Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्राजिलले चिली र नेदरल्यान्डसले मेक्सिकोसित खेल्ने

Posted on June 24, 2014June 24, 2014 by Salokya

हिजो राति र आज बिहान भएका खेलहरुमा नेदरल्यान्डसले चिलीलाई २-० ले अनि ब्राजिलले क्यामरुनलाई ४-१ तथा मेक्सिकोले क्रोएसियालाई ३-१ ले हराएपछि दोस्रो चरणको नकआउट (अर्थात् एउटा गेम हार्‍यो भने घर फर्कनु पर्ने, बराबरी नहुने; टाइब्रेकरबाट भए पनि नतिजा छुट्याइने) चरणका लागि दुई दक्षिण अमेरिकी छिमेकी ब्राजिल र चिली अनि एउटा युरोपियन र एउटा अमेरिकी महादेशको टोली नेदरल्यान्डस् र मेक्सिकोबीच भिडन्त हुने भएको छ।

मेक्सिको र क्रोएसियाबीचको खेल दुवै देशका लागि महत्त्वपूर्ण थियो। क्रोएसियाको जितले क्रोएसिया समूह दोस्रो भएर नेदरल्यान्डस्‌सित खेल्न पाउँथ्यो। मेक्सिकोले जिते उसले नेदरल्यान्डससित खेल्न पाउँथ्यो।

खेल ७२ मिनेटसम्म बिना गोल बराबरीमा थियो। ७२ औँ मिनेटमा Rafael Márquez ले गोल गरी मेक्सिकोलाई १-० को अग्रता दिलायो। त्यसको ३ मिनेटमै Andrés Guardado ले अर्को गोल ठोकेपछि त मेक्सिकोको दोस्रो चरण लगभग निश्चित भयो। यो गोलपछि कोच Miguel Herrera झण्डै बहुलाए।

उनले डिफेन्डर Paul Aguilar लाई भूँइमै लडाए। अनि गोलकिपर Guillermo Ochoa लाई आफूमाथि उफ्रेर चढ्न दिए। यो गजबको खुसी मनाउने तरिका निकै चर्चामा रह्यो आज बिहान।

हेर्नुस् भिडियो-

स्लो मोसनमा हेर्नुस् त-

अनुहार हेर्नुस्-

That face pic.twitter.com/GmFeatcy0i

— SB Nation GIF (@SBNationGIF) June 23, 2014

यी कोच जवान हुँदाको अनुहार पनि गजब छ

Pure gold. RT @FutbolsaCountry: The Young mulletted Miguel Herrera >> pic.twitter.com/z71HD74DlK

— Yao (@bibliophagy) June 23, 2014

विभिन्न देशका केही महिला फ्यानहरु पनि हेर्नुस् (पुरुषहरु चाहिँ आफ्नै ऐना हेर्नुहोला है 🙂

6 thoughts on “ब्राजिलले चिली र नेदरल्यान्डसले मेक्सिकोसित खेल्ने”

  1. Prakash Tiwari says:
    June 24, 2014 at 10:20 pm

    धनी, सम्पन्न र शक्तिसाली युरोपका देशहरुभन्दा ल्याटिन अमेरिकाका गरिब र फुटबल भनेपछि मर्न खोज्नेले जितेमा आफुलाई खुशी लाग्न थालेको छ / उबेलामा सुख पाएका र सामन्ती आचरण भएका उता युरोपमा अनि दुख पाएका र पसिना बगाउछु र दस नंग्रा खियाउछु भन्ने यता अत्लान्टिक पारि आएका रे भन्ने पनि कहिँ पढेको थिय /

    Reply
  2. न्यौपाने श्री says:
    June 24, 2014 at 9:29 pm

    ब्राजिल ले हो जित्ने …………..
    चिलिलाई ३ वटा जति खुर्सानी खुवाउदै ब्राजिलले जिल खुवाउने पक्का पक्कि हो !
    हिजो को जस्तो तोरी रेफ्री नपरोस , मैदान बाहिर गयर नेयमार लाई धकेल्दा समेत केहि नगर्ने !

    Reply
  3. रैथाने says:
    June 24, 2014 at 5:10 pm

    चिलिले ब्राजिल लाइ हराउने छ!

    Reply
  4. Shankar says:
    June 24, 2014 at 3:47 pm

    भबिस्य बाणी
    यी दुइ खेल मा जित्ने
    १) नेदरल्याण्ड २) ब्राजिल
    Based on past performances.

    Reply
  5. Bindu says:
    June 24, 2014 at 12:39 pm

    अस्तिको जस्तै त हुने होला नि — —
    सिट्टी बजाउने मान्छेले सकभर ब्राजिलले जितोस् भनेर भरमग्दुर कोशिस गर्दो रैछ —
    यसो उसो गरेर झेल गरेर ब्राजिललाई निक्कै नै साथ दिदो रैछ —
    राजनीति मिसी सके पछी त्यहा फेयर प्ले हुन गार्है हुँदो रैछ —

    Reply
  6. Shankar says:
    June 24, 2014 at 11:18 am

    कोच जवान हुदा को फोटो नेपालि सुपर स्टार श्री कृष्ण श्रेष्ठ सग लग्बग मिल्दोजुल्दो देखियो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme