-लक्ष्मी ज्ञवाली-
पक्कै पनि नेपाली समाजमा महिलाहरुको तुलनामा शिक्षित पुरुषहरुको प्रतिशत निकै धेरै छ । चाहे पुरुषहरु शिक्षित होउन् वा अशिक्षित होउन् केही न केही रोजगारीमा संलग्न छ्न् । आयआर्जनको रुपमा हेर्दा अधिकांश परिवारहरु पुरुषको मात्र आय आर्जनले चलेका छ्न् भन्दा गलत प्रमाणित हुँदैन । महिलाहरु चाहे घरमै बसेर किन नहोस् प्रत्यक्ष अप्रत्यक्ष रुपमा पुरुषहरुका हरेक कदमहरुलाई सहयोग पुर्याइरहेका छ्न्। जसको कारणले पनि पुरुषहरुमा उच्च मनोबल, थप हैसला र उर्जा मिलेको छ ।
हाम्रो समाजमा केही समय अगाडिसम्म छोरीले शिक्षा पाउन कि त निकै भाग्यमानी हुनुपर्थ्यो कि त निकै ठुलो संघर्ष गर्नु पर्थ्यो । जसको परिणाम अधिकांश महिलाहरु शिक्षाको उज्यालोबाट वञ्चित छ्न् । आफ्नो अमूल्य जीवन घरभित्र सीमित राख्नमै बाध्य छ्न् । आफ्नो जीवनभर कुनै पनि आयस्रोतमा संलग्न नभए पनि आफ्ना श्रीमानको कमाइ, सफलता र प्रगतिलाई आफुलगायत सम्पूर्ण परिवारको सफलता ठानी गर्वका साथ अङालेका छ्न् । श्रीमानको कमाइलाई आफ्नो कमाइ मानेका छ्न् । दुःखमा आँसु र सुखमा हाँसो साटासाट गरेका छ्न् ।
कामकाजलगायत अन्य सिलसिलामा घरबाहिर निकै लामो समय रहेका आफ्नो श्रीमानमाथि कुनै किसिमको अविश्वास, चरित्रमाथि शङ्का, झैझगडा, मनोबल गिराउने अभिव्यक्ति प्रकट नगरी सदैव सकारात्मक सोच राखी सहयोगी भावनाबाट स्वागत गरिरहेका हुन्छ्न् । जुन कुरा पुरुषहरुका लागि निकै ठुलो सहयोग हो । महिलाहरुबाट मिलेका यस्ता सहयोगले पुरुषहरुलाई आआफ्नो क्षेत्रमा सक्रिय रहन महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले भनिन्छ हरेक पुरुषको सफलताको पछाडि महिलाको हात रहेको हुन्छ ।
समयको परिवर्तनसँगै हाम्रो समाज पनि परिवर्तनको पाइला चाल्ने क्रममा छ । समाज बिस्तारै अशिक्षितबाट शिक्षित बन्दै छ । छोरालाई मात्र होइन छोरीलाई पनि शिक्षादीक्षा दिनुपर्छ, छोरीलाई पनि घरभित्र मात्रै सीमित गर्नु हुँदैन भन्ने चेतनाको विकास हुँदै छ । छोरीहरु पनि शिक्षित बन्न थालेका छ्न्, आत्मनिर्भर बनी आफ्नो खुट्टामा उभिने कोसिसमा लागेका छन् । तर दुःखको कुरा नै भन्नुपर्छ जति पनि महिलाहरु शिक्षित छन् ती सबै सामाजिक मान्यता, रुढीवादी परम्परा, लैंगिक असमानता र असुरक्षाको कारणले प्रत्यक्ष रुपमा आयआर्जनमा संलग्न छैनन् यसो हुनुमा हाम्रो समाजले महिलाहरुमाथि कहिल्यै पनि सहयोगी भावना राख्न सकेन, संघर्षको मैदानमा उत्रिएकालाई प्रोत्साहन दिएन, राज्यले कुनै सुरक्षाको राम्रो प्रबन्ध नै मिलाएन । जब सामाजिक मान्यता नै संकुचित छ भने परिवारबाट सहयोग मिल्ने कुरै भएन । यिनै कारणहरुले गर्दा शिक्षित महिलाहरु पनि खुम्चिएर बस्नुपर्ने स्थिति बनेको छ ।
पछिल्लो समयमा आएर युवा पुस्तालाई शिक्षित भनेर परिभाषित गर्न थालिएको छ । हुन पनि अति नै दुर्गम र विकट ठाउँहर बाहेक युवा पुस्ता शिक्षा आर्जन गर्नमै संलग्न देखिन्छ्न् । एकातिर समाज शिक्षित बन्दै छ भने अर्कोतिर यही शिक्षित समाजभित्र पनि लैंगिक असमानता, पुरुषत्व हाबी जस्ता कारणले महिलाहरु प्रभावित छ्न् । संघर्षको यात्रा तय गरी महिलाहरुलाई घरभित्रै राखिनुपर्छ भन्ने पुरातनवादी सोचको ढोका जबर्जस्ती तोड्दै जब एक शिक्षित महिला घर व्यवहार संहाली रोजगारीमा संलग्न हुन्छिन् भने त्यहाँ सबैभन्दा ठुलो सहयोग उनको श्रीमानबाट हुनुपर्दछ । विडम्बनाको कुरा सहयोगको सट्टा श्रीमतीको कमाइमा गर्व गर्नु हुँदैन भन्ने जस्ता अभिव्यक्ति सुनिन्छ । श्रीमानको तुलनामा अलिक बढी सक्रिय महिला छन् भने मातृसत्तामक परिवार भनी व्यंग्यात्मक झटारो खन्याउने गरिन्छ । अनेकौँ संघर्षको बाबजुद आफुलाई सफल बनाउन कार्यरत श्रीमतीको कमाइ र सफलतामा हर्ष न विस्मात प्रकट गरी मौन बसिन्छ । यस्तो मौनता र अभिव्यक्तिले कस्तो खालको संदेश फ़ैलाउँछ आफैँ मनन गरौँ श्रीमतीको कमाइलाई पनि आफ्नै कमाइ ठान्ने चेतनाको विकास न्युन मात्रामा भएको पाइन्छ । चाहे बाहिरी रुपमा सहमती र सहयोग गरेका गफहरु किन नै नगरिउन् आत्मैदेखि खुसी भई ग्रहण गरेको देख्न कमै पाइन्छ । जसको कारणले गर्दा पेसागत महिलाहरु आफ्नो पेसा छोड्न बाध्य छ्न् भने रोजगारीमा लागेकाहरुको चरित्रमाथि शंका गर्ने गरेको र विभिन्न किसिमका लाञ्छना लगाई मानसिक तनाव दिने जस्ता व्यवहारले पनि कामकाजी महिलाहरु निकै पीडित छ्न ।
श्रीमानश्रीमती एक रथका दुई पाङ्ग्रा मानिन्छ्न् । यदि रथ राम्रोसँग चलोस् भन्ने लाग्छ भने दुवै पाङ्ग्राको स्थिति बराबर हुनुपर्छ । वैवाहिक जीवन पनि ठिक यही मान्यतालाई लिएर नै कायम रहन्छ । श्रीमानश्रीमती दुवैले दुवैलाई हरेक पक्षमा सहयोग गर्नुपर्छ । जसरी श्रीमानको कमाइमा श्रीमती सहभागी हुन्छिन् त्यसरी नै श्रीमतीको कमाइलाई पनि आफ्नो सहयोगी हात ठान्नुपर्छ । आत्मसात् गरी खुसी हुनुपर्छ, आत्मबल कमजोर बनाइदिनेतिर होइन प्रोत्साहन गर्नेतिर लाग्नुपर्छ । महिलाहरुको संलग्नताले समाजमा थप परिवर्तनका बाटाहरु खुल्न मद्दत गर्छ । समस्त पुरुषवर्गलाई जसरी महिलाहरुले सहयोग गरेका छ्न् त्यसरी नै महिला वर्गलाई पनि पुरुषहरुको सहयोगको खाँचो छ । पोथी बासेको सुहाउँदैन भन्ने जस्ता पुरातनवादी सोचहरु त्यागौँ । सहयोगी भावना राखी सकारात्मक मनस्थिति बनाई हरेक महिलाको सफलताको लागि पुरुषको सहयोग पनि अनिवार्य चाहिन्छ भन्ने मानसिकताको विकास गरौँ ।
I am also a happily married person, I have one formula……….Stupidity is their beauty.
मेरो हजुर बुवाको जमाना मा खेतीपाती बाट नै जीवन चल्थ्यो/आर्थिक आयेश्रोत को कुनै वास्ता हुदैनथ्यो/माना पाथीमा चादी र तामाका सिक्का भरेर राखेको त आखाले देखियो/मेरो बुवाले एक जनाको कमाइले हामि ६ जनाको परिवार आरामले भने जस्तो शिक्षा दीक्षा दिएर हुर्काउनु भयो येही ३०-३५ बर्सको दौरान मा जमाना येति बदलियो कि हामि दुइ श्रीमान श्रीमतीको कमाइले मेरो एक सन्तान को माग पुरा गर्न पनि नसकौला भन्ने डर/मेरो भनाइ जमाना धेरै बदलेको छ तेस अनुसार हामीले आफ्नो विचार धारा बदल्नु जरुरि छ/शिक्षित र धनि घर का छोरि हरु पहिले देखि शिक्षित हुन्छन तर बाहिर काम गर्न छुट उनीहरुलाई छैन त्यो मैले देखेको कुरा हो/अलिक धनि र खानदानी को छोरि बुहारी शिक्षित तर कमौना नहुने भन्ने विचार धारा/छोरि बुहारीले कमाउनु भनेको घर परिवारले पाल्न नसकेर जस्तो संकुचित विचार राख्ने आफ्नै परिवारले/ छोरि हुदा जागिर खाने ले बिहारी भए पछि जागिर छोड्ने पनि देरै देखे/अलिक मद्येम बर्गको छोरि बुहारीले बिरा निस्केर कमाई गरे आफन्त देखि दुनिया कुरा काट्ने अनि कसरि माथि जाने हामि??तेसैले सबै भन्दा पहिले श्रीमान को सहयोग नै नारीको सफलता हो/हामीले स्नातक सम्म पड्दा १५ वर्ष लाग्छ/ ५ वर्ष देखि बिद्यालय जान सुरु गरिन्छ कति दुख गरेर पढेर घरको चुलो चौकामा मात्त्र सिमित हुनु भनेको साहै दुखको कुरा हुन्छ/यो दिनग जति खियायो उति तिखारिन्छ दिमाग मा केहि नया नया कुरा आउछ तेसैले आफुले पढेको बिद्द्य लाइ सदुपयोग गरि २ पैसा आर्जन गरे घर परिवारलाई धेरै मट्टतमिल्छ एस्तो कुरोमा हामि नारीले जसरि श्रीमान्को उन्नति प्रगतिमा शिर ठाडो पार्छौ शिरमान ले पनि सहयोग र हौसला दिएर श्रीमतीको कमाई मा गर्व गरे अझै नारीलाई आत्मा बल मिल्छ 🙂
समयको परिवर्तनसँगै हाम्रो समाज पनि परिवर्तनको पाइला चाल्ने क्रममा छ । समाज बिस्तारै अशिक्षितबाट शिक्षित बन्दै छ । छोरालाई मात्र होइन छोरीलाई पनि शिक्षादीक्षा दिनुपर्छ
श्रीमानश्रीमती एक रथका दुई पाङ्ग्रा मानिन्छ्न् । यदि रथ राम्रोसँग चलोस् भन्ने लाग्छ भने दुवै पाङ्ग्राको स्थिति बराबर हुनुपर्छ । वैवाहिक जीवन पनि ठिक यही मान्यतालाई लिएर नै कायम रहन्छ । श्रीमानश्रीमती दुवैले दुवैलाई हरेक पक्षमा सहयोग गर्नुपर्छ । जसरी श्रीमानको कमाइमा श्रीमती सहभागी हुन्छिन् त्यसरी नै श्रीमतीको कमाइलाई पनि आफ्नो सहयोगी हात ठान्नुपर्छ । आत्मसात् गरी खुसी हुनुपर्छ,
गोरुले पनि दुद दिनु पर्छ भनेर आन्दोलन गरेर हुन्छ र भन्या स्वास्नी पिडित लोग्नेको पनि कति बिजोक छ खास गरेर माइती हुने खाने छन् भने …….. तथापी पुरुस आगाडी महिला पछाडी वा महिला आगाडी पुरुस पछाडी भन्दा बराबरी होस् भन्ने हाम्रो चाहना 😀
जति सोचेपनि सकिदैन मानिसले समय दाँजेर छिटो भन्दा छिटो परिबर्तन गर्नु पर्छ, महिला होस या पुरुस समान अधिकार हुनु अवश्यक छ / महिला ले पनि पुरुषले भन्दा बादी आए आर्जन गर्ने सकिन्छ तेसैमा परिवार ले र समाज ले स्विकार्नु आवस्यक छ / आर्थिक समुन्नति तेसै बाट हुन्छ /
कुन चै श्रीमान को कमाई(आय स्रोत ) मा श्रीमती खुसि होला र यो संसार मा????फुली किन्ने हैसियत हुन्छ ऋण गरेर तिलहरी किने नि ठुस्स “जाबो एस्तो छड्के तिलहरी नलाई मरिने’भो” सुन्नु पर्छ ,बल्ल बल्ल भटभटे किन्यो घर पुग्दा “मेरा काका को त स्यान्ट्रो छ” सुन्नु पर्छ,बर्थ डे,तिज ,दसैँ,तिहार,अझ भ्यालेनटाइन डे,म्यारिज एनीभर्सरी ढाड खुस्किने उपहार नभए फेरी मुख अध्यारो ,आमाको मुख हेर्ने दिन धोति छान्न लाउनु पर्छ आमा-सासु मा आकाश- जमिन हुन्छ, सालो को बिहे होस् न पुरानो कोट मा आइरन गर्न नभ्याए खुम्चेकै लाउनु पर्छ आफु ले, तर बेहुली सरह को सारी नभए कुहिनु के कोखा मा खानु पर्छ
,राती आमा लाई दम ले चेप्यो खोक्नु भो भने बिहान आफु भान्सा मा जानु पर्छ उनको निन्द्रा नपुगेर(उन को बेरोजगारीका बाबजूद)…..यो कथा हैन हाम्रै ओरिपरि अनि आफु ले भोगेको सत्यता हो/एक अर्का लाई बुज्नु,सहयोग गर्नु, दुवै ले दुवै आफ्ना परिवार का लाई सम्मान गर्नु हरेक काम मा
सरिक अनि सहयोग गर्नु…….सायद एस्तो त अब दिनभर उनीहरु ले हेरी बस्ने हिन्दि सिरियल मा पनि हुन्न होला/क्षिक्षा ले सोच्ने शक्ति बढ्छ,ठिक बेठिक छुट्टाउने बनिन्छ तर ‘लक्ष्मी जी’ माफ गर्नुस नेपाल मा न पुरुष न महिला दुवै लाई क्षिक्षा ले यो शक्ति दिन सकेको छैन….
महिला र पुरुस बराबर हुन भने जहाँ पनि केटीहरु “लेडीस फस्ट” भन्दै किन मौकाको फाईदा उडाउचन?? उदारणहरु: नागरिकताप्रमाण, पासपोर्ट, सीनीमको टिकेट आदि लिने बेला केटाहरु घंटोउ लाईन बस्दा पालो पाईरहेका हुदैनन/ तर केटिहरु आयमा लेडीस फस्ट भन्दै उनीहरुको काम छिटो हुन्छ/ एस्तो चालाले कसरी महिला र पुरुस बराबर हुन्छन ??
This is the reason why our society is economically weak. And the economy will affect all in other sector of the society. The first thing we are human being and to earn our life each and every have to struggle. If we go to most of the develop countries, we can see the both member of the family is working for their better life. This is very necessary now we have to change our beliefs on those things. At least good article and hope our society will get awareness from this article.
लक्ष्मी जी ले जटिल बिसयमा कुरा उठाउनु भयो, यो कुरा त्यति सजिलो छैन, सबै को आ आफ्नै परिस्थिति हुन्छ, सबैलाई एकै प्रकारको समस्या न हुन सक्छ |
अरु लाइ येसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्दा पनि सबैले आ आफ्नो घर परिवार सहि तरिकाले संचालन गर्ने |
जसरी हात का औंला बराबर हुँदैनन त्यसरी नै सबै को सोच एउटै हुँदैन । दूबैले दुबैको विश्वाश जित्न सक्नु पर्छ बाँकीजीवन आराम ले चल्छ ।