Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेस्सी किन महान्? अझै शंका छ भने आजको खेलका यी दुई फोटो र भिडियो हेर्नुस्, छर्लङ्गै हुन्छ

Posted on June 16, 2014June 16, 2014 by mysansar

messi पहिलो पटक विश्वकप खेल्दै गरेको बोस्निया हर्जगोभिनाले कडा चुनौति दिएको खेलमा अर्जेन्टिनाले आज बिहान २-१ को जित हात पार्‍यो। अर्जेन्टिनाको खातामा दुई गोल भए पनि एउटा गोल बोस्नियाले नै खेल सुरु भएको तीन मिनेटमै गरेको आत्मघाती गोल थियो। यसपालि अहिलेसम्ममा आत्मघाती गोल नै तीन वटा भइसक्यो। अर्जेन्टिनाको लागि अर्को गोल भने उनै लायोनेल मेस्सीले गरेका थिए। मेस्सीको यो दोस्रो तेस्रो विश्वकप थियो। अघिल्लो विश्वकपमा उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् र सन् २००६ को विश्वकपमा गरेको एक गोलमै चित्त बुझाउनु परेको थियो। यस पटकको प्रतियोगितामा भने पहिलो खेलमै उनले शानदार गोल गरेर समर्थकको चित्त बुझाए।

मेस्सीको प्रशंसा धेरै गरिन्छ। किन भन्ने थाहा पाउन आज उनले गरेको गोल हेर्दा पनि प्रष्ट हुन्छ। चर्चित खेलाडीका लागि एउटा बेफाइदा हुन्छ। विपक्षीले उसैलाई रोक्न आफ्ना केही खेलाडी तैनाथ गरेका हुन्छन्। तर विपक्षी खेलाडीले भरमग्दुर प्रयास गरेर रोक्न खोज्दा पनि उनले कसरी गोल गरे, हेर्नुस् दुई फोटो र एउटा भिडियो।

This one is called "What Messi Does To Defenders." pic.twitter.com/XFDbC0flSg

— SportsNation (@SportsNation) June 15, 2014


पोहोर जस्तो मेसी, हल्लामात्रै बेसी भन्ने नारा यसपालि हुँदैन होला। हेर्नुुस् त डिफेन्डरहरुको के गति पारेका उनले!

Pick your spot. #ARG pic.twitter.com/COXCfcjZPD

— Squawka Football (@Squawka) June 15, 2014


कस्तो अप्ठेरो ठाउँबाट गोल हेर्नुस् त!

हेर्नुस् भिडियो-

मेस्सीका फ्यान विनय श्रेष्ठले माइसंसारमा पठाएको कला
मेस्सीका फ्यान विनय श्रेष्ठले माइसंसारमा पठाएको कला

25 thoughts on “मेस्सी किन महान्? अझै शंका छ भने आजको खेलका यी दुई फोटो र भिडियो हेर्नुस्, छर्लङ्गै हुन्छ”

  1. Hikmat Bishowkarma says:
    June 17, 2014 at 4:50 am

    We can’t judge a player by one goal. If Argentina reached in knock out stage and Messi score like this and crucial goal, we can consider him great player. Arjen Robben’s goal and Van Persie’s 1st goal against Spain also great.

    Reply
  2. eklavya says:
    June 17, 2014 at 2:15 am

    यहाँ कमेन्ट गर्नेहरुलाई शायद फिफा वर्ष खेलाडी भनेको के हो र यसमा nominate मात्र हुनु पनि खेलाडीको महानता दर्शाउछ भने यसलाई जित्नु त्यो पनि चार चार वर्ष लगातार भन्ने कुरा हरुको ग्यान नभाको हो कि ….यस्तो गोल मेस्सिको नाममा थुप्रै छन् तर विश्व कपमा पहिलो भएकोले यति चर्चा भएको हो ….

    Reply
  3. रैथाने says:
    June 16, 2014 at 9:43 pm

    उमेस्सी रैछ माइसंसार चलाउने!
    यो मेस्सी राम्रो खेलाडि हो यसमा दुइ मत छैन!
    हिजो तेत्ति जोडदार खेलेन यसमा अपनी अर्को मत छैन!
    सायद वोर्ल्दकपको पहिलो खेल अनि क्याप्टेनको भारले उसले आफ्नो पुरा फुर्ति लायर खेल्न नसक्या हुनुपर्छ!
    मेस्सी मन त पर्छ तर मेस्सी मेस्सी भन्दै आखामा खैनी हाल्ने छुस्सी चाहि मा होइन!
    हिजो गरेको गोल खास्सै छैन हो!
    गोल त रोबिन वन पर्सिको जस्तो हान्नु पर्छ!
    त्यो पो गोल हो गाठे!

    Reply
  4. Shankar says:
    June 16, 2014 at 8:28 pm

    भान पर्सि ले हेड ले हानेको बल गोल भएको पनि कम सुन्दर थिएँन ,तेस्तै रबिन ले पनि गतिलो गोल दिएको थ्यो , बाला टाली, रुनी ,रोनाल्डो आदिको करिस्मा देख्न अझ बाकि नै छ | अहिले मेस्सी को प्रसंसा मा मसि न सुकाउनु होला |
    बेसक मेस्सी जति राम्रो खेलाडी यो धर्ति मा आजको मितिमा छैन |

    Reply
  5. Bikas says:
    June 16, 2014 at 7:33 pm

    I have been watching most of European club competitions (PL, La Liga, Seria A, Bundesliga) week in week out from past 6-7 years.
    Without a doubt Messi and Ronaldo are best football players on the planet from past few years( And I am not Barcelona or Real Madrid or Ronaldo’s former club Man Utd’s fan)

    They have achieved a lot more in club level but very few or almost nothing in country level.
    To be honest yesterday Messi had poor game by his standard but that goal was class act of genius and I was not surprised with that because he has scored such goal a lot of time in his club games.
    Club do spend millions of dollars to build a team, they play week in week out so they have good combination and good team chemistry where as in national level most of the time you can not say samething.

    So Messi is undoubtedly best player on the planet along with Ronaldo but we cannot level him with Pelle or Maradona unless and until he wins world cup with Argentina.
    Thanks.

    Reply
  6. dipesh says:
    June 16, 2014 at 5:55 pm

    अर्जेन्टिना ले जितोस कि हारोस, तर मेस्सि राम्रा खेलाडि हुन। अर्कै टिम भएपनि शायद पोर्चुगलका रोनाल्डोले आजभनेरको कुरा मेस्सिमा पनि सान्दर्रभिक हुन्छ होला, ” I don’t think I have to show anyone anything,” he said.
    “If we look at my statistics and resume you’ll see that.” “I don’t have to demonstrate anything,” argued Ronaldo, who recently scored 11 goals in seven internationals, including a hat-trick against Sweden that secured his side’s qualification. “Not now or before or after. What I have to do is continue my career which has been great so far. “I believe one player is not a team, I’m here in the national team to help, I’m an additional player, I can make a difference in some of the games, but I can’t carry the whole team on my back.’

    त्यसैले राम्रो खेलको मजा लिउ अनि तारिफ गरौ तर एकै जनाले सारा संसार जित्नु पर्ने जस्तो भाब नराखौ।।।जदौ

    Reply
  7. Suresh Sapkota says:
    June 16, 2014 at 5:15 pm

    मेस्सी राम्रो फूटबल प्लेअर हो हो एस मा दुबिदधा छैन/ तर उमेश जीले बोस्निया जस्तो कम्जोर मानिने ( भलै हिजो को खेल राम्रो खेलेको थियो) माथि गरेको एउटा मेस्सी को गोल लाई यो worldcup को एक मात्र गोल जस्तो गराएर लेख्नु चै आफ्नो मन पर्ने खेलाडी को चाइने भन्दा बडी व्यक्तिगत तारिफ बाहेक अरु केहि नि होइन है l

    Reply
    1. Kisan says:
      June 16, 2014 at 5:29 pm

      वर्ल्डकपका एउटा दुइटा खेल हेर्नेहरुलाई के थाहा बोस्निया कमजोर हो कि बलियो टिम हो । फिफाको र्‍याङ्किङमा २१ नम्बरमा पर्ने बोस्नियालाई कमजोर ? गोल भनेको लात्ताले हानेर छिरेको जुनै बल पनि उस्तै हुँदैन । आधाभन्दा बढी खेलाडीले छेक्दाछेक्दै पनि कसरी गोल गरियो, त्यो प्राविधिक पक्ष हेर्नुपर्छ । हुनत नेपाली अजासुहरु खेल विज्ञ र रेफ्री भन्दा बढी जान्ने हुन्छन् , तपाईँको मात्र दोष हैन सुरेश जी

      Reply
      1. Suresh Sapkota says:
        June 17, 2014 at 12:35 am

        किसन जी लाइ धन्यवाद RANKING को बारेमा जानकारी गराउनु भएको मा / मा पनि फूटबल नहेर्ने मान्छे होइन / EPL , LALIGA BUNDESLIGA का साथै सम्पूर्ण INTERNATIONAL खेल हरु भ्याए सम्म नछुटाई हेर्छु . अनि अर्को कुरा RANKING ले मात्र TEAM को अवस्था जनाउने भए १५ नम्बर मा भएको NETHARLAND ले १ नम्बर मा भएको स्पेन लाइ त्यो बिजोग बनाएर हराउने थिएन होला .. खेल मा वर्तमान अवस्था को SQUAD र पेर्फोमंस मा भर पर्छा / हो तेही SQUAD को आधार मा बोस्निया, अर्जेन्टिना भन्दा कम्जोर छ भन्न खोजेको थिए. अनि फेरी पनि अन्त्य मा मेस्सी को त्यो गोल चै राम्रो थियो तर संसार हल्लौना पर्ने खाल को थिएन

        Reply
  8. ganesh says:
    June 16, 2014 at 4:54 pm

    फूटबलका असली दर्सकलाइ मात्रै थाहा हुन्छ यो गोलको महानता. एक गोल गर्नुले कोइ महान हुन्दैन, तर पटक पटक येस्ता गोल गर्नाले महान हुन्छ खेलाडी. आफ्नै प्रयासले ३-४ दिफेन्दरलाइ छलाएर गोल गर्नु कतै सजिलो हुन्न. फूटबलको गोल मात्रै हेर्ने होइन क्रिटिक्सका कुरा पनि सुन्नु पर्छ. फूटबल बुझ्नु पर्छ.

    Reply
  9. Rabindra says:
    June 16, 2014 at 3:29 pm

    फ्रान्स र होण्डुरस को खेल मा कारिम बेन्जिमा को गोल हरु हेर्नुस, स्पेन र नेदरल्याण्ड को खेल मा भएका सबै गोल हरु हेर्नुस अनि फेरी भन्नुस मेस्सी को गोल सर्बोत्क्रिस्ट गोल थियो भनेर 🙁

    Reply
  10. Samuel gautam says:
    June 16, 2014 at 1:54 pm

    Love मेस्सी move

    He did well at last

    He is humble and genius.

    Need to appreciate good things.

    Reply
  11. Surya says:
    June 16, 2014 at 1:28 pm

    मलाई त Messi भन्दा Pirlo धेरै राम्रो लाग्छ. Pirlo त इटालीको orchestrator हो. पक्का जादुगर!

    Reply
  12. Pesal says:
    June 16, 2014 at 11:01 am

    कस्ले लेखेको यो ब्लग Umesh Ji ले त पक्कै हैन होला,, स्मरण रहोस यो खेलमा एउटा आत्मघाती गोल पनि भयको छ,,, जसले मेस्सिको महानता लाई कुनै कोण बाट देखाउ दैन

    Reply
    1. yakthungba says:
      June 16, 2014 at 12:11 pm

      फूटबल खेल को भाषा जाबो क्रिकेट हेर्ने माहा मुर्ख लाई के थाहा…..

      Reply
    2. rupesh bhatta says:
      June 16, 2014 at 2:16 pm

      त्यो आत्मघाती गोल पनि messi को excellent free kick मा भएको हो मित्र

      Reply
  13. Rajendra Shrestha says:
    June 16, 2014 at 10:58 am

    यो खेल को बास्तविक बिजेता बोस्निया हो .

    Reply
  14. Hari says:
    June 16, 2014 at 10:48 am

    बोसनिया माथि १ गोल गर्दैमा महान कस्तो अचम्म

    Reply
  15. Bikash says:
    June 16, 2014 at 10:48 am

    Jpt पोस्ट…मेस्सी को खेल तेस्तो खतरा त थिएन हिजो… Bosnia धेरै राम्रो खेल्यो अर्जेन्टिना भन्दा…तपाई मेस्सी fan जस्तो लाग्यो.

    Reply
    1. RajMa says:
      June 17, 2014 at 6:04 am

      What about hattrick against real madrid in debut match at the age of 17 ??? Football pailo choti here jasto chha Bikash le

      Reply
  16. Aryan says:
    June 16, 2014 at 10:20 am

    तपाईं को कुरा सुन्दा त तपाईं मेस्सी को फ्यान भन्दा बढी केहि पनि होइन जस्तो लाग्यो . पुरा खेल मा मेस्सी खराब प्रदर्शन गरि रहे अनि यो स्तर को खेलाडी ले एउटा राम्रो गोल गर्यो भनेर ब्लग पोस्ट नै गर्नु पर्ने ? फ्रान्स र होण्डुरस को खेल मा कारिम बेन्जिमा को गोल हरु हेर्नुस, स्पेन र नेदरल्याण्ड को खेल मा भएका सबै गोल हरु हेर्नुस अनि फेरी भन्नुस मेस्सी को गोल सर्बोत्क्रिस्ट गोल थियो भनेर 🙁

    Reply
  17. bibek says:
    June 16, 2014 at 10:18 am

    नेपालीहरुलाई मेस्सी र Ronaldo बाहेक अरुको नाम पनि त थाहा हुनु पर्यो नि , अरु खेलाडीको गॉल पनि यो भन्दा कम छैन हो

    Reply
    1. lakshya says:
      June 16, 2014 at 3:07 pm

      that’s fine but why people like you always have to use the term “Nepaliharu lie” for anything an individual does. The blogger is Nepali but he does represent all of us. Hope you got what I meant.

      Reply
    2. विश्वास says:
      June 16, 2014 at 4:25 pm

      किन नेपाली भनेर हेप्या “अंग्रेज” मित्र? तपाईंको कमेन्ट पनि “नेपालीमै” छ, ब्लग पनि “नेपालीमै” छ! पढ्न त सक्नु भएछ!

      Reply
    3. robin says:
      June 16, 2014 at 11:01 pm

      तिम्लाई चाही दहेरई थाहा छ जस्तॊ लग्यॊ.. तर येति कुरा चाही भुज्नुस कि sathi messi is the best player of this time अनि soon be the best player player in football history

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme