Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साझा सवालले पायो नारायण श्रेष्ठको उत्तराधिकारी

Posted on June 24, 2014June 24, 2014 by Salokya

नारायण श्रेष्ठको बहिर्गमनपछि उत्तराधिकारीको खोजीमा रहेको बिबिसी मिडिया एक्सनको कार्यक्रम ‘साझा सवाल’ ले बल्ल उत्तराधिकारी पाएको छ। अध्ययनका लागि भन्दै नारायण अमेरिका लागेपछि नयाँ प्रस्तोता चयन नहुन्जेल कार्यक्रम रवीन्द्र मिश्रले चलाउँदै आएका थिए।

अब भने साझा सवाल केही फरक हुनेछ। सँधै पुरुष प्रस्तोताले चलाउँदै आएको कार्यक्रमको जिम्मा अब महिलाले पाएकी छिन्। नयाँ प्रस्तोता बन्दैछिन्- विद्या चापागाइँ। विद्याले केही समय हामीसँगै नागरिक दैनिकमा काम गरेकी थिइन्। आरआर कलेजबाट पत्रकारितामा एमए गरेकी विद्याले त्यसअघि इक्वेल एक्सेस र बिबिसी नेपाली सेवामा अनि साझा सवालकै प्रोड्युसरका रुपमा तीन वर्ष काम गरेकी थिइन्।

इतिहास : आफैले चलाएको साझा सवालको पहिलो कार्यक्रमको रेकर्ड हेर्दै
इतिहास : आफैले चलाएको साझा सवालको पहिलो कार्यक्रमको रेकर्ड हेर्दै नारायण


नारायण श्रेष्ठले राजीनामा दिएपछि
बिबिसी मिडिया एक्सनले नयाँ प्रस्तोताको खोजी थालेको थियो। नयाँ प्रस्तोतामध्येबाट अन्तिम चरणमा तीन जना छानिएका थिए- कमलकुमार, रुपेश श्रेष्ठ पवनराज पौडेल र विद्या चापागाइँ। तीनै जनालाई नमूना कार्यक्रमसमेत सञ्चालन गर्न लगाइएको थियो। (सच्याइएको : यसअघि रुपेश श्रेष्ठको नाम लेखिएकोमा उनी दोस्रो चरणबाटै बाहिरिएको आधिकारिक जानकारी पाइयो) अन्तिम प्रतिस्पर्धामा बाँकी दुई पुरुष उम्मेदवारलाई उछिन्दै विद्यालाई मिडिया एक्सनको लन्डनस्थित हेडक्वार्टरले चयन गरेको घोषणा आज भएको हो। काठमाडौँस्थित कार्यालयले भने केही अघि नै उनको नाम फाइनल गरिसकेको थियो।

विद्या हाल नर्वेको ट्रोम्सो विश्वविद्याालयमा शान्ति तथा द्वन्द्व रुपान्तरणमा स्नातकोत्तर अध्ययनरत छिन्। उनलाई ट्विटरमा @cbidhya बाट पछ्याउन सकिन्छ।

साझा सवालको पहिलो महिला प्रस्तोता चापागाईंले प्रस्तुत गर्ने पहिलो कार्यक्रम आगामी असार २२ गते आइतबार राति ९ बजे बिबिसी नेपाली र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ। उनको पहिलो कार्यक्रम दाइजो प्रथा र त्यसले समाजमा ल्याएको विकृतिका विषयमा रहने साझा सवाल टिमले जनाएको छ।

नयाँ प्रस्तोताको रुपमा बिबिसी मिडिया एक्सनमा आवद्ध हुनासाथ विद्या भन्छिन्, ‘समाजमा पहरेदारको भूमिका निभाउन सक्ने संचार माध्यमको शक्ति प्रति म सँधै आकर्षित छु। साझा सवालको कार्यक्रम उत्पादक भएर काम गर्दा मैले नेपाली समाजलाई राम्रोसँग बुझ्न पाएँ। साझा सवालले सामान्य नागरिकको आवाजप्रति नेता र नीति निर्माताहरुलाई जवाफदेही बनाउन मद्दत पुर्‍याएको छ, जसलाई म निरन्तरता दिन चाहन्छु।’

साझा सवालका सम्पादक दीपक भट्टराई भन्छन्- ‘विद्यासँग पाँच वर्षसम्म पत्रिका र बिबिसी मिडिया एक्सनमा काम गर्दा उनलाई नजिकबाट चिन्ने मौका मिल्यो। नेपाली समाज र सम्पादकीय विषयवस्तुको राम्रो ज्ञान भएकी विद्या जिज्ञासु स्वभावको हुनुहुन्छ। हरेकपटक कार्यक्रम उत्पादन गर्दा श्रोता र दर्शकलाई सँधै केन्द्रमा राख्ने उनले साझा सवाललाई नयाँ भूमिकाका साथ नयाँ उचाईमा पुर्‍याउनेमा म विश्वस्त छु।’

साझा सवालको निर्माता बिबिसी मिडिया एक्सन बिबिसीको विकाससम्बन्धी अन्तरराष्ट्रिय गैरसरकारी संस्था हो। यसमा DFID, EU, UN का निकाय र अन्य संस्थाले रकम खन्याउने गर्छ। नेपालमा साझा सवाल सञ्चालन भएको सात वर्ष भइसकेको छ।

यो पनि हेर्नुस्
हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ

के नारायण श्रेष्ठले लोकप्रियताको उचाइमा पुर्‍याएको साझा सवाललाई विद्याले अझै उचाइमा पुर्‍याउने छिन्? नारायणको अनुपस्थितिमा तपाईँले कार्यक्रमको गुणस्तरमा के फरक पाउनु भएको थियो? नयाँ प्रस्तोताप्रति तपाईँको अपेक्षा के छ? आफ्नो विचार तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।

22 thoughts on “साझा सवालले पायो नारायण श्रेष्ठको उत्तराधिकारी”

  1. neden dongaala says:
    June 26, 2014 at 4:33 pm

    नारायण श्रेष्ठ जीले चलाउनुहुदा यो कार्यक्रम मैले आमेरिच देखि नछुटाई हेरेकी थिए, नारायण जी को प्रस्तुति नै यस्तो थियो हामीलाई नहेरी चित्त बुझ्दैन थियो! आशा राख्छु बिद्दा चापागाईले पनि त्यसैगरी सबैको मन जित्न सक्नु हुनेछ! यही छ मेरो शुभकामना बिद्दा चापागाई जी लाई!

    Reply
    1. गोपाल says:
      June 30, 2014 at 4:13 pm

      नारायण श्रेष्ठको प्रस्तुती अतुलनीय थियो । स्व. इन्द्र लोहनी पछी प्रस्तोतामा असल नारायण जी कै थियो । उनि अध्ययनका लागि गएको थप प्रगतिको शुभकामना ।

      Reply
  2. bhakta raj bhusal says:
    June 26, 2014 at 7:05 am

    ल बिद्या चापागाई जी लाइ बिसेस बधाई तथा सुभकामना.कार्यक्रम हुदा खबर गर्नु होला.

    Reply
  3. ramu says:
    June 25, 2014 at 11:00 pm

    साझा सवालको एउटा समस्या भनेको यसले समस्यालाई मात्र उठान गर्छ।यता पनि ठिक छैन उता पनि ठिक छैन केहि ठिक छैन भन्ने समस्याहरुलाई उठाउछ अरु बिज्ञापन वा आफ्नो स्वर्थ मुखी कुराहरु देखाउनेहरु भन्दा तर यसले समाधानको लागि पहल गर्ने र फलोअप गर्ने काम चाहि गर्दैन जसलाई सुधार्नु पर्छ।
    शायद कार्यक्रममा बिभिन्न भागमा बाँडी र अब यो सुधार्ने के गर्नु पर्छ,के भयो त भनेर फलो अप लिए चै कार्यक्रम सच्चिकै सान्दर्भिक होला
    नभए त जनता बिक्त्तउने काम मात्र होला
    सम्रगमा कार्यक्रम राम्रै छ यो पक्षमा सुधार गरे अझ राम्रो हुन्छ

    Reply
  4. बिक्रम लोहार says:
    June 25, 2014 at 1:19 pm

    जसले जे भने पनि नारायण श्रेष्ठ ले एउटा अमिट छाप छोड्नु भएको नै हो, नारायण श्रेष्ठ को प्रस्तुती लाई बिस्थापित नै गर्ने खाल को कोही पनि प्रस्तोता आउन सक्दैन र आउदैन पनि, पहिला बहस भन्ने कार्यक्रम पनि इन्द्र लोहनी ले चलाएको संझन्छु, त्यो भन्दा उत्कृष्ट प्रस्तोता न थिए, न छन् न हुन्छन् नै, स्वरसम्राट नारायण गोपाल लाई न कसैले बिस्थापित गरे, न बिस्थापित गर्ने नै छन्, अग्रजहरु ले छाडेको एउटा छाप रहिरहन्छ, कसै गरी पनि मेटाउन सकिन्न, अब बिद्द्या चापागाँइ ले साझा सवाल लाई कुन लेभल मा पुराउने छिन् भन्ने कुरा उनको प्रस्तुती नै नहेरी कमेन्ट गर्न सक्ने स्थिती छैन, आशा गरौं उनको प्रस्तुती हामी ले सोचेको भन्दा पनि उत्कृष्ट रहोस्, शुभकामना चापागाँइ लाई अनि नारायण श्रेष्ठ सर जहाँ भए पनि जुनसुकै क्षेत्र मा जानु भए पनि उतिकै प्रतिष्ठा कमाउनुस् भन्ने शुभकामना पनि है

    Reply
  5. sumitra limbu says:
    June 25, 2014 at 12:41 pm

    नारायण श्रेष्ठ भनेको नारायण श्रेष्ठ नै हो एकदम राम्रो प्र्ग्म चलाउनु हुन्थ्यो कसैले बिर्सने छैन तर विधा चापागाईं भनेको पनि बिद्या चापागाईं नै हो वहा को प्रस्तुति आफ्नै ढंग को होला,हेरौ सुनौ र मनन गरौला तर यो महिला पुरुस भनेर चाही नभनौ किन भने वहा महिला को प्रतिनिधि गर्न आउनु भएको होइन न नै नारायण श्रेष्ठ पुरुस को प्रतिनिधि गर्न आउनु भएको थियो!

    Reply
    1. Krishna Koinji tokyo says:
      June 25, 2014 at 2:38 pm

      नारायण जी को साझासवाल त कुरा न बुझ्ने ले पनि मिठो स्वोर को लागि सुन्ने गरेको पनि देखेको छु । मेरै आमाले भन्निगर्नुहुन्थ्यो यो बाबु को कार्यक्रम हुंदा मलाईनि बोलाउनु है भनेर भन्निगर्नुहुन्थ्यो

      Reply
  6. बिनोद तिमिल्सिना says:
    June 25, 2014 at 10:44 am

    अबका कार्यक्रम हेर्दा र सुन्दा नारायण श्रेष्ठको नाम दर्शक र श्रोताले सम्झिएनन भने यिनी सफल हुनेछिन /

    Reply
  7. Shekhar Dhungel says:
    June 25, 2014 at 9:49 am

    यहाँ धेरै कमेन्ट पढे पछी मलाई महान गायिका लता मंगेस्कर जी को यो शब्द हरु स्मरण गराउन मन लाग्यो वहा बिस्व को त्यस्तो महान सोचकी हुनु हुन्छ जसले थप पुरस्कार अभिनन्दन र सम्मान लाइ निषेध गर्नु भयो र भन्नु भयो अरुले पनि मौका पाउनु पर्छ ”
    वहा कै शब्द मा
    I have been singing for the last 50 years,
    you know, so I deserve a break.
    Besides, there are talented singers around who can
    do justice to their work.
    – Lata Mangeshkar

    I have decided that I won’t take up assignments that don’t interest me.
    – Lata मंगेशकर
    त्यसैले कसैको सिप र कौसलता हेर्दै नहेरी अपमानित गर्ने हेला गर्ने र हतोत्साहित गर्ने तरिकाले प्रतिक्रिया दिनु के बुद्धिमानी हो र ?हामीले त् कोइ कमजोर छ भने पनि हौसला दिएर शिखर मा पुग्न अभिप्रेरित गर्नु पर्छ होइन र यहि नै एउटा बिबेकसिल नागरिक को दायित्व होइन ?भर्खरै भारतीय जनता पार्टीले स्मृति इरानी लाइ मानब संसाधन मन्त्रि बनायो केहि कथित बिध्वान हरुले उच्च शिक्षा न भएकी लाइ कसरि मानब संशाधन मन्त्रि बनायो भनेर ब्यापक आलोचना गर्यो तर जब उनले एउटा अन्त रास्ट्रिय महिला सम्मेलन लाइ सम्बोधन गरिन सबैको शिर निहुरिएको थियो हेर्नुस भिडियो https://www.youtube.com/watch?v=https://www.youtube.com/watch?v=SDiuP07RO78
    त्यसैले कृपया नया लाइ हमेसा हौसला दिने काम गरौ
    जय होस्

    Reply
  8. bibek dhakal says:
    June 25, 2014 at 7:30 am

    चेली, महिला भनेर patronize नगरम होला ! पेट्रोनाइज गर्नु भनेको हेप्नु सरह नै हो जस्तो लाग्छ मलाइ. उनलाई फेरी महिला भएकै कारणले प्राथमिकतामा पारेको नभएर उनको खुबी ले गर्दा सो जिम्मेवारी उनले पाएकी हुनसक्छ| राम्रो प्रस्तोता बनेर साझा सवाल लाइ सबै नेपालि को साझा, लोकप्रिय कार्यक्रम भएर बजिरहन दिनुहुनेछ भन्ने आस गर्दै चापागाईं जी लाइ सुभकामना!

    Reply
  9. यामेश लिम्बू (केदेम ) says:
    June 25, 2014 at 6:49 am

    नारायण भनेको नारायण नै हो रबिन्द्र सर को पनि एकपटक हेरियो । नुन बिनाको सब्जि खाए जस्तो र हेर्न छोडे ………नारायण सर एक त मान्छे राम्रो र बोली मिठो घुमाउरो शब्दमा तिरले हाने जस्तो प्रश्न अनि पाहाडको कुना कुना मा कार्यक्रम वा वा म जति नै अरुले चुरी फुरि लाए पनि नारायण is best ….best……..bbbbb

    Reply
  10. लेनिन गुरुङ says:
    June 25, 2014 at 6:24 am

    हुन त नारायण श्रेष्ठ जीको आफ्नो कतियरको कुरा होला तर नारायण श्रेष्ठ बिनाको साझा सवाल नुन बिनाको तरकारी जस्तो हुनेछ यसमा दुईमत छैन ! मलाई अझ अर्को संका के छ भने नारायण श्रेष्ठ जी पनि कतै ग्रीन कार्ड लिएर हामी आमदर्शक श्रोताबाट उतै अमेरिकामै हराउने त होईन ? नारायण श्रेष्ठ जीको व्यग्र पर्खाइमा छौ !

    Reply
  11. कुसुम ज्ञवाली says:
    June 25, 2014 at 5:51 am

    नारायण जीले जस्तै प्रभावकारी रूपमा चलाउनी एउटी चेलीले भनेर अाशा गर्दा के विग्रन्छ र ? “यत्र नायस्तु पुज्यन्ते रमन्ते तत्र” देवता भनिन्छ ।

    Reply
  12. Kishor says:
    June 25, 2014 at 4:19 am

    बिबिसीमा कर्मचारी भर्नामा जहिले पनि धाँधली हुन्छ र यसपाली पनि मिलाएर धाँधली भएछ . जे भए पनि काठमाडौँमा जन्मेका हुर्केका पहिले रेडियो अनि टेलिभिजन हेरेका सुनेका र टेलिफोन को उपभोग गरेका अनि बोर्डिंग स्कूल गएका हरु नपरेर काठमाडौँ बाहिर कि एउटी युवती चयन भैछिंन खुसि लग्यो. सक्ने भए त रबिन्द्र मिश्र ले उसकै श्रीमती साली वा साथी कि श्रीमती लै नै जागिर दिन्थ्यो . एक ताका उसको बुहारीको मिल्ने साथी को बुढा खड्का थर को एकजना ७६ रे लाइ लण्डन मा नक्कली तरिका ले चयन गरेको कुरा बिबिसी को ब्यबस्थापन ले थाहा पाए पछी रबिन्द्र माथि छानबिन भएको थियो भन्ने कुरा पनि सुनिएको थियो. सायद त्यसै को असर हो मिश्र ले लण्डन को जागिर छाड्नु परेको. जे होस् यसपटक एउटी युवती जो राजधानी भन्दा बाहिर बाट आएकी छन् उनले प्रगति गरुन. तर त्यो काठमाडौँ खाल्डो मा जन्मे हुर्केका , पन्चे क छोरा छोरि ले कहिले पनि बिबिसी मा काम नपाउँन . आखिर नेपाल मा सफल मान्छे हरु काठमाडौँ बाहिर का नै छन्.

    Reply
  13. abhinav says:
    June 25, 2014 at 3:23 am

    साझा सवाल लाइ आजको उचाइमा पुर्याउन नारायण जी ले देशको प्रतेयक क्षेत्रमा गएर
    सम सामयिक कुरा हरुलाई बाहिर ल्याउनु ,जानकारी मुलक ,रोजगार प्रवर्धन लाइ टेवा पुर्याउने, खास गरेर युवावर्ग लाइ लक्षित गरि तिनी हरुका बर्तमान समस्या सम्बन्धित खालका कार्यक्रमको निर्माण गर्नुनै मूल आकर्षण थियो
    आशा गरौँ आगामी कार्यक्रम हरु पनि देशव्यापी हुनेछन न की मात्र भ्याली व्यापी मात्र
    भ्यालीमा मात्र कार्यक्रम सिमित भयो भने…..नारायण जी को रिक्तता निश्चय पनि खट्किने छ

    Reply
  14. Tanka Kafle says:
    June 24, 2014 at 10:50 pm

    सुभकामना विद्या चापागाईं लाई, महिला ससक्तिकरण को अर्को पाटो. आशा छ उहा ले नारायण श्रेष्ठ लाई बिर्सैदिनु हुनेछ.

    Reply
  15. karna says:
    June 24, 2014 at 10:41 pm

    नारायण श्रेष्ठले राम्रो छाप छोडेर जानू भयो ।सधै गरिब नेपाली को आत्मा मा बस्नु भयोउ भोलि को दिन पढाई सकेर आयोनु हुनेछ भान्ने थुलो आसा छ्

    Reply
  16. karna says:
    June 24, 2014 at 10:36 pm

    नारन श्रेष्ठले जस्तो सकिन्न चलयोउन किन कि कतार् जस्तो मर्वुमिमा आयर नेपाली को बारे मा बुज नु सहि समयमा बोल्नु महिला को बस को बाहिर को कुरा हो।तर महिला लै जागिर देको चै थेकै हो

    Reply
  17. राजेन्द्र says:
    June 24, 2014 at 9:43 pm

    नारायण श्रेष्ठ बाहिरिए पछि साझा सवालको ढाड भाचिएको सबैलाई थाहा, हेरौ नया प्रस्तोताको केही नया र पहिचान देख्न पाइयोस।

    Reply
  18. Nirab says:
    June 24, 2014 at 9:18 pm

    मलाई त मिश्र जी ले चलाएको ऋषि धमलाले चलाएको जस्तै राम्रो लग्छ

    Reply
  19. लासाङला आपा says:
    June 24, 2014 at 8:44 pm

    नारयण श्रेष्ठ नआउदा सम्म यो कार्यक्रम हेरिदैन।साझा सवाल हेर्न छोडेको छु धेरै भयो।अब यिनले नारयण श्रेष्ठको बाटो अनुसरण गरेर कार्यक्रम लोकप्रिय बनाउन शूभकामना छ।

    Reply
  20. राम चन्द्र says:
    June 24, 2014 at 8:40 pm

    कार्यक्रम नै नहेरी नसुनी बिद्या जि को तारिफ या आलोचना पछी गरौला तर साझा सवाल का प्रस्तोता नारायण श्रेष्ठ नै न वान ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme