Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकपमा नेपालतिर यस्तो छ, तपाईँ बस्नुभएको देशमा कस्तो ? आफूले देखेको बताउनुस्

Posted on June 21, 2014 by mysansar

WCup
नेपालीहरुलाई विश्वकप फुटबल गज्जबसित लागेको छ। ब्राजिलको समर्थनमा मोटरसाइकल जुलुस निस्केको छ। अर्जेन्टिनाको जर्सी लगाएर बसका चालक, कन्डक्टरदेखि प्रशस्त बटुवा बाटोमा हिँडिरहेका देखिन्छन्। कोटीहोम र रुद्री नै लगाउलान् जस्तो छ ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुले। पत्रकारहरु समेत जर्सी लगाएका फोटो सोसल मिडियामा टाँसिरहेका छन्। चोकचोकमा चन्दा उठाएर झन्डा हालेको समेत देखिएको छ। तपाईँहरुमध्ये विदेशमा रहनुभएका धेरै साथीहरुको देशै विश्वकपमा खेलिरहेका होलान्। तपाईँ बसेको देशमा चाहिँ कस्तो छ विश्वकपको क्रेज? अब तपाईँको पालो, आफ्नो अनुभव बताउनुस्।

46 thoughts on “विश्वकपमा नेपालतिर यस्तो छ, तपाईँ बस्नुभएको देशमा कस्तो ? आफूले देखेको बताउनुस्”

  1. अनोज शाक्य says:
    July 5, 2014 at 2:50 pm

    ब्राजिलले जित्यो भने नेपालमा के हुने हो ? अनि अर्जेन्टिनाले हार्यो भने नेपाललाइ के फाइदा हुने हो ? यसरि विदेशको खेलमा नेपालीहरु गुट बनेर आफ्नो टोल छिमेक,साथिहरु बीच वैमनस्यता हुने खालको क्रियाकलापमा लाग्नु हुदैन जस्तो लाग्छ , मलाइ त खेलकुदमा रुचि नभएकोले केहि वास्तै छैन /

    Reply
  2. Pingback: अर्जेन्टिनी फ्यानको चेतावनी- ब्राजिल समर्थक छेउ नपर्नुहोला! « Mysansar
  3. बशन्त राज says:
    June 27, 2014 at 1:08 am

    म कुबेतमा ५ तारे होटेलमा पालेको काम गर्छु / यहाँ तेसरी जुलुश निकालनै पाईंदैन / तर हाम्रो होटेलको भीत्रको एक रेस्टुरेन्टमा ठुलो टीभीमा रेस्टुरेन्टको खाना खादै मजाले फुटबल हेर्न पाईन्छ / म चाही ढोकामा बसेर कसले गोल गर्यो होला भन्दै अन्दाज लगाउदै बस्छु / डीउती सकेपछि एकै चोटी कति गोल भो भन्दै समाचार मात्रै हेर्ने हो / हामी बस्ने अकोमोडेसन ठुलो टी भी राखियको छ / छुट्टिमा हुनेहरु तेही हेर्दै बेला बेलामा गोल गोल भन्दै कराई रहेका हुन्छन/ आफु त पाले बनेर उभिदा उभिदा थाकेको हुन्छु के को फुटबल हेर्नु नि / डीउटी सकेपछि खाटमा सुतेपछि रात गाको पत्तै हुदैन / एकै चोटी अलरमले बीउझाउछ /

    Reply
  4. Baba Aneal Che says:
    June 25, 2014 at 5:09 pm

    I am currently in Karnataka, which is one of the state of India and is larger than Nepal in area. People here follow cricket more than Football but the win of I League has boosted the craze of football. I traveled Kerala during this time and was happy to see them and their craze for football.
    Now i will come to the point. People who are crazy about football have traveled Brazil to see World Cup through their naked eyes rather than virtual eyes that is Television or laptop or mobile. And when I say about craziness in Nepali people see the the footage of crazy people during World Cup…
    let me stop here…. don’t want to write more against people who think World Cup is not global Festival…. Keep Calm and Watch World Cu प् अस your wish say nth abt others.

    Reply
  5. Mahesh Chhetri says:
    June 24, 2014 at 3:13 pm

    ल है विदेशमा बस्ने साथीहरुको भनाइ सुनियो , नेपाली समर्थकको सन्किपन पनि देखियो. म नेपालमा ट्राभल एजेन्सी मा काम गर्छु त्यसैले धेरै देशका व्यक्तिहरु सङ्ग भेट हुञ्छ र तिनीहरु पनि फुटबलको वारेमा निक्कै जानकारी राख्छन विशेष गरि युरोपियन हरु त फुटबल भनेपछि हुरुक्कै भएको पाएको छु ! हो हाम्रो देशमा बेरोजगारी धेरै छ, मान्छेहरु सङ्ग समय पनि छ र फुटबल मा क्रेज पनि छ र त हेर्छन रमाइलो गर्छन ! मेसिन जस्तो जिन्दगी र सधै काम काम अनि काम भनेर नहिडि मनोरंजन गर्ने नेपालीहरुलाई अनेक उपनाम दिएर गालि गर्नु त आकाश तिर फर्केर थुक्नु जस्तै हो ! जसले आफ्नो देश र आफ्नो नेपाली दाजु भाइ हरुलाई गालि गर्छन तिनीहरु लाइ म यो देशको नागरिक हुँ भन्ने अधिकार हुन्न . मलाइ त चित्त दुख्यो नेपाली लाइ होच्च्याएको मा ! आफ्नो पैसा खर्च गरेर जर्सी किन कि जाँड खाउ वा झण्डा नै फहराउ कसैलाई मतलव भाको कुरा नै होइन नि !

    Reply
  6. Limbu HarataraH says:
    June 24, 2014 at 2:32 pm

    इंगलैंड, केन्ट: जो-जो फ्यान कामैमा ब्यस्त छन् I अरु घरमै हेर्नेहरु फ्री हुनेहरु, बाजी राख्नेहरु अलिली देख्छुं I पत्रिका, मोबाइल, इन्टरनेट, टि भी मै रिजल्ट, रिप्ले हेर्छन I साचो कुरा ‘कहिल्यै नहेर्नेले पनि फूटबल’ हेरेको सुने ! नत्र त काम गर्नु पर्यो नि हौ बाच्नको निम्ति ! ल, हामी नेपाली साथी हो, हाम्रो देशमा पनि त्यो हुने नहुने ब्याक बाइतिंग र आरोह-अबरोह होइन (जुन धेरै सुने-देखें), कम गर्नु पर्यो, कम पनि गर्नु पर्यो I बेरोजगारी, अर्काको भर बस्नु भएन है, मलाई पितिक्क्क्कै मन परेन..!

    Reply
  7. cRIS says:
    June 23, 2014 at 8:34 am

    विदेश तिरका प्राय बिकसित देशहरु सिस्टमले समाजलाई डोराईरहेको हुन्छ| जस्तै: अष्ट्रेलियाको कुरो गर्दा, यहाँ पनि चहलपहल त छ, तर बाहिर सडकमा नभएर soccer sports club, sports bar र pub हरु तिर हुन्छ| सबै चिज ब्यबस्थित भएर होला अनि प्रायको सबैको घर-घरमा TV हुन्छन| हेर्छन, फुटबल मन पर्याउनेहरुले| तरिका भिन्दै हो तर घटिबधि क्रेज छ| Australian Football League (AFL), Rugby League, State of Origin (Rugby League), Cricket सबै खेलहरुको धार भएकोले “ति धारमा” आफु नभए, त्यहाँ भित्र के भैरहेको छ, थाहा हुन्न| (जुत्ता पसलमा जुत्तामा चासो राख्नेहरु नै हुन्छन!)| तर Sydney मा Rugby League big छ| आफ्नो टिमको खेल हुँदा सडक, आफ्नो गाडी तिर पुरै क्लबको झण्डा, क्लबकै रंग, जर्सी, गीत घन्काउदै हिड्छन|

    क्रेज हुन नराम्रो हैन| तर नेपालमा जसरी देखासेखी गर्दै, अर्को टिमको समर्थकलाई हियाउन, खाईस बनाउन, “तँ भन्दा म ठुलो, तेरो भन्दा हाम्रो खतरा” पाराको सोंचले कार्यक्रम गर्छन, ब्यबहार दर्शाउछ्न, त्यो चाही “हास्न” लाएकको छ|

    पहिलाउदै जाँदा, एउतै शब्दले बीट मार्न सकिन्छ हाम्रो चलन र सोचलाई: “मपाईत्व”!

    यो असामाजिक तत्व हो| यसैले समाज, राजनीति र पुरै ब्यबस्था नै भांडीरहेको छ, नेपालमा| (गहिरिएर सोच्नु पर्ने कुरो हो!) 🙂

    Reply
  8. Birat says:
    June 22, 2014 at 9:42 pm

    डालस टेक्सास – विश्वकपको नाम निशान, चाइ चुई केहि देखिदैन यहाँ त |
    मेरो एउटा खैरे साथीलाई सोध्दा “मैले त एक मिनेटपनि हेरेको छैन |” भने | किननी? “म अमेरिकन फूटबलमा हुर्केनी |” अनि अस्तिको अमेरिका र घानाको दिनमा – अमेरिकाले जित्यो नि आज | “अँ मैले नि तेही सुनेको हु |” आफ्नै देशको गेम त हेर्दैनन् खैरेहरू, हामीचै “Go Dempsey Go” गर्दैछौ |

    खेलमा रुची हुनु नराम्रो हैन तर आफ्नो कामनै छोडेर लाग्नुचै अलि घातक होला कि |

    Reply
  9. Birat says:
    June 22, 2014 at 9:18 pm

    डालस टेक्सास – विश्व कपको नाम निशान, चाइ चुई केहि देखिदैन याहाँ त |
    मेरो एउटा खैरे साथीलाई सोध्दा “मैले त एक मिनेटपनि हेरेको छैन |” भने | किनानी? “मलाई अमेरिकन फूटबलमा हुर्कायो |” अनि अस्तिको अमेरिका र घानाको दिनमा – अमेरिकाले जित्यो नि आज | “अँ मैले नि तेही सुनेको हु |” आफ्नै देशको गेम त हेर्दैनन् खैरेहरू, हामीचै “Go Demsey Go” गर्दैछौ |

    हुनत काम नपाएरै हो, मेरो समरको छुट्टी, दिनभरी काम छैन अनि अरु केगर्नु |

    Reply
  10. Harsit (germany) says:
    June 22, 2014 at 7:55 pm

    एउटा चंनेल मा पुरा live game र commentry आउछ | बाजी राख्न बिज्ञापन पनि आउछ | restaurant र club मा हेर्न पनि पाइन्छ | अलि अलि गफ गरेको नि सुनिन्छ काममा | तर कुनै देश को जर्सी बजार मा कतै देखेको छैन र लायेरै हिडेको पनि देखेको छैन |

    Reply
  11. kishor thapa says:
    June 22, 2014 at 6:58 pm

    इटालीमा बसेको नाताले मैले बुझे अनुसार यिनीहरुमा फुटबल प्रति एउटा छुट्टै खालको पागलपन छ, चार चार पटक विश्व बिजेता भएको आधारमा गर्व गर्छन त्यो स्वाभाविकै पनि हो, तापनि यिनीहरुलाई आफ्नो देशले खेल्ने दिन बाहेक त्यति चासो भएको चाहि पाइदैन, त्यसैमा पनि विश्वकप भन्दा क्लब स्तरिय खेलको धेरै चासो देखिन्छ, राष्ट्रिय टिमका खेलाडीको भन्दा आ आफ्नो मन पर्ने क्लब का खेलाडी को प्रशंशा बढी हुने गर्दछ, विश्व कप नै जितेर आए पनि ति खेलाडीहरु यहाँ फर्कीसके पनि सबैले त्यति महत्त्व दिदैनन त्यो भन्दा धेरै महत्व मन पर्ने क्लब र खेलाडीलाई दिइन्छ, आफ्नो देशले जित्दाको खुशीमा गाडीको हर्न बजाउनु अलि अलि हल्ला गर्नु भन्दा बढी त्यस्तो केहि देख्न पाइदैन, कहिँ नभएको जात्रा हामीकहा छ यहा त इटालियन जर्सी लगाएका मान्छे देख्न पनि मुश्किल छ हाम्रो जस्तो र्याली र जुलुशको कुरा त धेरै परको ……..

    Reply
  12. Rajan Upriti, USA says:
    June 22, 2014 at 6:27 pm

    मेरो ब्राजिलको एञ्जिनिर साथी, रोड्रिगो मचेड़ो, गेम सुरु भएको दिन अमेरीका आइ पुगेको हो | मैले सोध्दा, मलाइ वास्ता छैन भन्छ | प्रति दिन हामी संग डिजाइन काम मा ब्यस्त छ | बरु म चाहिँ बेला बेलामा विश्व कपको नितिजा उस्लाई भन्दिन्छु, “ए हो” भन्छ | तिमीलाई रुचि छैन ? “भन्दा ए, पहिला पहिला अलि अलि हेर्थे, यस पल्ट मलाइ आफ्नो सरकार संग पनि रिस उठी राखेको छ” भन्छ |
    यहाँ गैर कानुनि रुपमा बस्ने नेपालिहरुले फेसबुकमा “This is how we Play…Go USA” लेखेको देख्दा तिम्रो उदेक लाग्छ |

    Reply
  13. Suyesh says:
    June 22, 2014 at 3:33 pm

    यहाँ स्टकहोल्म मा नि खासै केहि चहल पहल देखिन्न. आफ्नो फेसबुक हेर्यो कि सबै नेपाली हरुलाई उद्दुम संग वोर्ल्ड कप लागेको छ. म आफु चाहिं सके सम्म सबै गेम हेर्ने कोसिस गर्छु, यिनीहरु चाही मतलब नगरी आफ्नै सुर मा बारबेक्यु गर्दै रमाइलो गर्छन. कैले कहिँ आफ्नो देश को गेम पर्यो भने फाट्ट फुट्ट हेर्ने हरु देखेको छु. जता बाहिर भए नि गेम सुरु हुने टाइम हुन लग्यो भने घर फर्कने हतार हुन्छ आफुलाई, यहाँचाहिं यिनीहरु कसैले बाल दे जस्तो लाग्दैन.

    अझ हामी नेपालीहरु सबै एक से एक गेम को पण्डित, बिसेसग्य, सबै म्याचको statistics हरुको जानकार, कैले कहिँ ग्लानी हुन्छ यिनी हरुलै त आफ्नै टिमको बारेमा खासै चासो छैन, म मुला लै चाही किन येत्रो चासो अझ नाली बेली कण्ठ. सबै भन्दा हास उठ्ने कुरा त कैले कहिँ मलाई सोद्छन, तिम्रो टिम(देश)को गेम कैले छ? लोल

    Reply
  14. प्रदीप कुँवर says:
    June 22, 2014 at 12:13 pm

    म मोनटे कार्लो मोनाकोमा थिए, विश्व कप शुरु हुनु भन्दा २ दिन पहिले, एक साँझ अनौपचारिक कार्यक्रममा हामी सात जना थियौं, म बाहेक ६ जना ५ वटा राष्ट्रका रहेछन र सबैको देश यसपालीको विश्व कप खेल्दै रहेछन ( इंगलैंड , फ्रान्स, जर्मनी, इटाली , अमेरिका ) | कसैले फूटबलको कुरै गरेनन | मैले कुरा झिके कसैले नि उतिसारो महत्व दिएनन् | मलाई यस्तो लाग्यो उनीहरुको टिमको बारेमा र विश्वकपको बारेमा उनीहरुलाई भन्दा मलाई पो बार्ता जानकारी छ | त्यस पछि मलाई पो लाज लाग्यो र उनीहरुको काम प्रतिको एकाग्ग्रता देखेर छक्क परे | नेपालमा यति सारो भएको बेरोजगारीले गर्दा हो | काम भयो भने यस्तो रमिता देख्नु पर्दैन |

    Reply
  15. govind thapa says:
    June 22, 2014 at 11:02 am

    बास्तबमा भन्ने हो भने खेल को मज्जा लिन नेपालीहरुले नै जानेका छन चाहे नेपालमा होश या बिदेशमा ( बिदेशी हावाले छोएका अपबाद नेपालीहरु बाहेक ) बिदेशमा भएपनि १० घण्टा काम गरेर खेलको लागि मिले सम्म समय निकालेर खेलको मज्जा लिन्छौ …नेपालमा पुरै जुलुस नै निकालेर हिड्ने त अलि काम नपाएका फुर्सद भएकाहरु परे होलान नत्र नेपाल मा पनि आफ्नो काम भ्याएर फुर्सद निकाली निकाली खेलको मज्जा लिदैछन …फरक यत्ति छ कसैले जुवा खेलेर मज्जा लिदैछन कसैले लोकल ठर्रा पिएर मजा लिदैछन कसैले आफ्नो मनपर्ने टिमलाइ सपोर्ट गरेर मजा लिएका छन …यसमा खुशी हुनु कुनै गलत होइन ….

    Reply
  16. Suman Shrstha says:
    June 22, 2014 at 10:44 am

    म अहिले ताइवान म छु यहाँ अहिले सम्म कसैले फूटबल को कुरा गरेको सुनेको छैन सबै आआफ्नो काम म ब्यस्त छन्. जे होस् यहाँ बस्ने नेपालीहरुले चाही रातभरी नसुतेर हेरी राको छन्

    Reply
  17. अनमक शर्मा (Pokhara) says:
    June 22, 2014 at 9:32 am

    म आफुलाई मन परेको team को जर्सी लगाएर office गएर काम गर्छु, अनि बेलुका साथीहरु संग बसेर match पनि हेर्छु | पिउने साथी हरु ले हल्का पिउछन पनि, अनि आफ्नो team को goal हुदा अलिअलि कराएर रमाइलो पनि गरिन्छ | कसैलाई disturb गर्ने, कोइ संग झगडा गर्ने गरिन्न | अब, यसरि साथी हरु संग बसेर रमाइलो गर्नलाई समय निकाल्न सक्ने हामी र, 18 घण्टा काम गरेर बाकी 6 घण्टा सुत्ने, पल्लो कोठा मा को बस्छ भनेर पानी नचिन्ने देश का मान्छे र हामी मा को ठिक त ?

    Reply
  18. summit says:
    June 22, 2014 at 8:39 am

    म हाल अमेरिका मा अवस्तित छु |
    यहाँ खासै वोर्ल्ड कप फूटबल को रौनक लागेको देख्दिन मनिषहरु आ आफ्नै काम मा बेस्त हुन्छन, अमेरिका को खेल भयको दिन मा चाई यदि फुर्सद भएमा यहाँ का मानिसहरु खेल हेर्छु भनेको सुनको छु, येसको अलाबा खासै वोर्ल्ड कप फूटबल को रौनक छैन |

    मैले एक अमेरिकी नागरिक लाई question गरको थिए – के तिमि फूटबल को fan हौ? उसले जवाफ दियो – म वोर्ल्ड कप फूटबल को fan हु र मैले अमेरिका को खेल भयको दिन समय मिल्यो भने हेर्छु भनेर जवाफ दियो |

    यसरी नै हामी नेपाली हरु पनि आफ्नो देश ले भाग लिएको torunment को खेल follow गरेमा धेरै राम्रो हुने थियो चाए त्यो ठुलो वा सानो tournment होस |

    Reply
  19. deepak says:
    June 22, 2014 at 8:36 am

    बेल्जियम को leuven सहरमा जस्तो रमाइलो त कुनै पनि देस मा छैन होला…बेल्जियम को गेम हुने दिन यहाका आधा भन्दा धेरै मानिस राताम्य भएर हिद्चन र यहाको oud markt मा हजारौ को संख्या मा उपस्थित भएर रमिरहेका हुन्छन.

    Reply
  20. jeeban Ranabhat says:
    June 22, 2014 at 8:12 am

    म बसेको सहर कल्गरी, क्यानाडा मा मैले तेस्तो केहि देखिन. सबै जना आफ्नो काम मा ब्यस्त छन्. नेपाली हरु धेरै फुर्सद मा छन्.

    Reply
  21. Deepak says:
    June 22, 2014 at 7:51 am

    म त इनडिया मा छु र मैले देखे अनुसार यहाँ खास्सै तेति चाख मानेर हेरेको पनि देख्दिन । प्रय मानिस आफ्नो आफ्नो काम्मा नै बि जि हुन्छन । र म आफू पनि तेस्तै भनम तर नेपाल मा चाहिँ किन तेस्तो पक्कै पनि काम नभयर त होला है । र जुन सुकै देस्ले जिते पनि यो नेपाली लाई के को तातोन छारो होला खै हुनेनहुने नेपालिले नै गर्छन बा

    Reply
  22. Shankar says:
    June 22, 2014 at 6:11 am

    म बसेको सहर मा नजिकै चौर मा ठुलो पर्दा मा फुटबल देखाइन्छ( केटाहरुले नै आयोजना गरकी ) | भाई खट्टे ,खोया को झोल खाएर केटाहरु हो हल्ला गर्छन |
    एस्तो लाग्छ अर्जेन्टिना का मेस्सी उनका काका हुन् ,जर्मनी का मुलर उनका मा मा |

    Reply
  23. अनुराधा पौडेल फ्रान्स says:
    June 22, 2014 at 5:06 am

    सालोक्य जी फूर्सद कहाँ हुन्छ रँग पोत्ने र मोटरसाइकल र्याली गरेर आफ्नो पैसा र समय सिध्याउने । ठूला बारहरुले एकखालको बातावरण क्रिएशन गर्छन् ठूला टिभीहरु राखेर । जहाँ गेम पनि हेरिन्छ र थरी थरीका अल्कोहरुको बिक्रि पनि हुन्छ । धनी नगरपालीकाहरुले भने ठूला चोक र चौर तथा केहि खाली ठाउँमा बिशाल पर्दाका टिभीहरु राखिदिन्छन् । कुनै कुनै स्टेडियमहरुमा समेत यस्तो ब्यवस्था हु्न्छ र मानिसहरु स्टेडियममा गएर हेर्छन् । यसो गर्नु भनेको खेलको निउँमा मानिस मानिस बिचमा सँबाद कायम गराउने र समूहमा मिलेर बस्ने बनाउने हो । तपाँइहरुलाई थाहै छ होला फ्रान्सेलीहरु धेरै बकबक गर्दैनन । ज्यादै थोरै बोल्छन् । त्यसैले यिनिहरु चिसा जस्ता लाग्छन् । यो चिसोपन तोड्नका लागि यहाँ खेलहरुले ठूलो भूमिका खेल्छन् । खेल खेल्नु भनेको फ्रान्सेलीका लागि आफ्नो मनोबल उकास्ने मौका मिल्नु हो । त्यसैले महत्वपूर्ण अन्तराष्ट्रिय खेलहरुका प्रतिस्पर्धा हुँदा हरेक फ्रान्सेलीको इच्छा हुन्छ फ्रान्सेलीहरुले जितुन् । यस्तोबेला राष्ट्रपतिले समेत केहि न केहि शब्द खेलाडी र प्रशिक्षकका नाउँमा खर्चन्छन् । माथि नै भनेँ अन्तराष्ट्रिय खेल जित्दा यिनिहरु आफ्नो आत्मबिश्वास उचो भएको ठान्छन् र आँफूलाई गौरवान्वित महशुश गर्छन् । महत्वपूर्ण खेलहरु हारे भने लौ फ्रान्स सकियो अब भनेजस्तो ठान्छन् । धेरैको भावनामा चोट पर्ने खालको कुनै खेल छ भने हारेको झोकमा यिनिहरुले गाडिहरु पोल्न र आगजनी गर्न समेत बेर लाउँदैनन । अझ खास गरी पेरिसमा । मनोबिज्ञान सँग जोडीएको भएर हो या किन हो बाहिर देखावटी निकै कम हुन्छ तर भित्र भित्र भने टिभीको अगाडि टाँसिएर कहाँ के के भइरहेको छ सबै चासो राखेका हुन्छन् ।

    Reply
  24. Mahesh says:
    June 22, 2014 at 4:56 am

    मेरो ल्याबमा संगै काम गर्ने क्यामरुन को साथी मैले ई.एस.पि.एन मा क्यामरुन को गेम हेर्दाइ गर्द ल्याब काम गर्न ब्यस्त थियो, गेम हेरिनस भनेको, तिनिहरुको काम छैन , टिकट काटेर घर पठाइदिय हुन्छ भन्दै थियो!

    सोसल मिडिया हेर्दा त एस्तो लाग्छ, worldcup नेपाल मा नै भाईराको छ कि जस्तो ! साँची नेपालीहरु धेरैनै बेरोजगार रहेछन

    Reply
  25. DB Shrestha says:
    June 22, 2014 at 4:27 am

    इटालीमा त इटालीको खेल हुने बेला मात्र इटालियनहरु टिभी अगाडी हुन्छन. हारे भने चुप चाप् बस्छन जिते भने राति गाडीको हरन अलि बज्छ त्यति हो. न झण्डा लिएर हिद्छन न जर्सी लाएर. बिस्व कप त नेपालमा मात्र देखे.

    Reply
  26. Raju says:
    June 22, 2014 at 1:51 am

    मैले डेनमार्क मा अरु देशको फूटबल जर्सी लगाएर हिडेको देखेको छैन

    Reply
  27. Dilli says:
    June 22, 2014 at 1:41 am

    म अस्ट्रेलिया मा छु मैले यहाँ football को चहलपहल खासै देखिन | सबै आ आफ़्नो काम मा ब्यस्त छन् |

    Reply
  28. sajan says:
    June 22, 2014 at 1:20 am

    यो समय र वोरिपरीं को बाताबरण ले फरक पर्दो रहेछ. मैले ९४ को Woldcup हेर्न को लागि college का अरु नेपाली र बिदेसी साथी संग college देखि १२ घन्टा drive garera ८० us dollar तिरेर बाटोमा एक रात मोटेल मा बसेर. Holand र ब्राजिल को वोर्ल्ड Cup हेर्न अमेरिका को Texas state को डल्लास गएर हेरेको थिए जहाँ पेले पनि बसेर उसको देसको game हेरेका थिए. game भन्दा नि stadium बाहिरको बाताबरण अति मनोरन्जनक थियो .आज मा येही usa मा हेर्दै छु न तेस बेलाको जस्तो कसैमा उत्साह देखेकु छु न कसैले बयान गरेको. मेरो छोरी हेरुले बेलुकी मलाई score भन्छन. मा झक्क झुका business मै बसेर कम्प्युटर मा गमे हेर्छु. न लेत्थान दिएर पुरै गमे हेर्न बसेको पनि छैन र अरुले हेरेको देखेको पनि छैन.

    Reply
  29. kedar says:
    June 22, 2014 at 12:59 am

    स्पेनमा चैं:
    आफ्नो घर वा अपार्टमेन्टको रेलिङ्गमा मन पर्ने टिम वा राष्ट्रको झण्डा राख्नु, सामान्य रुपले जर्सी लगाउनु र टाइम छ भने बारमा बसेर नामात्तिने गरी बियर पिउंदै म्याच हेर्नु बाहेकका नाटकहरुलाई बहुलठ्ठी पन नै मानिन्छ | दर्जनौ बसेर फुटबल हेरिराखेको ठाउँमा बिरोधि टिमको सपोर्टरहरुलाई गालि गर्ने वा बोतलले ठोक्ने काम न को बराबर नै हुन्छ भन्दा हुन्छ | ट्राफिक असर पार्ने गरी motercycle Rally त Police अनुमती दियो भने मात्रै, ताई न तुइका अनुमती पाउने चान्स चैं हुँदैन |

    तर आफ्नो टिम वा देशले जिती सकेपछि चैं आ-आफ्ना गाडीहरु लिएर टार्र र टुर्र लामो लामो हर्न बजाउंदै गाउँ वा सहरको बीचभाग तिर पुगेर फर्कने चल चैं छ है |

    अलगावबादी हावाले छोएका उत्तर तिरका बास्क छेत्र र कातालुनिया (बार्सिलोना भएको छेत्र) तिर चैं स्पेनिस राष्ट्रिय टिमको खेल र जितलाई खासै महत्व दिएर खुसि मनाउँदैनन्, बरु हारेकैमा रमाउँछन् |

    Reply
  30. Tom says:
    June 22, 2014 at 12:18 am

    म ग्रेटर लस अन्जेलेस मा छु. यहाँ फूटबल थोरैले भन्छन! सक्कर भन्छन प्रायले. लेटिनोहरु सबैलाइ फिफा वोर्ल्ड कप लागेको छ. तर काला गोरा त्येत्ति धेरै interest नदिएको पाए!
    मानिसहरु ज्यादा बेसबल hockey अनि बास्केटबलको मात्र कुरा गरिरा हुन्छन. अझ अत्भूत के छ भने 1994 को वोर्ल्ड कप final भएको stadium Rose bowl stadium भन्दा म १.५ माइल टाडा छु तर पनि यहाँ बिश्व कप को फीभर त्येत्ति पाइन्न.

    Reply
  31. Nischal says:
    June 22, 2014 at 12:04 am

    आफु त ल्याब मा ब्यस्त यहाँ. गोरे साथीहरु छन् . बेला बेला फिफा को साइत खोलेर स्कोर हेर्छन, कसले कति गोल गरेछ भनेर. USA दोस्रो चरण मा पुग्ला कि नपुग्ला भनेर ब्रेक मा यसो कुरा गर्छन अनि फेरि आ आ फ्नो काम मा. हाम्रा दाजु भाई चै अरु देशको नाम मा नारा र जुलुश गर्छन, खै के भन्ने.

    Reply
  32. Sagar says:
    June 21, 2014 at 11:25 pm

    म पनि नेपाल मा हुदा रात मा नसुतेर गेम हेर्ने गर्थे तर अहिले म बसेकोठाउंमा तेस्तो केहि छैन हो गेम टाइम मा अली रोड मा गाड़ी कम हुन्छ अहिले फरक छ टाइम भय गेम हेरिन्छ नत्र ड्यूटी गयो आफुलाइ सुत्ने फुर्सत हुदैन कहा को ?गेम

    Reply
  33. Poban says:
    June 21, 2014 at 8:44 pm

    सन् २०१० मा मेरो डेनमार्क मा हुदा को अनुभव| बारहरुमा चाही निकै चपल्पहल हुन्थ्यो| डेनमार्क को खेल हुदा त कुरै नगरौ | खेलाडीहरुको गीत गाउने, हल्ला गर्ने पनि निकै बढी हुन्थ्यो | तर काम नै छोडेर त उनीहरु आफ्नै देशको पनि फूटबल खेल हेर्न गारो हुने रैछ | कत्तिले चाही अघिल्लो चोटी छुट्टि नपाएको र भईरहेको खेल बिदामा परेको ले खुसीको सिमा थिएन | डेनमार्क पहिलो चरण बाट बाहिरिए पछि चाही चहलपहल एक चौथाई जस्तो भयो |

    Reply
  34. Prakash Poudyal says:
    June 21, 2014 at 8:36 pm

    म पोर्तुगल मा छु ! यहाँ पोर्तुगलको match बाहेक अरु प्रति तेती चासो छोइन ! येस्तो पनि हुदो रहिछ |

    Reply
  35. Dr Lila Raj Dahal, Toledo, Ohio, USA (now USA) says:
    June 21, 2014 at 7:24 pm

    झण्डै बोकेर जुलुसै गर्नु त अलि बढि नै भयो । तर समर्थन गरेर, जर्शी लगाएर, अर्को पक्षलाइ आक्षेप नलगाई आफ्नो टोलीको पक्षमा खेल हेर्नु त त्यति अस्वाभाविक हैन ।

    म बसेको अमेरिकामा त बाहिर कहिँ, कतै केहि देखिँदैन, किनकि यिनीहरुलाई हाम्रो फुटवल भन्दा उनीहरुकै फुटवल, बास्केटवल, बेसवलले बढि छुन्छ । त्यहि पनि यो वर्ष सिकागो लगायतका ठुला सहरमा चाहिं एक ठाउँमा जम्मा भएर, मुख्यतया अमेरिकाको खेल भएको बेलामा सामुहिक खेल हेर्ने गरिरहेका छन । प्राय बिदेशी समर्थकहरुले चाहिं बारमा जम्मा भएर हेर्छन रे । त्यो चाहिं आफू बारतिर नजाने भएको भएर थाहा भएन ।

    Reply
  36. Dipak lamichhane says:
    June 21, 2014 at 7:21 pm

    म चा**हि दक्षिण कोरिया मा छु !! अस्ति कोरियन टिम खेल्दा पनि आफ्नो ड्युटी समय छोडेर कसैले हेरेन !! न त कतै जर्सी न त कतै झण्डा !! टिभि मा चाहि फूटबल आउछ बेला बेला मा फुर्सद भयो भने तेही हेरेर बस्छन , त्यो पनि एकछिन मात्त्र !!

    Reply
  37. प्रेम पुन मगर says:
    June 21, 2014 at 7:04 pm

    बेल्जियम पनि बिश्वकपमा पुगेको छ।यहाँ अघिपछि भन्दा पनि आफ्नो देशको खेल हुँदा कुनै पार्क या खुल्ला ठाँउमा पर्दा लगाएर खेलको प्रतक्ष्य प्रसारण गरिन्छ छ।त्यही हो डाईहार्ट फ्यानहरुले देशको झन्डा बोकेर या अनुहारमा रङरोगन पोतेर कराउछन,चिच्चाउछन।खेल सकिएपछि आ-आफ्नो घर फर्किन्छन।घरको झ्यालमा र गाडीमा कसै-कसैले झन्डा झुन्डाएका हुन्छन त्यति हो।

    Reply
  38. रैथाने says:
    June 21, 2014 at 7:00 pm

    ओम ब्राजिल्ल्याय बिश्वोकप्प्याया,
    अर्जेन्टिना जित्जाय,
    नेपालय धन सम्पत्य समयय स्वोहा !

    नानीमा लागेको बानि!
    चुडाउन नसकेपछि कन्नानी!
    यस्तै हो!
    जे कुरामा पनि जुलुस नारा लगाउने बानि परेपछि बिचरो हरुले पनि के गरोस बाबै!
    नारायणीमा बगायर कोशीमा खोज्न जानुपर्ने!

    Reply
  39. Oasiss says:
    June 21, 2014 at 6:49 pm

    वैयत,,,हामी नेपाली ले गौरब गर्नी नै अरु को खेल मा हो नि…..किर्तिपुरमा मास्टर पड्नी मास्टरसप हरु ले त यो जित कसको इटाली को भन्दै नारा लगायको थिय…..अनि जापान बसाई को २ ओट्टा वोर्ल्ड कप को सिजन हेरियो….न हल्ला छ न रयाली…..सबै आफ्नो आफ्नो काम मा बेस्त छन् र अचम्म को कुरा के भनी सबै ले गेम पनि हेरेका नै छ….न चोक मा हल्ला छ न चिया पसल मा गफ छ….दिनमा काम रात मा समय निकालेर गेम अनि फेरि आफ्नो काम……विकास पनि चरम चुली मै गरेका छन ,,,वोर्ल्ड कप पनि खेलेका छन्….न हल्ला गरेका छन् न रयाली….तेसो त मैले आज सम्म कसैले पनि जापान को जर्सी लगायर हिडेको पनि ढेखेको छईन….जे छ हाम्रै संबिधान नभयको मुलुक मा छ नि जात्र …………….

    Reply
  40. binay, Germany says:
    June 21, 2014 at 6:43 pm

    आज घाना बिरुद्द जर्मनीको खेल सुरु हुन मात्र छ घण्ठा बाँकी छ ,,अझ सम्म कही-कतै र्याली देख्या छैन न कुनै हाल्ला । देब्रे फर्केर हेर्छु जर्मनहरु कानमा रुही कोचेर लाईबेरीमा किताबमा घोत्लिएका छन । झ्याल बाट चिहाएर हेर्यो सब आफ्नो काममा मस्त छन । खेल सुरु हुँदा चिसो बियरको सुर्की सँगै देशको support गर्छन् जिते खुशीयली मनाउछन अनी फेरी आफ्नो काममा फर्किन्छन । कुनै चिया पसलमा गएर घन्ठौ तेइ खेल बारे गफ लडाउदैनन । शायद उनिहरुलाई थाहा भएर होला – उस्को काम के हो भनेर । support आफ्नो ठाउँ मा अनी काम आफ्नो ठाउँमा ।

    Reply
  41. amrit doha says:
    June 21, 2014 at 6:41 pm

    हिजो कतारको दोहा स्थित एक होटलको बारमा गाको थे, भित्ता भरी जर्सी नै जर्सी थियो! बिक्री तथा पर्दशनको राखीएका जर्सी कुनैको पनि मुल्य पाच सय डलर भन्दा कम थिएन ! कुरो बुझ्दै जादा ति जर्सी खेलाडीले कुनै न कुनै बिशेस खेलमा लगाएका ओरिजनल जर्सी रहेछन ! सबै भन्दा मह्गो जर्सी पेलेेेले बिस्वकपमा लगाएको जर्सी को थ्यो १२०० डलर !! तेस पछि म्याडोना, को को को को्…. मेसी भन्दा अगाडी बालाटोली र क्रिस्टियानो रोनाल्डो को थयो !!! फोटो खिच्न मनाहि रहेको बारका खरिद कर्ता अरबिक नै थिए ! बिक्रिको लागि आज अन्तिम दिन हो ! ऊक्त बार नज्मा स्थित होटल क्राउन प्लाजाको ग्राउन्ड फ्लोरको मित्सुराडो बार हो !!!

    Reply
  42. Uddav Bhandari says:
    June 21, 2014 at 4:40 pm

    बिदेसी हरुलाई यत्तीको गर्नी समय छैन र समय भयपननी अरुको कट्टु र गन्जी भित्रै छिरेर समय र आफ्नो कामको बर्बाद गर्दैनन . हो मनोरंजन लिन्छन तर यत्तीको कहि नभयको जात्रा हाडीगाउमा भने जस्तो चाही गर्दैनन ।

    Reply
  43. sujan nz says:
    June 21, 2014 at 4:09 pm

    म बसेको ठाँऊमा त एस्तो र्याली पनि छैन न ब्यानर नै टाँगेका छन्/ आफ्नो काम छोडेर एस्तो चै गर्दैनन् बिदेशमा / यो सब हेर्न नेपाल नै जानुपर्छ/

    Reply
  44. Bid says:
    June 21, 2014 at 3:58 pm

    म बसेको देश पनि world कप खलेको छ लगातार game पनि जिती राखेको छ, नेपाल का नेपालीलाई जस्तो फुर्सद विदेश मा कहाँ हुन्छ र तै पनि बिना जर्सी बिना झन्डा मनपरनी देश को खेल समर्थन आफ्नु ठाउँ मा छ, हाम्रो देश त नमुना हो जहाँ आफ्नो देश वोर्ल्ड कप नखेलेनि रअली जुलुस अनि पुजा पाठ तै माथि पुरै समय नै वोर्ल्ड कप गफ! यो भन्दा पनि बेरोजगार हरु लाई राम्रो पेसा vayeako छ यो एक महिना ! जे कुरा मा पनि नेपाली लाई अलि बढी नै लाग्छ बरु यो भन्दा हामी पनि कसरि वोर्ल्ड कप खेल्न सकिन्छ त्यो पनि सोच्न पाए देश को नाम चिनाउन इंडिया र चीन को बिच मा भन्नु पर्नी थिएन कि ?

    Reply
  45. Sonam , Germany says:
    June 21, 2014 at 3:44 pm

    World Cup 2006 जर्मनीमा हुदा पनि जर्मनीमा खै मैले त नेपालमा जस्तो एतिसाह्रो चर्तिकला देखिन है I सबैको आआफ्नै काम हुन्छ, काम नै छोडेर football हेर्ने कुरा पनि भएन I यो हामी नेपालीहरुको चाला चाही अलि खाई न पाई छालाको टोपी लाइ भन्या जस्तै हो I नेपाली fans भनाउदाहरुलाई football को मज्जै लिन आउदैनन कि जस्तो लाग्छ कहिले कहिँ त I आफ्नो team ले हारे भने नेपाल बन्द गर्न बेर छैन I कसैलाई केहि दोष दिने कुरै छैन, सब बेरोजगारीको कमाल हो I
    just enjoy the show freinds

    Reply
  46. गोपी says:
    June 21, 2014 at 3:29 pm

    सबै बेरिजगारिको बौलठी उपज हो ..
    यहा कसलाई फुर्सद हुन्छ र त्यसरी हिड्नलाई ..
    सबैकुरा को चाजोपाजो मिलाउदा मिलाउदा
    कहिलेकाही आची पनिठाउमा खसाल्न
    नभ्याएर झुण्डाउदै हतार हतार डिउटी कुद्नुपर्च ,,
    कहिले टिफिन नै भूलिन्छ ,,
    पकाउने खाने नुहाउने धुवाउने फेरी
    एकछिन साथिभाइसग् ,परिवारसग पनि
    नेट मा समय निकाल्न गारो हुन्छ ,,
    बिहान आलाराम सग नि झोक्किदै उठ्नुपर्छ ,,

    तिनलाई त खाडीको भिसाले नि पत्यायेनछ कि के हो
    कुन्नि ,,,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme