डा. रामचन्द्र भुजेल
SLC लाई Iron Gate बनाएर सबैलाई त्यो ढोकाबाट छिराउन खोज्नु कति जाएज हो सोच्नु पर्ने बेला आएको छ। यो प्रणालीमा सुधार किन नखोज्ने ? भएको प्रणालीमा सुधार गर्न सकिन्न भने बिकल्प पनि खोज्न पर्ने हुन्छ।
हरेक बर्षको नतिजाले के देखाएको छ भने शहरमा सुबिधा पाएका बिध्यार्थीलई अब Distinction र First Division ल्याउन तेती गार्हो छैन। क्रमश; १८,११० र ८३,६३७ ले ल्याय यो बर्ष। तर देशको गाउ र शहर बाहिरकालाई पास हुन पनि गाह्रो। हरेक बर्ष लाखौ संख्यामा युवा युवतीहरु (खास गरी टाढा टाढा गाउ घर तिरकालाई) निकम्माको बिल्ला भिर्न बाध्य पारिएका छन। उनीहरुलाई समाजमा मुख देखाउन पनि लाज पारिएको छ। अझ कतिले त आफ्नो जीबन लीला नै समाप्त पारेका छन बिष पिएर वा घटीमा पासो लगाएर। परिक्ष्यामा पास हुनको लागी हरेक विद्यार्थीलाई हरेक बिषयमा कम्तिमा ३२ अंक चाहिन्छ। कुनै बिद्यार्थी अंग्रेजीमा मात्र २-३ नपुगेर पनि फेल भएका हुन्छ भने कोहि चाही गणित र बिज्ञान अनि तस्तै नेपाली बिषयमा पनि फेल भएर एक बर्ष होईन कोहि कोहि त दशौ बर्ष बल्ड्याङ खान पुग्छन।
यो परिक्ष्या हजारौ केन्द्रहरुमा लिइने हुनाले कुनै एक रुपता कायम पनि हुदैन। तेस्तै उत्तर पुस्तिका पनि हजारौले जाच्ने भएकोले तेस्मा पनि एकरूपले जाच्न सम्भव हुदैन। कुनै फेलभएको बिद्यार्थीहरुको उत्तर पुस्तिका यदि अर्कोले जाचेको भए पास हुन् पनि सक्थ्यो। अनि हाम्रो परिक्ष्या भनेको घोकेर सम्झेर लेख्ने नै छ। लिखित परिक्ष्यामा धेरै राम्रो गर्ने हरु साच्चैको काम गर्नमा पनि अब्बल हुन्छन भन्ने होईन र लिखितमा फेल हुनेहरु साच्चैको काम गर्नु पर्दा अब्बल हुन सक्छन। हरेक बेक्तिमा केहि न केहि गुण लुकेको हुन्छ तेस्ले अबसर पाउनु पर्छ। हरेक बेक्तीमा केहि न केहि पनि कमजोरीहरु हुन्छन। अझ भन्नु पर्दा सबैमा उही क्षमता सबै बिषयमा हुन्न।
SLC Board वा सम्बन्धित निकायले हेर्नु पर्यो कि कति बिद्यार्थीहरुलाई अंग्रेजी बिषयले फेल गराएको छ? अनि यो पनि अध्ययन/खोजको बिषय बनोस कि कति अंग्रजीमा राम्रो गर्नेहरु देशमै बसेर देशको सेवा गरेका छन? मलाई लाग्छ ती सबै जसो बाहिर छन। बाहिर बसेर बिरलैले देशको लागी काम गर्ने अबसर पाउछन। अंग्रेजीलाई अनिबार्य गरेर आफ्ना बाल बालिकालाई पुड्को बनाइएको छ। एउटा समाधान अंग्रेजीलाई अनिबार्य नगरी ऐच्छिक राख्नु हो। अंग्रजी भाषा नजान्नु तिनको गल्ती होईन। अग्रेजीमा दखल हुनु पक्कै पनि धेरै फाईदा जनक छ, किन कि धेरै खोज हरु र ज्ञानका बिषय अंग्रजीमा छन। तर त्यो बिना ज्ञान आर्जन गर्न अशम्भव भने छैन। कतिले भन्लान अंग्रेजी अन्तरास्ट्रिय भाषा हो, जान्नु पर्छ। तर त्यो सत्य होईन। अमेरिकामै अंग्रेजी बोल्न नजान्ने Migrant हरु धेरै छन। जर्मन, फ्रान्सेलीहरुलाई अंग्रेजी अनिबार्य हुदैन। नचाहे जान्नु वा सिक्नु पनि पर्दैन। अंग्रजीलाई भाषाको रुपमा लिनु पर्ने हो। भाषा सिक्ने भनेको ऐच्छिक हुनुपर्छ। बरु अरु भाषा पनि College level ऐच्छिक विषयको रुपमा थप्दा हुन्छ। जस्तै चिनिया, जापानी, Spanish, French, जसलाई ती भाषा सिक्न चाहन्छन त्यो राखे हुन्छ, जसरी बेलएतमा छ। अनि अरु धेरै देश छन। तर हामी अझै पनि जंग बहादुरको सोचाई राख्छौ जसरी ऊनी बेलाएत जादा साना बच्चाले अंग्रेजी बोलेको देख्दा त्यहाँ त साना बच्चा पनि कति बुद्दिमानी भनेर तारिफ गरेथे रे।
ब्यबहारिक दृष्टिले सोच्ने हो भने पनि एउटा बिद्यार्थी जो राम्रो खेल खेल्छ उसले उसको प्रगति खेलमै लागेर हुने देख्छ भने उसलाई अंग्रेजी नजाने पनि पुग्दैन र? तेस्तै उसलाई गणितका गाह्रा Equation अनि ज्यामितिका कोण र Theorem नजाने पनि पुग्दैन र? कोही पढेर कृषक हुन्छु भन्छ भने उसलाई पनि अंग्रेजी नजानेर रोकिन्छ र? अनि तेस्तै नेपाली बिसयमा पढाईने र सोधिने प्रश्नका साहित्यिक भाषा अनि ब्याकरण नजाने पनि ती खेलमा र कृषिमा राम्रो गर्ने क्षमता हुनेलाई किन तेही SLC को फलामे ढोकाले रोक्ने? कसैलाई रातो मन पर्छ त कसैलाई हरियो, नीलो अनि पहेलो। SLC भनेको सात रंगको इन्द्रेणी हो। रंगशालाको ढोकाको पालेले रंग बेच्न बसेकोसंग मिलेर सबैले सबै रंग निधारमा पोत्नु पर्छ अनि मात्र यो ढोकाबाट छिर्न पाउन्छस नत्र बाहिर भने जस्तै हो। कसैलाई निलो वा पहेलो मन पर्दैन भने ती बाहेक अरु रंग मात्र पोतेर पनि त रंग्शालामा गएर फुटबल हेर्न र मजा लिन सक्छ, र पाउनु पनि पर्छ।
अर्को उपाय के हुन सक्छ भने ८-१० कक्ष्यामा छुट्टै Vocational School शुरु गर्ने बिभिन्न बिषयमा। यस्ता बिद्यालयहरु जिल्लामा १-२ वटा बिभिन्न बिषयमा हुन सक्छन। यसको उद्देश्य अंग्रजी, गणितमा कम्जोर हुने वा रुचि कम नहुने बिद्यार्थीहरुलाई बेबहारिक काम सिक्ने मौका दिने हो। उनीहरुलाई SLC दिन होईन र तुरुन्तै काममा लागौन सकियोस। या त आफैले व्यापार गर्ने बेबस्था मिलाउन या अरुको लागी तुरुन्त काम गर्न सक्ष्यम बनुन। तिनले फेरी काम गर्दा गर्दै माथिल्लो स्तरको शिक्षा लिन पाउने बेबस्था पनि गर्ने उही बिषयमा। तेस्को लागी Vocational College हरुको बेबस्था गर्नुपर्ने हुन्छ। हरेक बिकास क्षेत्रमा (वा बन्नेवाला सघीय राज्यमा) कम्तिमा १-२ ओटा तेस्ता College को आबश्यकता पर्छ माग हेरी। यस्ता Vocational School र College हरु थाइलेन्डमा सफलताका साथ चलेका छन। उदाहरणको लागी Sports Schools र Sports Colleges जहाँ खेलका लागी चाहिने सुबिधा हुन्छन अनि बिध्यर्थिहरु तेही बसेर पढ्ने, तालिम लिने गर्छन। धेरै जसो रास्ट्रिय खेलाडीहरु तेहा पढ्ने, पढाउने र तालिम दिने गर्छन। Sport मै पनि अझ उच्च शिक्षा हासिल गर्न पनि सक्छन। आफ्नै भाषामा। अंग्रजीको जरुरत पर्दैन।
तेस्तै Mechanical बिषयमा पनि तेस्ता बिद्यालय र कलेज चलेका छन। हामी बिभिन्न Vocational School भेट्ने क्रममा कक्ष्या ९ मा पढ्ने बिध्यर्थिले Rocket कसरि उड्छ भनेर Coke बोत्तल उडाएर प्रदर्शन गरे, अनि अर्को ग्रुपले मोटर साइकल, कारका इन्जिनहरु कसरि चल्छन भनेर देखाए। अनि ति बिग्रेमा कसरी मर्मत गर्न सकिन्छ भनि देखाए। तेस्तै बिभिन्न Tractor, Combined Harvestor बारे तिनले जानेको/सिकेको बर्णन सुनाए।
कलाकरिता क्षेत्रमा मा पनि यस्ता बेबस्था हुन् सक्छन, अरु थुप्रै प्राबिधिक बिषयहरु छन जस्तै Carpentry, Ceramic work, Tourism, Hair cutting / dressing / Beautician works, आदि आदि। यस्ता Vocational School र College हरुको बेबस्थाले अन्य बेबहारिक सीपको उच्च मुल्यांकन गर्छ। रोजगारी सिर्जना गर्न मद्दत गर्नुको साथै दक्ष्य जनशक्ति उत्पादन गर्छ अनि युवाहरुलाई बिदेशिन बाट पनि रोक्छ।
कसैलाई फेल नगराउ थर्ड दिविजन सबैलाई प्रभिदिक बनाउ। माथिल्ला दिभिजनहरुलाई चोइस गरेर पढ्न देउ।
सुझाव राम्रो छ डा.भुजेलजी सम्भंधित निकायको ध्यान र बिचार समयमै पुगोस यस बिसयमा ..भाबि रास्ट्र र जनताले भोग्ने पर्ने गहन कुरा हो …आजका बिद्यार्थी भबिस्यका राष्ट्र सेवक हुन्…आजका नेताहरु जस्तो भोलि नबनोन..ओम ..सान्ति .. जय नेपाल
यो नया संसार मा नया तरिका ले सोच्नु पर्छ सबै
मानिस बिसेषछन् पढेर मात्र पुग्दैन काम pani आवसेक छ पदी को साथसाथ सात्साथ प्राक्टिकल pani आवसेक छ अनि जो lai जे जे मा garna सकछु जस्तो लाग्छ तेही मा उसले सफल पाउछ तर किताब नै घोiक्ने बानि नराम्रो हो
आधा भन्दा बढी लाई असफल बनाउने
छोरि त फेल भई अब बिहे गरि पठाउने !!
छोरो ले पढ्न सकेन अब ऋण खोजेर साउदी तिर पठाइदिनु बेश हो !!
फलामे ढोका भनेर आधा भन्दा बढी विधार्थीलाई अन्योल्तामा थुनेर राखने यो मेरो कस्तो देश हो !!
अहो भेल भैयो अब भविष्य डामाडोल भयो मेरो, अब मेरो केहि प्रगति हुदैन !!
लाखौं लाई फेल बनाऊछ , कति को ज्यान लिन्छ, कयौं लाई मानसिक तनाब मा धकेल्छ तर नियम बनाउने यी नेता को मन छुदैन!
आम…्मै मं त फेल भएँ , कसरी यो समाज म अनुहार देखाउनु , म त मरेकै बेश !!
राम्ररी नपढाउने, बर्षमा आधा भन्दा बढी दिन हड्ताल गराउने , जिन्दगि को सुरुवात मै
आत्माग्लानी बनाउने यो मेरो कस्तो देश !!
शिक्षा को बिकाश मा कहिल्यै ध्यान दिदैन अनि फलामे गेट को नाममा आधा भन्दा बढी बिधार्थी लाई अपाङ्ग बनाऊछ
अनि देश को बिकाश भएन भनेर घोक्रो सुक्ने गरि कराउछ !!
यो मेरो कस्तो देश !!!!!!!
पास हुने पनि अहो !! म त SLC पास भएँ , अब त मोज मस्ती गर्ने हो भनेर कयौं त कुसंगत र कुलत तिर लम्कनछन
साच्चै के SLC नै सर्बेसर्ब हो र ? यो एउटा सामान्य १० को परीक्षा सरह हुनु पर्ने हैन र ? https://www.facebook.com/#!/stopslc
येस्ता लेखहरु भाइरल हुनुपर्छ बामेको फोटो शेयर गरेर केहि परिबर्तन हुनेछैन तर यस्ता सान्दर्भिक लेखहरु शेयर गरे आज नभए भोलि कुनै दिन प्रतिफल आउछ नै जसले भोलि कसैको जीवन भने परिवर्तन गर्नेछ …
1. SLC exam should be based on practical and critical thinking not memorizing. Critical thinking and Context Base Learning system is very expensive, that is why, only rich country like US and Canada are successful to use it in most of the area. But Nepal can begin thinking about it.
2. School’s evaluation should be based on scientific evaluation such as North Amercian Standard where schools are evaluated based on ratio of Admission and Successful candidate. Because, in Boarding school they fail huge number of student around 7 and 8 and remaining are only talent student to take SLC for better score, but what about those students failed around 7 or 8 grade.
3. All question should be in multiple choice scantron based so result can give within 24 hours and another re-take exam can be taken quickly. When I was in junior college (10+2 Nepal), our teacher used to stay at the door and scan the scantron and used to give us score as we exit from the exam hall. Back then (15 years ago), scantron used to be expensive, but now you can buy under few hundred dollars which can process thousands of sheet in a day. It will also help reducing cheating. Because if you have to answer 100 question in 1-2 hours, no body will have a time to cheat or ask other or look book. You have to answer 1 question in 30 to 50 seconds. Plus when machine check and score the mark there is less error and will have fairness. Also it is much cheaper because you don’t need paper and paper checking cost, just put stack of scantron sheet and give result in 24 hours or after all exam completes.
Nepal government should think about it and listen the people who knows these stuff.
SLC पचासौ वर्ष पुरानो फलामको ढोका “थियो” , अहिले चाही खिया लगेर मर्मत गर्नु पर्ने भैसकेको छ र त्यो ढोकाबाट छिर्न खोज्ने धेरैलाई चोट लाग्छ र केहि titanus को सुइ नपाएर मर्छ/
SLC लाइ समय अनुसार ब्यबहारिक बनाउनु अत्यन्त जरुरि भैसकेको छ/
नो एङ्ग्लिश बिज्ञान र म्याथ अनिबार्य . त्यति भए समस्या समाधान.
क्लास नौ सम्म ति सबै अनिबार्य then बिसय छान्ने मौका . नो आए साल सी . कछे १२ सम्म school . तस्पछी गूद मार्क्स गो उनिवेर्सिटी बाद मार्क्स गो ब्यबसिक campus . कुरा खत्तम.
धेरै राम्रो लेख्नु भयो. SLC ले राम्रो शिछ्या नपुगेको दुर्गम गाउँका बिद्यार्थीहरुलाई निरुत्साहित पार्ने गरेकोछा. English लाई optional गरियो भने पनि धेरै समस्या समाधान हुन सक्छ.
राम्रो बिषय उठाउनु भो | यो S.L.C. प्रणाली तुरुन्त खारेज हुनु पर्छ र ब्यबहारिक बनाउन सक्नु पर्छ | यो त व्यक्तिगत समुन्नतिकोलागि बाधक हो र अन्तत: देश बिकाश कै लागि बाधक हो | कहिँ नभएको जात्रा हाँडीगाउँमा किन ?
यो लागु भयो भने साचै शिछ्या मा सबैको पहुच र विकास हुन्छ !english त अरु को भाषा हो जस्तो हाम्रो नेपाली भाषा छ यसलाई अनिबार्य गराइनु हुदैन !इछ्या हुनेले पढ्दा पनि हुन्छ !