Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हारपछिको मार : दक्षिण कोरियाली फ्यानको चकलेट आक्रमण

Posted on July 1, 2014 by Salokya

KLM-tweet विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्रबाट बाँकी रहेका १६ टिममध्ये ८ वटा बाँकी रहनका लागि अहिले खेलहरु भइरहेका छन्। आज क्वार्टरफाइनलका लागि अन्तिम दुई टिम छानिँदैछन्। हारेका टिमहरु धमाधम घर फर्कँदै छन्।

खेलमा हारजित त हुन्छ नै। तर हारमा आत्तिने र जितमा मात्तिनेहरुको कमि छैन।

हारपछिका केही मारहरु यहाँ समेट्दैछौँ।


सबैभन्दा पहिला यो भिडियो हेर्नुस्।

यहाँ दक्षिण कोरियाली खेलाडीहरु देखिन्छन्। एउटा खेल बराबरी गरी दुई वटा खेल हारेर अर्थात् एउटा पनि जित हासिल नगरी फर्किएको कोरियाली टिमलाई विमानस्थलमा दर्शकहरुले चकलेटले हानेर स्वागत गरे।

यो थियो हारपछि आत्तिएकाहरुको काम।

अब जितपछि मात्तिएकाहरुको चर्तिकला पनि हेरौँ।

KLM-tweet
यो ट्विट नेदरल्यान्डसको वायुसेवा केएलएमले मेक्सिकोलाई अन्तिम मिनेटमा भएको पेनाल्टीमा गोल ठोकेर पराजित गरेपछि गरेको थियो।

यसमा मेक्सिकोलाई जिस्क्याउँदै प्रस्थानको चिह्न देखाइएको छ। त्यतिमात्र हैन प्रस्थानसँगै जुँगामुठे र ह्याट लगाएर मेक्सिकोलाई होच्याउन खोजेको भन्दै सामाजिक सञ्जालमा यसको निकै आलोचना भयो। आलोचित भएपछि केएलएमले यो ट्विट डिलिट गर्न बाध्य भयो।

यसको जवाफमा मेक्सिकोको वायुसेवाले यस्तो ट्विट गर्‍यो-
mexico
८७ मिनेटसम्म अग्रता कायम गरेर झण्डै डच टिमलाई हराइसकेको मेक्सिको टिमलाई स्वागतमा गर्व गर्छौँ भन्ने आशय त्यसमा देखिन्थ्यो।

brazil
अनि यो ब्राजिलको पत्रिका हेर्नुस्। चिलेसँगको खेल हुनुअघि यो पत्रिकाले चिलेका फ्यानहरुलाई ब्राजिलबाट घर फर्कन कुन एयरलाइन्सबाट कुन बाटो भएर जाँदा कति समय लाग्छ भनेर छापेको थियो। धन्न पेनाल्टीमा चिले हार्‍यो। नभए पत्रिका आफै जोक बन्न बाध्य हुन्थ्यो।


दोस्रो चरणको खेल हुनुअघि माइसंसारले गरेको अहिलेसम्मको अनुमानमा एउटा मात्र मिलेको छैन। कोस्टा रिका र ग्रिसबीचको खेलमा ग्रिस जित्ने अनुमान गलत भएको छ। बाँकी सब खेलको अनुमान अहिलेसम्म मिलेको छ। आजका दुई खेलको अनुमान के हुन्छ हेरौँ।

अहिलेसम्मको परिणाम अनुसार क्वार्टर फाइनल शुक्रबार फ्रान्स/जर्मनी र ब्राजिल/कोलम्बिया बीच हुनेछ। त्यसैगरी शनिबार नेदरल्यान्डस्/कोस्टारिकाबीच हुनेछ। भोलि र पर्सि भने विदा।

quarter

quarter1

4 thoughts on “हारपछिको मार : दक्षिण कोरियाली फ्यानको चकलेट आक्रमण”

  1. Nischal says:
    July 2, 2014 at 4:28 am

    ब्राजिल ले खेल जितेर गर्व गरेपनि खेल प्रदर्सन गर्ब गर्न लायक थिएन, तर चिलिले खेल हरे पनि खेल प्रसंसनिय थियो.

    Reply
  2. Krishna says:
    July 2, 2014 at 3:01 am

    कार्टून चाइ बब्बाल लाग्यो | धन्न चिली हार्यो .. नत्र पत्रिका नै कार्टून हुन्थ्यो |

    Reply
  3. Limbu HarataraH says:
    July 1, 2014 at 1:13 pm

    गेम खेलेर, खेलाएर, किनेर जसरि जिते पनि रिजल्ट के हुने सम्भावना छ भन्ने कुरा पहिला नै अनुमान वा चार्ट बनाएको, हिस्ट्री देख्दा-देख्दै अघाएको हामी अझै ‘भाग्यले जितेको’ नभनौ कि यदि तपाई/म स्पोर्टी हौँ भने ! ब्राजिल, जर्मनी वा फ्रान्स कसैले, कहिँ सजिलो भनेको छन् र..? अब व्यवहारको कुरालाई सामान्य मात्र लिउँ यो आफै बुझ्दा हुन्छ I

    Reply
  4. achut says:
    July 1, 2014 at 12:11 pm

    अरु त भैहाले तर ब्राजिल (होस्ट)ले नै पत्रिका मा तेस्तो छाप्नु चै अशोभनीय हो/ खेल नि खेलेर भन्दा भाग्य ले मात्र जित हात परेको हो…मेक्सिको त चिली दुवै ले प्रसंसा का लायक ‘खेल ‘ देखाएका हुन्…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme