Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्यानलाई Pain दिँदै ‘इस् Pain’ पहिलो चरणबाटै आउट

Posted on June 19, 2014June 19, 2014 by Salokya

spain
सन् २००८ को युरो कप, २०१० को विश्वकप अनि २०१२ को युरो कप विजेता : फुटबल जगत्‌मा ६ वर्षदेखिको एक छत्र राज गर्दै आएको डिफेन्डिङ च्याम्पियन स्पेन पहिलो चरणबाटै लज्जास्पद रुपमा बाहिरिन बाध्य भएको छ। समूह चरणका दुई खेलमा पराजय भोगेपछि बाँकी एक खेल नखेल्दै स्पेन अर्को चरण नपुग्दै घर फर्कने निश्चित भएको हो। पहिलो खेल सन् २०१० को विश्वकप फाइनलको रिम्याच भनिएको थियो, जसमा स्पेनले नेदरल्यान्ड्सलाई ० का विरुद्ध १ गोलले पराजित गरेर कप उचालेको थियो। तर यस पटक नेदरल्यान्ड्सले त्यो चार वर्षको चार गोलसहित ब्याजमा एक गोलसमेत थपेर पाँच गोल खुवाइदियो। स्पेन एक गोलमै सीमित रह्यो। पहिलो खेलमा लज्जास्पद हारपछि आज बिहान चिलीसँगको दोस्रो खेल जित्नै पर्ने थियो स्पेनलाई। तर यो खेलमा पनि ० का विरुद्ध २ गोलले पराजित भएपछि स्पेनको जहाज डुब्यो।

ब्लगमा यस्तो व्यङ्ग्य देखियो स्पेन पहिलो चरणबाटै बाहिरिएपछि
ब्लगमा यस्तो व्यङ्ग्य देखियो स्पेन पहिलो चरणबाटै बाहिरिएपछि

त्यस्तै स्पेनी पत्रिका मार्काले आफ्नो पहिलो पेजमा शीर्षक राख्यो- समाप्त
Marca
सिम्बोलिक छ यो फोटो। फोटोमा जुन खेलाडी देखिएका छन् उनी हुन् इनियस्टा। उनैको विजयी गोलले चार वर्षअघि जोहानसवर्गमा स्पेनले विश्वकप उचालेको थियो। इनियस्टाको जोश यस्तो थियो त्यतिबेला-
iniesta

तर अहिले यस्तो-
spain1

समूहकै अर्को प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सले अस्ट्रेलियालाई ३-२ ले हराएपछि नकआउट चरणमा नेदरल्यान्डस् र चिली जाने भएको छ। समूहको अङ्क तालिकामा अहिले सम्राट स्पेनको चपरीमुनि बास भएको छ।
spain2

हुन पनि मानव जीवनमा यस्तै हुन्छ। सँधै खुसी खुसी मात्र कहाँ हुन्छ। सुख पछि दुःख र दुःखपछि सुखको चक्र चली नै रहन्छ।

स्पेनी समर्थक र खेलाडीहरुलाई यो गीत सुनाउन पाए हुन्थ्यो

No como para pensar en la vida
Recordado como no vida
Al igual claridad en cuanto a
Visto como no vida

No lágrimas … lágrimas de la vida
No vida feliz
¿Quién está hablando al mismo
Eligió como no vida

El agua de la vida
Tomar la vida del sol
Elija otra es
De mucha demanda, no la vida…

हुनत गुगलबाट ट्रान्सलेट गरेकोले गल्तीहरु टन्नै होला। खासमा तारादेवीको यो गीतको स्पेनी अनुवाद हो माथिको-
सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन

आँसु आँसु हुन्न जीवन
खुशी खुशी हुन्न जीवन
भेट्यो जसले उस्तै हुन्छ
रोजे जस्तो हुन्न जीवन

पानी पर्नु पनि जीवन
घाम लाग्नु पनि जीवन
एउटा रोज्यो अर्कै हुन्छ
खोजे जस्तो हुन्न जीवन

15 thoughts on “फ्यानलाई Pain दिँदै ‘इस् Pain’ पहिलो चरणबाटै आउट”

  1. sushen says:
    June 20, 2014 at 9:25 am

    स्पेन को हबिगत हेरी एउटा कविता याद आयो …..

    रुन मन लग्यो आज,करौउन मन लग्यो
    फेरी बिस्व बिजेता बन्ने भूत पहिलो चरण बाट नै भाग्यो

    Reply
  2. sujan maharjan says:
    June 20, 2014 at 8:16 am

    यो पनि मिल्छ होला :

    उडायो सपना सबै हुरी ले -२

    एसको स्पानिश उल्था हुन्छ :

    Todos los sueños voló con los vientos.

    Reply
  3. sujan maharjan says:
    June 20, 2014 at 8:01 am

    यो पनि मिल्छ होला स्पानिशहरुलाई :

    के सोचे मैले
    के भयो अहिले
    कसम हाम्रो बिलाई गयो
    न लैजाऊ टाढा मा –२

    को स्पानिश उल्था :

    que yo he pensado
    que ha pasado ahorra
    nosotros pensamiento desaparece
    no le aggaras lejos — 2

    Reply
  4. paul says:
    June 20, 2014 at 4:43 am

    जीवन सोच्न छैन
    जीवन रूपमा सम्झना
    सन्दर्भमा स्पष्टता हैसियतमा
    फेरि नेपाली मा अनुबाद

    जीवन अन्तरकलह

    जीवनको कुनै आँसु … आँसु
    कुनै सुखी जीवन
    एउटै मा कुरा गर्नुपर्छ कसले
    उहाँले जीवन छानेका

    जीवनको पानी
    सूर्य को जीवन लिनुहोस्
    अर्को छ छान्नुहोस्
    खोजे, होइन जीवन

    Reply
  5. Shankar says:
    June 20, 2014 at 2:11 am

    सधै सिखर मा बसिरहन को सक्छ ?त्यो पनि माउन्ट येव्रेस्ट जस्तो ?

    डिएगो म्याराडोना खेल जिबन भर चर्चित रहे बिभिन्न प्रोपोगेंडा गरेर , जस्टिन बिभर चर्चा मा रहन्छ रक्सि ले मातेर , जता ततै खुलेआम मुतेर, बलिवुड़े हिरोइन चर्चामा रहन्छन नया नया ब्वाइफ़्रेन्द सग सुतेर |
    हृसी धमला चर्चा मा आए , टेलिभिजन मा अनुहार पोतेर ,
    आदि
    त् कता रह्यो खेल कुद ,गायन ,अभिनय र पत्रकारिता ?

    Reply
  6. Rohini says:
    June 20, 2014 at 1:44 am

    No worry. Both misery and happiness in this material world is temporary.

    Reply
  7. kushal says:
    June 19, 2014 at 6:24 pm

    ब्लग को title ले चाही सारै हसायो l

    Reply
  8. bibek dhakal says:
    June 19, 2014 at 3:43 pm

    २००२ को वर्ल्ड कपमा कोरिया ले क्वाटर फाइनलमा धुलो चतौंदा भन्दा बढी खुसि लागेको छ ! : D मन नपर्ने र ओभरहाइप्द टिमले हार्दा सारै मजा आउँदो रैछ| अर्जेन्टिना, ब्राजिल र जर्मनी को पनि यहि गति भए मजा आउथ्यो !

    Reply
    1. RajMa says:
      June 21, 2014 at 8:34 am

      You sir have no single clue what football is. It’s just a game, win or loss is part of the game. Take it easy!! But, to label historically the most successful team as OVERHYPED should have to do with your scanty footballing knowledge. No other team has won 3 major trophies in row. Look at Spain 2008-2010 and Barcelona 2007-2010 ( 7 out of 11 Spain starter) how beautifully they played. Thank you Spain for giving us one of the best brand of football !!

      Reply
  9. LAX from JAPAN says:
    June 19, 2014 at 1:19 pm

    बार्सिलोना र रियल मेड्रिड मा पुरै टिम डिभाइड हुनु नैमेरो बिचारमा हारको मुख्य कारण हो जस्तो लाग्छ।

    Reply
  10. kedar says:
    June 19, 2014 at 12:30 pm

    डुबायो डुबायो, टिकी टाका स्टाइलले औंसीको रातनै घोप्ट्याएर गयो

    Reply
  11. राम चन्द्र says:
    June 19, 2014 at 11:22 am

    नो पेन नो गेन आउट भयो स्पेन

    Reply
  12. Hikmat Bishowkarma says:
    June 19, 2014 at 9:52 am

    It is easy to climb mountain than stay long. So it’s not strange. It’s is natural. France in 2010 and Italy in2010 also knocked out from group stage. This is the beauty of football. Results always comes beyond expert prediction. This is the rule of game also. 2nd thing is one style can’t survive forever . Moreover Spanish players have lack of hunger ness of winning. So that Spain knocked out early.

    Reply
  13. Bindu says:
    June 19, 2014 at 9:23 am

    अस्तिनै हाम्रा क्रिकेट खेलाडीले जित्दा केही दिन भए पनि नेपाली युवाहरु निकै रमाएका
    थिए , देशभर खुशी छाएको थियो ———-

    बिचरा .
    आर्थिक रुपले कम्जोर हुदै गईरहेको स्पेन – स्पेनिश नागरिकहरु केही बेर भुल्थे होलान् खुशीमा यदि खेल जितेको भए —–

    Reply
  14. Sital Ram says:
    June 19, 2014 at 8:58 am

    Spanish version back to English चै एस्तो हुदो रैछ :

    Not to think about life
    Remembered as life
    As clarity regarding
    Seen as life

    No tears … tears of life
    No happy life
    Who’s talking at the same
    He chose as life

    The water of life
    Take the life of the sun
    Choose another is
    Sought, not life …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme