Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कृष्णका १६१०८ श्रीमती सबै जायज

Posted on June 13, 2014June 11, 2014 by सुदर्शन

-योगेश आदि-
एकपटक भगवान श्रीकृष्णलाई नन्दगाउँका भद्रभलाद्मीहरुले भेला बोलाई केरकार गर्न थाले । कृष्णका बिबिध हरकतबाट आजित भएका गाउँलेहरुले; “गोपिनीहरु स्नान गर्न गएका बेला कृष्णले कपडा लुकाएको” अभद्र व्यवहारलाई मुल मुद्दा बनाई कृष्णलाई कारवाही गर्नुपर्ने अड्डी कसे । कृष्ण जवाफको लागि कठघरामा उभिएर सफाई पेश गरे; “नन्दगाउँमा जवान युवाहरु पनि छन् भन्ने हेक्कै नराखी हुर्किसकेको शरिर भएका युवतीहरु नग्न अवस्थामा नदिमा स्नानको लागि पस्र्नु नै भुल थियो, अपराधिक गतिबिधिको लागि उक्साहट थियो । मैले जे गरे राम्रोको लागि गरें । म ति युवतीहरुलाई एउटा सबक सिकाउन चाहन्थे, हो मैले नराम्रो कार्य गरें तर राम्रोको लागि गरें ।” पञ्चभेलामा उपस्थित गाउँलेहरु मुखामुख गर्न थाले । मुखिया जवाफहिन भए ।

यसोधा र नन्दलाल खुशी भए । तत्पश्चात पनि भगवान श्रीकृष्णले राम्रोको लागि धेरै नराम्रो गर्दै गए । कृष्ण लिला रच्दै गए । जुन आज पर्यन्त पनि भावगत गीताको नामबाट संसारभर जीवनज्ञानको वाणी बनेर अजर बन्दै आएको छ । कालान्तरमा कृष्णले पछि मथुरामा गएपछि कंशको भेलामा भनें; “राम्रो नतिजाको लागि नराम्रो गर्न सकिन्छ तर अरुलाई नराम्रो बनाएर होइन आफु नराम्रो बनेर मात्र । म मामा मारेर पापी बनें । राधाको मोहबाट मुक्त नभै संसारको मुक्ति नहुने देखेर राधाको मन दुखाएँ ।”

आखिर कृष्णले जति नराम्रो प्रतित हुने कार्यहरु गरे राम्रोको लागि गरे, त्यसमाथि पनि आफु मात्र नराम्रो बनेर गरे । यस अर्थमा; के हामीले राम्रो नतिजाको लागि नराम्रो गर्दै हिड्न सकिएला त ? नीति कथाको आडमा नराम्रो प्रबृतिलाई प्रसय दिन सकिएला त ? त्यसो त सकिदैन; तर जगत हितको लागि सर्वोपरि फाईदाको खातिर आफ्नो बलिदान र योगदान दिएर गर्न सकिन्छ । भगवान श्रीकृष्णले जीवनभर त्यस्तै गर्दै एक अवतार पुरा गर्नुभयो, अर्जुनलाई युद्धको लागि उक्साउनु भयो, पापी र पाप नाश गर्नको लागि अर्जुनको गाण्डिवमा शक्ति भर्दिनु भयो । समाजलाई पापीहरुको चङ्गुलबाट पार लगाउनुको लागि पटक-पटक गरेर १६१०८ जनासँग बिबाह समेत गर्नुभयो ।

नारकासुर दैत्यले बन्दी बनाइ राखेका १६१०० युवतीहरुलाई मुक्त गरि स्वतन्त्र बनाउनको लागि नारकासुरको बध गरे, तर ति युवतीहरुले; “अब हामीलाई तँपाईले स्वीकार नगरेमा समाजमा बस्न नसक्ने” अड्डी कसेपछि ति सबैलाई पत्नी बनाए । त्यसैगरि रुक्मिणी, सत्यभामा, जाम्बवती, कालिन्दी, मित्रबृन्दा, नग्नजिती, भाद्रा र लक्साना गरि ८ जना श्रीमतीहरुलाई समय समयमा आइपरेका सम्झौता, युग्द्धधर्म र राजधर्मका कारण स्वीकार गरे । कृष्ण युगपुरुष थिए, युगको मुक्तिको लागि अवतरित भएको हुँदा उनले आफुलाई सबै रुपमा प्रस्तुत गरे । सबै नराम्राहरु राम्रोको लागि गरे ।

धर्मग्रन्थका अनुसार सबैभन्दा सत्यबादी कहलिएका राजा युधिष्ठिरले समेत गुरु द्रोणाचार्यको मृत्यू भनै महाभारतको युद्धले पार नपाउने देखेपछि – ‘गुरुको मृत्यु पुत्रशोकको कारण मात्र हुनसक्ने’ भएकोले कृष्णले; “गुरु द्रोणाचार्यको छोरा अशोत्थामाको बध भयो” भनेर हल्ला फिजाएको समयमा, गुरुले हल्ला पुष्ठीको लागि सत्यबादी युधिष्ठिरलाई सोधेका थिए; “अशोत्थामा मरेको हो ?” प्रश्नको जवाफमा युधिष्ठिरले, कृष्णले शंख फुकेको अवस्था पारि; “नरो वा कन्नरोवा अशोत्थामा हतोहत:” भनि कुटनितिक जवाफ दिएर ‘अशोत्थामा नाम गरेको हात्ती’ मरेको विषयलाई जोडेर राम्रो नतिजाको लागि आफुले गलत बचन बोलेका थिए ।

आज पर्यन्त पनि संसारका सबै नराम्रा देखिएका ठुला-ठुला घटनाहरु राम्रो नतिजाका लागि गरिएका छन् । नीतिकथा तथा धर्मशास्त्रहरु समाजलाई अनुशाशित बनाउनको लागि कोरिएका हुन् । विभिन्न पात्र मार्फत ज्ञान, गुण र सत्कर्महरु प्रस्तुत गरिएका हुन्छन । तर कल्याणकारी समाजमा सधै दुई धार हुन्छन्, चोर पुलिस, ज्ञानी अज्ञानी, न्याय अन्याय, सहि गलत । ति सबै नकारात्मक धारलाई परास्त गर्नको लागि समाजमा हतियारलाई पुजा गरेर सुरक्षित राखिएका हुन्छन् ।

हामीले पनि जीवनमा कयौं नराम्रा लाग्ने क्रियाकलापहरु राम्रो नतिजाको अभिलाषामा गरेका हुन्छौं । मलाई प्रसंग आफैसँग जोड्न मनलाग्यो ; मलाई धेरै पटक साथीहरुले प्रश्न गरेका छन्; “बिदेशिनु राम्रो हो र ?” म भन्ने गर्छु -“नराम्रो हो” । तर राम्रोको लागि नराम्रो गर्नु जायज हो । त्यसमाथि म थप्ने गर्छु; “आर्थिक सहजिकरणको लागि, मध्ययम वर्गिय नेपालीले देख्ने साझा-सपना ‘बालबच्चालाई अन्तराष्ट्रिय मान्यता हुने उच्च शिक्षा’को लागि, अतिरिक्त आर्थिक लाभ गरि देशमा समाजसेवा गर्नको लागि र देशबिदेशको अनुभव, ज्ञान र सीप हासिल गर्नको लागि हो” भनेर ।

जन्मेको थात्थलो छाडेर मलिसिनु, दुबईयिनु, बेलायतिनु वा अमेरिकिनु झट्ट सुन्दा राष्ट्रियताको खटप्वालबाट अधुरो देखिन्छ । तर एउटा उद्देश्य प्राप्तीको लागि सुनौलो सपनाको खोजीमा घामको अर्को साँधमा नयाँ दिन खोज्नु गलत होइन । हामीले राम्रो नतिजाको लागि नराम्रो जस्तो लाग्ने कदम उठाउनु डराउनु हुँदैन । संसारको रीत नै त्यसरी बगेको छ । सबै मत्य न्यायहरु न्यायको प्राकृतिक नियम हुन् । जीवन र जगतको अस्तित्व नै सहअस्तित्वको सिद्धान्तमा आधारित छन् ।

यसर्थ, नराम्रो र राम्रो एकआर्काका परिपुरक हुन् । सबैको आँखाले सप्तरंगी जीवन खोज्दछ, तर सप्तरंगी क्षितिज हेर्न घाम र पानीको दोसाधको प्रतिक्षा गर्न सक्नुपर्दछ । भगवानले राक्षसको बध गर्नको लागि राक्षस कै भेषधारण गर्न समेत आवश्यक ठान्दछ भने, हामीले जीवनको सकारात्मक परिवर्तनको लागि नयाँ तत्वलाई स्वीकार्ने हिम्मत गर्न सक्नु पर्दछ । आगो नठोसी बन्दैन, ओखर नफोरी निस्कदैन । सबै महापुरुषहरु शुरुमा समाजभित्र नराम्रो पात्र कै रुपमा देखिएका हुन्छन् । राम्रोको लागि नराम्रो गर्ने हिम्मतले नै इतिहासको पानामा सुनौलो अक्षरमा नाम कोर्न सफल भएका हुन्छन् ।

36 thoughts on “कृष्णका १६१०८ श्रीमती सबै जायज”

  1. Nipun says:
    June 19, 2014 at 10:18 am

    “नन्दगाउँमा जवान युवाहरु पनि छन् भन्ने हेक्कै नराखी हुर्किसकेको शरिर भएका युवतीहरु नग्न अवस्थामा नदिमा स्नानको लागि पस्र्नु नै भुल थियो, अपराधिक गतिबिधिको लागि उक्साहट थियो । मैले जे गरे राम्रोको लागि गरें । म ति युवतीहरुलाई एउटा सबक सिकाउन चाहन्थे”

    Krishna sounds like a Sexist. Somebody should teach him a lesson on Gender Equality.

    Reply
  2. pawan says:
    June 18, 2014 at 9:21 am

    You r the sole owner of your life and u posess every right to make your own decision and lead the life accordingly but while doing so make sure you do not hurt other rights. Krishna thiya, thiyenan, god ma belief, jaat jaati ma belief etc jas jaslai biswas lagcha follow gara nabhaya nagara ra jasle garchha uslai garna deu. Author le afno opinion rakheko ho if you don’t believe it then just don’t. Yo universe ma dherai tyasta kura chan jun kura dekhda euta lagchha tara tyasko reality arkai chha. The gist is where you end up when it comes to a point where you can’t decide which one is right. Saayad time bahek aru kasailai thaha chaina hola…….

    Reply
  3. Keshab, Sydney says:
    June 16, 2014 at 9:17 am

    प्रिय मित्रहरु ,
    सबैको कमेन्ट को लागि धन्यबाद |||

    केहि लेख्न मन लाग्यो | कथा, पात्र लाई थाती राखेर एकचोटी आफै लाई सोद्नुस त … तपाई लाइ इ सबै कुरा थाहा छ कि इ सबै कुरा मा बिश्वास छ ?
    बिषय को वास्तविकता तथा गहिराई नबुझी सो कुरा मा केहि लेख्दा/भन्दा गल्ति हुन सक्छ तेसैले म केहि लेख्दैन तर तपाई को हो भन्ने कुरा बस्ताबमा तपाई लाई मात्रै थाहा छ | येही कारण ले गर्दा सबै लाई आफुमा मात्रै बिश्वास हुन्छ | तेसैले आफु ले आफु लाई बुज्न जरुरि जस्तो लाग्छ | बैज्ञानिक हिसाबमा पनि; तपाई ले कुनै दृश्य देख्नु हुन्छ भने त्यो आकृति बस्ताबमा तपाई को आखामा देखियको पराब्रिति हो; मतलब त्यो कुरा पनि सोयम आफै भित्र छ | आकाश मा देखिने तारा भन्दा बडी मानिस को आँखा मा बिन्दु (पिक्सेल) छन् र यो बास्तबिकता हो | ज्योतिपुञ्ज आफु भित्र छ ; अन्धकारमा उपायोग गर्न सिकौ |

    Reply
  4. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    June 15, 2014 at 5:43 pm

    नर पिचाशारू हिन्दु धर्मको बारेमा अलिकति पनि ज्ञान छैन तेसै प्याच्च बोलेर आफ्नो दरिद्र बुद्धि देखाऊछन्

    Reply
  5. Shankar says:
    June 15, 2014 at 1:25 am

    कृष्ण र राम , बुद्द आदिले जुन काम गरेका छन् तेस्लाई लिला भन्छन , समाज को सुधार ,प्रगतिसिल समाजको निर्माण को लागि ,ततकाल समस्या समाधान को लागि ,र दिर्घकालिन सोच आदिको धारणा सहित ति लिला रचिएका छन् | काल बेला अनुसार कुनै लिला हास्यास्पद पनि लाग्न सक्छन |
    भगवान को लिला मा हास्नु मुर्खता हो | धर्म धारण को लागि हो , व्याख्या र अपब्याख्या आदि को लागि हैन |

    Reply
  6. Lal BDR Tamang says:
    June 14, 2014 at 1:37 pm

    हा हा हा हा …. तेही काम अरुले गर्दा पाप हुने कृष्णले गर्दा नहुने। कृष्णलाई भगवान बनाइएको हो तर होइनन। अब मेरो कुरामा असहमत हुनेले गर्ने भनेको मेरो हरेक कुरा गलत ठान्नु। तर कसैले “तेरो कान कागले लग्यो” भन्दा कान छाम्नु पर्छ कि तेत्तिकै कागको पछि दौडिनु पर्छ?
    हामि नेपालि हरु सदियोउ देखि ज्ञानका भोका छोउ। आफ्नो नामको पछि देव जोडेर देवत्वोकरण गरिएका राजाहरुले एस्तो डर त्रास दिए। जहा स्वोतन्त्र रुपमा अध्ययन गर्न नपाइने बाँच्न नपाइने थियो तथापी राजालाइ देवताको रुपमा मान्नु पर्थ्यो ।

    सोझा मंगोलियनहरु बसेको नेपालमा धुर्त बाहुन सियो बनि पसेर मुसल बनि निस्कियो ।
    सोझा मंगोलियन हरु हिन्दु बनाइए बास्तबमा उनीहरु होइनन । आफु उच्च पदमा आसिन हुन बाहुनले गरेका काला कर्तुत लाइ धर्मको नाममा ढाल बनाए। १ यी बेकारका कुराको खण्डन गर्न नपाइने भयो। २ बाहुनले हलो जोत्न नहुने ३ बाहुनले जति सुकै अपराध गरे पनि मार्न नहुने ( मारे ब्रम्हहत्या पाप लाग्ने ) ४ अरुले बाहुनलाई दोग्नु पर्ने बाहुनले अरुलाई दोगना नहुने ५ बाहुनको सबै भन्दा अप्रजातान्त्रिक अभ्यास भनेको अरुले आफ्नो भन्दा असल कुरा गर्दैछ भने आफ्ना सम्भावित समर्थकलाई ति कुरा सुन्न बनचित गर्ने नसके गलत अर्थ लगाएर भ्रम उत्पन्न गरिदिने जब कि प्रजातान्त्रिक अभ्यास भनेको सबैका कुरा छलफल गरेर निस्कर्स निकाल्नु हो
    यस सम्बन्धमा मैले भोगेको उदाहरण दिन्छु २०४६ सालमा नेपालमा बहुदल आयो गाउमा एस्तो हलला गरे कम्निस्ट भनेको A धर्म नमान्ने B ७० वर्ष माथिका बुढा बुढी लाइ मार्छ रे C आफ्ना चेलीबेटी भन्दैनन रे सबैसंग सुत्छन रे
    अब तपाइँ आफै भन्नुहोस १ राजा देवता हुन्? २ हिन्दुले गाईलाई माता भन्छन तेही गाइ खाने सार्कीहरु (अन्यथा नलिनु होला) कसरि हिन्दु भय? ३ नेपाल सरकारले जातिय भेद भाव र छुवा छुट अन्त्य भनेको छ अनि क्षेत्री बाहुनले रक्सि खान नहुने कुखुरा सुगुर खान नहुने तर खान्छन खोइ त आकास खस्दैन रहेछ त? यी सबै चन्दाल बाहुनका काला कर्तुत हुन् बेलैमा होस् गरोउ

    Reply
    1. Madan says:
      June 15, 2014 at 12:31 pm

      लाल बहादुर जी,

      “कृष्णलाई भगवान बनाइएको हो तर होइनन”/ तपाईं लाई कृष्ण भगवान नालाग्लान, यो तपाई को बिचार हो, म सम्मान गर्छु, जसरि म जिसस क्राइस्ट लाइ भगवान मान्दिन, तपाइले कृष्णलाई भगवान नमाने जसरि/

      रह्यो , बाहुन को कुरो/ योगेश जी ले जात भात को प्रसङ्ग/सन्दर्भमा लेखेको जस्तो लागेन, तर तपाई जस्ता आफुलाई मंगोलियन भनि दाबी गर्नेहरु जुन प्रसङ्ग लाई पनि जातभात संग किन जोड्नु हुन्छ ? प्रसङ्ग नै नभएको विषय मा बहस गर्न खोज्नु हुन्छ ? के कृष्ण बाहुन हुन् र ? र अर्को कुरो, के तपाइले मंगोलियनहरु को कुरा उठाउनु भयो, के तिनीहरु नेपालका वास्तविक आदिवासी हुन् र ?

      र अन्त्यमा, बाहुन मात्र होइन हिन्दु ले मासु जन्य कुराहरु र जाड रक्सि खान हुदैन, गाइ र कुखुरा मात्र होइन / तर, यी कुरा हरु गर्छन भने तिनीहरु न ब्राम्हण हुन् न हिन्दु हुन् / ब्राम्हण कर्म ले हुन्छ, जातले होइन/ मैले जाने अनुसार हिन्दु धर्म दर्सन लगायत कुनै पनि धर्म दर्सन ले जात भातको कुरा गरेको छैन/ त्यसै ले तपाइले भने जसरि, नेपालमा जातिय भेद भाव र छुवा छुतको अन्त्य त हुनै पर्छ /

      Reply
    2. sagun dhakal says:
      June 16, 2014 at 4:44 pm

      लाल बहादुर जि नरसम्हार कम्स होइन तपाईं हो।
      यदी नेपाल मा तपाईं जस्ता मान्छे हुँदैन थे भने नेपाल जस्तो सानो र सान्ती देश मा जात जाती बिच बिभेद कहिले पनि आउँदैन थियो
      नेपाल जस्तो शान्ता देश मा जातिय बिवेद गराउने तपाईं जस्ता नेपाल आमा का कुपुत्र हरु हुन।

      Reply
  7. Om says:
    June 14, 2014 at 10:00 am

    एस्तो लेखले समाजमा सामाजिक अपराध लाइ बढुवा दिन्छ जस्तो लाग्छ.

    Reply
  8. rajbhanu says:
    June 14, 2014 at 1:43 am

    मान्छेद्वारा लेखिएको कुनै जमानाका उपन्यासलाई साँचो ठान्नु मूर्खता मात्र हो !

    Reply
  9. Sheetal says:
    June 13, 2014 at 9:45 pm

    Superficial interpretation of on Lord Krishna. Main things he taught was Karma yoga. Simply Every action is Karmic in Reaction. What you do that you get is his main philosophy.

    Reply
  10. prakash says:
    June 13, 2014 at 7:00 pm

    First of all shri krishna is not a god.. he must be a powerful man. If he is a god why not yalambar? This is all history ra history jitneko pakchha ma lekhinchha. He must be a god man in that era but time has changed and swasthani should be rewritten so stop praising his bad deeds……

    Reply
    1. Sagar Sarma says:
      June 13, 2014 at 10:54 pm

      मैले “लाइक” हन्दिये ब्रो को कमेन्ट मा| तर एउटा कुरा, God भनेको all the right deeds and righteousness हो भन्ने लाग्छ | कृष्ण एउटा पात्र मात्र हुन्| कहिले कृष्ण GOD हुन्, कहिले आम मान्छे अनि कहिले Demon| Swasthani bakwas ho bhanne pani lagcha.

      Reply
    2. Tham says:
      June 14, 2014 at 12:27 am

      I have read swasthani more than 500 times in my childhood, but I did not see anything written about Shree Krishna in swasthani….why it has to be rewritten in connection Shree Krishna, I do not understand, could you please put on some light in you…..swasthani is different story and Krishna charitra is different story, if I am not wrong.

      Reply
      1. prakash says:
        June 14, 2014 at 1:18 pm

        I mean to code swasthani in feministic way.

        Reply
  11. kedar says:
    June 13, 2014 at 5:53 pm

    खड्का, वाग्ले, गुप्ता, जोशी लगाएत अन्य सबैले आफ्नो थाप्लामा भ्रष्टाचारको वात र पाप बोकेर जेल नेल खाएर भए पनी परिवारको सुख सान्तीको लागी सम्पती थुपार्नु पनी जायेज नै हो | नराम्रो काम गरेर वात आफ्नो थाप्लोमा बोकेर भए पनी सन्तान दर सन्तानको सुखको लागी सम्पती जोड्ने राम्रो काम गरेका छन् |

    Reply
  12. kasam says:
    June 13, 2014 at 5:50 pm

    If you want to further more want to understand about krishna please contact International Society of Krishna Consciousness(ISKCON). Located in Budhanilkantha also known as Hare Krishna Temple or (VISA) Vaikuntha International Spiritual Academy located at Tripureshwor.

    Reply
  13. प्रेम पुन मगर says:
    June 13, 2014 at 2:46 pm

    “ओई गाँठे..!” यो लेख पढेर त मलाई पनि २-३ वटी घरमा भित्र्याउन पो मन लाग्यो त।

    एउटी छिन डान्सबारमा काम गर्ने।उनकी आमा-बाबा सानैमा बितेकोले दुख पाएर डान्सबारतिर पसेकी हुन रे।”यदी तपाईले बिहे गर्ने भए यी सबै काम छोडेर तपाईसंग जीबन बिताउछु भन्छे।”

    आर्की छिन काठमान्डौको एक मसाज सेन्टरमा काम गर्ने।बिदेशको तातो घामले ढडेको छाला तन्काउन जाँदा भेटिएकि हुन उनि।मान्छे राम्री छिन।एकदिन उनले दुख पोखिन-“यो मसाज-ससाजमा काम गर्न पनि वाक्कै लागेर आयो।कसैले राम्रो नजरले हेर्दैन।काममा पस्नु र बाहिरिनु पनि गार्हो भएको छ।यदि कोही मलाई बुझ्ने केटो पाए त यी सबै छोडेर उसैसंग टाप दिन्थे।”

    आर्की तेस्रो छिन।उनि काठमान्डौमा डेरा गरेर कलेज पढ्छिन।घरमा आमा-बाबा गरीब भएकोले कोठा भाँडा समेत तिर्न धौ-धौ पर्छ उनलाई।अरुले जस्तै राम्रो लगाउने,खाने,घुम्ने,ईन्जोय गर्ने उनको रहर भएपनि आफ्नो ईच्छालाई कुल्चेरै बस्छिन।मसंगको भेटमा पैसा सापटी मागेर हल्का सपिङ गर्छिन।सापटी त भन्ने मात्रै हो लिएपछि कहिल्यै फिर्ता आउदैन।तैपनी उनको त्यो दयनिय अबस्था देखेर सापटीको नाममा धेरै चोटी सापटी दिएको छु।”उनले फोन गरेर जहिल्यै पनि मलाई पनि बिदेश लैजाउन भन्छिन।”

    “ल..अब भगवान कृष्णले भने जस्तै र गरे जस्तै आफू नराम्रो भएर पनि राम्रो फलकोलागि।अरुको हित र सहयोगको लागि यी सबैलाई स्वास्नी बनाउदै जाने हो भने।सबैले कृष्णको सिको गर्दै दर्जन स्वास्नी भित्र्याउन लागे भने।हाम्रो समाजको के हालत होला?एउटा पुरानो र काल्पनिक कथालाई अहिले यूगमा पनि त्यही सत्य हो भनेर ढिपी कस्नु त लाज मर्दो कुरो होईन र?

    Reply
  14. mohini thakuri says:
    June 13, 2014 at 2:45 pm

    किन र लेखक ज्य हजुरलाई विदेशियो भनेर कसैले केहि भन्यो की कसो आफूलाई मैले गरेको राम्सारो हो भनी साबित गर्न आफूलाई कृष्णकै उपमा पो दिनु भो त?तापईको लेखमा एउटा कुरा आफैं लेख्नु भएकोछ नि की आफू नराम्रो बनेर अरुको हित गर्ने तर तपाइँको परिवार बाहेक विदेशिएर अरु कसैको भलो भएको चाही देखिदैन त? त्यसरी त भ्रष्ट नेता व्यवसायीहरुलाई गाली गर्नु त व्यर्थै रहेछ है?अरुले गरे गलत नराम्रो तर आफूले गरे राम्रोको लागि नराम्रो कसरी नि ?यहाँ द्वापर युगको कुरा कलि युगमा नजोडौ किनकि कृष्ण थिए कि थएन अझै त्यो गर्भ मै छ।

    Reply
    1. योगेश आदी says:
      June 14, 2014 at 8:05 am

      मोहिनीजी, प्रतिक्रियाको लागि धन्यबाद !
      मानिसलाई जिवित राख्ने एउटै मात्र तत्व हो- “आशा” । आशा र प्राप्तीको ध्येयले मानिसलाई परिचालित गर्दछ । हरेक व्यक्तिले सानातिना सपनाहरु बुनेका हुन्छन् । त्यहि सपना पुरा गर्ने क्रममा ऊ विभिन्न रुपमा प्रस्तुत हुन पुग्दछ । इमान्दारिपूर्वक भन्नुपर्दा; पहिला मेरो घर परिवार अनि समाज, त्यसपछि देश नै मेरो प्राथमिकता हो । म बिदेशिएर मैले मेरो परिवारको सानातिना सपना केहि हदसम्म पुरा गरिसेकोले समाजको लागि पनि बुताले भ्याएसम्म सामाजिक, आर्थिक र भावनात्मक सहयोग गर्दै आएको छु । (प्रसस्त उदाहरण छन्) समाजसँगसँगै देशको लागि पनि सबै किसिमको सहयोग गर्न कन्जुस्याई गरेको छैन ।
      मैले आँगनको दायरा नाघेर समाज र देशको बारेमा सोच्ने हुर्मत गर्न सकेको पनि यहि बिदेशले दिएको थोरै आर्थिक बलले नै हो । मेरो कसौटी रित्तो भएको भए मैले बाहिर चर्न आएको कुखुरालाई पनि झटारोले लखेट्थे होला; आज आँगनमा आइपुगेको बटुवाको पनि घाँटी रसिलो बनाएर पठाउन सक्ने भएको छु । मलाई केहि सिमित समयको लागि बिदेशिनुमा खेद छैन, मातृमूमीसँगको सम्वन्ध त अकाट्य छ ।

      Reply
  15. pratik says:
    June 13, 2014 at 2:38 pm

    “राम्रो नतिजा को लागि नराम्रो गर्न सकिन्छ, तर अरु लै नराम्रो बनाएर होइन आफु नराम्रो बनेर मात्र” रे? भनेपछि कृष्ण को अनुसार exam मा cheat गर्नु ठिक रहेछ भन्नु खोज्नु भा ? राम्रो नतिजा (पास हुन) को निम्ति नराम्रो गर्नु (cheat गर्नु) र मैले cheat गर्दा अरु नराम्रो हुने होइन म नै नराम्रो हुन्छु – त के गीताको अनुसार चोरी गर्नु राम्रो हो ?

    Reply
  16. Anup Baral says:
    June 13, 2014 at 11:54 am

    सच्चा मन ले राम्रो को लागि नराम्रो बाटो बाट पनि हिड्नु पर्ने हुन सक्छ भन्ने लेखक को बिचार सर्हानिय छ

    Reply
  17. ganesh niraula says:
    June 13, 2014 at 11:50 am

    भगवान कृष्णका सबै लीलाको बारेमा बुझ्न सच्चा योगीले मात्र सक्छ/ इन्द्रियातित समाधिको अवस्थामा नपुगी हल्का टिप्पणी गर्नु केटाकेटी पन देखाउनु मात्र हो / शास्त्रहरुको टिप्पणी गर्नु अघि गहिरो अनुसन्धान गर्ने बानि गरौ/

    Reply
  18. Binay Rana says:
    June 13, 2014 at 10:57 am

    भाग्वानलाई यस्ता मुला हग्ने, मुत्ने मान्छेसंग दाजेर हेर्ने हो????

    मुर्ख हो, त्यों दाज्ने तिमीहरुको बुद्दि उनै कृष्णले दिएका हुन।

    “म अदितिहरुमा बिष्णु, रुद्रमा शिव, म नै चन्द्र, म नै सूर्य, म नै इंद्र, म नै बेद, म नै ब्रह्मा, म नै बुद्दि आदि आदि ” अर्थात सबै म नै हु भनेर भागवत गीतामा श्री कृष्ण भगवानले भन्नु भएको छ ।

    जहासम्म 16108 श्रीमती र अनन्य गोपिनीहरुको कुरा छ तिनिहरू सबै श्री कृष्ण भक्त आत्माहरू हुन । जब श्री कृष्ण धर्म स्थापनार्थ गोलोकबाट पृथ्वीमा अबतरीत हुन लागे तब उनका सबै भक्तहरू बिन्ती गर्छन “हे कृष्ण गोबिंद.. हजुर पृथ्बी लोकमा बसिन्जेल हामी हजुरको बियोग सहन सक्दैनौ, कृपया हामीलाई पनि साथै लानुहोस।”, तसर्थ कृष्णका श्रीमती, गोपिनी आदि सबै भगवानका भक्त हुन.. यहासम्म की स्वयम भगवान् शंकर, पार्वती गोपिनीका भेषमा आएका थिए ।

    Reply
    1. Rajan Upriti says:
      June 13, 2014 at 6:53 pm

      हा हा … यदि कौरबले बिजय प्राप्त गरेको भए ठग कृष्ण को स्थान शकुनी सरह हुन्थ्यो र शकुनी स्थान कृष्ण सरह | दुवै जना ठग, मात्र फरक, कृष्ण चरित्रविहिन थिए | GHOST-WRITER आदिकाल देखि नै नभईदिएको भए गीता अरु कसैको कृत्य हुन्थ्यो होला | त्यसो त तपाई वायुपंखी घोंडा र पुष्पक बिमान जस्ता ठगिमा पनि उत्तिकै बिस्वास गर्नुहु हुन्छ होला, हगी ?

      Reply
      1. jeevan verma says:
        June 14, 2014 at 6:31 am

        पुष्पक बिमान जस्ता ठगिमा पनि उत्तिकै बिस्वास गर्नुहु हुन्छ होला, हगी ?

        महाशय त्यहि पुस्पक बिमान को कल्पना लै हेरेर पश्चिमाले बिमान बनाए, शिब जे लिङ्ग फेरेको कथा हेरेर लिङ्ग परिबर्तन गर्ने औषधि बनाए | त्यसै प्याच्य नबोल्नु नै बेस |

        Reply
      2. rosikc says:
        June 14, 2014 at 7:37 am

        हे मुर्ख , कुनै दिन आउछ अनि विश्वास गर्नु होला, पुस्पक र बयुपंकी घोडा मा. श्री कृष्ण लै सकुनी संग दाज्ने ले लामो समय दुख झेल्न पर्ने छ . मा भगवान लै बिनिती गार्चु तपाई को बुद्धि खुलोस.

        Reply
    2. Rajan Upriti says:
      June 13, 2014 at 7:02 pm

      वेदमा कृष्णको नाम छैन न त राम को | दुवै युग पुरुष थिए तर “म अदितिहरुमा बिष्णु, रुद्रमा शिव, म नै चन्द्र, म नै सूर्य, म नै इंद्र, म नै बेद, म नै ब्रह्मा, म नै बुद्दि आदि आदि” भन्नु र विश्वास गर्नु अल्पज्ञान हो | त्यो त हिन्दु धर्ममा विश्वास गर्नेहरु सहिष्णु र सहनशील छन् , जे पनि स्वीकार गर्न तैयार छन्, न्दैमा जाबो छुसी कृष्ण ले यति पेल्नु भनेको अलि ठिक होइन होला |

      Reply
  19. pushpa says:
    June 13, 2014 at 10:41 am

    मानिस को पनि एक किसिमको इच्छा हुन्छ, उ आफ्नो इच्छा पुरा गर्न र सन्तति को भबिष्य उज्वल बनाउन सदैब दौड धुब गरिराको हुन्छ, यो दौड धुप को क्रममा बिदेसिनु भनेको सामान्य हो जस्तो लाग्छ, तर मानिस चेतनसिल प्रड़ी भयको हुनले, आफुले सफलता हासिल गरे पश्चात, आफु जन्मे को ठाउँ र आफु भन्दा दिन ढुखीलाई सेवा गरेमा मात्र मानिस ले पाएको सफलता सार्थक हुन्छ.

    Reply
  20. raj says:
    June 13, 2014 at 10:40 am

    तेसो भए त सबै भ्रस्ट नेता, कर्मचारी, प्रहरी, सेना, ले गरेको नराम्रो काम लाइ राम्रो भनेर धन्न्यबाद दिन पर्यो.. १३ हजार जनता माओबादी र सेनाले मारेकामा उनीहरुलाई महाभारत को कृष्णजी उपमा दिन पर्ला !! कालो बजारी, नेपाल बन्द, भ्रस्टाचार, सोजो नेपाली ठगेर विदेश कुलेलम ठोक्ने हरु, सबैको काम सबै सहि भन्नु पर्यो.. लौ न ,, अब नराम्रो कुरा नि येसरी मजाले धर्म, शास्त्र , र दन्ते कथा संग मिलाएर सहि भन्नु मिल्दो रैछ त.. हरि सरनम !!

    Reply
  21. Suraj Shrestha says:
    June 13, 2014 at 10:08 am

    लेख राम्रो लाग्यो , गीता कण्ठ गर्ने जाति हरु किन शुरुमा नकारात्मक चरित्रमा देखिन्छन त भन्ने कुराको ग्यान भो ,

    Reply
  22. jeevan verma says:
    June 13, 2014 at 9:35 am

    सबैको आँखाले सप्तरंगी जीवन खोज्दछ, तर सप्तरंगी क्षितिज हेर्न घाम र पानीको दोसाधको प्रतिक्षा गर्न सक्नुपर्दछ ।

    यसलाई अर्को शब्द मा भन्नु पर्दा, जीवन भनेको कुनै सिधान्त् ( theory ) मा देखेको जस्तो सेतो वा कालो ( Black and White ) मात्र हुदैन, यसमा प्रसस्त मध्य मार्ग ( grey lines ) हरु भेटिन्छन र वास्तबमा जीवन भनेकै त्यहि हो | चलाय मन हुनु नै जीवन हो र चलायमान बस्तुको अवस्थाको कहिलै ब्याख्या गर्न सकिदैन |

    Reply
  23. bijaya says:
    June 13, 2014 at 9:21 am

    “बिदेशिनु राम्रो हो र ?” म भन्ने गर्छु -”नराम्रो होइन |”

    Reply
  24. सिताराम says:
    June 13, 2014 at 9:20 am

    यस्ता अपत्यारिला सत्यको उचित खन्डन हुनुपर्छ।
    त्यो समयमा १६१०८ कन्या त्यो पनि योउटै गाउँ मा,, कति सम्म बिस्वास गर्ने अलि बढी भयनर???

    Reply
  25. xyz says:
    June 13, 2014 at 8:17 am

    Sorry, I could not agree with your proposition: One can indulge in bad process if the expected outcome is good. This is a pure bahunistic argument and basically arguments like these have ruined Nepal. My proposition is this: A medical doctor may fail to survive a patient (outcome) with honest and professional operation (good process) but it is sheer stupid to expect a patient to survive with bad operations.
    Furthermore, your arguments that people join overseas employment (bad process) to have good life (good results). You are confusing yourself with societal goods and bads with individual goods and bads.

    Reply
  26. Suman Bjra. says:
    June 13, 2014 at 6:55 am

    त्यो युगको पुरुष बेस्या कृष्ण नै हो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme