Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलले जाली नचुमी गोल भएको अनि गोलकिपरले आफ्नै पोस्टमा गोल गरेको देख्नुभएको छ? हेर्नुस्

Posted on June 16, 2014June 16, 2014 by Salokya

गोललाइन टेक्नोलोजीको पहिलो उपयोग

jali सामान्यतया फुटबलमा बलले पोस्टको जाली चुम्यो भने गोल भएको बुझिन्छ। तर वास्तवमा त्यो होइन। बल गोललाइनबाट कटेपछि चाहिँ गोल हुने हो। तर फुटबल जस्तो फास्ट गेममा रेफ्री वा सहायक रेफ्रीहरुले बलले लाइन काट्यो कि काटेन भनेर निश्चित गर्न गाह्रो भइरहेको हुन्छ। इतिहासमा धेरै वटा यस्तो विवादास्पद गोल भएका छन् विश्वकपमा। यस पटक भने फिफाले गोललाइन प्रविधि ल्याएको छ, जसबाट गोल भएको हो कि होइन प्रविधिले बताइदिन्छ। आनन्द। विवादै गर्नुपरेन। आज बिहान भएको फ्रान्स र होन्डुरसबीचको खेलमा यस्तै गोल भयो।

jali
खेलको ४८ औँ मिनेट चलिरहेको थियो। करिम बेन्जेमाले ४५ औँ मिनेटमा पेनाल्टीबाट गरेको एक गोलले फ्रान्स १-० को स्थितिमा थियो। बेन्जेमाले ४८ औँ मिनेटमा हानेको बल गोलकिपरको दायाँ छेउको पोलमा ठोक्किएर फर्किँदै किपरकै हातमा लाग्यो र उनले त्यो बल जाली नचुम्दै बाहिर फ्याले।

अरु बेला भएको भए नतिजा के हुन्थ्यो भन्न सकिन्न थियो। अहिले त गोललाइन प्रविधि छ। हेर्दा लाइन क्रस गरेको रहेछ र गोल भयो। अनि लास्टमा बल गोलकिपरको हातमा ठोक्किएकोले त्यो गोल आत्मघाती गोलको नाममा गोलकिपर Noel Valladares कै नाममा दर्ता हुने भयो।

भिडियो हेर्नुस्-

कसरी थाहा हुन्छ त गोल हो कि होइन भनेर ?

इतिहासका विवादास्पद गोल। सन् १९६६ को Geoff Hurst को गोल

सन् २०१० मा चाहिँ बेलायतले मार खायो। जर्मनीविरुद्धको खेलमा फ्र्याङ्क लाम्पार्डले गरेको गोललाई वैधता दिइएन।

गोललाइन प्रविधिसँगै अब यस्ता विवाद नहोला।

4 thoughts on “बलले जाली नचुमी गोल भएको अनि गोलकिपरले आफ्नै पोस्टमा गोल गरेको देख्नुभएको छ? हेर्नुस्”

  1. yogi says:
    June 17, 2014 at 10:30 am

    अब किन चाहीयो त रेफ्री….मलाई मन परेन….खेल कम रोचक हुँदै जान्छ अब सायद….

    Reply
  2. Bikas says:
    June 17, 2014 at 8:58 am

    According to ESPN, that goal could go as Karim Benzema’s goal.

    They said, FIFA’s own goal rule says something like “If the ball was on target and hit back to any players before going in then it does not count as own goal”

    Without a doubt in European club games that’s an own goal. They have independent judiciary panel which review all goals after few days and registers to right person even if it was registered to wrong person during the game.

    If that rule is correct and FIFA register that goal to Benzima then it would be the first hat trick of this world cup.

    Reply
    1. Deepak Aryan says:
      June 17, 2014 at 11:02 am

      Thats the reason its an own goal. The ball hit the post and wasn’t going in to the net. Goalie’s back directed the ball to the net. Thats what own goal means.

      Reply
  3. राम चन्द्र says:
    June 16, 2014 at 12:15 pm

    रेफ्री बिबाद मा मुछिदैन अब

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme