा डाउन पेमेन्ट नगरेपनि सेटको मूल्यमा लाग्ने कर (नेपालमा भ्याट जस्तै) तिरेर हरेक महिना किस्तावन्दीमा सेट र भ्वाइस, डाटाको मूल्य किस्तावन्दीमा तिर्दै जाने। दोस्रो तरिकाबाट सेट लिँदा बीचमा नयाँ मोडलको स्मार्टफोन आयो भने ‘अपग्रेड’ गर्न पनि मिल्छ। अर्थात आइफोन फाइभका प्रयोगकर्ताले आइफोन सिक्स आउने बित्तिकै त्यसमा अपग्रेड गर्न सक्छन्।

सुरुमा हेर्दाखेरि लाग्छ– ‘ओहो, एकसय ९९ डलरमा आइफोन र सामसुङ ग्यालेक्सी एस–फाइभ?’ यी दुईमात्र होइन एलजीको जीटु, ब्ल्याकबेरी, एचटिसी लगायत महंगा स्मार्टफोनको पनि सुरुको मूल्य उही एकसय ९९ डलरनै हो। नयाँ मोडलका सेट आएपछि भने कम्पनीहरुले पुराना मोडल सित्तै दिइरहेका छन्। जस्तो कि, दुई बर्षअघिमात्र आएको आइफोन फोर–एसलाई अहिले एटिएनटीले दुई बर्षे सम्झौतामा सित्तै दिइरहेको छ।

नेपालबाट सुन्नेलाई लाग्नसक्छ दुईसय डलरको आइफोन कति सस्तो? किन नलागोस् पनि नेपालमा आइफोन फाइभ–एस र ग्यालेक्सी एस–फाइभलाई कम्तिमा पनि ७०/८० हजार रुपैयाँ पर्छ। फेरि किस्तावन्दीमा किन्ने सुविधा पनि सर्वसाधारणलाई कहाँ छ र? एनसेलले सम्झौता गरेर किस्तावन्दीमा दिएपनि तिर्ने आर्थिक हैसियत चाहिन्छ।

हो, अमेरिकामा आइफोन होस् या ग्यालेक्सी बोक्न कुनै ठूलो आर्थिक हैसियत चाहिदैन। मात्र चाहिन्छ– मानिसको राम्रो क्रेडिट हिस्ट्री अर्थात उधारो खाएर समयमा तिरे नतिरेको विवरण। थपमा रोजगारी छ कि छैन भन्ने कुरा पनि हेरिन्छ। यी सबै हेरिने भनेको मानिसको सोसियल सेक्युरिटी नम्बरबाट हो। नम्बरलाई कम्प्युटरमा राखेर हेर्नासाथ सबै विवरण आइहाल्छन्। कहाँ काम गर्नेदेखि लिएर कति कमाउँछ? सरकारलाई कति कर तिरेको छ? भन्नेजस्ता विवरण प्राप्त हुन्छ।

तर यो भन्दैमा अमेरिकामा एकसय ९९ डलरमा मोबाइल लिएर नेपाल पठाउन मिलिहाल्छ भन्ने कदापी होइन। सम्झौतामा लिइएका मोबाइल पुरै लक गरिएको हुन्छ। अर्को कम्पनीको सीमकार्ड राखेर चलाउन समेत मिल्दैन। सम्झौता अवधिसम्म चलाउनैपर्छ। नचलाएर बन्द गरेको खण्डमा कम्पनीले कालोसूचिमा राख्नेमात्र नभै त्यही कारणले क्रेडिट हिस्ट्री बिग्रिएर डेरा समेत नपाउने अवस्था आउँछ।

त्यसो हुँदा सम्झौतामा फोन लिएपछि चलाउनैपर्छ। चलाउ या नचलाउ डलर खुरुखुरु तिर्नैपर्छ। हरायो भने बीमा गरिएको खण्डमा नयाँ फोन कम्पनीलेनै घरमै पठाइदिन्छ। तर बीमा नगरेको भए अर्को नयाँ सेट किन्नैपर्छ। यद्यपी सम्झौतामा सेट लिँदा कम्पनीहरुले अनिवार्य बिमा गर्न लगाउँछन्।

उसो भए विदेशमा रहेका नेपालीले आफन्तलाई कसरी सेट पठाइदिन्छन् त नेपालमा?

यसका लागि केही वैधानिक र केही अवैधानिक २/३ वटा बाटाहरु छन्। वैधानिक बाटो भनेको नयाँ स्मार्टफोनको पुरै भुक्तानी गरेर किनेर पठाउने। अर्थात सातसय वा साँढेसातसय डलर तिरेर नयाँ किनेर पठाउने। पुरै रकम चुक्ता गर्दा समेत मोबाइल सेवा प्रदायक कम्पनीसँग लिएको सेट लक गरिएको हुन्छ। पुरै रकम तिर्ने हो भने कम्पनीले अनलक गरेर दिन्छन्। जस्तो कि ग्यालेक्सी एस–फाइभको लागि एटिएनटीले कर बाहेक ६ सय ५० डलर लिन्छ।

खुल्ला बजारमा स्टोरबाट किन्ने हो भने आइफोन फाइभ–एसको कर बाहेकनै ८ सय डलर पर्छ। क्षमता भएका नेपालीले आफ्ना परिवारलाई पुरै रकम तिरेर पनि किनेर पठाइदिन्छन्। दोस्रो बाटो हो, सेकेण्डह्याण्ड सेटहरु सस्तो मूल्यमा पाइन्छन्। हेर्दाखेरि नयाँ जस्तो देखिने रिफर्बिस सेटहरु आधा या त्यो भन्दा पनि कम मूल्यमा अनलाइन शपिङहरुमा पाइन्छन्। क्रेगलिष्टमा सर्वसाधारणले पनि आफूले बेच्ने यस्ता सेटहरु राखेका हुन्छन्। केही नेपालीले यस्तो सेट पनि किनेर नेपालमा पठाउने गरेका छन्।

एक बर्षे, १८ महिना वा दुई बर्षे सम्झौतामा फोन लिएपछि सम्झौता सकिएपछि कम्पनीले नयाँ सेट उपलव्ध गराउँछन्। कतिपय सम्झौता अनुसार बजारमा नयाँ मोडलको सेट आउने वित्तिकै कम्पनीहरुले आफ्ना ग्राहकलाई नयाँ सेट दिन्छन्। बाँकी मूल्य चुक्ता गरेर पुरानो सेटलाई पनि नेपाल पठाउन मिल्छ। पुराना सेटलाई अनलक गर्न कम्पनीलेनै स्विकृती दिन्छन्।

अर्को तरिका भनेको ‘ग्रे–मार्केट’ हो। चोरीका सेटहरु बेच्नेहरु शहरैपिच्चे भेटिन्छन्। सय/डेढसय डलरमा यस्ता सेटहरु पाइन्छन्। धेरै नेपालीले यस्ता सेटहरु किनेर अर्को ४०/५० डलर खर्चेर अनलक गर्छन। अनि नेपालमा पठाउँछन्। अनि अर्को तरिका, सेटलाई नेपाल पठाउने र हरायो भन्दै बीमा दावी गर्ने।

वैधानिक हैसियत बनाएर बसेकाहरुलाई आइफोन होस् या ग्यालेक्सी लिन कुनै आइतबार छैन अमेरिकामा। तर जोसँग वैधानिक हैसियत छैन स्मार्टफोन लिन गाह्रै हुन्छ। लिन त सक्छन् पुरै रकम भुक्तानी गरेर वा अरु कसैको फेमिली प्लानभित्र छिरेर।

‘भाइले आइफोन पठाइदेन भनेर हैरान छ। आफुले त यहाँ आइफोन लिएको बल्ल ६ महिना हुँदैछ,’ एकजना साथीले आइफोनको प्रसंग निस्कनासाथ भने। उनी सय, डेढसय डलरसम्ममा पाइने सेकेण्डह्याण्ड आइफोन खोज्न प्रयासरत थिए।

फोन लिन अमेरिकामा सजिलो छ। तर नेपाल पठाउन सहज छैन। पठाउने हो भने माथि उल्लेख गरिएका कामहरु गर्नुपर्ने हुन्छ। सबैले पुरै मूल्य चुक्ता गर्न पनि सक्दैनन्। अमेरिकामा बसेर पुराना रैथाने भैसकेकाहरुलाई सेकेण्डह्याण्ड देखि लिएर ग्रे मार्केटका बारेमा समेत जानकारी हुन्छ। उनीहरुले त्यही तरिका अपनाउँछन्।

अमेरिकामा आइफोन चलाउन गाह्रो छैन। तर सेट बाहिर पठाउन सहज छैन। अमेरिकामा आइफोनको प्रविधि विकास भएपनि बोट भने छैन। ताकि बाहिरबाट सोचेजस्तो बोटबाट टिपेर खुरुक्क पठाउन मिलोस्।

38 thoughts on “अमेरिकामा आइफोन रुखैमा फल्ने जस्तो त नगरौँ न हो”

  1. laxman ghimire says:
    July 18, 2014 at 5:03 am

    अचानो को पिडा खुकुरीलाई थाहा हुदैन मित्र हरु …. अमेरिका भन्न मात्र सजिलो छ , यहाँ को समस्या त् हामीलाई मात्र थाहा हुन्छ , जो त्यो समस्या संग जुदि रहेका छौ ….अर्कालाई गाली गर्न , कमेन्ट लेख्न , जस्तो सजिलो छैन यहाँ …….जिउन कति गारो छ जियर त् हेर …

    Reply
  2. SR Bista says:
    July 12, 2014 at 11:03 am

    मैले नबुजे को कुरा..यदी अमेरिका यति नै गारो छ…जिन्दगि चलाउन सारो गारो छ भने किन काँ काँ गरि गरि बस्ने…First available Flight को ticket को पैसा जैले कमाइनछ अनि तु ticket किन्ने अनि नेपाल फर्केर गरि खाने बाटो खोज्ने..त्या नि दुख नेपाल मा नि दुख कम से कम नेपाल मा त बाउ आमा साथी भाई आफन्त हुन्छ मर्दा पर्दा काम आउछ…( तर मेरो कमेन्ट student लाई होइन..उनि हरु लाइ के भन्छु भने , जति दुख भए नि पद्नुस struggle गर्नुस…पढाई सके सी अवसर खोज्नुस…भने जस्तो भएन भनी नेपाल जिन्दाबाद…आफ्नू ठाउँ त छदै छ नि…) अरु भने अमेरिका जानु नि पर्ने अनि गयेसी गन गन नि गर्नु पर्ने…यो चै सारो चित्त नबुझ्दो कुरा !!!

    Reply
  3. धरणी says:
    July 12, 2014 at 10:47 am

    के के न पाउला भनेर बाउ ले दुख गरेर कमाको पैसा खर्च गरेर अमेरिका गयो, अहिले तेइ बाउ ले iphone बोक्ने रहर गर्दा रडाको मचाउदो रैछ नालायक,

    Reply
  4. Bikash says:
    July 12, 2014 at 10:05 am

    अमेरिका बस्ने हरु लै iphone भन्यो कि सित्तै माग्य होला भनेर तर्सिन्छन

    कति पर्ने हो तिर्छु भन्दा पनि ल्याइदिन तर्सिन्छन …..
    यो लेखक पनि तेसरी नै तर्से जस्तो छ …

    Reply
  5. Bikash says:
    July 10, 2014 at 7:13 pm

    @Writer:

    Can you please disclose the source when you mention that AT&T is the largest carrier. I had an impression that Verizon is the largest carrier.

    Reply
    1. jeevan verma says:
      July 11, 2014 at 8:30 am

      fortune कम्पनी को लिस्ट हेर्नुस. verizon Wireless १५ ठुलो कम्पनी हो भने AT & त् आठौ ठुलो कम्पनी हो|

      Reply
  6. लौटन अवधि says:
    July 10, 2014 at 9:39 am

    मेरो आफ्नो हिसाब !!
    नेपाल मा चुक (कागती को रस निकालेर सामान्य पकाएको खाध्य पदार्थ) को ब्यापार को हिसाब !

    गाउ मा २ रु मा १ कागती २ लाख मा १ लाख कागती १० कागती (ठुलो खाले) को १ लिटर रस ! १०००० लिटर कागती को रस ! पकाउदा २ लिटर baraabar १ लिटर टोटल ५ हजार लिटर ! रस निकाल्दा पकाउदा लाग्ने उर्जा खर्च र श्रम खर्च २५ हजार ! बोटलिंग को लागि प्लास्टिक बोतल को एक लाख ! यातायात खर्च – आफ्नो मिहनेत सबै गर्दा ५० हजार – भण्डारण खर्च १५ हजार – मेसिन र अरु मसलन्द खर्च ३५ हजार !

    जम्मा खर्च रु. = ४२५०००.०००

    बिक्रि = हरेक २०० ग्राम को बोतल रु ४५
    एक लिटर को जम्मा रु २२५
    पाच हजार लिटर को जम्मा रु ११२५०००.००

    नाफा = ११२५००० – ४२५००० = ७०००००.००

    यो तिन महिना को हिसाब हो !!! जुन हात हातै बिक्छ ! बजार को अर्डर धान्नै मुस्किल हुने गरि !!!

    मलाइ त आइफ़ोन होइन टेलिफोन समेत उठाउन र कुरा गर्न फुर्सद छैन !!!

    Reply
    1. chirinjeebi Bartaula says:
      July 14, 2014 at 10:08 pm

      सर हजुर को फोन no पाउन यसो सिप मुलक काम सिक्न पर्ने भो मैले पनि

      Reply
  7. Kishor says:
    July 10, 2014 at 8:52 am

    Fraud insurance claim is like stealing. It is customer who ultimately pays. It is sad that we even talk about those stealing stuff in public forum as an option to get expensive gadgets. If anyone want something, work hard for it my friend, earn it.

    Reply
  8. sushil says:
    July 10, 2014 at 7:03 am

    कमेन्ट लेख्ने साथीहरु १६०० देखि २००० मात्र कमाउने परेर होला यस्तो गनगन भएको | नेपालमा पनि निम्न स्तरको काम गरेर आइ फोन कसले बोकेको छ र ? कम्फ़ोर्ट जोन त्यागेर काम गर्नेका लागी यो आइ फोन केहि पनि होइन भन्ने कुरा अमेरिका मात्र हैन संसारै भरी लागू हुन्छ |

    Reply
  9. Milan says:
    July 10, 2014 at 1:31 am

    अमेरिका मा iphone फल्छ भन्ने भ्रम अमेरिका बस्नेहरुले नै बनाएको हो / Cellphone लिन पाएको हुन्दैन iphone आयो सित्तैमा भनेर नेपालमा गफ लागाउन हतार हुन्छ/ अमेरिका को एकदम ठुलो कम्पनी मा काम छ भनेर दक्कु पनि लागौन्छ, जबकि सोम McDonald मा घण्टा हनिरखेको हुन्छ/ त्यसैले दोष अमेरिका बस्नेको नै हो/

    Reply
  10. Roshan Shakya says:
    July 9, 2014 at 11:52 pm

    आम्दानि हेरेर मात्रै हुदैन खर्च पनि हेर्नु पर्छ अनि मात्र जोड घटाउको हिसाब गरेर अमेरिकाको जीवन के कस्तो रहेछ बल्ल थाहा पाउछ हुन् त नमारी स्वर्ग देखिन्न तर मेरो बिचारमा अमेरिका भन्दा यदि सक्छ भने कतारको कतार अएरबेज न भए स्टार बक्स आदिमा आउने हो भने अमेरिका को भन्दा धेरै राम्रो कमाई हुन्छ र अर्को कुरा कतारमा आइफोन सस्तो छ र अमेरिकाको जस्तो अनलक् गर्नु धेरै पापड बेली रहनु पर्दैन

    Reply
  11. Rekha Ghale says:
    July 9, 2014 at 10:48 pm

    ओं हो बेलायत मा भन्दा त अमिरिका मा सस्तो रहेछ नि आइ फोन त

    Reply
  12. chetan says:
    July 9, 2014 at 8:37 pm

    यहाँ कमेन्ट पढ्दा त लाग्छ अमेरिका त नेपाल भन्दा पनि गएगुज्रेको रैछ.. होस् जान्न म त अमेरिका ….

    Reply
  13. Lalit Narayan says:
    July 9, 2014 at 8:27 pm

    लौ अम्रिकाने दाजुभाई हरुको राम कहानी पनि सुनियो l $८०० को iPhone को लागि यति ठुलो रडाको पर्दोरहेछ भने कोहि कोहि चाहिं किन २०/२० लाख तिरेर भए पनि अम्रिका छिर्न मरिहत्ते गर्दा रचन हँ?
    # fb तिर त iPhone, MacBook, लामो लेन्स वाला DSLR, गतिलै car, भएको फोटा हरु हाल्दा रचन l आफुलाई के थाहा बचत चै माइनस हुंदा रचन भनेर l
    # फेरि Kathmandu तिरको ठुल ठुला घरको घरपेटी हरु अम्रिका तिरै बस्छन भन्दो रैछ l त्यहि भएर येसो अम्रिका तिरै छिरौँ कि भन्ने सोचेको , अब त बरु कुखुरा पालेर दुइ चार वर्षमा यतै एउटा iPhone चै भिर्नु पर्ला 😉

    Reply
  14. Ramesh syd says:
    July 9, 2014 at 4:27 pm

    Nepal मा बस्ने लै यहि भन छु.इ फोन मग्न सजिलो छ तर किन्न गारो छ……

    Reply
  15. laxzal says:
    July 9, 2014 at 3:59 pm

    जाबो आइफोन को कुरा रैछहामी गल्फ मा बसेर पनि २,४ वोटा आइफोन र समसुंगनेपाल तिर साथी भाईलाईहुर्राईदिई सक्यौ मन न भएर होला रुखमा फल्छ र भनेको

    Reply
  16. purna nepali says:
    July 9, 2014 at 3:22 pm

    मेरो नि तेही हालत छ. आफ्नो हैसियत एउटा सेकेन्ड ह्यान्ड फोन चलाउने नि छैन घर बाट माग चै आइफोन को छ. के गर्नी होला

    Reply
  17. kale krishna says:
    July 9, 2014 at 2:06 pm

    सबै जनाले ललितजी को कति खेदो खनेको…….
    ललितजी जानुस जानुस तपाई पनि डलर ,पौन्ड, येन, यूरो र अरु के जाती छन् सबै टिप्न!!

    मुख्य कुरा भनेको सबै ठाउमा हात मुख जोड्न संघर्ष गर्ने पर्छ! आम्दानी भन्दा पनि बचत कति हुन्छ तेस पछि कुरा गर्ने हो! नेपाल ८ हजार आम्दानी २ हजार घर भाडा भने पछि २५% अमेरिका या जुनै अरु देश किन नहोस २ लाख आम्दानी ५० हजार घर भाडा भने पछि २५% नै भयो! हुन सक्छ नेपालको तुलनामा विदेशमा मानिसहरुले बचत गर्छनं गर्नु पनि पर्छ! त्यो बचत ले Iphone , Galaxy प्रयोग पनि गर्छन!

    यो लेखमा लेखक को मुख्य आसय भनेको चै बल्ल बल्ल दुख गरेर कमायो बचायो तर अरु चै सजिलै एउटा Iphone , Galaxy जाबो भनेर सजिलै माग्छन भन्ने हो!!

    Reply
  18. Ayush says:
    July 9, 2014 at 12:39 pm

    जाने बेला मा १० जना संग सापटी माग्दै यो पठाइदिञ्छु र त्यो पठाइदिञ्छु भनेर फुर्ति लगाउदै जाने अनि अहिले यो माग्यो र त्यो माग्यो भनेर दुनिया लाइ सुनाउने …….ति माग्ने कोहि होइनन तिम्रै दाजु, भाई, हिजो सुख दुख मा साथ दिने साथी हरु नै हुन्

    Reply
  19. zon shrestha says:
    July 9, 2014 at 11:49 am

    लु हेर,सब को कमेन्ट हेरे सब को बिजोग~कतार ऐर्वय्स मा जागिर छ फर्म भरि हाल्नु अनि एक महिना को तलब ले २,३ ओटा आइ फोन किने हुन्छ<कोइ को काम छन रछ कि क हो अनि कमेन्ट गारो बसो………नेपाल तेतिकै त बिग्र्य होइन नि ……..

    Reply
  20. राम चन्द्र says:
    July 9, 2014 at 11:40 am

    धाक भन्दा धक्कु ठुलो हिड्न लाग्यो खुट्टा लुलो , अमेरिका मा बस्ने को बजेट भासन कि बिलौना

    Reply
  21. Raithane says:
    July 9, 2014 at 10:56 am

    आइफोन नेपाल पठाएर बीमा दाबी गर्ने तरिका चै काइदाको लाग्यो …

    Reply
  22. Niraj says:
    July 9, 2014 at 10:37 am

    बोटमा फल्ने कुरामा एउटा यो पनि थपौं|
    नेपालमा जस्तो फलानाको तेलाना, जातभात र नातागोताको आधारमा जागिर पाईने होइन| योग्यता हुनपर्छ|
    प्रधान मन्त्रि, मन्त्रि र संबैधानिक ओहदामा नियुक्ति पाएका व्यक्तिहरुले, पीए, सचिव र सल्लाहकार नियुक्ति गर्दा आफ्नो नातागोतालाई वैतनिक अनि टीएडीए भत्ता खैतनिक पद हरुमा नियुक्त गर्न बन्देज गरिनु पर्छ| यसले पारदर्शिता, निष्पक्षता, योग्यतालाई पन्छाउने मात्र होइन, भ्रष्टचारलाई बढावा दिन्छ| नेताहरुले यो थाहा नपाएका होइनन तर खाईपाई आएको लाई निरन्तरता दिन्छन|
    यस्तै पदमा भएका हरुले आफ्नै जात र आफै अनि नाताहरु मात्र खाउँ भनेर हाम्रो यति सुन्दर देश बिग्रिएको हो|
    नत्र हामी अरबमा पसिना चुहाउन भन्दा आफ्नै मुलुकमा घुंडा धसेर कमाउन सक्ने थियौ|
    दुर दराज देश अमरिकामा बस्नुभएका भट्टजीले बोटमा फल्ने कुरामा राजनीति र सरकारी सेवामा भएका नेपालीको जात पात र आफै मात्र खाउँ र लाउँ प्रबित्ति पनि पर्न परने हो|

    Reply
  23. Jeebesh says:
    July 9, 2014 at 9:29 am

    You forgot to mention, insurance on phone is not free. And there is mandatory deductible of $100-$150 on insurance claim. Insurance of any latest phone itself cost you about $10 a month. So you do the math. First set of phone cost you $200 upfront. 24 month x $10 insurance is $240 and deductible of $100.
    So even to claim insurance, it cost you at least $340.00 extra and the phone you claim as lost is blacklisted so can not be unlocked from carrier. If it is blacklisted iphone, it would sure cost you $100+ to unlock.
    Most of the company want you to have to have police report before accepting your insurance claim and you will be without phone for about 10 days.

    Reply
  24. Gurugopal says:
    July 9, 2014 at 8:20 am

    तर अमेरिका मा जस्तो गारो छैन यता जापान मा चै mobil लिने तरिका किस्ताबन्दी नै भय पनि केहि हद सम्म सजिलो नै छ

    Reply
  25. Mani says:
    July 9, 2014 at 8:09 am

    हो हो अम्रिका मा सबै थोक रुखमा नै फल्छ , टिप्न पनि सारै सजिलो . नेपाल मा बारी को इस्कुश टिपे जस्तो. अनि तेइ इस्कुश खायो , तेसै को घर बनायो yes tai येस्तै

    कतै फेरि यो कोम्मेंट गर्यो भनेर नया बिधुत्य कारोवार येन लौ ला

    🙂

    Reply
  26. Nishant says:
    July 9, 2014 at 7:05 am

    सबै ठाउको कुरा यौटै हो . बिदेशमा स्वदेशमा जस्तो कहाँ हुन्छ र . कमसेकम नेपालमा त यताउता गरेर पनि महिना गुजार्न सकिन्छ. येह त $ नभए खान कसको मा जाने ?? भारा पनि समयमा तिर्ने पर्यो. अर्को महिना मिलौला है भन्दा पनि मान्दैनन. चार वर्ष भयो त्यो घर मा बसेको महिना को एक तारिक नै बुझौन पर्छ. यो credit card त घोतना सजिलो तिर्न गार्हो.. हाहाहा नेपालनै best हो बस्नको लागि त, तर के गर्ने शान्ति सुरक्ष्य , बन्ध हट्ताल बिजुली पानीको आभाव सम्झेर जान मानभाये पनि सकिदैन.
    देशको अवास्था सुध्रियो भानी धेरै Nepali नेपालनै फर्कंचन .

    Reply
  27. raaz says:
    July 9, 2014 at 7:02 am

    अस्ट्रेलिया मा तेही हो चाला, तर नेपाल ,मा बस्ने सबै को मुख मा , नेपाल आउदा औता फोन लैदे न भन्छन , भरु परेको पैसा देउला नी बेस्तरी ,
    अब कसरि लैदेनु फोन , मारी ७००-८०० पर्छ. पैसा नै देने ले भरु नेपाल मा नै किनुं न
    होएन र कुरो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  28. Ale says:
    July 9, 2014 at 6:12 am

    सित्तैमा iPhone पाउने अर्को उपाय गर्ने हरुको कमि देखेको छैन मैले | फोन को insurance गर्यो , केहि दिन पछि फोन हरायो भनेर insurance claim गर्ने | बस !

    Reply
  29. tekendra bista says:
    July 9, 2014 at 5:47 am

    कोरिया मा पनि हालत येस्तै छ हो !स्मार्ट फोन स्मार्ट फोन भनेर टाउको नै खाइसक्यो!

    Reply
  30. AryaN says:
    July 9, 2014 at 5:37 am

    ललित नारायण जी, म पनि पहिले तपैले जस्तै सोच्थे , अनि यहाँ आएपछि मेरो एस्तो हालत छ |
    घन्टाको ८, ४० घण्टा काम, हप्ताको ३२० = १२८० (कमाइ महिनाको )
    खर्च विवरण :
    कोठाभाडा बत्ति पानि, बिजुली = ७०० /२ = ३५० ( दुइ जना बसेकोले )
    फोन, घरको इन्टरनेट = १००
    सस्तो गाडी खर्च ( इन्धन, बिमा ) = २००
    तरकारी , खाना खाजा = २००
    फिलिम , मनोरंजन , यॆताउति = १००
    सबै भन्दा सस्तो कलेजको फी = २००
    घर साथीभाई , फोन कार्ड = ५०
    औसधि उपचार ( स्वस्थ बिमा) = ५०
    क्रेडिट कार्ड , लॊन = १००
    जम्मा खर्च = १३५०
    कमाइ = १२८०

    महिनाको ७० डलर अझै पुगेन त हो, कम कम खर्च लेख्दा नि , अनि कसरि चलेको छ त भन्दा येही नै त हो अमेरिकाको राम्रो कुरा , क्रेडिट कार्ड , लॊन सबै छन् नि , तिरिएला नि एकदिन , पढाई सिद्देर राम्रो काम पाइयो भने , नभए आउनुपर्ला ललितजिको तिर , कमसेकम २०, ३० डलर भएनी जम्मा हुञ्छ, माइनसमा जानुभन्दा 😉

    Reply
  31. pratik says:
    July 9, 2014 at 4:07 am

    लौ न,,, यो कुरा अझै ठुलो आवाजमा सबैलाई सुनाउन,,, म पनि iphone को पिढित हो,, नेपाल बाट जो कोइएले फोन, chat , viber मा सम्पर्क गर्छ,, उस्को माग iphone नै हुन्छ,, सम्झौन्दा बुझ्ने हैन फेरी !!

    Reply
  32. Lalit Narayan says:
    July 9, 2014 at 2:05 am

    आइफोन कसरि कतिमा पाइन्छ भन्ने जानकारीको लागि लेखकज्युलाइ धन्यबाद तर केहि केहि कुरो त हामी ओखलढुंगामा बसेकालाइ पनि था’ छ गाँठे l
    जस्तो:
    # अम्रिकामा तलब हप्तै पिच्छे कम्तिमा $४०० (रु. ३८,०००.) थाप्छन रे हाम्रा यहाँ त मुस्किलले महिनाको रु. ८,००० (हप्ताको $२०) कमाइ हुन्छ l
    # अम्रिकामा त पुरै पैसो ($८००) तिरेर लिए पनि १ महिनाको कमाई बाट येसो जोगायो भने सक्ने रैछ, हाम्रा यहाँ त १ बर्षको जम्मा कमाई पो $९९० हुन्छ l डेरा भाडा तिर्दा, हातमुख जोर्दा, फी तिर्दा बर्षमा पो $२०/३० बचत हुँदो हो l
    iphone चलाउने त सपनामा मात्र हो हाम्रो त l त्यसैले लेखक ज्यु हाम्रो ठामको तुलनामा त अम्रिकामा iphone को बोटै भए जस्तो भएन र भन्या ??

    Reply
    1. Dambar says:
      July 9, 2014 at 4:50 am

      अमेरिका मा त कोठा पनि सितैमा पाईन्छ .. खान त जो कसैको मा छिरेर खादा पनि हुन्छ सबै काका मामा चाचा को साइनो लाग्छ .. आम्दानी अमेरिका को खर्च नेपाल को हिसाब नगरम न बन्धु ..एकदिन काम मा नगए हिसाब किताब मा महिना भरिलाइ धक्का पुग्दो हो अमेरिकामा

      Reply
    2. Narayana Hari says:
      July 9, 2014 at 5:59 am

      महिना को $१६००/- कमाई हुदाँ खर्च कति हुन्छ भन्ने कुरा नजानिकन यस्तो कमेन्ट लेखनु भयो , सायद तपाई पनि अमेरिका मा बस्ने कसैलाई iphone को जोड गर्दै हुनु हुन्छ.
      कोठा भाडा, बिजुली, पानी, इन्टरनेट, फोन, बिमा, गाडी को ऋण, पेट्रोल, खाना तथा अन्य शुल्क हरु तिर्दा तिर्दा साथीभाइ लाई iphone पठाउने सपना मात्रै हो , अमेरिका बस्ने हरु को पनि.
      धन्यबाद !

      Reply
    3. सुदर्शन says:
      July 9, 2014 at 6:02 am

      ललितजी,
      आम्दानी मात्र हेरेर भयो? खर्च हेर्नु पर्दैन?
      अम्रिकामा महिनाको घर भाडा ( $१०००, ठाउँ हेरेर ) पर्छ।युटिलिटी खर्च ( बिजुली, पानी ) फोन, इन्टरनेट, केबल, गाडी को इन्सुरेन्स, इन्धन खर्च, खाना गरेर महिनाको $ १००० जति उठ्छ , अनि कहाँ बाट iphone रुखमा फल्छ? औसद कमाई $ २००० अनि खर्च पनि तेइ हाराहारीमा। अझ घर किनेको छ भने त घरको इन्स्टलमेन्ट महिनामा ( औषदमा $ २०००, ठाउँ र घर हेरेर ) पर्छ।अब आफै भन्नुस् मित्र iphone कहाँ फल्दो रहेछ? रुखमा की आकाशमा 🙂

      Reply
    4. jeevan verma says:
      July 9, 2014 at 6:04 am

      तर भाईलाई के थाहा रैनरहेछ भने यहाँ को एउटा कोठा भाडा कम्तिमा ६०० डलर( धेरै ग्रामिण इलाकामा ) पर्छ | मानौ पति पत्नी दुवै जना ८०० /८०० कमौदा रहेछ भने पनि, १६०० डलर ले भाडा ( झन्डै कमाएको आधा) , खान, अन्य खर्छ जस्तै बिजुली, इन्टरनेट , मेडिकल इन्सुरंस ( low income category कै भएपनि ५०/१०० सम्म तिर्नु पर्छ, अनि लुगा कपडा | अब भन्नुस कति पैसा बच्ला ?

      नेपाल मा बसेर कल्पना गरे जस्तो अमेरिकामा न त डलर फल्छ न, आइफोन !!!!!!!!!!!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme