Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सधैं पराजित देशः सधैं अपराजित वामदेव र वामदेवहरु

Posted on June 20, 2014 by mysansar

-शिव प्रकाश-
गम्य–अगम्य अचेतन चेतना नेपाली राजनीतिको सबैभन्दा ठूलो विडम्बना हो !

देशमा उपनिर्वाचन हुदैछ । आचारसंहिता उल्लङ्घन गरेको भनेर वामदेवलाई निर्वाचन आयोगले चेतावनी दियो । यो उल्लङ्घन वामदेवबाट भएको हैन, देशको कावा प्रधानमन्त्री तथा उपप्रधान एवं गृहमन्त्रीबाट भएको हो । अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि आरोपित छन् ।

सरकार आफैं उद्यत छ देशका देशका नीति–नियम, विधि–विधान र मूल्य–मान्यताहरुलाई तीतेपाती सम्झेर कुल्चन ।
यहाँ एउटा पुरानो सन्दर्भ जोडिन आउँछ । “महाराज ! आँखा नचम्काइबक्स्योस्, हात नलम्काइबक्स्योस्, यदि राजनीति गर्ने हो भने श्रीपेच खोलेर मैदानमा आइबस्योस् । तपाइँसँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ ।” – कमरेड मदन भण्डारी । चैत २०४७ साल । गते याद भएन ।

त्यो बोलीले स्वर्गीय मदन भण्डारीलाई चर्चित बनायो । त्यो बोलीले जीवनभर सत्यको पक्षमा बसेर त्याग र निष्ठाको राजनीति गरेका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई चुनाव हरायो । त्यो बोलीले नेपाली काँग्रेसलाई काठमाण्डौंबाट लगभर बड्यो ।
काँग्रेस हार्नु ठूलो कुरा भएन । भट्टराई हार्नुले देशलाई कति घाटा पु¥यायो त्यसको लेखाजोखा कुनै दिन होला या नहोला तर त्यो अदृष्य घाटा निकै ठूलो छ ।

वास्तवमा त्यो बोलीमात्र थिएन, त्यो हुङ्कार थियो । अथवा अर्को शब्दमा भन्नु पर्दा आक्रोशको अभिव्यक्ति थियो । पार्टीगत रुपमा त्यो हुङ्कारले एमालेलाई धरै फाइदा पु¥यायो । तर २०४६ सालको जनआन्दोलनलाई सहजतापूर्वक स्विकारेर संवैधानिक राजाका रुपमा हाँसिखुसी जनतासँग मिलेर बस्न चाहेका राज वीरेन्द्रप्रति कति अन्याय भयो ? त्यो पाटो हामी कसैले अवलोकन ग¥यौ ?
जनताले बनाएको देशको मूल कानूनले दिएको राष्ट्रको संरक्षकको स्थानमा रहेका राजाको चित्त कति दुखायो होला ? दरबारभित्र वाँधिएको राजालाई किन चुनौति दिए क. मदन भण्डरीले ? लोकप्रियताका लागि ? खोजी ग¥यौ हामी कसैले ?

सम्भवत राजसँग सबैभन्दा बढी लड्ने नेता वीपी कोइराला हुन् । तर उनले लोकप्रियताका लागि कहिल्यै आक्रोश र हुङ्कारको भाषा बोलेनन् । राजनीतिज्ञको व्यक्तित्व भनेको सत्य, निष्ठा, सहनशीलता, शालिनता र दूरदर्शिता हो । दूरदर्शितामा मदन भण्डारी चुके चुकेनन् ? तर सहनशीलता र शालिनतामा चुके जस्तो लाग्छ ।

केही दिन पछि दरावारमा राजा भेटेपछि राजालाई आर्दश मान्न थाले तर उनले सार्वजनिकरुपमा राजालाई जसरी ललकारे त्यसरी नै क्षमाप्रार्थी तथा विनयी हुन भने कहिल्यै सके जस्तो लागेन ।

ठण्डा दिमागले सोचौ, के क. मदन भण्डारीको त्यो अभिव्यक्ति अनाक्रोशपूर्ण थियो ? के कारण थियो आक्रोशको ? के कारण थियो राजलाई राजनीतिमा लल्कार्ने ? के जनताले त्यो कुरा कहिल्यै बुझ्न पाए ? सस्तो लोकप्रियताका लागि मात्र हैन भने त्यो कारणको खोजी हामीले कहिल्यै ग¥यौ ? कतै त्यो अभिव्यक्तिले सिंगो देशलाई हानी त पु¥याएन ?

एमालेका नेताहरुले नै भने– क. मदन भण्डारीको हत्या भयो । तर कसले ग¥यो कसैले भन्न चाहेन । हामीले हत्यारा चिनेका छौ, हामी सरकारमा गएको दिन हत्यारा पत्ता लगाउँछौ भनेर केपी ओलीले बोलेका शब्द नेपाल टेलिभिजनको कुनै थोत्रो टेपमा अझै होलान् । स्वर्गीय भण्डारी पत्नी विद्याको भाषा पनि उस्तै थियो । तर खै त हत्यारा ? के मदन भण्डारीको हत्या पछाडि यस्तै केही कारणहरुको झिनो सम्बन्ध रहेको हुन सक्दैन ? त्यो प्रश्नको गाँठो फुकाउने प्रयत्न ग¥यौ ?

राजा वीरेन्द्रका ठाउँमा राजा महेन्द्र वा ज्ञानेन्द्र हुन्थे भने पनि मदन भण्डारीले के त्यसरी नै चुनौति दिन्थे होलान् ? दिएको भए राज वीरेन्द्रले जस्तै महेन्द्र र ज्ञानेन्द्रले सहजतापूर्वक लिन्थे होलान् ? सेनाका परमाधिपति रहेका राजा सेना लिएर मैदानमा आएका भए परिणति के हून्थ्यो होला ? हामी गम्भीर भयौ यस्ता विषयमा ?

अहिले वामदेवले डोरी नाघे । त्यस्ता डोरी कतिले नाधेक छन् कतिले ! दिनहुँ हजारौंले नाघ्दा हुन् । धेरै कुरा नाघिसकेका वामदेवलाई पनि नाथे डोरी नाघ्नु कुन महाभारत हो र ?

तर त्यो डोरी, डोरीमात्र थिएन । ट्राफिक नियमको ठाडो उलंघन थियो । देशको उपप्रधान तथा गृहमन्त्री स्वयंले ट्राफिक नियमको ठाडो उलङ्घन गर्दा जगत चकित हुनु असमान्य भने होइन । भएको त्यही हो ।
जनता मान्छे हो । मान्छेले अनेक सोच्छ । मान्छेलाई लाग्यो– उपप्रधानमन्त्री हुदाँ वामदेवले डोरी नाघे भने प्रधानमन्त्री भए त सडकका रेलिङ् ठाडै नाघ्छन् होला !

रत्नर्पाकको डिभाइडरको त्यो डोरी नाघ्दाको त्यो अद्भूत तस्वीर हैजा फैलिए जस्तो फैलियो । छ्याप्छ्याप्ती भयो । स्याउँस्याउँती सल्बलायो पत्रपत्रिका, अनलाईन, फेसबुक र ट्विटरमा । केही दिन वामदेवमय भयो सामाजिक सञ्जाल ।

अपराध ठूलो हैन । तर त्यसलाई हेर्ने दृष्टिकोण सबैभन्दा ठूलो हो । वामदेव सर्वसाधरण हैनन् । राज्यसत्ताको महत्वपूर्ण स्थानमा अवस्थित व्यक्ति हुन् । सत्ता बागडोरमा एक जिम्मेवार दलको प्रमुख व्यक्तिको यस्तो कार्यलाई सामान्य मान्छेले ‘असामान्य हर्कत’को रुपमा हेर्छ नै ।

हुन त पटक–पटक अरुकुरा जस्तै यसपटक डोरी नाघ्दा आफू उपप्रधान तथा गृहमन्त्री हुँ भन्ने हेक्का न भएको पनि हुन सक्छ । अथवा म आफैं गृहमन्त्री, कसले रोक्ने भन्ने अहम् जागेको पनि हुन सक्छ ।

गम्य–अगम्य, कृत–अकृत, भोज्य–अभोज्यको अचेतन चेतनाको स्तरलाई आधार मानेर हेर्ने हो भने दुबै पक्षबाट यो अक्षम्य अपराध भने हैन । किनभने सबैतिर यस्तै छ । सबैले सबै ठाउँमा सबै कुरा नाघेकै छन् । तर उनी स्वयंले त्यो गल्तीलाई सहजतापूर्वक स्विकार्नुको साटो गल्ती औल्याउनेलाई नै अपराधी ठाने । त्यसले भने गृहमन्त्री वामदेवलाई अकल्पित असभ्यताको श्वास्वत प्रतीमाको मानक बनायो ।

उनको पक्ष–विपक्षमा कुरालाई जति मर्काए, फर्काए, तर्काए पनि त्यो गल्ती थियो । त्यो गल्तीपछि झन् ठूलो गल्ती भयो । अपराध शास्त्रमा अपराधीले अपराध नस्विकार्नु झन् ठूलो अपराध भए जस्तै गल्ती गरेर गल्ती नस्विकार्नुलाई पनि झन ठूलो गल्ती मानिन्छ ।
सामाजिक सञ्जाल नकारत्मकताले भरियो । नकारात्मकतालाई प्रतिनकारात्मकताले सकारात्मक बनाउन सक्दैन । तर वामदेवले त्यही प्रतिकारात्मक भुत्ते हतियार प्रयोग गरे । परिणाम– उग्रनकरात्मकता बढ्यो । भाइरस फैलिएसरी झन् फैलियो सामाजिक सञ्जालमा श्री वामदेव कृत । श्री गृहमन्त्रीको चरित्र । श्री उपप्रधानमन्त्रीको आवृत ।

सञ्चारको सञ्जालमा फैलिएको त्यो विछट्टको तस्वीरमा धेरैले धेरै ‘कमेन्ट’ लेखे । त्यसमध्ये एक राजु साहले पनि लेखे “उनको पछाडिपट्टिबाट गोली हान्नु पर्ने ।”

यस्तो लेख्नु हुदैनथ्यो । असभ्यताको उत्कर्ष हो यो । उनको अभिव्यक्ति घृणा र द्वेष फैलाउने खालको भयो । हिंसात्मक एवं आपत्तिजन अभिव्यक्ति दिएकोमा साहलाई पत्रेर कारबाही गर्ने वामउर्दी जारी भयो । राजुलाई हथ्कडी लगाइयो । रातारात काठमाण्डौं ल्याइयो ।

गल्ती गर्नेले सजाय पाउनै पर्छ । ‘बेबकुफ राजु साह, मन्त्री भन्दा पनि बेबकुफ भयो’ धेरैले लेख पनि होला । साहलाई सजाय नदिइ नछोड्ने मुडमा पुगेका वामदेवले सायद एमालेका ज्ञानीहरुबाट दीक्षा पाए– बेबकुफ भनेर माफी मगाइयो÷दिइयो । तर जे भयो, राम्रै भयो । वामप्रशासनले बुद्धि पु¥यायो ।

तर यो माफीज्ञानको पछाडि गेनालालको हार–गुहार र रोदन–क्रन्दनले महत्वूर्ण भूमिका खेल्यो । राजु साहका बाबु गेनालाल एमालेका कार्यकता पनि रहेछन् ।

मन्त्रीहरुका दिमागमा मातहतका कर्मचारी ‘कारिन्दा’ मात्र हुन् भन्ने सोच ‘क्रोनिक क्यान्सर’ जस्तो भएर बसेको छ । गृहमन्त्रीले पनि यस्तै सोच्नु स्वाभाविक हो । कारिन्दा रमेश खरेल भेट्न नआएर आहत थिए गृहमन्त्री । अर्को कारिन्दा राजु साहले यस्तो प्रतिकृया लेख्दा क्रोधाग्नी जाग्नु अस्वाभाविक पनि हैन ।

खराब काम गरेर वामदेवसँग वाक्क भएका जनताले आक्रोश र कुण्ठा पोखे । असल काम गरेर रमेश खरेलसँग वाक्क भएका वामदेवले पनि कुण्ठा र आक्रोस नै पोखे ।

“स्वाभिमान् गिर्ने भएर होला, मेरो कार्यलय र अफिस कहीँ पनि नआएको । सिंहदरबारको मन्त्रालय र ललितपुरको मन्त्री क्वाटर त्यति टाढा छैन, तर काठमाडौंको एसएसपी (अर्मूत पात्र एसएसपी रमेश खरेल) आजसम्म मलाई भेट्न आएको छैन । उसले मलाई भेट्दा स्वाभिमन गिर्छ भन्ने ठान्या होला । कुनै कार्यक्रममा समूहमा आएर सलाम गरेको भए थाह भएन ।”
वरिष्ठ प्रहरी अधिकृत रमेश खरेलले भ्रष्टाचार विरोधी एक कार्यक्रममा भ्रष्टाचार विरुद्ध बोले । प्रहरी संगठनभित्रको बढुवासँग सुड्केशहरु दौडन सक्छन् भने । खरेललाई काहवाहीको सिफारिस भो । बुझ्नु पर्ने कुरा– सिफारिस आफैंमा पनि एक कारबाही हो । तर वामदेवलाई के ?

प्रहरी संगठनभित्र पद्धति निर्माणको बाटो खोजिनु पर्छ भनेर राज्यले किन बुझ्न सकेन ? रमेश खरेलको अभिव्यक्तिभित्रका कारणहरुको कारण किन खोज्न, खोतल्न चाहने ? तर त्यो रमेश खरेल हैन एक निर्भिक सिपाही बोलेको थियो । सत्य खोतल्दै थियो ।
कानुनको रक्षक एउटा सक्षम अघिकृतलाई बिदामा बस्न वाध्य गराउनु भनेको रमेश खरेलप्रति कारबाही मात्र हैन सिंगो प्रहरी संगठनभित्रको बाँकी रहेको सौर्यशक्तिलाई ‘बधिया’ गर्नु हो । जसका लागि वामदेवहरु पोख्त मानिन्छन् ।

रमेश र राजुले मर्यादा नाघे तर न्यूनतम मर्यादामा पनि नरहेर कुर्लने गृहमन्त्री वामदेवका शब्द चैं कति शालिन, सौम्य, सभ्य र भव्य छन् ? राजु साहहरुले आक्रोशको आगो ओकलेका हन् । वामदेवलाई गोली ठोक्ने सुझाव दिने राजुको अभिव्यक्ति हिंसाजन्य छ भने रमेश खरेललाई अपमान र अकर्मण्यताको गोली ठाडै ठोक्ने वामदेवको बोली हिंसाजन्य छैन ? के वामदेवको बोलीले चैं गुलाफजलको वासना जस्तो प्रेमको महक र सद्भावको सुवास फैलिएको छ जनजनका मनमनमा ?

के लोकतन्त्रमा गालीगलौज र निर्धिणी शब्द बोल्ने स्वतान्त्रता उपप्रधान तथा गृहमन्त्री जस्तो जिम्मेवार मान्छे वामदेवहरुलाई छ ? के वामदेवहरुलाई कारबाही गर्ने कुनै कानुन छैन राज्यमा ? छैन भने ती नपुङ्शक कानुनका किताबहरु सबैभन्दा पहिल जलाउनु पर्छ ।
आचरण सम्बन्धी कारबाही एउटा पुलिसलाई र एउटा कर्मचारीलाई मात्र हुन्छ ? के मन्त्रीले आचरणको पालना गर्नु पर्दैन ? कुन जुग, कुन शताब्दी र कुन सोचमा छौ हामी ? वामदेवहरुसामू राज्यका सम्पूर्ण नियम, कानून र निकाय किन नतमस्तक छन् ? किन लज्जा बिहिन छ राज्य ? जनताको अभिमत लिएर तिनै जनतासामू राज्यले किन नग्नता प्रदर्शन गरिरहेछ ?

वामदेव वृत्ति–प्रवृत्ति हेर्दा लाग्छ कतै वामदेवले “म विरुद्ध शून्य सहनशीतला” त भनेका थिएनन् ? कतै पत्रकारले त्यसलाई बिगारेर वा सपारेर “भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता” बनाइदिएका त होइनन् ? के सबैखाले छुट सहित झूठ र आक्रोश ओकल्ने अधिकार नेता र मन्त्रीहरुलाई मात्र छ ?

यही थियो जनताले ल्याएको लोकतन्त्र ? शहीदका चिहानमा ठडिएका दरबार उखेलेर रोपेको लोकतन्त्रको विरुवामा फल्ने फल यही हो ? जवाफ देउ वामदेवहरु ?

लम्बेतान नेगेटिभ राजनीतिको ट्रयाकमा दौडने चलायमान खेलाडी हुन् वामदेव । तर यहाँ दोषी एउटा वामदेवमात्र छैनन् । यो मेसो र पेसोमा, यो पाटो र बाटोमा धेरै वामदेवहरु छन् । हरेक पार्टीभित्र छन् वामदेवहरु । राज्य संचालनका हरेक अङ्गमा छन् वामदेवहरु । हरेक संघसंगठनमा छन् वामदेवहरु । देश त्यसै थलिएको हैन । माउ विरामी भए पनि दूध खान नछोड्ने धेरै बाछा वामदेवका धेरै हातहरु देशदोहनमा सक्रिय छन् । थलिएको छ देश ।

यी वामदेवहरु अव व्यक्तिमात्र रहेनन्, नेपाली राजनीतिमा दुष्प्रवृत्तिका प्रतीक तथा विधर्म र विडम्बनाका विम्ब भै सके । राज्य दोहनका नायक तथा वेथितिका उन्नायक भै सके । वामदेवहरुका ठीक विपरित देशका सिपाही प्रहरी अधिकृत रमेश खेरेल, सत्याग्रही डाक्टर गोविन्द केसी, कर्मलाई नै भगवान ठान्ने डा. भगवान् कोइराला र निष्ठाग्रही राजनीतिज्ञ चित्रबहादुर केसी निष्ठाका प्रतीक एवं विधि र विधानका विम्ब बनेका छन् । राष्ट्रप्रति निष्ठावान यी विम्बहरु देशको माटो निधारमा दलेर बोलेका छन् ।

नेपालको राजनीतमा बामदेवहरु धेरै छन् तर चैते खडेरीमा पनि भोक–प्यास सहेर बाँच्ने देशका सिपाहीहरु खरेल, डा. कोइराला र केसीहरु कति छन् ? अनुशासनमा रहेर आत्मसम्मानको बीउँ बचाउने यी जति छन् त्यति नै हुन् ।

असारे हिलोमा तुलिगाँडा जन्मिए जस्तो वामदेवहरु देशमा दिनहुँ जन्मिरहेछन् तर विधि र विधानका यी विम्ब र प्रतीक जन्माउन समयले धेरै समय कुर्नु पर्छ । देशमा अझै वामदेवप्रवृतिको उपस्थिति यथास्थितिमा रहने हो भने लोकतन्त्र सुहाउँदो बदलावको अपेक्षा निरर्थक हुन्छ ।

सधै पराजित राज्यमा सधैं अपराजित छन् वामदेव र वामदेवहरु । किनभने मत्स्यन्यायको तराजुमा वामदेवहरुको पल्ला सधैं भारी हुन्छ । कारण खोजिरहनु पर्दैन । स्पष्ट छ– संसार खराबहरुले चलाएको छ । किनभने संसारमा खराबहरु नै बग्रेल्ती छन् ।

18 thoughts on “सधैं पराजित देशः सधैं अपराजित वामदेव र वामदेवहरु”

  1. शिव प्रकाश says:
    June 25, 2014 at 8:07 pm

    आदरणीय पाठकवर्ग
    मलाइ लाग्छ-
    यदि एउटा लेखकले एक नेताको आदर्शलाई सम्मान गर्छ भने त्यसको अर्थ उसको राजनीतिक वाद र विचारलाई मनन् गरेको हुदैन । यदि एउटा लेखकले कुनै वाद र विचारलाई मनन् गर्छ भने त्यसको अर्थ त्यो नेतालाई अादर्श मानेको हुदैन । यदि एउटा लेखकले कुनै कमलस नेताको आलोचना गर्छ भने त्यसकाे अर्थ उसको राजनीतिक वाद र विचारको अपमान गरेको हुदैन ।
    प्रतिकृया र पठनका लागि मुरीमुरी धन्यवाद ।

    Reply
  2. Pradeep K.c says:
    June 24, 2014 at 4:07 pm

    सानो छँदा हिड्न सक्दैनथें, सबैजना हिडाउन खोज्थें । अहिले आफै हिड्न सक्छु, सबैजना लडाउन खोज्छन्…हो अहिले देशमा यस्तै मानिसको सँख्या बढी छ, हिजो पनि र आज पनि यी निर्गिनीहरुकै हातमा सत्ता छ, नियम,कानून छ, पुलीस, प्रशासन अनि राज्यको सम्पूर्ण अधिकार छ तापनि किन मदन भण्डारीको मृत्युको छानविन गर्न सकिरहेको छैन ? कतै जनतालाई भेडा बनाईरहेका त छैनन् यीनीहरुले ?

    Reply
  3. Prayas says:
    June 21, 2014 at 1:05 pm

    समस्या बामदेव मा हैन समस्या हेराइमा हो. लेखक ज्यु सब्द आयो भन्दैमा एकतर्फी बिस्लेसन गर्ने नातावाद कृपावाद लै बढावा दिने तपैजस्ता लाल बुझाकड़ मा हो बामदेव लै गाली गरेर गोविन्द राज, खुम बहादुर जे पी गुप्ता अनि अनगिन्ति कंग्रेस्सका भ्रस्टचारी हरु लै लुकाउने तपैजस्ता स्वतन्त्र लेखक हरुको हो मदन भण्डारी मा खोट देख्ने तपाई का आखा लै कोटी कोटी सलाम छ. येति धेरै जान्ने मान्छे राम्रो कुरा गर्न लाग्नुस् तपाइको आखा ठिक parna लाग्नुस् नकारात्मक धेरै नखोज्नुस, मन्त्रिको चरित्र को कुरा गर्ने तपाई पैला आफ्नो धर्म र कर्म मा ध्यान दिनुस कमेन्ट गर्न लायकको हुनुस. राजनीति लाई राम्रो गर्न लाग्नुस् के के कारणले नेपाल एस्तो छ आयाम देखौनुस कृपया प्रयास त गर्नुस

    Reply
  4. suzee says:
    June 20, 2014 at 8:21 pm

    स्कुले जिबन को अन्ततिर हो , श्री मदन भण्डारी को सवयात्रा मा रंगशाला मा गएर फुल चढाउने , त्यो अबोध मानसिकता लै फर्केर हेर्दा , २ दसक पछि पनि तेही डोरी तान्ने खेलजस्तो कहिले एक जत्था ले तान्ने अर्को लड्ने कहिले अर्को ले बिचमै छोडिदिने सबै बुङ्गै पछारिने , क्रमिक रुप मा —हस्याङ्ग-फस्याग धेरै तर हात मा लग्यो सुन्य को ताल छ ,

    भर्खरै प्रजातन्त्र आउदा मानिस को गुण अवगुण नहेरी सिधान्त को पछि लागिन्थ्यो , अहिले चै व्यक्ति लै हेरिन्छा , सपोर्ट गरिन्छ , येसलाई राजनीति भन्न चाहदिन म , यो एक किसिम को नौलो प्रयोग हो नेपाली कथित #राजनीतिक-इतिहास मा #,
    लेखक जी ले भनेको जस्तो ## जुन जोगी आए कि कानै चिरेका हुन् ##

    Reply
  5. umesh chaulagain says:
    June 20, 2014 at 5:21 pm

    शिव प्रकाश जीका लेखहरु म आंखामा आएसम्मका पढ्ने गर्छु । प्रष्ट र चोटीला शव्दहरुले उहांका लेखहरु भरिएका हुन्छन । समाजलाई लेख मार्फत सन्देश दिने उहांको चाहना उजागर भएको हुन्छ । उहांको लेखनीलाई धन्यवाद दिनै पर्छ । तर उहांका लेखमा प्रयुक्त भाव र भाषालाई हेर्दा उहां पनि आग्रह र पुर्वाग्रह भन्दा माथी देखिनु हुन्न । सधै पराजित देश र सधै अपराजित बामदेवहरु, शिर्षक, भाव दुवैमा यी कुराहरु छन । नकारात्मक प्रवृतीले सकारात्मक विकास हुन सक्दैन । सकारात्मक विकासको लागि नकारात्मकता त्याग्नै पर्दछ । विग्रिएको समाजलाई सुधार्न समग्र विकृती माथी प्रहार गर्ने हो । यो श्रृखलावद्ध हुनुपर्छ तर एउटै पक्ष र ब्यक्ति केन्द्रित प्रहारले तपाईको सोच, व्यवहार र आर्दशको खिल्ली पनि उढाईरहेको हुन्छ । आर्दश सिकाउन सजिलो र अपनाउन कठिन हुन्छ ।
    अहिले चरित्रकै रुपमा आत्म र आफ्ना केन्द्रित आशययुक्त क्रियाकलाप सिंगो समाजको चरित्रको रुपमा विकास हुदैछ । आफुले अघि सारेको चरित्रलाई भगवानका रुपमा प्रस्तुत गरिदिने । र मन नपर्ने पात्रहरको दानवीकरण गर्न खोज्ने । कुनै चरित्र, व्यक्तित्वको सकारात्मक र नकारात्मक पाटो नहेर्ने , आफुलाई सकारात्मक पक्ष मन परे पनि नकारात्मक पक्ष मन परे पनि गोयवल्स सैली पछ्याउनुले समाजलाई न्याय गर्दैन । देश पराजित र वामदेवहरु अपराजित भएको चिन्ताको सकारात्मक समाधान भनेको बामदेवहरुको उर्जालाईपनि देश विजयी बनाउन लगाउनु हो । लोकतन्त्रमा दुई ठाउंवाट चुनाव जितेर आएको नेतालाई पुराका पुरा दानवीकरण गर्न खोज्नुले उसको राजनितीक करियमा कति प्रभाव पर्छ भविष्यले बताउला । तर मिडीयाले ठुला साना सवै खाले विषयहरुमा पनि हंगामा गर्न खोज्ने प्रबृती मिडीयाकै विश्वसनीयताको लागि खतरा हो । त्यसैमा आधारित भएर आउने सतही लेखनले पनि देशलाई अपराजित बन्न बाट रोक्न सक्दैन । स्वस्थ आलोचना सवैले स्विकार्नुपर्छ तर घटनाको सतही र ईतिहासको अपुर्ण र कोरा अनुमान आजको दुनियामा अस्विकार्य छ । पित्तल र सुन रंगमा समान भएपनि त्यसको मूल्य, निहीत गुण , वजन र रोजाईमा अतुलनीय फरक छ ।
    प्रसंगवस मदन भण्डारीको सन्दर्भ उल्लेख गर्नु भएको छ । केही विषयवस्तु वारे वोल्नु अघि त्यसको समग्र घटना क्रमलाई बुझ्नु सान्र्दभीक हुन्छ । मदन भण्डारीको त्यो भाषण ४७ सालको त्यो संक्रमणकालिन समयमा आएको थियो जतिवेला सेनाका जर्नेलहरु नयां संविधानलाई प्रभावित पार्ने गरि गतिविधी गरिरहेका थिए । स्वभावतः त्यो समयका भारदार, जर्नेल र राजालाई दुरीमा राखेर नयां संविधान लागु गर्न सरकारलाई कति राजनितीक बल दियो होला त्यो भाषणले अनुमान गर्नुस शिव प्रकास जी । मदन भण्डारी नेपाली राजनितीमा चमत्कारीक नेतृत्वको एउटा उदाहरण हुन । विमती जनाउनेहरु हुन सक्छन, नमान्नेहरु हुन सक्छन तर यो सत्यका रुपमा धेरैको मनमा स्थापीत भएको तथ्य हो । ।

    Reply
  6. Bhawana says:
    June 20, 2014 at 4:35 pm

    “एमालेका नेताहरुले नै भने– क. मदन भण्डारीको हत्या भयो । तर कसले ग¥यो कसैले भन्न चाहेन । हामीले हत्यारा चिनेका छौ, हामी सरकारमा गएको दिन हत्यारा पत्ता लगाउँछौ भनेर केपी ओलीले बोलेका शब्द नेपाल टेलिभिजनको कुनै थोत्रो टेपमा अझै होलान् । स्वर्गीय भण्डारी पत्नी विद्याको भाषा पनि उस्तै थियो । तर खै त हत्यारा ? ”

    कोको कतीचोटी मन्त्री भए भनिरहनु पर्दैन, एमालेज्यू हरूलाइ । तर खै त हत्यारा?

    Reply
  7. bibek dhakal says:
    June 20, 2014 at 1:18 pm

    समग्रमा ठिकै छ — मदन भण्डारीको प्रसङ्ग चाही अनावस्यक लाग्यो| बिरेन्द्रको ठाउमा ज्ञानेन्द्र वा महेन्द्र वा पृथ्वी नारायण शाह भएको भए के हुन्थ्यो भन्ने कुराले मदन भण्डारीको हाइट घट्दैन| एमालेमा अहिलेसम्म दुइ जना मात्र सच्चा नेता हुन लायकका जन्मेका छन – १) मदन भण्डारी र २) मनमोहन अधिकारि| अहिलेको ति दुइ नेता बिनाको एमालेलाइ त म राजनैतिक दल नै मान्दिन — यो त अवसरवादी नेता र कार्यकर्ता , गुण्डा/भरौटे र ठग व्यापारीहरुको संगठित झुण्ड हो|

    Reply
  8. himali thaila says:
    June 20, 2014 at 12:42 pm

    हिजो सत्य कुरा बोल्दा गर्दा पंचायेती ससक हरु ले यो र त्यो बहाना मा कानुन को उल्लंघन गर्यो भेनेर सर्भसाधारण जनता लाई दमन गरिन्थ्यो र त्यसको बिरुद्ध मा जनता लाई सडक मा उतारेका यिनै नेता हरु हुन् ! त्यो अथाह जनसक्ति ले पन्चे र तिनका नाइके राजा लाई पाखा लगाएरै छाडे अहिले आएर पन्चे को ठाउमा यी नेता हरु पुगेका छन् बामदेव जी ट्राफिक नियम को प्र्तिनिधित्तो गरेको डोरी नाघेर ट्राफिक नियमको उल्लंघन गरेर नेपाल को नियम कानुन को दज्जी उडाउनु भएको त सत्य नै हो. मैले देखे बुझेको अनन्य देस का उहाँ जस्तै जिम्मेवार ओहोदा मा बसेका ब्यक्ती भाएको भाए कित पद बाट राजिनामा दिनेथिये यात सार्बजनिक मेडिया मार्फत जनता सम्च्छ्य माफ मगीसक्थिये! तर बामदेव जी बाट बिडम्बना बस यो दुइटइ आउन सकेन! अहिले त उनिहरु जस्ता नियम नाघ्ने हरु ले छडीक को लागि त जितलान तर दिर्घकालिन जित भने अबस्य पाउने छैनन! एकदिन जनता ल़े मानसम्मान पाउने छन् जनता को नियम कानुन ल़े जित्ने छ बामदेब जी जस्ता हर्ने छन् ! जनता ल़े जित्ने छन्!

    Reply
  9. लोर्के says:
    June 20, 2014 at 11:41 am

    यो नेता हरु लाइ नेपालि प्रति बिस्वास नै छैन / माने नेपालि औसधि उपचार मा / तर भोट प्रति चै सय प्रतिशत बिस्वास छ / बामे , शुशिल झल्लु , कमले, खाओबादी लाइ नत्र किन जिताउने? एक पल्ट पो लौ गल्ति भयो जिताइयेछ भन्नु / सधै तिनै लाइ जिताउने अनि पछि कोकोहोलो मच्चाउने ? नीम रोपेर तुलसी फलेको देख्नु अनि सुन्नु भाछ ? आफै जिताउने अनि आफै एसले येसो गर्यो उसो गर्यो भन्ने ? बड जान्ने हुनु पर्ने हामि लाइ /
    खै त बामे ले येसो गर्यो भनेर नेपाल बन्द गरेको ? शुशिल ले विदेश मा औसधि गर्न गएर देश को पैसा सक्यो भनेर मसाल जुलुस निकालेको ? चाहिने काम मा आन्दोलन गर्नु छैन नेता को पछि लाग्यो उनले जे भन्यो तेही गर्यो / रातो लाइ कालो भन्यो गुहु लाइ गोबर भन्यो अनि देश बन्छ ? त्रि चन्द्र अगाडि ढुंगा हान्ने टाइम मा हलो जोत , जुलुस निकाल्ने बेलामा बिऊ छर , नेताको आमसभा मा जाने टाइम मा गोडमेल गर अनि घर बन्छ अनि देश / नत्र जति रोइकराइ गरे नि तेस्तै हो /

    लोर्के

    Reply
  10. BISHNU says:
    June 20, 2014 at 9:53 am

    जस्ले जस्तो आाखाले हेर्छ त्यस्तै देख्छ बामदेवले डोरी नाघेको कुरा सबैले नराम्रो नै देखोका हुन यसमा उनलाई कार्वाही हुनु पर्छ । समेश खरेल भन्ने एउटा पुलिस अफिसर हो र सार्वजानीक कार्यक्रममा सत्य नै बोल्दा उनले पुलिस अफिसरका हैसियतले बर्दि लागएर बोलेको हुन उनलाई बामदेवले हैन प्रहरी भित्रको कार्यसंचालन गर्न बनाएको ऐन नियमले कार्वाही गर्नु पर्छ । त्यस्तो अवैध लेनदेन घुस रोकि कानुनको पालना गराउने कर्तव्य कस्को ? काठमाडौंको प्रहरी प्रमुख को ? प्रश्न उठाउन जनताले कि सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरीले ? जहाँ सम्म मदन भण्डारीको कुरा गर्नु भयो लेखक ज्यू मदन भणरी संग तुलना गर्न मिल्ने नेता आज सम्म नेपालमा जन्मेकै छैन । बिरेन्द्र, ज्ञानेन्द्र वा कुनै फलानु कस्को लागि राजा भएका हुन ? के क्षमाता भएर राजा भएका हुन? के जनमत छ उनिहरु संग ? त्यसैले क. मदनले भनेको कुरा सही हो ।

    Reply
    1. ramesh says:
      June 20, 2014 at 12:51 pm

      शिव जी
      मदन भण्डारी ले सम्य र भलादमी राजा लाइ चुनौती दिएका होइनन, जन आन्दोलन बात उपलब्ध अधिकार कटौती गर्न खोज्ने राजा लाइ चुनौती दिएका हुन्. तेती बेला दरबार ले आफै संबिधान निर्माण टोलि बनाएर झेल गर्न खोजेको थियो, अझ कृष्ण प्रसाद भट्टराइ कै भाषा मा भन्ने हो भने “सेनापति सचित शमशेर को नेतृत्व मा सेना का १३ जना जर्नेल आएर राजा को अधिकार कटौती नगर्न धम्क्याएका थिए” हो ति राजा लाइ हो मदन भण्डारी को चुनौती. कुनै पनि कुरा आधा गर्दा अनर्थ हुन् जान्छ. मदन भण्डारी को भनाइ” येदि राजा ले संबैधानिक भएर नबस्ने हो, जनता को अधिकार माथि गिद्दे नजर राख्ने हो र राजनीति गर्ने हो भने शिरपेच उतारेर मैदान मा आइबक्सिएयोस,……………………………भन्ने थियो. तेसकारण आफु लाइ अनुकुल शब्द मात्र टपक्क टिपेर दिग्भ्रमित पार्नु बामदेव शैली त होइन नै , के यो गोएबल्स शैली होइन?

      Reply
  11. कमल नेपाल says:
    June 20, 2014 at 9:17 am

    के गर्नु त….हामी नेपाली हरु पनि यस्तै छौ क्या….यस्ता बानदेबहरुलाई चुनाबमा जिताएर देशको हर्ताकर्ता बनाउछौ…अनि कस्तो आशा गर्न सकिन्छ त ? नेता भनेको समाजले बनाउने चिज पनि हो…अनि हामी कस्तो कस्तो मान्छेलाई चुनाबमा जिताउछौ…वास्तवमा नेताको यस्मा कुनै गल्ती छैन, किनकी उनीहरुले त आफ्नो आौकात अनुसार काम गरेकै छन नि…होइन र ? बरु हामीले चाहि आफ्नो अौकात अनुसारको काम गरनौ कि ? के सधै यिनै भ्रष्ट, नालायक र डनहरुलाई मात्र चुनाबमा जिताउने औकात हो त हामी नेपाली जनताको ?????????????????????

    Reply
  12. krishna says:
    June 20, 2014 at 9:02 am

    वामदेव वामदेव र वामदेव ………याे प्रवृति हाेइन, याे अाचरण हाे । शिवप्रकाशकाे याे लेख राेचक र बुझ्नेका लागि घाेचक पनि छ । मन्त्री हुनासाथ म सुध्रन्छु भन्ने वामदेवकाे याे प्रवृतिले देशलाइ कुन भड्रखालाेमा जाक्ने हाे थाहा छैन । उनी सुधिएनन् । अाखिर नानी देखि लागेकाे बानी न हाे । यस्ताे गम्भीर विषयमा प्रम र नेका किन चुप छ ???? एमालेले उनलाइ फिर्ता बाेलाउनु सबैकाे भलाे हाेइन र ?????????? उप प्रम यति धेरै बदनाम हुनु राज्यका लागि ज्यादै दुखद कुरा हाे । अहिलेकाे सन्दर्भमा उनकाे लेख ज्यादै सान्दभिर्क छ ।

    Reply
  13. बशन्त राज says:
    June 20, 2014 at 8:50 am

    मदन भण्डारीले तेती मात्रै बोलेका होईनन/ द्रब्य शाह दौडेर राजा भए उनी राजा भय पछि उनका सन्तान कसरी सोत राजा भय / यदि दौडेर नै राजा हुने भय त्यो बेलाका सार्क रास्ट्र स्वोर्ण पदक बीजेता बैकुण्ठ मानन्धर संग दौडेर जित्न अनि राजा बन्न बिरेन्द्रलाई चुनौती दीयाका थिय / त्यो चुनौतिनै मदन भण्डारीको गाडी दुर्घटना पर्नुको प्रमुख कारण थियो भन्ने हामिलाई लागिराछ /

    Reply
  14. लौटन अवधि says:
    June 20, 2014 at 8:38 am

    साथि देश ले जित्न जनता हुनु पर्यो नि ! सबका सब पार्टी र नेता का दास हरु ले देश भरियेपक्षि येस्तै हो !

    झटारो :

    जनता( जनता त् को छ र नेपाल मा पार्टी र नेता का दास) को विचार मा आगामी बजेट एस्तो हुनु पर्छ !!

    होइन भने हामि जनता – म समेत को (जनता त् को छ र नेपाल मा पार्टी र नेता का दास) हरु ले टायर बालेर – ढुंगा हानेर – आगो लाएर – देश बंध गरेर – जिउदै जलाएर – मट्टीतेल छर्केर आन्दोलन चलाउने विचार मा छोउ !!

    १.राष्ट्रपति ज्यु को जुगा मुन्तिर कालो दाग आएको छ ! जसका लागि १८० लाख रुपैया बिनियोजन गरिनु पर्दछ !

    २ .केपी ओली लाइ बर्सेनि ४० करोढ़ उपचार खर्च !!

    ३. प्रचण्ड ज्यु को खान पिन – ओहर दोहर – अगुवा पक्षुवा को लागि बार्षिक कम्ति मा २० करोढ खर्च बिनियोजन गरियोस !!

    ४. प्रधानमन्त्रि को छाती मा दाग देखिएको कारण कम्ति मा ५० करोढ़ बजेट बिनियोजन गरिनु पर्छ !

    ५. बामदेव जी ले रत्नपार्क मा हाछ्यु गर्नु भएको थियो ! त्यसै ले उहा को उपचार खर्च को बिनियोजन गर्न अवस्यक देखिएको ले १० – २० करोढ़ बामदेभ ज्यु को भैपरी आउने सिर्सक मा बजेट बिनियोजन गरियोस ! धेरै काम गरेर(एउटा खुट्टा उचालेर) रगत पनि उम्लेको रिपोर्ट डाक्टरी परिक्षन बाट आयेपक्षि अनिबार्य ६०-७० करोढ़ को बजेट बिनियोजन गरियोस !

    ६. माओबादी का नेता बैध्य ज्यु बोल्दा ख्यास ख्यास गर्ने हुना ले घाटी को समस्या उत्पन्न भएको ठहर गरि कुनै पश्चिमा देश मा उपचार का लागि पठाउने गरि कम्ति मा १५ करोढ़ को बजेट मा ब्यबस्था गरियोस !

    ७. माधब कुमार नेपाल लाइ हनहनी ज्वरो आउने समस्या देखिएकोले कुनै महँगो भारतीय या चिनिया अस्पताल मा भर्ना भै उपचार गर्नुपर्ने हुनसक्ने हुनाले “माधब कुमार नेपाल प्रोभिजनल उपचार कोष” को गठन गरि कम्ति मा २०-२२ करोढ़ को ब्यबथा बजेट मा तुरुन्त गरियोस !

    ८. बाबुराम जी लाइ बेला बेला मा मठ मन्दिर – तिर्थ ब्रत गर्नुपर्ने देखिएको हुदा कम्तिमा परिवार सहित भ्रमण को व्यवस्था को लागि २० करोढ़ को ब्यबस्था गरियोस !

    ९. झलनाथ खनाल ज्यु को पारिवारिक सम्पत्ति मा अंसबण्डा बिबाद देखिएको हुदा सो को ब्यबस्थापन को लागि कम्ति मा १० करोढ़ को बिनियोजन गरियोस !

    १०. एमाओबादी नेता नारन काजि को भुडी ठुलो भएको हुदा – बाबा रामदेव को मा गएर योगा सिकेर भुडी घटाउन को लागि कम्ति मा ५ करोढ़ बजेट को बिनियोजन गरियोस !

    ११. कमरेड हिसिला ज्यु को अघिल्तिर को कपाल फुलेर – व्यक्तित्व मा पर्न गएको घाटा को अवस्था हेरी पुन कालो बनाउने बैकल्पिक ब्यबस्था सहित कम्ति मा ५ करोढ़ को बजेट बिनियोजन गरियोस !

    १२. गाइ पत्रिका नेता कमल थापा ज्यु आजकाल भासन गर्दा धेरै ओउला ठड्याउने गर्नु भएको ले क्रमस ओउला को आकृति बांगो हुदै गएकाले भबिस्य मा आइपर्ने समस्या लाइ हृदयंगम गरि कम्ति मा १० करोढ़ को बजेट बिनियोजन गरियोस !

    १३. हरेक पार्टी का आउरे बाउरे – चिलाउने – कनाउने हरु लाइ प्रतिव्यक्ति ३ लाख को दर ले प्रतेक जिल्ला का कम्ति मा जिल्ला कमिटिका २५ जना व्यक्ति हरु लाइ स्वास्थ्य उपचार – कम्ति मा ४ ठुला राजनैतिक दल र अन्य समेत समाबेस हुने गरि ८५० करोढ़ बजेट बिनियोजन गरियोस !

    १४. ६०१ सभासद लाइ सुत्केरी को दबाई सहित कम्ति मा युरोप भ्रमण र उपचार खर्च को लागि ७२१ करोढ़ को बजेट बिनियोजन गरियोस !

    १५. खाइ पाई आएको अन्य सिर्सक सभासद हरु लाइ बाडीसकेपक्षि अन्त्यमा बचेको रकम दामासाही ले हरेक पार्टी लाइ पार्टी खर्च को लागि दिने ब्यबस्था गरियोस !

    यति भयेपक्षि नया नेपाल नेता ले भने झैँ अवस्य बन्ने छ !! दास हरु को कल्याण हुने छ !

    Reply
    1. Karbir "Abadhi" says:
      June 20, 2014 at 9:45 am

      बहुत सटिक लौटन भैया ! यी ससुरनलोग के कारन आज देशके यी हाल होइगवा | जबतक अईसेलोग नेपालके राजनीतिमें रहियें तबतक देशमा कुछो ना होई | यिनेलोगके हुक्का पानी बन्द कैके न तो यिनके बहन-बेटीसे शादी करो न तो अपने बहन-बिटिया इनका देव | और इनलोगका भरि चौराहेमें जुता खोलके मोजासे मारो | तभै कुछ हो पाई ! जय माँ बागेश्वरी |

      Reply
    2. suzee says:
      June 20, 2014 at 8:26 pm

      दमदार को तर्क , लेख्न अल्छि नगरी तेती लामो कमेन्ट लेखेको देखेर मा अहोभागी भए हो , लौतन जी !!!!
      कुरो त १०० आना ठ्याकै छ हो , लु राम्रो लाग्यो

      Reply
  15. Shankar says:
    June 20, 2014 at 8:03 am

    देश मा सुन्य भ्रस्टाचार , विधिको सासन सब को चाहना हो | के आजका राजनतिक पार्टीहरुले त्यो दिन सक्छन ? सक्छन भने त्यो कुन पार्टी हो र थ्यो कुनचाई नेता हो ? जानी राखौ न त् ?

    यदि छैनन् भने हाम्रो यो चाहना मुन्गेरिलाल को सपना जस्तो भएँन ?
    नेपाल र इन्डिया को पार्टी कसरि चल्छन ?( लेबी त् देखाउने दात मात्र हो )
    ब्यपारी हरु चौधरी , खेतान , गोल्छा , अम्बानी , टाटा आदि बाट मोटो रकम चन्दा लिएर , गुण्डा र डन हरु पालेर | व्यापारीले किन हेल्प गर्छ ? गुण्डा किन पछि लाग्छन ?

    भनेपछि इन्डियामा मोदी आएर दिपाबली गर्ने , नेपाल मा विधिको सासन सपना देख्ने , रुम्जा टार को बाटो हिडेर स्युचाटार पुग्ने चाहना हैन ?
    हुनु के पर्थ्यो ?
    सुसिल ले आफ्नो सब सहयोगीलाई भन्न सक्नुपर्थ्यो अब पार्टी भन्ने हैन देश ? सुन्य भ्रास्ताचार र अपराध र भ्रास्ताचार मा जिरो टोलारेंस?

    तर उनी जम्बो टोलि बोकेर चिन भ्रमण मा गए , उपचार को लागि अमेरिका नै रोज्छन
    नेपालि कांग्रेस मा ज्युदो सज्जन व्यक्ति भनेर चिनिने ले के पार्टी माथि उठेर कार्य गर्न सक्छन ?
    अब बामदेब सचियेनन , चरिदादा ले हरिकिर्तन सुनेनन् , गणेश लामा ले सत्संग गरेनन भनेर के हुन्छ सिबप्रकाश जी ? सबै नेपालि लाइ थाह छ देश मा भद्र गोलछ, सब को चाहना छ देश विधिमा जावोस तर एस्तो मा सांसद हाक्का हाक्की १० करोड को डर ले सरकारी कोस लिने तयारि गर्दैछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme