आजभोलि हाम्रा लोकगीतका म्युजिक भिडियोहरुमा क्रान्तिकारी परिवर्तन हुन थालेछ। हिन्दी फिल्मका दृश्यहरुकै शैलिमा लोकगीतमा म्युजिक भिडियोमा नग्नता देखिन थालेको छ। विष्णु माझीको ‘बर्खा लाग्यो’ गीतको म्युजिक भिडियोमा त्यस्तै छ।
यो हो हिन्दी फिल्म राम तेरी गंगा मैलीको मन्दाकिनीको चर्चित नग्न दृश्य। यसैलाई पछ्याउन खोजेको छ विष्णु माझीको गीतको म्युजिक भिडियोले-
म्युजिक भिडियोको प्रोमो हेर्नुस्-
‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मानपदवी दिने बारे ब्लग पढिहाल्नुभयो होला। यो गीतले पनि कुनै पुरस्कार पाउने त होला !
जति zoom गरे पनि देखिएन त ! अलि कम भयो 😀
लोकगितमा पनि क्रान्ति; परिबर्तनको उदाहरण ! जसले जे भनेपनि लुकी लुकी चाही हेर्छन है यो भीडियो सबैले ! १००% योग्य पुरस्कारकोलागि !
कथा ले पो माग्यो कि ?
हग्नेलाई भन्दा देख्नेलाई लाज /
नग्नता को कुनै परिभाषा हुन्न ! नग्नता सौदर्य को चरम रुप हो ! प्राकृतिक हो ! जहा सम्म नग्नता ठिक कि बेठिक भन्ने सवाल मा बिना नग्नता यो धर्ति मा कोहि जन्मिदैन ! जन्मिने देखि जन्माउने सबै नग्नता मै आधारित हुन्छ ! नग्नता को बिरोध केवल ढोंगी समाज को उपज हो !
राजाको पालामा के इ न पाएर फेसन सो को बिरोध गर्ने, इन्डियाले सिमाना मिच्यो भनेर बखेडा गर्ने बामे र माउबादी हरु ले आजकाल चै मुख मा ताल्चा लगाएछन कि ?
हिन्दि फिल्म छाडा भयो भन्थे , रोक्ने कुरा गर्थे ,आजकाल उनको सत्ता मा झन् २ कदम अगाडी पो गए त्
पुरुष आकर्षण आफु तिर खिच्नै पर्यो नि त।
दोहोरि अब फोहोरी भैसक्यो .
माता बिन्दु परियारलाई एउटा लोकगीतको भिडियोमा खेलाउन पाए, अझैँ लोकगीतको रेटिंग पनि बढथियो कि…..कुरा को कुरो नि 🙂
माता बिन्दु परियारलाई सबैले चिन्दा रैछम त अनि यो नग्नतामा किन बहस…छि छि भन्ने अनि लुकी लुकी हेर्ने….
छि छि कस्ले भनेको छ, हामी त प्रसंसक 🙂 तेसैले त दोहोरीमा एउटा भिडियो आए कस्तो पपुलर होला भनेको
आहा…बल्ल पुकारजीले खाँटी कुरा गर्नु भो. बाहिर बाहिर छि: छि: भन्ने र स्वाङ्ग पार्ने, अनि लुकी लुकी हेर्ने…यो समाज नै ढोंगी समाज.
हाहा हाम्रो दुइजिब्रे समाज !! हेर्ने कोइ नभए बनाउने पनि त थियनन होला !!! तर के ठिक के बेठिक भनेर डोर्याउने कसले !!!
हुँदा हुँदा लोक गीत ले पनि अश्लिल नेपाली चलचित्रले जस्तै बाटो अप्नाउन थालेछ// video एस्तो बनाएपछि दर्शकले हेर्छन भन्ने लाग्यो अनि बनाइदिए “अश्लिल लोक गीत video “// अब यो गीतको पनि youtube मा थुप्रो views आउने भयो// हे भगवान बिकृतिको पनि हद हुन्छ नि //
सायद तपाई पनि लुकी लुकी यही बिकृति नै बढी हेर्नु हुन्छ होला…होइन?
यो गीतमा त एउटी मात्र केटि नाचेकी रैछ, नत्र जुन लोक गीतमा धेरै केटिको भिड हुन्छ त्यो भिड चाही ठमेलका मसाज सेन्टरका केटिहरु भाग लिन्छन रे , अब तिनलाई जति नग्न हुन् पनि के समस्या भयो र ?
धेरै न बोलम फेरी फेस्बुके मोराले समात्ला ,,,,, र अन्त्यमा फेसबुके जेलमा , ज्यानमारा संसदमा येस्तई हो हाम्रो नेपालमा |
हाहाहा खोइ क्रान्तिकारी संग्स्कृति नै त भन्नु पर्ला नि अब “उद्रेको चोली छ है त्येही पनि लाइञ्छ,हेर्नु लाई पैन्छा ,छुनु लाई हिम्मत चाहिंछा”भन्ने लोक गीतहरु लोकप्रिय भयेछी |यस्ता गीतहरुले क्रान्तिकारी परिवर्तन भन्दा पनि बलात्कारी संख्या चाहि बडछ होला भन्ने चिन्ता हामीलाई लाग्यछ !!!
नेपाली लोकगित अस्तित्वको कगार्मा छ सबै हिन्दि र अंग्रेजीको जमाना छ बाँकी नेपाली पप्ले समयानुकुल नभएकोले होला शायद जति सुकै उदार मोडल राखेनी खस्किदै गएको स्तरले गार्हो छ लोकगीत …
लोक संगीत भनेको सस्कृति हो, यहि सस्कृति बाट नया पिढीले सिक्ने मौका पाउछन अनि हाम्रो सस्कृति लोप भएर जादैन. तर यहाँ त लोक सस्कृति को नाउमा महिला लाई नंग्याउने सस्कृतिको सुरुवात भएको छ. अब यसमा न त कुनै निकाय छ यो बिकृतिको रोकावट गर्ने, न त कसैले यसको बिरोध गरेको नै पाइन्छा. अब यस्तै भिडिओ को माग छ हाम्रो समाजमा, न मैले केहि गर्न सक्छु न त सरकारले नै केहि गर्छ बरु यस्तै बिकृतिको जागेर्ना भैरहेको छ.
मुश्लिम नतर्किके कम्मरमा बेरेर नाच्ने त्यो टल्कने टालो हाम्रा गाउँका केटीहरुले टाउको
बेरेर गित गाउछन र भन्या ?!
त्यस्तो टालो टाउकोमा बाधेर अनि गित चै राम तेरी गङ्गा मैली शैलीमा पानीमा
भिजेर ——– सार्है नै विकृत हुदै गईरा’छ हाम्रो सस्कृति —–!!!
कि धान रोप्दै गर्दा पानि हावा परे पछी त्यो पानि पर्दा ओढ्ने हावाले उदाएर लागे पछी
शरीर भिजेको जस्तो गरि देखाएको भए हुने ———-
नेपाली सस्कार सुहाउदो त बनाउनु नि !
हुन त यस्तै गित भिडियो सिनेमामा नाच्नेहरुले रास्ट्रपति कै हातबाट पुरस्कार पाउन
थाले पछी ——— बढी लेख्नु हुदैन , फेरि फेश्बुके कानून लाग्ला —–
साधु माहात्मालाई दिदा हिन्दुवादी हुने आरोप/ युबालाई ढुकढुकी गराउने यो भिडियो, यो पनि सेवा नै हो एक तरिकाको/ अर्को बर्षको जनसेवा पुरस्कारको मेरो तर्फ सिफारीस यिनलाई नै 😀