Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कमलपोखरीमा साथीसित बस्दा बित्थामा चुटाइ खाएँ, ल भन्नुस् आखिर मेरो दोष के थियो ?

Posted on July 6, 2014July 6, 2014 by mysansar

-सुरेश गौतम-

शुक्रबार दिउँसो २ बजे म र मेरी साथी घुम्नको लागि कमलपोखरीको चौकी पछाडिको पोखरीतिर गएका थियौँ। मोटरसाइकल त्यही चौकी अगाडि पार्क गरी हामी हिँडेर अलि पर बस्यौँ र पोखरीमा हाँसहरु खेलेको हेर्दै बस्यौँ। दुई मिनेटमै एउटी दिदीले पछाडिबाट भनी, ‘चौकीबाट फोन आएको छ, तपाईँहरु नबस्नुस् यता।’

हामी अचम्ममा पर्‍यौँँ। मेरी साथीलाई त्यहीँ पर्खन लगाएँ र म बाइक लिएर आउँछु भनेँ। म हिँड्न थालेँ बाइक पार्क गरेको ठाउँतिर। अचानक त्यही पोखरी नजिक उभिरहेका तीन चार जना सादा पोशाक लगाएका मान्छे मध्ये एउटाले सोध्यो, ‘ओइ, कहाँबाट आ’को तँ?’

‘किन चाइयो तपाईँलाई’ भनेँ मैले। यति भन्दा त्यो मान्छे दौडेर आयो र मलाई तीन चार पञ्च हान्यो र किक पनि।

मैले सरी सरी भनेँ तर यसले मलाई त्यही बाटोमा लडाएर कुकुर जस्तै गरी पिट्यो। मेरो अनुहारबाट रगतसमेत बग्यो।

मैले तपाईँको को हो भनेँ तर उसले केही पनि कुरै नसुनी मलाई पिटेको पिट्यै गर्‍यो। ‘तेरो र**बाजी गर्ने ठाउँ हो यो मा**’ भन्दै मलाई पिटिरह्यो।

म बिचरा जीवनमै पहिलो पटक कसैले यसरी मलाई पिट्न आएको देखेर केही पनि गर्नै सकिनँ। उसले मलाई पिटिरहेको बेलामा यो मात्रै सोचिरहेँ- कतै मेरी साथीलाई पनि कसैले पिटिरहेको त छैन ?

म त्यहाँबाट अलि पर दौडिएँ। त्यहाँ एउटा पुलिसको वर्दी लगाएको मान्छेले हेरिरहेको रैछ। मलाई भन्यो, तपाईँलाई केही भन्नु छ ?

मैले उसलाई सोधेँ, को, पुलिस हो त्यो मलाई पिट्ने?

त्यसले हो हो भन्यो।

अनि म छक्क परेँ। कहिले पनि सोचेको थिइनँ पुलिसले यसरी गुन्डाजस्तो बाटोमा दिउँसै पिट्छ जनतालाई। मैले त्यो पिट्ने मान्छेलाई आउनुस् तपाईँ चौकी आउनुस् भनेँ। तर त्यो आएन। र त्यो पुलिस त्यहाँ उभिएर हेरिमात्र रहेको देखेर मैले अब चौकी जानुको कुनै फाइदा छैन थाहा पाएँ।

र, त्यहाँबाट बाइकल लिएर आफ्नो साथीलाई उसको घर पुर्‍याइदिएँ। बाटोमा मेरी साथीले भनी, ‘त्यो अघिको दिदीले मलाई के के नराम्रो कुरा भनी। म क्यारेक्टरलेस जस्तो भाको फिल गराई। म सहन सकिरहेको छैन यो कुरालाई।’

मैले उसलाई भनेँ, ‘छोड त्यो दिदी आफै त्यस्तो नराम्रो होली, त्यसैले अर्कालाई यस्तो कुरा गर्दै बस्छे।’

म र मेरी साथीको इन्गेजमेनेट भइसकेको छ र केही समय साथै बिताई कुरा बुझ्न कहिलेकाहीँ बसेर कुरा गर्छौँ। तर त्यो ठाउँ डेटिङ गर्ने जोडीहरुको मायाको क्रियाकलाप गर्ने ठाउँ पनि भएको रैछ। आखिर दुई जना प्रेमी एक अर्काको हात समातेर कतै बस्छन् र आफ्नो लिमिटमा बसिरहेका छन् भने के उसलाई बाटोमा पिट्नु पुलिसको काम हो ? यो कस्तो गुन्डाराज हो ?

आज मलाई पुलिसबाट विश्वास उठ्यो। पुलिसको वर्दीमा गुन्डा लुकेको हुने रहेछ। सबै पुलिस त्यस्ता नहोलान् तर पुलिसको वर्दीमा जनतालाई दुःख दिने त्यो गुन्डालाई भगवानले एकदिन अवश्य देखाउनेछ। आखिर मरेर त जानु नै छ।

46 thoughts on “कमलपोखरीमा साथीसित बस्दा बित्थामा चुटाइ खाएँ, ल भन्नुस् आखिर मेरो दोष के थियो ?”

  1. sajin says:
    July 9, 2014 at 3:02 pm

    यो पुलिश को किस्सा अर्कै छ साथीहरु . खास देउताले यो पुलिश बनाउदा खेरि दिमाग हाल्न बाकी थियॊ re, अनि देउता ले पुलिशलाइ त कतै नजान तेरो दिमाग हाल्न बाकी छ भन्दै थिई re, त्यो पुलिश भागेछ अनि पछि त
    दुटी मा vetiyecha.

    Reply
  2. suman p says:
    July 9, 2014 at 8:46 am

    पुलिसको दिमागमा केटा केटि संगै बसेको , हिडेको देख्नै सक्दैन , देख्योकि उसको दिमागमा रंदिबाजीको भेल उर्लेर आई हाल्छ. अनि आफु बस्न नपाएको झोकमा भीमसेन बोका बन्छ . के गर्ने यीनि हरुको हात र मुखमा कानुन छ , पुलिश बिरुद्ध उजुर कसैले लिदैन , नेपालको लोकतन्त्र प्रजातन्त्र नेताको भासनमा मात्र ………….जनतालाई इस इस इस !!!

    Reply
  3. Siddhartha says:
    July 9, 2014 at 1:19 am

    म पनि येस्तै घटना बाट बचेको छु | आज भन्दा १० वर्ष अगाडी मोटरसाइकलमा कलेज जादा पुलिसको गाडीले हान्यो मेरो गल्ति नहुदा पनि | म आफ्नो गल्ति नभएको भएर पुलिसको म उजुरी दिन गए डाक्टरको रिपोर्ट लिएर | पहिले त दर्ता गर्नै मानेनन् पछि दर्ता गरे तर दिउसो आउन भने अनि मोटरसाइकल छोड्नु पर्छ भने | म मोटरसाइकल छोडेर दिउसो जादा जहाँको गाडीले हानेको त्येही जानुपर्छ भने | म दरबारमार्गको चौकी जादा उल्टा गाडी कोरिएको बनाईदिनु पर्छ भनेर भन्न थाले अनि मेरो मोटरसाइकल पनि दिन मानेनन् | दिनभर बस्दा पनि केहि लागेन त्येतिकै घर फर्के | भोलिपल्ट एक जना चिनेको मान्छे लिएर गए उसले चौकी को इन्स्पेक्टर चिनेको थियो | पछी उसले पुलिसको झन्झटमा नपर्नुस समय खराब छ | ५० रुपिया तिरेर मोटरसाइकल लिएर जानु भन्यो | अब ज्यान भन्दा ठुलो त केहि हुदैन | ५० रुपिया चौकीमा १ दिन मोटरसाइकल राखेको जरिबाना तिर्दै घर फर्के | येहा केहि हुदैन रिपोर्ट गरेर |

    Reply
  4. suman says:
    July 8, 2014 at 8:52 pm

    if the truth is really as explained by the writer it is very bad.
    You should report to higher authority and they should be punished.

    I just have one concern. He mentioned somewhere that a lady told them not to sit there as police called the lady to say so. I dont believe it. Why would police call some lady to give them the message.
    When i grew up my house was very close to a park. And from our balcony we could see couples spending their times. And most of the time they were not comfortable scenes to watch with your parents or sisters with you. we have to tell them to move and sometimes it turned into fights too.
    What i am guessing is the lady was trying to move the writer and his GF from there by scaring mentioning police. Just my assumption from my past experience.
    And as others friends commented too. we dont know the truth till we see some proofs.

    Reply
    1. bijay says:
      July 9, 2014 at 8:08 pm

      Who is the “higher authority” here that you are referring to that a common person can have access to?
      The only other higher authority now will be either the leaders of political parties or Bamdev according to the hierarchial chain.

      Reply
  5. Dipesh says:
    July 8, 2014 at 2:42 pm

    पुलिसहरुले हो यस्तै हर्कत गर्छन् र त मलाई पुलिसको जागिर खान मन पर्दैन ! जो पायो त्यहि निमुखा सर्वसाधारण जनतालाई कुटपिट गर्न त हो नि सुकेको काठ जस्तो हुने गरि तालिम गर्न लगाउने! नम्र, भलाद्मी हुने हो भने त रुखमा चड्ने, बोरामा बालुवा हालेर मुड्कीले हानेर म बलियो छु भनिरहनु पर्दैन ! चोर, फटाहालाई समाउन भुसतिघ्रे हुनु पर्दैन दिमाग भए पुग्छ !

    Reply
  6. राम शाही says:
    July 8, 2014 at 9:40 am

    जंगली युगमा छ नेपाल पुलिस | अध्धयन, तालिम र सस्थागत सस्कार नै छैन | पूर्व जन्म को पाप ले यस्तो मुलुकमा जन्मियछु जस्तो लाग्छ 🙁

    Reply
  7. dibya gautam says:
    July 8, 2014 at 5:01 am

    प्रहरी
    जनताको पैसा खाएर
    सरकारको सेवा गर्ने
    नमकहराम.

    Reply
  8. raju says:
    July 7, 2014 at 8:49 pm

    हाम्रा पुलिसले लोकल गुण्ड को चाकडी गर्छन; नेता को तलुवा चाटछन्; घर पुगे पछि स्वास्नी को गाली सुन्छन| अनि सब को रीस साधारण जनता माथि पोख्छन| सार्वजनिक ठाउँ मा जनता ले अंगालो मार्न नपाउने? kiss नै गर्न नपाउने ? त्यो भन्दा बडी त लेखेले के नै गरे होलान र कमल पोखरी को छेउ मा | संसार कहाँ बाट कहाँ पुगी सक्यो यी तलुवा चाटुवाहरु को बुद्धि अझै पनि तेस्तै छ|

    Reply
  9. Sunil Shrestha(Belgium) says:
    July 7, 2014 at 8:36 pm

    यसै कारण ले गर्दा नेपाली पुलिश को विदेशमा सम्म इज्जत छैन,Tourist संग पनी घुश खाने र दुख दिने, हाम्रो देश को धेरै जसो पुलीश लै POLICE ko full form मै थाहा छैन अनि जनता लै दुख दुख दिदैन त, हाम्रो धेरै जसो POLICE हरुलाई POLICE को full form यो भन्छ
    P- power mad
    O- officila Criminial
    L-Lustful
    I-Illegal
    C-Corruption
    E- Encounter specialist

    Actually पोलिचे भने को एस्तो हुन पर्ने यो
    P- Polite
    O- Obedient
    L-Loyal
    I-Inelligent
    C-Couragous
    E-Eager to help
    यो कुनै गुण धेरै जसो संग छैन, हुने वाला लै नेता ले काम गरी खानु दिदैन

    Reply
  10. Deepak says:
    July 7, 2014 at 8:25 pm

    suresh जी त्यत्रो जमल र रत्नपार्क को पूलमा माया लाई बुझौ भनेर २०X२० फीट भन्दा ठुलो पोस्टर बनाएर केटि ले केटि लाई र केटा ले केटा लाई चुम्बन गरि बुझौन खोज्दा पनि नबुझेको र केटा ले केटि को हात समयर समाज मा बिकृति फैलेको झोक मा आक्रोसित भयो होला. ( त्यो पोस्टर police ले बनाएको भन्ने आसय होइन तर नगरपालिका , वडा, कथित नागरिक समाज को केहि दायित्व हुन्छ कि rajdhani को मुटु मा जे पायो त्यहि tansda समाज, बालबालिका र अरु बिदेशी लाई पनि)

    Reply
  11. sushil says:
    July 7, 2014 at 5:49 pm

    तपाइँ यो घटना प्रहरीमा दर्ता गराउनुस | दोषी प्रहरी पट्ट लगाएर सजाय दिने जिम्मा रमेश खरेल जी को | हेरौ उहा कतिको सक्षम हुनुहुन्छ ?

    Reply
  12. गणेश गुरुङ says:
    July 7, 2014 at 4:27 pm

    नेपाल मा किन १७ हजार मन्छेले ज्यान गुमाउनु पर्यो तेस्को मुल कारन हो नेपाल प्रहरी ,नेपाल प्रहरी मा नैतिकता को कुनै बासन आउदिन न कुनै मिठो बोली तिनको मुखबाट अपसब्द बहेक केही बोल्दिन ,प्रह्सृकोका-प्रहरिको काम कानुन को परेधी मा रहेरा कानुन कार्यान्वयन गर्ने हो ,मेरो बिचर्म मानव अघिकर र नैतिकताको को ज्ञान् शिकाउनु पर्छ,यह बेलायत् म मिक्क त परै जाउस नराम्रो बोली बोल्न पाउदिन ,सबै प्रहरी र सेना लाई चेतन होस

    Reply
  13. prabesh lama says:
    July 7, 2014 at 4:15 pm

    आज त्यो ठाउमा एस्पी खरेल भयको भय यो घटना सुन्न पाउने थियन , भागवन लाई प्रार्थन गर्न आबशेक छैन l यी सबै बामदेब को खोक्रो ग्रिया आदेश को काम हो

    Reply
  14. anita says:
    July 7, 2014 at 1:53 pm

    suresh ji, तपाई लाई त्यत्रो पिटाई गर्दा road मा कोहि पनि थियनन, फेरि त्यहि पुलिस चौकी मा किन नजानु भएको हो?? यो त कायर जस्तो भएन र, अब के प्रमाण ले तपाई फेरि उजुरी गर्ने? त्यो बेला को फोटो पनि पोस्ट गरे हुन्थ्यो नि, त्यतिकै कुटपिट गर्ने ति बदमास गुन्डा हरु लाई सबक त सिकौने पर्छ. मेरो हार्दिक सहनाभुती.

    Reply
  15. Basant says:
    July 7, 2014 at 1:34 pm

    मुस्कान सहित को सेवा नेपाल प्रहरी को भनेको येही होला ..बरु बडा पत्र अलि सानो भयो कि अलि सबैले देख्ने ठाउमा राखे हुन्थ्यो

    Reply
  16. लौटन अवधि says:
    July 7, 2014 at 1:00 pm

    नेपाल पुलिस को बिरता देखिदै छ ! माओबादि को पाला मा छेपारो ले छिसरिक्क गर्दा नि बन्दुक फालेर बैकुण्ठ मानन्धर लाइ जितेर बिरता नि देखा कै हो !!

    Reply
    1. derwent says:
      July 7, 2014 at 5:14 pm

      माउबादी जस्तो अपर्चुनिस होइन पुलिस, केवल बुद्धि बिग्रेका शासन प्रणाली र घुसिया शासक नेपाली कर्मचारीतन्त्रमा हुनाले हो/ यी पुलिसलाइ नागरिक समाजका अगुवा र न्यालायाको दोका सम्म पुराउने केहि व्यक्ति को कमजोरी ले पनि यिनको दादागिर बढेको होला. नेपाली सुशासनको कमजोरीको फाइदा लेका हुन् बामदेवका निर्देशनमा चल्ने पुस्लिसहरुले/
      तर यिनीहरुले कमसल बदुक र गोलिगट्टा हुदा पनि माउ’बादी (माओंबादीको नाम बिचेखाने) लडेको ईतिहांस चै पलायन भन्नु ठिक होइन होला?

      Reply
      1. लौटन अवधि says:
        July 8, 2014 at 9:21 am

        देखिया छ ! ति घटना हाम्रै गाम ठाम तिर भएका हुन् ! ब्यबसायिक प्रहरी ले नियम लाइ फलो गर्छ ! केटा केटि बसे भनेर कुट्न जान्न ! प्रहरी ले आफै कुटेर निसाफ गर्ने कस्तो प्रहरी ? जजमेन्ट को अधिकार कसले दियो प्रहरी लाइ ?

        Reply
  17. ranjita lama says:
    July 7, 2014 at 12:38 pm

    हरु यस्तै हो यार तपैले नि बेवास्ता गरे को भय हुने थियो नि त हजुर इँटा थियन छेउ छाउ जो सुकै होस आफ्नो परिचय नखुलाई हतपत गर्छ तेस्लाई नि सर्लक बनाइ हाल्नु पर्छ कमल पोखरी तेस्को बाउ को फुला बारी हो र अमी जनताले घुम्न नि नपाउने ???

    Reply
  18. achut says:
    July 7, 2014 at 12:05 pm

    ‘लोकतन्त्र’ भनेकै पंचायत को पुनरावृति रे’छ मात्र ‘शाह बंश’ ‘राजा’ नहुने/ ५ वर्ष मा रास्ट्रपति फेरिन्छ भनेको नि फुस्स…’वाक स्वतन्त्रता’ त हराई सक्यो,पुलिस लाई नेता लाई गाली मात्र हैन गल्ति गरेको हो भन्दा त जेल मा जाक्दिन्छ…. तपाई हामी भनेको अपराधी नै हौ चाहे तपाई साथी संग बस्नुस चाहे श्रीमती संग बस्नुस…..

    Reply
  19. rajesh says:
    July 7, 2014 at 11:49 am

    यसको बारेमा तपार्इले कहि उजुरी गर्नु भयोकी भएन यस्तो कुरा सहेर बस्यो भने आफैले गल्ति गरे जस्तो हुन्छ आफ्नै देशमा सार्बजनिक सथानमा डुल्दा घुम्दा पीटार्इ खार्इन्छ भने नागरिक कहाँ सुरक्षीत हुने

    Reply
  20. hari har sharma says:
    July 7, 2014 at 8:52 am

    हामी सामान्य नेपालीको गल्ति भनेको हामी सामान्य जनता हौँ / नत पुलिस, नत आर्मी, नत पत्रकार, नत पार्टीका भरौटे परियो /
    यत्रो ठुलो गल्ति भो हामी बाट / अब कसलाई गुनासो गर्नु / यति लेखेर सबैलाई जानकारी गराउनु भो, अब बाँकि सजग भयर त्यो क्षेत्र जाने छैनन् भन्ने आस गरौँ /

    Reply
  21. Krishna says:
    July 7, 2014 at 8:10 am

    पुरानो रुडी बादीका मान्क्षेहरुको सोंच तेस्तै हुन्छा नेगटिव सोंच ले गर्दा तेस्तो हुन गएहोला |

    Reply
  22. Bishnu Pantha says:
    July 7, 2014 at 5:53 am

    हैन,यो प्रहरीले कसैलाई कन्ट्रोलमा लिनु अगि आफ्नो ID देखाउनु पर्दैन? फेरी प्रहरी संग कसैलाई पनि हातपात गर्ने अधिकार हुदैन, यो कहिँ कुनै देशमा पनि छैन /येदि पुरा प्रमाणका साथ् आएर ID देखाएर समात्न खोज्दा भाग्न वा जाई लग्न आए मात्र ,त्यो पनि आबस्येकता भए जति मात्र बल प्रायोग गर्ने अधिकार हुन्छा प्रहरीलाई ,येस्सरी बिना कसुर पिट्ने प्रहरीलाई छोड्नु हुन्न / येदि कशुर नै गरेको भए पनि येदि कोहि बिना ID हात पात गर्न आउछ भने आफ्नो आत्मरक्ष्यअको लागि ” “आखाको बदलामा aakha” गर्न पाउने UNIVERSAL RIGHT हुन्छा ,यो आत्मा रक्श्यको सर्ब मान्य आधिकार हो / होशियार प्रहरीहरु ,आरुलाई नियेम मा बसाउनु छ भने पहिला आफु नियेम्मा बस /

    Reply
  23. Suman Gurung(UK) says:
    July 7, 2014 at 5:19 am

    मलाई पनि तेस्तै हुन बाट टोल कै दिदि ले बचाउनु भाको छ, सातदोबाटो रेडियो नेपाल टावर को चौर मा बस्दै थियेउ बुढाबुढी, हामि संग रक्की (मेरो कुकुर) पनि चौर मा घुम्दै थियो, अचानक घर बाट छिमेकी दिदि नजिक आउनु भयो, भाइ बहिनि येहा नबस्नुहोस्, हिजो साँझ मात्र येहा एक जोडीलाइ पुलिस ले पिटेर लागेको छ, ओहो घर छेउ को चौर मा बुढाबुढी बस्न नपाई भन्दै उठेर हामि पनि टाप दिहालेउ एकछिन मा पुलिस को गाडी आयो हामीलाई येत्रो येत्रो आखा देखाउदै गयो, धन्न ढाड बचाइयेछ.

    Reply
  24. madan bajracharya says:
    July 7, 2014 at 3:56 am

    पुलिश्ले तपाइलाइ गरेको दुर्ब्यबहार को बिरोधमा रिपोर्ट पुलिशले सजिलै सिट सुन्दैन र रिपोर्ट बुझ्न पनि मान्दैन/ तापनि यक चोटी सम्भंदित थानामा लिखित रिपोर्ट गर्न जानुस/ थानामा रिपोर्ट गर्न जानु अघि बिर अस्पतालमा आफुलाई परेको चोटको जांच गराउनुस र डाक्टरले उपचार गरेको र औषधि लेखि दियको पर्चि लिनुस र तेस्को प्रतिलिपि प्रहरीलाई दिने रिपोर्टमा संलग्न गर्नुस/ तपाइंलाई कुट पिट गरेको स्थानकै प्रहरीकोमा रिपोर्ट दिन जानुस/ उनीहरुले रिपोर्ट लिन नमाने त्याहा बिबाद नगर्नुस तर सक्नु हुन्छ भने आफ्नो मोबाइल फोनमा उनीहरु सिट भयको कुराकानी रिकर्ड गर्नुस/ तेस्पछि तपाइंले सम्भंदित थानाले तपाइंको रिपोर्ट लिन नमानेको समेत उल्लेख गरि पोस्ट अफिस मार्फत रजिस्टर्ड रिपोर्ट प्रहरी प्रधान कार्यालयमा प्रहरीको आई जी पीलाइ पथाउनुस/ तेसरी आई जी पिको नामा पठायको रजिस्टर्ड रिपोर्टको बोधार्थ ग्रिह मन्त्रि प्रधान मन्त्रि र सदनलाइ पनि दिनुस/ त्यो रिपोर्टको बारेमा उपत्यका बात चुनियाका सांसदहरुलाई पनि पथाउनुस/ केहि कार्यवाही गर्न बाध्य नै हुनेछ/ तपाइंलाई मैले यो सल्लाह मलाइ पनि तपाइंलाई जस्तै प्रहरीले गरेको दुर्ब्यबहार्को बिरुद्ध मैले जे गरे तेसैको आधारमा दिंदैछु/

    Reply
    1. KUBER TAMANG norway says:
      July 8, 2014 at 12:40 am

      तर मदन सर त्यस पछि हजुर त सहयद विदेश मै बस्नु भयो होला तर नेपालमै बस्न त ज्यानकै खतरा होला नि जनतालाई, प्रहरी ले जे पनि गर्न नसक्ला भन्ने सकिन्न हजुर हाम्रो देशमा !!

      Reply
      1. madan bajracharya says:
        July 8, 2014 at 10:15 pm

        कुबेरज्यु
        मलाइ महेन्द्रले “न बिराउनु न डराउनु” भनेको कुरा सार्है ठिक लाग्छ/ प्रहरी नागरिकको सुरछ्या गर्न को निमित्त हो/ नागरिकको सुरछ्या नगर्ने प्रहरी नालायक होईन अपराधि मान्नु पर्छ र तिनीहरु मध्य कसैले यस्तो प्रविती देखायामा तेस्को बिरोध गर्न आत्नु पनि पर्छ/ राज्य र प्रहरी आतंकको बिरोध गर्दा अलि दुख त् पाउन सक्छ/ तर तेतिकै डराउनु हुँदैन/ मैले पंचायत कालमा पनि प्रहरी आतंकको बिरोध गर्दा थुनिनु मात्रै परेन सुरछ्या कानुन अन्तर्गत जेल पनि जानु पर्यो/ पंचायत कालमा सुरछ्या कानुन राज्य-आतंकको नमुना कानुनहो/ तर मैले सुरछ्या कानुन अन्तर्गत सेन्ट्रल जेलमा रहंदा पनि आफु निर्दोष भयको र प्रहरीले बिना कारण अन्याय गरेको कुराको बिरोध गर्न छाडिन/ कुरा त्रिभुवन बिस्व विद्यालयको बिद्यार्थी हित हेर्ने निकायमा पुग्यो/ सो निकायले प्रहरी र तत्कालिन जिल्ला कार्यालयमा सम्पर्क गरेर मालाई थुनेको गलत र गैर कानुनि भयको प्रमाणित गरे/ अनि उनीहरुले माफी मागेर मलाइ छोड्न बाध्य भयो/

        अन्तमा म सेवा बात अवकाश लियर विदेश पुगेको थिय/ अवकास लिंदा पायको रकम घर बनाउन बैंक बात लियको ऋण तिर्नैमा सकियो/ ३० बर्ष नोकरी गर्दा ३० हजार पनि बैंकमा जोगाउन सकिन/ अबकास पाउने बेलामा आफुले कमायको भनेकै आत्म संतुस्ती मात्रै रह्यो/आत्म संतुस्तिले यौटा अबकास पायको अर्ध बृद्ध व्यक्तिको घरमा भात नपाक्ने कुरा नै म बिदेसिनुको मूल कारण हो/ घर भदा करिब ८००० उठ्यो/ श्री मतिको तलव ५०००/ पेन्सन नपाउने/ जम्मा १३ हजारमा उमेर पुगेको जागिर नभयको सन्तान भयको व्यक्तिको घर मुस्किलले पनि चलन सक्दैन/ विदेशको नागरिकता लिन त् सक्छु तर लिन्न/ बिदेशमा पनि सुको बचाउन सकिरहेको छैन/ नेपाल फर्कन चाहन्छु/ तर नेपाल फर्केर के गर्ने कसरि खाने? अहिले पनि काठमान्डू को घर सम्मै मोटर बाटो भयको बजार नजिकैको मेरो घरको ३ कोठा यक लिभिङ्ग रुम स्टोर किचन भयको तल्लामा भाडामा बस्नेले उहिले तिर्दै आयको महिनाको ५००० भदा पनि तिर्दैनन/ ७ आठ बर्ष भैसक्यो तेस्ले कुनै महिना कहिले २००० दिन्छ त् कहिले त्यो पनि दिंदैन; छैन पछि भयपछि दिउँला भन्छ/ घर खालि गर्न भने रोई दिन्छ/अब भन्नुस के गर्ने?

        Reply
      2. madan bajracharya says:
        July 10, 2014 at 7:26 pm

        कुबेरज्यु/
        देस बेचेर भय पनि कुर्सि घर किन्न चाहनेलाई मन नपर्ने “महेन्द्र” ले भनेथ्यो “नबिराउनु नडराउनु”/ सार्है ठिक लाग्छ त्यो “म मरे पनि मेरो देस बाँची रहुन…भन्ने गीतकारको यो कुरा/ तेसैले तर्सिनु डराउनु नै छ भने आफ्नो गल्ति देखेर तर्सनुस/ तेस्ता पाखुराको, कुर्सिको, आसेपासे पाल्तुको, धनको, वारि र पारीको धाक देखायर तर्साउने सिट नदब्नुस/ तेस्ता सिट दवेमा देसमा तेस्तैको राज चल्छ/ नेपालकै ईतिहासले भन्दैछ तेस्ताको राज धेरै टिक्न सक्दैन/ आठ प्रहरिया लगायर नागरिक तर्साउने राना, मण्डले लगायर नागरिक दवाउने पन्चे गय/ लडाकु लगायर, बिहारको गुण्डा अपराधि जंगली र बिहारी तन्त्र चलाउन खोज्नेहरु चुनावमा हारे/ त् जावो केहि फुली लगायको र फुली नै नलगायको प्रहरीको नाममा धव्वा लगाउने सिट कोहि किन दव्ने किन डराउने?/

        Reply
  25. bijay says:
    July 7, 2014 at 2:53 am

    नेपालमा पनि सरिया कानुन लागु गरे भै हाल्यो नि अब / त्यो पुलिस र तालिबानमा के नै फरक भयो र ? आफ्नै girlfriend संग हिड्दा पनि कुटाइ खानु पर्ने /

    येस्तै क्रियाकलापले गर्दा हो पुलिशको बद्नाम हुने / यदि नेपाल प्रहरीलाई आफ्नो मान मर्यादाको अलिकति पनि मतलब छ भने त्यो कुट्ने पुलिसलाइ कारवाही गरोस / नत्र येस्तै हो नेपाली पुलिस र गुण्डामा केहि फरक छैन /
    जसको हातमा सक्ति छैन त्यसलाई मात्र हो “नामर्द नेपाली पुलिसले” कुट्न सक्ने /

    Reply
  26. Abhyankar says:
    July 7, 2014 at 2:34 am

    नेपाल पुलिस मा तेसै ; कतै बिक्न नसक्ने र दिमाग बुद्धि नभएको भर्ति हुने ठाउँ भन्छन – येस्तै येस्तै प्रमाण हरु पर्याप्त छन् त्यो पुस्टि गर्न

    Reply
  27. Kamala says:
    July 7, 2014 at 2:11 am

    कसैले येहा पुलिसलाई मुद्दा हाल्ने कुरा उठाउनु भएको रहेछ तर पुलिसलेनै ब्लग लेखक लाई साइबर क्राइम मा मुद्दा हाल्ने हुन् कि भन्ने हाम्लाई लाइराछ 🙂

    Reply
  28. Krishna Rai says:
    July 7, 2014 at 1:57 am

    एदी लेखक ले लेखे जस्तै भएको हो भने यो त अति नै भो!!
    नेपाल मा तालिबान को शासन छ कि के हो?

    Reply
  29. suresh kumar says:
    July 7, 2014 at 1:27 am

    Suresh ji,whatever happened to you was very bad & I felt sorry for you but you can finds many lunatics like him outside & needs to be very careful so life is full of unpredictable outcomes. Anything happens anywhere.

    Reply
  30. Prabin says:
    July 6, 2014 at 10:34 pm

    पुलिस लाई service with smile को training , कुकुर को पुच्छर लाई सिधा गर्ने दुस्प्रयास

    Reply
  31. hari says:
    July 6, 2014 at 10:12 pm

    यो त बडो अचम्म भयो त, बिस्वास नै गर्न गार्हो जस्तो. कमलपोखरी पार्क मा जोडी जान हुने नहुने के हो त्यो मलाई थाहा भएन. यदि निषेध नै गरेको रैछ भने पनि सबैलाई सुरुमा थाहा नहुन सक्छ तेसरी गोद्नु भन्दा अगाडी चेतावनी दिन्थ्यो होला त्यो पनि प्रहरी आफै ले. कुरो तपैले भनेको जस्तै हो भने यो सरासर अन्याय हो तुरुन्त कानुनि प्रक्रिया मा गइहाल्नुस हामीले गर्न सक्ने केहि रैछ भने अवस्य गर्छौ.

    Reply
  32. Prakash Rayamajhi says:
    July 6, 2014 at 9:10 pm

    भाइ सुरेस
    तपाइँ येदि साँच्चिकै गम्भीर हुनुहुन्छ भने आफ्नो सम्बन्ध प्रति र तपाइँ संग तेस्को प्रमाण छ र तपाइँ ले तेस्तो केहि आपत्तिजनक क्रियाकलाप केहि गर्नुभको थिएन भने तपाइले दत्तेर लड्नुपर्छ तेस्ता वर्दीवाला गुण्डा संग हैन भने जब तपाइले आफ्नो त ज्यान जोगाउन सक्नुहुन्न भने झन् आफ्नो हुनेवाला जीवनसंगिनी को झन् कसरि ज्यान जोगाउन सक्नुहोला यो संसारमा,, तेसैले जस्सरी हुन्छ त्यो वर्दीवाला गुण्डालाइ सबक सिकाउनुस हैन भने तपाइको सम्मान्पुर्बक नागरिक को जीवन जिउने अधिकार को हनन् हुनसक्छ , भाईको सिघ्र स्वास्थ्य लाभ को कामना का साथ नैतिक समर्थन पनि .
    धन्यबाद

    Reply
  33. bibek dhakal says:
    July 6, 2014 at 8:59 pm

    बिचार पुलिसहरु आफु बोको भएर बस्नु परेको हुन्छ अनि जोडी हरु देख्दा फेरी मन भित्र भएभरको फ़्रस्ट्रेशन बाहिर निकाल्छन| पार्टीको खोल ओडेका विद्यार्थी कार्यकर्ता गुण्डा जस्ता समाजमा अराजकता फैलाउने हरुलाई केहि गर्न सक्दैन, अरुलाई हानि नोक्शानी नपुर्याई इन्जोई गर्नेहरुलाई देखि सहन्नन| अति नै भयो यो त| सर्वसाधारण जनताहरु कहिलेसम्म कहिले पुलिसबाट त कहिले राजनैतिक दलका नेता र भरौटे( कार्यकर्ताको लागि आर्को पर्यायवाची पाउन सकिन) दुख पाइरहने?

    Reply
  34. Rakesh says:
    July 6, 2014 at 8:08 pm

    यो त गुन्डागर्दी नै भयो
    अब हामीले विवाह दर्ता प्रमाण पत्र पनि लिएर हिड्नु पर्ला जस्तो छ
    हामी मिलेर यसको बिरोध गर्नु पर्छ साथी हो

    Id नदेखाई पुलिस नै भए पनि हात हाल्न पाउन्दैन .
    खोइ कहाँ गयो मानव अधिकार?

    Reply
  35. prakash says:
    July 6, 2014 at 8:08 pm

    File a case against these animal…they should learn a lesson

    Reply
  36. Derwent says:
    July 6, 2014 at 8:02 pm

    उ बेला गणतन्त्र नआउदै हामी हातमा हात समाती हिन्थेउ, आवारा केटाहरुको जिस्काई बाहेक कोहिले खासै चस्सो र अन्यथा गरेको थाहा थियन, आज बिचार मायालु भाइ लाइ नया नेपालमा गणतन्त्रका स्वाद चाखेका अभद्र पुलिसले हात हालेछन / के गर्ने युवाहरुले गणतन्त्रको लागि मात्रै बोले अब सुशासनको निम्ति उठ्छौ कि/
    बामदेवको साशन त नेपालीलाई राणा शासन भन्दा चर्को, के गर्ने गधालाइ जस्तिनै मुस्कान सहित नराम्रो तालिम देएपनि बानि त उस्तै/
    शुरेस भाइ अब स्वास्थको कामना

    Reply
  37. Sam says:
    July 6, 2014 at 7:54 pm

    तेस्तो नपुंसक प्रहरी हरुलाई मुद्धा हाल्न सकिदैन र ? सुरेस जी, तपाई माथि ज्यादती भएको छ. कृपया के हि त कदम उठाउनुस ता कि तेस्तो प्रहरी हरुलाई सबक होस् र भबिष्य मा कोइ माथि यस्तो ज्यादती गर्न नसकुन.

    Reply
  38. राम चन्द्र says:
    July 6, 2014 at 7:36 pm

    पुलिस को काम शान्ती सुरक्षा प्रदान गर्नु हो , पुलिस ले निसेधित क्षेत्र घोषणा गरेको ठाउमा नै जानु पर्ने ईङेज्मेन्ट भएको साथी लाई लिएर अरु ठाउँ नभए जस्तो । हाम्रो नजर मा तपाईं प्रती दया आयो भने पुलिस प्रती सन्का । बाम्देव आतंक भनेर चित्त बुजौनुस् साथी ।

    Reply
    1. bijay says:
      July 7, 2014 at 2:48 am

      निषेधित क्षेत्र हो भने “निषेधित क्षेत्र ” भनेर बोर्ड टासेको हुनुपर्छ / नत्र कमलपोखरी त्यो पुलिसको बाउको सम्पति हो र?

      Reply
  39. Saugat says:
    July 6, 2014 at 7:16 pm

    हजुरले यो कुरालाई यहि छोड्नु हुन्न | यदि यो घटना भएको हो भने तपाइले कानुनी उपचार लिनै पर्छ | पुलिस भन्दैमा बिना कारण जनता कुट्न पाईयो भने Dictatorship र Democracy मा के नै फरक भयो र ? यो घटनाले प्रस्ट हुन्छ हाम्रो देशमा प्रजातन्त्र, गणतन्त्र जे जे तन्त्र आएको भएनी ठुलाबडा हरुलाई मात्र रहेछ | जनताहरु त सधै हेपिनु नै पर्ने रहेछ | माया गर्ने युगल जोडीलाई भन्दा सार्वजनिक स्थानमा चुरोट खानेलाई कारवाही गरेको भए त पुलिसको पनि केहि इज्जत त बढ्थ्यो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme