Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के दौरासुरुवाल लगाएर आउलान् त मोदी नेपालमा?

Posted on June 18, 2014 by mysansar

modi_daura
भारतको इन्डिया टुडेले उनीहरुका प्रधानमन्त्री नरेन्द्र मोदीको गोप्य फोटो एल्बम भन्दै नेपाल भ्रमणमा आउँदा लगाउने यो दौरासुरुवालको फोटो राखेको छ। के साँच्चै यस्तै पहिरनमा उनले नेपाल भ्रमण गर्लान् त ?

‘अबकी बार, मोदी सरकार’ भारतका मतदाता नभए पनि भारतीय टेलिभिजन च्‍यानलमा अभ्यस्त नेपालीहरुले बारम्बार सुनेको/हेरेको विज्ञापनको नारा हो यो। उनै मोदी चुनाव जितेर अहिले त्यहाँका प्रधानमन्त्री छन्। सार्क शिखर सम्मेलन अघि नै उनी नेपाल भ्रमणमा पनि आउँदैछन्। चुनाव प्रचार ताका जुन राज्यमा गयो, त्यही राज्यको पहिरनमा देखा पर्ने मोदीले के विदेश जाँदा पनि त्यस्तै गर्लान् भन्दै ‘इन्डिया टुडे’ ले यो रमाइलो फोटो फिचर छापेको हो।

हेर्नुस् चीनमा जाँदा के हुनेछ-
china

अफगानिस्तान जाँदा के हुनेछ-
afghanistan

भुटान जाँदा के हुनेछ-
bhutan

बाँकी देशका फोटो हेर्नुस्

नेपाल आउँदा दौरा सुरुवाल लगाए पनि नलगाए पनि नेपालको संसद्‍मा सम्बोधन गर्दा भने मोदीले हिन्दी भाषा बोल्ने पक्कापक्की छ। भुटानमा त बोले भने नेपालमा त नेपाली सां‌सद्हरु नै हिन्दी बोल्छन्, उनलाई झन् सजिलो ! भुटानको संसद्‍मा जिब्रो चिप्लेर भुटानलाई नेपाल भने जस्तो नेपाललाई अर्थोकै केही चाहिँ नभनिदिए हुन्थ्यो।

20 thoughts on “के दौरासुरुवाल लगाएर आउलान् त मोदी नेपालमा?”

  1. Lochan Gautam (Qatar) says:
    June 19, 2014 at 2:23 pm

    गधा लाई धोई पखाली गर्दैमा गाई हुदैन ……… जबसम्म नेपाली नेताहरु बिदेसी सग पुछार हल्लाउन छोड्दैनन जबसम्म मोदी दौरा सुरुवाल त के नांगै आए पनी केइ हुनेवाला छैन

    Reply
  2. pratik says:
    June 19, 2014 at 10:53 am

    येता मोदीको नेपाली पोशाक, अनि उता तेरिया मगरको भारतीय कार्यक्रममा सहभागिता, भोट मग्न zee tv बोकेर नेपाल आउने !!! अनि एस्तो पारा पछि विश्व समुदायमा के संदेश जान्छ ? नेपाललाई भारतको एक राज्यको रुपमा लीइनेछ छ जुन अझै पनि धेरै मनिषहरु बिश्वाश गर्छन !!

    Reply
  3. Sagar Ji.. says:
    June 19, 2014 at 3:00 am

    मोदी ले किन दौरा सुरुवाल लौन पर्ने ? नेपाल के दौरा सुरुवाल लाउने टोपी हरुकै बिर्ता हो र ? मोदी उनकै पहिरन मा नेपाल आउन पर्छ… सबैलाई चेतना vaya …….

    Reply
    1. Suman Bjra. says:
      June 19, 2014 at 1:24 pm

      मोदीले दौरासुरुवाल नेपाली नेतासबैले धोति लाउने होला /

      Reply
  4. Santosh says:
    June 19, 2014 at 1:08 am

    त्यो अनुहारमा हाम्रो दौरा सुरुवाल कस्तो नसुहाएको | धोति कुर्ता बाहेक कुनै पोशाक नसुहाउने रैछ भाईजान लाई |

    Reply
  5. milan says:
    June 18, 2014 at 8:23 pm

    नेपाली नेता हरु धोति लाएर इंडिया जान्छन भने कसरि मोदी दौरा सुरुवाल लगाएर नेपाल आउँछ ? सोच्ने को पनि हद हुन्छ नि !

    Reply
  6. sujan says:
    June 18, 2014 at 6:44 pm

    बाची रहनु पर्छ के के देख्न र सुन्न पाइनछ भन्थे हो कि क्या हो, अब आफ्नै देश भित्र त्यो तेरो पहिरन, यो मेरो पहिरन भनेर कुस्ता कुस्ती परीराको बेलामा, बिदेशीले दौरा सुरुवाल लागएर नेपाल आउने रे भनेको सुन्धा पनि अचम्म लाग्छ गाठे.जसलाई जे मन लाग्छ तेइ लगाउछ नी एस्तो ताल न तुल को कुरालाई पनि के को समाचार बनको होला. मोधीले के लाउछन्, के खान्छन भन्ने ठुलो कुरो होइन,मोधी आएर अब के के मा हस्ताछेर हुन्छ, कुन कुन नेताको खल्ती भरिन्छ, र देश कति खोक्रो हुन्छ त्यो त हेर्न बाकी नै छ नि. अरु जे जे गर्यै पनि एउटा कुरा पक्कै मोधी ले गर्ने छन्, पशुपतीनाथमा गएर ठाडो चन्दनको टिका लाउने छन्.

    Reply
  7. HARI PRASAD LAMICHHANE-SAUDI says:
    June 18, 2014 at 5:19 pm

    धर्म बचाएर राखौ है , अधर्मी ठाउ या अरु धर्मालम्बीहरु कस्ता हुन्छन भन्ने नेपाली लाइ था नै छैन |

    Reply
    1. Tenzing Gaba says:
      June 19, 2014 at 7:11 am

      कस्ता हुदा रैचन ?
      यो एउटा नेपालीलाइ नि जान्न मुन लाइराछ

      Reply
      1. बशन्त राज says:
        June 19, 2014 at 10:20 am

        एक चोटी साउथ सुडान को फोटो हेर्नु / तेश पछि सेन्टर रिपब्लिक ओफ अफ्रीकाको फोटो हेर्नु अनि त्यहा मुस्लिम सिलीक रीबल अनि आन्टी बालाक ख्रिस्तियन मिलीसिया बीच को युद्ध हेर्नु / अझ तेतीले नपुगे सीरीयामा सुन्नी मुस्लिम र सिया मुस्लिम बीच को युद्ध हेर्नु / अझ तेतिले पनि नपुगे हालै इराकको समाचार सुन्नु वा हेर्नु अझ तेतीले पनि नपुगे सोमलीयका अल सबाब पाकिस्तानक तलेबनले हालै गरेका युद्धको समाचार पदनु हेर्नु सुन्नु / खाली हली लुया हाली लुया भन्दै नेपाल बाउन छेत्रीले बिगार्यो भन्दै बसेर कसरी अधर्मी बारे थाह हुन्छ /
        तेन्जिन तिमि नेपाली त हौ???

        Reply
        1. Tenzing Gaba says:
          June 19, 2014 at 11:48 am

          किन त्यति मात्र ब्रो?
          # अहिले श्रीलंकामा चल्दै गरेको बौद्द-मुस्लिमको दंगा
          # हिजो अस्ति इंडिया मा भएको हिन्दु-मुस्लिमको दंगा
          # अस्ति भर्खरै बर्मामा भएको बौद – मुस्लिमको दंगा पनि हेरम न,

          ब्रो ले देखाएको उदाहरणहरुमा सबैको जड धार्मिक कट्टरता हो कि होइन ?

          हो धर्म भन्ने कुरो पहिले पहिले समाजमा सुशासन-अनुसासन कायम गराउने संयन्त्रको रुपमा प्रयोग हुदै आएको थियो तर त्येस्मा समय सापेक्ष्य परिमार्जन नभएर वा बिभिन्न बिकृतिहरु आएर आज धर्म “झगडा को बिउ ” हुन् लागि सकेको छ वा भै नै सकेको छ / जता जता धार्मिक कट्टरता छ वा जुन समाजमा “धर्म” अत्यन्त अहम हुन्छ त्यहा हिँसा भएको उदाहरण पाकिस्तान अनि अफगानिस्तान काफी छैनन् ? धर्म समाजमा हाबी भएको स्थानमा असान्ती छाएको उदाहरण त् ब्रो ले देखाएको उदाहरणबाट नै प्रस्ट हुदैन र ?

          धर्मले यत्रो बबाल जन्माइरहेको देख्दा देख्दै पनि फेरी धार्मिकता समाजमा हाबी होस् भन्ने चाहनालाई खै के भन्नु र ?
          बसन्त ब्रो “कुण्ड-कुण्ड पानी, मुन्ड-मुन्ड बुद्दि ” भन्या यहि हो कि क्या हो ? …….आगे ब्रो कै मर्जी !!
          ————————————————————————————-
          अनि म नेपाली नै नभएको शंका को शुत्र खुसुक्क भन्न मिल्छ कि ?
          ……………….जदौ !!!

          Reply
        2. Tenzing Gaba says:
          June 19, 2014 at 12:33 pm

          ब्रो
          कमेन्टमा एक्कासी “छेत्री बाहुन” को कुरो कता बाट आयो ?
          मलाई त ब्रो भित्र भएको जातीय शंकृनता ह्वास्सै गन्हायो है,

          अनि एउटा कुरो छुस्स ……..
          आजको युगमा पनि जात-भातको शंकृन विचार राख्नु भनेको अत्यन्त लाजमर्दो कुरो हो,
          आज “छेत्री-बाहुन” काट्ने “लिम्बु”ले भोलि “मगर” लाई पनि काट्छ,
          आज “राई” लाइ छुरा धस्ने “बाहुन” ले भोलि “छेत्री” लाई पनि छुरा धस्छ
          बेलैमा चेतना भया …………….जदौ !!!

          Reply
  8. Sanu Nepali says:
    June 18, 2014 at 3:45 pm

    अब मोदी ज्यू ले Nepal मा बोल्दा हिन्दि प्रयोग गर्ने भयो . तर हाम्रा नेताहरु भारत गए को बेला किन हिन्दि नै बोल्नुपर्यो नेपाली बाट बोल्नु पर्छ . कित English मा बोल्नु पर्यो . उनि हरु चै आफ्नो भाषा मा बोल्ने हाम्रा नेता हर चै आफ्ना भाषा किन बोल्ने नगरेको होला ?

    Reply
  9. Tenzing Gaba says:
    June 18, 2014 at 3:11 pm

    दौरा सुरुवाल लगाएर आए पनि आउ
    धोति कुर्ता लगाएर आए पनि आउ
    नाङ्गै आए पनि आउ………………………स्वागत छ नेपालाँ !!!
    तर
    हाम्रा नेता भनाउदो २ खुट्टे प्राणिहरुलाई तिम्रो टांग मुनिबाट छिर्न चाही नदेउ है नरेन्दर भैया
    ————————————————————————————————
    ( क्यार्नु, आफ्नै टक खोटा छन्, हाम्रा नेताहरु छिमेकी को २ खुट्टो उभिएको देख्यो कि स्वाट्ट टांग मुनि छिरी हाल्छन, ७ साल भन्दा अगाडी देखि लागेको बानी रे, )

    Reply
  10. Binay says:
    June 18, 2014 at 1:38 pm

    दौरासुरुवाल लगाएर नेपाल आउन वा धोती लगाएर, त्यों ठुलो कुरो भएन तर नेपालको राजनीति भारतबाट संचालित छ यो प्रष्ट छ। भारतीय सोनिया गाँधी, RAW लगायत नेपालका बिकेका केहि क्रिस्चियन नेपालीहरूबाट देशको हिन्दु राज्य खोसियो र धर्मं निरपेक्षता लागु गरियो। मोदिबाट नेपाललाई पुन: हिन्दु राष्ट्र घोषित गर्न सहयोगको अपेक्षा सम्पुर्ण नेपालीले गर्नु नै बुद्दिमानि हुनेछ। हिन्दु धर्मभित्र मात्र सबै ॐ-कार सामुदाएका धर्म (हिन्दु, बौद्ध, किरात, जैन आदि) सुरक्षित छन ।

    याद राखौ, निरपेक्षबादीहरू (secular वालाहरू) हाम्रो ( हिन्दु, बौद्द, किरात आदि) सन्ततिका हत्याराहरू हुन् ।

    नेपालमा अहिले ८४% भन्दा बढी हिन्दु,बौद्द, किरात छन् तर मुख्यतया बहुसंख्यक हिन्दुहरुलाई धर्मको मतलब नै छैन, न शास्त्र पढ्छन न शास्त्र अनुरुप ब्यबहार गर्छन | बिडम्बना त यो छ कि धर्मको रक्षार्थ भनिएका बाहुनहरू नै निरपेक्षताको वकालत गर्दै हिड्छन| गिरीजा, प्रचण्ड, बाबुराम जस्ता हजारौ बाहुनहरुले नै देशको हिन्दुत्व नामाकरण हटाए, धर्म निरपेक्ष लागु भए यता ३० लाख भन्दा बढी हिन्दुहरुलाई ईशाइकरण गरिएको छ भने लाखौ हिन्दुहरू खाडी मुलुकमा इश्लाम अपनाउन बाध्य भएका छन् |

    यही क्रममा हिन्दुत्व नाश हुँदै जाने हो भने अहिलेका ८४% हिन्दु,बौद्ध, किरात आदिहरू आउदो ३०/४० वर्षभित्र अल्पसंख्यक हुनेछन | जसै अब्राहिक धर्म (इशाई, इश्लाम, यहुदी ) को संख्या ५०% बाट ५१% हुनेछ अनि तिनीहरुको धर्म मै लेखिए अनुशार देखाउने छन् आफ्नो असली अनुहार ..

    तपाइको (ॐ-कार समुदाएका धर्मं जस्तै हिन्दू, बौद्द, किरात, जैन आदि) नाति/पनातिहरूलाई काफिर/शैतानको संज्ञा दिइनेछ, जबरजस्ती अब्राहिक धर्ममा परिबर्तनको लागि दवाब दिइनेछ, न माने जबरजस्ती गरिनेछ | तिनीहरुको धर्म अनुशार नै यस्ता काफिर/शैतानहरूलाई (तपाईका सन्ततिहरूलाई) घाटी रेटेर भएपनि हिन्दुत्व र ॐ-कार धर्मंबाट बिमुख गराइनेछ | खुब secular भनि आफुलाई आधुनिक देखाउन खोज्ने मूर्खहरू हो, त्यतिखेर राष्ट्र तुरुन्तै इशाइकरण वा इश्लामिकरण गरिनेछ र तपाई जस्ता निरपेक्षबादीहरूलाई सरेआम झुण्डाइनेछ |

    Reply
    1. Dorje says:
      June 18, 2014 at 4:33 pm

      क्या बात बिनय जी ! तपाइँ को बिचार संग मा १०० % सहमत छु र धेरै मेरा सर्कल का साथीहरु पनि सहमत छन्, कृपया येस्ता गबिला बिचार राख्दै गर्नु होला .

      Reply
    2. Dev says:
      June 24, 2014 at 9:08 pm

      धेरै राम्रो || तर जब सम्म हिन्दु धर्ममा Caste System हुन्छ, तब सम्म धर्म परिवर्तन रोक्ने छैन जस्तो लग्छ || आफुलाई तेस्रो गर्जको मान्छे बनाउने धर्ममा किन बस्छ मान्छेहरु? इंडियामा पनि येही भाको हो र नेपालमा पनि येही हुदैछ ||

      Stop discrimination on Caste, Gender, Color, Religion and Sexuality.

      Reply
  11. Binay says:
    June 18, 2014 at 12:12 pm

    दौरासुरुवाल लगाएर नेपाल आउन वा धोती लगाएर, त्यों ठुलो कुरो भएन तर नेपालको राजनीति भारतबाट संचालित छ यो प्रष्ट छ। भारतीय सोनिया गाँधी, RAW लगायत नेपालका बिकेका केहि क्रिस्चियन नेपालीहरूबाट देशको हिन्दु राज्य खोसियो र धर्मं निरपेक्षता लागु गरियो। मोदिबाट नेपाललाई पुन: हिन्दु राष्ट्र घोषित गर्न सहयोगको अपेक्षा सम्पुर्ण नेपालीले गर्नु नै बुद्दिमानि हुनेछ। हिन्दु धर्मभित्र मात्र सबै ॐ-कार सामुदाएका धर्म (हिन्दु, बौद्ध, किरात, जैन आदि) सुरक्षित छन ।

    याद राखौ, निरपेक्षबादीहरू (secular वालाहरू) हाम्रो ( हिन्दु, बौद्द, किरात आदि) सन्ततिका हत्याराहरू हुन् ।

    नेपालमा अहिले ८४% भन्दा बढी हिन्दु,बौद्द, किरात छन् तर मुख्यतया बहुसंख्यक हिन्दुहरुलाई धर्मको मतलब नै छैन, न शास्त्र पढ्छन न शास्त्र अनुरुप ब्यबहार गर्छन | बिडम्बना त यो छ कि धर्मको रक्षार्थ भनिएका बाहुनहरू नै निरपेक्षताको वकालत गर्दै हिड्छन| गिरीजा, प्रचण्ड, बाबुराम जस्ता हजारौ बाहुनहरुले नै देशको हिन्दुत्व नामाकरण हटाए, धर्म निरपेक्ष लागु भए यता ३० लाख भन्दा बढी हिन्दुहरुलाई ईशाइकरण गरिएको छ भने लाखौ हिन्दुहरू खाडी मुलुकमा इश्लाम अपनाउन बाध्य भएका छन् |

    यही क्रममा हिन्दुत्व नाश हुँदै जाने हो भने अहिलेका ८४% हिन्दु,बौद्ध, किरात आदिहरू आउदो ३०/४० वर्षभित्र अल्पसंख्यक हुनेछन | जसै अब्राहिक धर्म (इशाई, इश्लाम, यहुदी ) को संख्या ५०% बाट ५१% हुनेछ अनि तिनीहरुको धर्म मै लेखिए अनुशार देखाउने छन् आफ्नो असली अनुहार ..

    तपाइको (ॐ-कार समुदाएका धर्मं जस्तै हिन्दू, बौद्द, किरात, जैन आदि) नाति/पनातिहरूलाई काफिर/शैतानको संज्ञा दिइनेछ, जबरजस्ती अब्राहिक धर्ममा परिबर्तनको लागि दवाब दिइनेछ, न माने जबरजस्ती गरिनेछ | तिनीहरुको धर्म अनुशार नै यस्ता काफिर/शैतानहरूलाई (तपाईका सन्ततिहरूलाई) घाटी रेटेर भएपनि हिन्दुत्व र ॐ-कार धर्मंबाट बिमुख गराइनेछ | खुब secular भनि आफुलाई आधुनिक देखाउन खोज्ने मूर्खहरू हो, त्यतिखेर राष्ट्र तुरुन्तै इशाइकरण वा इश्लामिकरण गरिनेछ र तपाई जस्ता निरपेक्षबादीहरूलाई सरेआम झुण्डाइनेछ |

    Reply
  12. Madhab Bhattarai says:
    June 18, 2014 at 11:44 am

    दौरा सुरुवाल लगाए भने मधेशी र जातिबादी नेताहरुले आफ्नै “माई बाप ” मोदीको पुत्ला जलाउलान त ? हेर्न रमाइलो हुन्थ्यो.

    Reply
  13. Netra Dahal says:
    June 18, 2014 at 11:41 am

    फोटोसप को सहि सदुपयोग गरेछन रमाइलोको लागि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme