Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसीको रिजल्ट कहाँ हेर्ने ?

Posted on June 10, 2014June 13, 2014 by Salokya

हाम्रो पालामा एसएलसीको रिजल्ट हेर्न गोरखापत्र नभई हुन्न थियो। तर अहिले नतिजा हेर्ने तरिका फरक भएको छ। अब वेबसाइट र मोबाइलमा एसएमएस पठाएर नतिजा हेर्नुपर्ने हुन्छ। एसएलसीको रिजल्ट पनि एउटा व्यापार भएको छ। परीक्षा नियन्त्रण कार्यालयले वेबसाइटमा र एसएमएसमा रिजल्ट राख्न शुल्क लिने गर्छ कम्पनीहरुसँग। कम्पनीहरु पनि नाफामुखी। नाफा खानै पर्‍यो। मार बिचरा विद्यार्थी र अभिभावकहरुलाई। संगठित लुट चलिरहेको छ। अलिकति चनाखो हुनुभयो भने चाहिँ धेरै ठगिनबाट जोगिनु हुनेछ। एसएलसीको रिजल्ट कहाँ हेर्ने भन्ने बारे परीक्षा नियन्त्रण कार्यालयले एउटा सूचना निकालेको छ। हेरौँ त्यसमा के छ।

slc-natija

तपाईँले यसमा विभिन्न एसएमएस नम्बरहरु देख्नुभयो होला। यी मध्ये केही मिडिया हाउसद्वारा प्रवर्द्धित छन्। उनीहरुले आफ्नो मिडियामा ठूल्ठूला विज्ञापन दिन्छन्। कतिले फेसबुकबाटै विज्ञापन गर्लान्।

रिजल्ट एसएमएसबाट हेर्न सकिने भनी विभिन्न विज्ञापन आउँछन्। तर ती विज्ञापनहरुमा शुल्क उल्लेख गरिएको हुन्न। भए पनि सानो अक्षरमा राखिएको हुन्छ। कृपया धेरै ठगिनबाट जोगिन त्यसमा ध्यान दिनुहोला। शुल्क हेरेर कुन सेवा सस्तो छ, त्यसबाट छान्नुहोला।

सामान्यतया अरु निजी कम्पनीका एसएमएसको शुल्क ५ रुपियाँ हुने गर्छ। यसमा करवापत् तिर्नुपर्ने रकम छुट्टै हुन्छ। कसैकसैको त १० रुपियाँ पनि हुनसक्छ। टेलिकमको एसएमएसको भने सामान्यतया करबाहेक प्रति एसएमएस १ रुपियाँ मात्रै पर्छ।

अबका केही दिनमा यी सबले कसरी नतिजा हेर्ने भनेर विज्ञापन पनि गर्नेछन्, त्यहाँ हेरेर कसको शुल्क कति रुपियाँ हो बुझ्नु होला। यो कुरा नजानेकोलाई, नबुझेकालाई पनि सिकाएर धेरै ठगिनबाट जोगाउनु होला ल।

अपडेट (जेठ ३०) : नेपाल टेलिकमबाट यसरी एसएलसी नतिजा हेर्न सकिने रहेछ-
slc-natija1

3 thoughts on “एसएलसीको रिजल्ट कहाँ हेर्ने ?”

  1. Abhishek™ says:
    June 12, 2014 at 1:42 am

    ठिकै छ सालोक्य जी, हाम्रो पालामा पनि गोर्खापत्र को पैसा तिर्नै पर्थ्यो. अझै गोर्खापत्र पनि मैले त ५ रुपैया को सत्ठा २० रुपिया तिरेर ‘ब्ल्याक’ मा किनेको थिए. बालै भएन! 😀

    Reply
  2. सिर्जने says:
    June 10, 2014 at 11:43 pm

    शिक्षा मन्त्रालय, बिभाग, परिक्षा नियन्त्रण कार्यालय आदिको वेबपेजमा राखेको हुने हनाले एसएमएसमा पैसो खर्च गर्नु जरुरि देख्दिन म त / बाउ आमाले कुस्त कमाइदेको पैसो अलि अलि उडाम न त भन्ने लागेको भए केहि भन्नु छैन /

    हाम्रो पालामा फोन पनि थिएन, म जस्ता दुर्गम जिल्लाका बिध्यार्थिहरुको नम्बर काठमाडौँमा बस्ने आफन्तहरुले हेरिदिएर आकासबाणी (आ. बा.) मार्फत खवर गरेर १-२ दिन पछि थाहा पाइन्थ्यो / उहिले सत्ययुगको आकासबाणी होइन, अहिले त्यो चिजलाई रेडियो सेट भन्छन /

    रामरी पढेर जाच दिने हुनाले मलाइ रिजल्ट कहिले सुन्न पाइएला भनेर चासो कहिल्यै भएन / आत्मविश्वासले ठुलो काम गर्छ / रिजल्ट आउने दिन इस्कुल तिर नकुदी म खेतमा धान काटी राखेको हुन्थे / एस एल सी को रिजल्ट थाहा पाउदा म तल बेसीमा भर्खर आली लाइसकेर गोलभेडाको अचारसंग पोलेको मकै मर्काउदै थिए / त्यो मकैको स्वाद अहिले पनि जोब्रोमै छ, पुराना सम्झना जस्तै मिठा मकै, बुढो पो भइयो कि क्या हो?

    Reply
  3. Prakash Sharma says:
    June 10, 2014 at 5:26 pm

    YES those company which are running SMS get profit from it but most of the profit goes to NTC itself which get 50% of total share. So the SLC result is a profitable business to NTC/NCELL. Even those website including slc.edusanjal.com which are publishing the SLC results online has paid hefty fee to publish result on their website so that students have alternatives where they can check the SLC results of all of their family and friends without paying any costs to anyone if they have internet connection. Viewing result in website does not cost any penny to students but it may not be feasible as internet connection is not available all over Nepal. Students have to get opportunity to see their result in hassle free way and lets hope the cost of SMS will decrease in upcoming time and mysansar will publish information regarding rates of those SMS so that they will not be unhealthy competition to publish result via SMS.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme