Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेमारले विश्वकप खेल्न नसक्ने, यसरी घाइते बनाइए

Posted on July 5, 2014July 5, 2014 by Salokya

neymar
आफ्नै महादेशको प्रतिस्पर्धीलाई २-१ ले पराजित गरी सेमिफाइनल प्रवेश गर्ने क्रममा ब्राजिलले आज बिहानको खेलमा महँगो मूल्य चुकाउनु परेको छ। ब्राजिली फ्यानहरुले नचाहेको कुरा हुने भएको छ। अर्थात् ब्राजिलले विश्वकपका बाँकी खेल आफ्ना स्टार खेलाडी नेमार बिना खेल्नुपर्ने भएको छ। कोलम्बियाविरुद्धको खेलमा नेमार घाइते भएर बाँकी खेल गुमाउनु परेको हो। यो खबरले जितको उत्साहमा रमेका ब्राजिलीहरु स्तब्ध र क्रुद्धसमेत भएका छन्।

यसरी घाइते बनाइएको थियो नेमारलाई। भिडियो हेर्नुस्-

फोटोमा हेर्नुस्-
neymar1

खेल सकिन पाँच मिनेट बाँकी छँदा हावामा उडेको बल नियन्त्रण गर्ने कोशिशमा कोलम्बियाका जुनिगा र नेमार दुवै थिए। अग्ला जुनिगा उफ्रिने क्रममा उनको घुँडा नेमारको ढाडमा बजारियो। रेफ्रीले यसलाई कार्ड दिने कुरा त परै जाओस् फलसमेत मानेनन्। खेल जारी थियो, नेमार पीडाले रन्थनिएर मैदानमै थिए। मेडिकल टिमले स्ट्रेचरमा राखेर उनलाई मैदानबाट बाहिर ल्याए र सीधै अस्पताल पुर्‍याए।

ब्राजिली मिडियामा घटना विवरण
ब्राजिली मिडियामा घटना विवरण

ब्राजिली फ्यानहरुले सोसल मिडियामा कोलम्बियाली खेलाडीले जानाजानी हानेर नेमारलाई लडाएको भन्दै आक्रोशपूर्ण प्रतिक्रिया दिइरहे पनि जुनिगाले त्यसो नगरेको बताएका छन्। उनले भनेका छन्,मैले कुनै खेलाडीलाई घाइते बनाउन चाहिनँ। म मैदानमा हुँदा मेरो देशको रक्षा गर्न सबै गर्छु।’ ब्राजिली कप्तान सिल्भाले पनि फिजिकल र फास्ट पेस्ड खेल भएकोले यसरी ठोक्किएको र यो जानाजानी नभएको भनेका छन्। रेफ्रीले कार्ड नदेखाएर रफ खेल्न प्रोत्साहित गरेकोले यो घटना भएको आरोप लगाउने पनि देखिए।

Brv2dM-CQAERJrJ
ठूलो संख्यामा ब्राजिलीहरु नेमारलाई राखिएको साओ पाउलोको अस्पतालमा भेला भएका थिए। ब्राजिलका राष्ट्रपति, सँगै खेल्ने खेलाडीमात्र हैन, मेस्सी लगायत विपक्षी टिमका खेलाडीहरुले समेत उनको स्वास्थ्य लाभको कामना गरे।

उनको third vertebra भाँच्चिएको पुष्टि भएको छ। तर यो उनको करिअरलाई नै असर पर्ने खालको चोट भने हैन रहेछ। सुरुमा त्यस्ता खबर पनि आएका थिए। तर पछि ६ देखि ८ हप्ता आराम गरेपछि नेमार शतप्रतिशत फिट हुने चिकित्सकहरुले बताएका छन्। उनको स्वास्थ्य बारे जानकारी दिन ब्राजिली समय अनुसार भोलि अपराह्न चार बजे ब्राजिली टिमका चिकित्सकले पत्रकार सम्मेलन पनि गर्दैछन्।

स्मरणीय पक्ष
enhanced-20800-1404513744-21

TMZd0Yf
यो खेलको एउटा स्मरणीय पक्ष ब्राजिली खेलाडीले देखाएको खेल भावना पनि रह्यो। खेल सकिएको सिट्ठी बजेर कोलम्बिया घर फर्किने निश्चित भएपछि अहिलेसम्म सबैभन्दा धेरै गोल गरेका रोड्रिगुएज रोइरहेका थिए। तर दोस्रो गोल गरेका ब्राजिली डेभिड लुइजले उनलाई सम्झाए र उत्कृष्ट खेल खेलेको भन्दै सान्त्वना दिए। दर्शकहरुलाई उनका लागि ताली बजाउन पनि आह्वान गरे।

फट्याङ्ग्राको चर्चा
फुटबलमा फट्याङ्ग्रा ! कहिले नसुनेको कुरा। तर हिजो कोलम्बियाका तर्फबाट रोड्रिगुएजले पेनाल्टीमा गोल गर्दा उनको पाखुरामा एउटा फट्याङ्ग्रा आएर बसेको टेलिभिजनमा सबैले देखे।
insect

Bru6_pNIgAADNOJ

enhanced-3066-1404511800-41

BruzuWcCMAAQKn6

12 thoughts on “नेमारले विश्वकप खेल्न नसक्ने, यसरी घाइते बनाइए”

  1. c_pant says:
    July 7, 2014 at 1:47 am

    अर्जेन्टिनाको मेस्सी पछिको राम्रो खेलाडी एक र ब्रज़िको राम्रै खेलाडी एक घाइते हुनु भनेको फिफा वोर्ल्ड कप २०१४ सजिलै संग नेदर्लैंड भित्रिनु हो ! मैले येसो भनेकोमा कोइपनि नरिसाउनुस है ? यो एथार्थ वा तितो सत्य हो !

    Reply
  2. sapana pariyar says:
    July 6, 2014 at 11:56 am

    फुटबलमा फल, पहेलो कार्ड, रातो कार्ड, पेनाल्टी, आदि निर्णय गर्ने सम्पूर्ण अधिकार थर्ड umpire लाई दिनु पर्छ/ रेफ्री को भूमिका केवल निर्णय पालना गराउनु हुनु पर्छ/ अहिले त रेफ्री नै तेस्रो निर्णायक शक्ति जस्तै देखिन्छ फूटबलमा /

    Reply
  3. माधव मोरङे् says:
    July 6, 2014 at 11:04 am

    ब्राजिल र कोलम्वियाको खेलमा पुरै फल त ब्राजिलियन खेलाडीले खेलेका थिए । तर चोट लाग्न पुग्यो नेमारलाई । पहेँलो कार्ड कै देखाउनु पर्ने कुरा गर्ने हो भने पहेँलो जर्सीधारी ब्राजिलका सबै खेलाडीले पाउनु पर्ने थियो तर त्यसो भएन । हो कोलम्वियाले पनि खेलको उत्तरार्धमा केही गल्ती गरेकै हो तर ब्राजिलका खेलाडीले धेरै रफ खेल खेलेका हुन् । कोलम्वियाले खेल हार्नुमा रेफ्रीको पनि केही हात छ । आशा गरौ आगामी विश्वकपमा कोलम्वियाले राम्रो प्रदर्शन गर्नेछ । जे भए पनि ६ गोल गरेका जेम्स रोड्रिगोजले गोल्डेन बुट पाउन उनलाई शुभकामना ।

    Reply
  4. Birat says:
    July 6, 2014 at 6:09 am

    “third vertebra” भन्दा पनि third Lumbar (L3) vertebra भन्दा स्पष्ट हुन्छ होला | Fifa.com मा पनि “third vertebra” नै लेखेको रहेछ तर technically third lumbar vertebra हो |
    अब Brazil लाई सेमिफाइनल खेल्न गारो हुने भयो Neymar र Silva नहुदा | Get well soon- Neymar.

    Reply
  5. गगने says:
    July 6, 2014 at 12:45 am

    नेइमारको छिट्टो तन्दुरुस्ती को कामना!
    छिटै फुटवल मैदानमा पुर्ण क्षमताका साथ् खेलेको देख्न पाइयोस!
    त्यो अर्को खेलाडीलाई फिफाले केहि समय बर्खास्तगी गर्नुपर्यो, अब हुनसक्ने र खेलिन सक्ने फलत खेल र तेस्ता खेलाडीलाई चेतावनी स्वोरुप पनि यो जरुरि छ!
    तर यौ नेइमार डिठ्ठा पनि लुकी छिपी अलि अलि फल त खेल्दै थ्यो हो त्यो घाममा बत्ति नदेख्या जस्तो भयर मात्र हो!
    जे होस् यस्तो दुर्भाग्यपूर्ण कुरा नभैदिएको भय हुने थियो, सबैले नजर तिकाएको र सबैभन्दा बढी चर्चा भयको खेलाडी मैदान मा नहुदा खेल अलि बिलिनो हुन्छनै!
    तन्दुरुस्ती भै दुरुस्त आओस!

    Reply
  6. eklavya says:
    July 6, 2014 at 12:26 am

    यसपालिको विश्वोकपमा अहिलेसम्म सबैभन्दा बढी फल ब्राजिलको नाममा छ ९१ वटा अझै अर्को गेम खेल्न बाँकी छ नेमार र रोबेन्को डैभिंग कलाको बारेमा रेफ्रीहरु सजग हुन थालेका थिए मेक्सिकोको गेमले गर्दा जसको नतिजा भने नेमारले भोग्नुपर्यो अब रोबेन बाँकि छ …

    Reply
  7. बासु says:
    July 5, 2014 at 9:12 pm

    वास्तवमा ब्राजिलका डेविडले खेल ‘हारजितकोलागि खेलिने हो तर परिणाम जस्तो भएपनि आपसी सद्भाव कायम रहन्छ’ भन्ने सोचाईलाइ प्रमाणित गरेका छन् | निमारको ढाड खुस्कने गरि हान्ने टिमलाइ उनले रीस र आवेग पटक्कै देखाएनन | बरु जेम्सलाई उनले हौसला दिंदै प्रशंसा गरे र सहानुभूति दर्शाए | धन्यवाद डेविड |
    हारप्रति जेम्सको मुटु चुंडिएकोमा मेरोपनि मनपनि कुंडिएको थियो | सपना ध्वस्त भएपछि सहन त् गाह्रो भै हाल्छ नि |

    Reply
  8. Ram Raj says:
    July 5, 2014 at 8:12 pm

    सारै दुखद घटना .. जुनिगा को नियत खराब नहुन सक्ला तर उनले गलत खेलेका हुन् | उनले कम्ति मा पनि पहेलो कार्ड पाउनु पर्थ्यो ..

    Reply
  9. Hari Prasad Lamichhane-Now Canada for visit says:
    July 5, 2014 at 6:10 pm

    नेयमार रफ खेलेको कसैले नोटिस नगरेका , अचम्म छ बा !

    Reply
    1. ramu says:
      July 5, 2014 at 10:17 pm

      शायद अजेन्टिनाको समर्थक पर्नु भयो कि
      तपाईको मतलब चै फल हान्नेको ढाड भाँचिदिए पनि केहि फरक पर्दैन भन्ने हो?

      Reply
  10. kumar,japan says:
    July 5, 2014 at 4:33 pm

    राम्रा खेलाडी संसारकै गहना हुन् यिनीहरुको सुरक्षा गर्नु FIFA को पनि कर्तब्य हो जस्तो लाग्छ अनि रेफ्रीले पनि ध्यान दिनु जरुरी जस्तो लाग्छ होइन भने मेस्सी,पर्सि हरुलाई पनि आज केहि हुन् सक्छ अन्त्यमा नेइमारको शिघ्र स्वास्थ्य लाभ को कामना

    Reply
  11. achut says:
    July 5, 2014 at 2:51 pm

    अत्यन्त दुख:द घटना /शिघ्र स्वास्थ्य लाभ को कामना//अन्त्य मा देखिएको स्पोर्ट्स म्यनशिप भावनात्मक थियो /होस्ट ले चौडा छाती प्रस्तुत गर्ने जमर्को लाई सकारात्मक मान्नु पर्छ…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme