Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा जुलुस निकाल्दैमा जित्‍ने भए ब्राजिलले आज जिल खाने थिएन

Posted on June 18, 2014 by Salokya

brazil111
विश्वकपको ज्वरोले नेपालीलाई पनि नराम्रैसँग गाँजेको छ। नेपालमा खास गरी ब्राजिल र अर्जेन्टिनाका फ्यानहरु बढी छन्। ब्राजिली फ्यानहरुले मोटरसाइकल जुलुस निकालेर सामाजिक सञ्जालमा फोटोसमेत राखे। यसलाई व्यङ्ग्य गर्दै केहीले छेडसमेत हाने। चारैतिर निराशा थुप्रिरहेको बेला केही युवा विश्वकपमा झुमेर सबै कुरा बिर्सन चाहन्छन्। तर के यो व्यवहार समर्थनको सही तरिका हो ? नेपालमा जुलुस निकाल्दैमा जित्ने भइदिएको भए ब्राजिलले आज मेक्सिकोसितको खेलमा जिल खाने थिएन। मेक्सिकोसित ड्र भएको रिसमा यी केटाहरुले अरुको टाउको चाहिँ फोर्दै नहिँडुन् भन्ने कामना।

हामी, सधैँ सधैँ सधैं नै सधैँ झैं … भूपीका हामी!! pic.twitter.com/VWIF1RHa7m

— Kedar Sharma (@kedarsh) June 17, 2014

गएरातिको खेलमा ब्राजिलले जति गरे पनि मेक्सिकोको पोस्टमा गोल गर्नै सकेन। किन ? किनभने त्यहाँ ग्रेट वाल अफ मेक्सिको गोलकिपर Guillermo Ochoa थिए।

Ochoa be like #BRAvsMEX #WorldCup2014 #WorldCup pic.twitter.com/nh4QPJUi6Q

— Rami (@Ramisms) June 17, 2014

ब्राजिलले किन गोल गर्न सकेन ? यो कार्टुन हेर्नुस् 🙂

Why Brazil didn't score lol #Ochoa #WorldCup pic.twitter.com/QqvarcmPSk

— Simone Brazzini (@TheKidsims) June 18, 2014

अब खेलका साँच्चिकै दृश्य पनि जिफमा हेरौँ न। यी फोटो इन्टरनेट कनेक्सन स्लो भएको ठाउँमा अलि ढिला खुल्न सक्छ है !

यो खेलपछि अर्को चरणमा पुग्न ब्राजिललाई क्यामेरुनसितको अर्को खेलमा जित्नै पर्ने दबाब परेको छ।

34 thoughts on “नेपालमा जुलुस निकाल्दैमा जित्‍ने भए ब्राजिलले आज जिल खाने थिएन”

  1. Satya P. Joshi says:
    June 19, 2014 at 9:04 pm

    कुरा यस्तो हो नेपालीहरु मा धैरैनै जोस र जाँगर छऽ कुनैकाम गर्न पछी पर्दैन्न । अब केर्गे त गर्न लाइ JOB छइनऽ काम केहीपाएन अनी जुलुस ।
    मन परे रातो नपरे हरियो हा हा

    Reply
  2. nawin says:
    June 19, 2014 at 3:14 pm

    anybody is free to do anything. If you support brazil you can rally alone Or you can rally with likeminded supporters.
    There is no need to be always curse the politicians or hunt for jobs, saddened b country’s governance or be angry due to foreign interfarence.

    Sometimes youth can enjoy.
    Sometimes they can follow the worldwide trends.

    Everyone celebrates dashain. So in the opinion of majority of commentors, we should not eat more than a kg of meat, or we shouldnot put more than a streak of tika or we shouldnot wish to more than a person.
    This is bullshit.
    If you are happy by not watching football or by supporting your team from inside your room its ok. But those who wish to show the alligence this way they are free.
    Its their petrol
    Iits their bike
    Ots their time.

    Who are we to comment otherwise?

    Reply
  3. kaji godar doaha qatar says:
    June 19, 2014 at 2:57 pm

    हाम्रो नेपाली साथीहरु को नाटक हेरेर आचिम्मा लग्यो !!!1

    Reply
  4. गणेश पौडेल says:
    June 19, 2014 at 2:20 pm

    ब्राजिल, अर्जेन्टिना र यी देशका स्टार खेलाडीको नाममा व्यपार व्यवसाय बढाउन केही धुर्तहरुले गरेको चाल मात्रै हो । खेलको ज्वरो चढेकै छैन कुन देशले कस्तो खेल्ला स्तर बनेकै छैन खेलको आधारमा समर्थन गर्न खोजेको भए पनि लौ खेलप्रमीहरुले ठिकै गरे भन्नु हुन्थयो । गतिलो नखेल्ने देशको समर्थनमा यसरी मरिहत्ते गर्नेलाई दिमाग भएकाहरु भनेर कसरी भन्ने ?

    Reply
  5. safal says:
    June 19, 2014 at 10:13 am

    Hey भगवान……. नेपाली हरु को जुलुस निकाल्ने टाएर बाल्ने बनि कैले सकिएला…… काम छैन काज छैन खाली जुलुस निकाल्यो बस्यो

    Reply
  6. लौटन अवधि says:
    June 19, 2014 at 8:19 am

    प्रस्न १ : संसार मै पागल जनता भएको देश कुन हो ?
    प्रस्न २ : ९९ % जनता भ्रस्ट भएको देश कुन हो ?
    प्रस्न ३ : हरेक चिज बिदेशी संग माग्ने देश कुन हो ?

    विचार गर्दै जानुस फ्वात्त मुख बाट निस्किहाल्छ “नेपाल” अनि राम्रो को के अपेक्षा राख्न सकिन्छ र ?

    Reply
    1. Bayan says:
      June 19, 2014 at 3:50 pm

      म दोस्रो नम्बर संग चाँही सहमत छैन/ ९९% जनता होइन कि बरु १/२ प्रतिशत मात्र भ्रष्टाचारी छन् बाँकि त भष्टाचार बाट पिडित हुन्/

      Reply
  7. Mahesh S says:
    June 19, 2014 at 12:32 am

    एउटा प्रस्न: के ब्राजिल जितेको भए चाही त्यो जुलुस को सार्थकता हुन्थ्यो त? समर्थन गर्दै मा जित्नु पर्छ भन्ने छैन. समर्थन गरेको टिम जित्ने पर्ने, भोट हालेको आफ्नो पार्टी जित्नै पर्ने, एस्तो दरिद्र मानसिकता ले हामी लाई सान्ति प्रिये स्वाभाव बाट झगडालु स्वाभाव मा परिणत गर्दै छ.

    Reply
  8. गोपी says:
    June 18, 2014 at 11:34 pm

    बिचारा हरुलाई खाडीको भिसाले नि पत्यायेनछ कि के हो ,,
    हेर बकम्फुसके डुकुलन्ठाक हरुको नौटंकी र चर्तिकला …
    हाय राम,,

    Reply
  9. sam says:
    June 18, 2014 at 10:17 pm

    नेपाल मा हुने बिद्यार्थी संगठन हरु को… उनका मित्र अथवा नेता लै घुष खाएको ले अथवा चोरि डकैति मा समात्दा गरिने जुलुश र्याली भन्दा त ठिकै जस्तो लाग्छ..
    यसमा कुनै स्वार्थ पनि छैन, कसैसंग केहि मागेको पनि छैन.. खाली रमाइलो को लागि हो….यसमा कसैले वाहियात, कसै काम चोर भन्नु ठिक लागेन…. तपाई आफु रमाइलो गर्न तास खेल्नु हुन्छ रक्शी खानु हुन्छ…. के त्यो गर्दा १ सेक मात्र लाग्छ हो????

    Reply
  10. Shruti says:
    June 18, 2014 at 8:57 pm

    अब गुइल्लेर्मोरे ओचॉ मुर्दाबाद भन्दै नेपाल बन्द गर्ने हुन् कि?

    Reply
  11. Manoj Thapa says:
    June 18, 2014 at 8:42 pm

    काम पनि र दिमागपनि नभएका भुस्तिघ्रेहरुको जमात. यिनीहरुलाई सिकाउनु भनेको त उही सर्पलाई दुध पिलाउनु जस्तै हो. सिकाउने लै नै डस्ना आउञ्छन. यिनीहरुलाईत पहिलेको माओबादीले गरे जस्तै कोर्रा हानेर सिविरमा राखेर खन्ने र जोत्ने काममा लगाउनु पर्छ. अलिकति भएपनि नेपाल आमालाई दुधको भारा तिर्ने मौका पाउथेकी भुस्तिग्रेहरुले.

    Reply
  12. रैथाने says:
    June 18, 2014 at 5:03 pm

    हे केटा हो,
    यसरि मोटरसाइकलमा जुलुस निकालेर जित्दैन ब्राज्जिल ले!
    कोटी होम र रुद्री लगाओ!
    कोटिहोम गर्नुपर्यो कोटिहोम ‘ओम ब्राजिल वोर्ल्ड कप्प्याया स्वोहा’ भनेर!
    कम्तिमा यसो गर्ना हाम्रा बाहुन हरुले त अलिक कमाइ धमाई र रोजगारी पाउथ्यो होला!

    मेचीमा बगायर महाकालीमा खोज्न जानुपर्ने ध्वोनी अनि बायु प्रदुषण धारी देश प्रदुषण गर्ने माम्पाखा हरु!

    Reply
  13. प्रेम पुन मगर says:
    June 18, 2014 at 4:37 pm

    ए..बिग्रेका मुला कोइराहरु हो,र्याली-जुलुस गर्नु छ भने उतै ब्राजिलतिर गएर गरे हुन्छ।सपोर्ट गर्नु नराम्रो हैन तर कुनै साइनो नभएको देशको सपोर्ट गर्दै हिडनु अनि सड़क जाम गर्नु त हदै भयो।काम गर्नु छैन,खायो हल्लियो हिड्यो।यस्तो हावा तालमा हिडनु भन्दा काम गर्न सिक। समाज सेवा गर्न हिड।कमसेकम यति गरे तिम्रो समयको मूल्यांकन हुन्छा।

    Reply
  14. anup pradhan says:
    June 18, 2014 at 3:11 pm

    बास्तबमा खेलको नसा अलि बेग्लै हुन्छ ,सपोर्ट पनि रहन्छ कुनै टिम को,।
    तर नेपाल मा भने अलि बेढंगको चलन छ ,।बिश्वमा करोडौं फुटबल प्रेमी अहिले फुटबल को मज्जा लिइरहेछन तर आफ्नो काम कर्तब्य पुरा गरेर मात्र । तर हाम्रो मा देखावटी हुंकार बढी छ, सायद यो ,बेरोजगारी बिरामी नै हो भन्दा अतियुक्ती अहोला ।

    Reply
  15. ashok pun says:
    June 18, 2014 at 2:54 pm

    पल्लो घरको केटो इस्कुलामा पास भयो ओल्लघर केटो फेल भाको चिन्तालाई बिर्सेर उसको खुशीमा उफ्रिनु ..बौलाहा …पागल.. मुर्ख..रमाइलो गर्नु सपोर्ट गर्नु आ आफ्नै ठाउमा छ ..कुनै क्लब मा ..pub मा ..या tube मा गरे भैह्हल्छानी मा पनि पबमा गएरगर्दै छु …बेकार…बेकार…जुलुशैनिकाल्नु पर्ने…यो देखेर पसुपतिको भिकरिहरु पनि..छक्क ..दंगदाश
    लंकामा सुन छ कान मेरो बुच्चै …तोरिलाउरे हरु..

    Reply
  16. lekh says:
    June 18, 2014 at 2:44 pm

    Good job guys, अव BRAZIL हारयो भने नेपाल बन्द गरने होला ा

    Reply
  17. Lochan Gautam (Qatar) says:
    June 18, 2014 at 1:57 pm

    बज्या बोकाहरू काम छैन …अषार लागिराछ घर खेत को काम गर्न नि तेतिकै जागर चलाउन न……. आफूत जुनदिन बिमल भाई वोर्ल्ड कप मा पुग्छ तेतिबेलाई उसको समर्थन मा उफ्रिने हो

    Reply
  18. sobit says:
    June 18, 2014 at 1:15 pm

    मैले राजनीति जान्दिन तर फूटबल जानेको छु …. अब तपाइँहरु संबिधान सभाको चुनाब आउदा उफ्रिनु भो होला … म फुटबल को सभा ( वोर्ल्ड कप ) आउदा उफ्रिन्छु …. यसैको लागि होइन भन्छु देशमा स्वोतन्त्रर्ता आया भन्छु !

    Reply
  19. बिरही राना says:
    June 18, 2014 at 1:09 pm

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । आफ्नै घरको काम छोडी पराई दुश्मनको घरमा दिवाली मनाउन गए जस्तै । हाम्रा देशका सिक्षित जनताहरु । ताई न तुई हातमा लाग्यो दुई । यस्तै यस्तै छन् । खानु न पिउनो पुन्पुरोमा चिनो । अति गर्नु तर हद नगर्नु । हो समर्थन गर्नु राम्रो कुरा हो तर सिमा भित्र रहेर , सिमा बाहिर होईन ……..

    Reply
  20. sobit says:
    June 18, 2014 at 1:06 pm

    मैले राजनीति जान्दिन तर फुटबल जानेको छु …. अब तपाईहरु संबिधान सभा को चुनाब को बेला उफ्रिनु भो होला… म फुटबल को सभा हुदा उफ्रिन्छु …. यसैको लागि हैन भन्छु देश मा लोकतन्त्र कि के जाति आएको र …..

    Reply
  21. Dorje says:
    June 18, 2014 at 1:03 pm

    यो बिमार खतरनाक बिमार हो यस्लाई बेलाइमा निदान गर्न पर्छ हामीले। होइन भने भोली एस्त कुरा हरुले सामाजिक असर् पुराउन सक्छ . अहिले इराक मा आतंकबादीले पुरै इराक कब्जामा लिना लगेको अवस्था छ कती देशका सरकार ले उनिहरुका नागरिक लाई सुरक्छित रुप्मा उद्धार गर्ने काम गरी रखेका छन । यो बिषय एउटा चर्चा को बिषय भएको छ तर हाम्रो नेपाल मा हामीलाई फूटबल भन्दा अरु चिन्ता छैन, हाम्रा राष्ट्रिय संचार माध्यम्ले यो बिषय लाई चर्चा को बिषय बनाएका छैनन। एस्तो नहोस् डुंगा दुबी सके पछी माझी को ब्यबस्था गर्ने काम नहोस्, २००४ को जस्तो त्राशदी घट्ना नघतोस। कृपया सलोक्य जि यो लाई तपाईं को ब्लग मार्फत सम्बन्धित निकाय को ध्यान आकर्शन गरी दिनु भये बेस हुन्थ्यो ।

    Reply
  22. Ramesh says:
    June 18, 2014 at 12:35 pm

    राम्रोकुरा को थालनी भन्नु पर्ला होइन त सिसिर सर जी, र्याली निकालेनि तेही हो ननिकाले नि तेही हो, हल्ला गरे नि तेही हो, नगरेनी तेही हो, तर झन्डा नै फ़र्फ़राउदै हिड्ने यी बाबु नानि हरु ब्राजिल बाट नेपाल पसेका हुन् कि, नेपाल बाट ब्राजिल पस्न खोज्या हुन् अलि प्रस्ट भएन, समर्थक हुनु पर्छ, नत्र खेल को मजा नै आउदैन, समर्थक भन्दै मा अर्का को देश को झण्डा फ़र्फ़राउदै र्याली गर्दा अलि असोभनिय देखियो के भन्ने मात्रै कुरा मेरो .

    Reply
  23. ज्योति says:
    June 18, 2014 at 12:28 pm

    पिताम्बरले बेरेर घाट लगेको मूर्दालाई यो पनि ब्राजिलको पक्षमा रहेछ खेल बराबरीको पिडा सहन नसकेर मरेछ भन्न बेर छैन !

    Reply
  24. Sailendra Thapa says:
    June 18, 2014 at 12:07 pm

    सालोक्य जी, वोर्ल्डकप को कुरै छोडौ, तपाई English Premier League वा Spanish La Liga को गेम हेर्न कुनै पब जानुहोला अनि थाहा पाउनु हुनेछ नेपाल मा फूटबल को कत्रो क्रेज छ भनेर . तेसो त ब्राजिल, अर्जेन्टिना, आदि का जर्सी लाएर, टिभी को छेउ बसेर उफ्रिदै मा हुने पनि त की होइन नि, तर किन मानिसहरु तेसो गर्छन त? Passion भन्ने नि एउटा कुरा हुन्छ . अभिव्यक्त गर्ने तरिका भिन्न भिन्न हुन्छ. तपाई ले सायद आहिले चलिरहेको वोर्ल्डकप मा नेपाली ले समर्थन गरेको देश को रंग ले अनुहार नै पोतेको पनि देख्नु भएको रहेनछ.

    Reply
  25. HARI PRASAD LAMICHHANE-SAUDI says:
    June 18, 2014 at 11:55 am

    कठै हामि नेपाली ……………….!!!

    Reply
  26. डिल्ली says:
    June 18, 2014 at 11:45 am

    लुटको धन फुपुकु श्राद्ध भन्थे बुढापाका । यो ब्यर्थको खर्च । जाँचमा पास पाइएन भन्नेरूको हुल त होला !
    न आफ्नो घरलाई न देशको केही आयो न गयो यो कस्तो खुशियाली वा विरोध जुलुस हो ? चरम गरिवी छ बेरोजगारी छ जुलुस निकाल्दैनन् स्वाभिमानी नेपाली जनता कानमा तेल हालेर सुत्न सक्छन् । बढेको काल्पनिक माग तेर्स्याएर गरिएको लोडसेडिङ ब्याप्त छ कानमा तेल हालेर बसेका छन् यी जुलुसका महामानवहरू । त्यो जुलुस कृत्रिम लोडसेडिङको बिरोधमा, देशलाई अस्थिरताको दलदलमा भसाएर स्वास्नीको विदेशमा वायु विन्यास उपचारमा देशको ढुकुटी खर्चिने पार्टीहरूका महान नेताहरूको बिरोधमा, मिसावट र घुसखोरीको बिरोधमा निस्केको भए केही सार्थक हुन्थ्यो कि ! नत्र यो कुन कुराले नेपालीले गर्व वा अपशोस मान्नु पर्ने अवस्था आयो र चाहियो यस्तो जुलुस? यो गर्नु भन्दा मरुभूमिमा हामीले जस्तो गधा जोते देशलाई र आफैँलाई पनि केही आउँथ्यो कि ! समयको बर्बादि र बाउल-आमाले आर्जेको धनको सत्यानास ।

    Reply
  27. Binamra Shrestha says:
    June 18, 2014 at 11:34 am

    ताई न तुइ हातमा लायो दुइ भनेको यही हो/ त्यो ब्राजीलको रयाली मा हिड्नेको न मामाली ब्राजिल न ससुराली ब्राजिल. अहिले सम्म ब्राजिल कुन महाद्वीप मा पर्छ भन्ने पनि थाहा छैन होला, तातो न छारो / बाउ बाजेको सम्पतीले पेट्रोल हालेर तेही बाउ बाजेकै जग्गा धितो राखेर किनेको मोटरसाइकलको रयाली गर्नु पर्ने/ कहिँ नभाको जात्रा नेपालमै / अब ब्राजिलले मेक्सिको लाइ जित्न नसकेको भनेर नेपाल बन्द को पनि आयोजना गर्ने कि?? त्यसो गरे कसो होला???

    Reply
  28. c_panta says:
    June 18, 2014 at 11:30 am

    पुरानै रोगले छोडेको छैन . के को ब्राजिल ? ब्राजिलका हजुरबा हरु छन् ऐलेको वोर्ल्ड कपमा . ब्राजिल त ईतिहास मात्र हो है मित्रहो , नरिसाउनु नि . नेपालको चुनाब होइन हो , तै पनि कैले कहिँ तेस्तै झल्को दिने निर्णय गर्छ जज्ले . यो पाली अर्जेन्टिना, जर्मनी ,होलैंडको बिचमा होला साएद , तेइ पनि मलाई त खेलको स्तरियेता संग मात्र मतलब हो .

    Reply
  29. राम चन्द्र says:
    June 18, 2014 at 11:09 am

    नेपाल मा संबिधान बनेन भनेर ब्राजिलियन ले पनि जुलुस निकालदिन्चान भनेर हो ला कि ? गणेश थापाले कतै ब्राजिल बाट डलर लिएर केटा हरुले त पाएकी ?

    Reply
  30. Netra Dahal says:
    June 18, 2014 at 11:08 am

    यस्तै खेल हेर्न त मजा आउछ त!

    Reply
  31. Sisir says:
    June 18, 2014 at 11:06 am

    सालोक्य जी, माफ गर्नु होला, हुन त म ब्राजिलको कट्टर समर्थक होइन तैपनि “नेपालमा जुलुस निकाल्दैमा जित्‍ने भए ब्राजिलले आज जिल खाने थिएन” भन्ने वाक्य संग सहमत हुन सकिएन, अलि व्यंग्य गरे जस्तो देखिन्छ . आफ्नो मन पर्ने टिमलाई समर्थन गरेर र्याली गर्नु कुनै नाजायेज काम हो जस्तो लाग्दैन .. जित्नु नाजित्नु अलग कुरा हो .. कुरा येत्ति हो कि आफुले एस्तो गरिरहदा अरुलाई हानी नोक्सानी गर्नु भएन ..फुटबल(अन्य खेल पनि) खेलको मजा भनेकै अलि अलि होहल्ला , हुटिंग , नाराबाजी, Mexican wave , रंगीचंगी ब्यानर, येस्तै येस्तै त हो नि , कि कसो ?

    Reply
  32. Tenzing Gaba says:
    June 18, 2014 at 10:58 am

    यो बिमारीको नाम हो ….”बेरोजगारी “

    Reply
  33. कुसुम ज्ञवाली says:
    June 18, 2014 at 10:57 am

    “…बडी बडी खुसियाँ है, छोटी छोटी बातों मे ..” खुसी हुन्छन् कोही, केहीमा भने त्यसमा किन टाउको दुखाउने । खुसी हुन दिनुस्न त साथीहरूलाइ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme