Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फाइनलमा को-को पुग्ला? ब्राजिल Vs अर्जेन्टिना कि जर्मनी Vs नेदरल्यान्डस् – हेर्नुस् ६ वटा स‍ंभावनाका समीकरण

Posted on June 27, 2014June 27, 2014 by Salokya

BraVsArg
ब्राजिलमा हाल भइरहेको विश्वकपमा आजदेखि समूह चरणका सबै खेल सकिएर फाइनलसम्मको समीकरणको अनुमान लगाउन सजिलो भएको छ। समूह चरणका खेलमा भए पो एउटा खेल हारे पनि अर्कोमा राम्रो गरौँला भन्ने हु्न्थ्यो। अब भने एउटा खेल हार्ने बित्तिकै प्रतियोगिताबाटै आउट भइन्छ। त्यस्तै अब त ड्र पनि खेल्न पाइन्न, टाइब्रेकरले छुट्याइन्छ। ३२ राष्ट्रको सहभागिता दोस्रो चरणमा पुग्दा १६ मा झरेको छ। त्यसबाट क्वार्टरफाइनलमा ८, सेमिफाइनलमा ४ हुँदै फाइनलमा २ टिम बाँकी रहन्छन्। समूह चरणको प्रदर्शनका अनुमानमा माइसंसारले फाइनलसम्मको समीकरण अनुमान गरेको छ। एउटा अनुमान धेरैले सोचे जस्तै फाइनल ब्राजिल र अर्जेन्टिनाबीच हुने हो (माथिको चित्रमा हेर्नुस्) तर त्यसका लागि दुवै टिमलाई त्यति सजिलो भने छैन। ब्राजिलले दोस्रो चरणमा चिली, क्वार्टरफाइनलमा कोलम्बिया वा उरुग्वे, सेमिफाइनलमा फ्रान्स वा जर्मनीलाई पन्छाउनु पर्नेछ। उता, अर्जेन्टिनाले पनि दोस्रो चरणमा स्विट्जरल्यान्ड, क्वार्टरफाइनलमा बेल्जियम वा अमेरिका अनि सेमिफाइनलमा अहिलेसम्म सशक्त प्रदर्शन गर्दै आएको नेदरल्यान्ड्सको तगारो पन्छाउन सक्नुपर्नेछ।

अनुमान नं. २ : ब्राजिल Vs नेदरल्यान्ड्स

BraVsNed
अर्को अनुमान यो हुनसक्छ- फाइनल आयोजक भएकोले ब्राजिल र अहिलेसम्म तीन खेलमा तीन जितका साथ अघि बढेको नेदरल्यान्डस् बीच हुनसक्छ। त्यसका लागि नेदरल्यान्ड्सले सेमिफाइनलमा अर्जेन्टिनाको खड्गो काट्न सक्नुपर्छ।

अनुमान नं. ३ : जर्मनी Vs नेदरल्यान्ड्स

GerVsNed
जर्मनी र नेदरल्यान्ड्सबीच फाइनल : यो अनुमान चाहिँ मेरो व्यक्तिगत विचारमा साँच्चै होला जस्तो छ। तर ब्राजिलको प्रतिकूल मौसममा युरोपेली टिमको विजय संभव होला? हेर्न बाँकी छ। यो अनुमान सही बनाउन जर्मनीले क्वार्टर फाइनलमा फ्रान्स, सेमिफाइनलमा ब्राजिलको तगारो हटाउनु पर्नेछ। उता नेदरल्यान्ड्सलाई भने सबैभन्दा ठूलो खड्गो अर्जेन्टिनाबाटै देखिन्छ, जुन सेमिफाइनलमा हुनेछ।

अनुमान नं. ४ : जर्मनी Vs अर्जेन्टिना

GerVsArg
यो अर्को अनुमान हो। अहिलेसम्म सशक्त प्रदर्शन गर्दै आएको जर्मनीले क्वार्टरफाइनलमा फ्रान्स र सेमिफाइनलमा ब्राजिललाई पराजित गरेको अवस्थामा यस्तो हुनसक्छ। यसका लागि उतापट्टी अर्जेन्टिनाले चाहिँ सेमिफाइनलमा नेदरल्यान्ड्सको खड्गो पार गरेको हुनुपर्छ।

अनुमान नं. ५ : फ्रान्स Vs अर्जेन्टिना

FraVsArg
फ्रान्स पनि कम छैन। समूह चरणमा एक बराबरी र दुई जितका साथ अपराजित फ्रान्सले क्वार्टर फाइनलमा जर्मनी र सेमिफाइनलमा ब्राजिलको तगारो पार गर्‍यो भने फाइनल फ्रान्स र अर्जेन्टिनाबीच पनि हुनसक्छ।

अनुमान नं. ६ : फ्रान्स Vs नेदरल्यान्ड्स

FraVsNed
उतापट्टी सेमिफाइनलमा अर्जेन्टिना पराजित भयो भने र यता फ्रान्स अघि बढ्यो भने फाइनल फ्रान्स र नेदरल्यान्ड्स बीच पनि हुन सक्छ।

के थाहा, विश्वकपमा उलटपुलट नतिजा पनि आउन सक्छ। दोस्रो चरणमा नसोचेको टिमले जितेर अघि बढ्यो भने यो समिकरणमा थोरै परिवर्तन हुने निश्चितै छ। तर लगभग माथिको अनुमान मिल्ला कि, तपाईँको के विचार छ ? को-को पुग्ला त फाइनलमा ?

24 thoughts on “फाइनलमा को-को पुग्ला? ब्राजिल Vs अर्जेन्टिना कि जर्मनी Vs नेदरल्यान्डस् – हेर्नुस् ६ वटा स‍ंभावनाका समीकरण”

  1. Mahendra (GER) says:
    June 29, 2014 at 10:31 am

    Dutch will be defeated by Mexicans. USA will defeat Belgium for sure and could take victory over Argentina as well. ….I think USA will be in Final this time for the first time in FIFA World Cup history.
    By the way, I am Argentina’s fan.

    Reply
    1. dilip gurung says:
      June 30, 2014 at 8:41 pm

      हाहा| यसको लागि चाही पुरै विश्व कप अप्रिल १ को दिनमा खेलाउनु पर्छ|

      Reply
  2. bhagirath says:
    June 28, 2014 at 2:30 pm

    ब्राजिल र बेल्जियम

    Reply
  3. Shishir says:
    June 28, 2014 at 10:40 am

    पुग्ने भनेको Uruguay र Netherlands हो /

    Reply
  4. bibek dhakal says:
    June 28, 2014 at 8:48 am

    फाइनलमा अर्जेन्टिना, ब्राजिल र जर्मनी तिनवटै टिमको अनुहार हेर्न नपरे आनन्द आउथ्यो!!

    Reply
  5. RajMa says:
    June 27, 2014 at 10:24 pm

    मेक्सिको विल बिट नेदरल्याण्ड, डच आर अ टु मेन टिम | हेर्नु होला……..पहिलो पोल भन्न गार्हो छ…..चिले, जर्मनी, ब्राजिल, फ्रान्स, कोलोम्बिया जस्ता हस्ती हरु छन | जबकि अर्को पोल मा अर्जेन्टिना बाहेक साना नाम तर बिछत्तै राम्रो खेल्ने टिम हरु छन्…….भन्न गार्हो छ …..तर फाइनल चाही ब्राजिल र अर्जेन्टिना बिचमा हुन्छ जस्तो लाग्छ | तर यदि फ्रान्स ले जर्मनी लाई जित्न सक्यो भने ब्राजिल लाई सेमी-फाइनल मा हराउनेछ | तर हामी सबै ले सोचे भन्दा नितान्त फरक नतिजा आउनेछ | बाई द वे, ग्रिस लाई ख्याल ख्याल मा quarter फाइनल मा राख्नु भाको कि साचिक्कै (Greece is the worst team to go through 2nd round) ? There is no way Greece can beat in form CRC. USA will upset over hyped Belgium. Your prediction for pool A quarter final looks convincing but it does not make sense for pool B. My predictions for pool B quarter would be: Mexico vs CRC and USA vs ARG. Enjoy this beautiful game !!!

    Reply
  6. chatur rai says:
    June 27, 2014 at 8:23 pm

    धेरै साथीहरुले ब्राजिल र अर्जेन्टिनाको जर्सी लगाएको देख्छु, तर भएको खेलको स्थिति हेर्दा त्यस्तो छैन, यसपालिको उपाधिको दाबेदार जर्मनी र नेदरल्याण्ड नै हो, म जर्मनीले जितेको हेर्न चाहन्छु र पनि नेदरल्यान्डले पाँखा लगाउछ कि भन्ने डर छ |

    Reply
  7. Tanka Kafle says:
    June 27, 2014 at 7:27 pm

    हरेक चरण मा अप्रत्यासित नतिजा पक्का आउछ, त्यसैले कुनै न कुनै नया टिम सेमिफैनल पक्का पुग्छ .

    Reply
  8. raj says:
    June 27, 2014 at 6:49 pm

    I wonder why we always support the so called strong teams even though we have already seen countries like Spain, Portugal, Italy or England out of the world cup.
    Dont forget the Belgians. I believe that they can win against Argentina in the quarter finals.

    Reply
    1. Keshav says:
      June 28, 2014 at 8:32 am

      USA will upset Belgium big time.

      Reply
  9. Dil Shree says:
    June 27, 2014 at 6:30 pm

    अनुमान न. १ , धेरै सोचेर लगाईएको अनुमान हो!
    यो अनुमान मात्र नभएर यथार्थता हो
    अनि फाईनल जित्ने ब्राजिल हो !

    Reply
  10. Jewan says:
    June 27, 2014 at 6:22 pm

    I Always SUPPORT #UNDERDOGS Win!

    GO USA GO
    GO MEXICO GO
    GO CHILE GO
    GO COSTA RICA GO
    GO COLUMBIA GO!!!!

    I am Confident that Brazil will loose to Chile, and Argentina will loose to USA

    Reply
  11. pradeep says:
    June 27, 2014 at 5:32 pm

    किन साथीहरु ले CRC लाई नभनेको. मलाई त कोस्तारिकाको जित हुन्छ जस्तो लाग्छ, टिम ब्यलांसमा छ |

    Reply
  12. गगने says:
    June 27, 2014 at 3:58 pm

    फाइनल खेल जर्मनी र नेदरल्याण्डको बीच हुने छ!
    जर्मनीले वोर्ल्डकप जित्ने छ यदि जर्मनीले नजितेमा नेदरल्याण्डले जित्ने पक्का छ!
    यहि ठोकुवा हो यहिनै मेरो कामना पनि!
    अनि यहिनै मेरो हेर्ने र सुन्ने इच्छा पनि हो!

    Reply
    1. Shankar says:
      June 27, 2014 at 6:56 pm

      कोस्टारिका ,ब्राजिल बा अर्जेन्टिना ले जिते हुदैन ?

      Reply
      1. गगने says:
        June 28, 2014 at 7:33 pm

        एकै छिनको रमाइलोको लागि त जसले जितेपनि केहि छैन तर जर्मनी नेदरल्याण्ड आदिले जितेमा खुशी अलिक बाडिएर हामीकहा पनि आउन सक्थ्यो कि त भन्ने कुरा हो!
        जर्मन सरकार अनि जर्मनी फुटबल टिमले नेपालि फुटबल टिम वा नेपालको फुटबल संगठन र खेलाडीलाई पनि सहयोग गर्थ्यो होला जसरि गरिरहेको छ! अनि नेदरल्यान्दाले पनि!
        तर ब्राजिल अर्जेन्टिना कोस्टारिका ले जितेमा तिनीहरुको जित चौबिस घन्टाको लागि मात्र हुन्छ!
        There is nothing common in between us. But Germany and Netherlands we have many or lots.

        Reply
  13. Limbu HarataraH says:
    June 27, 2014 at 2:00 pm

    १ ब्राजिल, २ अर्जेन्टिना, ३ जर्मनी, ४ हल्याण्ड यी ४ मध्य अरु हुने कुरामा शंका गर्दिन ‘परिणाम’ I मैले भन्दा पनि हिस्ट्री र वर्तमान खेल हेराइ-बुझाईका रुप हुन् ति I अरु त कुरा हुन्, हल्ला हुन्, समाचार हुन् I रिसाउने कुरा छ र ? परिणाम ४ मध्य फरक भए ‘खेलको कुरा’ म भन्दिन ! अब तपाइको पालो खेल विचार राख्ने..:

    Reply
  14. Bindu says:
    June 27, 2014 at 1:40 pm

    फाईनलमा बेल्जियम पनि पुग्छ .

    Reply
  15. Devendra Basnet says:
    June 27, 2014 at 12:46 pm

    येही टिम फाइनल मा पुग्छ भनेर भन्न सकिदैन. ब्राजिल लै चिली र कोलोम्बिया धेरै गार्हो हुन्छा. कोलोम्बिया धेरै नै बलियो छ एस पाली . फाल्काओ पनि खेलेको भए मा त दाबेदार नै मान्ने थिए कोलोम्बिया. जर्मनी लै फ्रान्स , नेदार्ल्यंद लै कोस्टारिका र अर्जेन्टिना लै बेल्जियम ले क्वार्टर फाइनल मा कडा टक्कर दिन्छा .
    मा चै ब्राजिल र अर्जेन्टिना बीच को फाइनल होस् भन्ने चाहन्छु .
    हेरौ के हुन्छा

    Reply
  16. Gopal says:
    June 27, 2014 at 12:06 pm

    कुनै खेलमा मेस्सी घाइते भयो भने अर्जेन्टिना को हालत के हुन्छ १ खेलाडीको भर परेर खेल्दा?

    Reply
  17. Nischal says:
    June 27, 2014 at 10:25 am

    – फ्रान्स, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र जर्मनी पूर्व बिस्वकप बिजेताहरु हुन्. नेदर्लेन्द ३ पटक फाइनल मा पुगेर फर्केको अभागी टिम ! त्यसैले नेदर्लन्द २०१० को फाइनल को हारको पीडालाई यसपाली वोर्ल्ड कप उठाएर बिर्सन चाहन्छ भने बाकी टिम हरु आफ्नो इतिहास दोहोर्या उन चाहन्छन.

    १) तथापी उरुग्वे ले आफ्नो प्रमुख खेलाडी स्वरेज़ लै गुमाएको छ, त्यसैले उरुग्वे को फाइनल सम्मको यात्रा मा तगारो लागेको छ, अनि त्यो तगारो खोल्न उरुग्वे लै निकै गारो हुनेछ .

    २) मेसि ले मौका पाए जसरि पनि उपायोग गर्नेछ. तर यदि अर्जेन्टिना ले स्कोर गर्न मेसि मा मात्र भर गर्ने हो भने (अहिले सम्म उसैले मात्र गॉल गरेको छ!) , अर्गेन्तेनिअन टिम को तागत मा प्रस्न आउनेछ, यदि आउने खेल मा मेसि लै साथ मिले अगाडी बढ्न सक्छ, नत्र भन्न सकिन्न, किनकि वोर्ल्ड कप जित्न टिमको तागत चाहिन्छ !

    ३) ब्राजिल धेरै राम्रो टिम हो. नेमार ले अवस्य स्कोर गर्नेछ, तर पनि टिम मा पुरा ब्यालेन्स देखिन्दैन यस पटक पनि . रोबर्टो कार्लोस, रोनाल्डो , रोनाल्डिन्हो र काका जस्तो खेलाडी हरु देखिन्नन्. ब्राजिल दोस्रो चरण मा पुगे पनि अहिले सोचे अनुरुप खेलेको देखिन्न. फाइनल सम्म को यात्रा बनाउन ब्राजिल ले अझै मेहेनत गर्नु पर्छ विशेस गरि डिफेन्स मा. अहिले को प्रतिस्पर्धा धेरै माथि भएको कुरालाई प्रतेक खेलाडी हरेक खेल अगाडी सोच्नु पर्छ.

    ४) जर्मनी ले आफूजस्तै कडा टिम पुर्तुगल लै ४-० ले हराउदा धेरैलाई जर्मनी यसपटक धेरै भारी भएको महसुस भएको थियो. तर घना ले २-२ मा बराबरी मा रोके पछि ,अनि USA जस्तो वोर्ल्ड कप मा अगाडी नाम नभएको टिम लाई १-० ले मात्रै हराए पछि , जर्मनी को खेल प्रदर्सन को भाबिस्यबानी गर्न गारो भएको छ.

    ५) स्पेन लाई ५-१ को लजास्पद हार दिलाए पछि यो भन्न सकिन्छ को नेदर्लन्द ले २०१० को हारको कडा बदला लिएको हो. नेदर्लन्द घायते सिंह जस्तै प्रस्तुत भएको देखिन्छ. तर यसो हुदैमा त वोर्ल्ड कप उसै को हातमा जादैन पक्कै पनि !

    अरु टिम लाई पनि कम अड्कल गर्न मिल्दैन, बिशेस गरि मेक्सिको र चिली, यसपटक निक्कै कडा भएर प्रस्तुत भएका छन् यी टिम हरु. वोर्ल्ड कप दाबेदार भनेर भनिने टिम क लागि यी टिम हरु निकै ठुलो तगारो बन्लान ! यदि कसै गरि यी टिम सेमी फाइनल वा फ़िअनल सम्म पुगे, धेरै को लागि त्यो अचम्मको खबर बन्न सक्छ, तर त्यो असम्भब भने छैन !
    को को फाइनल मा पुग्लान अनि कसले जित्ला, खेल नहेरी अड्कल गर्न धेरै गारो छ.

    ( मैले कुनै टिम को समर्थ गरेको छैन, तर प्रतिस्पर्धात्मक खेल हेर्न मलाई रमाइलो लाग्छ. )

    Reply
  18. arun says:
    June 27, 2014 at 10:05 am

    मेक्सिको, usa , चिल्ली या त कोस्तारिका मध्ये कसैले लानेछ/ एसपालि वोर्ल्ड कप सजिलो सोचेको जस्तो हुने छैन खेल हरु हेर्दा/

    Reply
  19. sagun dhakal says:
    June 27, 2014 at 9:33 am

    मेरो विचार मा आहिले फाइनल मा जाने टिम भनेको जर्मनी र नेदरलैंड हो
    साएद WORLD CUP लैजाने देश कि त जर्मनी नत्र नेदरलैंड नै हो

    Reply
  20. राम चन्द्र says:
    June 27, 2014 at 8:04 am

    अनुमान सहि नहोला तर नेदरल्याण्ड र जर्मनी फाइनल भिड्लान कि . चाम्पिपिओंन नेदर ल्याण्ड हुने छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme