Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उरुग्वेले टोकेपछि अर्को हेभिवेट इटाली पनि आउट, कोलम्बिया- उरुग्वे र कोस्टा रिका- ग्रिसका विजयी ब्राजिल र नेदरल्यान्डसको तगारो बन्ने

Posted on June 25, 2014June 25, 2014 by Salokya


हिजोको ‘गर या मर’को खेलमा उरुग्वेले गरिखाएपछि इटाली मर्न बाध्य भएको छ। दोस्रो चरण नपुग्दै घर फर्कने हेभिवेटहरु – स्पेन, इंग्ल्यान्डको सूचीमा इटालीको पनि नाम थपिएको छ। हिजोको खेलपछि समूह ‘डि’मा कोस्टा रिका पहिलो र उरुग्वे दोस्रो भएको छ भने समूह ‘सि’मा कोलम्बिया पहिलो र ग्रिस दोस्रो भएको छ। एसियाली देश जापानले दुई हार र एक बराबरीका साथ समूहमा अन्तिम हुँदै घर फर्कने टिकट काटेको छ। दोस्रो चरणमा अब कोलम्बिया र उरुग्वे अनि कोस्टा रिका र ग्रिस भिड्ने छन्। कोलम्बिया-उरुग्वेको विजेताले क्वार्टरफाइनलमा ब्राजिल-चिलीको विजेतासँग भिड्नेछ। अनि कोस्टा रिका- ग्रिसको विजेताले भने क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र मेक्सिकोको विजेतासँग भिड्नेछ।

हिजो र आज बिहान भएका खेलमा कोस्टा रिका र इंग्ल्यान्ड बिना गोल बराबरीमा टुङ्गियो।

इटाली र उरुग्वेको खेल उरुग्वेले ८१ औँ मिनेटमा गरेको एक गोलले जित्यो।

ग्रिसले आइभोरी कोस्टलाई २-१ ले पराजित गर्‍यो भने जापानलाई कोलम्बियाले ४-१ ले हरायो।

यसरी बाहिरियो इटाली

इटालीलाई दोस्रो चरणमा पुग्न उरुग्वेलाई बराबरीमा रोकेमात्र पनि पुग्न सक्थ्यो। इटाली शायद् त्यही रणनीतिमा थियो। तर गर या मरको खेल भएकोले ज्यान छाडेर खेलिएको खेल ‘रफ’ पनि हुनपुग्यो।

मारियो बालोटेलीले रेस्लिङमा जस्तो उफ्रेर किक हानेपछि उनलाई यल्लो कार्ड दिइयो। प्रतियोगिताको दोस्रो यल्लो कार्ड भएकोले उनले अर्को खेल खेल्न पाउने थिएनन्।

त्यो मध्यान्तरअघिको कुरा थियो। मध्यान्तरपछि ५९ औँ मिनेटमा क्लाउडियो मार्चिसियोले त रातो कार्डै पाए। अब इटालीले १० जना खेलाडीमा सीमित हुनु पर्‍यो।

टोक्ने खेलाडी सुआरेज

उफ्रने मात्र हैन यो खेलमा टोक्ने खेलाडी पनि देखियो। उरुग्वेका Luis Suarez ले मध्यान्तरपछि इटालीका डिफेन्डर Giorgio Chiellini लाई टोकेको जस्तो टेलिभिजनमा देखियो।

अलि नजिकबाट हेर्नुस्-

उनको पाखुरामा दाँतले टोकेको नै दाग नै देखिएपछि विश्वास नगर्नु पनि कसरी। यो ८० औँ मिनेटमा भएको घटना थियो। त्यसको एक मिनेटमा गोल भएको थियो।

फेरि सुआरेजले टोकेको यो चार वर्षमा तेस्रो घटना हो। यसअघि टोकेवापत् उनी निलम्बित भएका थिए। धन्न यसपालि एउटा कार्डसम्म खाएनन्। २०१० मा विपक्षीलाई टोक्दा सात खेल प्रतिबन्धमा र गत वर्ष चेल्सीका खेलाडीलाई टोक्दा १० खेल प्रतिबन्धमा परेका हुन् उनी।

हेर्नुस् पुरानो टोकाइको भिडियो
http://youtu.be/GopdzPxE2gk

यस पटक टोकेर कार्ड त खाएनन् नै, विपक्षीको ध्यान बिगारेको मौका पारेर विजयी सिङ्गो गोल गरेर उरुग्वे दोस्रो चरणमा पनि पुग्न सफल भयो।

चेलिनीले पनि खेलपछि फिफाविरुद्ध कडा प्रतिक्रिया दिँदै भिडियो प्रमाणका आधारमा कारबाही गर्न चुनौति दिएका छन्

Chiellini on the bite. What should happen to Suarez? Join the debate in the #GilletteBootRoom http://t.co/zmUCgiimYh pic.twitter.com/O5F5iLBMYr

— ESPN FC (@ESPNFC) June 24, 2014

माइक टाइसनको टोकाइमा परेका बक्सर इभान्डर होलिफिल्डले त यस्तो ट्विटै गरे

I guess any part of the body is up for eating.

— Evander Holyfield (@holyfield) June 24, 2014

11 thoughts on “उरुग्वेले टोकेपछि अर्को हेभिवेट इटाली पनि आउट, कोलम्बिया- उरुग्वे र कोस्टा रिका- ग्रिसका विजयी ब्राजिल र नेदरल्यान्डसको तगारो बन्ने”

  1. Bishnu Pantha says:
    June 26, 2014 at 11:54 am

    ओह!! त्यो जोम्बी /

    Reply
  2. Manav karki says:
    June 25, 2014 at 7:28 pm

    यसको नाम Luis Suarez हैन लुइस Luis vampire हो I

    Reply
  3. sanu nep says:
    June 25, 2014 at 4:42 pm

    यो सूआरेज़ भन्ने खेल्द लाई पशु चिकिसलय मा लानु पर्ने हो नि . न भए ४ दिन सम्म बाधेर राख्नु पर्ने हो . चार दिन सम्म केहि भएन भने अनि कारबाही गर्नु पर्छ .

    Reply
  4. Pingback: गोल ठोक्देऊ, नसके टोक्देऊ « Mysansar
  5. Devendra Basnet says:
    June 25, 2014 at 1:28 pm

    Out of 4 South American teams (Brasil, Chile, Uruguay & Colombia) only one can reach the Semi final. If Ecuador wins tonight, they also have to face Argentina. The fixture turned out very poor to South American teams.

    Reply
  6. क्षिर ध्वज says:
    June 25, 2014 at 11:49 am

    Luis Suarez लाई रेड कार्ड त दिनु पर्थ्यो नै ..साथै तत्काल Medical Team बोलाएर रेबिजको सुई पनि ground मै दिनु पर्थ्यो, कि कसो ?

    Reply
    1. sanu nep says:
      June 25, 2014 at 4:37 pm

      बहुल कुकुर फुटबल खेल भए पो रेबिज को सुइ बोकेको हुन्छ अब सद्दे खेलाडी को बीच मा एकजना बहुल कुकुर जस्तै मान्छे पो रहेछ अब परेन फसाद ? रेबिज को सुइ कहाँ खोज्ने हो .

      Reply
  7. Shankar says:
    June 25, 2014 at 10:34 am

    हैन यो टोक्ने भाइ कतै नरभक्ष्यी त् हैन ? चर्चा मा आउँन टोके कि स्वाद को लागि?
    जित र हारको कुरा गर्दा येस्पाली विश्वकप जर्मन ले जित्ला जस्तो लाग्यो ?( येत्रो समय अगि नै भाबिस्यबानी !!)

    Reply
  8. shishir basu says:
    June 25, 2014 at 9:27 am

    यो पटकको बिश्वकप रमाइलो हुदै छ जे भए पनि ! स्पेन, इंगलैंड, इटाली गए, अब पोर्चुगल नि घर जाला जस्तो छ !

    Reply
  9. Bikas says:
    June 25, 2014 at 8:33 am

    Suarez is talented footballer but he is disgrace in football.
    Suarez’s previous controversies

    July 2010: Handles on the line to deny Ghana a winner in the last minute of extra time in the World Cup quarter-finals. Asamoah Gyan misses the resulting penalty and Uruguay win the shoot-out to reach the semi-finals

    November 2010: Given seven-match ban for biting PSV Eindhoven’s Otman Bakkal on the shoulder while playing for Ajax

    December 2011: Given eight-match suspension and fined £40,000 for racially abusing Manchester United’s Patrice Evra

    February 2012: Refuses to shake hands with Evra at Old Trafford and is described as a “disgrace” by Sir Alex Ferguson

    April 2013: Apologises for his “inexcusable behaviour” after biting Chelsea defender Branislav Ivanovic and receives a 10-game ban

    ~ Source BBC Sport

    Balotelli is another player who is wasting all his talents. Most football pundits, managers, players, fans tip him a player with same caliber of Messi and Ronaldo but in real time most of the time he does some stupid things on the pitch and give trouble to his team mates after being sent off.

    Reply
  10. bibek dhakal says:
    June 25, 2014 at 7:33 am

    आहा, धेरै रमाइलो भयो! अब ब्राजिल ,अर्जेन्टिना र जर्मनी जस्ता हेभिवेट कहलिएकाहरु दोश्रो चरण बाट बाहिरिए वर्ल्ड कप हेर्न पनि स्वाद आउथ्यो!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme