Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४ गोल खाएपछि CR7

Posted on June 17, 2014June 17, 2014 by Salokya

CR7
प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको पोर्चुगल र जर्मनीबीचको खेल लास्टमा CR7 (७ नम्बरको जर्सी लगाउने क्रिस्टियानो रोनाल्डो) नेतृत्वको टिमको लज्जास्पद हारमा टुङ्गियो। स्टारहरु चम्किरहेको यस पटकको विश्वकपमा स्विडेनविरुद्धको खेलमा शानदार ह्याट्रिक गरी विश्वकपमा छनौट गराउने वर्ल्ड फुटबलर अफ दि इयर रोनाल्डोको जादू हेर्न पाउने अपेक्षा धेरैको थियो। ह्याट्रिक त भयो तर CR7 ले हैन विपक्षी जर्मनीका थोमस मुलरको नाममा। पोर्चुगल र उसका फ्यानहरुका लागि बिर्सन लायक नै रह्यो खेल।

पेपेको राँगो पारा


पेनाल्टीबाट एक गोल र Mats Hummels ले अर्को एक गोल थपी पोर्चुगल ०-२ ले पछि परेको पाँच मिनेटमै ब्राजिलमा जन्मिएर पोर्चुगलबाट खेल्ने पेपेले सन्तुलन गुमाए।

बल नियन्त्रणमा लिन खोसाखोस भइरहेको थियो जर्मनीका मुलर र पेपेबीच। त्यता केही भएछ। विवादलाई यत्तिकै नछाडेर पेपेले मैदानमा रहेका मुलरलाई राँगोले हानेजस्तै टाउकोले टाउकोमा हिंसात्मक तरिकाले हाने। यो व्यवहारपछि उनलाई रातो कार्ड दिनुबाहेक अरु विकल्प थिएन।

रातो कार्डले दिने एक खेलको प्रतिबन्ध बाहेक शायद् फिफाले यो हिंसात्मक व्यवहारको लागि थप दण्ड पनि दिन्छ होला। बिचरा पेपेको विश्वकप यात्रा यत्तिमै अन्त्य हुनसक्छ।

यद्यपि मुलर प्रति पनि औँला नउठेका हैनन्। पेपेको गल्ती त आफ्नो ठाउँमा छँदैछ। त्यसका लागि रातो कार्ड दिनुपर्नेमा त विवादै छैन। तर पेपेले छुस्स छुँदा मात्र पनि के के न भएको जस्तो गरेर ढलेको र त्यसैबाट उत्तेजित भएर पेपेले त्यस्तो आपत्तिजनक व्यवहार देखाएको भन्ने कमेन्ट्री पनि अन्तर्राष्ट्रिय मिडियामा देखियो।


तर मुलर यो विश्वकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने। स्वभाविक रुपमा म्यान अफ दि म्याच पनि उनै भए।

रातो कार्डको प्रतिक्रियामा पोर्चुगलका खेलाडी Raul Meireles को प्रतिक्रिया पनि गतिलो थिएन-

१० खेलाडीमा सीमित पोर्चुगल त्यसपछि दुई गोल खायो र खेलमा 0-४ गोलले पराजित हुन पुग्यो।

अनि यसरी रुनु पर्‍यो CR7

अमेरिकाको रेकर्ड

गएरातिको खेलमा अमेरिकाले पनि रेकर्ड राख्यो। खेल सुरु भएको ३२ सेकेन्डमै घानाविरुद्ध गरेको गोल विश्वकपको इतिहासमै सबैभन्दा छिटो भएका गोलमध्ये एक थियो। रेकर्डको पाना पल्टाएर हेर्दा सबभन्दा छिटो गोल टर्कीका Hakan Suker ले ११ सेकेन्डमा गरेको गोल छ (२००२ मा दक्षिण कोरियाविरुद्ध), १६ सेकेन्डमा चेकोस्लोभाकियाका Vaclav Masek ले गरेको गोल (१९६२ मेक्सिकोविरुद्ध) दोस्रोमा र २५ सेकेन्डमा जर्मनीका Ernst Lehner ले १९३४ मा गरेको अस्ट्रियाविरुद्धको गोल तेस्रोमा र फ्रान्सविरुद्ध १९८२ मा २७ सेकेन्डमा इङ्ग्ल्यान्डका ब्रायन रोब्सनले गरेको गोल चौथो छिटो नम्बरमा थियो।

विश्वकपमा भएका अमेरिकी गोलमध्ये त सबैभन्दा छिटोको रेकर्ड नै बन्यो। ८२ औँ मिनेटमा घानाले गोल नगरेसम्म अमेरिकी अग्रता कायमै थियो। तर ८६ औँ मिनेटमा भएको अर्को गोलले अमेरिकालाई खेलमा विजयी बनायो।

एसियाली देशको प्रगति

एसियाली देशमध्ये जापानले पहिलो खेल हारिसकेको छ भने गएराति इरानले नाइजेरियासँग खेल्यो। खेलमा निर्धारित ९० मिनेटसम्म कुनै गोल हुन सकेन। यसपालिको विश्वकपकै पहिलो गोलरहित खेल र बराबरीमा टुङ्गिएको खेल पनि यही थियो।

अर्को एसियाली देश दक्षिण कोरियाले भोलि एकाबिहानै पौन ४ बजे रुससित पहिलो खेल खेल्दैछ। त्यसअघि बेल्जियम र अल्जेरियाको खेल पौने १० बजे र नेपालमा धेरै फ्यान रहेको ब्राजिल र मेक्सिकोबीचको खेल पौने १ बजे हुँदैछ।

12 thoughts on “४ गोल खाएपछि CR7”

  1. Krish Timsina says:
    July 5, 2014 at 5:51 am

    The history of violent game by PEPE in previous games. Watch this video below; very important to understand his Sportsmanship!

    http://www.youtube.com/watch?v=1POVLqxwjiI

    Reply
  2. Resham Thapa says:
    June 17, 2014 at 9:56 pm

    बालै भएन नि; रोनाल्डो इज अ ग्रट प्लेएर ।।।

    Reply
  3. भक्तपुरे says:
    June 17, 2014 at 5:52 pm

    पोर्चुगलको सपोर्ट त गरियो तर बिच्चैमा निल्नु न ओकल्नु पो भयो । के बिधि ह्रिंसक व्यहोरा देखाएका हौ । तिनको अगाडि बरु जर्मनीको शान्त, शालिन र भलाद्मीपनाले मन जित्यो । पोर्चुगल प्रतिको मन मर्यो अब ।

    पे पे भन्नेले त झन जन्तुको व्यहोरा देखायो । संसारले हेर्ने यत्रो विश्वकप खेल्ने खेलाडिको व्यहोरा यस्तो लाजमर्दो । आफ्नो राष्ट्रकै अपमान गर्यो यसले । यस्तो बानी भएको खेलाडीलाई त कोचले पहिल्यै नखेलाउनु पर्ने अथवा सावधान गराउनु पर्ने थियो ।

    Reply
    1. Myagdeli Magar says:
      June 18, 2014 at 8:00 am

      त्यो पेपे ब्राजिल मै जन्म्या हो रे बालै भएन नि तर जर्मनी को नौटंकी ३०० गुना धेरै

      Reply
  4. kushal says:
    June 17, 2014 at 5:11 pm

    त्यो Meireles माझी औला नभई चोर औला हो।

    Reply
  5. eklavya says:
    June 17, 2014 at 3:47 pm

    फुटबलमा striker हरुलाई प्राय विङ्ग अथवा playmaker को आवश्यकता पर्दछ जसले बल पास दिएपछि one touch गोल गर्न खोज्छन अपवाद रुपमा हाल मेस्सी एकमात्र खेलाडी छन् जसले आफ्नो लागि ठाउँ create गर्छन CR7 र रोबेनले यो कहिलेकाही गरेर देखाउछ तर अफसोस यसपाली पोर्चुगलको एकमात्र दौडने घोडालै कुनै विङ्ग र playmaker ले साथ् दिएन …कुनै खेल बिर्सन लायककै हुन्छ खेलाडीको जीवनमा ….

    Reply
  6. krishna says:
    June 17, 2014 at 3:30 pm

    पेपे ले जर्मनी लाइ हेपे ! त्यहि पनि चान्स्लेरिन को अगाडि .. इटाली पोर्तुगल हग्गेरिका हरु अलि हेपाहा , रिसाहा , रफ हुन्छन ,खेलमा मात्र हैन अन्य विधा मा पनि / जर्मनीका सरल ,मिलनसार , नरम खेलाडीका अगाडी उक्त देसका खेलाडि हरु खेल्न हैन युध्द मा भिड्दै गरेका औठा छापे सिपाही जस्ता देखिन्छन….

    Reply
    1. LAX from JAPAN says:
      June 17, 2014 at 5:14 pm

      पेपे ब्राजिलीयन हुन्।

      Reply
      1. Lohani Indra says:
        June 18, 2014 at 12:02 am

        पेपे ब्राज़िल्यन रे ? पेपे र पेले कहाँ कहाँका हुन् भन्ने पनि नचिन्नेले फूटबलको विषयमा किन भुक्नु ?

        Reply
        1. Kisan says:
          June 18, 2014 at 3:00 am

          दिमाग पेलेको कालमा भएको मान्छेले भुक्नुअघि यसो गुगल गरेर हेरेको भए यस्तो लाजमर्दो हुन्न थियो लोहनी इन्द्र जी, कुरीकुरी। गुगल गर्न नआए माथि ब्लगमा के लेखिएको छ पढौं र त्यसमा भएको लिंकमा क्लिक गरौं। पेपे ब्राजिलियन हुन् मित्र, त्यति नि थाहा नभएकोमा फेरि कुरीकुरी। लौ यता किलिक पारेर हेरम् ब्रो थाहा पाउन http://www.fifa.com/worldcup/players/player=275931/profile-detail.html

          Reply
        2. LAX from JAPAN says:
          June 18, 2014 at 5:42 am

          अनावश्यक कमेन्ट गर्नु भन्दा पहिला अध्ययन गरौं।

          Reply
          1. Prabin says:
            June 18, 2014 at 12:30 pm

            जर्मन खेलाडी को नाटक हरेक WORLD CUP मा हामीले हेर्दै आएका हौँ. म्याराडोना को अर्जेन्टिना संग इटाली मा फाइनल गेम मा पनि कम्ति झेली गरेन जर्मन ले ! वो हो म्याराडोना ले त रुनै पर्यो मैदान मै! त्यो दिन हिजो जस्तो लाग्छ तेसैले मा जर्मन को समर्थक कहिले भईन !

            Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme