Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप फाइनल कसले खेल्ला ? फरकै नखाने चार संभावना हेर्नुस्

Posted on July 7, 2014July 7, 2014 by Salokya

Final
३२ वटा देशले सुरु गरेको विश्वकपको यात्रा अब अन्तिम चारमा पुगेको छ। यो हिसाबले अब फाइनल कसले खेल्ला भनी फरकै नखाने संभावनाको अनुमान गर्न सकिने भएको छ। भोलि र पर्सि हुने सेमिफाइनलका खेलले फाइनलको यात्रा तय गर्नेछ। ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्यान्ड्स सेमिफाइनलमा पुगेका छन्।

अनुमान १ जर्मनी Vs नेदरल्यान्ड्स

GerVNed
सेमिफाइनल पुगेका चार राष्ट्र मध्ये नेदरल्यान्ड्सले मात्रै विश्वकप अहिलेसम्म जितेको छैन। नेदरल्यान्ड्स अघिल्लो विश्वकपमा पनि फाइनलमा पुगेको थियो। यस पटक जर्मनी र नेदरल्यान्ड्स फाइनलमा पुग्ने मेरो व्यक्तिगत अनुमान हो। र, अहिलेसम्म नजितेको हुनाले विश्वकप पनि नेदरल्यान्ड्सले नै जितोस् भन्ने लागेको छ। सेमिफाइनलमा ब्राजिलसँग चोटका कारण नेमार र दुई यल्लो कार्ड पाएका कारण क्याप्टेनसमेत नहुने भएकोले जर्मनीलाई जित्न सहज हुने छैन। यो दुई युरोपेली राष्ट्रबीचको प्रतिस्पर्धा हुनेछ।

अनुमान २ ब्राजिल Vs अर्जेन्टिना

BraVArg
पहिलो पटक विश्वकपमा ब्राजिल र अर्जेन्टिना एकै पटक सेमिफाइनल पुगेका छन्। र, ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल हेर्ने चाहना धेरै नेपालीलाई पनि छ। नेपालीहरु धेरै ब्राजिल र अर्जेन्टिनाका फ्यान छन्। यो दुई दक्षिण अमेरिकी राष्ट्रबीचको प्रतिस्पर्धा हुनेछ।

अनुमान ३ ब्राजिल Vs नेदरल्यान्ड्स

BraVNed
कथ‍ंकदाचित ब्राजिलले जर्मनीलाई सेमिफाइनलमा हरायो र अर्को पट्टी अर्जेन्टिनालाई नेदरल्यान्ड्सले पाखा लगायो भने फाइनल ब्राजिल र नेदरल्यान्ड्सबीच खेलिनेछ।

अनुमान ४ जर्मनी Vs अर्जेन्टिना

GerVArg
ब्राजिललाई जर्मनीले र नेदरल्यान्ड्सलाई अर्जेन्टिनाले पाखा लगायो भने फाइनल जर्मनी र अर्जेन्टिना बीच हुन सक्नेछ।

तपाईँको अनुमान के छ त ?

धन्दा नमान्नुस्, तपाईँको अनुमान फाइनलका लागि नमिले तेस्रो स्थानका लागि पनि मिल्न सक्नेछ 🙂

35 thoughts on “विश्वकप फाइनल कसले खेल्ला ? फरकै नखाने चार संभावना हेर्नुस्”

  1. samrat says:
    July 8, 2014 at 11:34 pm

    येसो हेर्दा ब्राजिल र डच पुग्ला जस्तो छ तर मेरो चाहाना सबै नेपालि को जस्तो ब्राजिल र अर्जेन्टिना नै पुगोस भन्ने छ अनि अन्तिम मा ब्राजिल !

    Reply
  2. prakash says:
    July 8, 2014 at 10:59 pm

    Final: Germany Vs Holland!

    Germany Wins

    and Fifa Loose!

    Reply
  3. Vicky Dev says:
    July 8, 2014 at 7:53 pm

    1. my guess: Brazil vs. Netherlend (winner). तर ब्राजिल ले नजित्ला भन्न पनि सकिन्न.
    2. my choice: German vs. Netherland (winner). German ko pani chance kam chhaina…
    BUT,
    3. what will happen: Argentina vs. Brazil (winner). Argentina पनि दह्रो team हो, एसले जित्यो भने पनि अचम्म मान्नु पर्दैन.
    ४. के हुनु पर्ने हो: Argentina vs. German (winner).

    माथिका मध्ये कुनै पनि मिलेन भने १ वर्ष आफ्नो घर भित्र बस्दिन, कसम ल….
    (सुटुक्क भनौ है तेस्तो कसम किन खाको: बा विदेश मा छु र अझै १ वर्ष यतै बस्छु क्या……….)

    Vicky Dev

    Reply
  4. KhemrajD says:
    July 8, 2014 at 6:16 pm

    जर्मनी र अर्जेन्टिना बीच फाइनल खेल हुन्छ होला । दुवै अहिलेका बलिया टिम हुन ।

    Reply
  5. Anil says:
    July 8, 2014 at 2:32 pm

    भन्ने नै हो भने, (संयुक्त) जर्मनीले पनि कहिले विश्व कप जितेको छैन| जर्मनीको नाममा रहेको ३ वटा विश्व कप बिजय सबै त्यो बेलाको पश्चिम जर्मनीले हात पारेको हो|

    Reply
  6. Santu says:
    July 8, 2014 at 2:02 pm

    In my opinion Netharlands will win the world cup. Because they have a very good side. They don’t depend up on single player.

    Reply
  7. Arjun Panthi says:
    July 8, 2014 at 12:38 pm

    हैन नेपाली मिडियाहरुमा सेमिफाइनल खेल मंगलबारबाहेक लेखेकाे देखिँदैन । बार बजेपछि त बुधबार हुन्छ हैन र ?

    Reply
    1. Kamal Bhandari says:
      July 8, 2014 at 9:48 pm

      हजुरको बुझाइ अलि फरक भए जस्तो लाग्यो अर्जुन जी . खेल जुन ठाउँमा भएको छ त्यहि को दिन र बार अनि समय उल्लेख हुन्छ .अन्य देशहरुले त्यसैको आधारमा आफ्नो अनुकुलतामा समय उल्था गर्ने हो . कानुनी तथा ब्यबहारिक रुपमा स्थानीय समय नै आधिकारिक हुन्छ .

      Reply
  8. Raithane says:
    July 8, 2014 at 10:44 am

    फाइनल मा त अर्जेन्टिना र ब्राजिल नै पुग्नुपर्छ भन्ने मान्यता हो . किनकि यी दुइ टोलि को फ्यान बढी छन् अनि चोक तिर हेर्न जादा लाइव भिडन्त (समर्थक) हरुको देख्न पाइएला जस्तो छ ……. कागलाई बेल पाक्यो हर्ष न बिस्मात .

    Reply
  9. Devendra basnet says:
    July 8, 2014 at 9:55 am

    Brasil vs Argentina final. Winner Brasil

    Reply
  10. lbrumba says:
    July 8, 2014 at 9:47 am

    येसैले त जित्न भन्न सकिदैन तर म के भन्न चाहन्छु भने जसको दिन बलियो छ तेस्ले चै जित्ने एक दम पक्का छ | जसले जिते पनि अग्रिम शुभकामना |

    Reply
  11. [email protected] says:
    July 8, 2014 at 8:56 am

    फाइनल हुनेछ एउटा युरोपियन र एउटा दक्षिण अमेरिकी टिम बीच | सबै कुरा अहिले न खोलौ , फेरी तपाइहरुको मजा मा कीर किरा लाग्छ |

    खुसुक्क भन्दा चै जर्मनी ले वोर्ल्ड कप जित्छ , चाहेको त् अर्जेन्टिना ले जितोस भन्ने हो |
    तर अमिगो हरु लास्ट मा बिगार्छन |

    Reply
  12. jayash basnet says:
    July 8, 2014 at 6:35 am

    एसपाली जित्ने टीम
    चाहिँ अर्जेन्टिना नै पक्कै हो त्यो पनि फाइनल
    मा जर्मनी लाई हरायेर …1990
    मा झेली गरेर
    जितेको हो जर्मनी ले…..म्याराडोना लाई रुवायेकै हो…लु
    जा….

    Reply
  13. Nischal says:
    July 8, 2014 at 6:02 am

    नेदरल्याण्ड = अहिले सम्मको अभागी टिम
    ब्राजिल = सिल्भा सेमिफाइनल मा ओउट र नेमार पुरै गेम मा out , ओस्कार , हल्क र डेविड लुइज को भर
    अर्जेन्टिना = दि मारिया सेमिफाइनल मा out , सर्जियो र मेसि को भर
    जर्मनी = सबै जना in , सबै fit !

    त्यसैले , सायद जर्मनी !!!

    Reply
  14. bimal says:
    July 8, 2014 at 4:55 am

    आ जसले जितेपनि तातोनछारो भैसीले पाडो पाएपनि पाडी पाएपनि भतुवा लाइ बिगौती
    याहात बिगौती तके गोबरपनी छइन साथिहरुहो नेपालले खेलेपो

    Reply
  15. सागर गुरुङ says:
    July 8, 2014 at 3:43 am

    राम्रो खेल कौशल देखाएर कप उचालोस् | जुन सुकै टिम फाईनल पुगे पनि ग्याम् हेर्न अनि सम्झन लायक बनोस् | कप मात्रै होईन दर्शकहरुको मन पनि जितोस् | अहिले सम्म विश्वकप नउचालेको नेदरल्याण्ड ले राम्रो खेलेर ईतिहास रचोस् |

    Reply
  16. bhakta says:
    July 7, 2014 at 11:15 pm

    नेवार ले खेल्न नसक्दा जर्मनी लाइ लाभ त भएकै छ , फाइनल मा जाला तर जर्मनी को फ्यान भए पनि दुख साथ् भन्नु पर्दा वोर्ल्ड कप अर्कैले लैजाला …

    Reply
  17. Dorje Dude says:
    July 7, 2014 at 9:46 pm

    — Netherland VS Germany ( FINAL ) —
    ————-Netherland (WINNER) —

    Third Place Goes To Argentina ……………..

    Reply
  18. Kumar Gurung says:
    July 7, 2014 at 8:31 pm

    सबै जनाले अर्जेन्टिना लाई पत्याएनन तर अर्जेन्टिना ले जित्छ पक्का अनि मेस्सी ले गोल्डेन बूट….

    Reply
  19. Krishna Man Tamanag says:
    July 7, 2014 at 6:40 pm

    जर्मनी VS . नेदरल्यान्ड्स (Final )
    ब्राजिल VS . अर्जेन्टिना (Third Place )
    र नेदरल्यान्ड्स Final बिजेता हुनेछ

    Reply
  20. Nirmal Lama says:
    July 7, 2014 at 6:30 pm

    जर्मनी VS. नेदरल्यान्ड्स (Final )
    ब्राजिल VS . अर्जेन्टिना (Third place )
    हुनुपर्छ

    Reply
  21. Dambar says:
    July 7, 2014 at 6:25 pm

    Either Argentina or Netherlands CAN WIN FIFA World Cup 2014.

    Reply
  22. pawan says:
    July 7, 2014 at 6:21 pm

    नेदरल्याण्ड अभागी टिम हो उसले जहिले पनि राम्रो खेल्दा खेल्दै पनि अन्तिम मा हार्छ अस्ति कोस्तारीका सग नि झन्डै हार्यो पहिला नि स्पेन सग नि तेस्तै भएर हरेको हो तैभएरा
    नेदरलण्ड ले कुनै हालत मा पनि जित्दैन … ब्राजिल पनि अब तै डेबिट लुइश र ओस्कार को भर छ अर्जेन्टिना को नि दि मारिया नखेल्ने भएछ मेसि बार्सिलोना मा मात्रै चम्किने हो…अब रह्यो को त भन्न्दा… तै थोमस मुलर को जर्मनी!!!!

    Reply
    1. Sher Lakh HomBahadur says:
      July 7, 2014 at 11:46 pm

      अभागी भएर होला, कोस्टारिकाले र मेक्सिकोले राम्रो खेल्दा खेल्दै पनि हार्नु परेको.

      Reply
  23. Rabindra Maharjan says:
    July 7, 2014 at 4:25 pm

    Germany 3 – Netherland 0 (Final)
    Brazil 2 – Argentia 1 (Third Place)

    Reply
  24. sushil thapa says:
    July 7, 2014 at 4:09 pm

    समय चाही मिलेन जस्तो लाग्यो / ब्राजिल vs जर्मनी, मंगलबार बिहान ८ तारिक १:४५ मिनेट नभएर, बुधबार बिहान ९ तारिक १:४५ मिनेट हुनु पर्थ्यो /

    Reply
  25. hari har sharma says:
    July 7, 2014 at 3:24 pm

    जित the Netherlands को हुने देख्छु है /

    Reply
  26. om Parajuli says:
    July 7, 2014 at 3:01 pm

    सालोक्येजी गेम मंगलबार हैन बुधबार र बिहिबार हो / सारा नेपालीको मंगलबार बिहान निन्द्रा खेर नाफालिदिनुहोस /// जर्मनी र नेदर्ल्यंड फाइनल मा ///

    Reply
  27. db malla says:
    July 7, 2014 at 2:44 pm

    बिस्व कप २०१४ सुरु हुनुभन्दा पहिला भाबिस्सय बार्णी मेरो फेस बुकमा गरि सकेको छु ! जर्मन १००% फाइनल मा – नेदरलांड ५०-५० मा र बिस्व कप लैजाने जर्मन हुने छ !!

    Reply
  28. बिनोद तिमिल्सिना says:
    July 7, 2014 at 2:35 pm

    नेदरल्याण्डस् Vs जर्मनी (१:०)फाईनल विजेता नेदरल्याण्डस्
    अर्जेन्टिना Vs ब्राजिल (१:०) तेस्रो अर्जेन्टिना,चौथो ब्राजिल।

    Reply
  29. bindu says:
    July 7, 2014 at 2:10 pm

    अर्जेन्टिना vs ब्राजिल
    argentina will win 🙂 i am damn sure about it .

    Reply
  30. ramesh says:
    July 7, 2014 at 1:53 pm

    अन्तिम मा कप जित्ने चाही जर्मनी हो.

    Reply
  31. kedar says:
    July 7, 2014 at 1:11 pm

    अहिले सम्मको खेल हेर्दा Final भिडन्त
    ……. जर्मनी …..Vs …..नेदरल्याण्ड नै होला जस्तो लाग्छ तर
    मेरो चाहाना चैं
    —– जर्मनी —-Vs —- अर्जेन्टीना हो

    किनकी मलाइ १९९० को world cup फाइनलको रिस फेर्नु छ अर्जेन्टिनाले जर्मनीलाई हराएर

    Reply
  32. achut says:
    July 7, 2014 at 12:45 pm

    यी मध्य मा विश्वकप नजित्ने ले जिते राम्रो नभए तेत्रो पैसा लगाएर खेलायो देश तन्नम हुने प्रक्रिया मा छ ब्राजिल ले नै जितोस सान्त्वना को लागि,,,,….नभए हामी नेपाली लाई ” कुकुर ब्याए के तुहिए के”

    Reply
  33. JeevanB says:
    July 7, 2014 at 11:48 am

    जर्मनी Vs. नेदरल्यान्ड्स: १:२ (Final)
    ब्राजिल Vs. अर्जेन्टिना: (२:0) (Third place)

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme