Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रहमान प्रकरण : सक्छौ भने सबै नेपालीलाई जेल हाल

Posted on June 23, 2014June 23, 2014 by mysansar

– डा. सन्तोष भट्ट/ भर्जिनिया, अमेरिका-

सामाजिक सञ्जाल फेसबुकमा लेखेवापत् अब्दुल रहमानलाई २० दिनसम्म थुनामा राख्नु प्रहरी र प्रशासनको तानाशाही प्रवृति हो। यो वाक-स्वतन्त्रता माथि ठूलो प्रहार हो। नेपालमा लोकतन्त्र आएर राजा हटे पनि सबै तहमा शक्तिको नशामा मात्तिएका छोटे राजाहरुको ताण्डव हो यो प्रकरण।

अब्दुल रहमानले कसैमाथि व्यक्तिगत आक्षेप लगाएका थिएनन्। उनको कमेन्टमा कसैलाई गाली गरिएको थिएन। उनले केवल शान्ति सुरक्षा सुध्रिएको छैन, आफ्नै बाइक निकाल्न पनि ५० हजार तिर्नुपरेको कुरा फेसबुक कमेन्टमा लेखेका थिए। यो कुनै पनि आधारमा, कुनै पनि प्रजातान्त्रिक राष्ट्रको कानुनमा अपराध हुन सक्दैन। राज्य जनताका लागि हो, जनता राज्यका लागि होइन। यदि जनतालाई राज्यको कुनै अंगसँग चित्त बुझेको छैन भने त्यसको विरोधमा अवाज उठाउने अधिकार जनतालाई छ। हो अभद्र गाली-गलौज गर्नु हुँदैन तर अब्दुलको कमेन्टमा त्यस्तो केही थिएन।

रहमानले गरेको कमेन्ट।
रहमानले गरेको कमेन्ट।

यति धेरै अन्याय भइसक्दा पनि राज्य र देशका ठूला मिडियाले यसबारे गम्भीर आवाज नउठाएको देख्दा एकदम अचम्म लाग्यो। यो समाचारले धेरै महत्व पाएको देखिएन। तर यो कुनै सानो घटना होइन। अब्दुल रहमान एक व्यक्ति मात्रै हुन् तर यो घटना एक प्रवृत्ति हो। तपाईँ-हामी सबैले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्ने गरेका हुन्छौ। देशका नेता, प्रशासक र शक्तिमा रहेका व्यक्तिले गरेको कुरा मन नपरेमा मैले आफ्नो फेसबुकमा खुलेरै लेखेको हुन्छु। तर यो प्रकरणले मेरो त्यो स्वतन्त्रता खोस्ने प्रयास गरेको छ। त्यो कुनै सह्य कुरो होइन। वाक-स्वतन्त्रता लोकतन्त्रको एक स्तम्भ हो र म मेरो त्यो अधिकार गुमाउन तयार छैन। शायद् हामी कोही छैनौँ।

यो घटना विशेष मात्रै हेर्ने हो भने पनि अब्दुल रहमानलाई थुनामा हाल्ने कुनै आधार थिएन। प्रहरीलाई उनीविरुद्ध कारवाही नै गर्नु थियो भने अदालतमा मुद्दा हाले हुन्थ्यो। त्यो १८-२० दिन उनलाई थुन्नु पर्ने केही कारण थिएन। अब्दुल कुनै खुँखार अपराधी थिएनन् जो भागेर जानेवाला थिए। फेरि यो देशमा थुप्रै भ्रस्टचारी , अपराधी खुल्लमखुल्ला घुमिरहेकाका छन्। बिचरा सोझासाझा अब्दुल रहमानलाइ थुनेरै राख्न कुनै जरुरी थिएन।

नेपालमा प्रहरीले जनमानसमा गर्ने ज्यादती कुनै लुकेको विषय होइन। भ्रस्टाचार पनि प्रहरीमा कुनै नयाँ कुरा होइन। दुवै जगजाहेर कुरालाई उठाउँदा अब्दुल रहमानमाथि भएको अन्यायविरुद्ध तपाईँ हामीले अवाज नउठाउने हो भने भोलि त्यही मार हामीमाथि नपर्ला भन्न सकिन्न।

अब्दुल रहमानले सामाजिक सञ्जाल प्रहरी भनेर नलेखी भ्रस्टाचार छ भन्दा उनलाई थुनियो तर त्यही कुरा एसएसपी रमेश खरेलले खुल्लम-खुल्ला भनेका हुन्। सक्छ प्रहरीले रमेश खरेललाई थुन्न?

प्रहरी प्रशासनमा भ्रस्टाचार छ र त्यो निर्मुल पर्नु पर्छ भनेर आइजिपी उपेन्द्रकान्त अर्याल अनि गृहमन्त्री वामदेवले नै भनेका छन्। आँट छ थुनेर देखाउन तिनीहरुलाई?

अनि २.५ करोड नेपालीली दिनदिनै भन्छन् प्रहरीमा भ्रस्टाचार छ, आँट छ २.५ करोड नेपालीलाई थुनेर राख्न?

कोही नेपाली प्रहरी छ जसले छातीमा हात राखेर भन्न सकोस् प्रहरी प्रशासनमा भ्रस्टाचार छैन? होइन भने सत्य कुरा लेख्दा किन अब्दुल रहमानहरु थुनिन्छन्? होइन भने हालेर देखाऊ २.५ करोड नेपालीलाइ जेल!

अब्दुल रहमानलाई भएको ज्यादतिविरुद्ध जुन कमेन्टका लागि उनलाई थुनिएको हो, त्यही कमेन्ट यहाँ क्लिक गरी लाइक गर्न सक्नुहुन्छ। यो नागरिकलाई गैर न्यायिक हिरासतमा राखिएको विरोधमा सांकेतिक ऐक्यवद्धता हुनसक्छ।

यो पनि हेर्नुस्-
‘एकचोटीलाई छाडिदिनुस्, कमेन्टमै स्पष्टिकरण दिन्छु भन्दा पनि एसपी सा’ब मान्नुभएन, थुन्दे भन्नुभो’
फेसबुकमा कमेन्ट लेख्नेलाई १८ दिन थुन्नु राज्य तानाशाहीतर्फ लाग्ने संकेत
घुस खानेलाई भन्दा फेसबुकमा लेख्नेलाई बढी सजाय

29 thoughts on “रहमान प्रकरण : सक्छौ भने सबै नेपालीलाई जेल हाल”

  1. Om says:
    June 25, 2014 at 7:42 pm

    प्रहरी प्रशासन को ज्यादतिको सानो नमुना हो यो घटना! शक्तिको दुरुपयोगको ज्वलन्त उदाहरण हो यो घटना/ एस्तो ज्यादती गर्ने प्रहरी अधिकृतलाई कारबाही हुनु पर्छ. नागरिकले आफ्नो मौलिक अधिकार प्रयोग गर्दा प्रहरीले जुन शक्तिको दुरुपयोग गरि फेसबुक मा कमेन्ट गरेकै आधार बनाएर तेत्रो लामो दिनसम रहमान लाई थुनेको छ, त्यो नितान्त निन्दनिये छ र रहमानले तेस्को छेत्रिपुर्ती पाउनु पर्छ. त्यो कमेन्ट मा कुनै पनि आधारमा गैरकानुनी कुरा उलेख भएको कसैंले प्रमाणित गर्न सक्छ? नागरिकको मौलिक हक लाई गैरकानुनी बनाउने संबिधान नेपालमा कहिले देखि लागु भयो? सम्बधित अधिकार कर्मी हरुबाट जवाफ आउनु पर्छ. अब आइन्दा शक्तिको दुरुपयोग गरेको घटना सुन्नु नपरोस!

    Reply
  2. ekraj says:
    June 25, 2014 at 6:02 pm

    जो चोर उसैको ठुलो स्वोर भनेको यही हो| बदमास ले अरुलाई हकार पकार मात्र नभएर पिटेर भएपनि तर्साउने नीति हो यो|

    Reply
  3. sagun dhakal says:
    June 24, 2014 at 5:54 pm

    माइ संसार लाई मेरो ब्यक्तिगत सुझाब
    देश र देशका भाईरस को बारेमा धेरै पोल नखोल्नुस् नेपाल सरकार ले फेरी माइ संसार लाई पनि कारबाही को दाएरा म राख्ला। आफु त माइ संसार सधैं पढ्ने मान्छे बन्द भयो भने क् गर्नु हो?

    Reply
  4. bibek dhakal says:
    June 24, 2014 at 2:16 pm

    महेश बस्नेत जस्तालाई सक्छौ भने १८ घण्टा जेल हाल; सारा नेपालि ( एमाले भरौटे बाहेकले ) वाह वाह गर्नेछन् !!!!

    Reply
    1. ramesh says:
      June 24, 2014 at 2:45 pm

      नेपाल मा अझै हुकुमी शाशन छ, राणा हरु को होइन, पदीय दायित्व मा माथि पुगेका र नेता हरु को. तेस्को लागि हामि पनि जिम्मेवार छौ, ………… को सदस्य को मुद्दा फिर्ता लि, ……..लाइ रिहा गर भनेर दबाब दिन्छु र नेता ले चाहे कारबाही फिर्ता हुने कुरा लाइ प्रोत्साहित गर्छौ.

      Reply
    2. Om says:
      June 24, 2014 at 7:05 pm

      सबैलाइ राजा नै बन्ने चाहना छ. एउटा राजा गयो अर्को आयो. हामी जहिले पनि राजा हरु बाट सोषित. Singhdarbar का राजा महाराजा हरु (कथित नेपाली का छोरा छोरी हरु).

      Reply
  5. Ram Kharel says:
    June 24, 2014 at 10:37 am

    रहमानले भनेको कुरा सहि हो, नेपालमा भैरहेक| घटनाहरु हुन् | रहमान तिमि नडराऊ, हामी तिम्रो साथमा छौं |

    सक्छौ भने रहमानलाई मात्र हैन हामीलाई पनि जेलमा हाल |

    Reply
  6. Regmi says:
    June 24, 2014 at 7:22 am

    प्रहरी प्रशासनमा भ्रस्टाचार छ, त्यो निर्मुल गर्नु पर्छ भनेर आइजिपी उपेन्द्रकान्त अर्याल र गृहमन्त्री वामदेव लगायत थुप्रै नेताहरु र प्रशासकहरुले भनेका छन्। उनीहरुको भनाइ “हात्तिको देखाउने दांत जस्तो मात्रै हो”/ हेर्नु बाँकी छ कुन कुन डिआइजिपीको पदोन्नति हुने र कुन कुनलाइ (सिफारिसमा परेकाहरुलाइ) “लुडो खेल जस्तो” सर्पले डस्ने हो/

    कामै गरेर देखाउने एसएसपी रमेश खरेल र ब्यापार गर्ने अब्दुल रहमानलाई देशमा भ्रस्टाचार छ र त्यो निर्मुल पर्नु पर्छ भनेकै भरमा कारबाही गरियो/ खै के खै के ? अबत देशमा राम्रो हुन्छ भनेर आशा गर्ने भन्दा प्रार्थना पो गर्ने समय आयको हो कि जस्तो लाग्छ/

    Reply
  7. डिल्ली says:
    June 24, 2014 at 7:06 am

    कता सुते अधिकारबादी डलर शिरोमणीहरू ? गैह्र कानुनी थुना मानव अधिकारको ठाडो उल्लङ्घनमा पर्छ भन्ने डलरमणीहरूलाई थाहा छैन त ? गैह्रकानुनी रुपमा बन्दुक राख्ने, अपहरण गरी चर्को व्याज असुल गर्ने महेश सिँह हो कि पुच्छरलाई दूधले नुहाइदिने न्यायाधिस(?) भएको “नयाँ नेपाल”मा सूली चढ्न सबै लोकतान्त्रिक(?) नेपालीलाई हार्दिक आमन्त्रण र स्वागत छ ।

    Reply
  8. Bishnu Pantha says:
    June 24, 2014 at 6:24 am

    Sansarko सबै naramro कुराहरु नेपालमा कपि गरिन्छन Tara राम्रा कुराहरु जस्तै भारस्ताचारिलाई जागिर बाट बर्खास्त गर्ने , अन्याय गर्नेलाई दण्ड दिने ,एस्तो कमेन्ट गर्यो भन्दैमा कारबाही गर्ने फटाहा पुलिशको जागिर खोसिदिने आदि ईत्यादी कुराहरु चाही किन कपि गरिदैन??

    Reply
  9. krish says:
    June 24, 2014 at 4:42 am

    सबै कुरा त राम्रो लग्यो, जनता राज्यको लागि होइन भन्ने कुरा मेरा दिमागमा राम्ररी घुस्न सकेन /

    Reply
  10. krihna says:
    June 24, 2014 at 12:31 am

    फलाममा सिलिस नेपालमा पुलिस बेकार बेसरम लाज पचेका भष्ट धुसखाेरि हुन भुठ्ठिमा कानुन लिएर मनपरि गर्नेहरु बर्दि खाेलेर सडकमा अाईज नेपालिले देखाउछ । मनपरि गरेर एउटा रहमानलाई थुनेर लाखौं रहमान जन्माउने काम नगर ।

    Reply
  11. bijay says:
    June 24, 2014 at 12:12 am

    के नेपालीले सरकारलाई कर तिर्नु भनेको सर्पलाई दुध खुवाएर पाल्नु जस्तै जो? दुध त खुवायो, तर आफुलाई रक्षा गर्नुको सट्टा कुन दिन आफैलाई डस्ने हो थाहा छैन/

    Reply
  12. premji says:
    June 23, 2014 at 11:37 pm

    यहाँ लोकतन्त्र आयो भनेर मक्ख परिरा, मुख फोरे थुन्लान भन्ने डर पो भो त अब |

    Reply
  13. निर्मल says:
    June 23, 2014 at 9:27 pm

    अब यो इस्यु रहमानज्यु सम्म मात्र रहेन, सम्पूर्ण अधिकारजीवि स्वतन्त्रता प्रेमी नेपालीको हुनपर्छ| यसबारे गृह मन्त्रि र प्रधान मन्त्रिले वयान दिन पर्ने देखिन्छ|
    संबिधान सभामा पनि उठाईन पर्छ|

    Reply
  14. Lila Nath says:
    June 23, 2014 at 9:02 pm

    मा जस्ता धेरै मानिसको विचार लेखिदिनुभएकोमा लेखकलाई धेरै धरै धन्यवाद. म पनि भन्छु हाम्रो प्रहरी प्रसासन भ्रस्ट छ.

    Reply
  15. अनोज शाक्य says:
    June 23, 2014 at 8:58 pm

    यो सबै कारण बर्तमान सरकारको मनपरीतन्त्रको पराकष्ठा हो ।

    Reply
  16. Manoj says:
    June 23, 2014 at 8:37 pm

    काठमाडौँ अदालतको प्राम्भिक सुनुवाई सप्तरी प्रहरीको भन्दा कम छैन.
    यस्तो केशमा तारिक बोकाउने? अनि १८-२० दिन को गैर कानुनी थुनाको बारेमा केहि नगर्ने?
    नेपालको कानुन दैवले पनि नजानुन.

    Reply
  17. suzee says:
    June 23, 2014 at 8:17 pm

    रहमान को कमेन्ट लै कपि पेस्ट गरेर जस्ताको तेस्तै सबैले सोसिअल मेडिया मा राख्नु पर्यो , अनि हेरुम के गर्दा रहेछन ,
    ###कानुनी नज़र मा अनि रहमान ले मुद्दा हाल्न अथवा रिट जाहेर गर्न मिल्ने थियो कि ?

    Reply
  18. इलामे काहिलो says:
    June 23, 2014 at 8:01 pm

    बिषय गम्भीर हो तर यसलाई स्वतन्त्रताको वकालत गर्ने पत्रकार जगतले प्रजातन्त्रको समाप्ति र तानाशाह को उत्पति नदेख्नु बिडम्बना हो आखिर हाम्रो मुलुकका पत्रकारहरु पनि बाघले मारेको शिकार ढुकेर बस्ने न हुन् ………

    Reply
  19. derwent says:
    June 23, 2014 at 7:41 pm

    माईसंसार पढने मित्रहरु यदि कसैले SP दिनेश अमात्य भेटेमा यो लेख पढनु भने कि ? उहा जस्ता धेरै होलान नेपाली प्रहरीमा तिनीहरुले पनि आयो अब अध्यन गर्ने बेला, साईबर क्रयम (Cyber क्रिमे) को बारेमा नेपाली प्रहरी र प्रसासनले सोद्मुलक अध्यन गनुपर्छ किनकी आउदो दिनमा यस्ता प्रकरणले नेपाली प्रसासनमा कालो दाग नलागेकै राम्रो!! SP ज्यु, नराम्रो नमानु होला गल्ति सबै बाट हुन्छ, यो केस अन्त गर्नु नै राम्रो!!! भबिस्य मा एस्तो कसैलाई नहोस, यो केसले सबैमा जनचेतना फैलाउने काम गरोस, यहि सुभकामना 🙂

    Reply
  20. Maheswor says:
    June 23, 2014 at 7:39 pm

    IP address को भरमा व्यक्ति पक्रन सक्ने प्रहरी प्रशाशनले सर्बोच्च अदालतले दोषी ठहराएको व्यक्तिलाई प्रहरी कार्यालयको छेउमै बस्दा पनि पक्रन सक्दैन यो नै नेपाल प्रहरीको बफादारी कार्य हो

    जय मातृभूमि नेपाल

    Reply
  21. surya tamang says:
    June 23, 2014 at 7:37 pm

    अब बाहिर बस्नेहरूले त ठिकै छ। नेपाल मा हुने हरूले जे गर्दा नि धेरै सोच्नुपर्ने भयो।ढोकामा कुन बेला पुलिस आउने हो थाहा नै भयेन।

    Reply
  22. Amar says:
    June 23, 2014 at 7:07 pm

    यहि हो Nepal को कानुन ठुलालाई चयन सानालाइ एनं भनेको , खरेल सार लाई यो कानुन ले केहि गर्न सकेन तर बिचार एउटा मामुली जनता माथि कहाँ को कानुन हो यो , कानुन भनेको गरिब जनता को लागि मात्र रैछ नेपाल ma धान्ने छ , नेपाली हरु

    Reply
  23. Dipen says:
    June 23, 2014 at 7:02 pm

    अब्दुल रहमानले चोरको खुट्टा काट पनि भन्न नपाउदै सप्तरी पुलिस प्रमुखले खुट्टा जुरुक्क
    उचाले I सिपाहीहरुको प्रमुख बनेर सत्ताको आड्मा मात्तिएको बामदेवलाई अनी बर्दीको आड्मा मात्तिएको सप्तरीको प्रमुख सिपाही जस्तालाई ठीक पार्ने खालको कानुनी राज कहिले होला।

    Reply
  24. Rajesh rai says:
    June 23, 2014 at 6:30 pm

    डा. भट्ट जी तपाइको लेख को लागि १००% सलाम /
    यी ठुला पत्रिका हरु खाली नेताका पछाडी लाग्छन /
    यिनीहरुले सानोतिनो कुरा,व्यक्ति लाई मतलब गर्दैनन् /
    आखिर दुख पाउने जनता त हो नि /
    खाने कुरामा भाउ बदोस मतलब छैन ,पेट्रोलमा भाउ बदोस मतलब छैन
    सरकार ,प्रसासन ,प्रहरी सबैलाई औता कुराको मात्र चिन्ता छ
    कसरि आफु राम्रो बनौ,कसरि पैसा कमाउ

    Reply
    1. Suman Bjra. says:
      June 24, 2014 at 6:35 am

      निर्दल व्यवस्था देखि गणतन्त्र आउंदा सम्म पनि नेपाली जनताले आफ्नो नागरिक को न्यानिसफ सहि ढंग मा पाएको छैन , कानुन भनेको पहुंचा वाला को लागि मात्र भयो अतिनै भयो यो देश मा न्यापलाना गराउने न्यान्धिस देखि भ्रस्ताचार गर्ने सबैलाई मृतु दण्ड को सजाय नदियेसम्म येस्तै भैरहन्छ /

      Reply
  25. Deepak says:
    June 23, 2014 at 6:30 pm

    यो प्रकरण ठुला मेडिया मा नआउनुको कारण के होला ? हैन के कस्तो चिज समाचार बन्छ Nepal मा ? मलाई सबै भन्दा चित्त दुखेको नागरिक को ताल देखेर. उनीहरुको समाचार को कारण ले यो सबै लफडा हुदा पनि सम्पादकीय लेखेर बिरोध गर्नु पर्ने हैन ? के हो के हो ताल ..

    Reply
  26. Pushpendra Khadka says:
    June 23, 2014 at 6:13 pm

    कानुनको रक्क्षक, नेपाली जनताले दुख गरेर कमाएको पैसाबाट तिरेको करबाट तलब खाने नेपाल प्रहरीले १८ दिन थुनामा हाल्ने आदेस दिनु, नेपालको लोकतान्त्रिक सासन बेवस्थामा मान्य छ
    तर
    यता कानुनको बिसयमा खासै थाहा नभएको आफै कमाएर खाने सिदासादा नागरिकले आफ्नो साथीको status मा कमेन्ट गर्नु चै नेपालको लोकतन्त्रमा गैर कानुनी भयो , सायद धनिमानिको छोरो ,या नेताको छोरो भएको भए , कानुनी नै हुनेथियो कि ?
    जय देश , जय संबिधान , जय लोकतन्त्र

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme