Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के साँच्चै सुन्दर देखिएला त काठमाडौँ, त्यो जताततै तारको गुजुल्टो हट्ला?

Posted on June 11, 2014June 10, 2014 by Salokya

cable1
माथिको फोटो काठमाडौँको एउटा खम्बाको हो। खिच्ने विदेशी हुन्, विल र एलेक्स। ट्राभल ब्लग डट ओआरजी मा यो फोटो भेटिएको हो।

के अब यस्ता दृश्य काठमाडौँमा देख्नु पर्ने छैन ? आशाका किरण देखिएका छन्। आउँदो सार्क सम्मेलनलाई समेत ध्यानमा राख्दै विद्युत प्राधिकरणले अब एउटा पोलमा १० वटाभन्दा बढी सेवा प्रदायकको तार राख्न नदिने निर्णय गरेको छ। यही अनुसार काठमाडौँको मुख्य ठाउँ न्युरोडमा शुक्रबारसम्म यो काम सकाइने सूचना आएको छ।

NEA

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष राधेश्याम लेकालीले न्युरोडमा तारहरु झिक्दै गरेका केही फोटोहरु पनि आफ्नो फेसबुकमा राखेका छन्।

के अब साँच्चै सुन्दर देखिएला काठमाडौँ ?

sahar safa

sahar safa1

sahar safa2

sahar safa3

sahar safa4

sahar safa5

19 thoughts on “के साँच्चै सुन्दर देखिएला त काठमाडौँ, त्यो जताततै तारको गुजुल्टो हट्ला?”

  1. Sher Lakh HomBahadur says:
    June 13, 2014 at 12:20 am

    धेरै साथिहरुले underground चबले गर्नु पर्छ भन्नु भयो. तर किन येसो पहिले नगरेको र येसो गर्न किन गार्हो हुन्छा बुझ्नु भएन जस्तो छ.

    Overhead wire को तुलनामा Underground cable बिछ्याउन महँगो पर्छ. कहाँ खन्ने, कहाँ पुर्ने? अनि फेरि केहि बिग्रियो भने जमीन फेरि खन्ने? अनि त्यो कसले पुर्ने? ठाउँ ठाउँ मा manhole राखेर layout गर्यो भने मर्मत गर्न सजिलो हुन्छा, तर तेस्को लागि planning पनि गार्हो छ र सार्है महँगो पनि हुन्छ.

    पैसा र अरु निकाय बाट coordination हुने भए undergound नै ठिक हुन्थ्यो; तर सिमित बजेट ले यो कुरा भ्याउन्ला जस्तो चै लागेन.

    Reply
  2. Manoj says:
    June 12, 2014 at 10:34 pm

    एक नम्बर को पोइन्ट मै फटाइ छ. साबिक रहेका लाई येतहवत रहन दिने भनेर.
    ठोकेर १० भन्दा बादी राख्नै न पाईने भने पो केहि होला.
    थोरै भएका ठाउँ मा बिस्तारि कर्मचारी मिलेर साबिक क नै हुन् भन्दै थपि हल्छन नि.
    माथि का लाई थाहा हुदैन तलका कर्मचारी लाई कमाउनि ठाउँ भयो.

    Reply
  3. ram says:
    June 12, 2014 at 7:55 pm

    सकारात्मक काम को थालनी …

    Reply
  4. samrat~ says:
    June 12, 2014 at 8:04 am

    उहिले उहिले राजा सवारी हुने बेला मात्र सडक बिभाग आएर राता रात सडक सफा गर्थियो सवारी हुने बाटो गल्लि मा मात्र देखावट को लागि फेरी दुइ दिन पछि जस्ता को तेस्तै. हाम्रो बिचारा कठ पुतली राजा बिरेन्द्र दङ्ग पर्थियो कति सफा हाम्रो कान्तिपुर को सडक गल्लि भन्न ठानेर. ठिक तेस्तै सार्क को रास्त्र्त अध्येक्छ्ये हरु को लागि देखावटी पारा मात्रै हो केहि दिन को लागि. नत्र राता रात ठिक सार्क सम्मेलन को अगाडी मात्र किन थाल्नु पर्यो यो काम. आखिरमा गर्न सक्ने छेमता त न भएको हैन रहेछ नि. के हेरेर बसेको रहेछ का न पा यो भन्दा अगाडी ?? तेत्रो बजेट उपाहार आउछ देश विदेश बाट सर सफाई को लागि !!

    Reply
  5. Mahendra Chudal says:
    June 12, 2014 at 12:15 am

    नया आशाको किरण पलाएको छ / सबै छेत्रहरुमा यस्तै खबरहरु सुन्न पाइयोस /

    Reply
  6. सिर्जने says:
    June 11, 2014 at 10:29 pm

    तारको गुजुल्टो सानु हुदैमा सहर राम्रो भैहाल्ने होइन / सबै तारहरु जमिन मुनिबाटै लानुपर्छ अनि मात्र अलि सुन्दर शहर भन्न मिल्छ / जथाभाबी भित्तामा पोस्टर टास्ने र यामानका साइनबोर्ड र होर्डिङ्ग बोर्ड राख्न पनि बन्द गर्नुपर्छ / मेलम्ची आएपछि (?) २४सै घण्टा धारामा पानी आउन थाल्यो भने (कथं-कदाचित) छत छतका पानी ट्यांकीहरु पनि गाउतिर दान दिएर पठाउने ब्यबस्था गर्नुपर्छ, पसलहरु ले पसलदेखि फुटपाथसम्म फिजाएर समान बेच्न राख्ने पनि बन्द गर्नुपर्छ / अरु पनि धेरै कुरा छन्, तर गर्दै गएपछि हेरौ ……. पहिले गरेर त देखाओस कामनपाले /

    Reply
  7. Mk says:
    June 11, 2014 at 9:56 pm

    अवेवास्था को उत्कर्ष नमुना हो यो/ तारको जालो भूमिगत वेश ; ढिलै भए पनी सुरु गर्नु पर्छ/ चाहेमा नसकिने होइन / हेर्नोस्न, उता विदेश मा तार को मात्र होइन रेल पनि भूमिगत तथा पानी मुनि पनि वेवास्था गरिएका छन्/

    Reply
  8. Shankar says:
    June 11, 2014 at 8:11 pm

    Situation will certainly change under special circumstances. But it is more likely that the outcome will hit the people surviving under the line of poverty.

    Reply
  9. dharmendra says:
    June 11, 2014 at 7:47 pm

    कुन पार्टी र कुन गुटको कुन तार हो पत्तै नलाग्ने !!!!!

    Reply
  10. Sanjay says:
    June 11, 2014 at 7:06 pm

    They should be wired underground instead. ने बि संग (:D) ले येस्मा ध्यान दियोस. It will be more safe and beautiful.

    Reply
  11. B Pun says:
    June 11, 2014 at 4:38 pm

    I am sure that this is all a publicity stunt made by NEC. Why this time around? Run up to the end of the Fiscal Year, millions repees underspent, they got a perfect opportunity to fill their pocket by the name of SAARC Assembly! I bet you.

    Reply
  12. bhakta says:
    June 11, 2014 at 4:27 pm

    घरको बार्दलीमा फूल को गमला नराखी पेटिकोट अण्डरवोएर थाङ्ग्ना भित्रि बस्त्र सुकायाको फोटाहरु पनि टास्नुस्न- शहरबासी हरुको सभ्यताको गाठो फुकोस !!!!!

    Reply
  13. Mohan Subba says:
    June 11, 2014 at 1:55 pm

    यतिका वर्ष भैसक्यो हाम्रा नेता,मन्त्रीहरु देश बिदेस घुमेर आउछन ति देसहरुमा बिजुलीको तार,केबुल र इन्टरनेटको तारहरु कसरि ब्यवस्थित गरेको छन ति कुराहरु किन आफ्नो देशमा लागु गर्दैनन् ?अहिले काठमान्डोउमा व्यापक सडक बिसतार्को काम भैरहेको छ यहि बेला नेपाल बिधुत्प्राधिकरंलाई सरकारले निर्देसन दिएर बिजुली लगायत केबुल र इन्टरनेटको तारहरु जमिन मुनि बाट सप्लाई गर्दा अति उतम हुन्थ्यो |तर हामि जस्ता सडकका जनताको सोच सरकार भन्ने चरीले के लागु गर्थ्यो र?

    Reply
  14. hari says:
    June 11, 2014 at 1:47 pm

    नेपालमा राजा महेन्द्र को पाला सम्म जे जस्तो भौतिक पूर्वाधार निर्माण भए त्यो भन्दा फरक राम्रो सुरुवात तेस्पछिका सासकले गर्न नसकेकै हो. तेती नै बेला काठमान्डूमा सबै बिजुलीका तारहरु भूमिगत सप्प्लाई गर्ने कुरो भैरहदा प्राबिधिक ज्ञानको तेती राम्रो जानकार नहुने बेलामा कसैले यो जमिन मुनि बिजुलीको तार गाड्यो भने त जहाँ टेक्यो तेही करेन्ट लागेर ठाउँ को ठाउँ ठहरै होइनछ भन्ने खालको हल्ला फैलायो पछी हो न हो तेही कुरा ले नै भूमिगत तार सप्लाई गर्ने कुरा हटाइएको भन्ने सुनिन्छ. र अहिले जहाँ पनि पोल अनि भद्रगोल तारहरुले राजधानी कुरूप बनाईरहेका छन्. आज यतिका वर्ष बितिसको, प्रविधिले आकास छोयो तर यी कुरा हरु व्यस्थापन गर्ने तर्फ कसैको ध्यान छैन.
    ल ठिक छ एउटा पोलमा १० भन्दा बढी कम्पनी को तार राख्न नदिने रे ठिकै छ बाकि ले चै के गर्छन त?? विकल्प : फेरी नया पोल थप्नु पर्यो. तेसैले उत्तम तरिका भूमिगत गर्नु नै हुनेछ. भलै सुरुको खर्च केहि बढी होला.

    Reply
  15. sheela says:
    June 11, 2014 at 1:32 pm

    हाम्रो देशमा समस्या आउन नदिने योजना कहिले बन्दैन बरु समस्या आइ सकेपछि चाही योजना बन्ने गर्छन| तारको गुजुलटोले सहर कुरुप भएको महसुस गरेर योजना बनेपछि त सहर पक्कै सुन्दर बन्ने छ |

    Reply
  16. Mohan Shrestha says:
    June 11, 2014 at 12:44 pm

    सबै कुरामा निराशाको बिचमा यो एउटा खुशी को कुरा
    जसरि दुख पछि सुख आउछ त्यसै गरि नराम्रो पछि राम्रो अबश्य आउने छ
    सबैलाई चेतना भया

    Reply
  17. harka shrestha says:
    June 11, 2014 at 12:41 pm

    ल ल सुसिल कोइराला को पालामा य्सठो यौटा राम्रो काम हुनी भयच धरै राम्रो लायो कबुल ,टेलिफोन अनि बिजुली को छुट्टै छुट्टै हुनु पर्छ सके सम्म ओन्दर ग्रोउन्द भय धरै राम्रो हुनिथियो ढिलाई भय पनि राम्रो काम को सुरुवात हो यो धन्नाबाद बिधुत करालय लाइ .

    Reply
  18. RB Baniya says:
    June 11, 2014 at 8:52 am

    धेरै राम्रो काम को सुरुवात हो यो भए सम्म सबै केबुल जमीन मुनीबाट supply गर्नु पर्छ

    Reply
  19. Syanu Paija says:
    June 11, 2014 at 7:18 am

    शहर मा असोभनिय लाग्ने केबुल हरु को ब्यबस्थापन जरुरी छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme