Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसकारण क्यानलाई कारबाही हुन्छ, एन्फाका गणेश थापालाई हुँदैन

Posted on June 9, 2014 by Salokya

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का पदाधिकारीहरुलाई मुद्दा दर्ता गरेकै दिन हिजो अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले १ लाख १५ हजार पाउन्ड घुस लिएको खबर पनि सार्वजनिक भयो। त्यसो त दुई वर्षअघि पनि थापाका छोरा गौरवले एएफसीका तत्कालीन अध्यक्ष बिन हमामबाट १ लाख डलर लिएको खुलासा भएको थियो। अहिले क्यानका पदाधिकारीलाई कारबाही भए जस्तो एन्फाका पदाधिकारीलाई पनि कारबाही होला कि भन्ने सोच्नु भएको छ भने त्यो गलत हो। यसकारण हुँदैन थापालाई कारबाही, पढ्नुस् केही (कू)तर्क!

१) एन्फा भनेकै गणेश थापा
थापा १९ वर्षदेखि एन्फाको नेतृत्वमा छन्। उनको कोही विकल्पै छैन। राजा बिना राज्य रहला बरु उनी बिना एन्फा रहँदैन। जसरी चिसो भनेकै कोकाकोला हो, त्यसरी नै एन्फा भनेकै गणेश थापा हो। एन्फाको फ्याक्ससमेत गणेश थापाको घरमा छ भन्ने चर्चा सुनिन्छ। रिपोर्टस क्लबमा ऋषि धमला, अभिभावक संघमा सुप्रभात भण्डारी, उपभोक्ता मञ्चमा ज्योति बानियाँ जस्तै गणेश थापा समोसाभित्र आलु रहेसम्म एन्फामा रहनेछन्। दायाँबायाँ कसैले सोच्नै पर्दैन, सोचे शिवजी पुत्र गणेश भगवानको समेत चित्त दुख्न सक्छ, सावधान!

२) कानुनले छुँदैन
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित कसुरमा बदनियतपूर्वक हानी-नोक्सानी पुर्‍याउने कामलाई भ्रष्टाचार भनिएको छ। थापाले त्यस्तो गरेका छैनन्। उनले त बरु धनाढ्य शेख बिन हमामबाट डलर लिएर वैदेशिक मुद्रा देशमा भित्र्याएका छन्।

३) क्यान अर्कै, एन्फा अर्कै
नेपाल विश्वकप क्रिकेटमा पुगिसकेको हुनाले यो सार्वजनिक संस्था हो, अख्तियारको दायराभित्र यो पर्छ। तर फुटबलको विश्वकप त कुरै छाडौँ एसियाली स्तरको प्रतियोगितासमेत जित्न नसकेको हुनाले अख्तियार दुरुपयोग अनुसन्धान ऐनले गरेको परिभाषाभित्र यो पर्दैन। त्यसैले अख्तियारले यसलाई छुन सक्दैन।

४)मिडिया दाहिने
चन्द्रमा दाहिने भएपछि फलिफाप हुन्छ भन्ने उखान छ तर वर्तमान परिप्रेक्ष्यमा त्यो उखानलाई समयानुकूल संशोधन गरी मिडिया दाहिने बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो। एक जमानामा पत्रकार कुट्ने गणेश थापा पत्रकार फकाउन खप्पिस भइसकेको उहिल्यै हो। दुई वर्षअघि छोराको खातामा डलर सारेको समाचार त सबै मूलधारे पत्रिकामा आयो- कुनैमा फ्रन्ट पेजमा नै, कुनैमा खेल पेजमा मात्रै। तर सबैले उही गणेश थापाको घरायासी कारणले ऋण लिएको, चुक्ता गरिसकेको भनाई मात्रै राखे। उहाँले यसो भन्नुभयो भनेर मात्रै समाचार आयो। किन यसो भयो, कसरी भयो भन्ने कुरा केहीमा पनि आएन। अझ एउटा राष्ट्रिय दैनिकको बाइलाइनसहितको समाचारमा त यसो पनि लेखिएको थियो- ‘धनाढ्यहरुसँगको सम्पर्कले गर्दा थापाले नेपाली बैँकबाट ऋण लिन आवश्यक नठानेको हुनुपर्छ।’ वाह, समाचार लेख्नेको क्या काइदाको विश्लेषण ! गणेश थापाले बोल्नुपर्ने कुरा आफैले समाचारमा यस्तो हुनुपर्छ भनी लेखिदिने। त्यसैले अब पनि केही होला भन्ने 0.000000000१% मात्र शंका छ भने पनि हटाइदिम्।

५) ‘मिलाएर गर्ने’
पत्रकार मात्र हैन, उनी यो देशमा टिक्न चाहिने सबैभन्दा ठूलो गुण ‘मिलाएर गर्ने’ मा पोख्त छन्। र त, पञ्चायत कालदेखि, कङ्ग्रेस-एमालेको शासन काल र माओवादीको शासनकालमा समेत उनी विकल्पविहीन बन्न सफल भएका हुन्। यो कुरा पनि मिल्छ, ढुक्क हुनुस्।

यो पनि हेर्नुस्

गणेश थापाले तिरिसके भने, तिरे कि तिरेनन् कल्ले खोज्ने?

गणेश थापाले पत्‍नी र छोरालाई प्लेन टिकट भन्दै $ लिएको खुलासा

जाँदाजाँदै,
तेस्रो नम्बरको कूतर्क अलि प्रष्ट नभएको लागे अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ ले सार्वजनिक संस्था भनेर गरेको परिभाषा पढ्नुस्-
ciaa

ciaa1

13 thoughts on “यसकारण क्यानलाई कारबाही हुन्छ, एन्फाका गणेश थापालाई हुँदैन”

  1. Ramesh Basnet says:
    June 13, 2014 at 12:20 am

    योता के अनौठो भयोरा नेपालमा भ्रस्टचरीहरुको के कमि छर , अब तेस्तैले वर्ष भरिको उत्कृस्ट सामाजिक सेवा गर्यो भन्दै राष्ट्र पति बाट विभूषण बाडिएला !

    Reply
  2. prabesh says:
    June 12, 2014 at 3:54 am

    को हो गणेश थापा ? साथीहरुलाई थाहा नै होला गणेश थापा कमल थापाको भाई हो l

    Reply
  3. Sisir says:
    June 10, 2014 at 12:03 pm

    बेलुनमा धेरै हावा भरे फ़ुट्छ, यी थापा महोदय को बेलुनमा पनि अलि बडी नै हावा भरि सकेको छ .. सायेद तेस पछि नेपाली फुटबलमा केहि बिकाश होला कि ???

    Reply
  4. Jay says:
    June 10, 2014 at 11:51 am

    हाम्रा महान हस्ती गणेश थापा …बिन हमामबाट डलर लिएर वैदेशिक मुद्रा देशमा भित्र्याउन सफल — रास्ट्रपति बाट सम्मान अर्को साल पाउदा अचम्म नमाने हुन्छ |

    Reply
  5. Sagar Sarma says:
    June 10, 2014 at 10:18 am

    सहि छ है|
    कुरो, चुरो र लेखेको शैली |

    Reply
  6. arjun maharjan says:
    June 10, 2014 at 9:29 am

    येस्तै मान्छे ले गर्दा नेपाल मा फूटबल ले प्रगति गर्न नसकेको हो

    Reply
  7. cRIS says:
    June 10, 2014 at 7:49 am

    मिडियाले तिन एन्फा उपाद्क्क्षहरुका कुराहरु बाहिर लाउन|

    Reply
  8. chatur rai says:
    June 9, 2014 at 10:03 pm

    हाम्रोमा जसको पावर छ उसैको हालिमुली चल्छ, एन्फालाई आफ्नै पैत्रिक सम्पति जस्तै ठानेर बर्षौदेखि राज गर्दैछ thapa सरकारले दुई चार पैसखाने निर्धालाई पो कारबाही हुन्छ ठुला बडाहरुलाई कसले छुने ?

    Reply
  9. बशन्त राज says:
    June 9, 2014 at 8:46 pm

    बिम हमामले भ्रस्टाचार गरेर कतारलाई २०२२ को फूटबल आयोजना दीलाएको कुरा सर्ब प्रथम बेलायति पत्रीका सन्डे टाईम्सले प्रमाण सहित एक समाचार दिएयपछि फिफाले छानबिन गर्दै छ / यो कुरालाई कतारको आफ्नै समाचार च्यानेल अल जजीरा मार्फत खण्डन पूर्ण समाचार बारम्बार प्रसारण गर्दै आएको छ / यदि त्यो कतारले पैसा खुवाएर बिड जितेको हो भन्ने प्रमाणित भयमा त्यो बिड कतारसंङ्ग खोसेर पुन बिड गर्न सकिने कुरा केही दिन अगाडिको बी बी सी खेल समाचारमा आएको थियो / यदि यो गणेश थापाले बिन हमामसंग पैसा खाएको कुरा र समाचार फिफासम्म पुग्यो भने पक्कै गणेस थापा पनि फिफाको कारबाही पर्न सक्छन / नेपालको सरकार र अक्थियार छुन नसकेपनि फिफाको कारबाहीमा उनि पक्कै पर्न सक्छन / तर यसको लागि पर्याप्त प्रमाण हुनु पर्यो /

    Reply
  10. ekraj says:
    June 9, 2014 at 5:58 pm

    गणेश थापाकिन भ्रस्टाचार मा फंस्थे? हाल सम्म न सुर्य बहादुर नाता कमल लै नै भ्रस्टाचार मा कारबाई| यी त उनीहरु भन्दा धेरै पछि भ्रस्टाचार मा लागेका हुन् जस्तो लग्दछ| उनीभन्दा अगाडी का ठुला चोर को पालो नआई कसरि गणेश को पालो औंछा|
    तेसैमथी भ्रस्टाचार को धन सबलाई बांदिचुदी बेबस्था मिलाएका रहेछन|
    नेपाल को कानुन हो, अब एहाँ पनि चेन अफ कमाण्ड को उलंघन भएको भएर कतै रमेश खरेल लाइ जस्तै सालोक्य जी लाई पनि कारबाई होलानी|

    Reply
  11. Deepak G C, Baglung says:
    June 9, 2014 at 5:14 pm

    हामी जनता नेताहरुलाई गालि गर्दै ब्यस्त, त्यसको फाइदा गणेश थापाहरुले उठाउछन….घिच्नपनि कति सकेको हो भन्या…. |
    अनुसन्धानको लागि अख्तियारलाई धेरै भन्दा धेरै इमेल ([email protected]) गरेर प्रेसर दिन सकिन्छ | कि कसो ?

    Reply
  12. नवीन रायमाझी says:
    June 9, 2014 at 4:44 pm

    नेपालको कानुन दैबले जानुन भनेको यही हो.

    Reply
  13. Dhital says:
    June 9, 2014 at 3:10 pm

    हो समाचार पढेर मलाई त पुरै विश्वास लाग्यो कि गणेश थापा लाइ छुने हिम्मत कसैको छैन /
    आजसम्म सुर्य बहादुर थापालाइ कसैले छोएको छ ? ३७ वर्ष शासन गरेका हुन् उनले नि अनि पछि प्रजातन्त्रमा नि मज्जाले सत्ता पड्काएका हुन् /
    थापा खलक पो हुन् त नचलाउदा नै राम्रो होला /
    तर पापको घडा भरियछ अब / भगवानको घर मा ढिला होला तर सधै अध्यारो त हुन्न भन्थे, कसैले त हिम्मत गरेर पापी लाइ सुली मा चढाउने काम गर्ला कि ?
    आशा गरौ भर चाही नपरौ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme