Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाईहरुले नेताको कपाल काट्न नाइँ भन्ने

Posted on July 8, 2014 by Salokya

NetakoKapal
लौ अब नाइहरुले एउटा नयाँ आन्दोलन थाल्ने भएका छन्। कान्तिपुरमा पाठक पत्र छाप्दै नेपाल नाई संघका राष्ट्रिय अध्यक्ष राजाराम ठाकुरले यस्तो घोषणा गरेका छन्। नेताहरुलाई अब अप्ठेरो पो पर्ने भो त। कपाल नकाटे नेताहरु कस्तो देखिएलान् त ?

prachanda
प्रचण्डको हेयरस्टाइलबारे जमानामा माइसंसारमा हालेको फोटो।

ramchandra
रामचन्द्र पौडेल चाहिँ यस्तो पो देखिने हुन् कि

kpoli
केपी ओली चाहिँ यस्तो देखिएलान् कि !

17 thoughts on “नाईहरुले नेताको कपाल काट्न नाइँ भन्ने”

  1. Dharm Bahadur GC says:
    July 10, 2014 at 8:10 am

    कपाल पुरै नकाटे पनि चार पाटा मात्रै मुडि दिय त भैगो नि

    Reply
  2. सिर्जने says:
    July 8, 2014 at 10:06 pm

    भन्नु र गर्नु मा फरक छ / कुन तहसम्म को नेतालाइ नेता भन्ने? नाइँ संघ का सदस्यले उल्लङ्घन गरेमा के गर्ने? अनि नेताहरु कपाल लामा लामा राखेरै बस्लन कि अरु बैकल्पिक उपाय गर्लान? कुरो राम्रै हो, तर त्यसको सकारात्मक असर होला?

    Reply
  3. madan bajracharya says:
    July 8, 2014 at 8:55 pm

    २०४८ पछि गिरिजा प्रधान मन्त्रि भयको बेला ई नाईहरुले नेपालमा पनि भारतमा लागु भयकै जस्तै नेपालमा पनि यक चोटी घर भाडामा लिय पछि घर धनीले घर भाडा बधाउन नपाउने र कहिले पनि घर बात उठाउन नपाउने कानुनको माग गर्दै भद्रकालीमा अनसन बसेको थियो/ गिरिजाले तेस्तो कानुन बनाउने आस्वासन दियर उनीहरुको अनसन तोडेको थियो/

    सुने अनुसार त्यो कानुन भारतमा ब्रिटिश राज चलेकै बेला लागु गरेको थियो/ भारत कब्जामा लिने नियत लियका ब्रिटिशहरु भारतमा ब्यापारी र ब्यबसाइको रुपमा पसेको थियो र उनीहरु बिदेसी भयकोले भारतमा घर किन्न पाउन्दैन्थ्यो/ व्यापारीको रुपमा भारत पसेर भारत नै कब्जा गर्ने नियत लियका अंग्रेजहरुले भारतमा तेस्तो कानुन किन बनायो भन्ने कुरा सबैले बुझ्ने कुरा हो/ नेपालमा नाई को ब्यबसाय गर्नेहरु पनि प्रायस भारत बाटै आयकाहरु धेरै छन्/ नाइँ संघको कयौं पदाधिकारीहरु भारतियहरुनै भयको कुरा धेरै पटक चर्चामा आयको पनि छ/

    भारत सिट जति सुकै घनिष्ट सम्भंद रहे पनि भारत नेपालको निमित विदेश नै हो र भारतीयहरु सिट नेपालीको सम्भंद जति सुकै घनिष्ट रहे पनि तिनीहरु नेपालीको निमित विदेशिनै हो/ कुनै पनि देसमा बिदेसीलाई स्थाई बसोबास गर्ने सुबिधा त् दिन सक्छ तर कुनै पनि बिदेसीलाई त्यो देसको कानुन र सामाजिक व्यबस्थाको बिरोध गर्ने अधिकार दियको हुँदैन/ १९५०को सन्धिले पनि भारतीयहरुलाई नेपालमा बसोबास गर्ने सुबिधा मात्रै दियको छ र तिनीहरुलाई नेपालमा घर र भूमिको मालिक बन्ने अधिकार दियको छैन/

    प्रारम्भमा जति भदा तिर्ने कबुल गरेको थियो बाजार भाउ जति सुक्कै अकस्सीय पनि त्यो भन्दा बढी भदा तिर्नु नपर्ने र घर बात पनि कहिले उठेर जानु नपर्ने कानुनको माग गर्नु भनेको सिधै अर्काको सम्पतिको मालिक बन्नु गर्नु नै हो/नेपालको कानुनले नेपालको नागरिकहरुलाई आफ्नो सम्पतिको मालिक बन्न सक्ने अधिकार दियकोछ/ तेस्तो कानुन र सामाजिक व्यबस्थाको बिरोध गर्ने; भारत कै जस्तो कानुन माग्ने नाइँ हरुले नेताहरुको कपाल नकाट्ने भन्नुको अर्थ के होला?

    Reply
    1. sanu says:
      July 9, 2014 at 10:19 am

      मदनजी ,
      यो त सारै ‘काठमाडौँ’ खाल्टो बाट ननिस्केको भ्यागुता जस्तो कुरा गर्नु भो नि | हो नाई हरु मधेसी छन धेरै तर मधेसी भन्नाले भारतीय होइनन| नाइँ संघमा कोइ भारतीय होलान तर नाइँ संघ नाई भारत जस्तो खोज्ने होइन | अनि त्यो कानुन ब्रिटिशले भारतमा ल्याएको होइन, नेहरुको पालामा भारतमा लागेको हो | त्यसलाई ‘रेन्ट कन्ट्रोल एक्ट’ भन्छन | अमेरिका , युके आदि देशमा पनि छ त्यो कानुन | त्यो कानुनको अर्थ घरधनीले मनपरी भाडा लगाउन नपाओस भन्ने हो | अलि अलि पढेर कमेन्ट हान्नु नि यार 🙂

      Reply
      1. madan bajracharya says:
        July 9, 2014 at 11:53 pm

        सानुज्यु/
        मैले सबै नाईहरु भारतीय भनेको पनि छैन र मधेश र मधेसी भन्ने सब्द पनि लेखेको छैन/ फेरी मैले भारतमा लागु भयको त्यो कानुन “सुने अनुसार” कहिले लागु भयको भनेर लेखेको थिय/ भारतको कानुन को बारेमा जानकारी खोज्नु पर्ने जरुरि मलाइ लागेन तापनि भारतमा सन् १९२९ अर्थात ब्रितिश्को राजमा अर्कै नाममा अरु बिषय र संदर्वमा समेत लागु गरियको कानुनलाई संसोधित गरेर सन् १९४७ तिर जवाहरलाल प्रधान मन्त्रि लागु गरेको थियो/ अब त्यो कानुन तपाइंले भने जस्तै मात्र घर धनीले जथाभावी भदा बढाउन बात रोक्न मात्रै लागि भयको चाहि होइन/

        यो कानुनले आफ्नो जिन्दगि भारको कमाइ लगानी गरेर घर बनाउने घरधनीलाई शोसित नै गरेकोछ/ यो कानुन अनुसार कसैलाइ घर भाडामा दिइसके पछि प्रारम्भमा जति भाडा लिने भनेको थियो त्यो भाडा घर धनीले कहिले पनि बढाउन पाउंदैन र तेती भदा तिरुन्जेल घर धनीले भाडामा बस्नेलाई कहिले पनि उठाउन पाउंदैन/ यसरि भाडामा राखी सके पछि भाडा पनि बढाउन नपाउने र घर खालि पनि गर्न नपाउने भयकोले घर धनीले भाडामा दिंदा यक मुस्ट अतिरिक्त रकम घर भाडामा लिने बात लिन्छ/ यसलाई भारतमा पगरी भनिन्छ/

        अब यसको सत्य र ज्वलन्त प्रमाण म दिन्छु तपाइंलाई/ नेपाल बायु सेवा निगम ले भारतको दिल्लीको अत्यन्त महँगो मानिने जनपथ रोडमा यक तल्ला पसल कवल सहित करिव ३० ३५ बर्ष अघि घर बर्षको १ हजार चानचुन तिर्ने शर्तमा भाडामा लियको थियो र पगरी ४ लाख दियको थियो/ प्रचलित रेट अनुशार त्यो स्थानमा महिनाकै लाखौ भाडा उठ्ने भय पनि निगमले त्यो स्थान खालि नगर्नुजेल सम्म पनि तेही हजार चानचुन मात्रै घर भाडा तिर्दै आयको थियो/ घरधनीले घर खालि गराउन अदालत धाउँदा पनि असफल भयपछी नेपालको नेताहरु लाइ प्रभावमा पारेर निगमलाई त्यो स्थान खालि गर्न दवाव पनि दियको थियो र कहिले त्यो घर खालि गराउन मदत गरेमा करोडौं रकम दिने प्रलोभन दियको समेत सुन्नमा याको थियो/ निगमले त्यो स्थानमा तेती थोरै भाडा तिरेर हजारौं स्स्कायर फित भाडामा लियको स्थान करिव डेढ बर्ष पहिला खालि गरे!!!/ अख्तियारले यो बिषयमा खोजतलास गरे …..नै हुन्छ/ कसरि कसको बा के कारण देखायर निगमले त्यो स्थान खालि गरे भन्ने बारेमा बिषय प्रसंग मिलेको बेला लेखुन्ला/

        अब फेरी नाइँ हरुकै बारेमा/ नेपालको नागरिकहरु जो जुनसुकै मुलको भय पनि जस्तो सुकै रंग जात र पहिचानको भय पनि तिनीहरुले नेपालको कानुनमा भयको कमि कमजोरीको बारेमा र कानुन संसोधन गर्न अवाज उठाउन पाउँछ/ तर भारतीय बा कुनै देसको बिदेशी नागरिकले नेपालको प्रचलित कानुनको बिरोध गर्न पाउंदैन; राजनीति गर्न पाउंदैन/ नाइँ संघको पदाधिकारीहरुमा कयौं भारतीयहरु भयको र तिनीहरुले नेपालमा बन्द हड्ताल कपाल नकाट्ने आदि गरेर नेपालको कानुन को बिरोध गर्दै आयकोछ भारतमा भयको जस्तो कानुनको माग गर्दै आयकोछ/ विदेशीलाई नेपालको कानुनको बिरोध गर्ने र नेपालमा राजनीति गर्न दिने कुरा गलत कुराहो सानुज्यु/

        Reply
  4. Biswash says:
    July 8, 2014 at 6:17 pm

    वाह रे नाइसंघ , नेताहरु संग हिमचिम बढाउने नयाँ तरिका । पसला पो नकाट्ने भनेको नि घर घरै गएर काटी हाल्छन नि ! बेकारमा न्युज बनाएर माइ संसारले पनि ।

    Reply
  5. Alikhit says:
    July 8, 2014 at 6:11 pm

    ठुलो कुरो गर्छ राजा रामे, अहिले प्रचण्ड यसको सैलूनमा गयो भने “कहा हजुर जोक पो गरि लिएको” भनेर लम्पसार परेर कपाल काटेन भने मेरो कान काटिदिनु |

    Reply
  6. Prabin says:
    July 8, 2014 at 5:26 pm

    हावादारी गफ बाहेक केहि होइन, नाई जति को चाप्लुस, कोहि हुदैन भन्थे अब देखिने पनि भयो!

    Reply
    1. derwent says:
      July 8, 2014 at 6:17 pm

      नाईको कैची तिम्रो घाटीमा नाजावोस भनेर नै ग्राहकनै मिठा मिठा कुरा गर्छन, आट छ भने कुरा गर त उसका बिरोदी कपाल काट्न बसेका बेला
      मैले देखेको कुरा भन्छु, धेरै जस्तो नाइँ को गएको बेला मौसम, गित,फिल्मका कुरा गर्छन, असली कुरा गर राजनीति, जातीयताको, नाईको छुरा कता पुग्छ, अनि थाहा हुञ्छ, नाइँ चाप्लुस्ली हुन्छन कि हुन्न?? एक कोसिस तपाई बाट होस् प्रविन जी 😉 ?

      Reply
  7. bibek dhakal says:
    July 8, 2014 at 4:59 pm

    एकदम ठिक!
    नेताहरुको जनताप्रतिको उदासिनता र आफ्नै स्वार्थमा भुल्ने वानीको कारणले निम्तिएको बित्रिष्णा अब छताछुल्ल हुँदै छ. बिस्तारै बगाड़े संघले मासु बेच्न छाड्ने, हलुवाई पसल ले मिठाइ बेच्न छोड्ने, तरकारी पसलले तरकारी दिन छोड्ने, पुस्तक पसल ले पुस्तक दिन छोड्ने गर्दा गर्दै बाटोको कुकुरले नि भाउ दिन छोडेपछि इनको असली दिन आउछ| आउनैपर्छ |

    Reply
  8. bishnu pd subedi says:
    July 8, 2014 at 3:50 pm

    नाइँ हरुले नकाटेर के भो त, म एउटा बाहुनको छोरो, तालिम लिएर एउटा सैलुन खोल्छु अनि नेता को कपाल काट्छु, मैले जति भने पनि नेता हरुले तिरी हाल्चन क्यारे………अनि तोरिदिन्चु यी मुला नाइँ हरुको सिन्डिकेट…………..अनि म पनि मालामाल………..नाइँ हरुको पनि शेखी खलाश………..

    Reply
  9. achut says:
    July 8, 2014 at 2:58 pm

    बैंकक जान निउ पाउने भए झन् हेत्तेरिका !!सबै तिरको बाल नि काटिने रिफ्रेश नि हुने!

    Reply
  10. derwent says:
    July 8, 2014 at 2:29 pm

    अरु सबै संघले पनि नेता बिरोधि कदम उठेमा नेपाली जनताको समर्थन छ/ नेपालमा नेता आतक हटाउने यो राम्रो कदम हो/

    Reply
  11. pratik says:
    July 8, 2014 at 1:58 pm

    प्रचण्ड लै पो आपत त अब /

    Reply
  12. Raithane says:
    July 8, 2014 at 1:16 pm

    नेताहरु कपाल काट्न विदेश भ्रमण जानुपर्ने भएपछी भ्रमण को शिर्षक चै के होला ? अनि एकपटक कपाल काट्न जादा कति बजेट बिनियोजन होला ?

    Reply
  13. Ale says:
    July 8, 2014 at 12:51 pm

    नेताहरुलाई अब बिउटी पार्लर धाउनु पर्ने भो |

    Reply
  14. राम चन्द्र says:
    July 8, 2014 at 12:30 pm

    नेता कपाल काट्न बिदेस जान पाउने संबिधान बनाउने चान्स ६०१ जना को हातमा . मौका मा चौका

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme