Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आर्यघाटको कोइलाको सेकुवा प्रकरण : प्रिअन रोगबारे थप जानकारी

Posted on July 3, 2014July 4, 2014 by विज्ञान बा

प्रिअन (Prion) रोगबारेको  ब्लगमा रुचि लिई अरु जिज्ञासाहरु राख्नुभएकोले केहि थप जानकारी प्रस्तुत गर्दैछु।

ब्लगको उद्देश्य किटाणुबाट मात्रै रोग सर्ने नभई उच्च तापमा पनि नष्ट नहुने रोगाणु बाट समेत महामारी फैलिन सक्ने कुरा सर्वसाधारणलाइ जानकारी गराउनु थियो । सेकुवा र मकै पोल्दा साधारणतया कोइलालाइनै छोएर पकाइन्छ । लाश जलाएको काठमा डढेकै भएपनि मान्छेको मासु या गिदी टासिन सक्ने र  त्यसैको माथि सिधै छोइने गरि खानेकुरा पोल्दा रोग फैलिन सक्ने सम्भावना रहेको सचेत गराउन खोजिएको हो । संक्रमणबाट नभई आफै पनि मान्छेमा CJD भन्ने प्रिअन रोग लाग्न सक्छ, जुन लाखौंमा एकलाई मात्र लाग्छ । तर लाखौं मान्छे जलाउँदा रोग लागेको एउटालाइ पनि अब्यबस्थित तरिकाले फ्याकेको खण्डमा  संक्रमण भइ महामारी हुने जोखिम रहन्छ भन्न खोजिएको हो । जोखिम भन्ने बित्तिकै यो भैहाल्छ भन्ने हैन कि, हुन पनि सक्छ भन्ने हो । सानै जोखिम भए पनि यस्तो चलन राम्रो हैन भन्न खोजेको मात्र हो ।

अवश्य पनि कोइलालाइ इटा भट्टामा डढाउंदा  या कोइलालाइ नछोईकन खाना पकाउदा जोखिम न्यून हुन्छ । यो अर्थमा इटा भट्टाबाट गएको कोइलामा भन्दा बगेका मुढा लाइ जम्मा पारि सिधै मासु या मकै पोल्ने बढी जोखिमयुक्त हुन्छ । त्यसैले लाश जलाइएको कोइलामै पोलेको खानु छ भने सिधै ल्याएको काठ भन्दा इँटा भट्टाबाट आएको कोइला बेश । तर अनुसन्धान,  अनुगमन नभएको खण्डमा लाश जलाएर फालिएको सबै काठ राम्रो संग प्रोसेस भए-नभएको कसरि ढुक्क हुने ?   धेरै पाठकको जिज्ञासा के पनि थियो भने लाश जलाएको खरानी पानीमा बगाइने हुँदा दुषित पानीबाट पनि रोग सर्न सक्छ होला । त्यो पनि कुरा सहि हो । यस्तो खरानी मिसिएको पानी राम्रो संग फिल्टर नगरी सिधै खाएमा अवश्य त्यहाँ रिस्क हुन्छ नै। त्यसो त त्यस्तो दुषित पानी खाने हो भने प्रिअन रोग लाग्ने बेला सम्म पनि बच्न मुस्किल होला । अरुनै रोगले पहिला मर्ने भएकोले  प्रिअन रोगको रिस्क छैन भन्दा पनि होला ।

त्यस्तै राम्रोसंग नडढाई फालिएको रोगयुक्त मासु खाएको माछामा पनि यस्तो रोग लाग्न सक्छ, र त्यस्तो रोग लागेको माछा खाएमा मान्छेमा पनि सर्न सक्ने सम्भावना रहन्छ ।  यहाँ के प्रष्ट पार्न चाहन्छु भने यस्ता प्राइअन रोगहरुको संक्रमण बारे अझै पनि अनुसन्धान भैरहेका छन्, कति कुराहरु पुष्टि भैसकेका छन्, कति अनुसन्धानकै क्रममा छन् । जस्तो कि जनावर बाट जनावरमा मात्र फैलिने भनि बिस्वास गरिएको यस्तो रोग अब बिरुवा पनि एउटा माध्यम हुन सक्ने देखिएको छ (हेर्नुस-http://www.ncbi.nlm.nih.gov/pubmed/24509640) । त्यस्तै रोगि गाइ या भेडा बाट माछामा यो रोग सर्छ कि सर्दैन भन्ने प्रयोग गरिएको अनुसन्धनात्मक लेख २०११ मात्र प्रकाशित भएको रहेछ (हेर्नुसhttp://www.ncbi.nlm.nih.gov/pubmed/20933080) जस अनुसार BSE भएको गाई ख्वाइएको माछाको दिमागमा प्रिअनको जालो देखिएको रहेछ भने स्क्रेपीयुक्त भेडा ख्वाइएको माछामा त्यस्तो देखिएको रहेनछ । त्यस्तै मुसा बाट माछामा र उक्त माछा बाट मुसामा सरेको पनि प्रयोग गरिएको रहेछ ।

त्यस्तै प्रजाति अवरोध भएकोले रोग सर्ने सम्भाबना कम भए पनि हालै मान्छेमा फेला परेको  नया किसिमको vCJD भन्ने प्रिअन रोग गाईबाट सरेको हुन सक्ने बलियो आधार पाइएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्रको  वेव साइटमा यसबारे थप जानकारी पाउन सकिन्छ-  हेर्नुसhttp://www.cdc.gov/ncidod/dvrd/prions/ । अवश्य पनि यस्ता प्रयोगहरु मान्छेमा गर्नु गैर-कानुनि र अनैतिक हुन्छ, त्यसैले मान्छेमा रोग लागे १००% यसैले हो भनेर नभनी कोरिलेशन हेरेर जोखिम निर्धारण गरिन्छ ।

अन्तमा भन्नु पर्दा — सानो तर भईहालेको खण्डमा गम्भीर जोखिम भएकोले जनस्वास्थ्य सेवाको सम्बन्धित निकायको ध्यान पनि यसमा पक्कै जाला ।  पर्यावरणीय, संस्कृतिक या सभ्यताको हिसाबमा सर्बसाधारणको बहस ठिकै हो तर जनस्वास्थ्यको सबालमा सर्बसाधारणको बहसको अर्थ छैन । त्यसै पनि जनस्वास्थ्यको सबालमा सर्बसाधारणको रायले नीति-नियमको निर्णय लिईने हैन । यो त बैज्ञानिक अनुसन्धान गरि जोखिमको गणना (Risk Analysis) गरे पछि तय हुने कुरा हो । यस्ता नीतिहरु साधारणतया अनुसन्धानको ठोस निष्कर्ष पछि मात्र तय हुन्छन तर गम्भीर प्रकृतिका रोगहरुसम्बन्धि नीतिहरु जोखिम हेरेर बिशेषज्ञहरुको राय लिएर पनि बनाइन्छ । जस्तो कि बर्ड्स फ्लुको डरले स्वस्थ कुखुराहरु पनि हुलमुलमा मारिन्छन । चरा बाट मान्छेमा सर्ने फ्लुको डरले भन्दा पनि चरा बाट मान्छेमा सरेको फ्लु भाइरस म्युटेट भै मान्छे बाट मान्छेमा सर्ने बन्न गएको खण्डमा ठुलो महामारी हुने डरले यस्तो गरिन्छ । यस्तो रिस्क अस्सेस्मेंट सबैलाइ थाह हुँदैन र फरक विचार हरु राखिन सक्छन । तर राज्यको दायित्व भनेको सबैले प्रतक्ष देखिने मात्र नभई यस्ता अप्रतक्ष महामारीबाट जोगाउनु पनि हुन्छ ।

प्रिअन रोगको सवालमा भन्नुपर्दा धेरै देशले BSE देखिएका देशबाट मासु आयात गर्दैनन् । हाम्रोमा गाईको मासु नखाइने हुँदा यो समस्या भएन । तर काठमाडौँमा अत्यधिक खपत हुने भैंसीमा यस्तो रोग लागे नलागेको तथ्यांक थाह छैन । ६ महिना बेलायत बसेको मान्छे, अझ गाईको माशु नखाने या शाकाहारीले त अमेरिकामा रगत दिदा जोखिम हुने भनेर रक्तदान गर्न दिईदैन भने मान्छेकै लाश जलाइएको अस्तु, खरानी, या काठ नदीमा बगाइनु, जथाभावी फालिनु या पुन प्रयोग गरिनुमा  थोरै नै रिस्क भए पनि प्रष्टरुपमा संक्रमणको सम्भावित  बाटो भएकोले अनुगमनको आवश्यकता चाही देखिन्छ । स्वास्थ्यको हिसाबले मात्र नभई, संस्कृतिक र वातावरणीय हिसाबले पनि यस कुरामा ध्यान दिनु जरुरी देखिन्छ । यो ब्यबस्थित गर्नै नसकिने जस्तो खासै ठुलो  समस्या पनि हैन, सबै क्षेत्र मिलेको खण्डमा यो सजिलै समाधान गर्न सकिन्छ ।

8 thoughts on “आर्यघाटको कोइलाको सेकुवा प्रकरण : प्रिअन रोगबारे थप जानकारी”

  1. Tej(Tj) says:
    July 4, 2014 at 8:37 pm

    खान हुने भन्ने हरु कहाँ गए !

    Reply
    1. गगने says:
      July 6, 2014 at 12:53 am

      साथि, खान हुने भन्ने हरुलाई यहा खोजेर पाइन्छ?
      पुतली सडक, नया बजार, पाटन ढोका, एरपोर्टि तिर सेकुवा पसलमा पो जानु पर्छ भेट्ने हो भने!

      Reply
  2. devendra says:
    July 4, 2014 at 10:11 am

    पत्थर कोइला बाट सेकुवा पोल्नु मिल्दैन त? महँगो पर्ला तर सफा होलाकी? कसो?

    Reply
  3. Dr. Binaya Dahal, NY, USA says:
    July 4, 2014 at 7:38 am

    सही र संयमित.. सबै पाठकले पढ्नुपर्ने लेख ..जनस्वास्थ्यको विषयमा लेख्नु भएकामा धन्यवाद …

    Reply
  4. Krishna says:
    July 4, 2014 at 5:42 am

    it is g00d t0 see s0me references this time in this kind 0f artices

    Reply
  5. kedar says:
    July 4, 2014 at 2:11 am

    कुनै पनी परम्परा र संस्कृतीहरु एकै रुप र रंगमा संधै जीवित रहँदैनन र रहेका पनी छैनन् | जुन संस्कृती, परम्परा र धर्महरु समय परिस्थिती अनुसार आफुलाईहरु परिबर्तन गर्न सकेनन तिनको लोप् भएका त इतिहाँसमा प्रसस्तै उदाहरण छन् | समयानुकूल परिस्थिती, आबस्यकता, व्यक्तिगत र सामाजिक सोचको आधारमा परिमार्जन हुँदै आयेकाहरुनै आज सम्म हाम्रो बिचमा छन् | अब खोला र नदी किनारमा घाट बनाएर शब पोल्ने परम्परालाइ पनी हाम्रो परम्परा भन्दै काँध हालिराख्नु ठिक होइन जस्तो लाग्छ | लेखकले इंगित गरेको रोग मात्रै होइन की प्रदुषण र बाताबरनिय हिसाबले पनी ढिलो चांडो जसरी पनी यो जलाउने र खरानी र अस्तु बिसर्जन गर्ने नयाँ परम्पराको बिकाश गर्नै पर्छ | रिस्क देखि देखि आजै आवाज किन नउठाउने ?

    Reply
  6. suzee says:
    July 4, 2014 at 1:25 am

    जानकारी मुलक , धेरै प्रस्न को उत्तर , यो लेख बाट प्रस्ट गराइदिनुभएकोमा मुरी मुरी धन्यवाद !!!

    Reply
  7. Pramod says:
    July 4, 2014 at 12:32 am

    रोग लागोस कि नलागोस, त्यो लास जलाएको कोइला बाट पोलेको सेकुवा कुनै हालत ले पनि खादैन/ कृपया माफ गर्नु होला/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme