Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खेल सकिएपछि विश्वकप रङ्गशालामा जापानी फ्यानले यो के गरे?

Posted on June 16, 2014June 16, 2014 by mysansar

JP एसियाली देशहरुमा विश्वकपमा धेरै सहभागी हुने एउटा देश जापान हो। एसियाबाट सहभागी हुने इरानले आज पहिलो खेल नाइजेरियासँग खेल्दैछ भने दक्षिण कोरियाको पहिलो खेल बुधबार नेपाली समय अनुसार पौने चार बजे छ। जापानले भने हिजो बिहान आइभोरी कोस्टसित पहिलो खेल खेलिसकेको छ।

१६ औँ मिनेटमा केइसुकी होन्डाको गोलसँगै जापानले लिएको अग्रता आइभोरी कोस्टले ६४ औँ मिनेटमा गोल गरी बराबरी र त्यसको दुई मिनेटमै ६६ औँ मिनेटमा अर्को गोल गरी तोडिदियो। अन्ततः खेलमा जापान पराजित भयो। खेल हारेपछि फ्यानहरु के हुन्छन्? पक्कै निराश हुन्छन्। तर जापानी फ्यानहरुले विश्वकप रङ्गशालामा के गरे ? हेर्नुस्-

अरु देशका फ्यान भएको भए निराश हुन्थे होलान्। कुनै देशका त हुल्याहा समर्थक पनि हुन्छन्, तोडफोडै गर्न सक्छन्।

तर जापानी फ्यानहरुले भने रङ्गशालाका फोहर पो सफा गरे त।

जापानी फ्यानहरुले ब्राजिलमा मात्र यसो गरेका हैनन्, यसअघि १९९८ मा फ्रान्समा र २००६ मा जर्मनीमा भएको विश्वकपमा पनि यस्तै गरेका थिए।

जापानले खेल त हार्‍यो तर जापानी फ्यानले मन भने जिते।

22 thoughts on “खेल सकिएपछि विश्वकप रङ्गशालामा जापानी फ्यानले यो के गरे?”

  1. Sanu Nepali says:
    June 17, 2014 at 3:22 pm

    हामी नेपाली हरु को घर घर मा टिभी छ . प्राय सबै जसो आफ्नो कम सकेर टिभी हेर्ने गर्थे . तर टिभी मा के हेरिन्छ त ? प्राय जसो ले त जीतिभी हेर्न गर्दो रहेछ . हिन्दि फिल्म हेर्ने गर्दो रहेछ Nepal टिभी मा त् जहिले हेरे पनि उही अन्तरबार्ता मात्रै हुन्छ . त्यो पनि राजनैतिक अन्तरबार्ता ……… अनि फुर्षद को समाए मा को अन्तरबार्ता हेरिरखोस नि त सिधै गयो हिन्दि फिल्म च्यानेल . घरको चारै तिर फोहोर को थुप्रो छ तेस्लाई कसै ले सोचेको हुन्दैन . फुर्षद भयो को शीधा हिन्दि फिल्म .

    टिभि मा हेर कुनै पाठ सिक्नु छैन .
    हाम्रो घर घर मा भएको टिभि मा NHK जापानी टिभी . तेस्मा हरेक प्राबिधिक , सरसफाई , रिसाइक्लॆन कसरि गरिन्छ भनेर देखाउछ. जापानिज हरु ले आफ्नो ठाउँ कसरी सफा राख्छ त्यो हामीले सिक्नु पर्छ जस्तो लाग्छ मलाई . उनि हरुको अनुसासन हामीले पनि सिक्नु ढिलो भैसक्यो .हामी अरु देश को खराब कुरा हरु चाडै सिक्छौ तर राम्रो कुरा सिक्दैनौ . फूटबल मा हर्दा समर्थक हरु ले स्तादियम सफगरेको त्यो आफ्नो दुख ब्यक्त गरेको हो . हामी भए के गर्थ्योउ होला

    Reply
  2. Nakash magar rolpa says:
    June 17, 2014 at 11:38 am

    नेपालीहरु भएको भए बोटल सिसा फोरदाई हिंड्ने थिए होला। मन परे हरियो नपरे रातो !

    Reply
  3. Shyam says:
    June 17, 2014 at 6:16 am

    विकास भनेको नै चेतनाको विकास हो , बिकसित छौ भन्नु र देखाउनु फरक Kura
    जापानिज हरुबाट नै सिकौ !

    Reply
  4. Himan says:
    June 16, 2014 at 2:50 pm

    नेपालीहरु भयको भय बोतल हान्न खोजि हिंड्ने थिए तर बिकसित देशका सभ्य नागरिकले यसरी हरेको पिडामा पनि उदाहरण बनछन् l आफुले गरेर देखाउन नसके पनि अरुले गरेको हेरेर सिक्नु पर्छ l

    Reply
  5. राम चन्द्र says:
    June 16, 2014 at 12:35 pm

    नेपाल ले बिस्वोकप खेलोस न हाम्रो नेपालि ले के के गरेर देखाउचन

    Reply
  6. Amit says:
    June 16, 2014 at 12:33 pm

    हाम्रो नेपाल भएको भए त सिवोर तोड फोड हुन्थियो रंगशाल

    Reply
  7. Radha Parajuli says:
    June 16, 2014 at 11:37 am

    लौ न आजैबाट हामिपनि सुरु गरौ ।

    Reply
  8. Prakash says:
    June 16, 2014 at 11:12 am

    सोच्दै नसोचेको कार्य ….वाह ! वाह … जापान वाह !! क्या नागरिक पाएका छौ तिमीले !!!

    Reply
  9. upendra says:
    June 16, 2014 at 11:03 am

    नेपाली महिलाहरु ले टोकियो को कुन ठाउँ मा तीज को कार्यक्रम गर्दा, फोहोर धेरै गरेर तेतिकै छोडेको भएर अर्को चोटी देखि त्यो ठाउमा नेपाली लाई कार्यक्रम गर्न नदिने भन्ने हल्ला सुनेको थिए ..यो ब्लग देखेर त्यो घटना याद आयो …

    Reply
    1. samrat~ says:
      June 17, 2014 at 9:55 am

      त्यो त भयो जापान मा नेपालि को चर्ती कला. USA मा ANA को बार्षिक convention मा एक दुइ पटक होटेल Marriott reserve गरेर convention गरेको थियो . एउटा चाइ Pennsylvania मा हो . रेस्ट रूम हरु अनि होटेल को lobby येति फोहोर गर्यो कि, एक दुइ बर्स सम्म नेपालि लाइ अमेरिका को कुनै पनि Marriott मा convention गर्ने band गरेको थियो. जाड खाएर जता ततै ढलेको . होटेल को बाहिर बोतल , फोहोर तेतिकै . काम न पाएर जाड खादै बिहान ६ बजे सम्म होटेल को lobby हल्या छ हेद्याछ दादा गिरि देखाउदै . सुहाओस न सुहाओस त्यो अर्कै कुरा. पार्टी हल मा एक जना बाउन्सर काले ले ४-५ जना सिकुटे दादा हरु लाइ उठाउदै बाहिर फुत्त फुत्ता फालेको सिन पनि देखियो. हरे ! हरि बिजोग . अरु गेस्ट को अगाडी म पनि नेपालि हो भन्नै लाज लाग्ने. त्यो नै थियो मेरो अन्तिम ANA को convention . येही हो हाम्रो गाथा विदेश मा. जापानिज हरु को जस्तो बुधी कहिले आउने हो खै.

      Reply
  10. रसिक प्रधान says:
    June 16, 2014 at 10:49 am

    धेरै राम्रो । त्यसैले त अगाडि छन् नी देश र जनता दुवै ।

    Reply
  11. गुन्जन says:
    June 16, 2014 at 10:47 am

    जापनिज हरु जहाँ गए पनि नमुना बन्छन। सबै नेपाली हरुले सिक्नु पर्ने पाठ हो यो।

    Reply
  12. Saurav says:
    June 16, 2014 at 10:23 am

    राम्रो काम सबैले पाठ सिकौं /

    Reply
  13. tikamaya says:
    June 16, 2014 at 9:36 am

    Inspiring Story!

    Reply
  14. arjun shrestha says:
    June 16, 2014 at 9:30 am

    they are not only nice , they are very very nice people.

    Reply
  15. Keshav Shrestha says:
    June 16, 2014 at 9:11 am

    जापानी हरु साचै नै हामीले सोच्न समेत नसक्ने गरि राम्रो काम हरु गर्छ त्यो नै जापानिज हरु को महानता हो |

    Reply
  16. Krishna Lamsal says:
    June 16, 2014 at 9:10 am

    त्यसैले त उनीहरु नेपाल जस्तो देश को मूल समस्या के हो त भनेर सोध्दा उनीहरु को भासा मा भन्ने गर्छन “जुजोआ काची” अनि कोहि त ऒठ लेप्रौदै भन्ने गर्छन “अजाशु”
    .
    .
    .
    .
    अर्थात जुन जोगी आए नि कानै चिरेका (जु जो आ का चि)
    वा अति जान्ने सुन्ने (अ जा शु)

    Reply
    1. xyz says:
      June 16, 2014 at 10:02 am

      This is really great posting, thank you so much.

      Reply
  17. केसी says:
    June 16, 2014 at 9:06 am

    जापानमै घरेलु लिग हुदापनि येस्तै गर्छन्/
    आफुले गरेको फोहर सफा गरेर फर्किन्छन/

    Reply
  18. avi says:
    June 16, 2014 at 8:51 am

    Awesome,

    When we neplease gona learn it.

    Reply
  19. Ramsharan says:
    June 16, 2014 at 8:11 am

    महान जापानी दर्सक हरु !!!!

    Reply
  20. Kiran says:
    June 16, 2014 at 7:52 am

    Everyone should learn from the Japanese.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme