Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन ब्राजिलीहरु विश्वकपको विरोध गर्दैछन् ?

Posted on June 18, 2014 by mysansar

Brazil Struggles With Crack Epidemic
अहिले सबैको आँखा विश्वकपमा छ। नेपालीहरु पनि रातरातभर नसुतेर विश्वकपमा रमाइरहेका छन्। आफूले समर्थन गरेको देशका जर्सी र झण्डा बोकेर र्‍याली निकालेको समेत देखिएको छ। विश्वकप भइरहेको देश ब्राजिलको चमकदमक पनि कम देखिएको छैन। पहेँलो जर्सीमा सजिएका च्वाँक केटीहरु! जताततै उज्यालो। विश्वकपको विरोध ब्राजिलमा भइरहेको छ भन्ने खबर पनि सानोतिनो समाचारका रुपमा पढ्नु भएको होला। आखिर किन गर्दैछन् त उनीहरु आफ्नै देशमा भइरहेको विश्वकपको विरोध?

गेट्टी इमेजेसका मारियो तामाले खिचेका यी केही फोटोले तपाईँले टेलिभिजनमा अहिले देखिरहनुभएको ब्राजिलको भन्दा बेग्लै तस्बिर देखाउँछ।

#481503541 / gettyimages.com

ब्राजिलीहरुको दैनिक जीवनका यी फोटोहरुले तपाईँलाई त्यहँको यथार्थ बताउने छ।

ब्राजिल जस्तो विकास नभइसकेको देशमा यस्ता प्रतियोगिता आयोजना गर्दा पर्यटकको बाढी, पूर्वाधार निर्माण, स्थानीय अर्थतन्त्रमा फाइदा पुग्ने दावी गरिन्छ।

फुटबल ब्राजिलको एउटा धर्म जस्तै हो। कयौँ पटक यसले विश्वकप जितिसकेको पनि छ। तर पनि लाखौँले यो विश्वकप आफ्नो देशमा आयोजना हुनुलाई वाहियात भनेका छन्। धेरैले यसलाई करको रकम भ्रष्ट नेता, जग्गा दलाल, होटल साहुहरु, यौन व्यापारका दलालहरु र करमा छुट पाउने संस्था फिफाको हातमा पर्ने जालो मान्छन्। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकाले ३९ अर्ब अमेरिकी डलर लगानी गर्‍यो। तर त्यहाँको अर्थतन्त्रले अहिलेसम्म त्यसको प्रतिफल पाएको छैन। ब्राजिलले त त्यसको तीन गुणा बढी रकम खर्च गरिसकेको छ।

#481226489 / gettyimages.com

यी फोटोहरुले त्यहाँको गरिबी, असमानता, प्रहरी दमन देखाउँछ। विश्वकपका लागि प्रहरी लगाएर हिं‍सात्मक तरिकाले गरिबहरुलाई उनीहरु बसेको ठाउँबाट हटाइएको थियो।

#450132000 / gettyimages.com

#481495229 / gettyimages.com

#481341981 / gettyimages.com

#481532373 / gettyimages.com

#480234007 / gettyimages.com

#479784665 / gettyimages.com

#466467081 / gettyimages.com

#481341975 / gettyimages.com

#489031079 / gettyimages.com

#460874729 / gettyimages.com

#493198163 / gettyimages.com

#479454985 / gettyimages.com

#494175473 / gettyimages.com

#479459513 / gettyimages.com

#480239221 / gettyimages.com

थप पढ्नुस्
Rio de Janeiro: a story of occupations and evictions
Brazil’s protests raise fears for World Cup as a million take to the streets
PICTURE RIO: WHY SO MANY BRAZILIANS HATE THE WORLD CUP

12 thoughts on “किन ब्राजिलीहरु विश्वकपको विरोध गर्दैछन् ?”

  1. bikash says:
    June 20, 2014 at 2:37 pm

    विश्वकप आयोजक देशरुले त आफ्नो लगानी भन्दा धेरै बढी कमाउछन् रे. ब्राजिल चै यसको अपबाद हो कि बिरोध गर्नेले नबुजेको हो?

    Reply
  2. तेज प्रसाद अधिकारी says:
    June 19, 2014 at 4:20 am

    बिश्वब्यापी सिद्धान्त ” गरिबी होइन, गरिब लाइ हटाऊ ” 😉

    Reply
  3. dev dubai says:
    June 18, 2014 at 9:27 pm

    यो त के हो कतार ले बिस्व कप गराउने बेला निस्कन्छ फोटो haru

    Reply
    1. Jeewan Khadka says:
      June 19, 2014 at 3:22 pm

      कतार ले बिस्व कप गराउदा किन निस्किनु नि तेस्तो फोटो / कतार त सम्पन्न साली देस हो जहाँ बिस्वो को सबै भन्दा बेक्ती बेसी आए स्रोत भाको देस हो / कतार का जनता कोहि पनि गरिब छैनन् . तेस्तो फोटो निकालन लाई/

      Reply
  4. G P Khatiwada says:
    June 18, 2014 at 2:36 pm

    शासकहरु जहाका पनि यस्तै हुन्…..र तिनीहरु गरिब र निमुखा जनताका हुन सक्दैनन् तिनीहरु त ठुलाठालु र दलाल का पुजारी हुन्….तिनीहरुले गरिबी देख्दैनन न त गरिब नै…..अरुले देख्ला भनेर गरिबलाई दुर दराज मा बिस्थापित गर्छन न कि गरिबी निर्मुल गर्न प्रयाश…आखिर त्यत्रो रकम जनताको उन्नतिका लागि खर्चेको भए राम्रो हुनेथियो होला नि

    Reply
  5. arjuna says:
    June 18, 2014 at 1:30 pm

    गरिबले सित्तैमा पाएर हात्ती पाल्न खोजेपछि यस्तै हो/

    Reply
  6. rajesh says:
    June 18, 2014 at 11:35 am

    शासक बर्ग विवेकी नहुने रहेछन कहिका पनि फुटबल त अन्त गएर खेल्दा पनि जितेकै थिए वर्ल्ड कप आयोजनामा खर्च हुने त्यहाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्चेको भए राम्रो हुने थियो ।

    Reply
  7. Netra Dahal says:
    June 18, 2014 at 11:05 am

    पक्कै पनि जनता भन्दा फुटबल ठुलो होइन | गरिब जनता भएका देशहरुले फुटबल आयोजना गर्नु गल्ति पनि त होइन नि! नेगेटिभ र पोजिटिभ पक्ष हरेक कुरामा हुन्छ |

    Reply
  8. Sanjay says:
    June 18, 2014 at 10:42 am

    साह्रै मन छुने कथा र तस्विर । विश्वबाट कैले अन्त हुन्छ गरिवीको ??

    Reply
  9. Bibek says:
    June 18, 2014 at 10:07 am

    ब्राजिलका गरिब केटीहरु र नेपालका मोडेलहरुको कपडा चाही उस्तै उस्तै हुदो रैछ

    Reply
    1. gyanu says:
      June 18, 2014 at 1:15 pm

      तिनीहरु त खानदानी गरिब नि हौ ….

      Reply
  10. mohan rai says:
    June 18, 2014 at 10:04 am

    जहाँ पनि यस्तै हो पुजीपतिहरु को मस्ती छ गरिबहरु को भोकमरी ले तद्पिराखेको छन् !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme