Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भित्ता फोहर गरेर ‘माया’को प्रचार गर्ने को?

Posted on June 10, 2014June 10, 2014 by Salokya

photo (8) आजभोलि काठमाडौँका दुई प्रमुख ठाउँ जमल र रत्नपार्ककाे भित्ता फोहर गरेर ‘माया’ को प्रचार गरिएको देखिन्छ।

अरु खाले माया हैन यो। भित्तामा ‘मायालाई बुझौँ’, ‘माया गलत हुँदैन’ भनेर पोतिएको छ। साथमा केटीले केटीलाई र केटाले केटालाई अर्थात् समलैङ्गिक चुम्बन गरिएको छ।

अमेरिका र युरोपका कतिपय देशमा नभएको उदार कानुन नेपालमा बनिसकेको छ समलिङ्गीहरुका लागि। अध्यागमनमा फर्म भर्नेदेखि लिएर नागरिकतासम्म तेस्रो लिङ्गी भनेर लेख्न पाइन्छ। उतातिरकाहरु जस्तो खासै मान्छेले विरोध पनि गर्दैनन्। यति हुँदाहुँदै पनि के खान भित्ता फोहर गरेर उनीहरुको किसिमको ‘माया’को प्रचार गर्नुपर्ने ?

photo (9)
बरु अमेरिकामा तेस्रो लिङ्गी जन्मैदेखि हुन्छ कि हुर्किने वातावरणहरुका कारण हुन्छ भन्ने बारे त्यहाँका बासिन्दा अझै विभाजित छन्। भलै अमेरिकन साइकियाट्रिस्ट एसोसिएसनले होमोसेक्सुअालिटीलाई म्यानुअल अफ मेन्टल डिसअर्डरको सूचीबाट हटाएको सन् १९७३ मै हो।

नेपालमा खुरुक्क लाएर आफ्नो काम गर्नेहरुलाई अहिले कसैले केही भन्दैन। उनीहरु पहिले जस्तो लुकेर पनि हिँड्नु पर्दैन। तेस्रो लिङ्गीहरुको ब्युटी कन्टेस्ट पनि हुन्छ खुल्लमखुल्ला। गाइजात्रालाई गे जात्राका रुपमा उनीहरुले मनाएर नयाँ परम्परा बसाले पनि संस्कृति विकृत पारेको भनेर कसैले विरोध गरेका छैनन्।
photo (8)
बरु यस्ता तेस्रो लिङ्गीहरु नै आफूलाई बदनाम गर्न लागिपरेका छन्। एक साँझ त्यही ‘मायालाई बुझौँ’ लेखिएको ठाउँभन्दा अलि पर रत्नपार्कमा गाडी कुर्दै गर्दा मलाई केटीको भेषका एक समलिङ्गीले ‘हे सेक्सी ब्वाइ’ भनेर बोलाए। म खुरुखुरु आफ्नो बाटो लागिरहँदा अझै आएर ‘कमन, बोल्न पैसा लाग्दैन के’ पो भन्छ बा। म हतार हतार अर्कै बाटो लागेँ। अब यो भित्ताको सन्देश मैले के बुझ्ने ? उसको ‘माया’लाई कसरी बुझ्ने ? के तेस्रो लिङ्गीहरुको अधिकारका नाममा उनीहरुलाई अब जे पनि गर्न दिनु पर्ने ?

सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरुलाई समान अधिकारको ग्यारेन्टी हुने गरी फैसला गरिसकेको छ। तर पनि भित्तामा पोतेर उनीहरुको किसिमको मायाको प्रचार किन गरिँदैछ? कि नर्वेली दूतावासले दिएको क्रोनर पोखिएको हो भित्तामा ?

photo (10)

यस्तो छ नर्वेली क्रोनरको सत्य

नर्वेली दूतावासले तेस्रो लिङ्गीहरुका लागि तीन वर्षको अवधिलाई ६० लाख क्रोनर (नेपाली साढे नौ करोड रुपियाँभन्दा बढी) दिएको कागजातले देखाएको छ। यो  क्रोनर मिडियाका लागि पनि हो।  तेस्रो लिङ्गीबाट पीडितहरुको कथा मिडियामा नआउने कारण पनि यही होला शायद्।

bluediamond

 

यति पैसाले २० राजनीतिक पार्टीको घोषणापत्रमा तेस्रो लिङ्गीको विषय राख्ने, टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउने, सरकारी बजेटमा तेस्रो लिङ्गी विषयका लागि २०० प्रतिशत वृद्धि गर्ने, सरकारको नीतिमा नै तेस्रो लिङ्गीलाई आरक्षणमा राख्ने, त्रिविवि र उच्च शिक्षाका संस्थामा पनि समलिङ्गीलाई आरक्षण दिने नीति ल्याउने जस्ता विषयका लागि यो क्रोनर दिइएको रहेछ।

bluediamond1

bluediamond2

 

सम्झौता पत्रमा ब्लु डायमन्ड सोसाइटीका सुनीलबाबु पन्त र नर्वेली दूतावासका तर्फबाट तत्कालीन राजदूतले हस्ताक्षर गरेका छन्।

कागजातको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुस्। 

रत्नपार्क र जमलको भित्तोमा समलिङ्गी मायाको प्रचार कुन समूहले गरेको हो, लेखिएको छैन। के यही नर्वेली दूतावासको क्रोनर भित्तामा पनि पोखिएको हो?

49 thoughts on “भित्ता फोहर गरेर ‘माया’को प्रचार गर्ने को?”

  1. ramlal says:
    June 13, 2014 at 11:09 am

    होइन गाठे , अहिलेको जमानामा पनि येस्तो जाबो कुरा कस्तो नपचेको नेपालीहरुलाई! LTGB को बारे मा जनचेतना बढोस्!

    Reply
  2. लौटन अवधि says:
    June 12, 2014 at 11:32 am

    तेस्रो लिंगी लाइ मर्यादित ब्यबहार गर्नुपर्छ – यद्दपि उनीहरु आफै अमर्यादित ब्यबहार गर्छन !
    स्कुले स साना भाइ बहिनि को मानसिक असर के पर्ला त्यो नबुझी यो पोस्टर टास्ने महानुभाब ले आफ्नो नुन को सोझो गरेका हुन् ! त्यो काइते नर्बेजियन एम्बेसी को अरु काम छैन – नहुने नहुने कुरो मा पैसा बाड्या छ ! मान्छे भड़काको छ – त्येल्लाई बरु कित्ता काट गर्नु पर्छ ! जनता बाटै बहिस्कार को नीति अबलम्बन गर्नु पर्छ ! कुनै सस्था ले नर्बे को राजदूत लाइ बोलाउछ भने त्यो सस्था लाइ नै बहिस्कार गर्ने !

    Reply
  3. tek raj timalsina says:
    June 12, 2014 at 10:49 am

    Love can never be wrong – Agreed !!
    BUT painting walls of Kathmandu without permission from the authority is definitely WRONG !!

    Reply
  4. Shristi kharel says:
    June 12, 2014 at 7:55 am

    If it’s ok to kiss boy and a girl then why not boy and a boy and girl and a girl…. Comon guys grow up we are living in a 21st century and atleast show some respect to every human kind..don’t just stuck in this small issue if you stuck and make this issue as one of the big on. then what about the rest.. Behave like a human and think broad.. You say its a western culture.. But you also need to see why western countries are developed.

    Reply
  5. Shankar says:
    June 12, 2014 at 3:48 am

    These pictures are not allowed and is not acceptable to our society?
    I strongly object it.
    I even say our movie posters showing hero & heroin kissing each other is not necessary. Forget hindi movie, English or Chinese or whatever.
    Hero, Heroin also pee in their private life do they show it in poster?
    On the other hand, I believe we have some issues here. Third gender or homosexuality ?
    What topics we want mainly be focused ? are all third gender people sexually inclined? or addicted?
    I have heard heterosexual people like Angelina jolie, Madonnaa etc even tried lesbian at some point in their life?
    Here in Kathmandu who is behind preaching homosexuality ? I had heard the same home minister had even put ban on night life once.
    do they entertain such posters now?
    I believe they have not seen it.

    Reply
  6. भक्तपुरे says:
    June 11, 2014 at 10:42 pm

    प्रकृतिबाट ठगिएका व्यक्तिहरु जसको यौनांग पूर्ण रुपमा विकास हुन नसकेकाको वा स्त्री पुरुष छुट्टिन नसकेका जस्तै हिँजडा, नपुंसक आदिको नाममा बिकृत मानसिकता भएका कथित तेश्रोलिंगीले फाईदा उठाउँदैछन् । उनीहरु चाहि ओझेलमा परिसके ।

    घर भित्र ओच्छ्यानमा गर्ने कुरालाई किन बाटामा ल्याउन पर्यो ? सहमतिमा जसले जोसँग जुन आसनमा, तलमाथि, अगाडि पछाडि, जतापट्टिपनि जसरी गरेनी भो नी, किन सार्वजनिक गर्नु पर्यो ? के यिनीहरुको यस्तै गराईको आधारमा यिनीहरुलाई तेश्रो लिंगी भनेर नागरिकता चाहिने ? शारीरिक अनुवांशिकताको आधारमा पहिचान खुलाएर नागरिकता बनाइनु पर्ने हो कि, कसले कोसँग मैथुन गर्छ भन्ने आधारमा ? वाहियात ।

    सामान्य मानवको सिप र योग्यताको आधारमा जागिर खान कसले रोकेको छ यिनलाई ? मैथुन गर्ने तरिका वा प्रकारको आधारमा यिनलाई विशेष सहुलियत दिनु पर्ने राज्यले ? कति जायज हो यस्तो माग ?

    आजसम्म तेश्रो लिंगी भन्दैछन्, हेर्दै जाउँ भोली मुख मैथुन गर्नेले चौंथो, कुत्तासन गर्नेले पाँचौ, जनावरसँग गर्नेले छैठौं, अनि सातौँ, आठौँ लिंगीको पहिचानको नागरिकताको माग गर्न बेर छैन । नागरिकताले यो त यस्तो लिंग भएको मान्छे रहेछ भनी बुझाउने कि ए यो त यस्तरी मैथुन गर्दोरहेछ भनेर? कहिँ नभाको जात्रा ….

    Reply
  7. Dil Shree says:
    June 11, 2014 at 7:23 pm

    यो पोस्टर ले त समाजमा अझै समलिंगी हुनलाई प्रोत्सहान गर्न खोज्यो नि
    होला सबैको अधिकार, मानिस विभिन्न आचरण र चरित्रको हुनसक्छ !
    अप्राकृतिक भन्दै बन्देज लगाउनु अनुचित हुदा हुदै पनि, बिकृति फैलाउने गरि भित्ता पोत्न त भएन नि!

    Reply
  8. Ananta says:
    June 11, 2014 at 2:16 pm

    “गाइजात्रालाई गे जात्राका रुपमा उनीहरुले मनाएर नयाँ परम्परा बसाले पनि संस्कृति विकृत पारेको भनेर कसैले विरोध गरेका छैनन्” मलाई चाही येसो भएको मा सारै दुख लाग्छ. नेपाल मा नीति , नियेम, धर्म, केहि पनि बाकि रहेन. All Nepalese have been hopeless because of country’s situation. I feel really sorry.

    Reply
  9. बले says:
    June 11, 2014 at 1:40 pm

    पैसा पनि कहाँ कहाँ लगानी गर्न सकिदो रहेछ ?

    बले

    Reply
  10. Krishna says:
    June 11, 2014 at 1:36 pm

    Namaste!

    Thank you so much for noticing those pictures on walls in Kathmandu.

    These wall pictures have nothing to do with Norwegian Embassy. No Norwegian money or development money has been involved in any way.

    The pictures on the walls in Kathmandu are from 12 Danish and Nepali youth that have focused on positive social change, creative activism and thinking and acting as active global citizens. The youth from Nepal and Denmark have volunteered in local organizations and carried out this small project at the end of the project.

    This particular picture is a part of a small voluntary project designed and implemented by those youth to give positive message about LGBTI issues. The whole project is independently run and participants consulted with Blue Diamond Society. However the whole project completely belongs to those youth participants that voluntarily ran the project.

    The youth were passionate and committed about creating awareness about LGBTI issues. Sorry that you like grey or empty walls better than colourful ones, but it is awareness raising rather than damaging. For your information, this voluntary project was ended with an exhibition which was open to public and generated a good debate among relevant actors.

    Reply
    1. rosi says:
      June 11, 2014 at 2:05 pm

      Do you have permit from any relevant government department? or you just decided that you put two male kissing pictures in middle of Kathmandu.

      ask you danish friends if I can go and put similar pictures in Copenhagen?

      please whatever you agenda is please do not shove us into our throat.

      This is offensive really really offensive.

      Reply
    2. Manoj Thapa says:
      June 11, 2014 at 7:12 pm

      Hi,
      I would ask you one thing. Ask those 12 Danish (or the Danish Organization who is supporting you for this project) to invite 50 or more Nepalese youths like you to Denmark and do they exactly what your group including those Danish youths did here in Nepal. Then this will be really the part of cultural exchange between lesbians and gays like you. Why only here in Nepal?

      Reply
    3. HARI PRASAD LAMICHHANE-SAUDI says:
      June 11, 2014 at 8:34 pm

      Krishna ji, with due respect please just think about would you like to paint your home with these kind of pictures?

      On the other hand this is good to know that the money was from Denmark, although I have never seen the Denmark but still believe that the walls there are not painted like this.

      Do we really need these kind of pictures in our cities?

      Reply
    4. Tashi says:
      June 13, 2014 at 11:54 am

      There’s something seriously wrong with you bro…do you expect your parents or your kids walking through that road and starring at it wondering what could be that?….I respect love bro but not this way on the walls of these busy streets…your kind of people are going on wrong direction…there’s nothing wrong with homosexuality but you’r gonna have yo ensure whether it fits in our society or not! And please don’t compare this with any movies!! Even kids can make the difference

      Reply
  11. rosi says:
    June 11, 2014 at 1:31 pm

    That poster is really offensive and should be taken down or wiped out immediately. No one would dare to put this kind of poster in the middle of city even in country like Australia where half of the people you see are gay or lesbian,

    what about us heterosexuals rights? Why are we forced to see this offensive posters? Please someone in Nepal wipe this down for our society sake.

    Reply
  12. HARI PRASAD LAMICHHANE-SAUDI says:
    June 11, 2014 at 10:55 am

    पैसा भने पछि जे पनि गर्न तयार हुने ? ओह हो कति सार्है बिग्रिस नि बद्रि तँ ?

    Reply
  13. Kman says:
    June 11, 2014 at 9:56 am

    राजनीति र पोलिटिकल पोस्टर भन्दा त येही माया मोह को पोस्टर नै ठिक छ.

    Reply
  14. Manoj Thapa says:
    June 11, 2014 at 9:31 am

    यो तेस्रो लिंगी: कुनै पनि लिङ्ग राम्रो संग बिकाश नभएको अर्थात् हिजडा : बैज्ञानिक भाषामा भन्दा genetic defect भएको chromosome वा अन्य कुनै कारणले. एसको समाधान भनेको राम्रो hospital मा गएर operation गर्नु पर्यो सम्भब भए सम्म. एस्तो मानिस हरुलाई disabled वा अपाङ्ग समूह अन्तर्गत राख्नु पर्छ नकि काँही नभएको जात्र हाँडी गाउमा भने जस्तै तेस्रो लिंगी .

    समलिंगी: Lesbians OR gays . यो भनेको महिला-महिला वा पुरुष-पुरुष को मैथुन. यो भनेको मानसिक बिकिर्तिको चरम रुप हो. छाडा संस्किर्ती को उपज हो. येस्तालाई मानब अधिकार संग जोडेर हेर्नु हुन्दैन. जस्तै राँगो-राँगो वा भैंसी-बहिंसी, कुखुराको भाले – भाले वा पोथी-पोथी को बिचमा मैथुन भएको कसैले देखेको छ? एस्तो मैथुन बाट केहि जन्मिन्छा? के यो प्रकिर्तिक हो? कसरि? होभने के जन्मिन्छा? येस्ता समलानिगी को अधिकार भन्दै कुर्लने हरुलै कसले जन्मायो? एउटा जनावर हरु मा त एस्तो बिकिर्ती छैन भने, हामी त मान्छे हौ.

    एस्तो अतिनै मानसिक बिकिर्तिको चरम रुपलाई समाजमा मानब अधिकार भनेर छुट दिनेहो भने, समाजमा कुन्चान्ही बिकिर्ती वा अपराध मानबअधिकार भित्र पर्दैन होला र?
    तेसैले त यो संसारमै अहिले सम्म अतिनै घृणित रुपमा हेरिन्छा.

    Reply
  15. Bishnu Pantha says:
    June 11, 2014 at 6:07 am

    सर्बोच्चले दिएको सम्म स्वोतान्त्रतामा हामीले भन्नु केहि छैन , Tara यो aru lai दुख दिने काम गर्नेको चाही त्यो तेस्रो लिंगी भनेर जनाउने कस्तो खालको अंग हो,त्यो चाही काटेर फालिदिनु पर्छ/

    Reply
  16. tek raj timalsina says:
    June 11, 2014 at 5:34 am

    धन्यवाद माइसंसार | यो NGO को नाम मा पैसा कमाउने हरु को बिस्तारै पर्दाफाश गर्दै गएको मा | वर्षा को ३ करोड भन्दा बडी पैसा पाउने पाउने येस्ता के के काम गर्दा रहेछन त ? नेपालमा कोहि कोहि मान्छे हरु कसरि धनि भएको त यो पो कुरा रहेछ | सोझा हिसाब ले जागीर खाएर वर्षा मा ३ करोड को त सपना नि देख्न सकिन्दैन | यो बिदेसी हरु लै नि कति पैसा बढी भएको !

    Reply
  17. jeevan verma says:
    June 11, 2014 at 3:00 am

    अरु को अधिकार को बारेमा मलाई केहि भन्नु छिन, तर तथाकथित तेस्रोलिंगीको बारेमा मेरो धारणा भने अलि भिन्न छ |

    तेस्रो लिंगी भनेको मानसिक \ बिकृति हो | त्यसैले यिनीहरु लाई अधिकार होइन सुधारगृह मा पठाउनु पर्छ |

    Reply
  18. Raj says:
    June 11, 2014 at 12:28 am

    मलाई यो लेख पढेर सारै दिक्क लग्यो. मेरो कारणहरु :
    १. लेख को सिर्सक, “भित्ता फोहोर पारेर” : काठमाडौँ मा हजारौ पोस्टरहरु भित्ता मा तासने गरिन्छ. अचानक यो पोस्टर ले चाहिं भित्ता फोहोर गर्यो
    २. “तिनीहरु”: तिनीहरु भन्ने बित्तिकै हामीले भेद भाव गरिसक्यौ. यो पोस्टर ले येही हामी र तिनी को भिन्नतालाई कम गर्न खोजेको हो.
    ३. हामी ले तेस्रो लिङ्ग र समलिंगीलाइ एउतै मानि रहेका छौँ जुन सत्य होइन.

    आज पनि हामी समलिंगीहरु विदेशमा मात्रै छन् र नेपाल मा छहिनन जस्तो गर्छौं. समलिंगी र तेस्रोलिङ्ग लाइ हाम्रो समाज ले सारै नराम्रो रुप मा हेरछ. यो पोस्टर ले येही कुरा भन्न खोजेको हो. आखिर मा माया त माया नै हो, जो संग गरे पनि.

    एक दुइ जाना को बेवार ले सबै तेस्रो लिङ्ग र समलिंगी हरु उस्तै हुन्छन भन्नु गलत हो. तपाई लै एउटा केटा ले केहि भन्यो भनेर सब समलिंगी को बारेमा नराम्रो भन्दै हुनुहुन्छ. हाम्रो समाज ले समलिंगी हरु को बारे मा बर्सौं देखि नराम्रो कुरा भन्दै, र लेख्दै आएको छ.

    हामी सब एक हौँ र नेपाली हौँ, चाहे जस्तो रंग, रुप, जात, जति हौँ या जुन लिङ्ग को मानिसलाइ माया गरौँ.

    Reply
    1. Shristi Kharel says:
      June 11, 2014 at 4:27 pm

      Helo guys me and my friends with the help of Global Platform Nepal and Blue Diamond society did this campaign just to aware people about maya lie bujhau #loveisneverwrong.A campaign promoting acceptance and tolerance of sexual minorities in the streets of Kathmandu but from your comments i found out that you people think its pagalpan and we are misusing lots of money in it but i would like to asure you that we havent invest much in this campaign.its only our small try to make awareness in our society because we believe that being a human we should develop a greater sense of responsibility , it’s not only being responsible for country or family but also for all human kind which we participant from Denmark and Nepal learn in GCC.

      Reply
      1. tek raj timalsina says:
        June 12, 2014 at 10:47 am

        Hi Shristi

        Good to hear that you did not spend NGOs $$$ to paint these walls. May be your intention is good, you want to spread right message, BUT do you think it is a civilized way to do it? I understand that there are thousands of poster pasted in every nooks and corners of Kathmandu or any other city in Nepal. But that does not mean that it is a right thing to do. And educated youth like yourself should never encourage these kind of activities. I am surprised how Danish youths could do that in Kathmandu when they very well would know that they would not be allowed on any grounds to do the same in their country.

        Love can never be wrong YES, but painting walls of Kathmandu without any approval is definitely WRONG !!

        Reply
  19. sandesh says:
    June 10, 2014 at 11:57 pm

    उमेश जी जस्तो मान्छेलाई तेस्रो लिंगी र समलिंगी को फरक थाहा छैन होला भनेर कसरी भन्ने | ति दुइ त फरक कुरा हुन् नि , होइन र ?

    सिधै भन्नु पर्दा तल एउटा माथि अर्कै वा तल नै स्त्री -पुरुस दुवै तेस्तै तेस्तै होइन र तेस्रो लिंगी भनेको | समलिंगी त तपाई म जो पनि हुन सक्छ नि |

    Reply
  20. सिर्जने says:
    June 10, 2014 at 11:29 pm

    बिदेशी सहयोग पाउने हो भने नेपालीहरु के के गर्छन भन्ने मैले पनि प्रत्यक्ष्य देखेको छु / क्रिस्टियन भएर शह’रा चर्च धाउने अनि दशैमा सुटुक्क गाउ गएर टीको लाउने, अनि तेत्तिले नपुगेर फेरि सहर छिर्ने बेलामा साबुन पानीले रामरी मुख धोएर कतै रातो छ कि भनेर हजामको मा पसेर ऐना हेर्ने, क्याबात /

    यो पनि नर्वेको सहयोगले फले-फुलेको क्रियाकलाप हो (****-shit को जस्तै) / नेपाल सरकारको प्राथमिकता (पन्चबर्षीय योजना) मा नपरेका काममा पैसो बाड्दै अनेकथरी प्रोपागाण्डा मच्चाउने बिदेशी सहयोगका स्रोतलाइ पनि ठिक ठाउमा ल्याउन सक्नुपर्छ सरकारले / नेपालीको नाममा आउने पैसालाई नेपाली जनताले (जनताका प्रतिनिधिले) तोकेको प्राथमिकता अनुसार मात्रै खर्च गर्नुपर्छ, जथाभाबी होइन /

    Reply
  21. kedar says:
    June 10, 2014 at 11:20 pm

    जसरि धुम्रपान र मद्ध्यपान गर्न पाइन्छ प्रचार प्रसार गर्न पाइंदैन, धर्म परिबर्तन गर्न पाइन्छ तर कुनै किसिमको लालच र परिबन्धमा परिबर्तन गराउन पाइंदैन, तेसरिनै समलिंगी वा तेस्रो लिंगी हुन त पाइन्छ तर प्रचार प्रसार गर्न र लालचको प्रभाबमा बनाउन पाइनु हुँदैन |
    बिद्धुतीय कारोबार कानुन लाइ लङ्गड्यायेर गरेर Facebook र Twitter मा कमेन्ट गर्ने लाई जेल कोचे जस्तै अर्को कुनै कानुनलाइ लंगडो बनाएर भए पनी यिनलाई भित्ता फोहोर पारेको निहुँमा ठिक गर्न सकिदैन भन्या ?
    प्रकृति ध्वस्त पार्न तम्सेका ……लंङ्गघारहरु |

    Reply
  22. Suman says:
    June 10, 2014 at 11:08 pm

    यो सबै डलर/ क्रोनर /पौण्ड /युरो को खेति हो साथी हरु.
    धेरै बिकृति भित्रि एको छ नेपाल मा . usa क धेरै states हरु मा ब्यान छ. usa लगाएत धेरै देशमा नि नपचि राको कुरो येहा बिना रोकतोक चलि रछ..
    माया गर्ने भन्दै जे पाए गर्न पयिदैना नि. भोलि एउटा समूह आयो ( केटा केटि हरु को) र हामी सामुहिक bibhaha गर्न पाउनु पर्छ भन्यो भनि के गर्ने. हाम्रो माया गर्ने अधिकार हो भन्दा के गर्ने?
    कोहि फेरी , होइन मेरो पेट ( कुकुर , बिरालो , वा अरु जनावर आदि) संग आधिकारिक बिहे गर्छु. भने दिने कि नदिने? ( जन्मजात तेस्रो लिङ्गी भाको लई अधिकार दिने को कुरा एउटा छ – जुन देरै को सुप्पोर्ट छ, तर डलर को बल मा जथाभाबी गर्ने बिकृति रोक्नु अबस्येस्क छ.)
    अप्राकृतिक कुरा ल्याएर समाज विकृत गर्ने बह्हेक केहि हुने वाला छैन.
    अर्को महत्वपुर्ण कुरा…. समान सेक्स बिबाह लामो टिकेको कुनै रेकॉर्द छैन. १०० मा १/२ ओटा आपबाद बाहेक ५ वर्षा भन्दा बढी संगै बसेका छैनन्. तिनी हरुमा बहुसंक्हक डिवोर्स मा टुंगिएको छन् … आखिरमा हुनेवाल केहि छैन…. पशुपति नाथ ले सबै को भलो गरुन र सत्बुददी दिउन !!

    Reply
  23. सिर्जने says:
    June 10, 2014 at 11:08 pm

    तेस्रो लिंगी भएको कारणले कुनै विभेद नहुने भनेर अदालतले भनिसकेपछि अनि सरकारी कामकाजमा तेस्रो लिंगी भनेर किटान गर्न मिल्ने भएपछी आरक्षण चै किन चाहिएको हो? नर्वेलीले पैसो दिदैमा जे पनि चाहियो भन्दै हिड्ने? हुम्ला, जुम्लाका मान्छे कोदो, फापर पेटभरी खान नपाएर मर्ने अबस्था भ’को दे’शा तेस्रोलिंगी भएकै नाताले थप सेवा पाउने हो भने केहिले आफुलाई तेस्रोलिंगी भन्दै सरकारी सुबिधा पचाउन लागे भने तेस्लाई कसरि रोक्ने हो? कसरि छुट्याउने?
    चाइने कुरो गरम न भाइ हो कि बैनी हो /

    Reply
  24. Mk says:
    June 10, 2014 at 10:58 pm

    एस्तो क्रियाकलाप ले लाग्छ कि विदेशी हरुले नेपालको विकास को लागि न भएर विगार्न पो मदत गरि रहेछन , होइन सरकर ले क कसको के के हेरी राखेको होला ?

    Reply
  25. Bhadra says:
    June 10, 2014 at 10:14 pm

    भोटेकोशी र खिम्ती को बिजुली महँगो पारेर गरेको सहयोग यहि त होला नि , कसो?

    Reply
  26. सुबास चन्द्र सापकोटा says:
    June 10, 2014 at 10:05 pm

    नियम कानुन र कागजी अधिकार का कुरा नगरौं! समाजको कुरा पनि टाढै छोडौं, कुन चाँही तेस्रोलिङ्गीले आफ्नै घरमा आत्मसम्मानका साथ बाँच्न पाएको छ? मान्छेको सोच उही रहेको अबस्थामा कानुनले संरक्षण गर्दैमा उनीहरुले कहिले इज्जतका साथ बाँच्न पाउलान र?
    सोच परिवर्तन गर्न, केहि सन्देश दिन, समाजले उनीहरुको संबेदनालाई बुझेको आभास गराउन, केहि भित्ताहरुमा पेन्टीङ्ग गरिन्छ भने ठिकै छ नि ! यहाँ राजनीतिक दलका अनाबश्यक नारा र चलचित्रका फोहोरी पोस्टरको चाङ् लगाउँदा चै केहि नभन्ने, अनि त्यसै पनि हेरी नसक्नु गरी फोहोर भएका रत्नपार्क लगायतका भित्तामा पेन्टीङ्ग गर्दा चै बिरोध गर्ने? नर्वेजियन पैसाको दुरुपयोगको रिस एउटा सामाजिक अभियानमाथी नपोखौं! “माया गलत हैन”,”मायालाई बुझौं” आदि त उनीहरुलाई भावनात्मक समर्थन गर्ने शब्दहरु हुन्, हामी आफैंले पनि पैसा जुटाएर लेखे हुन्छ बरु!
    जहाँसम्म नर्वेबाट आएको पैसा छ, त्यो सहि उद्धेश्यले आएको जस्तो मलाई पनि लाग्दैन र सहि ठाउँमा जाँदै छैन भन्ने बिचारमा पनि म सहमत छु!
    र म गर्ब गर्छु, म त्यो मुलुकको नागरिक हुँ, जसले आफु उति बिकशित नभएपनि बिकशित भनिएका धेरै मुलुकहरु भन्दा अघि बढेर आफ्ना अल्पसंख्यक नागरिकहरुको स्वन्तत्रतालाई कानुनी संरक्षण दिएको छ! अब हाम्रो सोच बदल्ने पालो, मायालाई बुझौ! माया गलत हुन्न!

    Reply
  27. Basu says:
    June 10, 2014 at 9:28 pm

    उदार र स्वतन्त्रताको परिचायक देश अमेरिकामा समेत समलिंगी सहज नभएको अवस्थामा नेपालमा समलिंगीको बारेमा यति सजिलै कसरी कुरा मिल्यो भन्ने मलाई लागी रहेको थियो र पनि तेस्रो लिंगीको पहिचानमा नेपालले अपनाएको उदारीकरण देख्दा म आफैंपनि देशप्रति गौरवान्वित भएको थिएँ |
    तर कुरो कसरी र किन च्यात्चुट्ट मिलेको रहेछ भन्ने अहिले पो खुल्दैछ |

    अमेरिकाको क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा क्यास्ट्रो भन्ने एउटा शहर समलिंगीकोलागी प्रख्यात छ र पनि त्यहाँ यस्ता पोस्टरहरु देखिंदैनन् | तर नेपालमा भने यस्ता पोस्टरले हामी सार्है उदार छौँ भन्ने पो प्रमाणित होला जस्तो छ |

    Reply
  28. Ramesh Shrestha says:
    June 10, 2014 at 8:18 pm

    सालोक्य ज्यु, तेस्रो लिंगी भनको सम लिंगी होइन, I think you got confused between them.

    Reply
  29. Chandra says:
    June 10, 2014 at 7:46 pm

    परापुर्बकाल देखि नै हिजडाहरुलाइ नेपालमा स्वातन्त्रता नै छ नि, बरु हिजडाहरुनै सबै जस्तो ठाउँमा बेहोरा न भएको हुन्छन . अमेरिकामा पनि हिजडाहरु सारै मातिएका छन् .

    Reply
  30. santosh says:
    June 10, 2014 at 7:10 pm

    ब्लु डायमण्ड सोसाईटीले नक्कली समलिङ्गी देखाएर सुनिलबाबु पन्त लगायतले करोडौँ बिदेशी सहयोग कुम्ल्याएको भनेर सगरमाथा टेलिभिजनले देखाएको खबर पनि एकताका निकै चर्चित भाथ्यो । नेपालका कुनै पनि ngo, ingo ले पारदर्शी काम गरेका छैनन् भन्दा हुन्छ। अलिकति काम गरेको देखाएर धेरै कुम्ल्याउने न हो ।

    Reply
  31. krish says:
    June 10, 2014 at 7:08 pm

    प्रकृति र श्रीश्टीको सामान्य नियम अनुसार भैरहेने कुराले अब विभेद ,असमानता ,मान्छेको बाच्ने र मानव अधिकार हनन भयो भन्दै चेतनशील समाज बनाउने होहल्ला ले भित्ता फोहर हुदैछन / समलिङ्गी ,तेस्रोलिंगी ,उभयलिङ्गी जन्माउन्दैछ ,प्रकृति र सामाजिक नियम भन्दा फरक विवाह र परिवारका परिभाषा देखिन थालेकाछन / आफ्ना मौलिक सामाजिक मूल्य र मान्यता ग्लोबललैज़शन गराउने भन्दै मनलागी गर्न राज्यले अधिकार दिनु पर्छ ,कानून बनाउनु पर्छ रे ? हाम्रा ख्यातीप्राप्त तथा दाताहरुको सहयोग परिचालक मानव अधिकारबादी सुबोधराज ,कनकमणि जी हरुले एस बारेमा लेखिदिए अलिक बुझ्न सजिलो हुन्थ्यो होला नि …/

    Reply
  32. Max Thapa says:
    June 10, 2014 at 6:18 pm

    कुनैपनि कुराको एउटा सीमा हुन्छा, हद हुन्छ तर नेपालमा हरेक कुरामा सीमा छैन, एकदम चाहिने भन्दा बढी स्वोतान्त्रता आएकोछ, चाहिने भन्दा धेरै प्रजातन्त्र लोकतन्त्र अनि अरु के के तन्त्र आएको छ जसले गर्दा भुइमा न भाँडामा भएको छ |

    Reply
  33. xyz says:
    June 10, 2014 at 5:55 pm

    I do not know why Norwegian Embassy is promoting corruption in Nepal? Can we have some specific answers from the responsible quarters?

    Reply
  34. Dambar says:
    June 10, 2014 at 4:47 pm

    यो नेपाल को Ladies and Gentlemen ( दुवै एउटैमा भाको के) हरु को पनि के कुरा गर्नु, सांझ तिर त भेट्नै पो हुदैन बा. कस्तो घिन लाग्दो कुरा गर्छन भने छि छि छि.. यीनलाई अधिकार धेरै भयो..

    Reply
  35. derwent says:
    June 10, 2014 at 4:33 pm

    What do homosexuals find it necessary to advertise their sexuality?

    With pins, bumper stickers, banners, flags etc etc. I mean i don’t feel a need to advertise my heterosexuality. Why do you find it necessary to advertise yours? I have nothing against homosexuals..in fact i have few friends who are but they even find it tacky to be “waving your banner all over the place.”

    If you want sexual equality then start acting normal. And advertising your sexuality isn’t being normal it’s just being a whore…seriously. The ppl who advertise sex are prostitutes. It’s almost like you want ppl to make fun of you say you can say…”Oh look see, poor me, no one understands me…i’m so very misunderstood,the world just hates gay ppl.” When in fact the world is at it’s most accepting of the gay community. Please just give it a rest. We all get it…you’re gay !!

    Reply
  36. Krishna says:
    June 10, 2014 at 4:16 pm

    By Andreas, Emma, Laura and Shristi
    We work with the slogan Maya Lie Bujhau and have chosen to use the cityscape creatively and visually as a way of integrating a more nuanced view on love into the everyday life of Kathmandu’s citizens. As we see it street art is mode of expression where one can communicate a powerful message in a very simple and permanent way. We have no expectations of “saving the world” within the project’s one and half week time span.
    But as Global Citizens we are convinced that street art is an effective way to plant a small seed of change in the mind-set of people. This is our hope for the street art project: that the citizens of Kathmandu will walk by our art, register the message and thereby in time reflect more and more on what they have seen.
    Having lived now for nearly four months with 10 Nepali students, the Danish participants have experienced first-hand how marriage plays a crucial and sometimes stressful part in their life. Yet they have also personally felt the care and love that characterizes the Nepali people. We are therefore all convinced that the fight for equality started by BDS sooner or later will mean that no member of the LGBTI-community will have to hide his or her identity, but can be fully included in the already versatile and embracing Nepali culture

    Reply
  37. Nik says:
    June 10, 2014 at 3:33 pm

    जहा गरिबी त्यहाँ पैसाको जोडले जसले जे पनि गर्न सक्छ भन्ने नमुना उदाहरण अरु कहिँ होइन हाम्रै Nepal मा हुँदै छ|

    Reply
  38. Myagdeli Magar says:
    June 10, 2014 at 3:14 pm

    हाम्रो देश म समलिंगीको लागि क्रोनेर फ्याक्ने देशमा समलिंगिको कानुन कस्तो रैछ त सलोक्य जि ??

    Reply
  39. pushpa says:
    June 10, 2014 at 2:58 pm

    डलर बढी भय र भित्ता मा पोखियको हो, अरु केही होइन.

    Reply
  40. Madan Mani says:
    June 10, 2014 at 2:51 pm

    यो पागलपन हो। नेपालाँ स्वतन्त्रताको नाममा पैसा भएसी जे पनि गर्न पाइन्छ भन्ने मान्यता बस्न खोजेको हो। यस्तालाई पञ्चायतकालमा चुल्ठेमुन्द्रेको कपाल मुडुल्याए जसरी नै समाजको विधानमा राख्नुपर्छ।

    तेस्रो लिंगी भन्ने नै हुँदैन। यो कुरो अप्राकृतिक हो। बाबा रामदेवले भन्थे ‘मानसिक समस्या’ हो यो योग गरेपछि ठिक हुन्छ। उनले भनेको कुरा सही हो।

    नेपालमा हरियो डलरले तेस्रो लिंगी बनाएको मात्र हो। संसारमा कतै तेस्रो लिंगी हुँदैनन्। मैले सिड्नीमा महिला र पुरुष बाहेक तेस्रो लिंगीका लागि ट्वाइलेटको व्यवस्था गरेको देखेको छैन। हुने भा त ट्वइलेटको व्यवस्था हुन्थ्यो होला नि ?

    Reply
  41. bibek dhakal says:
    June 10, 2014 at 2:20 pm

    love is never wrong; but unnatural feelings is not love

    Reply
  42. राजेश says:
    June 10, 2014 at 1:31 pm

    तेश्रो लिङ्गीहरु स्वतन्त्र हुदै गर्दा हामीहरुले असुरक्षीत बन्नु परेको छ । म पनि उनिहरुको त्यस्तो ब्यबहारको शिकार भर्इ सकेको छु । के तिनिहरुले हामीप्रति गरेको ब्यबहार सेक्सुवल ह्यारेसमेन्टमा पर्दैन र

    Reply
    1. रैथाने says:
      June 11, 2014 at 4:20 pm

      तेसैले त यो युगलाई कलियुग भनेर भन्छ त् राजेच्स्चा!
      यो कलियुगको भबिश्यवाणि आजभन्दा दशौ हजार बर्ष अगाबै भयको थियो!
      अशुरक्षित महशुस गरेको भय वा गर्ने हरुलाई शुरक्षित बन्न दुइटा उपाय सुझाइञ्छ यहा!
      १: अशुरक्षित महशुस भयका गरेका र गर्ने हरु सबै मिलि तिनीहरुको बिरुद्दमा आन्दोलन गर्ने वा काउन्टर गर्ने तेस्को लागि बिबिध उपाय अपनाउन सकिन्छ !
      २: आफुपनि तिनिहरुमै समेटिने तेसरिनै मायाको खोजि गर्ने,
      भाले भय लौरो समाई टाक्टुके खेल्ने, पोथी भय तिजको लहर आयोबरिलै भन्दै डाइभिङ्ग हान्ने!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme