Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्विस बैँकमा नौ अर्ब थुपार्ने को?

Posted on June 20, 2014June 21, 2014 by mysansar

swiss bank स्विट्जरल्यान्डको बैँकमा नेपालीहरुको नौ अर्ब २२ करोड रुपियाँ अर्थात आठ करोड ५० लाख स्विस फ्र्याङ्क जम्मा रहेको खुलेको छ। स्विजरल्यान्डको केन्द्रीय बैंक (हाम्रो नेपाल राष्ट्र बैँक जस्तो क्या) स्विस नेसनल बैंकले प्रकाशित गरेको बैंक्स इन स्विजरल्यान्ड २०१३ रिपोर्टमा नेपाली नागरिकको नाममा यति धेरै रकम रहेको खुलेको हो। अरु विवरण बैँकहरुले गोप्य राख्ने भएकोले कसको कति रकम रहेको भन्ने चाहिँ खुलेको छैन।

नेपालमा बैँकमा रकम राख्न आजभोलि दुनियाँ कागजात खोजिन्छ। रकमको स्रोतदेखि लिएर बाबु बाजेसम्मको नागरिकता खोजिन्छ। तर स्विस बैंकिङ प्रणालीमा राखिएको सम्पत्तिको स्रोत खोजिँदैन। कसको खाता हो त्यो विवरण पनि अत्यन्त गोप्य राखिने हुँदा विश्वभरको पैसा त्यहाँ पुग्ने गरेको छ। भ्रष्टाचारदेखि अरु गलत किसिमले कमाएको कालो धन पनि सुरक्षित राख्न त्यहाँ पुर्‍याउने गरेको बताइन्छ ।

swiss

स्विस बैँकमा नेपाली रकम कुन वर्षमा कति ?
स्विस बैँकमा नेपाली रकम कुन वर्षमा कति ?

थप विवरण पढ्न यहाँ क्लिक गर्नुस्

कसको होला त यो रकम ? के पूर्व राजारानीको होला ?

कि यी ब्लगमा भनिए जस्तो माओवादीको ?
पैसा ट्रान्सफर गर्न माअ‍ोवादी नेताहरु स्विट्जरल्यान्डमा ?
“हल्सी बास नामका कर्मचारी बैंकमा छैनन्”

24 thoughts on “स्विस बैँकमा नौ अर्ब थुपार्ने को?”

  1. Chetan Nepali says:
    June 21, 2014 at 6:59 pm

    बढे राजा देखि छोटे राजाहरु सबैको पैसो हो त्यो ! जे होस् त्यो गैरकानूनी माल हो, झुशिले ले सक्यो भने खोज गरेर कारबाही गरेर देखाऊ नत्र मर्ने बेलामा हरियो काँक्रो होला !

    Reply
  2. Kamala says:
    June 21, 2014 at 4:30 pm

    माओबादीहरु खुला राजनीतिमा आउन थालेदेखि स्विस बैंकमा ३ गुना पैसा थुप्रिन थालेको देखिन्छ. येही बाट अनुमान लगाउन सकिन्छ पैसा कसको हो भनेर.

    Reply
  3. devendra says:
    June 21, 2014 at 4:03 pm

    रुघा पनि करोड्को लाग्ने राष्ट्रिय मनुवाको होला । बाच्नुपर्ने हरु कि अभाबले मर्छन कि दबाबमा मारिन्छ । मर्नुपर्ने हरुलाई रुघा पनि करोड भन्दा कमको लाग्दैन । हाम्रो नेपालमा । धोखा दिनेलाई के भनौ र खै ।

    Reply
  4. abhi says:
    June 21, 2014 at 2:51 pm

    आधा छबिलाल र उसकै नजिक क एक दुइ जना, एक चौथाई दामदेव र अर्को एक चौथाई अन्य जन हरुको होला !!!

    Reply
  5. kumar sharma says:
    June 21, 2014 at 11:49 am

    सरकार मा जो छन् उनीहरु को कालो धन हो भने सरकारले data किनेर कसलाई कारवाई गर्ने तिनीहरुले के जानी जानी आफ्नो खुट्टामा बन्चरो हान्लन त ?

    Reply
  6. xyz says:
    June 21, 2014 at 11:47 am

    Interesting things to watch in the graph:
    1. There is a tremendous rise in money deposit after Jana Andolan II (after 2006). These money are in millions of Swiss francs.
    2 The Kathmandu Post today reported that the latest drop in money deposited is due to relaxation in banking secrecy laws. This imply diversion of money into other banks.
    3. The information has come at a time when Nepal (dis)Trust Fund explaining they have found only 45,000 sterling pound and Nrs 10,000 liquid money belonging to King Birendra.

    Reply
    1. xyz says:
      June 21, 2014 at 5:52 pm

      थप कुरा: भारत मा मोदी सरकार ले येसरी लुकी राखेको डलर २० खराब फिर्ता ल्याउने कार्यक्रम

      Reply
  7. मन says:
    June 21, 2014 at 11:24 am

    मेडियामा यदाकदा मात्र खुलिने यसको एउटा अर्को पाटा पनि छ| त्यो हो हिपोक्रेसीको हद|
    गरिब देशको जनतालाई चुसेर, कर छलेर वा निमुखा बनाएर अथवा भनौ लुकाएर, नखुलाएर यसरि स्वीस बैंकमा राखेको कालोधनबारे बैंकको पनि दायित्व हुनपर्यो| सो मुलुक, अथवा किटेरै भन्नपर्दा स्वीजरल्याण्डको पनि दायित्व हुनपर्ने हो|
    दुई दशक जत्ति अघिको कुरो हो, नाईजेरियाका अर्थमन्त्रीले करोडौ पाउण्ड बेलायतको एउटा बैंकमा नीजी खातामा जम्मा गर्दै आएको समाचारमा आएको थियो| दिनदहाड देशलाई लुटेर उनले बैंकमा जम्मा गर्दै आएको धनको श्रोत बारे बैंक र सो बैंक स्वामित्व र रजिस्टर भएका मुलुक अनभिज्ञ थिए भन्ने कसैले बिश्वास गर्ने छैनन्|
    यसरि खातामा थुपारेको रकमको ब्याज मात्र कति आउँदो हो? सो रकम लगानी गरे झन् कति कमाइने हो?
    ट्रान्सपेरेंसी इन्टरनेशनल र भ्रष्टचार निवारण अनि सुशासन सम्बन्धी अन्तराष्ट्रिय संस्था प्रयासमा छन्| सामान्य नियम कानुन अनुसार प्रहरीले चोरी र ठगी गर्नेलाई मात्र होइन तर चोरी ठगीका समान रकम भनेर जानी बुझी वा श्रोत नखुलाई राख्ने साहुलाई समेत पक्रेर कारवाही गर्नपर्ने हुन्छ|
    यस अर्थमा कालोधन राख्ने साहुलाई किन कठघरामा उभ्याईने प्रयास गरिदैन जब कि सबैलाई थाहा भएकै हो रकमको श्रोत?
    त्यति गर्दैमा सम्पूर्ण भ्रस्टचार निर्मुल हुन्छ भन्ने होइन तर केही हदसम्म कालोधन अपारदर्शी बनाउन निरुत्साहित गर्न सकिन्छ| भ्रष्टचार निवारण, पारदर्शिता, सुशासन (good governance and democracy) मा जोड दिंदै गरिब मुलुकहरुलाई चन्दा र परियोजना दिने धनी देशहरुले लगायत विश्व बैंक, ट्रान्सप्यारेंसी इन्टरनेशनल आदि संस्थाहरुले वर्तमान विश्वको बदलिदो परिपेक्षमा श्रोत नखुलाएका खातावालहरुका रकमबारे बैंकले पनि सम्पूर्ण पारदर्शिता अपनाउने कदम उठाउनु पर्ने हो|
    बिदेशी मुलूकहरु र दात्रि संस्थाहरुले यो मुलुकमा हामीलाई मात्र भ्रष्टचार निवारण र पारदर्शीताको महापुराण सुनाउदै आएका छन्|
    एकातिर जानाजानी कालोधन राख्ने र अर्कोतिर त्यही कालो धन राख्ने खातावालहरुको मुलुकलाई भ्रष्टचार निवारण प्रति सम्भाष्ण छाँट्ने?
    के यो हिपोक्रेसीको हद होइन र?

    Reply
  8. arun says:
    June 21, 2014 at 7:49 am

    विनोद चौधरी र ज्ञानेन्द्र बीच को relation लाइ राम्रो संग केलाउने हो भने त्यो पैसा कहाँ बाट थुप्रिएको हो सबै पत्ता लागि हाल्छ नि? चौधरी १० वर्ष भित्र तेसै गरिब देस को खरब पति बन्छ/ हेर्दा होइन कि जस्तो लाग्ने देखिन्छ तर सत्य तथ्य केलाउंदै जाने हो भने संयोग धरै मिल्छ/ त्यो पैसा कसको हो त अब भन्दा एउटा खर्ब पति भयो अर्को हेर्दा सोझो होइन कि जस्तो लाग्ने ज्ञानेन्द्र माइला दाइ नै त होलान नि? अन्त जानै पर्दैननी, होइन? कि यो पाडे ले गल्ति भन्यो त नभन्नु है/ कुरो गहिरो संग बुझ्नु पर्छ है साथि हो /

    Reply
  9. रमेश says:
    June 21, 2014 at 6:08 am

    हाम्रो बरिष्ठ नेता जी छबिलालको हो कि भन्ने शंका लाग्यो।।।।

    Reply
  10. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    June 21, 2014 at 6:01 am

    स्विस ब्यांक ले यसरि भ्रस्टचारी लाइ प्रोतसाहन गर्ने काम बन्द गर्नु पर्छ यसको लागि हामी सबैले बिरोध को आवाज उठाउ, सबै तिरबाट दबाब परेपछि स्विजरल्यंद ले आफ्नो कानुन पक्कै गर्ने छ !

    Reply
  11. Shankar says:
    June 21, 2014 at 6:01 am

    देश गरिब छ तर ,आजकल नेपाल मा अरब पति धेरै भैसके | जस्तो कि न्युरोड तिर ,कलंकी ,बानेस्वर तिर जग्गा आनाको नै करोड बा त्यो भन्दा माथि छ भनेपछि आफै बुझौ |

    अब नेपाल मा पंचायत काल देखि राज गरिरहेका र बेला बेलामा मन्त्रि , प्रधानमन्त्री बनेका सग कति सम्पत्ति होला ? जाबो ९ अरब त् धेरै सग होला ?
    सर्बहारा को राजनीति गरेर जनतालाई झुक्काउने तर आफु स्वयम् सोसक ,सामन्तीको सम्पत्ति हो त्यो | किनकि उनीहरु नै झुठ को राजनीति गरिरहेका हुन्छन |

    Reply
  12. Yubaraj says:
    June 21, 2014 at 5:21 am

    नेपाल सरकार ले विवरण मग्न सक्छ ! येस्तै सहयोग नगर्दा अमेरिका ले स्विसको पुरानो बैंक सधैको लागि बन्द गरिदेको थयो ! लिंक हेर्नु होला :
    http://www.bbc.com/news/business-20907359

    Reply
  13. Fugyaljen says:
    June 21, 2014 at 3:34 am

    माओवादी नेता,कांग्रेसको नेता,एमालेको नेता र राजपारिवारको हु सकछ।

    Reply
  14. dev dubai says:
    June 21, 2014 at 1:17 am

    तेस्मा मेरो कति होला येसो निकाल्न पाए हुने थियो आखिर हामी पनिओ. नेपाली जनतानै हो

    Reply
  15. Milan Tamang says:
    June 21, 2014 at 12:27 am

    switzerland tetikai धनि हुन्छ संसारको कालो धन्दाको पैसा चलाउन पाउछ.. अनि कति मर्छ कति त के हुन्छ थाहा नै हुदैन कतिले claim गर्न पनि पाउदैन कालो पैसा भएर …

    Reply
  16. Madan Gurung says:
    June 20, 2014 at 11:35 pm

    तपाई हरु पत्याउनुस या नपत्याउनुस. तर तेह नेपाल को पैसा अबश्य छ. तेस्लाई देश विकास मा ल्याउनु पर्छ. कृपया न अतिनुस,चाडै तथ्य बाहिर आउने छ. आखिर पप धुरी बाट न करौछा नि. होइन र ?

    Reply
  17. Madan Gurung says:
    June 20, 2014 at 11:32 pm

    तपाई हरु पत्याउनुस या नपत्याउनुस. तर तेह नेपाल को पैसा अबश्य छ. तेस्लाई देश विकास मा ल्याउनु पर्छ.

    Reply
  18. Madan Gurung says:
    June 20, 2014 at 11:17 pm

    दछिंन एशिया कै धनि पार्टी भनेर भन्थ्यो नि नेता हरु ले. हो उसैको हो त्यो पैसा.

    Reply
  19. Devendra Basnet says:
    June 20, 2014 at 9:56 pm

    कांग्रेस र एमालेका नेता हरुको होलानी . बर्षौ देखि देशको ढुकुटी लुट्ने यिनिहरुनै हुन्.

    Reply
  20. shishir basu says:
    June 20, 2014 at 9:24 pm

    अरु को हुन्थ्यो, उही प्रचण्ड त होला नि, पहिला १२ वर्ष सम्म लुटेको नेपाली जनता को पैसो थुपारेको होला, पछि काम लाग्छ नि !

    Reply
  21. suzee says:
    June 20, 2014 at 8:05 pm

    स्विस बैंक संग यूरोपियन देश हरुले येसरी नै TAXछलेर पैसा थुपार्ने हरुको डाटा किन्छन अनि सम्बन्धित देश ले तेस्ता बेमानी गर्ने हरु लै कारवाही गर्छन, घटना हरु कहिले कहिँ सार्वजनिक हुन्छ !
    तेसैले नेपाल सरकार ले तेस्ता DATA किनेर सम्बन्धित व्यक्ति लै कारवाही(सम्पति को श्रोत खुलासा अनि tax तिर्न लगाउनु ) ठिक होला

    Reply
    1. lakshya says:
      June 21, 2014 at 5:22 pm

      Unfortunately, that money is from someone once in Nepal government itself, thieves like thieves.

      Will I be charged under cyber crime for saying this??

      Reply
      1. suzee says:
        June 21, 2014 at 9:29 pm

        तेही हो घुमिफिरी उही भन्या झैँ , हाम्रो भ्रस्ट्राचार ले जरो गाडेको देश मा , # तै चोर मै चो अनि तै चुप मै चुप भन्ने हुन् ## हुने केहि हैन , स्विस ले फ्री मा नाम सार्वजनिक गरिदिए पनि , ये टाईप गर्दा भाको गल्ति ले ९ स्विस फ्रान्क हुनुपर्ने मा धेरै सुन्य हरु थपिन पुगेको हुदा जनता ले गलत बुझेचन भनेर बक्तब्य / प्रतिबेदन आउन बेर छैन !!!

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme